मरकुस 11:33

अनलक शाब्दिक बाइबल

त्यसपछि तिनीहरूले येशूलाई जवाफ दिए र भने, “हामीलाई थाहा छैन ।” त्यसपछि येशूले तिनीहरूलाई भन्‍नुभयो, “न त मैले यी कुराहरू कसको अधिकारले गर्छु भनी तिमीहरूलाई बताउनेछु ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • अय्यू 5:13 : 13 उहाँले बुद्धिमान् मानिसहरूलाई तिनीहरूका आफ्नै धूर्त कामहरूमा पासोमा पार्नुहुन्छ । टेडा मानिसहरूका योजनाहरू अन्त्यको लागि हतारिन्छन् ।
  • नीति 26:4-5 : 4 मूर्खलाई त्यसको मूर्खताअनुसार जवाफ नदे, नत्रता तँ त्योजस्तै हुने छस् । 5 मूर्खलाई जवाफ दे र त्यसको मूर्खतामा मिल् ताकि त्यो त्यसको आफ्नै दृष्‍टिमा बुद्धिमान् नहोस् ।
  • यशा 1:3 : 3 गोरुले आफ्नो मालिक चिन्छ र गधाले आफ्नो मालिकको डूँड चिन्छ, तर इस्राएलले चिन्दैन र इस्राएलले बुझ्दैन ।”
  • यशा 6:9-9 : 9 उहाँले भन्‍नुभयो, “जाऊ, यी मानिहरूलाई भन, 'सुन्‍छौ, तर बुझ्दैनौ । हेर्छौ, तर थाहा पाउँदैनौ ।' 10 यी मानिसहरूका हृदयलाई मुर्ख बनाऊ, र तिनीहरूका कानलाई बैरो बनाऊ र तिनीहरूका आँखालाई अन्‍धो बनाऊ । अन्‍यथा तिनीहरूका आफ्नो आँखाले देख्‍लान्, तिनीहरूका कानले सुन्‍लान् र तिनीहरूका हृदयले बुझ्‍लान् र तब फर्केर निको होलान् ।”
  • यशा 29:9-9 : 9 आफै चकित होओ र अचम्म मान । आफैलाई अन्धा बन र अन्धा होओ! मतवाला होओ, तर दाखमद्यले होइन । लरखराओ, तर मद्यले होइन । 10 किनकि परमप्रभुलले तिमीहरूमाथि गहिरो निद्राको आत्‍मा खन्याउनुभएको छ । उहाँले तिमीहरू अर्थात् अगमवक्ताहरूका आँखाहरू बन्द गर्नुभएको छ र तिमीहरू अर्थात् दर्शीहरूलाई शिरहरू ढाक्‍नुभएको छ । 11 सबै प्रकाश तिमीहरूको निम्ति मोहोर लगाइएको एउटा पुस्तकजस्तो हुनेछ, जसलाई मानिसहरूले कोही जान्‍ने मानिसलाई “पढिदिनुहोस्” भन्‍दै देलान् । उसले पनि भन्छ, “म पढ्न सक्दिनँ, किनकि यसमा मोहोर लगाइएको छ ।” 12 कोही पढ्न नसक्‍नेलाई “यो पढिदिनुहोस्” भन्दै दिंदा, उसले भन्‍छ, “म पढ्न सक्दिनँ ।” 13 परमप्रभु भन्‍नुभयो, “यी मानिसहरू आफ्‍ना मुखले मेरो नजिक आउँछन् र आफ्‍ना ओठले मेरो आदर गर्छन्, तर तिनीहरूका हृदय मबाट टाढा छ । मेरो निम्ति तिनीहरूले गर्ने आदरचाहिं मानिसहरूले सिकाएका आज्ञा मात्र हुन् । 14 यसकारण, हेर्, म यी मानिसहरूका माझमा अचम्‍मका कुरा, आश्‍चर्यमाथि आश्‍चर्य गर्नलाई अघि बढ्‍नेछु । तिनीहरूका बुद्धिमान् मानिसहरूका बुद्धि नष्‍ट हुनेछ र तिनीहरूका विवेकशील मानिसहरूका समझ लोप हुनेछ ।”
  • यशा 42:19-20 : 19 मेरो सेवकबाहेक को अन्धा छ? वा मैले पठाएको मेरो दूतबहेक को बहिरो छ? मेरो करारको साझेदारजस्तो बहिरो वा परमप्रभुको सेवकजस्तो अन्धा को छ? 20 तैंले धेरै थोक देख्छस्, तर बुझ्दैनस् । कानहरू खुल्‍ला छन्, तर कसैले सुन्दैन ।
