नहेम्याह 9:13

अनलक शाब्दिक बाइबल

तपाईं स्वर्गबाट सीनै पर्वतमा ओर्लनुभयो, र तिनीहरूसित बोल्नुभयो अनि तिनीहरूलाई धार्मिक नियमहरू, साँचो व्यवस्था र असल विधिविधानसाथै आज्ञाहरू दिनुभयो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • निर्ग 20:1 : 1 ¶ परमेश्‍वरले यी सबै वचन बोल्नुभयोः
  • निर्ग 19:11 : 11 तेस्रो दिनमा तयार भएर बस् किनकि तेस्रो दिनमा परमप्रभु सीनै पर्वतमा ओर्लिआउनुहुनेछ ।
  • भजन 119:127-128 : 127 साँच्‍चै, म तपाईंका आज्ञाहरूलाई सुन वा निख्खुर सुनभन्दा धेरै प्रेम गर्छु । 128 यसकारण, तपाईंका सबै सुझावहरूलाई म सावधान भएर अनुसरण गर्छु र झुटका हरेक मार्गलाई म घृणा गर्छु । पेका
  • व्यव 5:22-26 : 22 परमप्रभुले यी वचनहरू पर्वतमा आगोको बिचबाट घोर अन्धकारमा बादलबाट तिमीहरूका सारा समुदायलाई ठुलो सोरमा भन्‍नुभयो । उहाँले अरु कुनै पनि वचन थप्‍नुभएन । उहाँले दुईवटा शिला-पाटीमा ती लेख्‍नुभयो र मलाई दिनुभयो । 23 पर्वत जलिरहँदा अन्धकारको बिचबाट तिमीहरूले आवाज सुन्दा तिमीहरूका सबै धर्म-गुरु र तिमीहरूका कुलहरूका नायकहरू मकहाँ आयौ । 24 तिमीहरूले भन्यौ, 'हेर, परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई उहाँको महिमा र उहाँको महान्‌ता देखाउनुभएको छ, र आगोको बिचबाट हामीले उहाँको आवाज सुनेका छौँ । परमेश्‍वर मानिसहरूसित बोल्नुहुँदा पनि तिनीहरू जीवितै रहन सक्छन् भनी आज हामीले देखेका छौँ । 25 तर हामी किन मर्ने? किनकि यो महाअग्‍निले हामीलाई भस्म पार्ने छ । हामीले परमप्रभु हाम्रा परमेश्‍वरको आवाज अझै सुन्यौँ भने हामी मर्ने छौँ । 26 किनकि आगोको बिचबाट जीवित परमेश्‍वरको वचन सुनेर पनि हामीजस्तै बाँच्ने कुनचाहिँ प्राणी होला?
  • भजन 119:160 : 160 तपाईंको वचनको सार सत्य छ । तपाईंका हरेक धार्मिक आदेशहरू सदासर्वदा रहन्छन् । शीन
  • यशा 64:1 : 1 ¶ ओहो, तपाईंले आकाशलाई चिरेर खोल्‍नुभएको र तल आउनुभएको भए त हुन्थ्यो! तपाईंको उपस्थितिमा पहाडहरू काम्‍ने थिए,
  • यशा 64:3 : 3 पहिले हामीले आशा नै नगरेको अचम्मका कामहरू तपाईंले गर्नुहुँदा, तपाईं तल आउनुभयो र तपाईंको उपस्थितिमा पहडाहरू कामे ।
  • यहे 20:11-13 : 11 तब मैले तिनीहरूलाई मेरा विधिहरू दिएँ र मेरा नियमहरू तिनीहरूलाई प्रकट गरें । मानिसले ती पालन गर्‍यो भने त्‍यसद्वारा ऊ बाँच्‍नेछ । 12 म परमप्रभु नै हुँ जसले तिनीहरूलाई पवित्र पार्छु भनी तिनीहरूले जानून्‌ भनेर तिनीहरू र मेरो बिचमा चिन्‍हको रूपमा मैले तिनीहरूलाई शबाथदिनहरू पनि दिएँ । 13 तर इस्राएल घरानाले उजाड-स्‍थान मेरो विरुद्धमा विद्रोह गरे । तिनीहरू मेरो विधिहरूमा चलेनन् । बरु, तिनीहरूले मेरा नियमहरूलाई इन्‍कार गरे । मानिसले ती पालन गर्‍यो भने त्‍यसद्वारा ऊ बाँच्‍नेछ । तिनीहरूले मेरा शबाथहरूलाई एकदमै बिटुलो पारे । यसैले मैले भनें, म तिनीहरूको नाश गर्नलाई यही उजाड-स्‍थान तिनीहरूमाथि आफ्‍नो क्रोध पोखाउनेछु ।
  • हब 3:3 : 3 परमेश्‍वर तेमानबाट आउनुभयो, र एकमात्र पवित्रचाहिँ पारान पर्वतबाट आउनुभयो । सेला उहाँको महिमाले आकाशहरू ढाके, र पृथ्वी उहाँको प्रशंसाले भरिएको छ ।
