गिन्ती 1:49

अनलक शाब्दिक बाइबल

“तैँले लेवीको कुललाई नगन्‍नू वा इस्राएलका कुल मानिसहरूमा नगाभ्नू ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • गिन 26:62 : 62 तिनीहरू माझ एक महिना र त्यसभन्दा माथिका गन्ती गरिएका पुरुषहरूको सङ्ख्या तेइस हजार थियो । तर तिनीहरूलाई इस्राएलका सन्तानहरूमाझ गन्ती गरिएन, किनभने तिनीहरूलाई इस्राएलका मानिसहरूमाझ कुनै अंश दिइएको थिएन ।
  • गिन 2:33 : 33 तर मोशा र हारूनले लेवीहरूलाई इस्राएलका मानिसहरूमा गन्ती गरेनन् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • गिन 1:46-48
    3 पदहरू
    85%

    46तिनीहरू ६,०३,५५० पुरुष थिए ।

    47तर लेवीका सन्तानहरूको गन्ती

    48गरिएन, किनभने परमप्रभुले मोशालाई भन्‍नुभयो,

  • 33तर मोशा र हारूनले लेवीहरूलाई इस्राएलका मानिसहरूमा गन्ती गरेनन् ।

  • 50बरु, लेवीहरूलाई पवित्र वासस्थानको करारका विधिहरूको हेरचाह गर्न र पवित्र वासस्थानका सबै सरसामान र यसमा भएका सबै कुराको हेरचाह गर्न नियुक्‍त गर्नू ।

  • 18“कहाती वंशलाई लेवीहरूबाट बहिस्कृत हुन नदेओ ।

  • गिन 3:15-16
    2 पदहरू
    76%

    15“लेवीका हरेक कुल र परिवार-परिवारअनुसार गन्ती गर् । एक महिना र त्यसभन्दा माथिका सबै पुरुषको गन्ती गर् ।

    16मोशाले परमप्रभुको वचनअनुसार उहाँले आज्ञा गर्नुभएबमोजिम तिनीहरूको गन्ती गरे ।

  • 46यसैले मोशा, हारून र इस्राएलका अगुवाले सबै लेवीहरूलाई आ-आफ्ना कुल र तिनीहरूका पुर्खाका

  • 14मोशालाई लेवीका कुललाई मात्र उत्तराधिकार दिएनन् । परमप्रभु इस्राएलका परमेश्‍‌वरका बलिदानहरू, आगोद्वारा चढाइएका बलिदानहरू परमेश्‍‌वरले मोशालाई भन्‍नुभएझैँ तिनीहरूका उत्तराधिकार हुन् ।

  • 9त्यसकारण, आफ्ना दाजुभाइहरूसँगै लेवीसित जमिनको कुनै हिस्सा वा सम्पत्ति हुँदैन । परमप्रभु तिमीहरूका परमेश्‍वरले तिनलाई भन्‍नुभएझैँ परमप्रभु नै तिनको सम्पत्ति हुनुहुन्छ)

  • 53तथापि, लेवीहरूले तिनीहरूका पाल करारका विधिका पवित्र वासस्थान वरिपरि टाँग्‍नुपर्छ, ताकि इस्राएलका मानिसहरूमाथि मेरो रिस नपरोस् । लेवीहरूले करारका विधिहरूको पवित्र वासस्थानको हेरचाह गर्नुपर्छ ।

  • 64तर यिनीहरूमा मोशा र पुजारी हारूनले सीनैको मरुभूमिमा गन्ती गरेका इस्राएलका सन्तानहरू कुनै पनि थिएनन् ।

  • गिन 18:2-3
    2 पदहरू
    74%

    2लेवी कुलका अर्थात् तेरा पुर्खाका वंशका तेरा सङ्गी सदस्यहरूको सवालमा, तिनीहरूलाई तँसँगै ले अनि तँ र तेरा छोराहरूले गवाही-पाटीको पालको सम्मुख सेवा गर्दा तिनीहरू सहभागी होऊन् र तिमीहरूलाई सहायता गरून् ।

    3तिनीहरूले तेरो र सारा पालको सेवा गर्नुपर्छ ।

  • 14१तैँले लेवीहरूलाई इस्राएलका मानिसहरूबाट यसरी अलग गर् । लेवीहरू मेरा हुन् ।

  • गिन 18:22-23
    2 पदहरू
    73%

    22आज उप्रान्त इस्राएलका मानिसहरू भेट हुने पालको नजिक आउनुहुँदैन, नत्रता तिनीहरू यो पापको निम्ति जिम्मेवार हुने छन् र मर्नेछन् ।

