मत्ती 25:40

अनलक शाब्दिक बाइबल

र राजाले जवाफ दिनेछन् र तिनीहरूलाई भन्‍नेछन्, ‘साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, तिमीहरूले यहाँ मेरा भाइहरूमध्ये सानोभन्‍दा सानोलाई जे-जति गर्‍यौ, त्यो मेरो निम्ति नै गर्‍यौ ।’

थप स्रोतहरू

उल्लेखित पदहरू

  • नीति 19:17 : 17 गरिबप्रति दयालु हुनेले परमप्रभुलाई सापट दिन्छ, र उहाँले त्यसले गरेको कामको प्रतिफल दिनुहुने छ ।
  • मत्त 10:42 : 42 जसले यी सानाहरूमध्ये कसैलाई चेला भएको कारणले एक कचौरा चिसो पानी मात्र पनि पिउन देला, साँच्‍चै म तिमीहरूलाई भन्दछु, उसले कुनै रीतिले आफ्नो इनाम गुमाउनेछैन् ।
  • नीति 14:31 : 31 गरिबलाई थिचोमिचो गर्नेले आफ्नो सृष्‍टिकर्तालाई सराप्छ, तर खाँचोमा परेकाहरूलाई स्‍नेह देखाउनेले उहाँको आदर गर्छ ।
  • मर 9:41 : 41 तिमीहरू ख्रीष्‍टका भएको हुनाले कसैले एक गिलास पानी दिन्छ भने पनि साँचो साँचो म भन्दछु, कि उसले आफ्नो इनाम गुमाउनेछैन ।
  • गलाती 5:6 : 6 ख्रीष्‍ट येशूमा न खतना न बेखतना कुनै मूल्यको हुन्छ । केवल प्रेमद्वारा काम गर्ने विश्‍वासको मात्र मूल्य हुन्छ ।
  • १ पत्रु 1:22 : 22 सत्यताको आज्ञाकारिताद्वारा निष्कपट भातृ-प्रेमको निम्ति तिमीहरूले आफ्नो प्राण शुद्ध बनायौ । त्यसैले, आफ्नो हृदयबाट एक-अर्कालाई प्रेम गर ।
  • १ यूह 4:7-9 : 7 प्रिय हो, एक अर्कालाई प्रेम गरौँ, किनकि प्रेम परमेश्‍वरको हो, र हरेक जसले प्रेम गर्छ, त्यो परमेश्‍वरबाट जन्मेको हो र त्यसले परमेश्‍वरलाई चिन्छ । 8 जसले प्रेम गर्दैन, त्यसले परमेश्‍वरलाई चिन्दैन, किनभने परमेश्‍वर प्रेम हुनुहुन्छ । 9 यसैमा परमेश्‍वरको प्रेम हामीहरूमाझ प्रकट भएको छ, कि जसद्वारा हामी जिउन सकौँ भनेर परमेश्‍वरले संसारमा उहाँका एक मात्र पुत्र पठाउनुभएको छ । 10 यसैमा उहाँको प्रेम छ, हामीले परमेश्‍वरलाई प्रेम गरेकाले होइन, तर उहाँले हामीलाई प्रेम गर्नुभएको छ, अनि हाम्रा पापहरूका लागि प्रायश्‍चित्त हुन उहाँका पुत्र पठाउनुभयो । 11 प्रिय हो, परमेश्‍वरले हामीलाई यति धेरै प्रेम गर्नुभयो भने हामीले पनि एक अर्कालाई प्रेम गर्नुपर्छ । 12 परमेश्‍वरलाई कसैले कहिल्यै देखेको छैन । यदि हामी एक अर्कालाई प्रेम गर्छौं भने परमेश्‍वर हामीमा रहनुहुन्छ, र उहाँको प्रेम हामीमा सिद्ध भएको हुन्छ ।
  • १ यूह 4:20-5:2 : 20 कसैले “म परमेश्‍वरलाई प्रेम गर्छु” भन्छ तर आफ्नो भाइलाई घृणा गर्छ भने, त्यो झुटो हो, किनकि त्यसले देखेको आफ्नो भाइलाई प्रेम गर्दैन भने त्यसले नदेखेको परमेश्‍वरलाई प्रेम गर्न सक्दैन । 21 अनि उहाँबाटको यो आज्ञा हामीसँग छ, कि जसले परमेश्‍वरलाई प्रेम गर्छ, त्यसले आफ्नो भाइलाई पनि प्रेम गर्नुपर्छ । 1 ¶ जसले येशू नै ख्रीष्‍ट हुनुहुन्छ भनी विश्‍वास गर्छ, त्यो परमेश्‍वरबाट जन्मेको हुन्छ । र जसले पितालाई प्रेम गर्छ, त्यसले उहाँबाट जन्मनुहुनेलाई पनि प्रेम गर्छ । 2 जब हामी परमेश्‍वरलाई प्रेम गर्छौं र उहाँका आज्ञाहरू पालन गर्छौं, यसैद्वारा हामी परमेश्‍वरका सन्तानहरूलाई प्रेम गर्छौं भनी जान्दछौँ ।