  • रोमी 7:12-14 : 12 त्यसैले, व्यवस्था पवित्र छ, अनि आज्ञा पवित्र, धार्मिक र असल छ । 13 त्यसैले, के जे असल छ त्यो मेरो निम्ति मृत्यु बन्यो? यस्तो कहिल्यै नहोस् । तर पापलाई पाप नै देखाउन सकियोस् भनी जे असल थियो त्यसद्वारा ममा मृत्यु ल्याइयो । आज्ञाद्वारा यस्तो भयो, ताकि पाप अत्यधिक पापमय बन्‍न सकोस् । 14 हामी जान्दछौँ, कि व्यवस्था आत्मिक हो, तर म शारीरिक हुँ । म पापको दासत्वमा बेचिएको छु ।
  • रोमी 7:16 : 16 तर म जे चाहँदिनँ म त्यही गर्छु भने, व्यवस्था असल हो भनी म व्यवस्थासँग सहमत हुन्छु ।
  • इब्रा 12:18-26 : 18 किनकि तिमीहरू जलिरहेको पहाड, अन्धकार, बादल र छुन नसक्‍ने पहाडमा आएका छैनौ । 19 तिमीहरू तुरही फुकिएको चर्को आवाज भएको ठाउँमा पनि आएका छैनौ, न त त्यस्तो आवाज सुन्‍ने ठाउँमा आएका छौ जसलाई सुनेर तिनीहरूले अर्को शब्द सुन्‍नु नपरोस् भनी बिन्‍ती गरेका थिए । 20 किनकि “यदि कुनै जनावरले त्यस पहाडलाई छोयो भने त्यसलाई ढुङ्गाले हान्‍नैपर्छ” भन्‍ने आज्ञालाई तिनीहरूले सहन सकेनन् । (नोटः केही पुरानो संस्करणमा लेखिएको छः एउटा जनावरले त्यस पहाडलाई छोयो भने, तापनि त्यसलाई ढुङ्गा वा तीरले हान्‍नैपर्छ) ।” 21 मोशाले भने कि त्यो दृश्य एकदमै डरलाग्दो थियो, “म डराएँ र म डरले काम्दै छु ।” 22 त्यसको सट्टामा, तिमीहरू सियोन पहाड र जीवित परमेश्‍वरको सहर स्वर्गीय यरूशलेम अनि दसौँ हजार स्वर्गदूतको उत्सवमा आएका छौ । 23 तिमीहरू स्वर्गमा नाउँ दर्ता गरिएका पहिले जन्मेकाहरूको सभामा, सबैका न्यायकर्ता परमेश्‍वरकहाँ, अनि सिद्ध पारिएका धर्मी जनका आत्माहरूकहाँ आएका छौँ । 24 अनि नयाँ करारका मध्यस्तकर्ता येशूकहाँ र हाबिलको रगतभन्दा अझ उत्तमसित बोल्ने रगतको छिट्काउमा आएका छौ । 25 हेर, तिमीहरूसित बोल्दै गर्नुहुनेलाई इन्कार नगर । किनकि यदि पृथ्वीमा तिनीहरूलाई चेतावनी दिनेलाई इन्कार गर्नेहरू त उम्केनन् भने, स्वर्गबाट चेतावनी दिनुहुनेदेखि हामी तर्कीनेहरू झन् कसरी उम्कन सक्छौँ र? 26 कुनै समय उहाँको आवाजले पृथ्वी हल्लायो । तर अहिले उहाँले प्रतिज्ञा गर्नुभयो र भन्‍नुभयो, “अझ एक पटक म पृथ्वी मात्र होइन, तर स्वर्गहरूलाई पनि हल्लाउनेछु ।”
  • व्यव 10:12-13 : 12 अब हे इस्राएली हो, परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूबाट चाहनुभएका कुराहरू यिनै हुन्: परमप्रभु तिमीहरूका परमेश्‍वरको भय मान; उहाँका सबै मार्गमा हिँड; उहाँलाई प्रेम गर; परमप्रभु तिमीहरूका परमेश्‍वरलाई आफ्नो सारा ह्रदय र सारा प्राणले आराधना गर; 13 परमप्रभुका आज्ञा र विधिविधानहरू पालन गर जुन तिमीहरूका भलाइको निम्ति आज मैले तिमीहरूलाई दिँदै छु ।
  • व्यव 33:2 : 2 तिनले भनेः “परमप्रभु सीनैबाट आउनुभयो, र तिनीहरूमाथि सेइरबाट उदय हुनुभयो । उहाँ पारान पर्वतबाट चम्कनुभयो, र उहाँ दसौँ हजार पवित्र जनसित आउनुभयो । उहाँको दाहिने हातमा बिजुलीको प्रकाश थियो ।
