व्यवस्थाविवरण 4:30

अनलक शाब्दिक बाइबल

ती पछिल्ला दिनमा तिमीहरू सङ्कष्‍टमा हुँदा र यी सबै कुरा तिमीहरूमा आइपर्दा तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरमा फर्की उहाँको आवाज सुन्‍ने छौ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • व्यव 31:29 : 29 किनकि म जान्दछु, कि मेरो मृत्युपछि तिमीहरू पूर्ण रूपमा भ्रष्‍ट भई मैले तिमीहरूलाई दिएको मार्गबाट बरालिने छौ । आगामी दिनहरूमा तिमीहरूमाथि विपत्तिहरू आइपर्ने छन् । तिमीहरूका हातका कामहरूले तिमीहरूले परमप्रभुलाई चिढ्याई उहाँको दृष्‍टिमा दुष्‍ट कामहरू गर्ने भएकोले यसो हुने छ ।”
  • यिर्मि 23:20 : 20 परमप्रभुको क्रोध कार्यान्वयन हुने र उहाँको हृदयका मनसायहरू पुरा हुने नभएसम्म त्‍यो थामिने छैन । आखिरी दिनमा तिमीहरूले बुझ्नेछौ ।
  • हो 3:5 : 5 त्यसपछि इस्राएलका मानिसहरू फर्कनेछन् र परमप्रभु आफ्‍ना परमेश्‍वर र आफ्‍ना राजा दाऊदलाई खोज्‍नेछन्, र अन्तका दिनहरूमा, तिनीहरु परमप्रभु र उहाँको भलाइको सामु भयसाथ आउँछन् ।
  • इब्रा 1:2 : 2 तर यी अन्तिम दिनहरूमा उहाँ हामीहरूसँग पुत्रद्वारा बोल्‍नुभएको छ, जो सबै कुराका निम्ति उत्तराधिकारी नियुक्त गरिनुभएको छ । परमेश्‍वरले उहाँद्वारा नै सबै कुरा पनि बनाउनुभयो ।
  • यो 2:12-13 : 12 परमप्रभु भन्‍नुहुन्छ “अहिले पनि, आफ्‍ना सारा हृदयले मकाहाँ फर्क । उपवास बस, रोओ, र विलाप गर ।” 13 आफ्ना लुगामात्र होइन तर आफ्ना हृदय पनि धुजाधुजा पार, र परमप्रभु आफ्‍ना परमेश्‍वरकाहाँ फर्क । किनकि उहाँ अनुग्रही र कृपापूर्ण, रिसाउनमा ढिला र करारको विश्‍वसततामा प्रशस्‍त हुनुहुन्छ, र दण्डको पिडा दिनबाट उहाँ पर्कन चाहनुहुन्‍न ।
  • उत्प 49:1 : 1 ¶ तब याकूबले आफ्‍ना छोराहरूलाई बोलाएर भनेः “तिमीहरू यहाँ जम्‍मा होओ, ताकि भविष्यमा तिमीहरूमाथि के आइपर्नेछ सो म तिमीहरूलाई भनूँ ।
  • गिन 24:20 : 20 त्यसपछि बालामले अमालेकतिर हेरे र अगमवाणी गर्न थाले, “अमालेक एक पटक जातिहरूमध्ये सबैभन्दा ठुलो थियो, तर त्यसको अन्त विनाश हुने छ ।”
  • व्यव 30:10 : 10 तिमीहरूका सारा हृदय र सारा प्राणले परमप्रभु तिमीहरूका परमेश्‍वरमा फर्की व्यवस्थाको यस पुस्तकमा लेखिएका उहाँका आज्ञाहरू र निर्देशनहरू पालन गर्न परमप्रभु तिमीहरूका परमेश्‍वरको कुरा मान्यौ भने उहाँले यसो गर्नुहुने छ ।
  • व्यव 31:17 : 17 तब त्यस दिन मेरो क्रोध तिनीहरूको विरुद्धमा दन्कने छ र म तिनीहरूलाई त्यागिदिने छु । म तिनीहरूबाट मेरो मुहार लुकाउने छु, र तिनीहरू नष्‍ट हुने छन् । तिनीहरूले धेरै विपत्ति र सङ्कष्‍टहरू झेल्ने छन् अनि त्यस दिन तिनीहरूले भन्‍ने छन्, 'के हाम्रा परमेश्‍वर हाम्रा बिचमा नहुनुभएकोले यी विपत्तिहरू हामीमाथि आइपरेका होइनन् र?'