  • यशा 56:10 : 10 तिनीहरूका सबै रक्षकहरू अन्‍धा छन्, तिनीहरूले बुझ्‍दैनन् । तिनीहरू सबै भुक्‍न नसक्‍ने शान्‍त कुकुरहरू हुन् । तिनीहरू सपना देख्छन् र तिनीहरू ढल्‍केर सुत्‍न मन पराउँछन् ।
  • यिर्मि 8:7-9 : 7 आकाशको सारस अनि ढुकुर, गौँथली र सारिका चरा पनि आफ्नो समय थाहा छ । तिनीहरू ठिक समयमा बसाइँ सर्छन्, तर मेरा मानिसहरूले परमप्रभुका आज्ञाहरू जान्दैनन् । 8 'परमप्रभुको व्यवस्था हामीसित भएको हुनाले हामी बुद्धिमान छौं' भनी तिमीहरू कसरी भन्‍न सक्छौ? वास्तवमा, हेर, शास्‍त्रीहरूको छलपूर्ण कलमले धलको सृजना गरेको छ । 9 बुद्धिमान् मानिसहरू लज्‍जित हुनेछन् । तिनीहरू हताश भएका छन् र पासोमा परेका छन् । हेर, तिनीहरूले परमप्रभुको वचन इन्कार गर्छन्, यसैले तिनीहरूको बुद्धिको के काम?
  • हो 4:6 : 6 मेरा मानिसहरू ज्ञानको कमिले गर्दा नष्‍ट भइरहेका छन् । तिमी पुजारीहरूले ज्ञानलाई इन्कार गरेको कारणले, तिमीहरूलाई मेरो पुजारी हुनबाट म पनि इन्कार गर्नेछु ।तिमीहरूले मेरो व्यवस्थालाई बिर्सेका कारणले, म तिमीहरूका परमेश्‍वर भए पनि म तिमीहरूका छोराछोरीलाई बिर्सनेछु ।
  • मल 2:7-8 : 7 किनभने पूजारीको ओठमा ज्ञान हुनुपर्छ र मानिसहरूले त्यसको मुखबाट शिक्षा खोज्नुपर्छ, किनभने त्यो सेनाहरूका परमप्रभुको समाचारवाहक हो । 8 तर तिमीहरू साँचो मार्गबाट टाढा गएका छौ । तिमीहरूका शिक्षाले धेरैलाई ठेस लागेको छ । तिमीहरूले लेवीको करारलाई तोडेका छौ,” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ ।
  • मत्त 15:14 : 14 तिनीहरूलाई एकलै छोडिदेओ, तिनीहरू दृष्‍टिविहीन अगुवाहरू हुन् । यदि एउटा अन्धोले अर्को अन्धो मानिसलाई डोर्‍याउँछ भने, दुवै जना खाल्डोमा खस्‍नेछन् ।”
  • मत्त 16:4 : 4 एउटा दुष्‍ट र व्यभिचारी पुस्ताले चिन्हको खोजी गर्छ, तर योनाको चिन्हबाहेक अरू कुनै चिन्ह त्यसलाई दिइनेछैन ।” त्यसपछि येशूले तिनीहरूलाई छोड्नुभयो र त्यहाँबाट टाढा जानुभयो ।
  • मत्त 21:27 : 27 तब तिनीहरूले येशूलाई जवाफ दिएर भने, “हामीलाई थाहा छैन ।” उहाँले पनि तिनीहरूलाई भन्‍नुभयो “म पनि कुन अधिकारले यी कुराहरू गर्दछु भनेर तिमीहरूलाई भन्दिनँ ।