  • इब्रा 6:10 : 10 किनकि तिमीहरूले उहाँको नाउँका खातिर देखाएको काम र प्रेमलाई बिर्सेने परमेश्‍वर अधर्मी हुनुहुन्‍न, किनभने तिमीहरूले विश्‍वासीहरूको सेवा गरेका थियौ र अझै पनि तिनीहरूको सेवा गर्दै छौ ।
  • १ यूह 3:14-19 : 14 हामी जान्दछौँ, कि हामी मृत्यु पार गरेर जीवनमा सरेका छौँ, किनकि हामी दाजुभाइहरूलाई प्रेम गर्छौं । जसले प्रेम गर्दैन, त्यो मृत्युमा रहन्छ । 15 जसले आफ्नो भाइलाई घृणा गर्छ त्यो हत्यारा हो । अनि तिमीहरू जान्दछौ, कि कुनै पनि हत्यारासँग अनन्त जीवन हुँदैन । 16 यसैद्वारा हामी प्रेम थाहा पाउँछौँ, किनकि ख्रीष्‍टले हाम्रो निम्ति आफ्नो जीवन दिनुभयो । हामीले पनि हाम्रा दाजुभाइहरूका निम्ति हाम्रो जीवन दिनुपर्छ । 17 तर जससँग संसारका थोकहरू छन्, जसले आफनो भाइ खाँचोमा परेको देखेर पनि दयाको हृदय त्यसबाट बन्द गर्छ भने कसरी परमेश्‍वरको प्रेम त्यसमा रहन्छ? 18 मेरा प्रिय बालकहरूल हो, हामी वचन र मुखले मात्र प्रेम नगरौँ, तर सत्यता र कामले प्रेम गरौँ । 19 यसैद्वारा हामी सत्यका हौँ भन्‍ने जान्दछौँ र हाम्रो हृदयलाई उहाँको सामुन्‍ने निश्‍चय गर्छौं ।
  • गलाती 5:22 : 22 तर पवित्र आत्माका फलचाहिँ प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विश्‍वास,
  • यूह 21:15-17 : 15 तिनीहरूले खाजा खाइसकेपछि येशूले सिमोन पत्रुसलाई भन्‍नुभयो, “यूहन्‍नाका छोरा सिमोन, के तिमीले मलाई यिनीहरूभन्दा पनि बढी प्रेम गर्छौ?” पत्रुसले उहाँलाई भने, “हो प्रभु, तपाईं जान्‍नुहुन्छ कि म तपाईंलाई प्रेम गर्छु ।” येशूले तिनलाई भन्‍नुभयो, “मेरा थुमाहरूलाई खुवाऊ ।” 16 उहाँले तिनलाई फेरि दोस्रो पटक भन्‍नुभयो, “यूहन्‍नाका छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ?” पत्रुसले उहाँलाई जवाफ दिए, “हो प्रभु, तपाईं जानुहुन्छ कि म तपाईंलाई प्रेम गर्छु ।” येशूले तिनलाई भन्‍नुभयो, “मेरा भेडाहरूको हेरचाह गर ।” 17 उहाँले तिनलाई तेस्रो पटक भन्‍नुभयो, “यूहन्‍नाका छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ?” पत्रुस निराश भए, किनकि येशूले तिनलाई “के तिमी मलाई प्रेम गर्छौ?” भनी तेस्रो पटक सोध्‍नुभएको थियो । तिनले उहाँलाई भने, “प्रभु, तपाईं सबै थोक जानुहुन्छ, कि म तपाईंलाई प्रेम गर्छु ।” येशूले तिनलाई भन्‍नुभयो, “मेरा भेडाहरूलाई खुवाऊ ।”
  • प्रेरि 9:4-5 : 4 तिनी भुइँमा ढले र तिनले यसो भन्‍ने आवाज सुने, “ए शाऊल, ए शाऊल, किन तिमी मेरो खेदो गर्दैछौ?” 5 शाऊलले जवाफ दिए, “प्रभु, तपाईं को हुनुहुन्छ?” प्रभुले भन्‍नुभयो, “म येशू हुँ जसको तिमी खेदो गर्दैछौ ।
  • मत्त 18:5-6 : 5 अनि जसले मेरो नाउँमा एउटा यस्तो सानो बालकलाई अपनाउँछ, उसले मलाई अपनाउँछ । 6 तर ममा विश्‍वास गर्ने यी सानाहरूमध्ये एउटैलाई पनि जसले पाप गर्न लगाउँछ, त्यसको गलामा एउटा ठुलो ढुङ्गो झुण्ड्याइ समुद्रको गहिराइमा फालिदिनु असल हुने थियो ।