  • निर्ग 18:8 : 8 परमप्रभुले इस्राएलको खातिर फारो र मिश्रीहरूलाई गर्नुभएको सबै कुरा अनि बाटोमा तिनीहरूले झेलेका सबै कठिनाइको बाबजुत पनि परमप्रभुले कसरी तिनीहरूलाई छुटकारा दिनुभयो भन्‍ने विषयमा आफ्ना ससुरा यित्रोलाई बताए ।
  • १ राजा 8:46-53 : 46 पाप नगर्ने कोही नभएकोले तिनीहरूले तपाईंको विरुद्धमा पाप गरेका छन्, र तपाईं तिनीहरूसित रिसाउनुभई तिनीहरूलाई शत्रुको हातमा सुम्पिदिनुभएको छ र शत्रुहरूले तिनीहरूलाई तिनीहरूको देशबाट धेरै टाढाको देशमा निर्वासनमा लगेका छन्, 47 र तिनीहरू निर्वासित भएर अर्कै देशमा लगिएका रहेछन् भनी तिनीहरूले थाहा पाएपछि तिनीहरूले पश्चात्ताप गरेर तिनीहरूलाई निर्वासित गर्नेहरूको देशबाट तिनीहरूले तपाईंको निगाह खोजेका छन् र तिनीहरूले 'हामीले बाटो बिराई पाप गरेका छौँ, हामीले दुष्टतापूर्वक व्यवहार गरेका छौँ' 48 भनेर भनेमा र तिनीहरूलाई निर्वासित बनाएर लैजानेहरू अर्थात् तिनीहरूका शत्रुहरूको देशमा तिनीहरूका सारा ह्रदय र सारा प्राणले तिनीहरू तपाईंकहाँ फर्के भने र तिनीहरूले तपाईंले तिनीहरूका पुर्खाहरूलाई दिनुभएको तपाईंको देश र तपाईंले छान्नुभएको सहर र मैले तपाईंको नाउँमा बनाएको यस मन्दिरतर्फ हेरी तपाईंलाई प्रार्थना चढाए भने, 49 तब तपाईंको वासस्थान स्वर्गबाट मदतको लागि तिनीहरूले चढाएको प्रार्थना र अनुरोध सुन्नुहोस् । यसरी तिनीहरूसितको सम्बन्ध पुनर्स्थापित हुने छ । 50 तपाईंको विरुद्धमा पाप गरेका तपाईंको जातिलाई क्षमा दिनुहोस्, र तिनीहरूले तपाईंको विरुद्धमा गरेका सबै अधर्म क्षमा गरिदिनुहोस् अनि तिनीहरूका विजेताहरूका सामु तिनीहरूलाई दया देखाउनुहोस् र तिनीहरूका विजेताहरूलाई पनि तिनीहरूमाथि दया देखाउन लगाइदिनुहोस् । 51 तिनीहरू तपाईंले चुन्नुभएका तपाईंका जाति हुन् जसलाई तपाईंले फलाम गल्ने भट्टीको बिचबाट अर्थात् मिश्रबाट छुटकारा दिनुभयो । 52 तपाईंका दास र तपाईंको जाति इस्राएलले जुनसुकै बेला तपाईंलाई पुकारा गर्दा तिनीहरूको कुरा सुन्न तपाईंका आँखा खुला रहून् । 53 किनकि हे परमप्रभु, तपाईंले हाम्रा पुर्खाहरूलाई मिश्रबाट ल्याउनुहुँदा तपाईंका दास मोशालाई व्याख्या गर्नुभएझैँ तपाईंकै हुन र तपाईंका प्रतिज्ञाहरू प्राप्त गर्न तपाईंले नै तिनीहरूलाई पृथ्वीका सबै जातिबाट अलग गर्नुभयो ।”
  • २ इति 6:36-39 : 36 जब तिनीहरूले तपाईंको विरुद्धमा पाप गर्छन्‌— किनकि पाप नगर्ने एक जना पनि छैन— र तिनीहरूसँग तपाईं रिसाउनुहुन्‍छ र तिनीहरूलाई कुनै शत्रुको हातमा सुम्‍पिनुहुन्‍छ, ताकि शत्रुहरूले तिनीहरूलाई लान्‍छन् र तिनीहरूलाई आफ्‍नो देशमा, टाढा वा नजिक कैद गरेर लान्‍छन् । 