मत्ती 25:41

अनलक शाब्दिक बाइबल

त्‍यसपछि उनले आफ्नो बायाँ हातपट्टि भएकाहरूलाई भन्‍नेछन्, ‘हे श्रापितहरू, मबाट दूर भएर अनन्त आगोमा जाओ, जुन दुष्‍ट र त्यसका दूतहरूका लागि तयार गरिएको हो,

थप स्रोतहरू

उल्लेखित पदहरू

  • मत्त 7:23 : 23 तब म खुलमखुला तिनीहरूलाई घोषणा गर्नेछु, ‘मैले तिमीहरूलाई कहिल्यै पनि चिनेको थिइनँ! ए दुष्‍ट काम गर्नेहरू हो, मबाट टाढा गइहाल्!’
  • मत्त 13:40 : 40 त्यसैले, जसरी सामाहरू बटुलिन्छन् र आगोमा जलाइन्छन्, यो संसारको अन्तमा यस्तै हुनेछ ।
  • २ पत्रु 2:4 : 4 किनकि परमेश्‍वरले पाप गर्ने स्वर्गदूतहरूलाई त छोड्नुभएन । बरु, तिनीहरूलाई तल पातालमा सुम्पिदिनुभयो र इन्साफ नहुन्जेलसम्म साङ्लाले बाँधेर घोर अन्धकारमा राखिदिनुभयो ।
  • यहू 1:6-7 : 6 आफ्नो अधिकारको प्रतिष्‍ठालाई कायम नगरेका तर आफ्नो उचित बासस्थानलाई त्यागेका स्वर्गदूतहरूलाई परमेश्‍वरले अनन्तका साङ्लाहरूमा त्यस महान् दिनमा इन्साफको निम्ति पूर्ण अन्धकारमा राख्‍नुभएको छ । 7 यो त सदोम र गमोरा र वरपरका सहरहरूजस्तै हो, जसले आफैँलाई कामुक अनैतिकतामा संलग्‍न गराए र तिनीहरू अस्वाभाविक अभिलाषाहरूको निम्ति लागिपरे । अनन्तको आगोमा दण्ड भोग्‍नेहरूको उदाहरणको रूपमा तिनीहरू प्रकट गरिए ।
  • मत्त 3:12 : 12 उहाँको खलालाई राम्ररी सफा गर्न र धनसारमा उहाँको गहुँ थुपार्न उहाँको निफन्‍ने नाङ्लो उहाँको हातमा छ । तर उहाँले भुसलाई चाहिँ कहिल्यै निभाउन नसकिने आगोले डढाइदिनुहुनेछ ।”
  • मत्त 13:42 : 42 तिनीहरूले तिनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ ।
  • २ थेस 1:9 : 9 तिनीहरूले प्रभु र उहाँको शक्‍तिको महिमाको उपस्थितिबाट टाढा रहेर अनन्त विनाशको दण्ड भोग्‍नेछन्,
  • इब्रा 6:8 : 8 तर यदि त्यसले काँडा र सिउँडीहरू फलाउँछ भने, त्यो मूल्यहीन हुन्छ र यो श्रापको नजिक पुग्दछ, र अन्त्यमा त्यसलाई जलाइन्छ ।
  • मत्त 25:46 : 46 यिनीहरू अनन्‍तको दण्‍डमा जानेछन् तर धर्मीहरूचाहिँ अनन्‍त जीवनमा प्रवेश गर्नेछन् ।”
  • मर 9:43-48 : 43 यदि तिम्रो हातले तिमीलाई ठेस खान लगाउँछ भने यसलाई काटेर फालिदेऊ । दुईवटा हात लिएर कहिल्यै ननिभ्‍ने आगोको नरकमा जानुभन्दा अपाङ्ग भएर जीवनमा प्रवेश गर्नु नै राम्रो हुन्छ । 44 (नोटः उत्कृष्‍ट प्राचीन प्रतिलिपिहरूले पद ४४ र ४६ बाट यस वाक्यांशलाई हटाएको छ) “जहाँ किराहरू कहिल्यै मर्दैनन् र आगो पनि कहिल्यै निभ्दैन ।” 45 यदि तिम्रो खुट्टाले तिमीलाई ठेस खान लगाउँछ भने यसलाई काटेर फालिदेऊ । दुईवटा खुट्टा लिएर नरकमा फालिनुभन्दा त लङ्गडो भएर जीवनमा प्रवेश गर्नु नै असल हुन्छ । 46 (४४ पदको टिप्पणीलाई हेर्नुहोस् ।) 47 यदि तिम्रा आँखाले तिमीलाई ठेस खान लगाउँछ भने, यसलाई निकालेर फालिदेऊ । दुईवटा आँखा लिएर नरकमा फालिनुभन्दा एउटा मात्र आँखा लिएर परमेश्‍वरको राज्यमा प्रवेश गर्नु नै असल हुन्छ । 48 जहाँ किराहरू मर्दैनन् र आगो पनि निभ्दैन ।
  • प्रका 14:10-11 : 10 उसले पनि परमेश्‍वरको क्रोधबाट केही मद्य पिउनेछ, जुन उहाँको क्रोधको कचौरामा खन्याइएको छ । जसले यो पिउँछ त्यसलाई परमेश्‍वरका पवित्र स्वर्गदूतहरू र थुमाको अगाडि आगो र गन्धकमा यातना दिइनेछ । 11 तिनीहरूको वेदनाबाट धुवाँ सदासर्वदाका निम्त माथितिर जान्छ; पशु र त्यसको मूर्ति पूज्‍नेहरू र त्यसको नाउँको छाप लिनेहरूले दिन वा रातमा कहिल्यै विश्राम पाउनेछैनन् ।
  • मत्त 13:50 : 50 उनीहरूले तिनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ ।
  • लू 16:24 : 24 अनि उसले कराएर भन्यो, ‘पिता अब्राहाम, ममाथि कृपा गर्नुहोस् र लाजरसलाई पठाइदिनुहोस् । उसको औँलाले पानीको थोपा चुहाई देओस् र मेरो जिब्रो शितल हुनेछ किनभने म यस ज्वालाको पीडामा छु ।’
  • यूह 8:44 : 44 तिमीहरू आफ्ना पिता अर्थात् शैतानका हौ, र तिमीहरू तिमीहरूका पिताको इच्छा पुरा गर्ने इच्छा गर्छौ । त्यो सुरुदेखि नै हत्यारा थियो र त्यो सत्यमा खडा हुँदैन, किनकि त्यसमा सत्य छैन । जब त्यसले झुट बोल्छ, त्यो आफ्नै स्वभावबाट बोल्छ, किनकि त्यो झुट र झुटको पिता हो ।