  • मत्त 25:34 : 34 त्‍यसपछि राजाले आफ्नो दाहिनेपट्टि भएकाहरूलाई भन्‍नेछन्, ‘आओ, तिमीहरू जो मेरा पिताद्वारा आशिषित् भएका छौ, संसारको सृष्‍टिदेखि नै तिमीहरूका लागि तयार पारिएको राज्‍यलाई अधिकार गर ।
  • मत्त 10:40 : 40 जसले तिमीहरूलाई स्वागत गर्दछ, उसले मलाई स्वागत गर्दछ र जसले मलाई स्वागत गर्दछ, उसले मलाई पठाउनुहुनेलाई पनि स्वागत गर्दछ ।
  • नीति 25:6-7 : 6 राजाको उपस्थितिमा आफैलाई नउचाल्, र उच्‍च मानिसहरूलाई तोकिएको ठाउँमा नबस् । 7 उच्‍च मानिसहरूको सामु तेरो अपमान हुनुभन्दा त बरु तँलाई “यहाँ माथि आऊ” भन्‍नु उत्तम हुन्छ ।
  • २ शमू 9:1 : 1 ¶ दाऊदले भने, “के शाऊलको परिवारका कोही बाँकी छन्, जसलाई जोनाथनको खातिर म दया देखाउन सक्‍छु?”
  • २ शमू 9:7 : 7 दाऊदले तिनलाई भने, “नडराऊ, किनकि तिम्रो बुबा जोनाथनको खातिर म तिमीलाई निश्‍चय नै दया देखाउने छु र तिम्रो हजुरबुबा शाऊलका सबै जमिन म तिमीलाई फिर्ता दिने छु र तिमी सधैं मेरो टेबलमा खाने छौ ।”
  • मत्त 28:10 : 10 त्यसपछि येशूले तिनीहरूलाई भन्‍नुभयो, “नडराओ । जाओ मेरा भाइहरूलाई गालीलमा जानू भनेर भनिदेओ । त्यहाँ तिनीहरूले मलाई भेट्नेछन् ।”
  • यूह 19:26-27 : 26 जब येशूले आफ्नी आमा र आफूले माया गर्नुभएका चेलालाई नजिकै उभिएको देख्‍नुभयो, उहाँले आफ्नी आमालाई भन्‍नुभयो, “हे नारी, हेर्नुहोस्, तपाईंका छोरा!” 27 तब उहाँले ती चेलालाई भन्‍नुभयो, “हेर, तिम्री आमा!” त्यस बेलादेखि ती चेलाले तिनलाई आफ्नो घरमा लगे ।
  • यूह 20:17 : 17 येशूले तिनलाई भन्‍नुभयो, “मलाई नछोऊ, किनभने म अझै पिताकहाँ गएको छैनँ, तर मेरा भाइहरूकहाँ गएर तिनीहरूलाई भनिदेऊ, कि म मेरा पिता र तिमीहरूका पिता अनि मेरा परमेश्‍वर र तिमीहरूका परमेश्‍वरकहाँ जानेछु ।”
  • एफिसी 5:30 : 30 किनकि हामी उहाँका शरीरका सदस्यहरू हौँ ।
  • १ थेस 4:9-9 : 9 भाइहरूप्रतिको प्रेमको विषयमा तिमीहरूलाई कसैले केही लेख्‍न जरुरी छैन । एक अर्कोलाई प्रेम गर्ने विषयमा तिमीहरू परमेश्‍वरबाट सिकाइएका छौ । 10 वास्तवमा तिमीहरूले माकेडोनियामा भएका सबै दाजुभाइहरूलाई गरेका छौ, तर हामी तिमीहरूलाई अर्ती दिन्छौँ कि भाइहरू हो, अझै बढी गर ।
  • १ कोरि 16:21-22 : 21 म पावल, मेरो आफ्नै हातले यो पत्र लेख्छु । 22 यदि कसैले प्रभुलाई प्रेम गर्दैन भने ऊ श्रापित होस् । हाम्रा प्रभु, आउनुहोस् ।
  • २ कोरि 4:5 : 5 किनकि हामी आफैँलाई होइन, तर ख्रीष्‍टको खातिर तिमीहरूका सेवकको रूपमा रहेर ख्रीष्‍ट येशूलाई घोषणा गर्छौं जो प्रभु हुनुहुन्छ ।
  • २ कोरि 5:14-15 : 14 किनकि ख्रीष्‍टको प्रेमले हामीलाई बाध्य पार्छ र हामीलाई यो निश्‍चय छ कि सबैको निम्ति एक जना मर्नुभएको हुनाले सबै मरेका छन् । 15 अनि ख्रीष्‍ट हामी सबैको निम्ति मर्नुभयो ताकि बाँच्नेहरू आफ्नो लागि नबाँचून् । बरु, तिनीहरू उहाँको निम्ति जिउनुपर्छ, जो मर्नुभयो र फेरि जीवित पारिनुभयो ।