  • मत्त 23:16-26 : 16 धिक्‍कार तिमीहरूलाई, ए अन्धा अगुवाहरू हो, तिमीहरू जसले भन्दछौ, ‘कसैले मन्दिरको शपथ खान्छ भने, केही पनि हुँदैन । तर जसले मन्दिरको सुनको शपथ खान्छ, ऊ आफ्नो शपथद्वारा बाँधिन्छ ।’ 17 ए दृष्‍टिविहीन मूर्खहरू हो! कुनचाहिँ ठुलो हो– सुन कि त्यस सुनलाई परमेश्‍वरकहाँ अर्पण गर्ने मन्दिर? 18 अनि, ‘कसैले वेदीको शपथ खान्छ भने, केही पनि हुँदैन । तर कसैले त्यसमाथि राखिएको भेटीको शपथ खान्छ भने, ऊ आफ्नो शपथद्वारा बाँधिन्छ ।’ 19 ए अन्धा मानिसहरू हो, कुनचाहिँ ठुलो हो– भेटी कि त्यस भेटीलाई परमेश्‍वरकहाँ अर्पण गर्ने वेदी? 20 अनि जसले वेदीको शपथ खान्छ, उसले त्यस वेदी र त्यसमाथि भएका सबै थोकको शपथ खान्छ । 21 अनि जसले मन्दिरको शपथ खान्छ, उसले त्यस मन्दिर र त्यसमा बास गर्नुहुनेको शपथ खान्छ । 22 अनि जसले स्वर्गको शपथ खान्छ, उसले परमेश्‍वरको सिंहासन र त्यसमा बास गर्नुहुनेको शपथ खान्छ । 23 धिक्‍कार तिमी शास्‍त्रीहरू र फरिसीहरू, ए पाखण्डीहरू! किनकि तिमीहरू पुदिना, सुप र जिराका दशांश दिन्छौ, तर व्यवस्थाका गहन कुराहरू अर्थात् न्याय, कृपा र विश्‍वासलाई बेवास्ता गरेका छौ । तर यी कुराहरू तिमीहरूले गर्नुपर्ने थियो र यी अरू कामहरूलाई अवहेलना नगर्नुपर्ने थियो । 24 ए अन्धा अगुवाहरू हो, तिमीहरू जो भुसुनालाई चाल्दछौ, तर उँटलाई चाहिँ निल्दछौ! 25 धिक्‍कार तिमी शास्‍त्रीहरू र फरिसीहरू, ए पाखण्डीहरू! तिमीहरू कचौराहरू र थालहरूको बाहिरपट्टि धुन्छौ, तर भित्रपट्टि तिनीहरू अन्यायपूर्ण माग र लोभले भरिएका छन् । 26 ए अन्धा फरिसी हो, पहिले कचौरा र थालको भित्रपट्टि सफा गर, ताकि त्यसको बाहिरपट्टि पनि सफा होस् ।
  • लू 10:21-22 : 21 त्यही समय उहाँ पवित्र आत्मामा आनन्दित हुनुभयो, “हे पिता, पृथ्वी र स्वर्गका प्रभु, म तपाईंको प्रशंसा गर्छु, किनभने तपाईंले यी कुराहरू बुद्धिमान् र समझदारहरूबाट लुकाउनुभयो र साना बालकहरूजस्ता अन्जानहरूलाई प्रकट गर्नुभयो । हे पिता, किनभने यो नै तपाईंको दृष्‍टिमा असल थियो ।” 22 सबै कुराहरू पिताबाट मलाई सुम्पिएको छ र पितालेबाहेक पुत्र को हो भनी कसैले जान्दैन र पुत्रले उहाँलाई प्रकट गर्ने इच्छा गरेकोले बाहेक पिता को हो भनी कसैले जान्दैन ।”
  • लू 20:7-8 : 7 यसकारण तिनीहरूले यसो भनेर उत्तर दिए, “त्यो कहाँबाट भयो भनी हामीलाई थाहा छैन ।” 8 येशूले तिनीहरूले भन्‍नुभयो, “म पनि तिमीहरूलाई मैले कुन अधिकारले यी कामहरू गर्छु भनी बताउँदिनँ ।”
  • लू 22:66-69 : 66 बिहान हुनेबितिकै, मुख्य पुजारीहरू र शास्‍त्रीहरू दुवै मानिसहरूका धर्म-गुरुहरू सँगै भेला भए । तिनीहरूले उहाँलाई परिषद्‍मा लगे र 67 भने, “यदि तँ ख्रीष्‍ट होस् भने हामीलाई भन् ।” तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यदि मैले तपाईंहरूलाई भने पनि तपाईंहरूले विश्‍वास गर्नुहुनेछैन, 68 र मैले तपाईंहरूलाई सोधेँ भने, तपाईंहरूले जवाफ दिनुहुनेछैन । 69 तर अहिलेबाट, मानिसका पुत्र परमेश्‍वरको शक्‍तिको दाहिने हातपट्टि विराजमान हुनेछ ।”
