गिन्ती 35:8

अनलक शाब्दिक बाइबल

इस्राएलका मानिसहरूको ठुलो कुलसँग धैरै भूमि हुने भएकोले धेरै सहरहरू दिनुपर्छ । साना कुलहरूले कम सहरहरू दिनुपर्छ । हरेक कुलले आफूले प्राप्‍त गरेको हिस्साअनुसार लेवीहरूको निम्ति दिनुपर्छ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • गिन 26:54 : 54 ठुलो कुललाई ठुलो अंश दिनुपर्छ र सानो कुललाई सानो अंश दिनुपर्छ । हरेक कुललाई गनिएका पुरुषहरूको सङ्ख्याअनुसार एक‍-एक अंश दिनुपर्छ ।
  • गिन 33:54 : 54 तिमीहरूले भूमिलाई चिट्ठा हालेर कुल-कुलअनुसार अंश बाँड्नुपर्छ । ठुलो कुललाई भूमिको ठुलो अंश दिनुपर्छ र सानो कुललाई भूमिको सानै अंश दिनुपर्छ । कुल-कुलअनुसारको चिट्ठा जहाँ पर्छ, त्यो त्यही कुलको हुने छ । तिमीहरूले भूमिलाई आ-आफ्नो कुलअनुसार बाँड्ने छौ
  • व्यव 33:8-9 : 8 लेवीको विषयमा मोशाले भनेः तपाईंको तुम्मीम र तपाईंको ऊरीम तपाईंको राजकीय जनसित छ, जसलाई तपाईंले मस्साहमा जाँच्नुभयो, जोसित तपाईंले मेरीबाको पानीमा झगडा गर्नुभयो । 9 तिनले आफ्ना बुबा र आमाको विषयमा भने, “मैले उहाँहरूलाई देखेको छैनँ ।” न तिनले आफ्ना दाजुभाइहरूलाई स्वीकर गरे, न त तिनले आफ्नै सन्तानको वास्ता गरे । किनकि तिनले तपाईंको वचनको रखवाली गरे, र तपाईंको सन्दूकलाई सुरक्षा दिए । 10 तिनले याकूबलाई तपाईंका विधिहरू र इस्राएललाई तपाईंको व्यवस्था सिकाउँछन् । तिनले तपाईंको सामु धूप बाल्छन्, र तपाईंको वेदीमा सबै होमबलि चढाउँछन् । 11 हे परमप्रभु, तिनका सबै सम्पत्तिमा आशिष् दिनुहोस्, र तिनका हातका काम स्वीकार गर्नुहोस् । तिनको विरुद्धमा खडा हुनेहरू र तिनलाई घृण गर्नेहरूका कम्मरमा हिर्काउनुहोस् ताकि तिनीहरू फेरि उठ्न नसकून् ।
  • यहो 21:1-9 : 1 ¶ त्यसपछि लेवी कुलका कुलनायकहरू पुजारी एलाजार, नूनका छोरा यहोशू र इस्राएलका मानिसहरूभित्रका तिनीहरूका पुर्खाहरूको परिवारहरूका अगुवाहरूकहाँ आए । 2 तिनीहरूले कनानको भूमिमा शीलोमा तिनीहरूलाई भने, “परमप्रभुले मोशाद्वारा हाम्रा गाईवस्तुहरूका निम्ति खर्कसहितका बसोबास गर्न हामीलाई सहरहरू दिन आज्ञा गर्नुभएको थियो ।” 3 त्यसैले इस्राएलका मानिसहरूले परमप्रभुको आज्ञाद्वारा लेवीहरूलाई तिनीहरूका खर्कहरूसहित तिनीहरूको उत्तराधिकारबाट निम्‍न सहरहरू दिए । 4 कहातीहरूका निम्ति हालेको चिट्ठाको परिणाम यस्तो आयोः लेवीबाट जन्‍मेका हारूनका सन्तानहरू, पुजारीहरूले यहूदाको कुलबाट, शिमियोनका कुलबाट र बेन्यामीनको कुलबाट दिइएका तेह्रवटा सहर पाए । 5 बाँकी कहातीहरूलाई एफ्राइम, दान र मनश्शेको आधा कुलबाट दश सहर दिइयो । 6 त्यसपछि गेर्शोनबाट जन्मेका मानिसहरूलाई चिट्ठाद्वारा इस्साखार, आशेर, नप्‍तली र बाशानमा मनश्शेको आधा कुलबाट तेह्रवटा सहर दिइयो । 