  • गलाती 5:13 : 13 किनकि मेरा भाइहरू हो, परमेश्‍वरले तिमीहरूलाई स्वतन्‍त्रताको निम्ति बोलाउनुभएको छ । आफ्नो स्वतन्‍त्रतालाई शरीरको निम्ति अवसरको रूपमा मात्र प्रयोग नगर । बरु, प्रेमद्वारा एक अर्कालाई सेवा पुर्‍याओ ।
  • २ कोरि 8:7-9 : 7 तर तिमीहरू सबै कुरामा बढेर गएका छौ, अर्थात् विश्‍वासमा, बोलीवचनमा, ज्ञानमा, सबै लगावमा र हामी प्रतिको प्रेममा । त्यसकारण, उदारको यो काममा पनि तिनीहरू बढेर जाने कुरामा ख्याल राख । 8 म यसलाई आज्ञाको रूपमा भन्दिनँ । बरु, अरू मानिसहरूको तत्परतासँग तिमीहरूको इमानदारी तुलना गरेर जाँच्नको निम्ति म यो भन्छु । 9 किनकि हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरूलाई थाहा छ । उहाँ धनी हुनुभए तापनि तिमीहरूका खातिर गरिब हुनुभयो, ताकि उहाँको गरिबीबाट तिमीहरू धनी बन्‍न सक ।
  • इब्रा 2:11-15 : 11 किनकि समर्पण गर्ने र समर्पण गरिएकाहरू दुवै एउटै स्रोतबाट आउँछन् । त्यसैकारण, उहाँ तिनीहरूलाई भाइहरू भनी बोलाउन शर्माउनुहुन्‍न । 12 उहाँ भन्‍नुहुन्छ, “म तपाईंको नाउँ मेरा दाजुभाइहरूलाई घोषणा गर्नेछु; म सभाको बिचबाट तपाईंको गीत गाउनेछु ।” 13 र फेरि, “म उहाँमा भरोसा गर्नेछु ।” र फेरि, “हेर, यहाँ म र मेरा छोराछोरीहरू जसलाई परमेश्‍वरले मलाई दिनुभएको छ ।” 14 त्यसकारण, पहिले नै परमेश्‍वरका छोराछोरीहरू मासु र रगतको एक भाग भएका हुनाले येशूले पनि त्यही कुराहरू तिनीहरूसँग बाँड्नुभयो । त्यसैले, येशूले मृत्यु सहेर मृत्युको शक्ति भएकोलाई अर्थात् शैतानलाई नष्‍ट पार्नुभयो । 15 मृत्युको डरद्वारा र सधैँ शैतानका दास भएर जिएकाहरूको लागि स्वतन्त्रता दिन उहाँले त्यसो गर्नुभयो ।
  • रोमी 8:29 : 29 किनकि जसलाई उहाँले पहिलेदेखि नै जान्‍नुहुन्थ्यो, धेरै भाइहरूमध्ये ज्येष्‍ठ होऊन् भनी उहाँले तिनीहरूलाई आफ्नो पुत्रको स्वरूप समान हुन पहिले नै नियुक्‍ति गर्नुभयो ।
  • मर 3:34-35 : 34 उहाँले उहाँका वरिपरि गोलाकारमा बसिरहेकाहरूलाई हेर्नुभयो र भन्‍नुभयो, “हेर, मेरी आमा र मेरा भाइहरू यहाँ छन्!” 35 जसले परमेश्‍वरको इच्छालाई पालन गर्छ, तिनीहरू नै मेरा भाइहरू र बहिनीहरू र मेरी आमा हुन् ।”
  • मत्त 18:10 : 10 होसियार रहो, यी सानाहरूमध्ये कसैलाई पनि घृणा नगर । किनकि म तिमीहरूलाई भन्दछु, स्वर्गमा तिनीहरूका दूतहरूले सधैँ मेरा पिताको मुहार हेर्दछन् जो स्वर्गमा हुनुहुन्छ ।
  • मत्त 12:49-50 : 49 अनि उहाँले आफ्नो हात उहाँका चेलाहरूतर्फ पसारेर भन्‍नुभयो, “हेर, मेरी आमा र मेरा भाइहरू यिनीहरू नै हुन्! 50 किनकि जसले स्वर्गमा हुनुहुने मेरा पिताको इच्छाअनुसार गर्दछ, त्यो मानिस नै मेरो भाइ, मेरी बहिनी र मेरी आमा हुन् ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • मत्त 25:41-46
    6 पदहरू
    93%