  • यूह 3:10 : 10 येशूले तिनलाई जवाफ दिनुभयो, “के तिमी इस्राएलका शिक्षक भएर पनि यी कुराहरू बुझ्दैनौ?
  • यूह 9:27 : 27 त्यसले जवाफ दियो, “मैले तपाईंहरूलाई पहिले नै बताइसकेँ, अनि तपाईंहरूले सुन्‍नुभएन । तपाईंहरू यसलाई फेरि किन सुन्‍न चाहनुहुन्छ? तपाईंहरू त उहाँका चेलाहरू बन्‍न चाहनुहुन्‍न, चाहनुहुन्छ त?
  • रोमी 1:18-22 : 18 किनभने सबै भक्‍तिहीनता र मानिसहरूको अधार्मिक्‍ता विरुद्ध परमेश्‍वरको क्रोध स्वर्गबाट प्रकट भएको छ जसले भक्‍तिहीनताद्वारा सत्यतालाई रोकेको छ । 19 यो परमेश्‍वरबारे अज्ञात भएको कुरा तिनीहरूलाई दृश्‍य भएको हुनाले हो । किनभने परमेश्‍वरले तिनीहरूलाई प्रकाश दिनुभएको छ । 20 किनकि संसारको उत्‍पत्तिदेखि उहाँका अदृश्य पक्षहरू स्पष्‍ट रूपमा दृश्‍य भएका छन् । ती सृजिएका थोकहरूद्वारा बुझिएका छन् । यी पक्षहरू उहाँको अनन्त शक्‍ति र ईश्‍वरीय स्वभावहरू हुन् । परिणामस्वरूप, यी मानिसहरूलाई कुनै बहाना छैन । 21 यो तिनीहरूले परमेश्‍वरलाई चिनेर पनि तिनीहरूले उहाँलाई परमेश्‍वरको रूपमा महिमा नदिएकाले गर्दा भएको हो । बरु, तिनीहरू आ-आफ्नै विचारमा मूर्ख भए, र तिनीहरूका अचेत हृदयहरू अँध्यारो बनाइए । 22 तिनीहरूले बुद्धिमान्‌ भएको दाबी गरे, तापनि तिनीहरू मूर्ख नै भए ।
  • रोमी 1:28 : 28 तिनीहरूको सजगतामा पनि तिनीहरूले परमेश्‍वर हुनुभएकोमा सहमत नभएका हुनाले उहाँले तिनीहरूलाई तिनीहरूका निम्ति अनुचित कुरा गर्नलाई भ्रष्‍ट मनमा छोडिदिनुभयो ।
  • २ कोरि 3:15 : 15 तर आज पनि जब मोशाको बारेमा पढिन्छ, तिनीहरूको हृदयमा घुम्टो रहन्छ ।
  • २ कोरि 4:3-4 : 3 यदि हाम्रो सुसमाचार घुम्टोले ढाकिएको छ भने, त्यो विनाश भइरहेकाहरूका निम्ति मात्र ढाकिएको छ । 4 तिनीहरूको विषयमा भन्‍ने हो भने, यस संसारको देवले तिनीहरूको अविश्‍वासी मनहरू अन्धो तुल्याइदिएको छ । फलस्वरूप, तिनीहरू ख्रीष्‍टको महिमाको सुसमाचारको प्रकाश देख्‍न सक्दैनन्, जो परमेश्‍वरको स्वरूप हुनुहुन्छ ।
  • २ थेस 2:10-12 : 10 त्यो अधार्मिकताका सबै छलका साथ आउनेछ । यी कुराहरू नाश हुनेहरूका निम्ति हुनेछन् जसले बचाइनको लागि परमेश्‍वरको प्रेमको सत्यतालाई ग्रहण गरेनन् । 11 यसकारण, तिनीहरूले झुटो विश्‍वास गरून् भनी परमेश्‍वरले भ्रमको काम पठाई रहनुभएको छ, 12 ताकि अधार्मिकतामा रमाउने तर सत्यतालाई विश्‍वास नगर्ने सबैको न्याय होस् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • मत्त 21:23-27
    5 पदहरू
    96%

