मरकुस 11:29

अनलक शाब्दिक बाइबल

येशूले तिनीहरूलाई भन्‍नुभयो, “म तिमीहरूलाई एउटा प्रश्‍न सोध्‍छु । मलाई भन र मैले यी सबै कुन अधिकारले गर्छु भनी सो बताउनेछु ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यशा 52:13 : 13 हेर, मेरो सेवकले बुद्धिमान् भएर काम गर्नेछ । ऊ उच्‍च हुनेछ र माथि उचालिनेछ र उसलाई उचालिनेछ ।
  • मत्त 21:24 : 24 येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “म पनि तिमीहरूलाई एउटा प्रश्‍न सोध्‍नेछु । यदि तिमीहरूले मलाई त्यो बतायौ भने, मैले कुन अधिकारले यी कुराहरू गर्छु भन्‍ने कुरा म तिमीहरूलाई बताउनेछु ।
  • लू 20:3-8 : 3 उहाँले जवाफ दिएर भन्‍नुभयो, “म पनि तिमीहरूलाई एउटा प्रश्‍न सोध्छु । 4 यूहन्‍नाको बप्‍तिस्‍माको बारेमा मलाई बताओ । यो स्वर्गबाट थियो कि मानिसहरूबाट?” 5 उनीहरूले आपसमा भने, “यदि हामीले स्वर्गबाट भन्यौँ भने उसले यसो भन्ला ‘त्यसो भए तिमीहरूले उनलाई किन विश्‍वास गरेनौ?’ 6 तर यदि हामीले मानिसबाट हो भन्यौँ भने, ‘सबै मानिसले हामीलाई ढुङ्गाले हान्‍नेछन्, किनभने उनीहरूले यूहन्‍नालाई अगमवक्‍ता हो भनी विश्‍वास गरेका छन्’ ।” 7 यसकारण तिनीहरूले यसो भनेर उत्तर दिए, “त्यो कहाँबाट भयो भनी हामीलाई थाहा छैन ।” 8 येशूले तिनीहरूले भन्‍नुभयो, “म पनि तिमीहरूलाई मैले कुन अधिकारले यी कामहरू गर्छु भनी बताउँदिनँ ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • मत्त 21:23-25
    3 पदहरू
    94%

    23जब येशू मन्दिरमा आउनुभएको थियो, उहाँले सिकाउँदै गर्नुहुँदा मुख्य पुजारीहरू र मानिसका अगुवाहरू उहाँकहाँ आएर भने, “तिमीले कुन अधिकारले यी कुराहरू गर्दछौ? र तिमीलाई यो अधिकार कसले दियो?”

    24येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “म पनि तिमीहरूलाई एउटा प्रश्‍न सोध्‍नेछु । यदि तिमीहरूले मलाई त्यो बतायौ भने, मैले कुन अधिकारले यी कुराहरू गर्छु भन्‍ने कुरा म तिमीहरूलाई बताउनेछु ।

    25यूहन्‍नाको बप्‍तिस्‍मा कहाँबाट आएको हो? स्वर्गबाट हो या मानिसहरूबाट?” तिनीहरूले एक आपसमा यस्तो भन्दै छलफल गरे, “यदि हामीले ‘स्वर्गबाट’ भन्यौँ भने, उसले हामीलाई ‘त्यसो भए, तिमीहरूले उनलाई किन विश्‍वास गरेनौ?’ भनेर भन्‍नेछन् ।

  • लू 20:2-5
    4 पदहरू
    90%

    2तिनीहरूले उहाँलाई भने, “हामीलाई बताऊ, कुन अधिकारद्वारा तिमी यी कामहरू गर्छौ? अथवा कसले तिमीलाई यो अधिकार दियो?”

    3उहाँले जवाफ दिएर भन्‍नुभयो, “म पनि तिमीहरूलाई एउटा प्रश्‍न सोध्छु ।

    4यूहन्‍नाको बप्‍तिस्‍माको बारेमा मलाई बताओ । यो स्वर्गबाट थियो कि मानिसहरूबाट?”

    5उनीहरूले आपसमा भने, “यदि हामीले स्वर्गबाट भन्यौँ भने उसले यसो भन्ला ‘त्यसो भए तिमीहरूले उनलाई किन विश्‍वास गरेनौ?’

  • मर 11:27-28
    2 पदहरू
    88%

    27उहाँहरू फेरि यरूशलेममा आउनुभयो । जब येशू मन्दिरमा घुमिरहनुभएको थियो, मुख्य पुजारीहरू, शास्‍त्रीहरू र धर्म-गुरुहरू उहाँकहाँ आए ।

    28तिनीहरूले उहाँलाई भने, “कसको अधिकारले तिमीले यी कुराहरू गर्छौ? र ती गर्न तिमीलाई कसले अधिकार दियो?”

