यहेज्केल 46:18

अनलक शाब्दिक बाइबल

शासकले मानिसहरूका उत्तराधिकार कब्‍जा गरेर तिनीहरूलाई आफ्नो सम्पत्तिबाट अलग गर्नुहुँदैन। तिनले आफ्ना छोराहरूलाई आफ्नै सम्पत्तिबाट दिनुपर्छ ताकि मेरा मानिसहरू आफ्नो सम्पत्तिबाट तितर-बितर हुनेछैनन् ।’”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यहे 45:8 : 8 यो जमिनचाहिं इस्राएलको शासकका सम्पत्ति हुनेछ । मेरा शासकहरूले अब मेरा मानिसहरूलाई थिचोमिचो गर्नेछैनन् । बरु, तिनीहरूले इस्राएलको घरानाका कुलहरूलाई त्यो जमिन दिनेछन् ।
  • १ राजा 21:19 : 19 तैँले त्यसलाई परमप्रभु यसो भन्नुहुन्छ भनी बता, 'के तैँले त्यसलाई मारेर त्यसको सम्पत्ति हडपेको छस्?’ त्यसपछि त्यसलाई परमप्रभु यसो भन्नुहुन्छ भनी बता, 'जुन ठाउँमा कुकुरहरूले नाबोतको रगत चाटे, त्यही ठाउँमा कुकुरहरूले तेरो रगत, हो तेरै रगत चाट्ने छन्' ।”
  • यहे 22:27 : 27 त्‍यसभित्र भएका त्‍यसका शासकहरू आफ्‍नो शिकार फहराउने ब्‍वाँसाहरूजस्‍ता छन्‌ । तिनीहरूले बेईमानसाथ नाफा कमाउनलाई रगत बगाउँछन् र मानिसहरूलाई मार्छन्‌ ।
  • यहे 34:3-6 : 3 तिमीहरू बोसे भागहरू खान्छौ र तिमीहरू ऊनको वस्‍त्र लगाउँछौ । तिमीहरू बगालको मोटा-मोटा पशुलाई मार्छौ । तिमीहरूले गोठालाको काम गर्दै गर्दैनौ । 4 रोगीहरूलाई तिमीहरूले बलियो पारेका छैनौ, न त बिरामीहरूलाई तिमीहरूले निको पारेका छौ । भाँचिएकाहरूलाई तिमीहरूले पट्टी बाँधेका छैनौ, र निर्वासितहरूलाई पुनर्स्थापित गरेका छैनौ वा हराएकालाई खोजेका छैनौ । त्‍यसको साटोमा, तिमीहरू तिनीहरूमाथि बल र हिंसामा शासन गर्छौ । 5 तब तिनीहरू गोठालाबिना छरपष्‍ट भएका थिए, र तिनीहरू मैदानका जीवित पशुहरूका निम्ति आहारा बने । 6 मेरो बगाल सारा पर्वतहरू र सबै अग्ला पहाडहरूमा भट्किन्छन्, र तिनीहरू पृथ्वी सारा सतहभरि नै छरिएका छन् । तापनि कसैले तिनीहरूको खोजी गर्दैन ।
  • यहे 34:21 : 21 किनकि तिमीहरूले तिनीहरूलाई आफ्ना कुइना र कुमले धकेल्छौ, अनि सबै कमजोरहरू देशबाट छरपष्‍ट नभएसम्म तिमीहरूले तिनीहरूलाई आफ्ना सिङ्ले हान्‍छौ ।
  • भजन 68:18 : 18 तपाईं उच्‍चमा उक्लनुभएको छ । तपाईंले कैदीहरूलाई डोर्‍याउनुभएको छ । मानिसहरूका माझबाट, तपाईंको विरुद्धमा युद्ध लड्नेहरूबाट समेत तपाईंले उपहार ग्रहण गर्नुभएको छ, ताकि हे परमप्रभु परमेश्‍वर, तपाईं त्यहाँ बास गर्नुभएको होस् ।
  • भजन 72:2-4 : 2 तिनले तपाईंका मानिसहरूलाई धार्मिकताले र तपाईंका गरीबहरूलाई न्यायले फैसला गरून् । 3 पहाडहरूले मानिसहरूका निम्ति शान्ति उत्पन्‍न गरून् । डाँडाहरूले धर्मिकता उत्पन्‍न गरून् । 4 उनले मानिसहरूका गरीबलाई न्याय देऊन् । उनले दरिद्रहरूका छोराछोरीलाई बचाऊन् र थिचोमिचो गर्नेहरूलाई चकनाचूर पारून् ।
  • भजन 78:72 : 72 आफ्‍नो हृदयको इमानदारीताले दाऊदले उनीहरूको रेखदेख गरे र आफ्नो हातको सीपले तिनले उनीहरूलाई बाटो देखाए ।
