गिन्ती 1:44

अनलक शाब्दिक बाइबल

मोशा र हारूनले यी पुरुषहरूलाई इस्राएलका बाह्र कुललाई नेतृत्व गर्ने बाह्र पुरुषसँगै गन्ती गरे ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • गिन 26:64 : 64 तर यिनीहरूमा मोशा र पुजारी हारूनले सीनैको मरुभूमिमा गन्ती गरेका इस्राएलका सन्तानहरू कुनै पनि थिएनन् ।
  • गिन 1:2-9 : 2 “इस्राएलको हरेक कुलको सबै पुरुषहरूको तिनीहरूका पुर्खाहरूका परिवार-परिवारअनुसार जनगणना गर् । तिनीहरूका नाउँअनुसार गन् । हरेक पुरुषको गणना गर्, 3 जो बिस वर्ष वा त्यसभन्दा माथिका छन् । इस्राएलको निम्ति सिपाहीको रूपमा लड्न सक्‍ने सबैलाई गन् । तैँले र हारूनले तिनीहरूका सशस्‍त्र समूह-समूहअनुसार पुरुषहरूको सङ्ख्याको अभिलेख राख्‍नुपर्छ । 4 हरेक कुलको एक जना पुरुषले अर्थात् वंशको मुखियाले आफ्नो वंशको अगुवाको रूपमा तिमीहरूसँग सेवा गर्नुपर्छ । 5 हरेक अगुवाले तिनको वंशको निम्ति लड्ने पुरुषहरूको नेतृत्व गर्नुपर्छ । तिमीहरूसँगै रहेर लड्ने अगुवाहरूका नाउँहरू यिनै हुन्ः रूबेनको कुलबाट शदेऊरको छोरो एलीसूर; शिमियोनको 6 कुलबाट सुरीशद्दैको छोरो शलूमीएल । 7 यहूदाको कुलबाट अम्मीनादाबको छोरो नहशोन; 8 इस्साखारको कुलबाट सूआरको छोरो नतनेल; 9 जबूलूनको कुलबाट हेलोनको छोरो एलीआब; 10 योसेफको छोरो एफ्राइमको कुलबाट अम्मीहूदको छोरो एलीशामा; मनश्शेको कुलबाट पदासूरको छोरो गमलिएल; 11 बेन्यामीनको कुलबाट गिदेओनीको छोरो अबीदान; 12 दानको कुलबाट अम्मीसद्दैको छोरो अहिएजेर; 13 आशेरको कुलबाट ओक्रानको छोरो पगीएल; 14 गातको कुलबाट दूएलको छोरो एल्यासाप; 15 नप्‍तालीको कुलबाट एनानको छोरो अहीरा ।” 16 मानिसहरूबाट चुनिएका पुरुषहरूका नाउँहरू यिनै थिए । तिनीहरूले आ-आफ्ना पुर्खाहरूका कुलको नेतृत्व गरे । तिनीहरू इस्राएलका कुलहरूका अगुवाहरू थिए ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • गिन 4:44-46
    3 पदहरू
    81%

    44आ-आफ्ना कुल र तिनीहरूका पुर्खाका परिवारअनुसार गन्ती गरिएका पुरुषहरूको सङ्ख्या ३,२०० थियो ।

    45मोशा र हारूनले मरारीका सन्तानहरूका सबै पुरुषको गन्ती गरे । यसो गर्दा तिनीहरूले परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएको कुरा पालन गरे ।

    46यसैले मोशा, हारून र इस्राएलका अगुवाले सबै लेवीहरूलाई आ-आफ्ना कुल र तिनीहरूका पुर्खाका

  • गिन 1:16-19
    4 पदहरू
    80%

    16मानिसहरूबाट चुनिएका पुरुषहरूका नाउँहरू यिनै थिए । तिनीहरूले आ-आफ्ना पुर्खाहरूका कुलको नेतृत्व गरे । तिनीहरू इस्राएलका कुलहरूका अगुवाहरू थिए ।

    17नाउँअनुसार अभिलेख राखिएका यी पुरुषहरूलाई मोशा र हारूनले लिए, र

    18यी मानिसहरूसँगै एस्राएलका सबै मानिस दोस्रो महिनाको पहिलो दिनमा भेला भए ।

    19त्यसपछि बिस वर्ष र त्यसभन्दा माथिका सबै पुरुषले आ-आफ्ना पुर्ख्यौली पहिचान गरे । तिनीहरूले आफू जन्मिएको कुल र परिवारहरूको नाउँ उल्लेख गर्नुपर्थ्यो । त्यसपछि मोशाले सीनैको मरुभूमिमा परमप्रभुले आज्ञा गर्नुभएअनुसार तिनीहरूका सङ्ख्याहरूको अभिलेख राखे ।

