व्यवस्थाविवरण 17:9

अनलक शाब्दिक बाइबल

तिमीहरू लेवीका सन्तानहरू अर्थात् त्यस बेला न्यायको लागि सेवा गर्ने पुजारीहरूकहाँ जानू । तिनीहरूका सल्लाह लिनू र तिनीहरूले निर्णय सुनाउने छन् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यहे 44:24 : 24 कुनै विवाद भएमा, तिनीहरूले मेरा विधिहरूअनुसार न्याय गर्नेछन् । तिनीहरू न्यायपूर्ण हुनुपर्छ । तिनीहरूले हरेक चाडमा मेरा नियम र विधिहरू पालना गर्नेछन्, र तिनीहरूले मेरा पवित्र शबाथहरू मनाउनेछन् ।
  • हाग्गै 2:11 : 11 “सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: व्यवस्थाको विषयमा पूजाहारीहरुलाई सोध्,
  • मल 2:7 : 7 किनभने पूजारीको ओठमा ज्ञान हुनुपर्छ र मानिसहरूले त्यसको मुखबाट शिक्षा खोज्नुपर्छ, किनभने त्यो सेनाहरूका परमप्रभुको समाचारवाहक हो ।
  • यिर्मि 18:18 : 18 त्यसैले मानिसहरूले भने, “आओ, हामी यर्मियाको विरुद्धमा षड्यन्त्रहरू रचौं, किनकि पुजारीहरूबाट व्यवस्था वा बुद्धिमान् मानिसहरूबाट सरसल्लाह वा अगमवक्ताहरूबाट वचन कहिल्यै नष्‍ट हुने छैनन् । आओ, हाम्रा वचनहरूले त्यसलाई आक्रमण गरौं, अनि अब फेरि त्यसले घोषणा गरेका कुराहरूमा हामी ध्यान नदिऊँ ।”
  • व्यव 19:17-21 : 17 कुरा नमिलेको दुवै जना व्यक्ति परमप्रभु, पुजारीहरू र ती दिनमा सेवा गर्ने न्यायकर्ताहरूको सामु खडा होऊन् । 18 न्यायकर्ताहरूले दत्तचित्तसाथ जाँचबुझ गरून् । हेर, साक्षी झुटो रहेछ र त्यसले आफ्नो भाइको विरुद्धमा झुटो गवाही दिएको रहेछ भने 19 त्यसले आफ्नो भाइलाई जे गर्ने सोच बनाएको थियो, त्यसलाई त्यसै गर्नू । यसरी तिमीहरूले आफ्ना बिचबाट दुष्‍टता हटाउनू । 20 तब बाँकी हुनेहरू यो सुनेर डराने छन्, अनि त्यसपछि कसैले पनि तिमीहरूका बिचमा यस्तो दुष्‍टता गर्ने छैन । 21 तिमीहरूले दया नदेखाउनू । ज्यानको सट्टा ज्यान, आँखाको सट्टा आँखा, दाँतको सट्टा दाँत, हातको सट्टा हात र गोडाको सट्टा गोडा हुने छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • व्यव 17:10-12
    3 पदहरू
    86%

    10परमप्रभुले आफ्नो पवित्र वासस्थानको रूपमा छान्‍नुहुने ठाउँमा तिमीहरूलाई दिइएको व्यवस्थालाई तिमीहरूले मान्‍नू ।

    11तिनीहरूले गर्न भनी तिमीहरूलाई निर्देशन दिने हरेक कुरो मान्‍न तिमीहरू होसियार होओ । तिनीहरूले सिकाउने नियमलाई पछ्याउनू, र तिनीहरूले दिएको निर्णयअनुसार गर्नू । तिनीहरूले बताउने कुराबाट दायाँ वा बायाँतिर नतर्कनू ।

    12परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु सेवा गर्न खडा हुने पुजारी वा न्यायकर्ताको कुरा अहङ्कारी भएर नसुन्‍ने व्यक्ति मारिने छ । तिमीहरूले इस्राएलबाट दुष्‍टता हटाओ ।