7 मरारीका सन्तानहरूका कुल-कुलअनुसार रूबेन, गाद र जबूलूनको कुलबाट बाह्रवटा सहर पाए । 8 त्यसैले इस्राएलका मानिसहरूले परमप्रभुले मोशाद्वारा आज्ञा दिनुभएमुताबिक लेवीहरूलाई यी सहरहरू (तिनीहरूका खर्कहरूसहित) चिट्ठा हालेर दिए । 9 यहूदा र शिमियोनका कुलहरूबाट तिनीहरूले यहाँ नाउँद्वारा सूची बनाएअनुसार दिए । 10 यी सहरहरू हारूनका सन्तानहरूलाई दिइयो, जो कहाती कुलका थिए र लेवी वंशबाटका थिए । किनभने पहिले हालेको चिट्ठा तिनीहरूलाई पर्‍यो । 11 इस्राएलीहरूलाई किर्यत-अर्बा (अर्बा अनाका पिता थिए) अर्थात् जुन हेब्रोन हो यहूदाको पहाडी देशमा यसका खर्कहरूसहित तिनीहरूलाई दिए । 12 तर तिनीहरूका गाउँहरूसहित सहरका खेतहरू यपुन्‍नेका छोरा कालेबलाई पहिले नै तिनको अधिकारको रूपमा दिइएको थियो । 13 तिनीहरूले पुजारी हारूनका सन्तानहरूलाई यसका खर्कहरूसहित हेब्रोन, जुन अरूलाई अनजानमा मार्ने मानिसको निम्ति शरण-नगर थियो, र यसको खर्कसहित लिब्‍ना, 14 यसको खर्कसहित यत्तीर, र यसको खर्कसहित एश्तमो दिए । 15 तिनीहरूले यसको खर्कसहित होलोन, यसको खर्कसहित दबीर, 16 यसको खर्कसहित ऐन, यसको खर्कसहित युत्ता र यसको खर्कसहित बेथ-शेमेश दिए । यी दुई कुलबाट दिइएका नौवटा सहर थिए । 17 बेन्यामीनको कुलबाट यसको खर्कसहित गिबोन, यसको खर्कसहित गेबा, 18 यसको खर्कसहित अनातोत, र यसको खर्कसहित चारवटा सहर दिइयो । 19 हारूनका सन्तानहरू, पुजारीहरूलाई दिइएका सहरहरू तिनीहरूका खर्कहरूसहित तेह्रवटा थिए । 20 बाँकी कहातीहरू जो लेवी कुलको कहाती थिए, तिनीहरूले चिट्ठा हालेर एफ्राइमको कुलबाट तिनीहरूलाई दिएका थिए । 21 तिनीहरू कसैलाई अनजानमा मानिस मार्ने व्यक्‍तिको निम्ति शरण-नगरको निम्ति एफ्राइमको पहाडी देशमा यसको खर्कसहित शकेम, गेजेर, 22 यसको खर्कसहित किब्सैम र यसको खर्कसहित बेथ-होरोन गरी चाटवटा सहर दिइयो । 23 दानको कुलबाट कहातको कुललाई यसको खर्कसहित एल्तके, यसको खर्कसहित गिब्‍बतोन, 24 यसको खर्कसहित अय्यालोन र यसको खर्कसहित गात-रिम्मोन गरी चारवटा सहर दिइयो । 25 मनश्शेको कुलबाट कहातको कुललाई यसको खर्कसहित तानाक र यसको खर्कसहित गात-रिम्‍मोन गरी दुईवटा सहर दिइयो । 26 तिनीहरूका खर्कसहित बाँकी कहाती कुलका निम्ति दसवटा सहर थिए । 27 मनश्शेको आधा कुलबाट अन्य लेवी कुल अर्थात् गेर्शोनको कुललाई तिनीहरूले यसको खर्कसहित गोलान अनजानमा मानिसलाई मार्ने व्यक्‍तिको निम्ति शरण-नगर हुनलाई साथै यसको खर्कसहित बे-एश्तरा गरी दुईवटा दिए । 28 गेर्सोनका कुललाई तिनीहरूले इस्साखारको कुलबाट यसको खर्कसहित किश्योन, यसको खर्कसहित दाबरत, 29 यसको खर्कसहित यर्मूत र यसको खर्कसहित एन-गन्‍नीम गरी चारवटा सहर दिए । 