मत्ती 25:40
र राजाले जवाफ दिनेछन् र तिनीहरूलाई भन्नेछन्, ‘साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरूले यहाँ मेरा भाइहरूमध्ये सानोभन्दा सानोलाई जे-जति गर्यौ, त्यो मेरो निम्ति नै गर्यौ ।’
र राजाले जवाफ दिनेछन् र तिनीहरूलाई भन्नेछन्, ‘साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरूले यहाँ मेरा भाइहरूमध्ये सानोभन्दा सानोलाई जे-जति गर्यौ, त्यो मेरो निम्ति नै गर्यौ ।’
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
41त्यसपछि उनले आफ्नो बायाँ हातपट्टि भएकाहरूलाई भन्नेछन्, ‘हे श्रापितहरू, मबाट दूर भएर अनन्त आगोमा जाओ, जुन दुष्ट र त्यसका दूतहरूका लागि तयार गरिएको हो,
42किनभने म भोकाएको थिएँ, तर तिमीहरूले मलाई खान दिएनौ; म तिर्खाएको थिएँ, तर तिमीहरूले मलाई पिउन दिएनौ;
43म परदेशी थिएँ, तर तिमीहरूले मलाई भित्र लगेनौ; नाङ्गो थिएँ, तर तिमीहरूले मलाई पहिराएनौ; बिरामी थिएँ र झ्यालखानामा थिएँ, तर तिमीहरूले मेरो वास्ता गरेनौ ।’
44त्यसपछि तिनीहरूले पनि जवाफ दिनेछन् र भन्नेछन्, ‘प्रभु, हामीले तपाईंलाई भोकाउनुभएको, वा तिर्खाउनुभएको, वा परदेशी, वा नाङ्गो, वा बिरामी हुनुभएको, वा झ्यालखानामा कहिले देख्यौँ र हामीले तपाईंको सेवा गरेनौँ?’
45अनि उनले तिनीहरूलाई जवाफ दिनेछन् र भन्नेछन्, ‘साँच्चै म तिमीहरूलाई भन्दछु, यिनीहरूमध्ये सानोभन्दा सानोलाई तिमीहरूले जे गरेनौ, त्यो तिमीहरूले मेरो निम्ति गरेनौ ।’
46यिनीहरू अनन्तको दण्डमा जानेछन् तर धर्मीहरूचाहिँ अनन्त जीवनमा प्रवेश गर्नेछन् ।”
30त्यो बेकम्मा नोकरलाई बाहिरी अन्धकारमा फालिदेओ, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ ।’
31जब मानिसका पुत्र आफ्नो महिमामा आउनेछन् र उनको साथमा सारा स्वर्गदूतहरू आउनेछन्, उनी आफ्नो महिमित सिंहासनमा विराजमान हुनेछन् ।
32उनको सामुन्ने सारा जाति भेला गराइनेछन्, र जसरी गोठालाले आफ्ना भेडाहरूलाई बाख्राहरूबाट छुट्ट्याउँछ, त्यसरी नै उनले एउटा मानिसलाई अर्कोबाट छुट्ट्याउनेछन् ।
33उनले भेडाहरूलाई आफ्नो दायाँ हातपट्टि र बाख्राहरूलाई आफ्नो बायाँपट्टि राख्नेछन् ।
34त्यसपछि राजाले आफ्नो दाहिनेपट्टि भएकाहरूलाई भन्नेछन्, ‘आओ, तिमीहरू जो मेरा पिताद्वारा आशिषित् भएका छौ, संसारको सृष्टिदेखि नै तिमीहरूका लागि तयार पारिएको राज्यलाई अधिकार गर ।
35किनकि म भोकाएको थिएँ, अनि तिमीहरूले मलाई खान दियौ; म प्यासी थिएँ र तिमीहरूले मलाई पिउन दियौ; म परदेशी थिएँ र तिमीहरूले मलाई भित्र आउन दियौ;
36म नाङ्गो थिएँ र तिमीहरूले मलाई लुगा पहिराइदियौ; म बिरामी थिएँ र तिमीहरूले मेरो वास्ता गर्यौ; म झ्यालखानामा थिएँ र तिमीहरू मकहाँ आयौ ।’
37त्यसपछि धर्मी जनहरूले जवाफ दिई भन्नेछन्, ‘प्रभु हामीले कहिले तपाईंलाई भोकाउनुभएको देख्यौँ र तपाईंलाई खुवायौँ? वा तिर्खाउनुभएको देख्यौँ र तपाईंलाई पिउन दियौँ?
38र हामीले कहिले तपाईंलाई परदेशी भएको देख्यौँ र तपाईंलाई भित्र ल्यायौँ?