    23लेवीहरूले भेट हुने पालसँग सम्बन्धित कामहरू गर्नुपर्छ । यससँग सम्बन्धित कुनै पापको जिम्मेवार तिनीहरू हुने छन् । यो तिमीहरूका मानिसहरूका पुस्तौँ-पुस्तासम्मको स्थायी नियम हुने छ । इस्राएलका मानिसहरूका माझ तिनीहरूको कुनै उत्तराधिकार हुनुहुँदैन ।

  • गिन 4:1-2
    2 पदहरू
    73%

    1¶ परमप्रभुले मोशा र हारूनलाई भन्‍नुभयो,

    2“लेवीहरूबाट कहातका पुरुष सन्तानहरूको आ-आफ्ना वंशहरू र परिवार-परिवारअनुसार गन्ती गर् ।

  • व्यव 18:1-2
    2 पदहरू
    73%

    1¶ पुजारीहरू अर्थात् लेवीहरू र सबै लेवी कुलको इस्राएलीहरूसित कुनै हिस्सा वा अंश हुने छैन । तिनीहरूले आफ्नो अंशको रूपमा आगोद्वारा चढाइएका परमप्रभुका बलिहरू खाऊन् ।

    2आफ्ना दाजुभाइहरूका बिचमा तिनीहरूको कुनै अंश नहोस् । तिनीहरूलाई प्रतिज्ञा गरिएअनुसार परमप्रभु नै तिनीहरूका अंश हुनुहुन्छ ।

  • 26तिनीहरूले भेट हुने पालमा सेवा गरिरहने तिनीहरूका भाइहरूलाई सहायता गर्न सक्छन्, तर तिनीहरूले सेवा गर्नुहुँदैन । तैँले लेवीहरूलाई यी कुराहरूमा निर्देशन दिनुपर्छ ।”

  • 30साथै, इस्राएलका मानिसहरूका आधा भागबाट, मानिस, गाईवस्तु, गधा, भेडा र बाख्राबाट तैँले हरेक पचास वटामा एउटा लिनू । यिनीहरूलाई मेरो पवित्र वासस्थानको हेरचाह गर्ने लेवीहरूलाई दिनू ।”

  • 33मोशाले लेवीहरूलाई उत्तराधिकार दिएनन् । परमप्रभु इस्राएलका परमेश्‍‌वरले भन्‍नुभएझैँ उहाँ नै तिनीहरूका उत्तराधिकार हुनुहुन्छ ।

  • 9तैँले लेवीहरूलाई भेट हुने पालको अघि ल्यानेछस् र इस्राएलका मानिसहरूको सारा समुदाय भेला हुनेछन् ।

  • 19तिमीहरू आफ्नो देशमा बसुञ्‍जेलसम्म लेवीहरूलाई नभुल्नमा ध्यान देओ ।

  • 12“तैँले इस्राएलीहरूको जनगणना लिँदा हरेक व्यक्तिले परमप्रभुको निम्ति आफ्नो जीवनको मोल तिरोस् । तैँले तिनीहरूको गणना गरिसकेपछि यसो गर्नू ताकि जनगणना गर्दा तिनीहरूका बिचमा कुनै विपत्ति नआओस् ।

  • 19त्यसपछि बिस वर्ष र त्यसभन्दा माथिका सबै पुरुषले आ-आफ्ना पुर्ख्यौली पहिचान गरे । तिनीहरूले आफू जन्मिएको कुल र परिवारहरूको नाउँ उल्लेख गर्नुपर्थ्यो । त्यसपछि मोशाले सीनैको मरुभूमिमा परमप्रभुले आज्ञा गर्नुभएअनुसार तिनीहरूका सङ्ख्याहरूको अभिलेख राखे ।

  • गिन 1:2-3
    2 पदहरू
    72%

    2“इस्राएलको हरेक कुलको सबै पुरुषहरूको तिनीहरूका पुर्खाहरूका परिवार-परिवारअनुसार जनगणना गर् । तिनीहरूका नाउँअनुसार गन् । हरेक पुरुषको गणना गर्,

    3जो बिस वर्ष वा त्यसभन्दा माथिका छन् । इस्राएलको निम्ति सिपाहीको रूपमा लड्न सक्‍ने सबैलाई गन् । तैँले र हारूनले तिनीहरूका सशस्‍त्र समूह-समूहअनुसार पुरुषहरूको सङ्ख्याको अभिलेख राख्‍नुपर्छ ।

