व्यवस्थाविवरण 18:8

अनलक शाब्दिक बाइबल

त्यसको आफ्नो परिवारको सम्पतिको बिक्रीबाट आएको अतिरिक्त त्यसले पनि खानको लागि समान हिस्सा पाउनुपर्छ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • नहे 12:44 : 44 त्यस दिन भेटीहरू, अगौटे फलहरू र दशांशहरूका निम्ति भण्डार-कोठाहरूको जिम्मा लिन अनि लेवीहरू र पुजारीहरूका निम्ति व्यवस्थाले तोकेबमोजिम हिस्सा जम्मा गर्न मानिसहरू नियुक्त गरिए । सहरका नजिकका बस्तीहरूबाट काम गर्न हरेकलाई जिम्मा दिइएको थियो । किनकि यहूदा पुजारीहरू र लेवीहरूबाट प्रसन्‍न भए जो तिनीहरूका सामु खडा थिए ।
  • नहे 12:47 : 47 यरुबाबेल र नहेम्याहको समयमा सारा इस्राएलले गायकहरू र द्वारपालहरूका लागि दैनिक हिस्सा दिन्थे । तिनीहरूले लेवीहरूका निम्ति भाग छुट्ट्याउँथे, र लेवीहरूले हारूनका सन्तानहरूका निम्ति भाग छुट्ट्याउँथे ।
  • लू 10:7 : 7 तिनीहरूले जे दिन्छन्, त्यहीँ खादै र पिउँदै त्यही घरमा रहो, किनकि खेताला उसको ज्यालाको योग्य हुन्छ । एउटा घरबाट अर्को घरमा नजाओ ।
  • २ इति 31:4 : 4 यसको साथै पुजारीहरू र लेवीहरू तिनले यरूशलेममा बस्‍ने मानिसहरूलाई तिनीहरूले दिनुपर्ने भाग देऊन् भनी हुकुम गरे ताकि तिनीहरूले परमप्रभुको व्यवस्था पालन गर्ने कुरामा ध्‍यान दिन सकुन् ।
  • लैव्य 7:8-9 : 8 अरूको होमबलिलाई अर्पण गर्ने पुजारीले त्यस होमबलिको छाला आफ्नो निम्ति राख्‍न सक्छ । 9 चुलोमा बनाइएका सबै अन्‍नबलि र ताइताप्‍के वा ताउमा पकाइएका सबै बलि अर्पण गर्ने पुजारीकै हुने छ ।
  • लैव्य 7:14 : 14 परमप्रभुको निम्ति अर्पण गरिएको भेटीस्वरूप यी बलिहरूका हरेक प्रकारबाट एउटा-एउटा त्यसले अर्पण गरोस् । यो भेटी मेलबलिको रगतलाई वेदीमा छर्कने पुजारीकै हुने छ ।
  • १ कोरि 9:7-9 : 7 कसले आफ्नै खर्चमा सिपाहीको रूपमा सेवा गर्छ? कसले दाखबारी लगाएर त्यसको फल खाँदैन र? कसले गाईवस्तु पालेर तिनीहरूबाट दूध पिउँदैन र? 8 के मैले यी कुराहरू मानवीय अधिकारको आधारमा भनिरहेको छु? के व्यवस्थाले पनि यसै गर भन्दैन र? 9 मोशाको व्यवस्थामा यस्तो लेखिएको छ, “दाइँ गर्दा गोरुलाई मोहोला नलगाओ ।” के परमेश्‍वरले साँच्‍चै गोरुहरूको मात्र वास्ता गर्नुहुन्छ? 10 के उहाँले हामीहरूका निम्ति नै यो बोलिरहनुभएको छैन र? यो हाम्रो निम्ति लेखिएको हो । किनभने खेत जोत्‍नेले बालीको आशा राखेर नै जोत्‍नुपर्छ र बाली चुट्नेले पनि बाली भित्र्याउने आशले नै चुट्नुपर्छ । 11 यदि हामीले तिमीहरूका बीचमा आत्मिक कुराहरू छर्‍यौँ भने तिमीहरूबाट भौतिक कुराहरूको कटनी गर्ने काम अति भयो र? 12 यदि तिमीहरूबाट अरूहरूले हकको दाबी गर्छन् भने के हामीलाई त्योभन्दा बढता हक छैन र? तापनि हामीले यो हकको दाबी गरेनौँ । बरु, ख्रीष्‍टको सुसमाचारमा बाधा नबनौँ भनेर हामीले सबै सह्‍यौँ । 13 के मन्दिरमा सेवा गर्नेले मन्दिरबाट नै खानेकुरा पाउँछन् भन्‍ने तिमीहरूलाई थाहा छैन? वेदीमा सेवा गर्नेले वेदीमा चढाइएको कुराको हिस्सा पाउँछ भन्‍ने तिमीहरूलाई थाहा छैन र? 14 त्यसरी नै सुसमाचार प्रचार गर्नेले त्यसैबाट जीविका चलाओस् भनेर परमप्रभुले आज्ञा गर्नुभयो ।
  • १ तिमो 5:17-18 : 17 असल तरिकाले प्रशासन चलाउने एल्डरहरू दोब्बर आदरकायोग्य ठानिऊन् । 18 किनभने पवित्रशास्‍त्र भन्छ, “तिमीहरूले दाँइ गर्दै गरेको गोरुको मुखमा मोहोलो नलगाऔ” र “कामदार उसको ज्यालाको योग्य हुन्छ ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • व्यव 18:1-3
    3 पदहरू
    79%