  • व्यव 17:7-8
    2 पदहरू
    84%

    7ती साक्षीहरूले पहिले आ-आफ्ना हात उठाऊन् त्यसपछि अरू सबै मानिसले आ-आफ्ना हात उठाऊन् । यसरी तिमीहरूले आफ्ना बिचबाट दुष्‍टतालाई हटाउने छौ ।

    8हत्या वा दुर्घटनाबाट भएको मृत्यु वा एउटा वा अर्को व्यक्तिको अधिकार वा एउटा किसिमको हानि वा अर्को किसिमको विषय वा तिमीहरूका बिचमा भएका कुनै पनि वादविवाद मिलाउन तिमीहरूलाई गार्‍हो भयो भने परमप्रभु तिमीहरूका परमेश्‍वरले आफ्नो पवित्र वासस्थानको रूपमा छान्‍नुहुने ठाउँमा जानू ।

  • व्यव 19:17-18
    2 पदहरू
    79%

    17कुरा नमिलेको दुवै जना व्यक्ति परमप्रभु, पुजारीहरू र ती दिनमा सेवा गर्ने न्यायकर्ताहरूको सामु खडा होऊन् ।

    18न्यायकर्ताहरूले दत्तचित्तसाथ जाँचबुझ गरून् । हेर, साक्षी झुटो रहेछ र त्यसले आफ्नो भाइको विरुद्धमा झुटो गवाही दिएको रहेछ भने

  • व्यव 16:18-20
    3 पदहरू
    78%

    18परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने तिमीहरूका सबै सहरमा न्यायकर्ता र अधिकारीहरू नियुक्त गर्नू । तिमीहरूका हरेक कुलबाट तिनीहरूलाई छान्‍नू, र तिनीहरूले मानिसहरूको निष्पक्ष न्याय गरून् ।

    19तिमीहरूले जबरजस्ती न्याय हरण नगर । पक्षपात नगर न त घुस लेओ किनकि घुसले बुद्धिमानीहरूको आँखालाई अन्धो तुल्याई धर्मीहरूका वचनलाई बङ्ग्याइदिन्छ ।

    20न्यायको मात्र पछि लाग ताकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूले दिनुहुने देशलाई अधिकार गरी त्यहाँ तिमीहरू बस्‍न सक्‍ने छौ ।

  • व्यव 1:16-18
    3 पदहरू
    77%

    16त्यस बेला मैले तिमीहरूका न्यायकर्ताहरूलाई यसो भनी आज्ञा दिएँ, 'तिमीहरूका दाजुभाइहरूका बिचमा भएको झगडालाई सुनी कुनै मानिस, भाइ र तिमीहरूका परदेशीको बिचमा धार्मिकतापूर्वक न्याय गर ।

    17झगदा हुँदा कसैको पक्षपात नगर । साना-ठुला दुवैको कुरामा समान रूपमा ध्यान देओ । मानिसको अनुहारदेखि नडराओ किनकि न्याय परमेश्‍वरको हो । तिमीहरूले मिलाउन नसक्‍ने झगडा मकहाँ ल्याओ र म त्यो सुन्‍ने छु ।'

    18तिमीहरूले गर्नुपर्ने सबै कुरा मैले त्यस बेला नै तिमीहरूलाई आज्ञा गरेको थिएँ ।

  • 6तिनले न्यायकर्ताहरूलाई भने, “तिमीहरूले गर्ने कुरामा ध्यान देओ, किनभने तिमीहरूले मानिसहरूका निम्‍ति होइन तर परमप्रभुको निम्ति फैसला गर्दछौ । फैसलाको क्रममा उहाँ नै तिमीहरूसँग हुनुहुन्छ ।