37 तब तिनीहरू कैदमा परेको देशमा तिनीहरूले त्‍यो कुरा महसुस गर्छन् र तिनीहरूले पश्‍चात्ताप गर्छन् र आफ्‍नो कैदको देशमा तपाईंको कृपाको खोजी गर्छन् । तिनीहरूले यसो भन्‍छन्, ‘हामीले भ्रष्‍ट किसिमले काम गर्‍यौं र पाप गर्‍यौं । हामीले दुष्‍ट किसिमले व्‍यवहार गर्‍यौं ।’ 38 जब तिनीहरूलाई उनीहरूले कैद गरेर लगेको देशमा तिनीहरूले आफ्‍ना सारा हृदय र आफ्‍ना सारा प्राणले तपाईंतिर फर्किन्‍छन् र तिनीहरूका पुर्खाहरूलाई तपाईंले दिनुभएको देशतिर र तपाईंले चुन्‍नुभएको यो सहरतिर र तपाईंका नाउँको निम्‍ति मैले बनाएको यस मन्‍दिरतिर फर्केर तिनीहरूले तपाईंमा प्रार्थना गर्छन् । 39 तब तपाईं बस्‍नुहुने स्‍वर्गबाट तिनीहरूको प्रार्थना र तिनीहरूका बिन्‍ती सुन्‍नुहोस्, र तिनीहरूलाई मदत गरिदिनुहोस्‌ । तपाईंको विरुद्धमा पाप गरेका तपाईंका मानिसलाई क्षमा गरिदिनुहोस्‌ ।
  • यशा 1:19 : 19 तिमीहरू आज्ञाकारी र इच्‍छुक भयौ भने, तिमीहरूले देशका असल कुरा खानेछौ,
  • यिर्मि 7:23 : 23 मैले तिनीहरूलाई यो आज्ञा मात्र दिएँ, “मेरो आवाजलाई सुन, र म तिमीहरूका परमेश्‍वर हुनेछु, र तिमीहरू मेरा मानिसहरू हुनेछौ । त्यसैले तिमीहरूको भलो होस् भनेर मैले तिमीहरूलाई दिएका सबै आज्ञामा हिंड ।”
  • जक 6:15 : 15 टाढा-टाढा भएकाहरू आएर परमप्रभुको मन्दिर बनाउनेछन्, अनि सेनाहरूहरूका परमप्रभुले मलाई पठाउनुभएको हो भन्‍ने कुरा तिमीहरूलाई थाहा हुनेछ । किनकि तिमीहरूले साँचो रूपमा परमप्रभु आफ्ना परमेश्‍वरको आवाज सुन्यौ भने, यो हुनेछ ।’”
  • प्रेरि 3:19 : 19 त्यसकारण, पश्‍चाताप गर्नुहोस् र फर्कनुहोस् ताकि तपाईंहरूका पाप मेटिऊन्, र परमप्रभुको उपस्थितिबाट ताजा बनाउने समय आओस् ।
  • प्रेरि 26:20 : 20 तर पहिले दमस्कसमा भएकाहरूकहाँ, त्यसपछि यरूशलेममा र यहूदियाको देशभरि रहनेहरू, र गैरयहूदीहरूकहाँ पनि तिनीहरूले पश्‍चात्ताप गरेर परमेश्‍वरमा फर्कनुपर्छ र पश्‍चात्ताप योग्यका कार्यहरू गर्नुपर्छ भनेर प्रचार गरेँ ।
  • विलाप 3:40 : 40 हाम्रा मार्गको जाँच गरौँ, र तिनलाई जाँचेर परमप्रभुकहाँ फर्कौं ।
  • दानी 9:11-19 : 11 तपाईंको वचन पालन गर्नलाई इन्‍कार गरेर सबै इस्राएलले तपाईंको व्यवस्थाको विरुद्धमा अपराध गरेका छन्। परमेश्‍वरका सेवक मोशाका व्यवस्थामा लेखिएका सराप र प्रतिज्ञा हामीमाथि खनिएका छन्, किनकि हामीले उहाँको विरुद्ध पाप गरेका छौं। 12 परमप्रभुले हामीमाथि ठुलो विपत्ति ल्याउनुभएर उहाँले हामी र हाम्रा शासकहरूका विरुद्धमा बोल्नुभएका वचनहरू पुरा गर्नुभएको छ । किनभने यरूशलेमलाई जे गरिएको छ सारा स्वर्गमुनि त्यस्तो कहिल्यै गरिएको छैन । 13 मोशाको व्यवस्थामा लेखिएझैं सबै विपत्ति हामीमाथि आइपरेको छन्, तापनि आफ्ना पापबाट फर्केर र तपाईं परमप्रभु परमेश्‍वरका सत्यतामा ध्यान दिएर हामीले तपाईंबाट कृपा पाउन अझैसम्‍म बिन्ती गरेका छैनौं । 