30 आशेरको कुलबाट तिनीहरूले यसको खर्कसहित मिशाल, यसको खर्कसहित अब्दोन, 31 यसको खर्कसहित हल्केत र यसको खर्कसहित रहोब गरी चाटवटा सहर दिए । 32 नप्‍तलीको कुलबाट, तिनीहरूले गेर्शोनको कुललाई यसको खर्कसहित गालीलमा केदेश, कसैलाई अनजानमा मार्ने व्यक्‍तिको निम्ति शरण-नगरको रूपमा; यसको खर्कसहित हम्मोत-डोर र यसको खर्कसहित कर्तान गरी जम्मा तिनवटा सहर दिए । 33 गेर्शोनको कुलबाट तिनीहरूका खर्कसहित जम्मा तेह्रवटा सहर थिए । 34 बाँकी लेवीहरू माकीरको कुललाई जबूलूनको कुलबाट यी सहरहरू दिइयोः यसको खर्कसहित योक्‍नाम, यसको खर्कसहित कर्तह, 35 यसको खर्कसहित दिम्‍ना र यसको खर्कसहित नहलल गरी जम्मा चारवटा सहर दिइयो । 36 मरारीको कुललाई यी सहरहरू दिइयोः यसको खर्कसहित बेसेर, 37 यसको खर्कसहित यहसा, यसको खर्कसहित कदेमोत, र यसको खर्कसहित मेपात गरी चारवटा सहर । 38 गादको कुलबाट तिनीहरूले यसको खर्कसहित गिलादमा रामोतलाई अरूलाई अनजानमा मार्ने व्यक्‍तिको निम्ति शरण-नगरको रूपमा, र यसको खर्कसहित महनोम दिए । 39 मरारीका कुललाई यसको खर्कसहित हेश्बोन र यसको खर्कसहित याजेर पनि दिइयो । यी चारवटा सहर थिए । 40 यी सबै सहर मरारी कुलका थिए जो लेवी कुलबाटका थिए, तिनीहरूलाई चिट्ठा हालेर बाह्रवटा सहर दिइयो । 41 लेवीका सहरहरू इस्राएलका मानिसहरूको अधीनमा रहेको भू-भागको बिचबाट लिइएका सहरहरू तिनीहरूका खर्कसहित अठचालिसवटा थिए । 42 यी हरेक सहरको आ-आफ्नै खर्कहरू थिए । सबै सहरको यस्तै नै थियो ।
  • २ कोरि 8:13-14 : 13 किनकि यो काम तिमीहरूलाई भार होस् र अरूलाई हलुका होस् भनेर होइन । बरु, निष्पक्षता हुनुपर्छ । 14 तिमीहरूमा अहिले भएको प्रशस्तताले तिनीहरूको आवश्यकता पुरा गर्नेछ । यो यसकारणले पनि हो कि तिनीहरूका प्रशस्तताबाट तिमीहरूका आवश्यकताहरू पुरा हुन सकोस् र समानता कायम होस् ।
  • उत्प 49:7 : 7 तिनीहरूको रिस श्रापित् होस्, किनभने त्‍यो भयानक छ, र तिनीहरूको क्रोध पनि श्रापित् होस् किनकि त्‍यो निष्‍ठुर छ । तिनीहरूलाई म याकूबमा विभाजन गर्नेछु, इस्राएलमा तितरबितर पार्नेछु ।
  • निर्ग 16:18 : 18 तिनीहरूले ओमेरले नाप्दा धेरै बटुल्नेहरूको बढ्ता भएन र कम बटुल्नेहरूलाई पनि अपुग भएन । हरेक व्यक्तिले आफ्नो आवश्यकताअनुसार बटुल्यो ।
  • निर्ग 32:28-29 : 28 मोशाले आज्ञा गरेमुताबिक लेवीहरूले गरे । त्यस दिन करिब तिन हजार मानिस मरे । 29 मोशाले लेवीहरूलाई भने, “आज तिमीहरू परमप्रभुको सेवामा राखिएका छौ किनकि आज परमप्रभुले तिमीहरूलाई आशिष् देऊन् भनेर तिमीहरू हरेकले आ-आफ्ना छोरा र भाइको विरुद्धमा कारबाही गरेका छौ ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 9त्यसपछि परमप्रभु मोशासँग बोल्नुभयो,