  • २ इति 19:8-11
    4 पदहरू
    75%

    8यसबाहेक यहोशापातले यरूशलेममा केही लेवी र पुजारी, र इस्राएलका पुर्ख्‍यौली घरानाका केही अगुवाहरूलाई परमप्रभुको न्याय कायम राख्‍न र झगडाहरू मिलउन नियुक्त गरे । तिनीहरू यरूशलेममा बसे ।

    9तिनले उनीहरूलाई यसो भनेर निर्देशन दिए, “तिमीहरूले सधैँ परमेश्‍वरको भय राखेर विश्‍वाससित र आफ्‍ना सारा हृदयले काम गर्नुपर्छ ।

    10जब आफ्‍ना सहरमा बस्‍ने तिमीहरूका दाजुभाइबाट तिमीहरूका सामु कुनै पनि मुद्दा आउँछन्‌, चाहे ती रक्तपातसम्‍बन्‍धी होउन्, वा व्‍यवस्‍था र आज्ञा, विधिहरू वा आदेशहरूका विरुद्धमा होउन्‌, तिमीहरूले तिनीहरूलाई चेताउनी दिनू, ताकि तिनीहरू परमप्रभुको अगि दोषी नठहरिऊन्, नत्रता तिमीहरू र तिमीहरूका दाजुभाइमा क्रोध आइपर्ने छ । तिमीहरूले यसो गर्नू र तिमीहरू सबै दोषी ठहरिने छैनौ ।

    11हेर, परमप्रभुका सबै विषयमा मुख्‍य पुजारी अमर्याह तिमीहरूमाथि छन्‌ । राजा सम्‍बन्‍धमा सबै विषयमा यहूदाका घरानाका अगुवा इश्‍माएलका छोरा जबदियाह निरीक्षक छन्‌ । साथै लेवीहरूले अधिकारीहरूका रूपमा तिमीहरूका सेवा गर्नेछन्‌ । बलिया होओ र तिमीहरूलाई दिइएका निर्देशनहरू पालना गर, र असल गर्नेहरूका साथमा परमप्रभु रनुभएको होस् ।”

  • 5पुजारीहरू अर्थात् लेवीका सन्तानहरू अगाडि आऊन् किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई उहाँको सेवा गर्न र परमप्रभुको नाउँमा आशिष् दिन अनि हरेक वादविवाद मिलाइदिन छान्‍नुभएको छ ।

  • निर्ग 18:22-23
    2 पदहरू
    75%

    22तिनीहरूले हर समय मानिसहरूका मुद्दाहरूका न्याय गर्नेछन्, तर कठिन मुद्दाहरूचाहिँ तिनीहरूले तिमीकहाँ ल्याउनेछन् । स-साना मुद्दाहरू तिनीहरू आफैले न्याय गर्न सक्छन् । यसरी तिमीलाई सजिलो हुनेछ र तिनीहरूले तिम्रो बोझ बोक्‍नेछन् ।

    23तिमीले यसो गर्‍यौ र परमेश्‍वरले तिमीलाई यसै गर्न आज्ञा दिनुभयो भने तिमीले सहन सक्‍नेछौ र पुरै समुदाय सन्तुष्‍ट भएर आ-आफ्ना घर जान सक्‍नेछन् ।”

  • निर्ग 18:19-20
    2 पदहरू
    74%

    19मेरो कुरा सुन । म तिमीलाई सल्लाह दिनेछु, र परमेश्‍वर तिमीसित हुनुभएको होस् किनकि तिमी परमेश्‍वरको निम्ति मानिसहरूका प्रतिनिधि हौ र तिमीले नै तिनीहरूका झगडाहरूलाई उहाँकहाँ लैजान्छौ ।

    20तिमीले तिनीहरूलाई उहाँका विधि-विधानहरू सिकाउनू । कसरी हिँड्ने र के गर्ने भनी तिमीले तिनीहरूलाई देखाउनू ।

