गिन्ती 3:32

अनलक शाब्दिक बाइबल

पुजारी हारूनका छोरा एलाजारले लेवीहरूको नेतृत्व गर्ने पुरुषहरूको नेतृत्व गर्नुपर्छ । तिनले पवित्र स्थानको देखरेख गर्ने पुरुषहरूको पर्यवेक्षण गर्नुपर्छ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • गिन 4:16 : 16 पुजारी हारूनका छोरा एलाजारले बत्तीको लागि तेल, सुगन्धित धूप, नियमित अन्‍नबलि, अभिषेक गर्ने तेलको देखरेख गरून् । तिनले सारा पवित्र वासस्थान र यसमा भएका सबै थोक अर्थात् पवित्र स्थान र यसका सामानाहरूको देखरेख गरून् ।”
  • गिन 4:27 : 27 र तिनका छोराहरूले गेर्शोनका सन्तानहरूले ओसारपसार गर्दा र तिनीहरूका सबै सेवामा निर्देशन दिनुपर्छ । तैँले तिनीहरूका सबै दायित्व निर्धारण गर् ।
  • गिन 20:25-28 : 25 हारून र त्यसका छोरा एलाजारलाई होर पर्वतमाथि ले । 26 हारूनको पुजारीको पोशाक फुकाल् र त्यो एलाजारलाई लगाइदे । हारून मर्नुपर्छ र आफ्ना मानिसहरूसँग मिल्नुपर्छ ।” 27 मोशाले परमप्रभुले आज्ञा गर्नुभएबमोजिम गरे । तिनीहरू सारा समुदायको सामुबाट होर पर्वतमाथि गए । 28 मोशाले हारूनको पुजारीको पोशाक फुकाले र त्यो तिनका छोरा एलाजारलाई लगाइदिए । पर्वतको चुचुरोमाथि हारून मरे । अनि मोशा र एलाजार तल ओर्ले ।
  • २ राजा 25:18 : 18 अङ्गरक्षकहरूका सेनापतिले मुख्य पुजारी सरायाह, दोस्रो दर्जाका पुजारी सपन्याह र तिन जना द्वारपाललाई लिएर गए ।
  • १ इति 9:14-20 : 14 लेवीहरूमा शमायाह, जो हश्‍शूबका छोरा, जो अज्रीकामका छोरा, जो हशब्‍याहका छोरा, जो मरारीका सन्‍तानमध्‍येका थिए । 15 बक्बक्‍कर, हारेश, गालाल अनि मत्तन्‍याह, जो मीकाका छोरा जो जिक्रीका छोरा, जो आसापका छोरा पनि थिए । 16 अनि ओबदिया, जो शमायाहका छोरा, जो गालालका छोरा, जो यदूतूनका छोरा थिए । अनि बेरेक्‍याह, जो आसाका छोरा, जो एल्‍कानाका छोरा जो नतोपातीहरूका गाउँहरूमा बस्‍थे । 17 शल्‍लूम, अक्‍कूब, तल्‍मोन, अहीमन र तिनीहरूका भाइहरू ढोकेहरू थिए । तिनीहरूका अगुवा शल्‍लूम थिए । 18 यस अगि तिनीहरू लेवीका सन्‍तानहरूका छाउनीका निम्‍ति राजाको पूर्वपट्टिको मूल ढोकामा रक्षकहरू थिए । तिनीहरू लेवीहरूको छाउनीका द्वारपालहरू थिए । 19 शल्‍लूम, जो कोरेका छोरा, जो एब्‍यासापका छोरा, जो कोरहका छोरा थिए, र तिनका पिताका घरानाबाट तिनका आफन्तहरू, कोरहीहरूले सुरक्षा सेवाका जिम्‍मेवारी पाएका थिए । तिनीहरूका पुर्खाहरूले परमप्रभुको छाउनीको सुरक्षा गरेझैं तिनीहरूले पालको ढोकाको सुरक्षा गरे, र तिनीहरूले प्रवेशद्वारको पनि सुरक्षा गरे । 20 पहिले एलाजारका छोरा पीनहास तिनीहरूका निरीक्षक थिए, र परमप्रभु तिनीसँग हुनुहुन्‍थ्‍यो ।
  • १ इति 26:20-24 : 20 लेवीहरूमध्येबाट अहीजा परमेश्‍वरको मन्‍दिरका भण्‍डारहरू र परमप्रभुका अर्पण गरिएका थोकहरूका भण्‍डारका जिम्मावाल थिए । 21 लादानका सन्‍तानहरू, जो लादानबाट जन्‍मिएका गेर्शोनीहरू थिए र गेर्शोनी लादानका घरानाहरूका अगुवाहरू थिए, यहीएली र 22 यहीएलीका छोराहरू, र जेताम र तिनका भाइ योएल । तिनीहरू परमप्रभुको मन्‍दिरका भण्‍डारहरूका जिम्‍मावाल थिए । 23 अम्राम, यिसहार, हेब्रोन र उज्‍जीएलका वंशहरूबाटः 24 मोशाका छोरा गेर्शोमका छोरा शूबाएल भण्‍डारहरूका सुपरिवेक्षक थिए ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • गिन 3:30-31
    2 पदहरू
    80%