39र हामीले तपाईंलाई बिरामी वा झ्यालखानामा कहिले देख्यौँ र हामी तपाईंकहाँ आयौँ?’
36यी लुटेराहरूको हातमा पर्नेको छिमेकी यी तिनजनामध्ये कुनचाहिँ हो जस्तो तिमीलाई लाग्छ?”
37ती शिक्षकले भने, “जसले त्यसलाई दया देखायो ।” येशूले तिनलाई भन्नुभयो, “जाऊ र तिमीले पनि त्यसै गर ।”
33मैले तँमाथि दया गरेझैँ के तैँले पनि आफ्नो सहकर्मी नोकरमाथि दया गर्नु पर्दैनथ्यो?’
42जसले यी सानाहरूमध्ये कसैलाई चेला भएको कारणले एक कचौरा चिसो पानी मात्र पनि पिउन देला, साँच्चै म तिमीहरूलाई भन्दछु, उसले कुनै रीतिले आफ्नो इनाम गुमाउनेछैन् ।
31मानिसहरूले तिमीलाई जसो गरेको चाहन्छौ, तिमीले पनि तिनीहरूलाई त्यस्तै गर्नुपर्छ ।
40जसले तिमीहरूलाई स्वागत गर्दछ, उसले मलाई स्वागत गर्दछ र जसले मलाई स्वागत गर्दछ, उसले मलाई पठाउनुहुनेलाई पनि स्वागत गर्दछ ।
19त्यसकारण, जसले यी आज्ञाहरूका सानाभन्दा साना कुरालाई भङ्ग गर्दछ र अरूलाई पनि त्यसो गर्न सिकाउँदछ, त्यो स्वर्गको राज्यमा सबैभन्दा तुच्छ ठहरिनेछ । तर जसले यी कुराहरूलाई मान्दछ र त्यही गर्न सिकाउँदछ, ऊ स्वर्गको राज्यमा सबैभन्दा उच्च ठहरिनेछ ।
5अनि जसले मेरो नाउँमा एउटा यस्तो सानो बालकलाई अपनाउँछ, उसले मलाई अपनाउँछ ।
7गरिबहरू तिमीहरूसँग सधैँ हुन्छन्, र तिमीहरू जहिले चाहन्छौ तिनीहरूको निम्ति गर्न सक्छौ, तर म त तिमीहरूसित सधैँ हुनेछैन ।
41तिमीहरू ख्रीष्टका भएको हुनाले कसैले एक गिलास पानी दिन्छ भने पनि साँचो साँचो म भन्दछु, कि उसले आफ्नो इनाम गुमाउनेछैन ।
12तर उनले जवाफ दिएर भने, ‘साँच्चै म तिमीहरूलाई भन्दछु, म तिमीहरूलाई चिन्दिनँ ।’
7आफ्नो भोजन भोकाएकाहरूलाई दिनु र गरीब र घरविहीनलाई तिमीहरूका घरमा ल्याउनु होइन र?” तिमीहरूले कसैलाई नाङ्गो देख्दा तिमीहरूले त्यसलाई लुगा लगाई दिनुपर्छ । अनि तिमीहरूले आफूलाई आफ्ना नातेदारदेखि लुकाउनुहुँदैन ।
14जे तिम्रो हो त्यो लेऊ र आफ्नो बाटो लाग । मैले तिमीलाई दिए जत्तिकै म यी अन्त्यमा काममा लगाइएका कामदारहरूलाई पनि दिने इच्छा गर्दछु ।
15के मैले मेरो आफ्नो सम्पत्तिलाई मैले चाहना गरेजस्तो गर्नु न्यायसङ्गत होइन र? वा म असल भएको कारणले तिम्रा आँखा दुष्ट भएको हो?’
5प्रिय, भाइहरू र परदेशीहरूको निम्ति काम गर्दा तिमी विश्वासयोग्यताको अभ्यास गर्छौ,
50किनकि जसले स्वर्गमा हुनुहुने मेरा पिताको इच्छाअनुसार गर्दछ, त्यो मानिस नै मेरो भाइ, मेरी बहिनी र मेरी आमा हुन् ।”
16विचार गर, कि तिमीहरूमध्ये कसैले उसलाई “शान्तिसँग जाऊ, न्यानो गरी बस र पेटभरि खाऊ” भनेर भन्छौ । यदि तिमीहरूले शरीरलाई आवश्यक पर्ने कुराहरूचाहिँ तिनीहरूलाई दिँदैनौ भने, त्यसबाट के लाभ भयो र?