  • भजन 19:7-9 : 7 परमप्रभुको व्यवस्था सिद्ध छ, प्राणलाई पुर्नजीवित पार्ने । परमप्रभुको साक्षी भरपर्दो छ, सोझोलाई बुद्धिमान बनाउने । 8 परमप्रभुका शिक्षाहरू ठीक छन्, हृदयलाई खुसी पार्ने । परमप्रभुको आज्ञा शुद्ध छन्, आँखालाई ज्‍योति दिने । 9 परमप्रभुको भय शुद्ध छ, यो सदासर्वदा रहने । परमप्रभुका धार्मिक आदेशहरू सत्य र समग्रमा ठिक छन् । 10 तिनीहरू सुनभन्दा, धेरै शुद्ध सुनभन्दा मूल्यवान छन् । तिनीहरू मह र चाकाबाट चुहिंरहेको महभन्दा पनि गुलिया छन् । 11 हो, तिद्वारा तपाईंका सेवकहरूले चेतावनी पाउँछन् । ति पलना गर्नुमा ठुलो इनाम छ ।
  • निर्ग 20:22 : 22 परमप्रभुले मोशालाई भन्‍नुभयो, “तैँले इस्राएलीहरूलाई यसो भन्‍नूः मैले स्वर्गबाट तिमीहरूसित कुराकानी गरेको तिमीहरू आफैले देखेका छौ ।
  • व्यव 4:8 : 8 आज मैले तिमीहरूका सामु राखिरहेको यो व्यवस्थाजस्तै धार्मिक विधिविधान भएको कुनचाहिँ अर्को महान् जाति छ?
  • व्यव 4:10-13 : 10 होरेबमा तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु उभिएको दिनमा परमप्रभुले मलाई यसो भन्‍नुभयो, 'मानिसहरूलाई जम्मा गर् र म तिनीहरूलाई मेरा वचन सुन्‍ने बनाउने छु ताकि यस पृथ्वीमा तिनीहरू बाचुञ्‍जेलसम्म तिनीहरूले मेरो भय मान्‍न सिकून् र तिनीहरूका छोराछोरीहरूलाई सिकाउन सकून् ।' 11 तिमीहरू पर्वतको फेदको नजिक आएर उभियौ । पर्वतमा आगो दन्केर आकाशको बिचसम्मै पुग्यो, अनि बाक्लो अन्धकार र बादल छायो । 12 आगोको बिचबाट परमप्रभु तिमीहरूसित बोल्नुभयो । तिमीहरूले बोलिएको वचनको आवाज सुन्यौ तर त्यहाँ तिमीहरूले कुनै स्वरूप देखेनौ । तिमीहरूले आवाज मात्रै सुन्यौ । 13 उहाँले तिमीहरूलाई तिमीहरूले पालन गर्नुपर्ने उहाँको करार अर्थात् दस आज्ञाको घोषणा गर्नुभयो । उहाँले तिनलाई दुईवटा शिला-पाटीमा लेख्‍नुभयो ।
  • व्यव 4:33 : 33 तिमीहरूले सुनेजस्तै आगोको बिचबाट परमेश्‍वर बोल्नुभएको सुनेर के कुनै जाति कहिल्यै जीवित भएको छ?
  • व्यव 5:4 : 4 पर्वतमा परमप्रभु आगोको बिचबाट तिमीहरूसित आमनेसामने बोल्नुभयो ।
  • भजन 119:137 : 137 हे परमप्रभु, तपाईं धर्मी हुनुहुन्छ र तपाईंका आदेशहरू निष्‍पक्ष छन् ।
  • निर्ग 19:16-20 : 16 तेस्रो दिनमा जब बिहान भयो गर्जन सुनियो र बिजुली चम्क्यो अनि पर्वतमा एउटा बाक्लो बादल देखा पर्‍यो र तुरहीको ठुलो आवाज आयो । छाउनीमा भएका सबै मानिस थरथर काँपे । 17 परमेश्‍वरलाई भेट्न मोशाले मानिसहरूलाई छाउनी बाहिर ल्याए, र तिनीहरू पर्वतको फेदीमा खडा भए । 18 सीनै पर्वत पुरै धुवाँले भरिएको थियो किनकि परमप्रभु आगो र धुवाँमा यसमा ओर्लनुभएको थियो । भट्टीको धुवाँजस्तै गरी धुवाँ माथि गयो, र पुरै पर्वत बेस्सरी हल्लियो । 19 जब तुरहीको आवाज झनझन चर्को हुँदै गयो मोशा बोल्न लागे र परमप्रभुले तिनलाई सुन्‍ने गरी जवाफ दिनुभयो । 20 परमप्रभु सीनै पर्वतको टुप्पोमा ओर्लनुभयो, र उहाँले मोशालाई टुप्पोमा बोलाउनुभयो । त्यसैले मोशा माथि उक्ले ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • नहे 9:14-15
    2 पदहरू
    86%

