मत्ती 26:70

अनलक शाब्दिक बाइबल

तर उनले तिनीहरू सबैका अगि यसो भन्दै यस कुरालाई इन्कार गरे, “तिमीले केको बारेमा कुरा गरिरहेका छौ, मलाई त्यो थाहा छैन ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • १ कोरि 10:12 : 12 यसैकारण, कसैले म खडा छु भनी सोच्छ भने होसियार रहोस् ताकि ऊ नलडोस् ।
  • प्रका 21:8 : 8 तर डराउनेहरू, अविश्‍वासीहरू, घिनलाग्दाहरू, हत्याराहरू, यौन-अनैतिकहरू, जादुगरहरू, मूर्तिपूजकहरू र झुट बोल्नेहरूको भाग बलिरहेको आगो र गन्धकको कुण्डमा हुनेछ । त्यो दोस्रो मृत्यु हो ।”
  • भजन 119:115-117 : 115 हे दुष्‍ट काम गर्नेहरू हो, मबाट टाढा होओ, ताकि म आफ्‍नो परमेश्‍वरका आज्ञाहरू पालन गर्न सकूँ । 116 मलाई तपाईंको वचनद्वारा सम्हाल्नुहोस् ताकि म जिउन सकूँ र मेरो आसामा लज्‍जित हुनु नपरोस् । 117 मलाई सहायता गर्नुहोस् र म सुरक्षित हुनेछु । म सधैं तपाईंका विधिहरूमा ध्‍यान गर्नेछु ।
  • नीति 28:26 : 26 आफ्नै हृदयमा भरोसा गर्ने मानिस मूर्ख हो, तर बुद्धिमा चल्नेचाहिँ खतराबाट टाढै बस्छ ।
  • नीति 29:23 : 23 मानिसले घमण्डले त्यसलाई तल खसाल्छ, तर विनम्र आत्मा भएको मानिसलाई आदर दिइने छ ।
  • नीति 29:25 : 25 मानिसको डर पासोजस्तै हो, तर परमप्रभुमाथि भरोसा गर्नेचाहिँ सुरक्षित हुने छ ।
  • यशा 57:11 : 11 “तिमीहरू कसको विषयमा चिन्तित हुन्‍छौ? तिमीहरूले कसको भय यति धेरै मान्छौ, जसले तिमीहरूलाई यति धेरै धोकापुर्ण रूपमा काम गर्ने बनाएको छ, यति धेरै कि तिमीहरूले मेरो याद गर्दैनौ न त मेरो बारेमा विचार नै गर्छौ? म यति लामो समयसम्म मौन भएको हुनाले, मसँग तिमीहरू फेरि डराउँदैनौ ।
  • यिर्मि 17:9 : 9 कुनै पनि कुराभन्दा हृदय बढी छली हुन्छ । यो रोगले ग्रस्त छ । यसलाई कसले बुझ्‍न सक्छ र?
  • मत्त 26:34-35 : 34 येशूले उनलाई भन्‍नुभयो, “साँच्‍चै म तिमीलाई भन्दछु, आज राती भाले बास्‍नुभन्दा अगि तिमीले मलाई तिन पल्ट इन्कार गर्नेछौ ।” 35 पत्रुसले उहाँलाई भने, “म तपाईंसँगै मर्नुपरे तापनि म तपाईंलाई इन्कार गर्नेछैनँ ।” अनि अरू सबै चेलाले पनि त्यसै भने ।
  • मत्त 26:40-43 : 40 उहाँ चेलाहरूकहाँ आउनुभयो र तिनीहरूलाई सुतिरहेको भेट्टाउनुभयो, र उहाँले पत्रुसलाई भन्‍नुभयो, “के तिमीहरू मसँग एक घण्टाको लागि पनि जागा रहन सकेनौ? 41 जागा रहो र परीक्षामा नपर्नको निम्ति प्रार्थना गर । आत्मा त तयार छ, तर शरीर भने कमजोर छ ।” 42 उहाँ दोस्रो पटक पनि पर जानुभयो र प्रार्थना गर्नुभयो, र भन्‍नुभयो, “हे मेरा पिता, यदि मैले नपीकन यो हुँदैन भने, तपाईंकै इच्छा पुरा होस् ।” 43 उहाँ फेरि आउनुभयो र तिनीहरूलाई सुतिरहेको भेट्टाउनुभयो, किनकि तिनीहरूका आँखा लोलाएका थिए ।
  • मत्त 26:51 : 51 हेर, येशूसँग भएकाहरूमध्ये एक जनाले आफ्नो हात उठायो; आफ्नो तरवार थुत्यो, र मुख्य पुजारीको एउटा नोकरमाथि प्रहार गर्‍यो, अनि उसको कान काटिदियो ।
  • मत्त 26:56 : 56 तर यी सबै कुरा भए, ताकि अगमवक्‍ताहरूले लेखेका कुरा पुरा हुन सकून् ।” त्यसपछि सबै चेलाले उहाँलाई छोडे र भागे ।
  • मत्त 26:58 : 58 तर पत्रुसले प्रधान पुजारीको आँगनसम्म उहाँलाई टाढैबाट पछ्याइरहे । उनी भित्र गए र परिणाम कस्तो हुने होला भनेर हेर्न पहरेदारहरूसँगै बसे ।
  • रोमी 11:20 : 20 त्यो सत्य हो । तिनीहरूको अविश्‍वासले तिनीहरू काटिए, तर तिमीहरू तिमीहरूको विश्‍वासले खडा छौ । आफैँलाई अति उच्‍च नठान, तर भय मान ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • मत्त 26:71-75
    5 पदहरू
    91%