    23जब येशू मन्दिरमा आउनुभएको थियो, उहाँले सिकाउँदै गर्नुहुँदा मुख्य पुजारीहरू र मानिसका अगुवाहरू उहाँकहाँ आएर भने, “तिमीले कुन अधिकारले यी कुराहरू गर्दछौ? र तिमीलाई यो अधिकार कसले दियो?”

    24येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “म पनि तिमीहरूलाई एउटा प्रश्‍न सोध्‍नेछु । यदि तिमीहरूले मलाई त्यो बतायौ भने, मैले कुन अधिकारले यी कुराहरू गर्छु भन्‍ने कुरा म तिमीहरूलाई बताउनेछु ।

    25यूहन्‍नाको बप्‍तिस्‍मा कहाँबाट आएको हो? स्वर्गबाट हो या मानिसहरूबाट?” तिनीहरूले एक आपसमा यस्तो भन्दै छलफल गरे, “यदि हामीले ‘स्वर्गबाट’ भन्यौँ भने, उसले हामीलाई ‘त्यसो भए, तिमीहरूले उनलाई किन विश्‍वास गरेनौ?’ भनेर भन्‍नेछन् ।

    26तर यदि हामीले ‘मानिसबाट’ भन्यौँ भने, हामी भिडसँग डराउँदछौँ, किनकि तिनीहरू सबैले यूहन्‍नालाई एक अगमवक्‍ताको रूपमा हेर्दथे ।”

    27तब तिनीहरूले येशूलाई जवाफ दिएर भने, “हामीलाई थाहा छैन ।” उहाँले पनि तिनीहरूलाई भन्‍नुभयो “म पनि कुन अधिकारले यी कुराहरू गर्दछु भनेर तिमीहरूलाई भन्दिनँ ।

  • लू 20:7-8
    2 पदहरू
    89%

    7यसकारण तिनीहरूले यसो भनेर उत्तर दिए, “त्यो कहाँबाट भयो भनी हामीलाई थाहा छैन ।”

    8येशूले तिनीहरूले भन्‍नुभयो, “म पनि तिमीहरूलाई मैले कुन अधिकारले यी कामहरू गर्छु भनी बताउँदिनँ ।”

  • मर 11:28-32
    5 पदहरू
    85%

    28तिनीहरूले उहाँलाई भने, “कसको अधिकारले तिमीले यी कुराहरू गर्छौ? र ती गर्न तिमीलाई कसले अधिकार दियो?”

    29येशूले तिनीहरूलाई भन्‍नुभयो, “म तिमीहरूलाई एउटा प्रश्‍न सोध्‍छु । मलाई भन र मैले यी सबै कुन अधिकारले गर्छु भनी सो बताउनेछु ।

    30यूहन्‍नाको बप्‍तिस्मा स्वर्गबाट भएको हो कि मानिसहरूबाट भएको हो? मलाई जवाफ देओ ।”

    31तिनीहरू एक-आपसमा छलफल र बहस गरे र भने, “यदि हामीले ‘स्वर्गबाट’ भन्यौँ भने उहाँले भन्‍नुहुनेछ, ‘त्यसो भए, किन उनलाई विश्‍वास गर्दैनौ?’

    32तर यदि हामीले ‘मानिसबाट’ भन्यौँ भने, तिनीहरू मानिसहरूसित डराउँथे, किनभने उनीहरूले यूहन्‍ना अगमवक्‍ता हुन् भनी मान्थे ।

  • लू 20:2-3
    2 पदहरू
    80%

    2तिनीहरूले उहाँलाई भने, “हामीलाई बताऊ, कुन अधिकारद्वारा तिमी यी कामहरू गर्छौ? अथवा कसले तिमीलाई यो अधिकार दियो?”

    3उहाँले जवाफ दिएर भन्‍नुभयो, “म पनि तिमीहरूलाई एउटा प्रश्‍न सोध्छु ।

  • 6तिनीहरूले ती कुराहरूको जवाफ दिन सकेनन् ।

  • 34येशूले जवाफ दिनुभयो, “तपाईं आफैँले भन्‍नुभएको हो वा तपाईंलाई मेरो बारेमा अरू कसैले भनेको हो?”