    14तपाईंले तिनीहरूलाई आफ्नो पवित्र शबाथ चिनाउनुभयो, अनि तपाईंका दास मोशाद्वारा तिनीहरूलाई आज्ञाहरू, विधिविधानहरू र व्यवस्था दिनुभयो ।

    15तपाईंले तिनीहरूलाई तिनीहरूको भोक तृप्‍त पार्न स्वर्गबाट रोटी दिनुभयो, र तिनीहरूको तिर्खा मेट्न चट्टानबाट पानी दिनुभयो । तिनीहरूलाई दिन्छु भनी तपाईंले प्रतिज्ञा गर्नुभएको देशमा गएर अधिकार गर्न तिनीहरूलाई आज्ञा दिनुभयो ।

  • व्यव 4:11-14
    4 पदहरू
    77%

    11तिमीहरू पर्वतको फेदको नजिक आएर उभियौ । पर्वतमा आगो दन्केर आकाशको बिचसम्मै पुग्यो, अनि बाक्लो अन्धकार र बादल छायो ।

    12आगोको बिचबाट परमप्रभु तिमीहरूसित बोल्नुभयो । तिमीहरूले बोलिएको वचनको आवाज सुन्यौ तर त्यहाँ तिमीहरूले कुनै स्वरूप देखेनौ । तिमीहरूले आवाज मात्रै सुन्यौ ।