  • गिन 35:1-7
    7 पदहरू
    83%

    1¶ परमप्रभु यरीहोमा यर्दन नजिकको मोआबको मैदानमा मोशासँग बोल्नुभयो,

    2“इस्राएलका मानिसहरूलाई तिनीहरूका आ-आफ्नो भूमिको हिस्साबाट लेवीहरूलाई केही दिन आज्ञा दे । तिनीहरूले उनीहरूलाई बस्‍नको निम्ति सहरहरू र त्यसको वरिपरि खर्क दिनुपर्छ ।

    3लेवीहरूले बस्‍नलाई यी सहरहरू पाउने छन् । तिनीहरूका गाईवस्तुहरू, भेडा-बाख्राहरू र तिनीहरूका सबै जनावरका निम्ति खर्क हुने छ ।

    4तिमीहरूले लेवीहरूलाई दिने सहर वरिपरिका खर्कहरू सहरका पर्खालहरूदेखि बाहिर वरिपरि सबैतिर एक-एक हजार हातसम्म फैलिएको हुने छ ।

    5तिमीहरूले सहरको बाहिरबाट पूर्वपट्टि दुई हजार हात, दक्षिणपट्टि दुई हजार हात, पश्‍चिमपट्टि दुई हजार हात र उत्तरपट्टि दुई हजार हात नाप्‍नुपर्छ । यो तिनीहरूका निम्ति खर्कहरू हुने छ । सहरचाहिँ बिचमा हुने छ ।

    6तिमीहरूले लेवीहरूलाई दिने सहरहरूमध्ये छ वटाले शरण-नगरहरूको काम गर्नुपर्छ । तिमीहरूले दिएका यी ठाउँहरूले कुनै मानिसलाई मार्ने व्यक्‍ति भाग्‍न सक्‍ने ठाउँ हुनुपर्छ । बयालिसवटा सहर पनि दिनू ।

    7तिमीहरूले लेवीहरूलाई दिने सहरहरू जम्‍मा अठचालिसवटा हुने छ । तिमीहरूले तिनीहरूलाई तिनीहरूका खर्कहरूसहित दिनुपर्छ ।

  • गिन 26:53-56
    4 पदहरू
    79%

    53“यो भूमि तिनीहरूका आ-आफ्ना नाउँको सङ्ख्याअनुसार यी मानिसहरू माझ उत्तराधिकारको रूपमा बाँड्नुपर्छ ।

