मत्ती 27:5

अनलक शाब्दिक बाइबल

अनि त्यसले ती चाँदीका सिक्‍काहरू मन्दिरमा फ्याँकेर त्यहाँबाट बाहिर गयो र झुण्डिएर मर्‍यो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • २ शमू 17:23 : 23 जब अहीतोपेलले आफ्‍नो सल्लाहको अनुसरण नभएको देखे, उनले आफ्नो गधामा जीन-लगाम कसे र विदा भए । उनी आफ्नो सहरमा भएको घरमा गए, आफ्ना सबै कुरा मिलाए र आफूलाई झुण्‍डाए । यसरी उनी मरे र आफ्नै बुबाको चिहानमा गाडिए ।
  • अय्यू 2:9 : 9 तब तिनकी पत्‍नीले तिनलाई भनिन्, “के तपाईं अझै पनि आफ्नो निष्ठामा रहनुहुन्छ? परमेश्‍वरलाई सराप्‍नुहोस् र मर्नुहोस् ।”
  • अय्यू 7:15 : 15 जसले गर्दा मेरा यी हड्‍डीलाई जोगाउनुभन्दा, बरु घाँटी च्‍याप्‍ने कुरा र मृत्युलाई रोज्छु ।
  • भजन 55:23 : 23 तर हे परमेश्‍वर, तपाईंले दुष्‍टलाई तल विनाशको खडलमा लानुहुनेछ । रक्‍तपात गर्नेहरू र छली मानिसहरू अरूभन्दा आधा आयुसम्म पनि बँच्दैनन्, तर म तपाईंमा नै भरोसा गर्छु ।
  • लू 1:9 : 9 त्यहाँको परम्पराअनुसार चिट्ठाद्वारा पुजारीहरू आफ्नो सेवा गर्ने पालोअनुसार परमप्रभुको मन्दिरभित्र धूप बाल्नलाई छानिन्थे । त्यसैले, उनको नाउँ पर्‍यो ।
  • लू 1:21 : 21 अनि जकरियाले लामो समयसम्म मन्दिरमा समय बिताइरहेकाले मानिसहरू अचम्म मान्दै पर्खिरहेका थिए ।
  • प्रेरि 1:18-19 : 18 (यो मानिसले उसको दुष्‍ट कर्मको कमाइबाट एउटा खेत किन्यो । त्यसपछि, उसको टाउको तल पारेर खस्यो, उसको शरीर फुट्यो, र उसको सबै आन्द्रा-भुँडी निस्क्यो । 19 यो कुरा यरूशलेममा बस्‍ने सबैले सुने त्यसैले तिनीहरूले आफ्नो भाषामा त्यस खेतको नाम अखेल्दमा राखे जसको अर्थ “रगतको खेत” हुन्छ । )
  • १ राजा 16:18 : 18 त्यसैले जब जिम्रीले सहर घेरा हालिएको देखे तिनी राजाको महलसित गाँसिएको किल्लामा गए, र तिनले राजमहलमा आगो लगाइदिए । यसरी तिनी आगोमा जलेर मरे ।
  • न्या 9:54 : 54 त्यसपछि उनले आफ्नो हतियार बोक्‍ने जवान मानिसलाई झट्टै बोलाए र उसलाई भने, “आफ्‍नो तरवार झिकेर मलाई मार्, ताकि कसैले मेरो बारेमा यस्तो नभनोस्, ‘एउटी स्‍त्रीले त्यसलाई मारी ।’” त्यसैले तिनका जवान मानिसले तिनलाई तरवारले छेडिदिए, र तिनी मरे ।
  • १ शमू 31:4-5 : 4 तब शाऊलले आफ्नो हतियार बोक्‍नेलाई भने, “तेरो तरवार थुत र त्‍यसले मलाई छेडिदे । नत्रता यी बेखतनाहरू आउनेछन् र मलाई दुर्व्यवहार गर्नेछन् ।” तर तिनका हतियार बोक्‍नेले त्यसो गरेन, किनकि ऊ साह्रै डराएका थियो । त्यसैले शाऊलले आफ्नै तरवार लिए र यसमाथि उनिए । 5 जब तिनका हतियार बोक्‍नेले शाऊल मरेको देखे, तिनी पनि त्यसैगरी आफ्नो तरवारमा उनिएर तिनीसँगै मरे ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • मत्त 27:6-10
    5 पदहरू
    81%