14 यसकारण परमप्रभुले विपत्तिलाई पठाउन तयार राख्‍नुभएको छ, र त्यो हामीमाथि ल्याउनुभएको छ, किनभने परमप्रभु हाम्रा परमेश्‍वर आफूले गर्नुहुने सबै काममा धर्मी हुनुहुन्छ, तापनि हामीले उहाँको वचन पालना गरेका छैनौं । 15 अब हे परमप्रभु हाम्रा परमेश्‍वर, शक्तिशाली हातले तपाईंले आफ्ना मानिसहरूलाई मिश्रदेशबाट बाहिर ल्याउनुभयो, र आजको दिनसम्म तपाईंले आफ्नो नामको ख्याति कायम राख्‍नुभएको छ । तापनि हामीले अझै पाप गर्‍यौं, र हामीले दुष्‍ट काम गरेका छौं । 16 हे परमप्रभु, तपाईंका सबै धार्मिक कामहरूका कारणले, तपाईंको सहर यरूशलेम, तपाईंको पवित्र पर्वतबाट तपाईंको रिस र क्रोध हटोस् । हाम्रा पापहरू र हाम्रा पुर्खाहरूका अपराधहरूका कारणले, यरूशलेम र हाम्रा वरिपरि भएका तपाईंका मानिस सबै घृणाका पात्र भएका छन् । 17 अब हे हाम्रा परमेश्‍वर, तपाईंको दासको प्रार्थना र कृपाको निम्ति गरिएको उसको निवेदन सुन्‍नुहोस् । हे परमप्रभु, तपाईंको खातिर, उजाड भएको तपाईंको पवित्र स्थानमा आफ्नो अनुहार चम्काउनुहोस् । 18 मेरा परमेश्‍वर, आफ्ना कान खोल्‍नुहोस् र सुन्‍नुहोस् । आफ्ना आँखा खोल्‍नुहोस् र हेर्नुहोस् । हामी तहस-नहस पारिएका छौं। तपाईंको नामद्वारा पुकारिने त्‍यो सहरलाई हेर्नुहोस् । हाम्रो धार्मिकताको कारणले होइन, तर तपाईंको महान् कृपाको कारणले तपाईंबाट सहायता पाउनलाई हामी बिन्ती गर्छौं । 19 हे परमप्रभु सुन्‍नुहोस्! हे परमप्रभु क्षमा गर्नुहोस्! हे परमप्रभु ध्यान दिनुहोस् र काम गर्नुहोस् । हे मेरा परमेश्‍वर, तपाईंको आफ्नै निम्‍ति ढिला नगर्नुहोस्, किनभने तपाईंको सहर र तपाईंका मानिस तपाईंकै नाउँले बोलाइन्‍छन् ।”
  • दानी 10:14 : 14 तिम्रा मानिसहरूलाई अन्तका दिनमा के हुनेछ भनेर बुझ्न तिमीलाई मदत गर्न म आएको हुँ । किनकि यो दर्शनचाहिं अझै आउन बाँकी दिनको निम्ति हो ।”
  • इब्रा 5:9 : 9 उहाँ सिद्ध बनाइनुभएपछि उहाँमा आज्ञाकारी हुने हरेकका निम्ति उहाँ अनन्त मुक्‍तिको कारण बन्‍नुभयो ।
  • हो 14:2-3 : 2 आफ्नो साथमा वचन लेओ र परमप्रभुकहाँ फर्क । उहाँलाई भन, “हाम्रा सबै अपराध क्षमा गर्नुहोस् र जे असल छ त्यो ग्रहण गर्नुहोस्, ताकि तपाईंलाई हामी आफ्‍ना ओठको फल चढाउन सकौं । 3 अश्‍शूरले हामीलाई बचाउनेछैन । हामी युद्ध गर्नलाई घोडाहरूमा सवार हुनेछैनौं । न त आफ्‍ना हातले बनाएका कुरालाई हामी यसो भन्‍नेछौं, ‘तपाईं हाम्रा देवता हुनुहुन्‍छ,’ किनकि तपाईंमा नै टुहुरोले दया पाउँछ ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 29तर त्यहीँबाट नै तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको खोजी गर्ने छौ र तिमीहरूका सारा ह्रदय र सारा प्राणले उहाँको खोजी गर्दा तिमीहरूले उहाँलाई भेट्टाउने छौ ।