    30उज्‍जीएलका छोरा एलीजापानले कहातीहरूका कुलहरूको नेतृत्व गर्नुपर्छ ।

    31तिनीहरूले सन्दूक, टेबुल, सामदान, वेदीहरू, तिनीहरूका सेवामा प्रयोग गरिने पवित्र थोकहरू, पर्दा र यससम्बन्धी सबै कामको देखरेख गर्नुपर्छ ।

  • गिन 4:16-17
    2 पदहरू
    77%

    16पुजारी हारूनका छोरा एलाजारले बत्तीको लागि तेल, सुगन्धित धूप, नियमित अन्‍नबलि, अभिषेक गर्ने तेलको देखरेख गरून् । तिनले सारा पवित्र वासस्थान र यसमा भएका सबै थोक अर्थात् पवित्र स्थान र यसका सामानाहरूको देखरेख गरून् ।”

    17परमप्रभुले मोशा र हारूनलाई भन्‍नुभयो,

  • 32तिनीहरूको जिम्मामा भेट हुने पाल र पवित्रस्‍थान थिए, र आफ्ना आफन्त हारूनका सन्‍तानहरूलाई परमप्रभुका मन्‍दिरको सेवामा सहयोग गर्थे ।

  • गिन 3:5-9
    5 पदहरू
    77%

    5परमप्रभुले मोशालाई भन्‍नुभयो,

    6“लेवीको कुललाई ले र तिनीहरूले पुजारी हारूनलाई सहायता गर्नको निम्ति तिनीहरूलाई तिनीकहाँ प्रस्तुत गर् ।

    7तिनीहरूले भेट हुने पालको सामु हारून र सारा समुदायको तर्फबाट दायित्वहरू पुरा गर्नुपर्छ । तिनीहरूले पवित्र वासस्थानमा सेवा गर्नुपर्छ ।

    8तिनीहरूले भेट हुने पालका सबै सरसामानको हेरचाह गर्नुपर्छ र तिनीहरूले पवित्र वासस्थानको सेवा वहन गर्न इस्राएलका कुलहरूलाई सहायता गर्नुपर्छ ।

    9तैँले लेवीहरू हारून र तिनका छोराहरूलाई दिनुपर्छ । इस्राएलका मानिसहरूलाई सेवा गर्न तिनलाई सहायता गर्न तिनीहरूलाई पूर्ण रूपमा सुम्पिएका छन् ।