  • गिन 1:45-47
    3 पदहरू
    80%

    45यसैले लडाइँमा जान सक्‍ने बिस वर्ष र त्यसभन्दा माथिका इस्राएलका सबै पुरुषहरूको हरेकको आ-आफ्ना परिवार-परिवारअनुसार गन्ती गरियो ।

    46तिनीहरू ६,०३,५५० पुरुष थिए ।

    47तर लेवीका सन्तानहरूको गन्ती

  • 14र इस्राएलको हरेक कुलबाट एक-एक जना गरी दस जना अगुवालाई तिनीसँगै पठाए र तिनीहरू सबै इस्राएलको कुलका परिवारको प्रमुख थिए ।

  • 34मोशा, हारून र समुदायका अगुवाहरूले कहातीहरूका सन्तानहरूको पुर्खाका आ-आफ्ना परिवारअनुसार गन्ती गरे ।

  • गिन 1:2-4
    3 पदहरू
    76%

    2“इस्राएलको हरेक कुलको सबै पुरुषहरूको तिनीहरूका पुर्खाहरूका परिवार-परिवारअनुसार जनगणना गर् । तिनीहरूका नाउँअनुसार गन् । हरेक पुरुषको गणना गर्,

    3जो बिस वर्ष वा त्यसभन्दा माथिका छन् । इस्राएलको निम्ति सिपाहीको रूपमा लड्न सक्‍ने सबैलाई गन् । तैँले र हारूनले तिनीहरूका सशस्‍त्र समूह-समूहअनुसार पुरुषहरूको सङ्ख्याको अभिलेख राख्‍नुपर्छ ।

    4हरेक कुलको एक जना पुरुषले अर्थात् वंशको मुखियाले आफ्नो वंशको अगुवाको रूपमा तिमीहरूसँग सेवा गर्नुपर्छ ।

  • गिन 4:40-42
    3 पदहरू
    75%

    40आ-आफ्ना कुल र तिनीहरूका पुर्खाका परिवारअनुसार गन्ती गरेका पुरुषहरूको सङ्ख्या २,६३९ थियो ।

    41मोशा र हारूनले गेर्शोनका सन्तानहरूको गन्ती गरे, जसले भेट हुने पालमा सेवा गर्थे । यसो गर्दा तिनीहरूले परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएको कुरा पालन गरे ।

    42मरारीका सन्तानहरूलाई आ-आफ्ना कुल र तिनीहरूका पुर्खाका परिवारअनुसार,

  • 2त्यस दिन इस्राएलका अगुवाहरू, तिनीहरूका आ-आफ्ना पुर्खाहरूका परिवारका मुखियाहरूले बलिदानहरू चढाए । यी मानिसहरू कुलका प्रमुखहरू थिए । तिनीहरूले पुरुषहरूको जनगणनाको देखरेख गरेका थिए ।

  • 5त्यसैले इस्राएलका हजारौँ पुरुषमा हरेक कुलबाट एक हजार जना अर्थात् युद्धको निम्ति बाह्र हजार सशस्‍त्र मानिस दिइयो ।

  • गिन 26:63-64
    2 पदहरू
    75%

    63मोशा र पुजारी एलाजारले गन्ती गरेकाहरू यिनीहरू नै थिए । तिनीहरूले इस्राएलका मानिसहरूलाई यरीहोपारि यर्दन नजिकै मोआबको मैदानमा गन्ती गरे ।

    64तर यिनीहरूमा मोशा र पुजारी हारूनले सीनैको मरुभूमिमा गन्ती गरेका इस्राएलका सन्तानहरू कुनै पनि थिएनन् ।

  • 12अब इस्राएलका हरेक कुलबाट एक-एक जना गरी बाह्र जना मानिस छान ।

  • गिन 4:36-38
    3 पदहरू
    74%

    36तिनीहरूले तिनीहरूका कुलअनुसार २,७५० जना पुरुषको गन्ती गरे ।

    37मोशा र हारूनले भेट हुने पालमा सेवा गर्ने कहातीहरूका कुल-कुल र परिवार-परिवारअनुसार सबै पुरुषको गन्ती गरे । यसो गर्दा तिनीहरूले परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएको कुरा पालन गरे ।