  • मर 11:30-31
    2 पदहरू
    85%

    30यूहन्‍नाको बप्‍तिस्मा स्वर्गबाट भएको हो कि मानिसहरूबाट भएको हो? मलाई जवाफ देओ ।”

    31तिनीहरू एक-आपसमा छलफल र बहस गरे र भने, “यदि हामीले ‘स्वर्गबाट’ भन्यौँ भने उहाँले भन्‍नुहुनेछ, ‘त्यसो भए, किन उनलाई विश्‍वास गर्दैनौ?’

  • 33त्यसपछि तिनीहरूले येशूलाई जवाफ दिए र भने, “हामीलाई थाहा छैन ।” त्यसपछि येशूले तिनीहरूलाई भन्‍नुभयो, “न त मैले यी कुराहरू कसको अधिकारले गर्छु भनी तिमीहरूलाई बताउनेछु ।”

  • 27तब तिनीहरूले येशूलाई जवाफ दिएर भने, “हामीलाई थाहा छैन ।” उहाँले पनि तिनीहरूलाई भन्‍नुभयो “म पनि कुन अधिकारले यी कुराहरू गर्दछु भनेर तिमीहरूलाई भन्दिनँ ।

  • लू 20:7-8
    2 पदहरू
    81%

    7यसकारण तिनीहरूले यसो भनेर उत्तर दिए, “त्यो कहाँबाट भयो भनी हामीलाई थाहा छैन ।”

    8येशूले तिनीहरूले भन्‍नुभयो, “म पनि तिमीहरूलाई मैले कुन अधिकारले यी कामहरू गर्छु भनी बताउँदिनँ ।”

  • 21तपाईंहरूले मलाई किन सोध्‍नुहुन्छ? तिनीहरूलाई नै सोध्‍नुहोस् जसले मैले भनेको सुनेका छन् । हेर, मैले भनेका कुरा यी मानिसहरूले जान्दछन् ।”

  • 34येशूले जवाफ दिनुभयो, “तपाईं आफैँले भन्‍नुभएको हो वा तपाईंलाई मेरो बारेमा अरू कसैले भनेको हो?”

  • 16उहाँले आफ्ना चेलाहरूलाई सोध्‍नुभयो, “तिमीहरूले तिनीहरूसँग के बहस गरिरहेका छौ?”

  • लू 22:67-68
    2 पदहरू
    72%

    67भने, “यदि तँ ख्रीष्‍ट होस् भने हामीलाई भन् ।” तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यदि मैले तपाईंहरूलाई भने पनि तपाईंहरूले विश्‍वास गर्नुहुनेछैन,

    68र मैले तपाईंहरूलाई सोधेँ भने, तपाईंहरूले जवाफ दिनुहुनेछैन ।

  • 36उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मैले तिमीहरूका लागि के गरेको तिमीहरू चाहन्छौ?”

  • 4येशूले उत्तर दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले जे देखेका र सुनेका छौ, गएर यूहन्‍नालाई बताइदेओ ।

  • 17येशूले भन्‍नुभयो, “कैसरका चिजहरू कैसरलाई नै देओ र परमेश्‍वरका चिजहरू परमेश्‍वरलाई नै ।” तिनीहरू चकित भए ।

  • 41फरिसीहरू एकै ठाउँमा जम्मा भएको बेलामा येशूले तिनीहरूलाई एउटा प्रश्‍न सोध्‍नुभयो ।

  • 11अब येशू ती हाकिमको अगाडि उभिनुभयो, र हाकिमले उहाँलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” येशूले तिनलाई जवाफ दिनुभयो, “तपाईंले नै त्यसो भन्‍नुहुन्छ?”

  • 15उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तर म को हुँ भनेर तिमीहरू भन्छौ?”

  • 3उहाँले जवाफ दिनुभयो, “मोशाले तिमीहरूलाई के आज्ञा दिएका छन्?”

  • 17त्यसैले, हामीलाई भन्‍नुहोस्, कि तपाईं के भन्‍नुहुन्छ? कैसरलाई कर तिर्नु उचित हो कि होइन?”

  • मर 8:27-29
    3 पदहरू
    71%

    27येशू आफ्ना चेलाहरूसँगै कैसरिया फिलिप्पीका गाउँहरूतिर जानुभयो । बाटोमा उहाँले आफ्ना चेलाहरूलाई सोध्‍नुभयो, “मानिसहरूले म को हुँ भन्छन्?”