  • लू 22:67-68
    2 पदहरू
    72%

    67भने, “यदि तँ ख्रीष्‍ट होस् भने हामीलाई भन् ।” तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यदि मैले तपाईंहरूलाई भने पनि तपाईंहरूले विश्‍वास गर्नुहुनेछैन,

    68र मैले तपाईंहरूलाई सोधेँ भने, तपाईंहरूले जवाफ दिनुहुनेछैन ।

  • 46तिनीहरू कसैले पनि जवाफमा एउटा शब्द पनि बोल्न सकेन, र त्यस दिनपछि उहाँलाई कसैले पनि अरू प्रश्‍नहरू सोध्‍ने साहस गरेन ।

  • 21तपाईंहरूले मलाई किन सोध्‍नुहुन्छ? तिनीहरूलाई नै सोध्‍नुहोस् जसले मैले भनेको सुनेका छन् । हेर, मैले भनेका कुरा यी मानिसहरूले जान्दछन् ।”

  • 12तिनीहरूले त्यसलाई भने, “उनी कहाँ छन्? ” उसले जवाफ दियो, “मलाई थाहा छैन ।”

  • 26मानिसहरूको सामुन्‍ने उहाँले बोल्नुभएका कुरामा शास्‍त्री र मुख्य पुजारीहरूले उहाँलाई फसाउन सकेनन् । उहाँको जवाफमा उनीहरू छक्‍क परे र केही पनि भन्‍न सकेनन् ।

  • 18त्यसैले तिनीहरूले भने, “उहाँले ‘केही बेरमा’ भनेर के भन्‍नुभएको? उहाँले केको बारेमा बताउँदै हुनुहुन्छ? सो हामी जान्‍दैनौ ।”

  • 32तर तिनीहरूले यो भनाइलाई बुझेनन् र उहाँलाई सोध्‍न तिनीहरू डराए ।

  • 5उनीहरूले आपसमा भने, “यदि हामीले स्वर्गबाट भन्यौँ भने उसले यसो भन्ला ‘त्यसो भए तिमीहरूले उनलाई किन विश्‍वास गरेनौ?’

  • 40उनीहरू कसैले पनि उहाँलाई फेरि प्रश्‍न सोध्‍ने आँट गरेनन् ।

  • 17येशूले भन्‍नुभयो, “कैसरका चिजहरू कैसरलाई नै देओ र परमेश्‍वरका चिजहरू परमेश्‍वरलाई नै ।” तिनीहरू चकित भए ।

  • 26अनि हेर, यिनी खुलमखुला बोल्छन् र तिनीहरू यिनलाई केही पनि भन्दैनन् । वास्तवमा शासकहरूले यिनी नै ख्रीष्‍ट हुन् भन्‍ने जान्‍न सक्दैनन्, जान्‍न सक्छन् त?

  • 24येशूले भन्‍नुभयो, “तिमीहरूले न त धर्मशास्‍त्र न परमेश्‍वरको शक्‍तिको बारेमा जानेका हुनाले नै के तिमीहरूले गल्ती गरेका होइनौ र?

  • 14येशूले तिनीहरूलाई जवाफ दिनुभयो, र भन्‍नुभयो, “म आफैँले आफ्नो बारेमा गवाही दिए तापनि मेरो गवाही सत्य छ । म जान्दछु, कि म कहाँबाट आएँ र म कहाँ जाँदै छु, तर म कहाँबाट आएँ र कहाँ जाँदै छु, तिमीहरू जान्दैनौ ।

  • यूह 3:10-11
    2 पदहरू
    70%

    10येशूले तिनलाई जवाफ दिनुभयो, “के तिमी इस्राएलका शिक्षक भएर पनि यी कुराहरू बुझ्दैनौ?

    11साँचो, साँचो म तिमीलाई भन्दछु, कि हामी जे जान्दछौँ, त्यहीँ भन्छौँ, र हामीले जे देखेका छौँ, त्यसैको गवाही दिन्‍छौँ । तापनि तिमीहरू हाम्रो गवाही स्वीकार गर्दैनौ ।

  • मत्त 22:16-17
    2 पदहरू
    70%

    16त्यसपछि तिनीहरूले आफ्ना चेलाहरू र हेरोदी दलका केही मानिसहरूलाई उहाँकहाँ पठाए । तिनीहरूले येशूलाई भने, “गुरुज्यू, हामीलाई थाहा छ, कि तपाईं सत्य हुनुहुन्छ, र तपाईंले परमेश्‍वरको मार्गलाई सत्यतामा सिकाउनुहुन्छ । तपाईं कसले के सोच्छ भन्‍ने कुरालाई वास्ता गर्नुहुन्‍न, र मानिसहरूका बिचमा तपाईंले पक्षपात गर्नुहुन्‍न ।

    17त्यसैले, हामीलाई भन्‍नुहोस्, कि तपाईं के भन्‍नुहुन्छ? कैसरलाई कर तिर्नु उचित हो कि होइन?”