    6ती मुख्य पुजारीहरूले चाँदीका सिक्‍काहरू लिए र भने, “यसलाई ढुकुटीमा राख्‍न न्यायसङ्गत हुँदैन, किनकि यो रगतको मोल हो ।”

    7तिनीहरूले आपसमा यसबारे छलफल गरे र त्यस पैसाले परदेशीहरूलाई दफन गर्न कुमालेको जमिन किने ।

    8यही कारणले त्यस जमिनलाई आजको दिनसम्‍म पनि “रगतको जमिन” भनिन्‍छ ।

    9यसरी यर्मिया अगमवक्‍ताले भनेका वचन पुरा भयो, “इस्राएलका मानिसहरूले उहाँको निम्ति तोकेका मूल्‍य अर्थात् चाँदीका तिसवटा सिक्‍का तिनीहरूले लिए,

    10र परमप्रभुले मलाई निर्देशन दिनुभएअनुसार तिनीहरूले कुमालेको जमिनको निम्ति त्यो दिए ।”

  • मत्त 27:2-4
    3 पदहरू
    81%

    2तिनीहरूले उहाँलाई बाँधेर त्यहाँबाट लागे, र हाकिम पिलातसकहाँ सुम्पिदिए ।

    3त्यसपछि जब उहाँलाई धोका दिने यहूदाले येशूलाई दण्डाज्ञा भएको देख्यो, त्यसलाई पछुतो लाग्यो र मुख्य पुजारीहरू र एल्डरहरूलाई ती चाँदीका तिसवटा सिक्‍का फर्काइदियो,

    4र भन्यो, “मैले निर्दोष मानिसलाई धोका दिएर पाप गरेको छु” । तर तिनीहरूले भने, “हामीलाई त्यसको के सरोकार? तिमी आफैँ जान ।”

  • मत्त 26:14-16
    3 पदहरू
    75%

    14त्यसपछि बाह्र जनामध्येको एक जसको नाउँ यहूदा इस्करियोत थियो, ऊ मुख्य पुजारीहरूकहाँ गयो,

    15र भन्यो, “उहाँलाई तपाईंहरूकहाँ पक्राइदिनलाई तपाईंहरूले मलाई के दिन तयार हुनुहुन्छ?” तिनीहरूले उसको निम्ति तिसवटा चाँदीका सिक्‍का छुट्‌ट्याइदिए ।

    16त्यस बेलादेखि उहाँलाई तिनीहरूका हातमा पक्राइदिनलाई उसले मौका खोजिरह्‍यो ।

  • 18(यो मानिसले उसको दुष्‍ट कर्मको कमाइबाट एउटा खेत किन्यो । त्यसपछि, उसको टाउको तल पारेर खस्यो, उसको शरीर फुट्यो, र उसको सबै आन्द्रा-भुँडी निस्क्यो ।

  • लू 22:4-6
    3 पदहरू
    71%

    4येशूलाई कसरी तिनीहरूकहाँ सुम्पन सकिन्छ भन्‍ने बारेमा छलफल गर्न यहूदा मुख्य पुजारीहरू र कप्‍तानहरूसँगै गयो ।

    5तिनीहरू खुसी भए र उसलाई पैसा दिन सहमत भए ।

    6ऊ सहमत भयो र उसले उहाँलाई भिडबाट टाढा बनाएर तिनीहरूकहाँ सुम्पने उचित अवसर खोज्यो ।