  • यशा 66:24 : 24 तिनीहरू बाहिर जानेछन् र मेरो विरुद्धमा विद्रोह गर्ने मानिसहरूको लासहरू हेर्नेछन्, किनकि तिनीहरूलाई खाने कीराहरू मर्नेछैनन् र तिनीहरूलाई जलाउने आगो निभ्‍नेछैन । यो सबै मानिसहरूका निम्ति एउटा घृणा हुनेछ ।"
  • यिर्मि 17:5 : 5 परमप्रभु भन्‍नुहुन्छ, “मानव-जातिमा भरोसा गर्ने व्यक्ति श्रापित होस् । त्यसले शरीरलाई आफ्नो शक्ति सम्झन्छ, तर आफ्नो हृदय परमप्रभुबाट टाढा लैजान्छ ।
  • मत्त 5:22 : 22 तर म तिमीहरूलाई भन्दछु, आफ्नो भाइसँग रिसाउने जो कोही इन्साफको जोखिममा पर्नेछ । र जो कसैले आफ्नो भाइलाई ‘तँ काम नलाग्‍ने मानिस!’ भनेर भन्छ भने, त्यो न्यायालयमा उभ्याइने जोखिममा पर्नेछ । र जो कसैले ‘तँ मूर्ख!’ भन्दछ, त्यो नरकको आगोमा पर्ने जोखिममा हुनेछ ।
  • व्यव 27:15-26 : 15 'कारीगरको हातले बनाएको जस्तै खोपेर वा ढालेर परमप्रभुको लागि घृणित मूर्ति गुप्‍तमा बनाउने मानिस श्रापित होस् ।' तब सबै मानिसले भनून्, 'आमेन ।' 16 'आफ्ना बुबाआमालाई श्राप दिने मानिस श्रापित होस् ।' तब सबै मानिसले भनून्, 'आमेन ।' 17 'आफ्नो छिमेकीको साँधसिमानाको ढुङ्गो हटाउने मानिस श्रापित होस् ।' तब सबै मानिसले भनून्, 'आमेन ।' 18 'दृष्‍टिविहीनलाई उल्टो बाटो देखाइदिने मानिस श्रापित होस् ।' तब सबै मानिसले भनून्, 'आमेन ।' 19 'परदेशी, टुहुरा वा विधवाले पाउनुपर्ने न्याय हरण गर्ने मानिस श्रापित होस् ।' तब सबै मानिसले भनून्, 'आमेन ।' 20 'आफ्नो पिताको अधिकार हरण गरी पिताकी पत्‍नीसँग सहवास गर्ने मानिस श्रापित होस् ।' तब सबै मानिसले भनून्, 'आमेन ।' 21 'कुनै पनि किसिमको पशुसँग सम्भोग गर्ने मानिस श्रापित होस् ।' तब सबै मानिसले भनून्, 'आमेन ।' 22 'आफ्ना बुबा वा आमाकी छोरी अर्थात् आफ्नै बहिनीसँग सहवास गर्ने मानिस श्रापित होस् ।' तब सबै मानिसले भनून्, 'आमेन ।' 23 'आफ्नी सासुसँग सहवास गर्ने मानिस श्रापित होस् ।' तब सबै मानिसले भनून्, 'आमेन ।' 24 'आफ्नो छिमेकीलाई गुप्‍तमा मार्ने मानिस श्रापित होस् ।' तब सबै मानिसले भनून्, 'आमेन ।' 25 'निर्दोष व्यक्तिलाई मार्न घुस लिने मानिस श्रापित होस् ।' तब सबै मानिसले भनून्, 'आमेन ।' 26 'यस व्यवस्थाका वचन पुरा गर्न पालन नगर्ने मानिस श्रापित होस् ।' तब सबै मानिसले भनून्, 'आमेन ।'
  • व्यव 28:16-68 : 16 तिमीहरूको सहर र तिमीहरूको खेतमा श्राप पर्ने छ । 17 तिमीहरूको डालो र पिठो मुछ्ने आरीमा श्राप पर्ने छ । 18 तिमीहरूको सन्तान, तिमीहरूको भूमिको उब्जनी, तिमीहरूको गाईवस्तु र बाछा-बाछीहरूमा श्राप पर्ने छ । 19 तिमीहरू भित्र आउँदा र बाहिर जाँदा श्राप पर्ने छ । 20 तिमीहरूले दुष्‍ट काम गरी मलाई त्यागेकाले तिमीहरू चाँडै नष्‍ट नभएसम्म तिमीहरूले हात लगाउने हरेक थोकमा परमप्रभुले तिमीहरूमाथि श्राप, भ्रम र हप्की पठाउनुहुने छ । 21 तिमीहरूले अधिकार गर्न जान लागेको देशमा तिमीहरूको नाउँनिशानै नमेटुञ्‍जेलसम्म परमप्रभुले तिमीहरूमाथि विपत्ति ल्याउनुहुने छ । 22 परमप्रभुले तिमीहरूलाई सङ्क्रामक रोग, ज्वरो, सूज, खडेरी, प्रचण्ड ताप, चिलाउने बतास र ढुसीले आक्रमण गर्नुहुने छ । तिमीहरू नष्‍ट नभएसम्म यी आइरहने छन् । 23 तिमीहरूको शिरमाथि भएको आकाश काँसो र तिमीहरूमुनिको पृथ्वी फलाम हुने छ । 24 परमप्रभुले तिमीहरूको देशको वृष्‍टिलाई धूलोपिठोमा बद्लनुहुने छ । तिमीहरू विनाश नभएसम्म यो आकाशबाट आइरहने छ । 25 परमप्रभुले तिमीहरूलाई तिमीहरूका शत्रुहरूको सामु परास्त गर्नुहुने छ । तिमीहरू तिनीहरूको विरुद्धमा एउटा बाटो जाने छौ, तर तिनीहरूबाट सातवटा बाटा भएर भाग्‍ने छौ । तिमीहरू पृथ्वीका सबै राज्यमा धपाइने छौ । 26 तिमीहरूका लाश आकाशका चराचुरुङ्गीहरू र पृथ्वीका पशुहरूका लागि भोजन हुने छन् । तिनीहरूलाई त्रसित पार्ने कोही हुने छैन । 27 परमप्रभुले तिमीहरूलाई मिश्रका फोका, गिर्खा, पिला, चिलाउने रोगले आक्रमण गर्नुहुने छ जसबाट तिमीहरू निको हुन सक्दैनौ । 