  • यशा 11:3-4 : 3 परमप्रभुको भय नै उहाँको आनन्द हुने छ । उहाँका आँखाले देखेका कुराले उहाँले न्याय गर्नुहुन्‍न, न त उहाँका कानले सुनेको कुराले निर्नय गर्नुहुन्छ । 4 बरु, उहाँले गरीबहरूका न्याय धार्मिकताले गर्नुहुन्छ र पृथ्वीका नम्रहरूका निम्ति उचित रूपमा निर्णय गर्नुहुन्छ । आफ्नो मुखको लट्ठीले उहाँले पृथ्वीलाई प्रहार गर्नुहुन्छ र आफ्‍नो मुखको सासले उहाँले दुष्‍टको नाश गर्नुहुन्छ ।
  • यशा 32:1-2 : 1 ¶ हेर, एक जना राजाले धर्मिकतामा राज्‍य गर्नेछन् र शासकहरूले न्यायमा राज्‍य गर्नेछन् । 2 प्रत्‍येक व्‍यक्‍ति हावाबाट बच्‍ने ठाउँजस्तै, र आँधीबाट शरण लिने ठाउँजस्तै, सुख्‍खा ठाउँको पानीको धारहरूजस्तै, थकानको देशमा भएको ठुलो चट्टानको छायाजस्तै हुनेछ ।
  • यिर्मि 23:5-6 : 5 यो परमप्रभुको घोषणा हो, हेर्, यस्‍ता दिनहरू आउँदैछन्, जति बेला म दाऊदको लागि एउटा धार्मिक हाँगा खडा गर्नेछु । उसले राजाको रूपमा राज्य गर्नेछ । तिनले बुद्धिमानीपूर्वक काम गर्नेछ, र देशमा न्याय र धार्मिकता कायम राख्‍नेछ । 6 उसको दिनमा यहूदा यहूदा बचाइनेछ, र इस्राएल सुरक्षितसाथ जिउनेछ । तब यो नाउँले उसलाई बोलाइनेछः परमप्रभु हाम्रो धार्मिकता हुनुहुन्छ ।
  • मीका 1:1-2 : 1 ¶ यरूशलेमका राजाहरू योताम, आहाज, र हिजकियाको समयमा मोरेशेतका निवासी मीकाकहाँ परमप्रभुको यस्तो वचन आयो, जुन उनले सामरिया र यरूशलेमको विषयमा देखेका थिए । 2 सारा जातिका मानिस, यो सुन । पृथ्वी र त्यसमा भएका सबैले यो सुन । परमप्रभु परमेश्‍वर उहाँको पवित्र मन्दिरबाट तिमीहरूका विरुद्ध गवाही बनून् ।
  • मीका 2:1-2 : 1 ¶ धिक्‍कार तिनीहरूलाई जसले अधर्मको योजना बनाउँछन्, जसले आफ्ना ओछ्यानमा दुष्‍ट काम गर्ने योजना बनाउँछन् । बिहानीको उज्यालोमा तिनीहरू यस्तो गर्छन् किनभने तिनीहरूसँग सामर्थ छ । 2 तिनीहरू भुमिहरूको लोभ गर्छन् र ती आफ्नो कब्जामा गर्छन्; तिनीहरू घरहरूको लोभ गर्छन् र ती आफ्नो बनाउँछन् । तिनीहरूले मानिस र त्यसको घर अनि त्यसको उत्तराधिकारमाथि शासन गर्छन् ।
  • मीका 3:1-3 : 1 ¶ मैले भनेँ, “अब सुन, ए याकूबका अगुवाहरू र इस्राएलका घरानाका शासकहरू, के इन्साफलाई बुझ्नु तिमीहरूका निम्ति ठिक होइन र? 2 तिमीहरू जसले असल कुरालाई घृणा गर्छौ र दुष्‍टलाई रुचाउँछौ, तिमीहरू जसले तिनीहरूका छालालाई काढ्‍दछौ, र तिनीहरूका हड्‍डीबाट मासुलाई अलग गर्दछौ, 3 तिमीहरु जसले मेरा मानिसहरूका मासु खान्छौ, र तिनीहरूका छाला काढ्छौ, तिनीहरूका हड्‍डी भाँच्‍छौ, र तिनीहरूलाई भाँडोमा राख्‍ने मासु, र खड्कुँलोमा पकाउने मासुझैँ टुक्रा-टुक्रा गर्दछौ ।
  • यूह 10:28 : 28 म तिनीहरूलाई अनन्‍त जीवन दिन्‍छु; तिनीहरू कहिल्‍यै मर्नेछैनन् र मेरो हातबाट तिनीहरूलाई कसैले खोसेर लैजान सक्‍नेछैन ।
  • एफिसी 4:8 : 8 जसरी धर्मशास्‍त्रले भन्दछः “जब उहाँ उच्‍च स्थानमा जानुभयो, उहाँले कैदीहरूलाई दासत्वमा राख्‍नुभयो । उहाँले मानिसहरूलाई वरदानहरू दिनुभयो ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यहे 46:16-17
    2 पदहरू
    82%

