गिन्ती 35:33

अनलक शाब्दिक बाइबल

तिमीहरू बसोबास गरेको भूमिलाई यसरी दूषित नपार, किनभने हत्याराबाटको रगतले भूमिलाई दूषित पार्छ । भूमिमा रगत बगाएपछि यसको निम्ति रगत बगाउने व्यक्‍तिको रगतले बाहेक कुनै किसिमको प्रायश्‍चित्त गर्न सकिँदैन ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • मीका 4:11 : 11 अब धेरै जातिहरू तिमीहरूका विरुद्धमा एक भएका छन् । तिनीहरू भन्छन्, ‘त्यसलाई अपवित्र रहन देओ, हाम्रा आँखाले सियोनमाथि नजर लगाइरहून् ।’
  • उत्प 9:6 : 6 जसले मानिसको रगत बगाउँछ मानिसद्वारा नै त्यसको रगत बगाइनेछ, किनकि परमेश्‍वरले मानिसलाई आफ्नै स्वरूपमा बनाउनुभयो ।
  • भजन 106:38 : 38 तिनीहरूले निर्दोष रगतको, अर्थात् आफ्‍ना छोराहरू र छोरीहरूका रगत बगाए, जुन तिनीहरूले कनानको मूर्तीहरूलाई बलि चढाएर रगतले देशलाई अशुद्ध पारे ।
  • यशा 26:21 : 21 किनकि हेर, पृथ्वीका बासिन्दाहरूलाई तिनीहरूका अपराधको दण्‍ड दिनलाई परमप्रभु आफ्नो ठाउँबाट बाहिर आउन लाग्‍नुभएको छ । पृथ्वीले आफ्‍नो रक्‍तपात प्रकट गर्नेछ र आफ्‍ना मारिएकाहरूलाई फेरि लुकाउनेछैन ।
  • यहे 22:24-27 : 24 “ए मानिसको छोरो, त्यसलाई भन्, 'तँ शुद्ध नगरिएको देश होस् । क्रोधको दिनमा त्‍यहाँ वर्षा हुँदैन । 25 गर्जने सिंहले शिकार टुक्र्याएझैं त्‍यसको बिचमा भएका त्‍यसका अगमवक्‍ताहरूले एउटा षड्‌यन्‍त्र रच्छन् । तिनीहरूले मानिसहरूलाई निल्‍छन् र बहुमूल्‍य धन लुट्‌छन् । त्यसभित्र तिनीहरूले धेरै जनालाई विधवा बनाउँछन्‌ । 26 त्‍यसका पुजारीहरूले मेरो व्‍यवस्‍था भङ्ग गर्छन्‌ र तिनीहरूले मेरा पवित्र चीजहरू तुच्‍छ ठान्‍छन्‌। तिनीहरूले पवित्र कुरा र तुच्‍छ कुराको बिचमा भिन्‍नता छुट्‍याउँदैनन्, अनि अशुद्ध र शुद्धको बिचको भिन्‍ता सिकाउँदैनन्। तिनीहरूले मेरा शबाथहरूबाट आफ्ना आँखा लुकाउँछन् ताकि तिनीहरूका बिचमा म तच्‍छ भएको छु । 27 त्‍यसभित्र भएका त्‍यसका शासकहरू आफ्‍नो शिकार फहराउने ब्‍वाँसाहरूजस्‍ता छन्‌ । तिनीहरूले बेईमानसाथ नाफा कमाउनलाई रगत बगाउँछन् र मानिसहरूलाई मार्छन्‌ ।
  • हो 4:2-3 : 2 त्यहाँ सराप, झुटो बोली, हत्या, चोरी र व्यभिचार छ । मानिसहरूले सबै सीमा तोडेका छन्, र रगत बगेपछि रगत बगेको छ । 3 यसैले त्यो देश सुख्‍खा हुँदैछ, र त्यहाँ बसोबास गर्ने सबै खेर जाँदैछन् । मैदानका पशुहरू, आकाशका चराहरू, र समुद्र भएका माछासमेत मारिंदैछन् ।
  • लैव्य 18:25 : 25 तिनीहरूको भूमि अपवित्र भयो, र यसैकारण मैले तिनीहरूका पापको दण्ड दिएँ, र त्यस भूमिले त्यसका बासिन्दाहरूलाई उकेलेर निकालिदियो ।