28 परमप्रभुले तिमीहरूलाई पागलपन, अन्धोपन र मानसिक गोलमालले आक्रमण गर्नुहुने छ । 29 अन्धोले अन्धकारमा छामछाम-छुमछुम गरेर हिँडेजस्तै तिमीहरू मद्यदिनमा हिँड्ने छौ, तिमीहरूले आफ्ना मार्गमा उन्‍नति गर्ने छैनौ । तिमीहरू सधैँ थिचोमिचोमा पर्ने छौ र लुटिने छौ अनि तिमीहरूलाई बचाउने कोही हुने छैन । 30 तिम्रो मगनी भएकी केटीलाई अर्को पुरुषले लगेर बलत्कार गर्ने छ । तिमीहरूले घर बनाउने छौ, तर त्यसमा बस्‍न पाउने छैनौ । 31 तिमीहरूले दाखबारी लगाउने छौ, तर यसको फल खान पाउने छैनौ । तिमीहरूकै आँखाको अगि तिमीहरूको गोरुलाई मारिने छ, तर तिमीहरूले त्यसको मासु खान पाउने छैनौ । तिमीहरूकै आँखाको अगि तिमीहरूको गधालाई जबरजस्ती लगिने छ, र तिमीहरूले फिर्ता पाउने छैनौ । तिमीहरूको भेडा तिमीहरूका शत्रुहरूलाई दिइने छ, र तिमीहरूलाई सहायता गर्ने कोही हुने छैन । 32 तिमीहरूका छोराछोरीहरू अरू जातिहरूलाई दिइने छन् । तिमीहरूले पुरै दिन तिनीहरूको बाटो हेर्ने छौ, तर तिनीहरूलाई देख्‍ने छैनौ । तिमीहरूका हातमा कुनै शक्ति हुने छैन । 33 तिमीहरूको देशको उब्जनी र तिमीहरूको परिश्रमको फल तिमीहरूले नचिनेको जातिले खाइदिने छ । तिमीहरू सधैँ थिचोमिचोमा पर्ने छौ र पेलिने छौ । 34 यसरी तिमीहरू तिमीहरूले देख्‍नु परेको दृश्यद्वारा बौलाहा हुने छौ । 35 परमप्रभुले तिमीहरूलाई तिमीहरूको शिरदेखि पैतालासम्म अनि घुँडा र खुट्टामा फोकाले आक्रमण गर्नुहुने छ जसबाट तिमीहरू निको हुनै सक्दैनौ । 36 परमप्रभुले तिमीहरू र तिमीहरूले आफ्नो लागि रोजेका राजालाई तिमीहरू र तिमीहरूका पिता-पुर्खाहरूले नचिनेका जातिकहाँ धपाउनुहुने छ । त्यहाँ तिमीहरूले काठ र ढुङ्गाले बनेका देवताहरूलाई पुज्ने छौ । 37 परमप्रभुले तिमीहरूलाई सबै जातिको बिचमा धपाउनुहुने छ जहाँ तिमीहरू हेला, तिरस्कार र गिल्लाका पात्र बन्‍ने छौ । 38 तिमीहरूले खेतमा धेरै बिउ लगाउने छौ, तर थोरै मात्र कटनी गर्ने छौ किनकि सलहहरूले त्यसलाई खाइदिने छन् । 39 तिमीहरूले दाखबारी लगाई त्यसको कटनी गर्ने छौ, तर तिमीहरूले दाखरस पिउन पाउने छैनौ, न त दाख नै जम्मा गर्न पाउने छौ किनकि किराहरूले ती खाइदिने छन् । 40 तिमीहरूका इलाकाभरि तिमीहरूले भद्राक्षका रुखहरू लगाउने छौ, तर तिमीहरूले तेल निकाल्न पाउने छैनौ, किनकि तिमीहरूका भद्राक्षका रुखहरूको फल झर्ने छन् । 41 तिमीहरूले छोराछोरीहरू जन्माउने छौ, तर तिनीहरू तिमीहरूका हुने छैनन् किनकि तिनीहरू दासत्वमा लगिने छन् । 42 तिमीहरूका सबै रुख र तिमीहरूको भूमिको फललाई सलहहरूले नष्‍ट गरिदिने छन् । 43 तिमीहरूको बिचमा बास गर्ने परदेशी तिमीहरूभन्दा माथि-माथि उठ्ने छ । तर तिमीहरूचाहिँ तल-तल झर्ने छौ । 44 त्यसले तिमीहरूलाई ऋण दिने छ, तर तिमीहरूले त्यसलाई ऋण दिने छैनौ । त्यो शिर हुने छ भने तिमीहरू पुच्छर हुने छौ । 45 यी सबै श्राप तिमीहरूमाथि आइपर्ने छन् र तिमीहरू नष्‍ट नभएसम्म तिनले तिमीहरूको पिछा गर्ने छन् । उहाँले तिमीहरूलाई उहाँका आज्ञा र निर्देशनहरू पालन गर्न तिमीहरूले उहाँको कुरा नसुनेकाले यो हुने छ । 46 चिन्ह र आश्‍चर्यको रूपमा यी श्रापहरू तिमीहरू र तिमीहरूका सन्तानहरूमाथि सदाको निम्ति आइपर्ने छन् । 47 तिमीहरूको उन्‍नति हुँदा तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरलाई ह्रदयबाट खुसीसाथ र आनन्दसाथ उहाँको आराधना नगरेकाले 48 परमप्रभुले तिमीहरूका विरुद्धमा पठाउनुहुने शत्रुहरूको तिमीहरूले सेवा गर्ने छौ । तिमीहरूले भोक, तिर्खा, नग्‍नता र गरिबीमा तिनीहरूको सेवा गर्ने छौ । उहाँले तिमीहरूलाई नष्‍ट नगरुञ्‍जेलसम्म उहाँले तिमीहरूको काँधमा जुवा हालिदिनुहुने छ । 49 परमप्रभुले धेरै टाढाबाट अर्थात् पृथ्वीको छेउबाट आफ्नो सिकारको लागि झम्टने गरुडझैँ तिमीहरूको विरुद्धमा एउटा जातिलाई ल्याउनुहुने छ जसको भाषा तिमीहरू बुझ्दैनौ । 50 यो एउटा क्रुर रूप भएको जाति हुने छ जसले पाकाहरूलाई आदर गर्दैन र युवाहरूलाई स्‍नेह देखाउँदैन । 