    1¶ पुजारीहरू अर्थात् लेवीहरू र सबै लेवी कुलको इस्राएलीहरूसित कुनै हिस्सा वा अंश हुने छैन । तिनीहरूले आफ्नो अंशको रूपमा आगोद्वारा चढाइएका परमप्रभुका बलिहरू खाऊन् ।

    2आफ्ना दाजुभाइहरूका बिचमा तिनीहरूको कुनै अंश नहोस् । तिनीहरूलाई प्रतिज्ञा गरिएअनुसार परमप्रभु नै तिनीहरूका अंश हुनुहुन्छ ।

    3गोरु वा भेडा बलिदान गर्ने मानिसहरूबाट पुजारीहरूले पाउने भाग यही होः कुम, दुईवटा गाला र आन्द्रा-भुँडी ।

  • गिन 18:10-11
    2 पदहरू
    76%

    10यी बलिहरू अति पवित्र छन् । हरेक पुरुषले यो खानुपर्छ, किनभने तिनीहरू तिमीहरूका निम्ति पवित्र छन् ।

    11इस्राएलका मानिसहरूका डोलाइने बलिको रूपमा तिनीहरूका सबै उपहारबाट अलग गरिएका यी सबै बलि तेरा हुने छन् । मैले ती तँलाई, तेरा छोराहरू र तेरा छोरीहरूका निम्ति तिमीहरूको सदाको निम्ति अंशको रूपमा दिएको छु । तेरा परिवारका विधिवत् रूपमा शुद्ध हुने सबैले यी बलिहरूबाट खान सक्छन् ।

  • 7परमप्रभुको सामु खडा हुने त्यसका सबै लेवी दाजुभाइले जस्तै गरी त्यसले परमप्रभु त्यसका परमेश्‍वरको नाउँमा सेवा गरोस् ।

  • 9त्यसकारण, आफ्ना दाजुभाइहरूसँगै लेवीसित जमिनको कुनै हिस्सा वा सम्पत्ति हुँदैन । परमप्रभु तिमीहरूका परमेश्‍वरले तिनलाई भन्‍नुभएझैँ परमप्रभु नै तिनको सम्पत्ति हुनुहुन्छ)

  • गिन 18:30-31
    2 पदहरू
    75%

    30यसकारण, 'जब तिमीहरूले यसको उत्तम हिस्सा दिन्छौ, लेवीहरूको निम्ति यो खलाबाट ल्याइएको अन्‍न र कोलबाट ल्याइएको दाखमद्यको रूपमा गनिन्छ' भनी तैँले तिनीहरूलाई भन् ।

    31बाँकी तेरा उपहारहरू तिमीहरू र तिमीहरूका परिवारले कुनै पनि ठाउँमा खान सक्छौ, किनभने यो भेट हुने पालमा तिमीहरूको कामको सट्टामा दिइएको ज्याला हो ।

  • गिन 18:18-21
    4 पदहरू
    75%

    18तिनीहरूका मासु तेरो हुने छ । डोलाइएको ह्याकुलो र दाहिने साँप्रोझैँ तिनीहरूका मासु तेरो हुने छ ।