    41त्‍यसपछि उनले आफ्नो बायाँ हातपट्टि भएकाहरूलाई भन्‍नेछन्, ‘हे श्रापितहरू, मबाट दूर भएर अनन्त आगोमा जाओ, जुन दुष्‍ट र त्यसका दूतहरूका लागि तयार गरिएको हो,

    42किनभने म भोकाएको थिएँ, तर तिमीहरूले मलाई खान दिएनौ; म तिर्खाएको थिएँ, तर तिमीहरूले मलाई पिउन दिएनौ;

    43म परदेशी थिएँ, तर तिमीहरूले मलाई भित्र लगेनौ; नाङ्गो थिएँ, तर तिमीहरूले मलाई पहिराएनौ; बिरामी थिएँ र झ्यालखानामा थिएँ, तर तिमीहरूले मेरो वास्ता गरेनौ ।’

    44त्‍यसपछि तिनीहरूले पनि जवाफ दिनेछन् र भन्‍नेछन्, ‘प्रभु, हामीले तपाईंलाई भोकाउनुभएको, वा तिर्खाउनुभएको, वा परदेशी, वा नाङ्गो, वा बिरामी हुनुभएको, वा झ्यालखानामा कहिले देख्‍यौँ र हामीले तपाईंको सेवा गरेनौँ?’