51 तिमीहरू नष्‍ट नभएसम्म तिनीहरूले तिमीहरूका बाछा-बाछी र तिमीहरूको देशको फल खाने छन् । तिमीहरूलाई नष्‍ट नगरुञ्‍जेलसम्म तिनीहरूले तिमीहरूका लागि कुनै अन्‍न, नयाँ मद्य वा तेल वा बाछा-बाछी वा भेडा-बाख्रा छाड्ने छैनन् । 52 तिमीहरूले भरोसा गरेका सहरहरूका अग्ला र मजबुत पर्खालहरू नढालेसम्म तिनीहरूले तिमीहरूका सहरहरूलाई घेराबन्दी गर्ने छन् । परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएको तिमीहरूको देशका सबै सहरलाई तिनीहरूले घेराबन्दी गर्ने छन् । 53 तिमीहरूका शत्रुहरूले तिमीहरूमाथि कष्‍ट ल्याएको समयमा र तिमीहरूलाई घेराबन्दी गर्दा तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएका तिमीहरूका आफ्नै सन्तान अर्थात् छोराछोरीका मासु खाने छौ । 54 तिमीहरूका बिचमा भएका कोमल र भद्र मानिसले पनि आफ्नै भाइ, आफ्नी प्यारी पत्‍नी र आफ्ना बाँकी रहेका बालबच्‍चालाई टिठ्याउने छैन । 55 तिमीहरूको शत्रुले तिमीहरूका सबै सहरभित्र कष्‍ट ल्याएको समयमा र घेराबन्दी गर्दा यहाँसम्म हुने छ कि त्यसले खाँदै गरेको आफ्ना बालबच्‍चाहरूको शरीरको मासु त्यसले कसैलाई दिने छैन । 56 तिमीहरूको बिचमा भएकी कोमल र शिष्‍ट स्‍त्री जसले कोमलता र शिष्‍टताको कारणले भुइँमा आफ्नो पैतलाले टेक्‍न पनि चाहँदिन थिई, त्यस्ती स्‍त्रीले पनि आफ्ना पतिसाथै आफ्नै छोराछोरी, 57 अनि आफूले भर्खरै जन्माएको छोरोसाथै आफ्नै बालबच्‍चाको मासु खाने छे । तिमीहरूको शत्रुले तिमीहरूको सहरलाई घेराबन्दी गरी कष्‍टमा ल्याउँदा त्यसले केही खान नपाएकीले गर्दा गुप्‍तमा त्यसले त्यो मासु खाने छे । 58 तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको महिमित र भययोग्य नाउँलाई आदर गर्न यस पुस्तकमा लेखिएका व्यवस्थाका सबै वचन पालन गरेनौ भने 59 परमप्रभुले तिमीहरू र तिमीहरूका सन्तानमाथि डरलाग्दा विपत्तिहरू ल्याउनुहुने छ । ती लामो समयसम्म आउने भयानक डरलाग्दा र प्रचण्ड विपत्तिहरू हुने छन् । 60 मिश्रमा जुन विपत्तिहरूदेखि तिमीहरू डराएका थियौ, उहाँले तिनै विपत्तिहरू तिमीहरूमाथि ल्याउनुहुने छ । 61 ती तिमीहरूमा टाँसिने छन् । यसको अतिरिक्त, तिमीहरू नष्‍ट नभएसम्म परमप्रभुले व्यवस्थाको यस पुस्तकमा नलेखिएका हरेक रोग र विपत्ति पनि तिमीहरूमाथि ल्याउनुहुने छ । 62 तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको कुरा नमानेकाले तिमीहरू आकाशका ताराहरूजत्तिकै सङ्ख्यामा धेरै भए तापनि तिमीहरूको सङ्ख्या थोरै हुने छ । 63 तिमीहरूको भलो गर्न र तिमीहरूलाई गुणात्मक रूपमा वृद्धि गराउनमा परमप्रभु एक पटक जसरी रमाउनुभयो, त्यसै गरी तिमीहरूलाई नष्‍ट गरी विनाश गर्नमा उहाँ रमाउनुहुने छ । तिमीहरूले अधिकार गर्न लागेको देशबाट तिमीहरू धपाइने छौ । 64 परमप्रभुले तिमीहरूलाई पृथ्वीको एउटा कुनाबाट अर्को कुनासम्म सबै जातिका बिचमा तितर-बितर पारिदिनुहुने छ । त्यहाँ तिमीहरू र तिमीहरूका पिता-पुर्खाहरूले नचिनेका काठ र ढुङ्गाले बनेका देवताहरूको पुजा गर्ने छौ । 65 यी जातिहरूका बिचमा तिमीहरूले चैन पाउने छैनौ, र तिमीहरूका खुट्टाका पैतालाको लागि बिसाउने ठाउँ हुने छैन । बरु, त्यहाँ परमप्रभुले तिमीहरूलाई थरथर काँप्‍ने ह्रदय, थाक्‍ने आँखा र शोक गर्ने प्राण दिनुहुने छ । 66 तिमीहरूको जीवन तिमीहरूकै सामु आशङ्कमा झुण्डिने छ । तिमीहरू हरेक दिन र रात डराउने छौ अनि तिमीहरूको जीवनभर कुनै निश्‍चयता हुने छैन । 67 तिमीहरूका ह्रदयमा हुने डर र तिमीहरूका आँखाले देख्‍नुपर्ने कुराहरूको कारणले बिहान तिमीहरूले 'राति भइदिए हुन्थ्यो!' भन्‍ने छौ भने राति तिमीहरूले 'बिहान भइदिए हुन्थ्यो!' भन्‍ने छौ । 68 परमप्रभुले तिमीहरूलाई फेरि जहाजहरूद्वारा तिमीहरू जुन बाटो भएर आएका थियौ त्यही बाटो भएर तिमीहरूलाई मिश्र देशमा फर्काएर लैजानुहुने छ जुन बाटोको बारेमा उहाँले भन्‍नुभएको थियो, 'तिमीहरूले फेरि मिश्र देख्‍ने छैनौ ।' त्यहाँ तिमीहरूले आफैलाई कमारा-कमारीको रूपमा आफ्ना शत्रुहरूको हातमा बेच्ने छौ, तर कसैले तिमीहरूलाई किन्‍ने छैन ।