    28तिनीहरूले उहाँलाई जवाफ दिए, र भने, “बप्‍तिस्मा-दिने यूहन्‍ना । अरूहरूले, ‘एलिया’ र अरूले भने ‘अगमवक्‍ताहरूमध्ये एक’ भन्छन् ।”

    29उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “तर तिमीहरूचाहिँ म को हुँ भन्छौ?” पत्रुसले उहाँलाई भने, “तपाईं ख्रीष्‍ट हुनुहुन्छ”

  • 22हामीले कैसरलाई कर तिर्नु उचित छ कि छैन?”

  • 13जब येशू कैसरिया फिलिप्पीको इलाकाहरूमा आइपुग्‍नुभयो, उहाँले आफ्ना चेलाहरूलाई यसो भन्दै सोध्‍नुभयो, “मानिसका पुत्र को हो भनी मानिसहरूले भन्छन्?”

  • 22तब तिनीहरूले उनलाई भने, “तिमी को हौ, ताकि हामीलाई पठाउनेहरूलाई हामीले जवाफ दिन सकौँ? तिमी आफ्नै बारेमा के भन्‍छौ?”

  • 46तिनीहरू कसैले पनि जवाफमा एउटा शब्द पनि बोल्न सकेन, र त्यस दिनपछि उहाँलाई कसैले पनि अरू प्रश्‍नहरू सोध्‍ने साहस गरेन ।

  • 32येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “मैले पिताका धेरै असल कामहरू तिमीहरूलाई देखाएको छु । ती कुनचाहिँ कुराहरूका लागि तिमीहरू मलाई ढुङ्गाले हान्‍दै छौ?”

  • 3येशूले उत्तर दिनुभयो र उनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले चाहिँ किन आफ्ना परम्पराहरूका निम्ति परमेश्‍वरको आज्ञालाई उल्लङ्घन गर्दछौ?

  • 18तब यहूदीहरूका अधिकारीहरूले उहाँलाई प्रत्युत्तर दिए, र यसो भने, “तिमीले यी कुराहरू गरिरहेका हुनाले तिमीले हामीलाई के चिह्न‍ देखाउँछौ?”

  • 19प्रधान पुजारीले येशूलाई उहाँका चेलाहरू र उहाँको शिक्षाको बारेमा सोधपुछ गरे ।

  • 29किनकि उहाँले तिनीहरूका शास्‍त्रीहरूले जस्तो गरी होइन, तर तिनीहरूलाई अधिकारसहित सिकाउनुभयो ।

  • 2पिलातसले उहाँलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” उहाँले जवाफ दिनुभयो, “तपाईं नै त्यसो भन्‍नुहुन्छ ।”

  • 60प्रधान पुजारी तिनीहरूका बिचमा उभिए र येशूलाई सोधे, “के तिमी कुनै जवाफ दिँदैनौ? यी मानिसहरूले तिम्रो विरुद्धमा दिएका गवाही के हुन् नि?”

  • 25तिनीहरूले उनलाई सोधे र भने, “तिमी न ख्रीष्‍ट, न एलिया, न अगमवक्‍ता नै हौ भने किन बप्‍तिस्‍मा दिन्‍छौ?”

  • 20येशूले तिनीहरूलाई भन्‍नुभयो, “यी कसका नाम र छाप हुन्?”

  • 32तब येशू उभिनुभयो र तिनीहरूलाई बोलाएर भन्‍नुभयो, “मैले तिमीहरूका निम्ति के गरिदिएको तिमीहरू चाहन्छौ?”

  • 9येशूले तिनीहरूलाई भन्‍नुभयो, “म तिमीहरूलाई सोध्छु, विश्रामको दिनमा कसैको असल गर्नु वा हानि गर्नु, जीवन बचाउनु वा नाश गर्नु कुन ठिक हो?”

  • 3येशूले यहूदी व्यवस्थाका पण्डितहरू र फरिसीहरूलाई सोध्‍नुभयो, “विश्राम दिनमा निको पार्नु उचित छ वा छैन?

  • 15पत्रुसले उत्तर दिए र येशूलाई भने, “यस दृष्‍टान्तको बारेमा हामीलाई व्याख्या गरिदिनुहोस् ।”

  • 35येशूले मन्दिरमा सिकाउँदै गर्नुहुँदा उहाँले जवाफ दिनुभयो र भन्‍नुभयो, “शास्‍त्रीहरूले ख्रीष्‍टलाई कसरी दाऊदका पुत्र भन्छन्?

  • 6तिनीहरूले ती कुराहरूको जवाफ दिन सकेनन् ।