    71जब उनी ढोकातिर बाहिर गए, अर्की दासीले उनलाई देखी र त्यहाँ भएकाहरूलाई भनी, “यो व्यक्‍ति पनि नासरतको येशूसँग थियो ।”

    72अनि उनले पुनः शपथ खाँदै इन्कार गरे, “म यी मानिसलाई चिन्दिनँ ।”

    73त्यसको केही समयपछि त्यहाँ उभिरहेका मानिसहरू आए र पत्रुसलाई भने, “निश्‍चय नै तिमी पनि तिनीहरूमध्ये कै एक हौ, किनकि तिम्रो बोलीले नै यो सङ्केत गर्दछ ।”

    74त्यसपछि उनले सराप्‍न र शपथ खान लागे, “म यी मानिसलाई चिन्दिनँ,” अनि तुरुन्तै भाले बास्यो ।

    75अनि येशूले भन्‍नुभएको वचनलाई पत्रुसले सम्झे, “भाले बास्‍नुभन्दा अगि तिमीले मलाई तिन पल्ट इन्कार गर्नेछौ ।” त्यसपछि उनी बाहिर गए र धुरुधुरु रोए ।

  • लू 22:56-62
    7 पदहरू
    89%

    56पत्रुस आगोको उज्यालोमा बस्दा एउटी नोकर्नीले उनीतिर सोझै हेरेर भनी, “यी मानिस पनि उनीसँगै थिए ।”

    57तर पत्रुसले यसलाई इन्कार गर्दै भने, “नारी, म उहाँलाई चिन्दिनँ ।”

    58केही बेरपछि अरू कसैले देखेर भन्यो, “तिमी पनि तिनीहरूमध्ये एक हौ ।” तर पत्रुसले भने, “हे मानिस, म होइनँ ।”

    59लगभग एक घण्टापछि अर्को मानिसले जिद्दी गर्दै भन्‍यो, “साँच्‍चै यी मानिस पनि उनीसँगै थिए, किनभने उनी पनि एक गालीलबासी हुन् ।”

    60तर पत्रुसले भने, “हे मानिस, तिमीले के भनिरहेछौ, म जान्दिनँ ।” र उनले बोल्दै गर्दा भाले तुरुन्तै बास्यो ।

    61प्रभुले पत्रुसतिर फर्केर हेर्नुभयो । र पत्रुसलाई उहाँले भन्‍नुभएको वचनलाई सम्झे, “भाले बास्‍नअगि तिमीले मलाई तिन पटक इन्कार गर्नेछौ ।”

    62पत्रुस बाहिर गएर धुरुधुरु रोए ।

  • मर 14:66-72
    7 पदहरू
    88%

    66पत्रुस तल आँगनमा हुँदा प्रधान पुजारीका नोकर्नीहरूमध्ये एक जना तिनीकहाँ आई ।

    67त्यो न्यानो हुन आगोको नजिक उभिँदा त्यसले पत्रुसलाई देखी र उनलाई नियालेर हेरी । त्यसले भनी, “तिमी पनि येशू नासरीसँग थियौ?”