  • भजन 6:8 : 8 ए अधर्म गर्नेहरू, तिमीहरू सबै जना मबाट हटिजाओ । किनकि परमप्रभुले मेरो रुवाइको सोर सुन्‍नुभएको छ ।
  • भजन 119:21 : 21 तपाईंले घमण्डीलाई हप्काउनुहुन्छ, जो श्रापित छन्, जो तपाईंका आज्ञाहरूबाट टाढा जान्छन् ।
  • भजन 119:115 : 115 हे दुष्‍ट काम गर्नेहरू हो, मबाट टाढा होओ, ताकि म आफ्‍नो परमेश्‍वरका आज्ञाहरू पालन गर्न सकूँ ।
  • भजन 139:19 : 19 हे परमेश्‍वर, तपाईंले दुष्‍टहरूलाई मार्नुभएको भए असल हुन्‍थ्‍यो । ए हिंस्रक मानिसहरू हो, मबाट दूर होओ ।
  • रोमी 9:22-23 : 22 परमेश्‍वरले नै उहाँको क्रोध प्रकट गर्न र विनाशको निम्ति तयार पारिएका भाँडाहरूलाई निकै धैर्यसाथ सहिरहने इच्छा गरिरहनुभएको छ भने के त? 23 यदि उहाँले पहिलेबाट नै महिमाको निम्ति तयार पार्नुभएको दयाका भाँडाहरूमाथि उहाँको महिमा प्रकट गर्न यसो गर्नुभएको हो भने के त?
  • गलाती 3:10-13 : 10 व्यवस्था अनुसारका कामहरूमा भर पर्नेहरू श्रापित हुन्छन् । किनकि यसरी लेखिएको छ “व्यवस्थामा लेखिएका सबै कुराहरू पालन नगर्ने सबै श्रापित हुन्छन् ।” 11 अब यो स्पष्‍ट छ, कि परमेश्‍वरले कसैलाई पनि व्यवस्थाद्वारा धर्मी ठहराउनुहुन्‍न, किनकि “धर्मी मानिस विश्‍वासद्वारा नै जिउनेछ ।” 12 व्यवस्था विश्‍वासबाट आएको होइन, तर त्यसको सट्टामा, “जसले व्यवस्थामा भएका कुराहरू गर्दछ त्यो व्यवस्थाअनुसार नै जिउनेछ ।” 13 हाम्रो निम्ति ख्रीष्‍ट श्रापित हुनुभएर उहाँले हामीलाई व्यवस्थाको श्रापबाट मुक्त गराउनुभयो । किनकि यसरी लेखिएको छ, “काठमा झुण्डिने हरेक श्रापित हुन्छ ।”
  • मत्त 18:8 : 8 यदि तिम्रो हात अथवा खुट्टाले तिमीलाई पाप गर्न लगाउँछ भने, त्यसलाई काटिदेऊ र त्यसलाई तिमीबाट टाढा फ्याँकिदेऊ । दुवै हात वा दुवै खुट्टा भएर अनन्तको आगोमा फालिनुभन्दा लुलो वा लङ्गडो भएर जीवनमा प्रवेश गर्नु तिम्रो निम्ति असल हुन्छ ।
  • प्रका 20:10-15 : 10 तिनीहरूलाई छल गर्ने त्यस दुष्‍टलाई गन्धकको जलिरहेको कुण्डमा फालियो, जहाँ पशु र झुटा अगमवक्‍ता फ्याँकिएका थिए । तिनीहरूले दिनरात सदाकाल यातना भोग्‍नेछन् । 11 त्यसपछि मैले एउटा महान् सेतो सिंहासन र त्यसमाथि विराजमान हुनुहुनेलाई देखेँ । उहाँको उपस्थितिबाट स्वर्ग र पृथ्‍वी भागेर टाढा गए, तर तिनीहरूका लागि जान त्यहाँ कुनै ठाउँ थिएन । 12 मैले शक्‍तिशाली र कमजोर मृतकहरूलाई सिंहासनको अगाडि उभिरहेको देखेँ र पुस्तकहरू खोलिए । तब अर्को पुस्तक अर्थात् जीवनको पुस्तक पनि खोलिएको थियो । ती पुस्तकहरूमा लेखिएका विवरणअनुसार तिनीहरूका कामहरूका आधारमा मृतकहरूको न्याय भयो । 13 समुद्रमा भएका मृतकहरूलाई त्यसले फिर्ता गरिदियो । मृत्यु र पातालले तिनीहरूमा भएका मृतकहरूलाई दिए, र तिनीहरूले गरेका कामअनुसार मृतकहरूको न्याय भयो । 14 मृत्यु र पाताल अग्‍नि-कुण्डमा फालिए । यो अग्‍नि-कुण्ड दोस्रो मृत्यु हो । 15 जीवनको पुस्तकमा कसैको नाउँ लेखिएको नभेट्टाइएमा त्यसलाई अग्‍नि-कुण्डमा फालियो ।
  • लू 13:27 : 27 तर उहाँले जवाफ दिनुहुनेछ, ‘म तिमीहरूलाई भन्दछु, कि तिमीहरू कहाँबाट आएका हौ, म चिन्दिनँ । दुष्‍टहरू हो, मबाट गइहाल् ।’
  • प्रका 12:7-9 : 7 अब स्वर्गमा युद्ध भयो । मिखाएल र तिनका दूतहरूले त्यस पशुको विरुद्धमा लडाइँ गरे, अनि अजिङ्गर र त्यसका दूतहरूले पनि लडाइँ गरे । 8 तर जित्‍नका निम्ति त्यो अजिङ्गरसँग पर्याप्‍त बल थिएन । त्यसकारण, स्वर्गमा त्यसको र त्यसका दूतहरूका निम्ति कुनै ठाउँ भएन । 9 त्यो ठुलो अजिङ्गर अर्थात् प्राचीन सर्प जसलाई दुष्‍ट वा शैतान भनिन्थ्यो, जसले सारा संसारलाई छल गर्छ, त्यसलाई पृथ्वीमा फ्याँकियो र त्यसका दूतहरूलाई पनि त्यससँगै पृथ्वीमा फ्याँकियो ।
  • १ यूह 3:10 : 10 यसैमा परमेश्‍वरका सन्तानहरू र शैतानका सन्तानहरू प्रकट गरिन्छन् । जसले धार्मिकता गर्दैन त्यो परमेश्‍वरको होइन, न आफ्नो भाइलाई प्रेम नगर्ने नै हो ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • मत्त 25:30-34
    5 पदहरू
    79%