  • व्यव 21:1-8 : 1 ¶ परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई अधिकार गर्न दिन लाग्‍नुभएको देशको कुनै मैदानमा कोही मारिएको पाइयो र यसको हत्याराको निधो भएन भने, 2 तिमीहरूका धर्म-गुरुहरू र न्यायकर्ताहरू गएर लाशदेखि नजिक भएका सहरहरू पत्ता लगाऊन् । 3 त्यसपछि लाशको निकटतम सहरका धर्म-गुरुहरूले गाईवस्तुबाट काममा नलगाएको र जुवा नहालेको एउटा कोरली लिऊन् । 4 अनि तिनीहरूले त्यस कोरलीलाई नजोतिएको र बिउ नछरिएको खोला भएको उपत्यकामा लैजाऊन्, र त्यहाँ तिनीहरूले त्यसको घाँटी भाँचिदिऊन् । 5 पुजारीहरू अर्थात् लेवीका सन्तानहरू अगाडि आऊन् किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई उहाँको सेवा गर्न र परमप्रभुको नाउँमा आशिष् दिन अनि हरेक वादविवाद मिलाइदिन छान्‍नुभएको छ । 6 मारिएको मानिसको निकटतम सहरका सबै धर्म-गुरुले उपत्यकामा घाँटी निमोठिएको कोरलीमाथि आ-आफ्ना हात धोऊन् । 7 अनि तिनीहरूले त्यस मामललाई जवाफ दिई यसो भनून्, 'हाम्रा हातले यो रगत बगाएका होइनन्, न त हाम्रा आँखाले यसलाई देखेका छन् ।' 8 हे परमप्रभु इस्राएललाई क्षमा दिनुहोस् जसलाई तपाईंले छुटकारा दिनुभएको छ, र तपाईंको जाति इस्राएलको बिचमा यो निर्दोषको हत्याको दोष नलगाउनुहोस् ।' तब हत्याको दोषलाई क्षमा हुने छ ।
  • व्यव 21:23 : 23 त्यसको लाश रातभरि रुखमा नरहोस् । बरु, त्यसलाई त्यही दिनमा नै गाडिदिनू । किनकि जो झुण्ड्याइन्छ त्यो परमप्रभुबाट श्रापित हुन्छ । परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई सम्पत्तिको रूपमा दिनुहुने देशलाई तिमीहरूले बिटुलो नपार भनेर यो आज्ञा पालन गर ।
  • २ राजा 23:26 : 26 तापनि परमप्रभु आफ्नो दन्किरहेको क्रोधको आगोबाट फकर्नुभएन किनकि मनश्शेले गरेका सबै कामको कारणले यहूदाको विरुद्धमा उहाँलाई भयङ्कर रिस उठेको थियो ।
  • २ राजा 24:4 : 4 तिनले निर्दोष रगत बगाए, किनकि तिनले यरूशलेमलाई निर्दोष रगतले भरेका थिए । त्‍यो कुरा क्षमा गर्न परमप्रभु इच्छुक हुनुभएन ।
  • भजन 106:28 : 28 तिनीहरूले पोरको बाललाई पुजा गरे र मृतकलाई चढाइएको बलिहरू खाए ।
  • मत्त 23:31-35 : 31 यसकारण, तिमीहरू आफैँले तिमीहरू तिनीहरूका सन्तान हौ भनी गवाही दिन्छौ जसले अगमवक्‍ताहरूको हत्या गरे । 32 तिमीहरूले आफ्ना पुर्खाहरूको कामलाई पनि पुरा गर्छौ । 33 ए सर्पहरू हो, साँपका सन्तानहरू, तिमीहरू नरकको दण्डबाट कसरी उम्कनेछौ? 34 त्यसकारण, हेर, म तिमीहरूकहाँ अगमवक्‍ताहरू, बुद्धिमान् मानिसहरू र शास्‍त्रीहरू पठाउँछु । तिनीहरूमध्ये कति जनालाई तिमीहरूले मार्नेछौ र क्रुसमा टाँग्‍नेछौ । अनि तिनीहरूमध्ये केहीलाई तिमीहरूले आफ्ना सभाघरहरूमा कोर्रा लगाउनेछौ र सहर हुँदो धपाउनेछौ । 35 यसको परिणाम यस्तो हुनेछ, कि पृथ्वीमा बगाइएका सबै धर्मी जनको रगत तिमीहरूमाथि आइपर्नेछ– धर्मी हाबिलको रगतदेखि लिएर बेरेक्याहका छोरा जकरियाको रगतसम्म, जसलाई तिमीहरूले पवित्र-स्थान र वेदीको माझमा हत्या गर्‍यौ ।
  • लू 11:50-51 : 50 तब यो पुस्ताको लागि संसारको सुरुदेखि अगमवक्‍ताहरूको रगतमा तिमीहरू जिम्मेवार छौ । 51 म तिमीहरूलाई भन्दछु, कि हाबिलको रगतदेखि वेदी र पवित्र स्थानमा मारिएका जकरियाको रगतसम्मको दोष लागि यो पुस्ता जिम्मेवार छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 34त्यसैले तिमीहरू बसोबास गर्ने भूमिलाई तिमीहरूले अशुद्ध पार्नुहुँदैन, किनभने म यसमा बास गर्छु । म परमप्रभु इस्राएलका मानिसहरूमाझ बास गर्छु ।