    19इस्राएलका मानिसहरूले परमप्रभुलाई चढाएका सबै पवित्र बलि निरन्तरको अंशको रूपमा मैले तँलाई, तेरा छोराहरू र छोरीहरूलाई दिएको छु । यो तेरो र तेरा सन्तानहरू दुवैको निम्ति परमप्रभुको सामु अनन्तको बाध्यकारी करार अर्थात् नूनको अनन्त करार हो ।”

    20परमप्रभुले हारूनलाई भन्‍नुभयो, “मानिसहरूको जग्गा-जमिनमा तेरो कुनै उत्तराधिकार हुनेछैन, न त मानिसहरूको सम्पत्तिमा कुनै हिस्सा हुने छ । इस्राएलका मानिसहरूमा म नै तेरो हिस्सा र उत्तराधिकार हुँ ।

    21हेर्, लेवीका सन्तानहरूले भेट हुने पालमा काम गरे बापत मैले तिनीहरूलाई इस्राएलका दशांश सेवाको सट्टामा दिएको छु ।

  • गिन 27:8-11
    4 पदहरू
    75%

    8तैँले इस्राएलका मानिसहरूलाई भन्, 'यदि कुनै मानिस मर्छ र त्यसको छोरा छैन भने, तिमीहरूले त्यसको सम्पत्ति त्यसकी छोरीलाई दिनुपर्छ ।

    9यदि त्यसकी छोरी छैन भने, तिमीहरूले त्यसको अंश त्यसको आफ्नो भाइलाई दिनुपर्छ ।

    10यदि त्यसको भाइ छैन भने, तिमीहरूले त्यसको अंश त्यसका बुबाका भाइहरूलाई दिनुपर्छ ।

    11यदि त्यसका बुबाका भाइहरू छैनन् भने, तिमीहरूले त्यसको अंश त्यसको कुलको सबैभन्दा नजिकको नातेदारलाई दिनुपर्छ । त्यसले त्यो आफ्नो निम्ति ग्रहण गर्नुपर्छ । यो परमप्रभुले मलाई आज्ञा गर्नुभएअनुसार इस्राएलका मानिसहरूका निम्ति आदेशद्वारा स्थापित गरिएको नियम हुने छ' ।”

  • 18बरु, तिमी, तिम्रा छोराछोरी, तिम्रा कमारा-कमारी र तिम्रा सहरहरूभित्र बस्‍ने लेवीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरले छन्‍नुहुने ठाउँमा तिनलाई खानू । तिमीहरूले हात लगाउने हरेक कुराको बारेमा तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु रमाउने छौ ।

  • लैव्य 10:13-15
    3 पदहरू
    74%

    13तिमीहरूले त्यो पवित्र स्थानमा खाओ, किनभने परमप्रभुलाई आगोद्वारा चढाइएका बलिदानहरूबाट यो तेरो र तेरा छोराहरूको भाग हो, किनकि तिमीहरूलाई यो कुरा बताउन मलाई आज्ञा भएको छ ।

    14डोलाइएको छाती र परमप्रभुलाई अर्पण गरिएको फिला परमप्रभुलाई ग्रहणयोग्‍य हुने शुद्ध ठाउँमा तिमीहरूले खानू । ती भागहरू तँ र तेरा छोराछोरीहरूले खानू, किनकि इस्राएलका मानिसहरूका मेलबलिका भेटीहरूबाट ती तँ र तेरा छोराहरूको भागमा दिइएका छन् ।

    15तिमीहरूले अर्पण गरिएको फिला र डोलाइएको छाती, आगोद्वारा चढाइने बोसोको बलिसँगै परमप्रभुको सामु डोलाइनको निम्ति ल्याउनू । परमप्रभुले आज्ञा गर्नुभएझैँ ती सदाको निम्ति तेरो र तेरा छोराहरूको भाग हुने छन् ।”

  • 17उहाँले नै तिनीहरूका ठाउँहरूका निम्ति चिट्ठा हाल्नुभएको छ र उहाँकै हातले तिनीहरूको निम्ति डोरीले नाप लिनुभएको छ । तिनीहरूले सदासर्वदा त्‍यसको अधिकार गर्नेछन् । पुस्तादेखि पुस्‍तासम्म तिनीहरू त्यहाँ बस्‍नेछन् ।

  • यहे 44:28-29
    2 पदहरू
    73%

    28तिनीहरूको उत्तराधिकार यही हुनेछ: म नै तिनीहरूको उत्तराधिकार हुँ, र इस्राएलमा तिमीहरूले तिनीहरूलाई कुनै सम्पत्ति नदिनू । म नै तिनीहरूको सम्पत्ति हुनेछु ।