    16परमप्रभु परमेश्‍वर यस्तो भन्‍नुहुन्छ: शासकले आफ्ना कुनै पनि छोरोलाई बकस दिन्‍छन् भने त्यो तिनको उत्तराधिकार हुनेछ । त्यो तिनका छोराहरूका सम्पत्ति, अर्थात् उत्तराधिकार हुनेछ ।

    17तर तिनले आफ्नो उत्तराधिकारबाट आफ्ना सेवकमध्ये एक जनालाई बकस दिन्‍छन् भने, स्वन्त्रताको वर्ष नभएसम्म त्यो त्यस सेवकको हुनेछ, र त्यसपछि त्‍यो उक्‍त शासकलाई फिर्ता हुनेछन् । तिनको उत्तराधिकार निश्‍चय पनि तिनका छोराहरूकै हुनेछ ।

  • यहे 45:7-9
    3 पदहरू
    81%

    7शासकको जमिनचाहिं पवित्र-स्थान र सहरको निम्ति अलग गरिएको क्षेत्रको दुवैपट्टि हुनेछ । त्यो तिनीहरूको पश्‍चिम र पूर्वपट्टि हुनेछ । पूर्वदेखि पश्‍चिमसम्म यी भागहरूमध्ये एउटाको लमाइसँग बराबर लमाइ हुनेछ ।

    8यो जमिनचाहिं इस्राएलको शासकका सम्पत्ति हुनेछ । मेरा शासकहरूले अब मेरा मानिसहरूलाई थिचोमिचो गर्नेछैनन् । बरु, तिनीहरूले इस्राएलको घरानाका कुलहरूलाई त्यो जमिन दिनेछन् ।

    9परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: अब अति भयो, इस्राएलका शासकहरू हो! हिंसा र झैं-झगडा हटाओ । न्याय गर र धार्मिकता देखाओ । मेरा मानिसहरूलाई निष्कासन गर्न छोडिदेओ! यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।

  • यहे 48:21-22
    2 पदहरू
    74%

    21पवित्र रूपमा अलग जमिन र सहरको क्षेत्रको दुवैपट्टिको जमिनको बाँकी भाग शासकको निम्ति हुनेछ । पूर्वतिर शासकको जमिनको क्षेत्र पवित्र रूपमा अलग जमिनको सिमानाबाट पूर्वी सिमानासम्म पच्‍चीस हजार हात हुनेछ र पश्‍चिममा पश्‍चिमी सिमानासम्म पच्‍चीस हजार हात हुनेछ । बिचमा पवित्र रूपमा अलग जमिन हुनेछ, र त्यसको बिचमा पवित्र मन्दिर हुनेछ ।

    22लेवीहरूका जमिनदेखि फैलेको जमिन र त्‍यसको बीचको सहरको क्षेत्र शासकको निम्ति हुनेछ । त्यो यहूदाको सिमाना र बेन्यामीनको सिमानाको बिचमा हुनेछ । यो जमिन शासकको निम्ति हुनेछ ।