  • 10परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशमा निर्दोष रगत नबगाइयोस् र त्यसको दोष तिमीहरूमाथि नलागोस् भन्‍नाका लागि यसो गर ।

  • गिन 35:31-32
    2 पदहरू
    77%

    31साथै हत्याराको दोषीको निम्ति तिमीहरूले कुनै किसिको छुटकाराको मूल्य स्वीकार गर्नुहुँदैन । त्यसलाई अवश्य नै मार्नुपर्छ ।

    32शरण-नगरमा भागेर गएको व्यक्‍तिको निम्ति तिमीहरूले छुटकाराको मूल्य स्वीकार गर्नुहुँदैन । यसरी प्रधान पुजारीको मृत्यु नभएसम्म तिमीहरूले त्यसलाई आफ्नो जायदाद भएको ठाउँमा बसोबास गर्न दिनुहुँदैन ।

  • यहे 33:25-26
    2 पदहरू
    77%

    25यसकारण तिनीहरूलाई भन्, ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: तिमीहरू रगत खान्छौ, र तिमीहरू आफ्ना मुर्तिहरूतिर आफ्ना आँखा उठाउँछौ, अनि तिमीहरू मानिसहरूका रगत बगाउँछौ । के तिमीहरूले यस देशमाथि अधिकार गर्ने?

    26तिमीहरू आफ्ना तरवारहरूमा भर परेका छौ र घिनलाग्दा कुरा गरेका छौ । हरेक मानिसले आफ्नो छिमेकीकी पत्‍नीलाई अशुद्ध पार्छ । के साँच्‍चै तिमीहरूले यस देशमाथि अधिकार गर्ने?’