    13उहाँले तिमीहरूलाई तिमीहरूले पालन गर्नुपर्ने उहाँको करार अर्थात् दस आज्ञाको घोषणा गर्नुभयो । उहाँले तिनलाई दुईवटा शिला-पाटीमा लेख्‍नुभयो ।

    14तिमीहरूलाई विधिविधानहरू सिकाउन त्यस बेला परमप्रभुले मलाई आज्ञा दिनुभयो ताकि पारि गएर तिमीहरूले अधिकार गर्न लागिरहेको देशमा ती पालन गर्न सक ।

  • 12तिनीहरूलाई बाटोमा यात्राको लागि प्रकाश दिन तपाईंले तिनीहरूलाई दिनमा बादलको खाँबो र रातमा आगोको खाँबोद्वारा अगुवाइ गर्नुभयो ।

  • 12परमप्रभुले मोशालाई भन्‍नुभयो, “माथि पर्तवमा मकहाँ उक्लेर आइज र यहाँ बस् । म तँलाई व्यवस्था र आज्ञाहरू लेखिएका शिला-पाटीहरू दिनेछु अनि तैँले तिनीहरूलाई सिका ।”

  • 46परमप्रभुले सीनै पर्वतमा मोशाद्वारा उहाँ र इस्राएलका मानिसहरूका बिचमा दिनुभएका आज्ञाहरू, विधिहरू र नियमहरू यी नै हुन् ।

  • व्यव 9:10-12
    3 पदहरू
    73%

    10परमप्रभुले मलाई आफ्नै औँलाले लेख्‍नुभएका दुईवटा शिला-पाटी दिनुभयो । सभाको दिनमा आगोको बिचबाट परमप्रभुले पर्वतमा बोल्नुभएका सबै वचन तिनमा लेखिएका थिए ।

    11ती चालिस दिन र चालिस रातको अन्त्यमा परमप्रभुले मलाई करारका दुईवटा शिला-पाटी दिनुभयो ।

    12परमप्रभुले मलाई भन्‍नुभयो, 'उठेर छिटो गरी यहाँबाट तल जा किनकि तैँले मिश्रबाट ल्याएका तेरा मानिसहरूले आफैलाई भ्रष्‍ट पारेका छन् । मैले तिनीहरूलाई आज्ञा गरेको मार्गबाट तिनीहरू चाँडै नै तर्केर गएका छन् । तिनीहरूले आफ्नो निम्ति ढलौटे मूर्ति बनाएका छन् ।'

  • 2तिनले भनेः “परमप्रभु सीनैबाट आउनुभयो, र तिनीहरूमाथि सेइरबाट उदय हुनुभयो । उहाँ पारान पर्वतबाट चम्कनुभयो, र उहाँ दसौँ हजार पवित्र जनसित आउनुभयो । उहाँको दाहिने हातमा बिजुलीको प्रकाश थियो ।

  • 36तिमीहरूलाई निर्देशन दिन उहाँले स्वर्गबाट आफ्नो आवाज तिमीहरूलाई दिनुभयो । पृथ्वीमा उहाँले आफ्नो दन्कने आगो तिमीहरूलाई देखाउनुभयो । तिमीहरूले आगोको बिचबाट उहाँका वचन सुन्यौ ।

  • व्यव 5:22-23
    2 पदहरू
    72%

    22परमप्रभुले यी वचनहरू पर्वतमा आगोको बिचबाट घोर अन्धकारमा बादलबाट तिमीहरूका सारा समुदायलाई ठुलो सोरमा भन्‍नुभयो । उहाँले अरु कुनै पनि वचन थप्‍नुभएन । उहाँले दुईवटा शिला-पाटीमा ती लेख्‍नुभयो र मलाई दिनुभयो ।

    23पर्वत जलिरहँदा अन्धकारको बिचबाट तिमीहरूले आवाज सुन्दा तिमीहरूका सबै धर्म-गुरु र तिमीहरूका कुलहरूका नायकहरू मकहाँ आयौ ।