  • जक 11:12-13
    2 पदहरू
    71%

    12मैले तिनीहरूलाई भनेँ, “यदि तिमीहरूलाई यो असल लागे, मलाई मेरो ज्याला देओ । तर तिमीहरूलाई असल नलागे, नदेओ ।” यसैले तिनीहरूले मेरो ज्याला चाँदीका तिस टुक्रा हिसाब गरे ।

    13अनि परमप्रभुले मलाई भन्‍नुभयो, “तिनीहरूले तेरो मुल्य तय गरेको उत्कृष्‍ट मोलमा त्यो चाँदी भण्डारमा जम्मा गर्!” यसैकारण मैले ती तिस टुक्रा चाँदी लिएर परमप्रभुको भवनमा भण्डारमा जम्मा गरेँ ।

  • मर 14:10-11
    2 पदहरू
    69%

    10अनि बाह्रमध्येका एक जना यहूदा इस्करियोत मुख्य पुजारीहरूकहाँ गयो, ताकि त्यसले उहाँलाई तिनीहरूका हातमा सुम्पन सकोस् ।

    11जब मुख्य पुजारीहरूले यो सुने, तिनीहरू खुसी भए र त्यसलाई पैसा दिने वाचा गरे । उसले येशूलाई तिनीहरूका हातमा सुम्पनलाई अवसर हेर्न थाल्यो ।

  • 62पत्रुस बाहिर गएर धुरुधुरु रोए ।

  • 39यसैले, तिनीहरूले उसलाई पक्रे, दाखबारीबाट बाहिर फ्याँकिदिए, र उसलाई मारे ।

  • 46येशूले उच्‍च स्वरमा कराएर भन्‍नुभयो, “हे पिता, म मेरो आत्मा तपाईंको हातमा सुम्पन्छु । यसो भनेर उहाँले प्राण त्याग्‍नुभयो ।”

  • 8तिनीहरूले उसलाई पक्रे; उसलाई मारे र उसलाई दाखबारी बाहिर फालिदिए ।

  • 50त्यसपछि येशू फेरि ठुलो स्वरले कराउनुभयो र आफ्नो प्राण त्याग्‍नुभयो ।

  • 37तब येशू ठुलो सोरले कराउनुभयो र प्राण त्याग्‍नुभयो ।

  • 75अनि येशूले भन्‍नुभएको वचनलाई पत्रुसले सम्झे, “भाले बास्‍नुभन्दा अगि तिमीले मलाई तिन पल्ट इन्कार गर्नेछौ ।” त्यसपछि उनी बाहिर गए र धुरुधुरु रोए ।

  • 50अनि येशूसँग भएका सबैले उहाँलाई छाडे र भागे ।

  • 23जब अहीतोपेलले आफ्‍नो सल्लाहको अनुसरण नभएको देखे, उनले आफ्नो गधामा जीन-लगाम कसे र विदा भए । उनी आफ्नो सहरमा भएको घरमा गए, आफ्ना सबै कुरा मिलाए र आफूलाई झुण्‍डाए । यसरी उनी मरे र आफ्नै बुबाको चिहानमा गाडिए ।

  • मत्त 26:65-66
    2 पदहरू
    66%

    65त्यसपछि प्रधान पुजारीले आफ्ना लुगा च्याते र भने, “यसले ईश्‍वर-निन्दा गरेको छ । अब हामीलाई अरू थप गवाहहरूको आवश्यकता किन पर्‍यो? हेर्नुहोस्, अब तपाईंहरूले यिनको ईश्‍वर-निन्दा सुन्‍नुभएको छ ।

    66तपाईंहरू के विचार गर्नुहुन्छ?” उनीहरूले जवाफ दिएर भने, “यो मारिनको लागि योग्य छ ।”

  • 22किनभने मानिसका पुत्र त निश्‍चय गरेअनुसार जानुपर्छ । तर त्यो मानिसलाई धिक्‍कार होस् जसद्वारा उनलाई विश्‍वासघात गरिन्छ ।”