  • गिन 35:27-28
    2 पदहरू
    75%

    27र यदि रगतको बदला लिनेले त्यसलाई शरण-नगरको सिमानाबाहिर फेला पार्छ, र यदि त्यसले त्यो दोष लगाइएको व्यक्‍तिलाई मार्छ भने, रगतको बदला लिने व्यक्‍ति हत्याको दोषी हुने छैन ।

    28किनभने त्यो दोष लागेको व्यक्‍ति प्रधान पुजारीको मृत्यु नभएसम्म त्यसको शरण-नगरभित्र नै बस्‍नु पर्थ्यो । प्रधान पुजारीको मृत्युपछि त्यो दोष लागेको व्यक्‍ति आफ्नो सम्पत्ति भएको ठाउँमा फर्केर जान सक्छ ।

  • 23केवल तिमीहरूले यसको रगतचाहिँ नखानू। पानीझैँ गरी यसलाई भुइँमा पोखाइदिनू ।

  • 16तर तिमीहरूले रगतचाहिँ नखाओ । यसलाई पानीझैँ भुइँमा पोखाइदेओ ।

  • लैव्य 17:10-16
    7 पदहरू
    74%

    10यदि इस्राएलका घरानाको कुनै मानिस, वा तिनीहरूका माझमा बसोबास गर्ने कोही परदेशीले रगत खायो भने, म त्यो रगत खाने मानिसको विरुद्ध हुने छु र म त्यसलाई त्यसका मानिसहरूबाट बहिष्‍कृत गर्ने छु ।

    11किनभने हरेक जीवधारीको प्राण त्यसको रगतमा हुन्छ । तिमीहरूले आफ्ना प्राणको निम्ति प्रायश्‍चित्त गर्नलाई मैले त्यसको रगत तिमीहरूलाई दिएको छु, किनभने रगतले नै जीवनको प्रायश्‍चित्त गर्दछ ।

    12त्यसैकारण इस्राएलका मानिसहरू वा तिनीहरूका माझमा बसोबास गर्ने कोही परदेशीले पनि रगत नखाऊन् भनेर मैले तिनीहरूलाई आज्ञा गरेको हुँ ।

    13इस्राएलको कुनै मानिस, वा तिनीहरूका माझमा बसोबास गर्ने कोही परदेशीले कुनै खान मिल्‍ने पशु वा पक्षीको शिकार गरी त्यसलाई मार्दछ भने, त्यो मानिसले त्यसको रगत निथारेर माटोले ढाकिदिओस् ।

    14किनभने हरेक जीवधारीको प्राण त्यसको रगतमा हुन्छ । त्यसैकारण मैले इस्राएलका मानिसहरूलाई भनेँ, “कुनै पनि प्राणीको रगत तिमीहरूले नखानू, किनभने हरेक प्राणीको जीवन त्यसको रगतमा हुन्छ । जसले त्यो खान्छ, त्यो बहिष्‍कृत होस् ।”

    15कुनै मानिस जसले मरिसकेको वा जङ्गली जनावरले फहराएको पशु खान्छ, त्यो मानिस स्थानीय वा तिमीहरूका माझमा बसोबास गर्ने परदेशी जो भए तापनि, त्यसले आफ्ना लुगाहरू धोओस् र पानीले नुहाओस्, र त्यो साँझसम्म अशुद्ध हुने छ । त्यसपछि त्यो शुद्ध हुने छ ।

    16तर यदि त्यसले आफ्ना लुगाहरू धुँदैन वा आफ्नो शरीर नुहाउँदैन भने, त्यसले आफ्नो दोष बोकिरहोस् ।’”

  • व्यव 21:7-9
    3 पदहरू
    74%

    7अनि तिनीहरूले त्यस मामललाई जवाफ दिई यसो भनून्, 'हाम्रा हातले यो रगत बगाएका होइनन्, न त हाम्रा आँखाले यसलाई देखेका छन् ।'

    8हे परमप्रभु इस्राएललाई क्षमा दिनुहोस् जसलाई तपाईंले छुटकारा दिनुभएको छ, र तपाईंको जाति इस्राएलको बिचमा यो निर्दोषको हत्याको दोष नलगाउनुहोस् ।' तब हत्याको दोषलाई क्षमा हुने छ ।