  • 18तिनीहरूको वंशको निम्ति भूमि भाग लगाउन तिमीहरूले हरेक कुलबाट एक-एक जना अगुवा छान्‍नुपर्छ

  • गिन 36:7-9
    3 पदहरू
    72%

    7इस्राएलका मानिसहरूको कुनै पनि अंश एउटा कुलबाट अर्कोमा बद्‍ली गर्नुहुँदैन । इस्राएलका मानिसहरूको हरेक कुलले आ-आफ्नो पुर्खाको कुलको अंशलाई निरन्तरता दिनुपर्छ ।

    8आफ्नो कुलमा अंश पाउने हेरक महिलाले आफ्नै पिताको कुलको परिवारभित्र मात्र विवाह गर्नुपर्छ, ताकि इस्राएलका मानिस हरेकले आ-आफ्नो पुर्खाहरूबाटको अंश पाओस् ।

    9कुनै पनि हिस्सा एउटा कुलबाट अर्कोमा बद्ली गर्नुहुँदैन । इस्राएलका मानिसको कुलको हरेकले आ-आफ्नो अंश सुरक्षित राख्‍नुपर्छ ।”

  • 28तिनीहरूको उत्तराधिकार यही हुनेछ: म नै तिनीहरूको उत्तराधिकार हुँ, र इस्राएलमा तिमीहरूले तिनीहरूलाई कुनै सम्पत्ति नदिनू । म नै तिनीहरूको सम्पत्ति हुनेछु ।

  • 16देशका सबै मानिसहरूले इस्राएलको शासकलाई यो उपहार दिनेछन् ।

  • 8त्यसको आफ्नो परिवारको सम्पतिको बिक्रीबाट आएको अतिरिक्त त्यसले पनि खानको लागि समान हिस्सा पाउनुपर्छ ।

  • 2आफ्ना दाजुभाइहरूका बिचमा तिनीहरूको कुनै अंश नहोस् । तिनीहरूलाई प्रतिज्ञा गरिएअनुसार परमप्रभु नै तिनीहरूका अंश हुनुहुन्छ ।

  • 4यस अवस्थामा यो हाम्रो अंशको तोकिएको हिस्साबाट हट्ने छ । त्यस अवस्थामा इस्राएलका मानिसहरूको पुनर्स्थापनाको वर्ष आउँदा तिनीहरूको हिस्सा तिनीहरू जोडिने कुलमा नै गाभिने छ । यसरी तिनीहरूको हिस्सा हाम्रो पुर्खाको कुलको हिस्साबाट लगिने छ ।”

  • 10शासक तिनीहरूका बिचमा हुनुपर्छ । तिनीहरू भित्र जाँदा उनी पनि भित्र जानुपर्छ, र तिनीहरू बाहिर निस्कँदा, उनी पनि बाहिर निस्कनुपर्छ ।

  • 8जब शासक ढोका र त्यसको दलानको बाटोबाट आउँछन्, तब तिनी त्यही बाटोबाट भएर बाहिर जानुपर्छ ।

  • 25मेरो दास याकूबलाई मैले दिएको देशमा तिनीहरू बस्‍नेछन्, जहाँ तिनीहरूका पुर्खाहरू बसेका थिए । त्यहाँ तिनीहरू, तिनीहरूका छोरोछोरी, र नाता-नातिन सदाको निम्ति बसोबास गर्नेछन्, किनकि मेरो दास दाऊद सदाको निम्ति तिनीहरूको मुखिया हुनेछ ।

  • 17उहाँले नै तिनीहरूका ठाउँहरूका निम्ति चिट्ठा हाल्नुभएको छ र उहाँकै हातले तिनीहरूको निम्ति डोरीले नाप लिनुभएको छ । तिनीहरूले सदासर्वदा त्‍यसको अधिकार गर्नेछन् । पुस्तादेखि पुस्‍तासम्म तिनीहरू त्यहाँ बस्‍नेछन् ।