    29तिनीहरूले अन्‍नबलि, पापबलि, र दोषबलिबाट खानेछन्, र इस्राएलमा परमप्रभुको निम्ति चढाइएको हरेक कुरा तिनीहरूकै हुनेछ ।

  • 54तिमीहरूले भूमिलाई चिट्ठा हालेर कुल-कुलअनुसार अंश बाँड्नुपर्छ । ठुलो कुललाई भूमिको ठुलो अंश दिनुपर्छ र सानो कुललाई भूमिको सानै अंश दिनुपर्छ । कुल-कुलअनुसारको चिट्ठा जहाँ पर्छ, त्यो त्यही कुलको हुने छ । तिमीहरूले भूमिलाई आ-आफ्नो कुलअनुसार बाँड्ने छौ

  • 29लेवीसित तिमीहरूसँगै कुनै हिस्सा वा सम्पत्ति नभएकोले लेवीसाथै तिमीहरूका सहरहरूभित्र भएका परदेशी, अनाथसाथै विधवा आएर ती खाऊन् अनि तृप्‍त होऊन् । यसो गर ताकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूले गर्ने सबै कुरामा तिमीहरूलाई आशिष् देऊन् ।

  • गिन 18:23-24
    2 पदहरू
    73%

    23लेवीहरूले भेट हुने पालसँग सम्बन्धित कामहरू गर्नुपर्छ । यससँग सम्बन्धित कुनै पापको जिम्मेवार तिनीहरू हुने छन् । यो तिमीहरूका मानिसहरूका पुस्तौँ-पुस्तासम्मको स्थायी नियम हुने छ । इस्राएलका मानिसहरूका माझ तिनीहरूको कुनै उत्तराधिकार हुनुहुँदैन ।

    24मेरो निम्ति योगदानको रूपमा तिनीहरूले चढाएका इस्राएलका मानिसहरूको दशांश मैले लेवीहरूलाई तिनीहरूको उत्तराधिकारको रूपमा दिएको छु । यसैले मैले तिनीहरूलाई यसो भनेँ, 'इस्राएलका मानिसहरूमाझ तिनीहरूको कुनै उत्तराधिकार हुनुहुँदैन ।”

  • गिन 5:9-10
    2 पदहरू
    72%

    9इस्राएलका मानिहरूका सबै भेटी र इस्राएलका मानिसहरूले पुजारीलाई ल्याएका र अलग गरेका थोकहरू त्यसको हुनेछ ।

    10हरेक व्यक्तिका भेटीहरू पुजारीको निम्ति हुनेछ; यदि कसैले पुजारीलाई कुनै थोक दिन्छ भने, यो त्यसको हुनेछ ।”

  • 11तर पुजारीले आफ्नै पैसाले किनेको दासले परमप्रभुका निम्ति अलग गरिएका कुराहरूबाट खान सक्छ । पुजारीका परिवारका सदस्यहरू र त्यसको घरमा जन्मेका दासहरूले पनि त्योसँगै ती कुराहरूबाट खान सक्‍ने छन् ।

  • गिन 18:13-14
    2 पदहरू
    72%

    13तिनीहरूले मकहाँ ल्याउने तिनीहरूका भूमिको पहिलो पाकेको फल तेरो हुने छ । तेरा परिवारका शुद्ध हुने सबैले यी थोकहरूबाट खान सक्छन् ।

    14इस्राएलमा अर्पण गरिएका सबै थोक तेरा हुने छन् ।

  • 10सुक्‍खा वा तेलसँग मिसाइएका सबै अन्‍नबलि समान रूपमा हारूनका वंशको हुने छ ।

  • 7तिमीहरूका माझमा लेवीहरूको कुनै उत्तराधिकार छैन किनभने परमप्रभुको पुजारीको काम नै तिनीहरूको उत्तराधिकार हो । गाद, रूबेन र मनश्शेका आधा कुलले यर्दनपारि नै आफ्नो हिस्सा पाइसकेका छन् । यो उत्तराधिकार परमप्रभुका दास मोशाले नै तिनीहरूलाई दिएका हुन् ।”