  • 24लाएलका छोरा एल्यासापले गेर्शोनीहरूका कुलहरूको नेतृत्व गर्नुपर्छ ।

  • 28त्यसैले मोशाले तिनीहरूको बारेमा पुजारी एलाजार, नूनका छोरा यहोशू र इस्राएलका मानिसहरूका कुल-कुलका अगुवाहरूलाई निर्देशन दिए ।

  • 50बरु, लेवीहरूलाई पवित्र वासस्थानको करारका विधिहरूको हेरचाह गर्न र पवित्र वासस्थानका सबै सरसामान र यसमा भएका सबै कुराको हेरचाह गर्न नियुक्‍त गर्नू ।

  • 5अबीशू, पीनहास, एलाजार । एलाजार प्रधान पुजारी हारूनका छोरा थिए ।

  • 5पवित्र स्थान र वेदीको निम्ति तैँले जिम्मा लिनुपर्छ, ताकि इस्राएलका मानिसहरूमाथि मेरो क्रोध फेरि नआओस् ।

  • 12तिनले उनीहरूलाई भने, “तिमीहरू लेवीहरूका परिवारका मुखियाहरू हौ । तिमीहरू र तिमीहरूका दाजुभाइले आफूलाई पवित्र गर, ताकि परमप्रभु इस्राएलका परमेश्‍वरको सन्‍दूक राख्‍न मैले तयार पारेको ठाउँमा तिमीहरूले त्‍यसलाई ल्याउन सक्‍छौ ।

  • गिन 18:1-3
    3 पदहरू
    73%

    1¶ परमप्रभुले हारूनलाई भन्‍नुभयो, “तँ, तेरा छोराहरू र तेरा वंशकाहरू पवित्र स्थान विरुद्ध गरिने सबै पापका निम्ति जिम्मेवार हुनेछौ । तर पुजारीको पदमा कसैले गरेको सबै पापको निम्ति तँ र तेरा छोराहरू मात्र जिम्मेवार हुनेछौ ।

    2लेवी कुलका अर्थात् तेरा पुर्खाका वंशका तेरा सङ्गी सदस्यहरूको सवालमा, तिनीहरूलाई तँसँगै ले अनि तँ र तेरा छोराहरूले गवाही-पाटीको पालको सम्मुख सेवा गर्दा तिनीहरू सहभागी होऊन् र तिमीहरूलाई सहायता गरून् ।

    3तिनीहरूले तेरो र सारा पालको सेवा गर्नुपर्छ ।

  • गिन 3:2-3
    2 पदहरू
    72%

    2हारूनका छोराका नाउँहरू यिनै हुन्: जेठा नादाब, अबीहू, एलाजार र ईतामार थिए ।

    3हारून पुजारीका छोराहरूका नाउँहरू यिनै हुन् जसलाई पुजारीको रूपमा अभिषेक गरिएको थियो र पुजारीको रूपमा सेवा गर्न नियुक्‍त गरिएका थिए ।

  • 6नतनेलका छोरा शमायाहले, एक जना लेवी र शास्‍त्रीले राजा, अधिकारीहरू, सादोक पूजाहारी, अबियाथारका छोरा अहीमेलेक, पुजारी र लेवीहरूका परिवारहरूका मुखियाहरूका सामुन्‍ने तिनीहरूका नाउँहरू लेखे । एलाजारका सन्‍तानबाट र ईतामारका सन्‍तानबाट पालो-पालो एक-एक परिवारको चिट्ठा तानियो ।

  • 46यसैले मोशा, हारून र इस्राएलका अगुवाले सबै लेवीहरूलाई आ-आफ्ना कुल र तिनीहरूका पुर्खाका

  • 29यरूशलेममा परमेश्‍वरको मन्दिरका कोठाहरूमा भएका पुजारीका अधिकारीहरू, लेवीहरू र परिवारका अगुवाहरूको सामु यी जोखेर नदिएसम्म तिमीहरूले यिनको रेखदेख गरी सुरक्षित राख्‍नू ।”