  • 29जब तिनीहरूले उहाँको बारेमा लेखिएका यी सबै कुराहरू पुरा गरे, तिनीहरूले उहाँलाई रुखबाट ओराले र चिहानमा राखे ।

  • 35जब उनीहरूले उहाँलाई क्रुसमा टाँगे, तिनीहरूले चिट्ठा हाले र उहाँका वस्‍त्रहरूलाई भाग लगाए ।

  • 23उहाँले जवाफ दिनुभयो, “जसले मसँगै यस कचौरामा हात डुबाउँछ, उसले नै मलाई धोका दिनेछ ।

  • 30आफैँलाई बचाऊ र क्रुसबाट ओर्लेर आऊ!”

  • 52उसले त्यो सूतीको कपडा त्यहीँ नै छाडे र नाङ्गै भागे ।

  • 29तिनीहरू उठे र उहाँलाई सहरको बाहिरपट्टि ठेल्दै लागे, जुन सहर तिनीहरूले पहाडमा बसालेका थिए, त्यहीँबाट तल उहाँलाई खसाल्ने प्रयत्‍न गरे ।

  • 20र कसरी मुख्य पुजारीहरू र हाम्रा शासकहरूले उहाँलाई दोष लगाएर मृत्युदण्ड दिए र उहाँलाई क्रुसमा टाँगे ।

  • 44र उहाँसँगै क्रुसमा टाँगिएका डाँकुहरूले पनि उस्तै तरिकाले उहाँको गिल्ला गरे ।

  • 19अनि यहूदा इस्करयोत, जसले उहाँलाई धोखा दिने थियो ।

  • 42“उसले अरूहरूलाई बचायो, तर आफैँलाई भने बचाउन सक्दैन । ऊ इस्राएलको राजा हो । ऊ क्रुसबाट तल आओस्, अनि त्यसपछि हामी उसमाथि विश्‍वास गर्नेछौँ ।

  • 21मानिसका पुत्र धर्मशास्‍त्रमा उसको बारेमा लेखिएबमोजिम जानेछ । तर धिक्‍कार! जसद्वारा मानिसका पुत्रलाई धोखा दिइनेछ । त्यसको निम्ति त्यो त नजन्मेको भए नै असल हुने थियो ।”

  • 56तर यी सबै कुरा भए, ताकि अगमवक्‍ताहरूले लेखेका कुरा पुरा हुन सकून् ।” त्यसपछि सबै चेलाले उहाँलाई छोडे र भागे ।

  • 12जब पुजारीहरूले एल्डरहरूलाई भेटे र ती सबै घटनाको बारेमा तिनीहरूसँग छलफल गरे, तिनीहरूले सिपाहीहरूलाई धेरै पैसा दिए,

  • 18“हेर, हामीहरू यरूशलेमतर्फ जाँदै छौँ, र मानिसका पुत्र मुख्य पुजारीहरू र शास्‍त्रीहरूका हातमा सुम्पिनेछन् । तिनीहरूले उनलाई मृत्युदण्डको दोष लगाउनेछन्,

  • 47हेर, उहाँ बोलिरहनु हुँदा, बाह्र जनामध्ये एउटा अर्थात् यहूदाको अगुवाइमा एउटा भिड देखा पर्‍यो । ऊ येशूलाई चुम्बन गर्न उहाँको नजिक आयो,

  • 45येशू मन्दिरभित्र छिर्नुभयो र त्यहाँ व्यापार गरिरहेका मानिसहरूलाई यसो भन्दै खेद्नुभयो,

  • 39जो त्यो बाटो भएर जान्थे, तिनीहरूले यसो भन्दै टाउको हल्लाएर उहाँको गिल्ला गर्थे,

  • 5“यो अत्तर तिन सय चाँदीका सिक्‍कामा बेचेरे गरिबहरूलाई किन दिइएन?”

  • 25यहूदाले अपराध गरेर उसको ठाउँमा गएपछि खाली भएको यो सेवाकाइ र प्रेरितको पद तिनले लिऊन् ।”