    38गेर्शोनका सन्तानहरूलाई आ-आफ्ना कुल र पुर्खाका परिवारअनुसार, भेट हुने पालको सेवा गर्न दलमा सहभागी हुन सक्‍ने

  • गिन 2:32-33
    2 पदहरू
    74%

    32आ-आफ्नो परिवार-परिवारअनुसार गन्ती गरिएका इस्राएलीहरू यिनै हुन् । आ-आफ्नो दलअनुसार तिनीहरूको छाउनीमा गणना गरिएकाहरू ६,०३,५५० छन् ।,

    33तर मोशा र हारूनले लेवीहरूलाई इस्राएलका मानिसहरूमा गन्ती गरेनन् ।

  • गिन 1:41-43
    3 पदहरू
    74%

    41आशेरको कुलबाट तिनीहरू ४१,५०० पुरुष थिए ।

    42नप्‍तालीका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्‍ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए ।

    43नप्‍तालीको कुलबाट तिनीहरू ५३,४०० पुरुष थिए ।

  • गिन 4:48-49
    2 पदहरू
    73%

    48तिनीहरूले ८,५८० पुरुषको गन्ती गरे ।

    49परमप्रभुको आज्ञामा मोशाले सबै पुरुषलाई त्यसलाई खटाइएको कामको किसिमअनुसार गन्ती गरे । तिनले हरेक पुरुषलाई तिनले वहन गर्ने दायित्वको किसिमअनुसार गन्ती गरे । यसो गर्दा तिनीहरूले परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएको कुरा पालन गरे ।

  • गिन 1:31-33
    3 पदहरू
    73%

    31जबूलूनको कुलबाट तिनीहरू ५७,४०० पुरुष थिए ।

    32योसेफका छोरा एफ्राइमका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्‍ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए ।

    33एफ्राइमको कुलबाट तिनीहरू ४०,५०० पुरुष थिए ।

  • 29इस्साखारको कुलबाट ५४,४०० पुरुष थिए ।

  • 27यहूदाको कुलबाट तिनीहरू ७४,६०० पुरुष थिए ।

  • 35मनश्शेको कुलबाट तिनीहरू ३२,२०० पुरुष थिए ।

  • 2“इस्राएलका मानिसहरूलाई भन् र तिनीहरूबाट हरेक कुलको निम्ति एउटा-एउटा गरी बाह्रवटा लहुरो ले । हरेक मानिसको लहुरोमा आ-आफ्नो नाउँ लेख् ।

  • गिन 3:42-43
    2 पदहरू
    73%

    42परमप्रभुले आज्ञा गर्नुभएअनुसार मोशाले इस्राएलका सबै जेठा-जेठाको गन्ती गरे ।

    43तिनले एक महिना र त्यसभन्दा माथिका सबै जेठा छोराहरूको गन्ती गरे ।

  • 28तिनको दलमा भएकाहरूको सङ्ख्या ४१,५०० छ । त्यपछि नप्‍तालीको कुल हुनेछ । नप्‍तालीको अगुवा एनानका छोरा अहीरा होस् ।

  • 6तिनको दलमा भएकाहरूको सङ्ख्या ५४,४०० पुरुष छन् ।

  • 4त्यसपछि यहोशूले बाह्र जना मानिसलाई बोलाए जसलाई तिनले इस्राएलका कुलहरूबाट अर्थात् हरेक कुलबाट एक-एक जना चुनेका थिए ।

  • 39परमप्रभुले आज्ञा गर्नुभएझैँ मोशा र हारूनले लेवीका कुल एक महिना र त्यसभन्दा माथिका सबै पुरुषको गन्ती गरे । तिनीहरूले बाइस हजार पुरुषहरू गन्ती गरे ।

  • 21रूबनेको कुलबाट तिनीहरू ४६,५०० पुरुष थिए ।

  • 15तब आहाबले जिल्ला-जिल्लाका जल्लापालहरूको सेवा गर्ने जवान अधिकृतहरूलाई भेला गराए । तिनीहरू दुई सय बत्तिस जना थिए । त्यसपछि तिनले इस्राएलका सबै सिपाहीलाई जम्मा गरे । तिनीहरू सात हजार थिए ।

  • 1¶ यो इस्राएली परिवारका अगुवाहरू, हजार र सयका कामण्‍डरहरू, अनि विभिन्‍न किसिमले राजाको सेवा गर्ने सेनाका अधिकारीहरू सूची हो । हरेक सेनाको दलले एक महिनापछि अर्को महिनामा गर्दै वर्षभरि सेवा गर्थे । हरेक दलमा चौबिस हजार जना मानिसहरू थिए ।