  • व्यव 30:1-4
    4 पदहरू
    82%

    1¶ जब मैले तिमीहरूका सामु राखिदिएका यी सबै आशिष् र श्राप तिमीहरूमाथि आइपर्ने छन्, र परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई अन्य जातिहरूका बिचमा धपाउनुभएपछि जब तिमीहरूले यी सम्झने छौ,

    2र तिमीहरूका सारा हृदय र प्राणले आज मैले तिमीहरू र तिमीहरूका सन्तानलाई आज्ञा गरेका यी सबै वचनलाई पालन गरेर तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरकहाँ फर्कंदा परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूको निर्वासनलाई उल्ट्याइदिनुहुने छ र तिमीहरूलाई टिठ्याउनुहुने छ ।

    3परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई तितर-बितर पार्नुभएका सबै जातिबाट तिमीहरूलाई फर्काएर ल्याई तिमीहरूलाई एकत्रित गर्नुहुने छ ।

    4तिमीहरूको कुनै पनि मानिस निर्वासित भएर आकाशमुनिको सबैभन्दा टाढा लगिए तापनि परमेश्‍वरले तिमीहरूलाई जम्मा गरी ल्याउनुहुने छ ।

  • व्यव 30:8-10
    3 पदहरू
    80%

    8तिमीहरू फर्केर परमप्रभुको आवाज सुन्‍ने छौ, र आज मैले तिमीहरूलाई दिएका उहाँका सबै आज्ञा पालन गर्ने छौ ।

    9परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूको देशका सबै काम, तिमीहरूका सन्तान, तिमीहरूका बाछा-बाछी, तिमीहरूको भूमिको फलमा प्रचुर मात्रामा उन्‍नति गराइदिनुहुने छ । किनकि परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरूमा आनन्द मनाउनुभएझैँ तिमीहरूको उन्‍नतिमा पनि आनन्द मनाउनहुने छ ।

    10तिमीहरूका सारा हृदय र सारा प्राणले परमप्रभु तिमीहरूका परमेश्‍वरमा फर्की व्यवस्थाको यस पुस्तकमा लेखिएका उहाँका आज्ञाहरू र निर्देशनहरू पालन गर्न परमप्रभु तिमीहरूका परमेश्‍वरको कुरा मान्यौ भने उहाँले यसो गर्नुहुने छ ।

  • 9किनकि तिमीहरू परमप्रभुतिर फर्क्‍यौ भने, तिमीहरूका दाजुभाइ र तिमीहरूका छोराछोरीलाई कैद गरेर लैजानेहरूबाट तिनीहरूले दया पाउने छन्, र तिनीहरू यस देशमा फर्केर आउन पाउने छन्‌ । किनभने परमप्रभु तिमीहरूका परमेश्‍वर दयालु र करुणामय हुनुहुन्‍छ, र तिमीहरू उहाँतर्फ फर्क्‍यौ भने, उहाँ तिमीहरूबाट फर्कनुहुने छैन ।”

  • 4तर जब आफ्‍नो कष्‍टमा तिनीहरू परमप्रभु इस्राएलका परमेश्‍वरतिर फर्के र उहाँलाई खोजे, तब तिनीहरूले उहाँलाई पाउन सके ।

  • 76%

    12तब तिमीहरूले मलाई पुकार्नेछौ, र जानेछौ र मलाई प्रार्थना चढाउनेछौ, र म तिमीहरूको प्रार्थना सुन्‍नेछु ।

    13किनकि तिमीहरूले मलाई खोज्‍नेछौ र भेट्टाउनेछौ, किनभने तिमीहरूले मलाई आफ्‍ना सारा हृदयले खोज्नेछौ ।