    9यसरी तिमीहरूले परमप्रभुको दृष्‍टिमा जे ठिक छ त्यही गरेकाले तिमीहरूले तिमीहरूका बिचबाट निर्दोषको हत्याको दोषलाई हटाउने छौ ।

  • 13तिमीहरूका आँखाले त्यसलाई दया देखाउनुहुँदैन । बरु, तिमीहरूले इस्राएलबाट निर्दोषको हत्याको दोषलाई निर्मूलन गर्नुपर्छ ताकि तिमीहरूको भलो हुन सकोस् ।

  • लैव्य 17:3-4
    2 पदहरू
    73%

    3‘यदि इस्राएलको कुनै मानिसले बलिदानको निम्ति भनेर छाउनीभित्र वा बाहिर साँढे, भेडाको बच्‍चा वा बोका मार्दछ,

    4तर यदि त्यसले त्यो भेट हुने पालको प्रवेशद्वारमा परमप्रभुको पवित्र स्थानअगि बलिदानको रूपमा अर्पण गर्न ल्याउँदैन भने, त्यस रक्‍तपातको कारण त्यो दोषी हुने छ । त्यसले रगत बगाएको छ र त्यो मानिस आफ्ना मानिसहरूका बिचबाट बहिष्‍कृत होस् ।

  • लैव्य 18:27-28
    2 पदहरू
    73%

    27तिमीहरूभन्दा अगि यस भूमिमा बसोबास गर्ने मानिसहरूले यस्तै दुष्‍ट काम गरे, र यसैकारण सारा देश नै अपवित्र भयो ।

    28तिमीहरूका अपवित्रताका कारण तिमीहरूभन्दा अगिका मानिसहरूलाई झैँ त्यस भूमिले तिमीहरूलाई पनि उकेलेर बाहिर ननिकालोस् ।

  • व्यव 12:23-24
    2 पदहरू
    73%

    23केवल रगत नखाने कुरामा निश्‍चित होओ किनकि रगत जीवन हो । मासुसँगै जीवन नखाओ ।

    24तिमीहरूले रगत नखाओ । यसलाई पानीलाई झैँ भुइँमा खन्याइदिनू ।

  • 6यसकारण, यो परमप्रभु परमेश्‍वरको घोषणा हो, जस्‍तो म जीवित छु, म तँलाई रक्तपातको निम्ति तयार गर्नेछु, र रक्तपातले तँलाई खेद्‍नेछ । तैंले रक्तपातलाई घृणा नगरेको कारणले रक्तपात तँलाई खेद्‍नेछ ।

  • लैव्य 18:24-25
    2 पदहरू
    73%

    24यस्ता कामहरू गरेर आफैलाई अपवित्र नबनाउनू, किनभने जुन जातिहरूलाई मैले तिमीहरूका सामुबाट निकाल्दै छु ती यी सबै कारणले अपवित्र भएका छन् ।

    25तिनीहरूको भूमि अपवित्र भयो, र यसैकारण मैले तिनीहरूका पापको दण्ड दिएँ, र त्यस भूमिले त्यसका बासिन्दाहरूलाई उकेलेर निकालिदियो ।

  • 4तर तिमीहरूले मासु त्यसको प्राण दिने रगतसमेत नखाओ ।

  • 38तिनीहरूले निर्दोष रगतको, अर्थात् आफ्‍ना छोराहरू र छोरीहरूका रगत बगाए, जुन तिनीहरूले कनानको मूर्तीहरूलाई बलि चढाएर रगतले देशलाई अशुद्ध पारे ।

  • लैव्य 7:26-27
    2 पदहरू
    71%

    26तिमीहरूका घरहरूमा कुनै पक्षी वा पशुको रगत नखानू ।

    27जसले रगत खान्छ, त्यो आफ्ना मानिसहरूबाट बहिष्‍कार गरियोस् ’ ।”