    45अनि उनले तिनीहरूलाई जवाफ दिनेछन् र भन्‍नेछन्, ‘साँच्‍चै म तिमीहरूलाई भन्दछु, यिनीहरूमध्ये सानोभन्‍दा सानोलाई तिमीहरूले जे गरेनौ, त्‍यो तिमीहरूले मेरो निम्ति गरेनौ ।’

    46यिनीहरू अनन्‍तको दण्‍डमा जानेछन् तर धर्मीहरूचाहिँ अनन्‍त जीवनमा प्रवेश गर्नेछन् ।”

  • मत्त 25:30-39
    10 पदहरू
    86%

    30त्यो बेकम्मा नोकरलाई बाहिरी अन्‍धकारमा फालिदेओ, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ ।’

    31जब मानिसका पुत्र आफ्नो महिमामा आउनेछन् र उनको साथमा सारा स्‍वर्गदूतहरू आउनेछन्, उनी आफ्नो महिमित सिंहासनमा विराजमान हुनेछन् ।

    32उनको सामुन्‍ने सारा जाति भेला गराइनेछन्, र जसरी गोठालाले आफ्ना भेडाहरूलाई बाख्राहरूबाट छुट्ट्याउँछ, त्‍यसरी नै उनले एउटा मानिसलाई अर्कोबाट छुट्ट्याउनेछन् ।

    33उनले भेडाहरूलाई आफ्नो दायाँ हातपट्टि र बाख्राहरूलाई आफ्नो बायाँपट्टि राख्‍नेछन् ।

    34त्‍यसपछि राजाले आफ्नो दाहिनेपट्टि भएकाहरूलाई भन्‍नेछन्, ‘आओ, तिमीहरू जो मेरा पिताद्वारा आशिषित् भएका छौ, संसारको सृष्‍टिदेखि नै तिमीहरूका लागि तयार पारिएको राज्‍यलाई अधिकार गर ।

    35किनकि म भोकाएको थिएँ, अनि तिमीहरूले मलाई खान दियौ; म प्यासी थिएँ र तिमीहरूले मलाई पिउन दियौ; म परदेशी थिएँ र तिमीहरूले मलाई भित्र आउन दियौ;

    36म नाङ्गो थिएँ र तिमीहरूले मलाई लुगा पहिराइदियौ; म बिरामी थिएँ र तिमीहरूले मेरो वास्‍ता गर्‍यौ; म झ्‍यालखानामा थिएँ र तिमीहरू मकहाँ आयौ ।’

    37त्‍यसपछि धर्मी जनहरूले जवाफ दिई भन्‍नेछन्, ‘प्रभु हामीले कहिले तपाईंलाई भोकाउनुभएको देख्‍यौँ र तपाईंलाई खुवायौँ? वा तिर्खाउनुभएको देख्यौँ र तपाईंलाई पिउन दियौँ?

    38र हामीले कहिले तपाईंलाई परदेशी भएको देख्‍यौँ र तपाईंलाई भित्र ल्यायौँ?

    39र हामीले तपाईंलाई बिरामी वा झ्‍यालखानामा कहिले देख्यौँ र हामी तपाईंकहाँ आयौँ?’

  • लू 10:36-37
    2 पदहरू
    71%

    36यी लुटेराहरूको हातमा पर्नेको छिमेकी यी तिनजनामध्ये कुनचाहिँ हो जस्तो तिमीलाई लाग्छ?”

    37ती शिक्षकले भने, “जसले त्यसलाई दया देखायो ।” येशूले तिनलाई भन्‍नुभयो, “जाऊ र तिमीले पनि त्यसै गर ।”

  • 33मैले तँमाथि दया गरेझैँ के तैँले पनि आफ्नो सहकर्मी नोकरमाथि दया गर्नु पर्दैनथ्यो?’

  • 42जसले यी सानाहरूमध्ये कसैलाई चेला भएको कारणले एक कचौरा चिसो पानी मात्र पनि पिउन देला, साँच्‍चै म तिमीहरूलाई भन्दछु, उसले कुनै रीतिले आफ्नो इनाम गुमाउनेछैन् ।

  • 31मानिसहरूले तिमीलाई जसो गरेको चाहन्छौ, तिमीले पनि तिनीहरूलाई त्यस्तै गर्नुपर्छ ।

  • 40जसले तिमीहरूलाई स्वागत गर्दछ, उसले मलाई स्वागत गर्दछ र जसले मलाई स्वागत गर्दछ, उसले मलाई पठाउनुहुनेलाई पनि स्वागत गर्दछ ।