    14तब तिमीहरूले मलाई भेट्टाइनेछौ, यो परमप्रभुको घोषणा हो, र म तिमीहरूका सुदिन फर्काउनेछु । मैले तिमीहरूलाई छरपष्‍ट पारेका सबै जाति र ठाउँहरूबाट म तिमीहरूलाई जम्मा गर्नेछु, यो परमप्रभुको घोषणा हो, मैले तिमीहरूलाई जुन ठाउँबाट निर्वासित गरें, त्यहाँबाट म तिमीहरूलाई फर्काएर ल्याउनेछु ।'

  • 31किनकि परमप्रभु तिमीहरूका परमेश्‍वर कृपालु हुनुहुन्छ । उहाँले तिमीहरूलाई त्याग्‍नुहुने छैन न त नष्‍ट गर्नुहुने छ न तिमीहरूका पिता-पुर्खाहरूसित बाँध्‍नुभएको करारलाई भुल्नुहुने छ ।

  • 18आज मैले तिमीहरूलाई दिएका उहाँका सबै आज्ञा पालन गर्न र परमप्रभुको दृष्‍टिमा जे ठिक छ त्यही गर्न तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको आवाज सुनेकाले उहाँले यसो गर्नुहुने छ ।

  • 17तर तिमीहरूका हृदय बरालिएर अटेरी भयौ र अरू देवताहरूप्रति आकर्षित भएर तिनीहरूको सामु निहुरी तिनीहरूको पुजा गर्‍यौ भने

  • व्यव 28:1-2
    2 पदहरू
    74%

    1¶ आज मैले तिमीहरूलाई दिएका परमप्रभु तिमीहरूका परमेश्‍वरका सबै आज्ञा पालन गर्न उहाँको कुरा होसियारीपूर्वक सुन्यौ भने परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई पृथ्वीका सबै जातिभन्दा उच्‍च बनाउनुहुने छ ।

    2तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको कुरा सुन्यौ भने यी सबै आशिष् तिमीहरूमा आउने छन् ।

  • 15तर आज मैले तिमीहरूलाई दिएका सबै आज्ञासाथै विधिहरू पालन गर्न तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको कुरा सुनेनौ भने यी सबै श्राप तिमीहरूमाथि आइपर्ने छन् ।

  • 5तर यसको लागि तिमीहरूले आज मैले तिमीहरूलाई दिएका यी सबै आज्ञा पालन गर्न परमप्रभु तिमीहरूका परमेश्‍वरको आवाज होसियारीसाथ सुन्‍नुपर्छ ।

  • 13तिमीहरूका सारा ह्रदय र सारा प्राणले परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्न र उहाँको सेवा गर्न आज मैले तिमीहरूलाई दिएका आज्ञाहरू तिमीहरूले दत्तचित्तसाथ पालन गर्‍यौ भने

  • 1¶ यो परमप्रभुको घोषणा हो, “ए इस्राएल, तँ फर्किस् भने तँ मतिरै फर्किनुपर्छ । तैंले मेरो सामुबाट घिनलाग्दा वस्तुहरू हटाइस् र फेरि मबाट तर्केर गइनस् भने,

  • 6जबसम्‍म परमप्रभुलाई भेट्टाउन सक्‍छौ, तबसम्‍म उहाँलाई खोज । उहाँ नजिक हुनुहुँदा नै उहाँको खोजी गर ।

  • 28मैले तिमीहरूलाई आज्ञा गरेका यी सबै वचनलाई ध्यान दिएर पालन गर ताकि परमप्रभु तिमीहरूका परमेश्‍वरको दृष्‍टिमा तिमीहरूले जे ठिक र असल छ त्यही गर्दा तिमीहरू र तिमीहरूका छोराछोरीहरूको सदैव भलो होस् ।

  • 2तिमीहरूलाई विनम्र पार्न र तिमीहरूले उहाँका आज्ञाहरू मान्छौ कि मान्दैनौ भनेर तिमीहरूका ह्रदयमा भएको कुरा जाँच गर्न परमप्रभु तिमीहरूका परमेश्‍वरले यी चालिस वर्षसम्म तिनीहरूलाई उजाड-स्थानमा डोर्‍याउनुभएका उहाँका सबै मार्गलाई सम्झनू ।

  • 21हे परमप्रभु, हामीलाई पुनर्स्थापना गर्नुहोस्, र हामी पुनर्स्थापित हुने छौँ ।

  • 12परमप्रभु भन्‍नुहुन्छ “अहिले पनि, आफ्‍ना सारा हृदयले मकाहाँ फर्क । उपवास बस, रोओ, र विलाप गर ।”