    54ठुलो कुललाई ठुलो अंश दिनुपर्छ र सानो कुललाई सानो अंश दिनुपर्छ । हरेक कुललाई गनिएका पुरुषहरूको सङ्ख्याअनुसार एक‍-एक अंश दिनुपर्छ ।

    55तथापि, भूमिलाई चिट्ठा हालेर बाँड्नुपर्छ ।

    56आ-आफ्ना कुललाई बाँडिदिएअनुसार तिनीहरूले भूमि पाउनुपर्छ । तिनीहरूलाई चिट्ठाद्वारा बाँडिदिएअनुसार ठुला र साना कुलहरूलाई आ-आफ्ना अंश भाग लगाउनुपर्छ ।”

  • 54तिमीहरूले भूमिलाई चिट्ठा हालेर कुल-कुलअनुसार अंश बाँड्नुपर्छ । ठुलो कुललाई भूमिको ठुलो अंश दिनुपर्छ र सानो कुललाई भूमिको सानै अंश दिनुपर्छ । कुल-कुलअनुसारको चिट्ठा जहाँ पर्छ, त्यो त्यही कुलको हुने छ । तिमीहरूले भूमिलाई आ-आफ्नो कुलअनुसार बाँड्ने छौ

  • यहो 21:2-5
    4 पदहरू
    77%

    2तिनीहरूले कनानको भूमिमा शीलोमा तिनीहरूलाई भने, “परमप्रभुले मोशाद्वारा हाम्रा गाईवस्तुहरूका निम्ति खर्कसहितका बसोबास गर्न हामीलाई सहरहरू दिन आज्ञा गर्नुभएको थियो ।”

    3त्यसैले इस्राएलका मानिसहरूले परमप्रभुको आज्ञाद्वारा लेवीहरूलाई तिनीहरूका खर्कहरूसहित तिनीहरूको उत्तराधिकारबाट निम्‍न सहरहरू दिए ।

    4कहातीहरूका निम्ति हालेको चिट्ठाको परिणाम यस्तो आयोः लेवीबाट जन्‍मेका हारूनका सन्तानहरू, पुजारीहरूले यहूदाको कुलबाट, शिमियोनका कुलबाट र बेन्यामीनको कुलबाट दिइएका तेह्रवटा सहर पाए ।

    5बाँकी कहातीहरूलाई एफ्राइम, दान र मनश्शेको आधा कुलबाट दश सहर दिइयो ।

  • यहो 21:8-9
    2 पदहरू
    77%

    8त्यसैले इस्राएलका मानिसहरूले परमप्रभुले मोशाद्वारा आज्ञा दिनुभएमुताबिक लेवीहरूलाई यी सहरहरू (तिनीहरूका खर्कहरूसहित) चिट्ठा हालेर दिए ।

    9यहूदा र शिमियोनका कुलहरूबाट तिनीहरूले यहाँ नाउँद्वारा सूची बनाएअनुसार दिए ।

  • १ इति 6:64-65
    2 पदहरू
    77%

    64यसरी इस्राएलीहरूले लेवीहरूलाई यी सहरहरू तिनका खर्कहरूसहित दिए ।

    65माथि उल्लेख गरिएका सहरहरू यहूदा, शिमियोन र बेन्‍यामीनका कुलहरूबाट चिठ्ठाको माध्यमबाट तिनीहरूलाई दिइयो ।

  • 30साथै, इस्राएलका मानिसहरूका आधा भागबाट, मानिस, गाईवस्तु, गधा, भेडा र बाख्राबाट तैँले हरेक पचास वटामा एउटा लिनू । यिनीहरूलाई मेरो पवित्र वासस्थानको हेरचाह गर्ने लेवीहरूलाई दिनू ।”

  • यहो 21:41-42
    2 पदहरू
    74%

    41लेवीका सहरहरू इस्राएलका मानिसहरूको अधीनमा रहेको भू-भागको बिचबाट लिइएका सहरहरू तिनीहरूका खर्कसहित अठचालिसवटा थिए ।