    30त्यो बेकम्मा नोकरलाई बाहिरी अन्‍धकारमा फालिदेओ, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ ।’

    31जब मानिसका पुत्र आफ्नो महिमामा आउनेछन् र उनको साथमा सारा स्‍वर्गदूतहरू आउनेछन्, उनी आफ्नो महिमित सिंहासनमा विराजमान हुनेछन् ।

    32उनको सामुन्‍ने सारा जाति भेला गराइनेछन्, र जसरी गोठालाले आफ्ना भेडाहरूलाई बाख्राहरूबाट छुट्ट्याउँछ, त्‍यसरी नै उनले एउटा मानिसलाई अर्कोबाट छुट्ट्याउनेछन् ।

    33उनले भेडाहरूलाई आफ्नो दायाँ हातपट्टि र बाख्राहरूलाई आफ्नो बायाँपट्टि राख्‍नेछन् ।

    34त्‍यसपछि राजाले आफ्नो दाहिनेपट्टि भएकाहरूलाई भन्‍नेछन्, ‘आओ, तिमीहरू जो मेरा पिताद्वारा आशिषित् भएका छौ, संसारको सृष्‍टिदेखि नै तिमीहरूका लागि तयार पारिएको राज्‍यलाई अधिकार गर ।

  • मत्त 25:42-46
    5 पदहरू
    78%

    42किनभने म भोकाएको थिएँ, तर तिमीहरूले मलाई खान दिएनौ; म तिर्खाएको थिएँ, तर तिमीहरूले मलाई पिउन दिएनौ;

    43म परदेशी थिएँ, तर तिमीहरूले मलाई भित्र लगेनौ; नाङ्गो थिएँ, तर तिमीहरूले मलाई पहिराएनौ; बिरामी थिएँ र झ्यालखानामा थिएँ, तर तिमीहरूले मेरो वास्ता गरेनौ ।’

    44त्‍यसपछि तिनीहरूले पनि जवाफ दिनेछन् र भन्‍नेछन्, ‘प्रभु, हामीले तपाईंलाई भोकाउनुभएको, वा तिर्खाउनुभएको, वा परदेशी, वा नाङ्गो, वा बिरामी हुनुभएको, वा झ्यालखानामा कहिले देख्‍यौँ र हामीले तपाईंको सेवा गरेनौँ?’