  • 16तिनीहरूका बिचमा विवाद हुँदा तिनीहरू मकहाँ आउँछन् । म एक-अर्काको बिचमा न्याय गरिदिन्छु अनि तिनीहरूलाई परमेश्‍वरका नियम र विधिहरू सिकाइदिन्छु ।”

  • 1¶ “अब तैँले तिनीहरूका सामु राख्‍ने आदेशहरू यी नै हुन्:

  • 3ती दिनमा सेवा गर्ने पुजारीकहाँ गएर यसो भन्‍नू, 'परमप्रभु तपाईंका परमेश्‍वरले हामीलाई दिन्छु भनी हाम्रा पिता-पुर्खाहरूसित प्रतिज्ञा गर्नुभएको देशमा म आइपुगेको छु भनी म उहाँको अगि स्वीकार गर्दछु ।'

  • 25एज्रा, तिमीलाई परमेश्‍वरले दिनुभएको बुद्धिले तिमीले यूफ्रेटिस नदीपारिको प्रान्तमा भएका सबै मानिसको न्याय गर्न र तिम्रो परमेश्‍वरको व्यवस्था जान्‍ने सबैको सेवा गर्न न्यायकर्ताहरू र अधिकारीहरू नियुक्त गर्नू । व्यवस्था नजान्‍नेहरूलाई पनि तिमीले सिकाउनुपर्छ ।

  • व्यव 7:11-12
    2 पदहरू
    73%

    11त्यसकारण मैले तिमीहरूलाई दिएका आज्ञा र विधिविधानहरू पालन गर र मान ।

    12तिमीहरूले यी विधिविधानहरू सुनेर पालन गर्‍यौ भने परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका पिता-पुर्खाहरूसित बाँध्‍नुभएको करार र विश्‍वसनियता उहाँले पुरा गर्नुहुने छ ।

  • 18तर परमप्रभुको इच्छा जान्‍न तिमीहरूलाई पठाउने यहूदाका राजालाई चाहिं तिमीहरूले यसो भन, 'तपाईंले सुन्‍नुभएको वचनको विषयमा इस्राएलका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छः

  • 1¶ मानिसहरूका बिचमा झैझगडा भयो र तिनीहरू अदालतमा गए भने न्यायकर्ताहरूले तिनीहरूको न्याय गरून् अनि धर्मीलाई छाडिदिएर दुष्‍टलाई दोषी ठहराऊन् ।

  • 11परमप्रभु तिमीहरूका परमेश्‍वरले उहाँको पवित्र वासस्थानको लागि उहाँले छान्‍नुहुने ठाउँमा सारा इस्राएली उहाँको सामु देखा पर्दा तिनीहरूले सुन्‍ने गरी सारा इस्राएलीको सामु तिमीहरूले यो व्यवस्थाका वचन पढ्नू ।

  • 14तिमीहरूलाई विधिविधानहरू सिकाउन त्यस बेला परमप्रभुले मलाई आज्ञा दिनुभयो ताकि पारि गएर तिमीहरूले अधिकार गर्न लागिरहेको देशमा ती पालन गर्न सक ।

  • 13तपाईं स्वर्गबाट सीनै पर्वतमा ओर्लनुभयो, र तिनीहरूसित बोल्नुभयो अनि तिनीहरूलाई धार्मिक नियमहरू, साँचो व्यवस्था र असल विधिविधानसाथै आज्ञाहरू दिनुभयो ।

  • 27इस्राएलका मानिसहरूले परमप्रभुलाई यसरी सोधे— किनकि परमेश्‍वरका करारको सन्दुक ती दिनहरूमा त्यहीं थियो,

  • 18तिमीहरूले परमप्रभुको दृष्‍टिमा जे ठिक र असल छ, त्यही गर्नू ताकि तिमीहरूको भलो होस् र परमप्रभुले तिमीहरूका पुर्खाहरूसित शपथ खानुभएको देशमा गएर यसको अधिकार गर्न सक,