  • 4तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरको पछि लाग्‍नू; उहाँको आदर गर्नू; उहाँका आज्ञाहरू पालन गर्नू र उहाँको कुरा सुन्‍नू र उहाँको आराधना गर्नू अनि उहाँमा टाँसिनू ।

  • 20परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्न, उहाँको कुरा पालन गर्न र उहाँमा टाँसिनका लागि यसलाई मान्‍नू । किनकि उहाँ नै तिमीहरूको जीवन र तिमीहरूको दीर्घायु हुनुहुन्छ । परमप्रभुले तिमीहरूलाई दिन्छु भनी तिमीहरूका पिता-पुर्खाहरू अब्राहाम, इसहाक, याकूबसित प्रतिज्ञा गर्नुभएको यो देशमा तिमीहरू बाँच्न सक भन्‍नलाई यो आज्ञा मान्‍नू ।

  • 10त्यसकारण, आज मैले तिमीहरूलाई दिएका आज्ञा र विधिहरूसाथै परमप्रभु तिमीहरूका परमेश्‍वरको कुरा पालन गर ।”

  • 45यी सबै श्राप तिमीहरूमाथि आइपर्ने छन् र तिमीहरू नष्‍ट नभएसम्म तिनले तिमीहरूको पिछा गर्ने छन् । उहाँले तिमीहरूलाई उहाँका आज्ञा र निर्देशनहरू पालन गर्न तिमीहरूले उहाँको कुरा नसुनेकाले यो हुने छ ।

  • 27परमप्रभुले तिमीहरूलाई जाति-जातिहरूका बिचमा तितर-बितर पारिदिनुहुने छ, र उहाँले तिमीहरूलाई धपाउनुभएका जातिहरूका बिचमा तिमीहरूको सङ्ख्या थोरै हुने छ ।

  • 19तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरलाई बिर्सी अन्य देवी-देवताहरूको पछि लागेर तिनीहरूको पुजा गर्‍यौ र तिनीहरूको आराधना गर्‍यौ भने तिमीहरू निश्‍चय नै मर्ने छौ भनी म आज तिमीहरूको विरुद्धमा गवाही दिन्छु ।

  • 5बुबाले आफ्नो छोरोलाई अनुशासनमा राखेझैँ परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई अनुशासनमा राख्‍नुहुन्छ भनी तिमीहरूले आफ्नो ह्रदयमा ख्याल राख्‍नू ।

  • व्यव 11:27-28
    2 पदहरू
    71%

    27परमप्रभु तिमीहरूका परमेश्‍वरका आज्ञाहरू पालन गर्‍यौ भने तिमीहरूले आशिष् पाउने छौ,

    28र परमप्रभु तिमीहरूका परमेश्‍वरका आज्ञाहरू पालन नगरी आज मैले दिएको आज्ञाबाट तिमीहरू तर्केर तिमीहरूले नचिनेका अन्य देवताहरूको पछि लाग्यौ भने तिमीहरूले सराप पाउने छौ ।

  • 9तर तिमीहरू मकहाँ फर्केर मेरा आज्ञाहरूलाई पछ्याई पालन गर्‍यौ भने तिमीहरूका मानिसहरू आकाशका कुना-कुनासम्म तितर-बितर भए तापनि म तिनीहरूलाई त्यहाँबाट जम्मा गर्ने छु, र मेरो नाउँ राख्‍न मैले चुनेको ठाउँमा तिनीहरूलाई फर्काएर ल्याउने छु ।'

  • 15कष्‍टको समय मलाई पुकारा गर । म तिमीहरूलाई बचाउनेछु र तिमीहरूले मेरो महिमा गर्नेछौ ।”

  • 5त्यसपछि इस्राएलका मानिसहरू फर्कनेछन् र परमप्रभु आफ्‍ना परमेश्‍वर र आफ्‍ना राजा दाऊदलाई खोज्‍नेछन्, र अन्तका दिनहरूमा, तिनीहरु परमप्रभु र उहाँको भलाइको सामु भयसाथ आउँछन् ।

  • 1¶ ए इस्राएल, परमप्रभु आफ्‍ना परमेश्‍वरकहाँ फर्क, किनकि आफ्ना अपराधको कारणले तिमीहरू पतित भएका छौ ।