  • 19त्यसकारण, जसले यी आज्ञाहरूका सानाभन्दा साना कुरालाई भङ्ग गर्दछ र अरूलाई पनि त्यसो गर्न सिकाउँदछ, त्यो स्वर्गको राज्यमा सबैभन्दा तुच्छ ठहरिनेछ । तर जसले यी कुराहरूलाई मान्दछ र त्यही गर्न सिकाउँदछ, ऊ स्वर्गको राज्यमा सबैभन्दा उच्‍च ठहरिनेछ ।

  • 5अनि जसले मेरो नाउँमा एउटा यस्तो सानो बालकलाई अपनाउँछ, उसले मलाई अपनाउँछ ।

  • 7गरिबहरू तिमीहरूसँग सधैँ हुन्छन्, र तिमीहरू जहिले चाहन्छौ तिनीहरूको निम्ति गर्न सक्छौ, तर म त तिमीहरूसित सधैँ हुनेछैन ।

  • 41तिमीहरू ख्रीष्‍टका भएको हुनाले कसैले एक गिलास पानी दिन्छ भने पनि साँचो साँचो म भन्दछु, कि उसले आफ्नो इनाम गुमाउनेछैन ।

  • 12तर उनले जवाफ दिएर भने, ‘साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, म तिमीहरूलाई चिन्‍दिनँ ।’

  • 7आफ्‍नो भोजन भोकाएकाहरूलाई दिनु र गरीब र घरविहीनलाई तिमीहरूका घरमा ल्याउनु होइन र?” तिमीहरूले कसैलाई नाङ्गो देख्दा तिमीहरूले त्यसलाई लुगा लगाई दिनुपर्छ । अनि तिमीहरूले आफूलाई आफ्ना नातेदारदेखि लुकाउनुहुँदैन ।

  • मत्त 20:14-15
    2 पदहरू
    69%

    14जे तिम्रो हो त्यो लेऊ र आफ्नो बाटो लाग । मैले तिमीलाई दिए जत्तिकै म यी अन्त्यमा काममा लगाइएका कामदारहरूलाई पनि दिने इच्छा गर्दछु ।

    15के मैले मेरो आफ्नो सम्‍पत्तिलाई मैले चाहना गरेजस्तो गर्नु न्यायसङ्गत होइन र? वा म असल भएको कारणले तिम्रा आँखा दुष्‍ट भएको हो?’

  • 5प्रिय, भाइहरू र परदेशीहरूको निम्ति काम गर्दा तिमी विश्‍वासयोग्यताको अभ्यास गर्छौ,

  • 50किनकि जसले स्वर्गमा हुनुहुने मेरा पिताको इच्छाअनुसार गर्दछ, त्यो मानिस नै मेरो भाइ, मेरी बहिनी र मेरी आमा हुन् ।”

  • 16विचार गर, कि तिमीहरूमध्ये कसैले उसलाई “शान्तिसँग जाऊ, न्यानो गरी बस र पेटभरि खाऊ” भनेर भन्छौ । यदि तिमीहरूले शरीरलाई आवश्यक पर्ने कुराहरूचाहिँ तिनीहरूलाई दिँदैनौ भने, त्यसबाट के लाभ भयो र?

  • 12त्यसकारण, मानिसहरूले तिमीहरूको निम्ति जस्तो गरेको चाहन्छौ, तिमीहरूले तिनीहरूसँग त्यस्तै गर्नुपर्छ । त्यो नै व्यवस्था र अगमवक्‍ताहरूको शिक्षा हो ।

  • 35यदि तिमीहरू हरेकले आफ्नो हृदयबाट आफ्नो भाइलाई क्षमा गरेनौ भने, मेरा स्वर्गीय पिताले पनि तिमीहरूसित यस्तै गर्नुहुनेछ ।

  • 16उसले गरिबहरू र खाँचोमा परेकाहरूको पक्षमा न्याय गर्‍यो । त्यस बेला राम्रै भएको थियो । के मलाई चिन्‍नुको अर्थ यही होइन र? यो परमप्रभुको घोषणा हो ।