  • 20तिनीहरूलाई निर्देशन दिन तपाईंले तिनीहरूलाई आफ्नो असल आत्मा दिनुभयो, र तिनीहरूका मुखमा तपाईंले आफ्नो मन्‍न दिन रोक्‍नुभएन, र तिनीहरूको तिर्खा मेट्न तपाईंले तिनीहरूलाई पानी दिनुभयो ।

  • व्यव 10:4-5
    2 पदहरू
    72%

    4पर्वतमा सभाको दिनमा आगोको बिचबाट परमप्रभुले तिमीहरूलाई बोल्नुभएका दस आज्ञा उहाँले पहिलेजस्तै ती पाटीहरूमा लेख्‍नुभयो र मलाई दिनुभयो ।

    5म फर्केर पर्वतबाट तल ओर्लें, र मैले बनाएका सन्दुकमा ती पाटीहरू राखेँ । परमप्रभुले आज्ञा गर्नुभएझैँ ती त्यहाँ थिए ।”

  • 20परमप्रभु सीनै पर्वतको टुप्पोमा ओर्लनुभयो, र उहाँले मोशालाई टुप्पोमा बोलाउनुभयो । त्यसैले मोशा माथि उक्ले ।

  • 31तर तँचाहिँ मेरो नजिक खडा हो, र म तँलाई सबै आज्ञा र विधिविधान दिने छु जुन तैँले तिनीहरूलाई सिकाउने छस् ताकि मैले तिनीहरूलाई अधिकारको लागि दिने देशमा तिनीहरूले यी पालन गरून् ।'

  • व्यव 17:9-10
    2 पदहरू
    72%

    9तिमीहरू लेवीका सन्तानहरू अर्थात् त्यस बेला न्यायको लागि सेवा गर्ने पुजारीहरूकहाँ जानू । तिनीहरूका सल्लाह लिनू र तिनीहरूले निर्णय सुनाउने छन् ।

    10परमप्रभुले आफ्नो पवित्र वासस्थानको रूपमा छान्‍नुहुने ठाउँमा तिमीहरूलाई दिइएको व्यवस्थालाई तिमीहरूले मान्‍नू ।

  • 15त्यसैले म फर्केर पर्वतबाट ओर्ली आएँ, अनि पर्वत जलिरहेको थियो । करारका दुईवटा शिला-पाटी मेरा हातमा थिए ।

  • 34परमप्रभुले सीनै पर्वतमा इस्राएलका मानिसहरूका निम्ति दिनुभएका आज्ञाहरू यी नै हुन् ।

  • 20तिमीले तिनीहरूलाई उहाँका विधि-विधानहरू सिकाउनू । कसरी हिँड्ने र के गर्ने भनी तिमीले तिनीहरूलाई देखाउनू ।

  • 1¶ अब यर्दन पारि गई तिमीहरूले अधिकार गर्न लागेको देशमा तिमीहरूले पालन गरून् भनी परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई सिकाउन भनी मलाई दिनुभएका आदेश र विधिविधानहरू यिनै हुन् ।

  • 32यसपछि इस्राएलका सबै मानिस मोशाकहाँ आए, अनि परमप्रभुले सीनै पर्वतमा तिनलाई बताउनुभएका सबै आज्ञा तिनले मानिसहरूलाई बताए ।

  • 1¶ परमप्रभुले मोशालाई सीनै पर्वतमा भन्‍नुभयो,

  • 7उहाँ तिनीहरूसँग बादलको खामोबाट बोल्नुभयो । उहाँले तिनीहरूलाई दिनुभएको उहाँका महत्त्वपूर्ण आज्ञाहरू र विधिहरू तिनीहरूले पालन गरे ।

  • 5गर्नुभएको थियो । मोशाले शिला-पाटीहरू आफ्ना हातमा लिएर गए । परमप्रभु बादलमा ओर्लनुभयो, र त्यहाँ मोशासित खडा हुनुभयो अनि उहाँले “परमप्रभु” नाउँको घोषणा गर्नुभयो ।