  • 6इस्राएलको कुनै पनि सहरमा बसेको कुनै एउटा लेवीले आफ्नो सारा हृदयले इच्छा गरेर परमप्रभुले छान्‍नुहुने ठाउँमा आयो भने

  • 32आज मैले तिमीहरूका सामु राखिदिएका सबै विधिविधान पालन गर्नू ।

  • 2तिमीहरूका धर्म-गुरुहरू र न्यायकर्ताहरू गएर लाशदेखि नजिक भएका सहरहरू पत्ता लगाऊन् ।

  • 30ती पछिल्ला दिनमा तिमीहरू सङ्कष्‍टमा हुँदा र यी सबै कुरा तिमीहरूमा आइपर्दा तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरमा फर्की उहाँको आवाज सुन्‍ने छौ ।

  • 14तिमीहरूले गम्भीर रूपमा साक्षीको जाँच गर्नू; अनुसन्धान गर्नू अनि केरकार गर्नू । तिमीहरूका बिचमा यस्तो घृणित कुरो भएको रहेछ भनी तिमीहरूले पक्‍का गर्‍यौ भने तिमीहरूले कारवाही अगाडि बढाउनू ।

  • 10त्यसकारण, आज मैले तिमीहरूलाई दिएका आज्ञा र विधिहरूसाथै परमप्रभु तिमीहरूका परमेश्‍वरको कुरा पालन गर ।”

  • 14तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशमा आइपुगेर यसको अधिकार गरेपछि र यसमा बसोबास गर्न थालेपछि तिमीहरूले 'हाम्रा वरिपरि भएका सबै जातिले जस्तै हाम्रो शासन गर्न राजा चुन्‍ने छौँ' भन्यौ भने

  • 1¶ अब यर्दन पारि गई तिमीहरूले अधिकार गर्न लागेको देशमा तिमीहरूले पालन गरून् भनी परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई सिकाउन भनी मलाई दिनुभएका आदेश र विधिविधानहरू यिनै हुन् ।

  • 20भावी दिनमा तिम्रो छोराले, 'परमप्रभु हाम्रा परमेश्‍वरले तपाईंलाई दिनुभएका करारका आदेशहरू, विधिविधानहरू के-के हुन्?' भनी सोध्दा

  • 26तर तिनले के गर्नुपर्छ भनेर परमप्रभुलाई सोधपुछ गर्न तिमीहरूलाई पठाउने यहूदाका राजालाई यही कुरा भनिदेओ, ‘तपाईंले सुन्‍नुभएको वचनको विषयमा परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ:

  • 15झुटो न्याय नगर्नू । कोही गरिब भएको कारण र कोही महत्त्वपूर्ण भएको कारण तिमीहरूले कसैप्रति पक्षपात नगर्नू । बरु, आफ्नो छिमेकीको सही न्याय गर्नू ।

  • 31तर तँचाहिँ मेरो नजिक खडा हो, र म तँलाई सबै आज्ञा र विधिविधान दिने छु जुन तैँले तिनीहरूलाई सिकाउने छस् ताकि मैले तिनीहरूलाई अधिकारको लागि दिने देशमा तिनीहरूले यी पालन गरून् ।'

  • 21त्यो ऊरीमको निर्णयद्वारा आफ्नो निम्ति मेरो इच्छा खोज्न पुजारी एलाजारको सामु जाने छ । त्यो र इस्राएलका सबै मानिस अर्थात् सारा समुदाय त्यसको आज्ञामा नै बाहिर जाने छन् र भित्र आउने छन् ।”

  • 5हेर, परमप्रभु मेरा परमेश्‍वरले मलाई आज्ञा गर्नुभएझैँ मैले तिमीहरूलाई विधिविधानहरू सिकाएको छु, कि तिमीहरूले अधिकार गर्न लागिरहेको देशमा तिमीहरू प्रवेश गर्दा तिमीहरूले ती पालन गर्नुपर्छ ।