    68तर उनले इन्कार गरे र भने, “तिमीले के भनिरहेका छौ, मैले न बझ्छु न जान्दछु । त्यसपछि उनी आँगनमा गए । [टिपोटः केही प्राचीन प्रतिलिपिहरूले “अनि भाले बास्यो” भनी थप्छन्, तर उत्कृष्‍ट प्राचीन प्रितिलिपिहरूले यसलाई समावेश गरेका छैनन् ।]

    69तर नोकर्नीले उनलाई त्यहाँ देखी र ती उभिएकाहरूलाई फेरि भन्‍न थाली, “यो मान्छे पनि तिनीहरूमध्येकै एक जना हो ।”

    70तर उनले फेरि पनि इन्कार गरे । केही समयपछि त्यहाँ उभिनेहरूले पत्रुसलाई भने, “निश्‍चय नै, तिमी पनि तिनीहरूमध्येकै एक हौ, किनकि तिमी पनि गालीली नै हौ ।”

    71तर उनले आफैँलाई सराप्‍न र किरिया हालेर भन्‍न लागे, “तिमीहरूले कुरा गरिरहेका यी मानिसबारे मलाई केही थाहा छैन ।”

    72तुरुन्तै भाले दोस्रो चोटि बास्यो । त्यसपछि पत्रुसले येशूले उनलाई भन्‍नुभएका वचनहरू स्मरण गरेः “दुई चोटि भाले बास्‍नुअगि तिमीले मलाई तिन पटक इन्कार गर्नेछौ ।” र उनी धुरुधुरु रोए ।

  • मत्त 26:68-69
    2 पदहरू
    83%

    68र भने, “हे ख्रीष्‍ट, अब हामीलाई अगमवाणी गरी भन्, तँलाई हिर्काउने को हो?”

    69अब पत्रुसचाहिँ बाहिर आँगनमा बसिरहेका थिए र एउटी दासी उनीकहाँ आई र भनी, “तिमी पनि यी गालीलका येशूसँग थियौ, होइन र?”

  • मत्त 26:33-35
    3 पदहरू
    82%

    33तर पत्रुसले उहाँलाई भने, “तपाईंको कारणले सबै जना पछि हटे तापनि म कहिल्यै पछि हट्नेछैनँ ।”

    34येशूले उनलाई भन्‍नुभयो, “साँच्‍चै म तिमीलाई भन्दछु, आज राती भाले बास्‍नुभन्दा अगि तिमीले मलाई तिन पल्ट इन्कार गर्नेछौ ।”

    35पत्रुसले उहाँलाई भने, “म तपाईंसँगै मर्नुपरे तापनि म तपाईंलाई इन्कार गर्नेछैनँ ।” अनि अरू सबै चेलाले पनि त्यसै भने ।

  • लू 22:33-34
    2 पदहरू
    82%

    33पत्रुसले उहाँलाई भने, “प्रभु, म तपाईंसँग जेल र मृत्युसम्म जानको निम्ति तयार छु ।”

    34येशूले जवाफ दिनुभयो, “पत्रुस, म तिमीलाई भन्छु, तिमीले मलाई चिन्दिनँ भनेर तिन पटक इन्कार नगरेसम्म, यो दिन भाले बास्‍नेछैन ।”

  • यूह 18:25-27
    3 पदहरू
    80%

    25अब सिमोन पत्रुसचाहिँ उभिएर आफूलाई न्यानो पार्दै थिए । अनि मानिसहरूले तिनलाई भने, “के तिमी पनि त्यसका चेलाहरूमध्येका एक जना होइनौ?” तिनले यसलाई इन्कार गरे, र भने, “म होइनँ ।”

    26अनि प्रधान पुजारीका नोकरहरूमध्ये पत्रुसले कान काटिदिएका नोकरका एक जना नातेदारले भने, “के मैले तिमीलाई बगैँचामा तिनीसित देखिनँ र?”