    45अनि उनले तिनीहरूलाई जवाफ दिनेछन् र भन्‍नेछन्, ‘साँच्‍चै म तिमीहरूलाई भन्दछु, यिनीहरूमध्ये सानोभन्‍दा सानोलाई तिमीहरूले जे गरेनौ, त्‍यो तिमीहरूले मेरो निम्ति गरेनौ ।’

    46यिनीहरू अनन्‍तको दण्‍डमा जानेछन् तर धर्मीहरूचाहिँ अनन्‍त जीवनमा प्रवेश गर्नेछन् ।”

  • मत्त 13:40-42
    3 पदहरू
    78%

    40त्यसैले, जसरी सामाहरू बटुलिन्छन् र आगोमा जलाइन्छन्, यो संसारको अन्तमा यस्तै हुनेछ ।

    41मानिसका पुत्रले आफ्ना स्वर्गदूतहरूलाई पठाउनेछन्, र तिनीहरूले उनको राज्यबाट पाप ल्याउने सबै थोक र पाप गर्ने सबै जनालाई बटुल्नेछन् ।

    42तिनीहरूले तिनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ ।

  • मत्त 13:49-50
    2 पदहरू
    78%

    49संसारको अन्तमा यस्तै हुनेछ । स्वर्गदूतहरू आउनेछन् र धर्मीहरूका माझबाट दुष्‍टहरूलाई छुट्‌ट्याउनेछन् ।

    50उनीहरूले तिनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ ।

  • 13त्यसपछि राजाले आफ्ना नोकरहरूलाई भने, ‘यस मानिसका हात र खुट्टा बाँध, र यसलाई बाहिरी अन्धकारमा फालिदेओ, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ ।’

  • 40र राजाले जवाफ दिनेछन् र तिनीहरूलाई भन्‍नेछन्, ‘साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, तिमीहरूले यहाँ मेरा भाइहरूमध्ये सानोभन्‍दा सानोलाई जे-जति गर्‍यौ, त्यो मेरो निम्ति नै गर्‍यौ ।’

  • प्रका 20:10-11
    2 पदहरू
    73%

    10तिनीहरूलाई छल गर्ने त्यस दुष्‍टलाई गन्धकको जलिरहेको कुण्डमा फालियो, जहाँ पशु र झुटा अगमवक्‍ता फ्याँकिएका थिए । तिनीहरूले दिनरात सदाकाल यातना भोग्‍नेछन् ।

    11त्यसपछि मैले एउटा महान् सेतो सिंहासन र त्यसमाथि विराजमान हुनुहुनेलाई देखेँ । उहाँको उपस्थितिबाट स्वर्ग र पृथ्‍वी भागेर टाढा गए, तर तिनीहरूका लागि जान त्यहाँ कुनै ठाउँ थिएन ।

  • 51त्यसको मालिकले त्यसलाई दुई टुक्रा पारी काट्नेछ र त्यसको दशा ती पाखण्डीहरूको जस्तै हुनेछ, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ ।

  • 10उसले पनि परमेश्‍वरको क्रोधबाट केही मद्य पिउनेछ, जुन उहाँको क्रोधको कचौरामा खन्याइएको छ । जसले यो पिउँछ त्यसलाई परमेश्‍वरका पवित्र स्वर्गदूतहरू र थुमाको अगाडि आगो र गन्धकमा यातना दिइनेछ ।

  • लू 13:27-28
    2 पदहरू
    72%

    27तर उहाँले जवाफ दिनुहुनेछ, ‘म तिमीहरूलाई भन्दछु, कि तिमीहरू कहाँबाट आएका हौ, म चिन्दिनँ । दुष्‍टहरू हो, मबाट गइहाल् ।’

    28जब तिमीहरूले परमेश्‍वरको राज्यमा अब्राहाम, इसहाक, याकूब र सबै अगमवक्‍ताहरूलाई देख्‍नेछौ, तिमीहरूलाई बाहिर फ्याँकिनेछ जहाँ रुवाइ र दाँत किटाइ हुनेछ ।

  • 4किनकि परमेश्‍वरले पाप गर्ने स्वर्गदूतहरूलाई त छोड्नुभएन । बरु, तिनीहरूलाई तल पातालमा सुम्पिदिनुभयो र इन्साफ नहुन्जेलसम्म साङ्लाले बाँधेर घोर अन्धकारमा राखिदिनुभयो ।

  • 12तर राज्‍यका छोराहरू बाहिर अन्‍धकारमा फालिनेछन्, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ ।”

  • मर 9:43-46
    4 पदहरू
    71%

    43यदि तिम्रो हातले तिमीलाई ठेस खान लगाउँछ भने यसलाई काटेर फालिदेऊ । दुईवटा हात लिएर कहिल्यै ननिभ्‍ने आगोको नरकमा जानुभन्दा अपाङ्ग भएर जीवनमा प्रवेश गर्नु नै राम्रो हुन्छ ।

    44(नोटः उत्कृष्‍ट प्राचीन प्रतिलिपिहरूले पद ४४ र ४६ बाट यस वाक्यांशलाई हटाएको छ) “जहाँ किराहरू कहिल्यै मर्दैनन् र आगो पनि कहिल्यै निभ्दैन ।”

    45यदि तिम्रो खुट्टाले तिमीलाई ठेस खान लगाउँछ भने यसलाई काटेर फालिदेऊ । दुईवटा खुट्टा लिएर नरकमा फालिनुभन्दा त लङ्गडो भएर जीवनमा प्रवेश गर्नु नै असल हुन्छ ।

    46(४४ पदको टिप्पणीलाई हेर्नुहोस् ।)

  • 23तब म खुलमखुला तिनीहरूलाई घोषणा गर्नेछु, ‘मैले तिमीहरूलाई कहिल्यै पनि चिनेको थिइनँ! ए दुष्‍ट काम गर्नेहरू हो, मबाट टाढा गइहाल्!’