  • 11सादोक वंशका पुजारीहरूका निम्‍ति यो पवित्र रूपमा अलग गरिनेछ, जसले विश्‍वस्‍ततासाथ मेरो सेवा गरेका छन् र इस्राएलका मानिसहरू अर्थात् लेवीहरूझैं तिनीहरू बरालिर गएनन् ।

  • 13यी लेवीहरू निर्माण सामाग्री बोक्‍नेहरू र अन्य हरेक काम गर्ने मानिसहरूका निरीक्षकहरू थिए । तिनीमध्ये कोही सचिव, कोही प्रशासकहरू र ढोकाका रक्षकहरू थिए ।

  • 53तथापि, लेवीहरूले तिनीहरूका पाल करारका विधिका पवित्र वासस्थान वरिपरि टाँग्‍नुपर्छ, ताकि इस्राएलका मानिसहरूमाथि मेरो रिस नपरोस् । लेवीहरूले करारका विधिहरूको पवित्र वासस्थानको हेरचाह गर्नुपर्छ ।

  • 16लेवीहरूका दुई जना अगुवाहरू सब्‍बतै र योजाबाद थिए, जो परमप्रभुको मन्दिरको बाहिरका कामका जिम्‍मावाल थिए ।

  • गिन 3:35-36
    2 पदहरू
    71%

    35अबीहेलका छोरा सूरीएलले मरारी कुलको नेतृत्व गर्नुपर्छ । तिनीहरूले पवित्र वासस्थानको उत्तरतिर छाउनी लाउनुपर्छ ।

    36मरारीका सन्तानहरूले पवित्र वासस्थानका फल्याकहरू, बारहरू, खामाहरू, आधारहरू, सबै सरसमान र तिनीहरूसँग सम्बन्धित सबै थोक, साथै

  • 27र तिनका छोराहरूले गेर्शोनका सन्तानहरूले ओसारपसार गर्दा र तिनीहरूका सबै सेवामा निर्देशन दिनुपर्छ । तैँले तिनीहरूका सबै दायित्व निर्धारण गर् ।

  • 24लेवीहरूका अगुवाहरू हशब्याह, शरेबियाह, कादमीएलका छोरा येशूअ र तिनीहरूका सहयोगीहरू, जो तिनीहरूका सामुन्‍ने खडा हुन्थे, र आ-आफ्नो पालोअनुसार परमेश्‍वरका जन दाऊदको आज्ञामुताबिक प्रशंसा गर्ने र धन्यवाद दिने गर्थे ।

  • 19तिनीहरूको सुरक्षा गर ताकि तिनीहरूले यसो गर्दा तिनीहरू नमरून् । तिनीहरू अति पवित्र स्थानको नजिक जाँदा

  • 14तर म तिनीहरूलाई मेरो मन्‍दिरमा त्यसका सारा कर्तव्यहरू र त्यहाँ गरिने सबै कुरामाथि जिम्मा दिनेछु ।

  • 11परमप्रभुले मोशालाई भन्‍नुभयो,

  • 34ती सबै जना आफ्‍ना वंशाक्रमको सूचीमा लेखिएका लेवी घरानाका मुख्‍य मानिसहरू थिए । तिनीहरू यरूशलेममा बस्‍थे ।

  • 21पुजारी एलाजारले युद्धमा गएका सिपाहीहरूलाई भने, “परमप्रभुले मोशालाई दिनुभएको धर्म-विधि यही होः

  • 20लेवीहरूमध्येबाट अहीजा परमेश्‍वरको मन्‍दिरका भण्‍डारहरू र परमप्रभुका अर्पण गरिएका थोकहरूका भण्‍डारका जिम्मावाल थिए ।

  • 30हारून र त्यसका छोराहरूले पुजारी भएर मेरो सेवा गरून् भनेर तैँले तिनीहरूलाई मेरो निम्त अलग गर् ।