  • 37“जसले यस्तो बालकलाई मेरो नाउँमा ग्रहण गर्छ, उसले मलाई पनि ग्रहण गर्छ, र कसैले मलाई ग्रहण गर्छ भने उसले मलाई मात्र होइन, तर मलाई पठाउनुहुनेलाई पनि ग्रहण गर्छ ।”

  • 14र तिमी आशिषित् हुनेछौ, किनकि तिनीहरूले तिमीलाई तिम्रो गुणा फिर्ता गर्न सक्दैनन् । किनकि धर्मीहरूको पुनरुत्थान हुँदा तिम्रो गुण तिरिनेछ ।”

  • 10होसियार रहो, यी सानाहरूमध्ये कसैलाई पनि घृणा नगर । किनकि म तिमीहरूलाई भन्दछु, स्वर्गमा तिनीहरूका दूतहरूले सधैँ मेरा पिताको मुहार हेर्दछन् जो स्वर्गमा हुनुहुन्छ ।

  • 46त्यो नोकर धन्य हो, जसलाई उसको मालिक आउँदा त्यसै गरिरहेको भेट्टाउनेछ ।

  • 13त्यसपछि राजाले आफ्ना नोकरहरूलाई भने, ‘यस मानिसका हात र खुट्टा बाँध, र यसलाई बाहिरी अन्धकारमा फालिदेओ, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ ।’

  • 10तिमीले अर्‍हाएको कुरा मात्र गर्दछौ भने तिमीले यसो पो भन्‍नुपर्ने हो, “हामी अयोग्य नोकरहरू हौँ, हामीले गर्नुपर्ने मात्र गरेका छौँ ।”

  • 43धन्य हो त्यो सेवक, जसले आफ्नो मालिक फर्कंदा यी कार्यहरू गरिरहेको भेट्टाउनेछ ।

  • 10जो अत्यन्तै थोरैमा विश्‍वासयोग्य हुन्छ, त्यो धेरैमा पनि विश्‍वासयोग्य हुन्छ र जो अत्यन्तै थोरैमा अधर्मी हुन्छ, त्यो धेरैमा पनि अधर्मी हुन्छ ।

  • 15किनकि मैले यो तिमीहरूलाई एउटा उदाहरण दिएको हुँ, ताकि तिमीहरूले पनि मैले तिमीहरूका निम्ति गरेजस्तै गर्न सक ।

  • 48र तिनीहरूलाई भन्‍नुभयो, “यदि कसैले मेरो नाउँमा सानो बालकलाई झैँ ग्रहण गर्छ भने उसले मलाई पनि ग्रहण गर्छ, र कसैले मलाई ग्रहण गर्छ भने, उसले मलाई पठाउनुहुनेलाई पनि ग्रहण गर्दछ । किनभने तिमीहरूमध्ये सबैभन्दा सानो नै सबैभन्दा महान् हो ।”

  • 23यसैकारण, स्वर्गको राज्यलाई एउटा यस्तो राजासँग तुलना गर्न सकिन्छ, जसले आफ्ना नोकरहरूसित आफ्नो हिसाब मिलाउन चाहे ।

  • 21त्यो सेवक फर्केर आएर आफ्ना मालिकलाई ती कुराहरू सुनाइदियो, तब त्यस घरका मालिक रिसाए र सेवकलाई भने, ‘छिटो बाहिर गल्ली र सहरका खुल्ला मैदानमा जाऊ र गरिब, लुला, लङ्गडा, दृष्‍टिविहीनहरूलाई यहाँ ल्याऊ ।’

  • 27तर उहाँले जवाफ दिनुहुनेछ, ‘म तिमीहरूलाई भन्दछु, कि तिमीहरू कहाँबाट आएका हौ, म चिन्दिनँ । दुष्‍टहरू हो, मबाट गइहाल् ।’

  • 37धन्य हुन् ती सेवकहरू, जो आफ्नो मालिक फर्केर आउँदा उसले जागा रहेको भेट्टाउनेछ । म तिमीहरूलाई साँचो भन्दछु, कि उसले आफ्नो लामो वस्‍त्रलाई पेटीले कसेर भित्री भागमा सुरक्षित राखी खानामा बसाल्दछ र आएर उनीहरूको सेवा गर्नेछ ।