  • 15जीवनको पुस्तकमा कसैको नाउँ लेखिएको नभेट्टाइएमा त्यसलाई अग्‍नि-कुण्डमा फालियो ।

  • 48जहाँ किराहरू मर्दैनन् र आगो पनि निभ्दैन ।

  • 11अनि त्यो दुष्‍ट उहाँको सामुबाट गयो, र हेर, स्वर्गदूतहरू आएर उहाँको सेवा गरे ।

  • 6आफ्नो अधिकारको प्रतिष्‍ठालाई कायम नगरेका तर आफ्नो उचित बासस्थानलाई त्यागेका स्वर्गदूतहरूलाई परमेश्‍वरले अनन्तका साङ्लाहरूमा त्यस महान् दिनमा इन्साफको निम्ति पूर्ण अन्धकारमा राख्‍नुभएको छ ।

  • 40तर मेरो दाहिनेपट्टि वा देब्रेपट्टि बस्‍नुचाहिँ मैले दिने कुरा होइन, तर यो जसको निम्ति तयार पारिएको छ, तिनीहरूका निम्ति नै हो ।”

  • २ थेस 1:8-9
    2 पदहरू
    69%

    8जसले परमेश्‍वरलाई चिन्दैनन् र तिनीहरू जसले हाम्रा प्रभु येशूको सुसमाचार पालन गर्दैनन्, उहाँले तिनीहरूलाई बलिरहेको आगोमा बदला लिनुहुनेछ ।

    9तिनीहरूले प्रभु र उहाँको शक्‍तिको महिमाको उपस्थितिबाट टाढा रहेर अनन्त विनाशको दण्ड भोग्‍नेछन्,

  • 10रुखहरूको फेदमा बन्चरो अगि नै परिसकेको छ । यसकारण, असल फल नफलाउने हरेक रुख काटी ढालिनेछ, र आगोमा फ्याँकिनेछ ।

  • 34त्यसका मालिक रिसाए र त्यसले तिर्नुपर्ने सबै ऋण चुक्ता नगरेसम्म त्यसलाई सताउनेहरूका हातमा सुम्पिदिए ।

  • 20उहाँको उपस्थितिमा आश्‍चर्य कामहरू प्रदर्शन गर्ने झुटा अगमवक्‍तासँगै त्यो पशु पक्राउ पर्‍यो । यी चिह्नद्वारा त्यो झुटा अगमवक्‍ताले त्यस पशुको छाप लगाउने र त्यसको प्रतिरूपको आराधना गर्नेहरूलाई छल गर्‍यो । तिनीहरूमध्ये दुई जनालाई बलिरहेको गन्धकको अग्‍नि-कुण्डमा जिउँदै फालियो ।

  • 19हरेक रुख जसले असल फल फलाउँदैन, त्यो काटिनेछ र आगोमा फालिनेछ ।

  • 47त्यस सेवकलाई आफ्नो मालिकले यस्तै गर्नेछन भन्‍ने थाहा हुँदाहुँदै पनि आफैँलाई तयार नगरी वा आफ्नो इच्छाअनुसार गरेको कारण उसलाई धेरै मुक्‍का हानिनेछ ।

  • 29र तिनीहरू चिहानबाट बाहिर आउनेछन्ः असल गर्नेहरू जीवनको पुनरुत्थानको निम्ति र दुष्‍ट काम गर्नेहरू न्यायको पुनरुत्थानको निम्ति ।

  • 6यसकारण सरापले पृथ्वीलाई विनाश पार्छ र यसका बासिन्दाहरू दोषी भेट्टाइएका छन् । पृथ्‍वीका बासिन्दाहरू जलाइन्‍छन् र थोरै मानिसहरू मात्र बाँकी छन् ।

  • 9रुखहरूको जरामा बन्चरो परिसकेको छ । त्यसैले, असल फल नफलाउने हरेक रुख काटिनेछ र आगोमा फालिनेछ ।”

  • 33ए सर्पहरू हो, साँपका सन्तानहरू, तिमीहरू नरकको दण्डबाट कसरी उम्कनेछौ?

  • 22परमेश्‍वरले आशिष्‌ ‌‌दिनुभएकाहरूले देशको उत्तराधिकार पाउनेछन् । उहाँद्वारा सराप पाएकाहरू बहिष्‍कृत हुनेछन् ।

  • 15साँच्‍चै म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा त्यस सहरको भन्दा सदोम र गमोराको इन्साफ बढी सहनीय हुन्छ ।

  • 24तिनीहरू बाहिर जानेछन् र मेरो विरुद्धमा विद्रोह गर्ने मानिसहरूको लासहरू हेर्नेछन्, किनकि तिनीहरूलाई खाने कीराहरू मर्नेछैनन् र तिनीहरूलाई जलाउने आगो निभ्‍नेछैन । यो सबै मानिसहरूका निम्ति एउटा घृणा हुनेछ ।"