  • 14मैले आफ्नो हात उठाएर तिमीहरूका पुर्खाहरूलाई प्रतिज्ञा गरेका देशलाई बराबर गरेर तिमीहरूले विभाजन गर्नुपर्छ । त्यो देश तिमीहरूका निम्ति उत्तराधिकार हुनेछ ।

  • 27तिमीहरूका सहरहरूभित्र भएको लेवीलाई नत्याग किनकि त्योसित तिमीहरूसँग झैँ कुनै हिस्सा वा सम्पत्ति छैन ।

  • 8इस्राएलका मानिसहरूको ठुलो कुलसँग धैरै भूमि हुने भएकोले धेरै सहरहरू दिनुपर्छ । साना कुलहरूले कम सहरहरू दिनुपर्छ । हरेक कुलले आफूले प्राप्‍त गरेको हिस्साअनुसार लेवीहरूको निम्ति दिनुपर्छ ।

  • गिन 26:54-55
    2 पदहरू
    71%

    54ठुलो कुललाई ठुलो अंश दिनुपर्छ र सानो कुललाई सानो अंश दिनुपर्छ । हरेक कुललाई गनिएका पुरुषहरूको सङ्ख्याअनुसार एक‍-एक अंश दिनुपर्छ ।

    55तथापि, भूमिलाई चिट्ठा हालेर बाँड्नुपर्छ ।

  • 4यस अवस्थामा यो हाम्रो अंशको तोकिएको हिस्साबाट हट्ने छ । त्यस अवस्थामा इस्राएलका मानिसहरूको पुनर्स्थापनाको वर्ष आउँदा तिनीहरूको हिस्सा तिनीहरू जोडिने कुलमा नै गाभिने छ । यसरी तिनीहरूको हिस्सा हाम्रो पुर्खाको कुलको हिस्साबाट लगिने छ ।”

  • 18शासकले मानिसहरूका उत्तराधिकार कब्‍जा गरेर तिनीहरूलाई आफ्नो सम्पत्तिबाट अलग गर्नुहुँदैन। तिनले आफ्ना छोराहरूलाई आफ्नै सम्पत्तिबाट दिनुपर्छ ताकि मेरा मानिसहरू आफ्नो सम्पत्तिबाट तितर-बितर हुनेछैनन् ।’”

  • 5“तिनीहरूले चढाएका बलिहरू स्वीकार गर् र तिनीहरूलाई भेट हुने पालको कामको निम्ति प्रयोग गर् ।”

  • 7त्यहीँ नै तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु खाने छौ र तिमीहरू र तिमीहरूका घरानाहरूले हात लगाएका हरेक कुराको बारेमा आनन्द मनाउने छौ जहाँ परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आशिष् दिनुभएको छ ।

  • 14मोशालाई लेवीका कुललाई मात्र उत्तराधिकार दिएनन् । परमप्रभु इस्राएलका परमेश्‍‌वरका बलिदानहरू, आगोद्वारा चढाइएका बलिदानहरू परमेश्‍‌वरले मोशालाई भन्‍नुभएझैँ तिनीहरूका उत्तराधिकार हुन् ।

  • 14तिनीहरूले त्यो बेच्नु वा सट्‍नु हुँदैन । इस्राएलको जमिनको यी पहिलो फलहरूमध्ये एउटा पनि यी सिमानबाट छुट्‍याउनुहुँदैन, किनकि यो सबै परमप्रभुको निम्ति पवित्र छ ।

  • 29जमिन यही हो जसको निम्‍ति तिमीहरूले चिठ्ठा हाल्नेछौ । यो इस्राएलका कुलहरूका निम्‍ति उत्तराधिकार हुनेछ । तिनीहरूका भाग यी नै हुन् । यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।

  • 14उनले तिमीहरूका उत्तम खेतहरू, दाखबारीहरू र जैतूनका बगैंचाहरू लिनेछन् र ती आफ्ना सेवकहरूलाई दिनेछन् ।

  • 16हारून र उसका छोराहरूले त्यस भेटीबाट बाँकी रहेका सबै खाऊन् । त्यो सबै खमिर नराखीकन कुनै एउटा पवित्र स्थानमा खाइनुपर्छ । तिनीहरूले त्यो भेट हुने पालको चोकमा खाऊन् ।

  • 41त्यसपछि त्यो र त्यसका छोराछोरीहरू तिमीहरूबाट पर आफ्नै परिवार र आफ्नै पिताको सम्पत्तिमा फर्किजाने छन् ।