  • 13अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरूले यो दृष्‍टान्त बुझ्दैनौ? त्यसो भए, तिमीहरूले अरू दृष्‍टान्तहरू कसरी बुझ्‍नेछौ?”

  • लू 20:21-22
    2 पदहरू
    69%

    21उनीहरूले उहाँलाई सोधे, “गुरुज्यू, हामी जान्दछौँ कि तपाईं ठिक बोल्नुहुन्छ र ठिक सिकाउनुहुन्छ र कसैको पक्षपात गर्नुहुन्‍न तर परमेश्‍वरको मार्गको सत्यता सिकाउनुहुन्छ ।

    22हामीले कैसरलाई कर तिर्नु उचित छ कि छैन?”

  • 14तिनीहरू आए र उहाँलाई भने, “गुरुज्यू, हामी जान्दछौँ, कि तपाईंले कसैको विचारको वास्ता गर्नुहुन्‍न, र तपाईंले मानिसहरूबिच कुनै भेदभाव गर्नुहुन्‍न । तपाईंले साँच्‍चै परमेश्‍वरको मार्ग सिकाउनुहुन्छ । कैसरलाई कर तिर्नु उचित हो वा होइन? हामी कर तिरौँ कि नतिरौँ?”

  • 9अनि तिनी फेरि राज्यपालको महलभित्र पसे, र येशूलाई भने, “तिमी कहाँबाट आएका हौ?” तर येशूले तिनलाई जवाफ दिनुभएन ।

  • 34उनीहरूले यी कुनै पनि कुराहरू बुझेनन् र यो वचन उनीहरूबाट लुकाइएका थिए, यसकारण भनिएका कुनै पनि कुराहरू उनीहरूको समझमा आएन ।

  • 19तिनीहरूले उहाँलाई भने, “तिम्रा पिता कहाँ छन्?” येशूले जवाफ दिनुभयो, “तिमीहरूले न मलाई न त मेरा पितालाई चिन्छौ, तिमीहरूले मलाई चिनेका थियौ भने तिमीहरूले मेरा पितालाई पनि चिनेका हुन्थ्यौ ।”

  • 12तर उनले जवाफ दिएर भने, ‘साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, म तिमीहरूलाई चिन्‍दिनँ ।’

  • 15पत्रुसले उत्तर दिए र येशूलाई भने, “यस दृष्‍टान्तको बारेमा हामीलाई व्याख्या गरिदिनुहोस् ।”

  • 15उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तर म को हुँ भनेर तिमीहरू भन्छौ?”

  • 30येशूले उहाँको विषयमा कसैलाई पनि नभन्‍नू भनी तिनीहरूलाई चेतावनी दिनुभयो ।

  • 6येशूले यो दृष्‍टान्त उनीहरूलाई सुनाउनुभयो, तर उहाँले तिनीहरूलाई बताइरहनुभएका कुराहरू के थिए भनी तिनीहरूले बुझेनन् ।

  • 25येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “मैले तिमीहरूलाई बताइसकेँ, तर तिमीहरू विश्‍वास गर्दैनौ । मैले मेरा पिताको नाउँमा गरेका यी कामहरूले मेरो विषयमा गवाही दिन्‍छन् ।

  • 13त्यसैले, तिनीहरूसँग म दृष्‍टान्तमा बोल्दछु, किनकि तिनीहरूले देखे तापनि तिनीहरूले वास्तवमा देख्दैनन् । अनि तिनीहरूले सुने तापनि वास्तवमा तिनीहरूले सुन्दैनन्, न त तिनीहरूले बुझ्दछन् ।

  • 3मुख्य पुजारीहरूले येशूको विरुद्धमा धेरै अभियोग पेस गरिरहेका थिए ।

  • 21तिनीहरूले उहाँलाई भने, “कैसरको ।” त्यसपछि येशूले तिनीहरूलाई भन्‍नुभयो, “त्यसो भए, जे कैसरका हुन्, ती कैसरलाई देओ, र जे परमेश्‍वरका हुन्, ती परमेश्‍वरलाई देओ ।”