12त्यसकारण, मानिसहरूले तिमीहरूको निम्ति जस्तो गरेको चाहन्छौ, तिमीहरूले तिनीहरूसँग त्यस्तै गर्नुपर्छ । त्यो नै व्यवस्था र अगमवक्ताहरूको शिक्षा हो ।
35यदि तिमीहरू हरेकले आफ्नो हृदयबाट आफ्नो भाइलाई क्षमा गरेनौ भने, मेरा स्वर्गीय पिताले पनि तिमीहरूसित यस्तै गर्नुहुनेछ ।
16उसले गरिबहरू र खाँचोमा परेकाहरूको पक्षमा न्याय गर्यो । त्यस बेला राम्रै भएको थियो । के मलाई चिन्नुको अर्थ यही होइन र? यो परमप्रभुको घोषणा हो ।
37“जसले यस्तो बालकलाई मेरो नाउँमा ग्रहण गर्छ, उसले मलाई पनि ग्रहण गर्छ, र कसैले मलाई ग्रहण गर्छ भने उसले मलाई मात्र होइन, तर मलाई पठाउनुहुनेलाई पनि ग्रहण गर्छ ।”
14र तिमी आशिषित् हुनेछौ, किनकि तिनीहरूले तिमीलाई तिम्रो गुणा फिर्ता गर्न सक्दैनन् । किनकि धर्मीहरूको पुनरुत्थान हुँदा तिम्रो गुण तिरिनेछ ।”
10होसियार रहो, यी सानाहरूमध्ये कसैलाई पनि घृणा नगर । किनकि म तिमीहरूलाई भन्दछु, स्वर्गमा तिनीहरूका दूतहरूले सधैँ मेरा पिताको मुहार हेर्दछन् जो स्वर्गमा हुनुहुन्छ ।
46त्यो नोकर धन्य हो, जसलाई उसको मालिक आउँदा त्यसै गरिरहेको भेट्टाउनेछ ।
13त्यसपछि राजाले आफ्ना नोकरहरूलाई भने, ‘यस मानिसका हात र खुट्टा बाँध, र यसलाई बाहिरी अन्धकारमा फालिदेओ, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ ।’
10तिमीले अर्हाएको कुरा मात्र गर्दछौ भने तिमीले यसो पो भन्नुपर्ने हो, “हामी अयोग्य नोकरहरू हौँ, हामीले गर्नुपर्ने मात्र गरेका छौँ ।”
43धन्य हो त्यो सेवक, जसले आफ्नो मालिक फर्कंदा यी कार्यहरू गरिरहेको भेट्टाउनेछ ।
10जो अत्यन्तै थोरैमा विश्वासयोग्य हुन्छ, त्यो धेरैमा पनि विश्वासयोग्य हुन्छ र जो अत्यन्तै थोरैमा अधर्मी हुन्छ, त्यो धेरैमा पनि अधर्मी हुन्छ ।
15किनकि मैले यो तिमीहरूलाई एउटा उदाहरण दिएको हुँ, ताकि तिमीहरूले पनि मैले तिमीहरूका निम्ति गरेजस्तै गर्न सक ।
48र तिनीहरूलाई भन्नुभयो, “यदि कसैले मेरो नाउँमा सानो बालकलाई झैँ ग्रहण गर्छ भने उसले मलाई पनि ग्रहण गर्छ, र कसैले मलाई ग्रहण गर्छ भने, उसले मलाई पठाउनुहुनेलाई पनि ग्रहण गर्दछ । किनभने तिमीहरूमध्ये सबैभन्दा सानो नै सबैभन्दा महान् हो ।”
23यसैकारण, स्वर्गको राज्यलाई एउटा यस्तो राजासँग तुलना गर्न सकिन्छ, जसले आफ्ना नोकरहरूसित आफ्नो हिसाब मिलाउन चाहे ।
21त्यो सेवक फर्केर आएर आफ्ना मालिकलाई ती कुराहरू सुनाइदियो, तब त्यस घरका मालिक रिसाए र सेवकलाई भने, ‘छिटो बाहिर गल्ली र सहरका खुल्ला मैदानमा जाऊ र गरिब, लुला, लङ्गडा, दृष्टिविहीनहरूलाई यहाँ ल्याऊ ।’
27तर उहाँले जवाफ दिनुहुनेछ, ‘म तिमीहरूलाई भन्दछु, कि तिमीहरू कहाँबाट आएका हौ, म चिन्दिनँ । दुष्टहरू हो, मबाट गइहाल् ।’
37धन्य हुन् ती सेवकहरू, जो आफ्नो मालिक फर्केर आउँदा उसले जागा रहेको भेट्टाउनेछ । म तिमीहरूलाई साँचो भन्दछु, कि उसले आफ्नो लामो वस्त्रलाई पेटीले कसेर भित्री भागमा सुरक्षित राखी खानामा बसाल्दछ र आएर उनीहरूको सेवा गर्नेछ ।