    27पत्रुसले फेरि इन्कार गरे र तुरुन्तै भाले बास्यो ।

  • मर 14:29-31
    3 पदहरू
    79%

    29पत्रुसले उहाँलाई भने, “सबै जना पछि हटे पनि म पछि हट्नेछैनँ ।”

    30येशूले तिनलाई भन्‍नुभयो, “साँच्‍चै, म तिमीलाई भन्दछु, कि यस रात भाले दुई पल्ट बास्‍नुअगि तिमीले मलाई तिन पल्ट इन्कार गर्नेछौ ।”

    31तर पत्रुसले भने, “यदि म तपाईंसँगै मर्नुपर्छ भने पनि म तपाईंलाई इन्‍कार गर्नेछैनँ ।” तिनीहरू सबैले उही प्रतिज्ञा गरे ।

  • यूह 18:16-17
    2 पदहरू
    76%

    16तर पत्रुसचाहिँ बाहिर ढोकामा नै उभिरहेका थिए । त्यसैले, प्रधान पुजारीसँग चिनजान भएका अर्का चेला बाहिर गए र ढोकाकी महिला पालेसँग कुरा गरे, र पत्रुसलाई भित्र ल्याए ।

    17तब महिला दासी अर्थात् ढोकाकी पालेले पत्रुसलाई भनिन्, “के तिमी पनि यी मानिसका चेलाहरूमध्ये एक जना होइनौ र?” तिनले भने, “म होइनँ ।”

  • यूह 13:37-38
    2 पदहरू
    76%

    37पत्रुसले उहाँलाई भने, “प्रभु, मैले तपाईंलाई अहिले नै किन पछ्याउन सक्दिनँ? म तपाईंको लागि मेरो ज्यान पनि दिनेछु ।”

    38येशूले जवाफ दिनुभयो, “के तिमीले मेरो निम्ति आफ्नो ज्यान नै दिनेछौ त? साँचो, साँचो म तिमीलाई भन्दछु, कि तिमीले मलाई तिन पल्ट इन्कार गरेपछि मात्र भाले बास्‍नेछ ।”

  • 12तर उनले जवाफ दिएर भने, ‘साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, म तिमीहरूलाई चिन्‍दिनँ ।’

  • 6(तिनले के भन्‍ने भनी जानेनन्, किनभने तिनीहरू त्रसित भएका थिए ।)

  • 33तर जसले मानिसहरूका सामुन्‍ने मलाई इन्कार गर्दछ, म पनि उसलाई स्वर्गमा हुनुहुने मेरा पिताको सामु इन्कार गर्नेछु ।

  • 62प्रधान पुजारी उभिए र उहाँलाई भने, “के तिमीसँग कुनै उत्तर छैन? यी मानिसहरूले तिम्रो विरुद्धमा दिइरहेका गवाही के हो?”

  • 20उनले खुला भएर भने, र इन्कार गरेनन्, तर जवाफ दिए, “म ख्रीष्‍ट होइनँ ।”

  • 20उहाँले तिनीहरूलाई भन्‍नुभयो, “ तर तिमीहरूचाहिँ म को हुँ भनी भन्दछौ?” पत्रुसले जवाफ दिँदै भने, “परमेश्‍वरबाट आउनुभएका ख्रीष्‍ट ।”

  • 58तर पत्रुसले प्रधान पुजारीको आँगनसम्म उहाँलाई टाढैबाट पछ्याइरहे । उनी भित्र गए र परिणाम कस्तो हुने होला भनेर हेर्न पहरेदारहरूसँगै बसे ।

  • 29उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “तर तिमीहरूचाहिँ म को हुँ भन्छौ?” पत्रुसले उहाँलाई भने, “तपाईं ख्रीष्‍ट हुनुहुन्छ”

  • 15उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तर म को हुँ भनेर तिमीहरू भन्छौ?”

  • 12तिनीहरूले त्यसलाई भने, “उनी कहाँ छन्? ” उसले जवाफ दियो, “मलाई थाहा छैन ।”

  • 9तर जसले मलाई मानिसहरूका सामु इन्कार गर्दछ, परमप्रभु परमेश्‍वरका दूतहरूले उसलाई पनि इन्कार गर्नेछन् ।

  • 3मुख्य पुजारीहरूले येशूको विरुद्धमा धेरै अभियोग पेस गरिरहेका थिए ।

  • 22तब पत्रुसले उहाँलाई एकातिर लागे र यसो भन्दै हप्काए, “प्रभु, यो तपाईंबाट टाढा रहोस्; यस्तो तपाईंलाई कहिल्यै नहोस् ।”

  • 70तिनीहरू सबैले भने, “त्यसो भए के तँ परमेश्‍वरका पुत्र होस्?” र येशूले तिनीहरूलाई भन्‍नुभयो, “तपाईंहरू नै भन्‍नुहुन्छ, म उही हुँ ।”