  • 19त्यसकारण परमप्रभुले यसो भन्‍नुभयो, “ए यर्मिया, तैंले पश्‍चात्ताप गरिस् भने म तँलाई पुनर्स्थापित गर्नेछु, र तँ मेरो सामु खडा हुनेछस् र मेरो सेवा गर्नेछस् । किनकि तैंले मूर्ख थोकहरूलाई मुल्यवान् थोकहरूबाट अलग गरिस् भने तँ मेरो मुखजस्तै हुनेछस् । मानिसहरू तँकहाँ फर्केर आउने छन्, तर तँ आफै भने तिनीहरूकहाँ जानुहुँदैन ।

  • 47र तिनीहरू निर्वासित भएर अर्कै देशमा लगिएका रहेछन् भनी तिनीहरूले थाहा पाएपछि तिनीहरूले पश्चात्ताप गरेर तिनीहरूलाई निर्वासित गर्नेहरूको देशबाट तिनीहरूले तपाईंको निगाह खोजेका छन् र तिनीहरूले 'हामीले बाटो बिराई पाप गरेका छौँ, हामीले दुष्टतापूर्वक व्यवहार गरेका छौँ'

  • 10तब तैंले यी सबै वचन यी मानिसलाई भन्‍नेछस्, र तिनीहरूले तँलाई भन्‍नेछन्, 'परमप्रभुले किन हाम्रो विरुद्धमा यो सबै ठुला विपत्तिको आदेश दिनुभएको छ? परमप्रभु हाम्रा परमेश्‍वरको विरुद्धमा हामीले गरेका अपराध र पाप के हो?'

  • 37तब तिनीहरू कैदमा परेको देशमा तिनीहरूले त्‍यो कुरा महसुस गर्छन् र तिनीहरूले पश्‍चात्ताप गर्छन् र आफ्‍नो कैदको देशमा तपाईंको कृपाको खोजी गर्छन् । तिनीहरूले यसो भन्‍छन्, ‘हामीले भ्रष्‍ट किसिमले काम गर्‍यौं र पाप गर्‍यौं । हामीले दुष्‍ट किसिमले व्‍यवहार गर्‍यौं ।’

  • 40आज मैले तिमीहरूलाई दिएका विधिविधानहरू तिमीहरूले पालन गर ताकि तिमीहरू र तिमीहरू पछि आउने तिमीहरूका छोराछोरीहरूको भलो होस् अनि परमप्रभु तिमीहरूका परमेश्‍वरले सदाको निम्ति तिमीहरूलाई दिनुभएको देशमा तिमीहरूको आयु लामो होस् ।”

  • 9तिमीहरू लेवीका सन्तानहरू अर्थात् त्यस बेला न्यायको लागि सेवा गर्ने पुजारीहरूकहाँ जानू । तिनीहरूका सल्लाह लिनू र तिनीहरूले निर्णय सुनाउने छन् ।

  • 25तिमीहरूले छोराछोरीहरू र नातिनातिनाहरू जन्माइसकेपछि तिमीहरू लामो समयसम्म त्यस देशमा बस्दा तिमीहरूले आफूलाई भ्रष्‍ट पारी खोपेर कुनै पनि कुराको प्रतिमूर्ति बनाएर परमप्रभु तिमीहरूका परमेश्‍वरको दृष्‍टिमा दुष्‍ट काम गरी उहाँलाई चिढ्यायौ भने म आज स्वर्ग र पृथ्वीलाई तिमीहरूका विरुद्धमा साक्षी राख्दछु,

  • 4यो परमप्रभुको घोषणा हो, ती दिनमा र त्‍यो समयमा इस्राएल र यहूदाका मानिसहरू रुँदैरुँदै जान र परमप्रभु आफ्‍ना परमेश्‍वरको खोजी गर्न सँगसँगै आउनेछन् ।

  • 6यसैले आफ्नो परमेश्‍वरकहाँ फर्क । करारको विश्‍वस्‍तता र न्याय कायम राख र आफ्नो परमेश्‍वरमा निरन्तर पर्ख ।

  • 64परमप्रभुले तिमीहरूलाई पृथ्वीको एउटा कुनाबाट अर्को कुनासम्म सबै जातिका बिचमा तितर-बितर पारिदिनुहुने छ । त्यहाँ तिमीहरू र तिमीहरूका पिता-पुर्खाहरूले नचिनेका काठ र ढुङ्गाले बनेका देवताहरूको पुजा गर्ने छौ ।