  • 38मोशा, हारून र तिनका छोराहरूले पवित्र वासस्थानको पूर्वतिर अर्थात् घाम झुल्कनेतिर छाउनी लगाउनुर्छ । तिनीहरू पवित्र स्थानको कर्तव्यहरू र इस्राएलका मानिसहरूका कर्तव्यहरू पुरा गर्न उत्तरदायी छन् । यसको नजिक आउने अन्य कुनै पनि व्यक्‍ति मारियोस् ।

  • 22त्यसपछि लेवीहरू हारून र तिनका छोराहरूको अधीनमा रहेर तिनीहरूको काम गर्न भेट हुने पालभित्र गए । यो परमप्रभुले लेवीहरूको बारेमा मोशालाई आज्ञा गर्नुभएअनुसार थियो । तिनीहरूले सबै लेवीलाई यसो गरे ।

  • 11हारूनले लेवीहरूलाई इस्राएलका मानिसहरूको तर्फबाट डोलाइने बलिको रूपमा चढाउनुपर्छ, ताकि तिनीहरूले परमप्रभुको सेवाको काम गरून् ।

  • 11हेर, परमप्रभुका सबै विषयमा मुख्‍य पुजारी अमर्याह तिमीहरूमाथि छन्‌ । राजा सम्‍बन्‍धमा सबै विषयमा यहूदाका घरानाका अगुवा इश्‍माएलका छोरा जबदियाह निरीक्षक छन्‌ । साथै लेवीहरूले अधिकारीहरूका रूपमा तिमीहरूका सेवा गर्नेछन्‌ । बलिया होओ र तिमीहरूलाई दिइएका निर्देशनहरू पालना गर, र असल गर्नेहरूका साथमा परमप्रभु रनुभएको होस् ।”

  • 1¶ इस्राएलीहरूमध्ये तेरा दाजु हरून र तिनका छोराहरू नादाब, अबीहू, एलाजार र ईतामारले पुजारी भएर मेरो सेवा गर्नलाई तिनीहरूलाई तँकहाँ बोलाएर ले ।

  • 26तिनीहरूले भेट हुने पालमा सेवा गरिरहने तिनीहरूका भाइहरूलाई सहायता गर्न सक्छन्, तर तिनीहरूले सेवा गर्नुहुँदैन । तैँले लेवीहरूलाई यी कुराहरूमा निर्देशन दिनुपर्छ ।”

  • 41तैँले तेरा दाजु हारून र त्यसका छोराहरूलाई यी पोशाकहरू पहिराइदिनू । पुजारी भएर मेरो सेवा गरून् भनेर तैँले तिनीहरूलाई अभिषेक गर्नू, नियुक्त गर्नू र मेरो निम्ति अलग गर्नू ।

  • 3मैले बुद्धिको आत्माले भरिपूर्ण पारेका सबै बुद्धिमान् मानिसहरूलाई तैँले भन्‍नू कि तिनीहरूले हारूनका निम्ति पोशाकहरू बनाऊन् जसले तिनलाई मेरो पुजारी भएर सेवा गर्न अलग गरून् ।

  • 10यसमा राम्ररी बुनेको पोशाकहरू अर्थात् हारून पुजारी र त्यसका छोराहरूका निम्ति पवित्र पोशाकहरू पनि पर्छन् । पुजारी भएर मेरो सेवा गरून् भनेर तिनीहरू मेरो लागि अलग गरिएका हुन् ।

  • गिन 4:33-34
    2 पदहरू
    69%

    33तिनीहरूले बोक्‍नुपर्ने सामानहरूको नाउँसहित सूची बना । मरारीका सन्तानहरूले पुजारी हारूनका छोरा ईतामारको निर्देशनमा भेट हुने पालको निम्ति तिनीहरूले गर्नुपर्ने काम यही हो ।”

    34मोशा, हारून र समुदायका अगुवाहरूले कहातीहरूका सन्तानहरूको पुर्खाका आ-आफ्ना परिवारअनुसार गन्ती गरे ।