  • 2त्यहाँ सराप, झुटो बोली, हत्या, चोरी र व्यभिचार छ । मानिसहरूले सबै सीमा तोडेका छन्, र रगत बगेपछि रगत बगेको छ ।

  • 20तब तैंले त्यसको केही रगत लिनू र वेदीका चारवटा सिङ, वेदीको चार सीङ्, चार कुना र वरिपरिको किनारमा लगाउनू अनि त्यसलाई शुद्ध गरेर त्यसको निम्ति प्रायश्‍चित गर्नू ।

  • 18यसैले तिनीहरूले त्यो देशमा बगाएका रगत र आफ्‍ना मूर्तिहरूले अशुद्ध बनाएका कारणले मैले तिनीहरूका विरुद्धमा आफ्‍नो क्रोध खन्याएँ ।

  • 27त्यसको मासु छुने सबै कुरा पवित्र हुने छ, र यदि कुनै वस्‍त्रमा रगतको छिट्का लागेको भए त्यस छिट्का लागेको ठाउँलाई पवित्र स्थानमा धुनू ।

  • 19त्यसले त्यसलाई शुद्ध गर्न र इस्राएलका मानिसहरूका अशुद्ध कामहरूबाट टाढा गरी परमप्रभुको निम्ति अलग्‍ग गर्नलाई त्यसमाथि आफ्नो औँलाले केही रगत सात पटक छर्कोस् ।

  • गिन 35:24-25
    2 पदहरू
    70%

    24त्यस अवस्थामा समुदायले दोष लगाइएको व्यक्‍ति र रगतको बदला लिनेबिच यी नियमहरूको आधारमा न्याय गर्नुपर्छ ।

    25समुदायले दोष लगाइएको व्यक्‍तिलाई रगतको बदला लिने व्यक्‍तिको शक्‍तिबाट छुटकारा दिनुपर्छ । समुदायले त्यो दोष लगाइएको व्यक्‍ति पहिले भागेर गएको शरण-नगरमा नै त्यसलाई फर्काउनुपर्छ । त्यो त्यस बेलाको प्रधान पुजारीको मृत्यु नभएसम्म त्यहीँ नै बस्‍नुपर्छ, जसलाई पवित्र तेलले अभिषेक गरिएको थियो ।

  • 13जसले मरेको व्यक्‍ति छुन्‍छ अर्थात् मरेको मानिसको शरीर छुन्‍छ, र आफूलाई शुद्ध पार्दैन, त्यो व्यक्‍तिले परमप्रभुको पवित्र वासस्थान अवित्र तुल्याउँछ । त्यो व्यक्‍तिलाई इस्राएलबाट बहिष्कार गर्नुपर्छ, किनभने अशुद्धताको पानी त्यसमाथि छर्किएको थिएन । त्यो अशुद्ध रहेनछ; त्यसको अशुद्धता त्यसमाथि रहनेछ ।

  • 21मैले बदला नलिएको रगतको म बदला लिनेछु, किनकि परमप्रभु सियोनमा बास गर्नुहुन्‍छ ।”

  • 22अनि व्यवस्थाअनुसार रगतले हरेक थोकलाई शुद्ध पार्दछ । रगत नबगाइकन क्षमा हुँदैन ।

  • 6जसले मानिसको रगत बगाउँछ मानिसद्वारा नै त्यसको रगत बगाइनेछ, किनकि परमेश्‍वरले मानिसलाई आफ्नै स्वरूपमा बनाउनुभयो ।

  • 13किनकि यदि बोका र साँढेहरूको रगत अनि कोरेलीको खरानीले छर्किंदा तिनीहरू अशुद्ध हुन्छन् र तिनीहरूका शरीरलाई शुद्ध पार्न तिनीहरू परमेश्‍वरमा समर्पित हुनुपर्छ भने,

  • 4पुजारी एलाजारले यसको केही रगत त्यसको औँलाले लिएर भेट हुने पालको अघिल्तिर सात पटक छर्कनू ।