    42यी हरेक सहरको आ-आफ्नै खर्कहरू थिए । सबै सहरको यस्तै नै थियो ।

  • यहो 14:3-4
    2 पदहरू
    73%

    3किनभने साँढे दुई कुललाई यर्दनपारि नै उत्तराधिकार दिइएको थियो, तर तिनले लेवीलाई कुनै उत्तराधिकार दिएनन् ।

    4वास्तवमा योसेफको कुल मनश्शे र एफ्राइम गरी दुई कुल थिए । लेवीहरूलाई त्यो भू-भागमा कुनै उत्तराधिकार दिइएन, तर तिनीहरूका गाईवस्तुहरूका निम्ति चरन र तिनीहरूका भौतिक सरसामानहरूका निम्ति केही सहरहरू मात्र दिइए ।

  • गिन 35:13-14
    2 पदहरू
    72%

    13तिमीहरूले छवटा सहरलाई शरण-नगरको रूपमा छान्‍नुपर्छ ।

    14तिमीहरूले यर्दनपारि तिनवटा सहर र कनानको भूमिमा तिनवटा सहर दिनुपर्छ । ती शरण-नगर हुने छन् ।

  • 5“तिनीहरूले चढाएका बलिहरू स्वीकार गर् र तिनीहरूलाई भेट हुने पालको कामको निम्ति प्रयोग गर् ।”

  • 47इस्राएलका मानिसहरूका आधा भागबाट मोशाले पशु र मानिस दुवैबाट हरेक पचास वटाबाट एउटा लिए । परमप्रभुले मोशालाई आज्ञा गर्नुभएबमोजिम तिनले तिनीहरूलाई परमप्रभुको पवित्र वासस्थानको हेरचाह गर्ने लेवीहरूलाई दिए ।

  • 24मेरो निम्ति योगदानको रूपमा तिनीहरूले चढाएका इस्राएलका मानिसहरूको दशांश मैले लेवीहरूलाई तिनीहरूको उत्तराधिकारको रूपमा दिएको छु । यसैले मैले तिनीहरूलाई यसो भनेँ, 'इस्राएलका मानिसहरूमाझ तिनीहरूको कुनै उत्तराधिकार हुनुहुँदैन ।”

  • 8त्यसको आफ्नो परिवारको सम्पतिको बिक्रीबाट आएको अतिरिक्त त्यसले पनि खानको लागि समान हिस्सा पाउनुपर्छ ।

  • 13मोशाले इस्राएलका मानिसहरूलाई आज्ञा गरे र भने, “तिमीहरूले चिट्ठाद्वारा पाउने मुलुक यही हो, जसलाई साँढे नौ कुललाई दिन परमप्रभुले आज्ञा दिनुभएको छ ।

  • 2“इस्राएलका मानिसहरूलाई आज्ञा दे र तिनीहरूलाई भन्, 'जब तिमीहरू कनान देशमा प्रवेश गर्छौ, त्यो देश अर्थात् कनानको भूमि र यसका सिमानाहरू तिमीहरूको स्वामित्वमा हुने छ,

  • 2तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई अधिकार गर्न दिन लाग्‍नुभएको देशको बिचमा आफ्नो लागि तिनवटा सहर रोज्नू ।

  • 5यसरी त्यो पच्‍चीस हजार हात लामो र दश हजार हात चौडा हुनेछ, र त्यो मन्‍दिरमा सेवा गर्ने लेवीहरूका नगरहरूका निम्ति त्‍यो हुनेछ ।

  • 11यदि त्यसका बुबाका भाइहरू छैनन् भने, तिमीहरूले त्यसको अंश त्यसको कुलको सबैभन्दा नजिकको नातेदारलाई दिनुपर्छ । त्यसले त्यो आफ्नो निम्ति ग्रहण गर्नुपर्छ । यो परमप्रभुले मलाई आज्ञा गर्नुभएअनुसार इस्राएलका मानिसहरूका निम्ति आदेशद्वारा स्थापित गरिएको नियम हुने छ' ।”