  • 5यसैकारण, परमप्रभुको समुदायमा चिट्ठा हालेर आफ्नो इलाका बाँड्नको निम्ति धनी मानिसहरूसँग उत्तराधिकारीहरू हुनेछैनन् ।

  • 7तिमीहरूका माझमा लेवीहरूको कुनै उत्तराधिकार छैन किनभने परमप्रभुको पुजारीको काम नै तिनीहरूको उत्तराधिकार हो । गाद, रूबेन र मनश्शेका आधा कुलले यर्दनपारि नै आफ्नो हिस्सा पाइसकेका छन् । यो उत्तराधिकार परमप्रभुका दास मोशाले नै तिनीहरूलाई दिएका हुन् ।”

  • 47इस्राएलका मानिसहरूका आधा भागबाट मोशाले पशु र मानिस दुवैबाट हरेक पचास वटाबाट एउटा लिए । परमप्रभुले मोशालाई आज्ञा गर्नुभएबमोजिम तिनले तिनीहरूलाई परमप्रभुको पवित्र वासस्थानको हेरचाह गर्ने लेवीहरूलाई दिए ।

  • 49परमप्रभुको आज्ञामा मोशाले सबै पुरुषलाई त्यसलाई खटाइएको कामको किसिमअनुसार गन्ती गरे । तिनले हरेक पुरुषलाई तिनले वहन गर्ने दायित्वको किसिमअनुसार गन्ती गरे । यसो गर्दा तिनीहरूले परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएको कुरा पालन गरे ।

  • 39परमप्रभुले आज्ञा गर्नुभएझैँ मोशा र हारूनले लेवीका कुल एक महिना र त्यसभन्दा माथिका सबै पुरुषको गन्ती गरे । तिनीहरूले बाइस हजार पुरुषहरू गन्ती गरे ।

  • 3किनभने साँढे दुई कुललाई यर्दनपारि नै उत्तराधिकार दिइएको थियो, तर तिनले लेवीलाई कुनै उत्तराधिकार दिएनन् ।

  • 27तिमीहरूका सहरहरूभित्र भएको लेवीलाई नत्याग किनकि त्योसित तिमीहरूसँग झैँ कुनै हिस्सा वा सम्पत्ति छैन ।

  • 31जबूलूनको कुलबाट तिनीहरू ५७,४०० पुरुष थिए ।

  • 41म परमप्रभु हुँ, तैँले मेरो निम्ति लेवीहरूलाई इस्राएलका मानिसहरूको पहिले जन्मेकाहरूको सट्टामा र इस्राएलका सन्तानहरूका गाईवस्तुहरूका पहिले जन्मेकाहरूको सट्टामा लेवीहरूका गाईवस्तुहरूलाई लिनुपर्छ ।”

  • 44तिनले गन्ती गरेका पुरुषको सङ्ख्या २२,२७३ थियो । फेरि, परमप्रभुले मोशालाई भन्‍नुभयो,

  • 26“मानिस र पशुहरू दुवै लुटका मालहरूको रूपमा गन्ती गर् । तँ, पुजारी एलाजार र समुदायका कुल-कुलका अगुवाहरूले लुटका मालहरूलाई

  • 6“लेवीको कुललाई ले र तिनीहरूले पुजारी हारूनलाई सहायता गर्नको निम्ति तिनीहरूलाई तिनीकहाँ प्रस्तुत गर् ।

  • 6हेर्, लेवीहरूका तेरा सङ्गी सदस्यहरूलाई इस्राएलका सन्तानहरूबाट म आफैले चुनेको छु । तिनीहरू भेट हुने पालसँग सम्बन्धित काम गर्न मलाई दिइएका तेरो निम्ति उपहार हुन् ।

  • 6“लेवीहरूलाई इस्राएलका मानिसहरूबाट ले र तिनीहरूलाई शुद्ध पार् ।

  • 6तर लेवी र बेन्‍यामीनलाई तिनीहरूसँग गन्‍ती गरिएन, किनकि राजाको हुकुमले योआबलाई साह्रै खिन्‍न पारेको थियो ।

  • 29तैँले आ-आफ्ना कुलअनुसार मरारीका सन्तानहरूको गन्ती गर्, र तिनीहरूलाई आ-आफ्ना परिवार-परिवारअनुसार,

  • 62तिनीहरू माझ एक महिना र त्यसभन्दा माथिका गन्ती गरिएका पुरुषहरूको सङ्ख्या तेइस हजार थियो । तर तिनीहरूलाई इस्राएलका सन्तानहरूमाझ गन्ती गरिएन, किनभने तिनीहरूलाई इस्राएलका मानिसहरूमाझ कुनै अंश दिइएको थिएन ।