  • 5हेर, परमप्रभु मेरा परमेश्‍वरले मलाई आज्ञा गर्नुभएझैँ मैले तिमीहरूलाई विधिविधानहरू सिकाएको छु, कि तिमीहरूले अधिकार गर्न लागिरहेको देशमा तिमीहरू प्रवेश गर्दा तिमीहरूले ती पालन गर्नुपर्छ ।

  • 1¶ परमप्रभुले मोशालाई भन्‍नुभयो,

  • 22परमप्रभुले मोशालाई भन्‍नुभयो, “तैँले इस्राएलीहरूलाई यसो भन्‍नूः मैले स्वर्गबाट तिमीहरूसित कुराकानी गरेको तिमीहरू आफैले देखेका छौ ।

  • 27परमप्रभुले मोशालाई भन्‍नुभयो, “यी कुराहरू लेख् किनकि यी वचनअनुसार नै मैले तँ र इस्राएलसित करार बाँधेको छु ।”

  • 29तिनीहरू तपाईंको व्यवस्थामा फर्कून् भनेर तपाईंले तिनीहरूलाई चेताउनी दिनुभयो । तरै पनि तिनीहरू हठी भए, र तपाईंका आज्ञाहरू सुनेनन् । आज्ञा पालन गर्ने जोसुकैलाई जीवन दिने तपाईंका आज्ञाहरूको विरुद्धमा तिनीहरूले पाप गरे । तिनीहरू हठी बने र अटेरी बने अनि सुन्‍न इन्का गरे ।

  • 8साथै, हेब्रोनमा तिमीहरूले परमप्रभुलाई क्रोधित तुल्यायौ, र तिमीहरूलाई नाशै पार्ने गरी उहाँ क्रुद्ध हुनुभयो ।

  • 17तिमीहरूलाई आज्ञा गर्नुभएका परमप्रभु तिमीहरूका परमेश्‍वरका आज्ञाहरू, उहाँका गम्भीर आदेशहरू र उहाँका विधिहरू दत्तचित्तसाथ पालन गर्नू ।

  • 4पर्वतमा परमप्रभु आगोको बिचबाट तिमीहरूसित आमनेसामने बोल्नुभयो ।

  • 17परमेश्‍वरलाई भेट्न मोशाले मानिसहरूलाई छाउनी बाहिर ल्याए, र तिनीहरू पर्वतको फेदीमा खडा भए ।

  • 18तिमीहरूले गर्नुपर्ने सबै कुरा मैले त्यस बेला नै तिमीहरूलाई आज्ञा गरेको थिएँ ।

  • 11त्यसकारण मैले तिमीहरूलाई दिएका आज्ञा र विधिविधानहरू पालन गर र मान ।

  • 7मोशा ओर्लेर आई मानिसहरूका धर्म-गुरुहरूलाई बोलाउन पठाए । परमप्रभुले तिनलाई भन्‍नुभएका सबै वचन तिनले तिनीहरूका सामु राखे ।

  • 18सिनै पर्वतमा परमप्रभु मोशासित बोलिसक्‍नुभएपछि उहाँले तिनलाई आफ्नै हातले लेखेका करारका दुईवटा शिला-पाटी दिनुभयो ।

  • 1¶ “अब तैँले तिनीहरूका सामु राख्‍ने आदेशहरू यी नै हुन्:

  • 9परमप्रभुले मोशालाई भन्‍नुभयो, “म तँसित बोल्दा तँलाई मानिसहरूले सदाको लागि विश्‍वास गरून् भन्‍ने हेतुले म बाक्लो बादलमा तँकहाँ आउनेछु” । तब मोशाले मानिसहरूका वचन परमप्रभुलाई बताए ।

  • 3मोशा परमेश्‍वरकहाँ माथि उक्लेर गए । परमप्रभुले पर्वतबाट तिनलाई भन्‍नुभयो, “तैँले याकूबको घराना अर्थात् इस्राएलका मानिसहरूलाई यसो भन्‍नूः