  • यहे 47:21-22
    2 पदहरू
    70%

    21यसरी तिमीहरूले आफ्नो निम्ति, अर्थात् इस्राएलका कुलको निम्ति यो देशलाई विभाजन गर्नेछौ ।

    22यसरी तिमीहरूले उत्तराधिकार आफूलाई र तिमीहरूका बिचमा भएका परदेशीहरूलाई विभाजन गर्नेछौ, जसले तिमीहरूका बिचमा बालक जन्माएका छन्, जो इस्राएलमा जन्मिएका मानिसहरूझैं तिमीहरूका बिचमा छन् । तिमीहरूले इस्राएलका कुलहरूका निम्ति उत्तराधिकार पाउन चिठ्ठा हाल्नुपर्छ ।

  • 12तिमीहरूले तयार पार्ने र चढाउने बलिदान यहाँ उल्लेख गरेजस्तै गर्नुपर्छ ।

  • लैव्य 25:32-34
    3 पदहरू
    70%

    32तथापि, लेवीहरूले आफ्ना सहरहरूमा आफ्नो अधिकार गरेका घरहरू भने जुनसुकै समयमा पनि फुकाउन सकिने छ ।

    33यदि लेवीहरूमध्ये कसैले आफूले बेचेको घर फुकाएन भने, सहरमा बेचिएको घर पुनर्स्थापनाको वर्षमा फिर्ता गरिनुपर्ने छ, किनभने इस्राएलका मानिसहरूमध्ये लेवीहरूका सहरहरूभित्र भएका घरहरू तिनीहरूको सम्पत्ति हो ।

    34तर तिनीहरूका सहरहरू वरिपरि भएका भूमिहरू नबेच्‍नू किनभने ती लेवीहरूका स्थायी सम्पत्ति हुन् ।

  • 17उहाँले नै तिनीहरूका ठाउँहरूका निम्ति चिट्ठा हाल्नुभएको छ र उहाँकै हातले तिनीहरूको निम्ति डोरीले नाप लिनुभएको छ । तिनीहरूले सदासर्वदा त्‍यसको अधिकार गर्नेछन् । पुस्तादेखि पुस्‍तासम्म तिनीहरू त्यहाँ बस्‍नेछन् ।

  • 19तर तिमीहरूका पत्‍नीहरू, तिमीहरूका बालबच्‍चाहरू र तिमीहरूका गाईवस्तु (तिमीहरूसित थुप्रै गाईवस्तु छन् भनी मलाई थाहा छ) मैले तिमीहरूलाई दिएका सहरहरूमा बस्‍ने छन् ।

  • 18तिनीहरूको वंशको निम्ति भूमि भाग लगाउन तिमीहरूले हरेक कुलबाट एक-एक जना अगुवा छान्‍नुपर्छ

  • 19आफ्ना सहरहरूका छेउछाउका बस्तीहरूमा वा हरेक सहरमा बस्‍ने हारूनका वंशका पुजारीमध्ये सबै पुरुषलाई र लेवीहरूका आफ्ना पुर्खाहरूका विवरणमा नाउँ लेखिएका पुजारीहरू सबैलाई पनि आआफ्ना भाग दिन विशेष मानिसहरू खटाइए ।

  • 42युद्धमा गएका सिपाहीहरूबाट मोशाले इस्राएलका मानिसहरूका आधा भागको सन्दर्भमा

  • 14मैले आफ्नो हात उठाएर तिमीहरूका पुर्खाहरूलाई प्रतिज्ञा गरेका देशलाई बराबर गरेर तिमीहरूले विभाजन गर्नुपर्छ । त्यो देश तिमीहरूका निम्ति उत्तराधिकार हुनेछ ।