  • 46तिमीहरूले त्यस्ता दासहरूलाई आफ्ना छोराछोरीहरूका निम्ति तिमीहरूपछि सम्पत्तिको रूपमा प्राप्‍त गर्न र सारा जीवनभर तिनीहरूलाई दास बनाउन उत्तराधिकारको रूपमा दिन सक्छौ, तर इस्राएलका मानिसहरूका बिचमा आफ्ना भाइहरूलाई तिमीहरूले कठोर रूपमा शासन नगर्नू ।

  • गिन 26:54-55
    2 पदहरू
    68%

    54ठुलो कुललाई ठुलो अंश दिनुपर्छ र सानो कुललाई सानो अंश दिनुपर्छ । हरेक कुललाई गनिएका पुरुषहरूको सङ्ख्याअनुसार एक‍-एक अंश दिनुपर्छ ।

    55तथापि, भूमिलाई चिट्ठा हालेर बाँड्नुपर्छ ।

  • 19उसका मानिसका बिचमा उसको छोरो वा नाति हुनेछैन, न त ऊ बसेको ठाउँमा कुनै आफन्त हुनेछ ।

  • 54तिमीहरूले भूमिलाई चिट्ठा हालेर कुल-कुलअनुसार अंश बाँड्नुपर्छ । ठुलो कुललाई भूमिको ठुलो अंश दिनुपर्छ र सानो कुललाई भूमिको सानै अंश दिनुपर्छ । कुल-कुलअनुसारको चिट्ठा जहाँ पर्छ, त्यो त्यही कुलको हुने छ । तिमीहरूले भूमिलाई आ-आफ्नो कुलअनुसार बाँड्ने छौ

  • 3इस्राएलको शासक परमप्रभुको अगि भोजन गर्नलाई त्यहाँ बस्‍नेछ । त्यो ढोकाको दलानबाट भित्र आउनेछ र त्यही बाटो बाहिर जानेछ ।”

  • 12तिमीहरूमा हिंड्‍नलाई मेरा मानिसहरू अर्थात् इस्राएलीहरूलाई म ल्‍याउनेछु । तिनीहरूले तिमीहरूमाथि अधिकार गर्नेछन्, र तिमीहरू तिनीहरूका उत्तराधिकार हुनेछौ, र तिमीहरूले तिनीहरूका छोराछोरीलाई मर्न दिनेछैनौ ।

  • 14मैले आफ्नो हात उठाएर तिमीहरूका पुर्खाहरूलाई प्रतिज्ञा गरेका देशलाई बराबर गरेर तिमीहरूले विभाजन गर्नुपर्छ । त्यो देश तिमीहरूका निम्ति उत्तराधिकार हुनेछ ।

  • गिन 27:9-11
    3 पदहरू
    67%

    9यदि त्यसकी छोरी छैन भने, तिमीहरूले त्यसको अंश त्यसको आफ्नो भाइलाई दिनुपर्छ ।

    10यदि त्यसको भाइ छैन भने, तिमीहरूले त्यसको अंश त्यसका बुबाका भाइहरूलाई दिनुपर्छ ।

    11यदि त्यसका बुबाका भाइहरू छैनन् भने, तिमीहरूले त्यसको अंश त्यसको कुलको सबैभन्दा नजिकको नातेदारलाई दिनुपर्छ । त्यसले त्यो आफ्नो निम्ति ग्रहण गर्नुपर्छ । यो परमप्रभुले मलाई आज्ञा गर्नुभएअनुसार इस्राएलका मानिसहरूका निम्ति आदेशद्वारा स्थापित गरिएको नियम हुने छ' ।”

  • 41त्यसपछि त्यो र त्यसका छोराछोरीहरू तिमीहरूबाट पर आफ्नै परिवार र आफ्नै पिताको सम्पत्तिमा फर्किजाने छन् ।

  • 34तर तिनीहरूका सहरहरू वरिपरि भएका भूमिहरू नबेच्‍नू किनभने ती लेवीहरूका स्थायी सम्पत्ति हुन् ।

  • 14तिनीहरूले त्यो बेच्नु वा सट्‍नु हुँदैन । इस्राएलको जमिनको यी पहिलो फलहरूमध्ये एउटा पनि यी सिमानबाट छुट्‍याउनुहुँदैन, किनकि यो सबै परमप्रभुको निम्ति पवित्र छ ।

  • 20परमप्रभुले हारूनलाई भन्‍नुभयो, “मानिसहरूको जग्गा-जमिनमा तेरो कुनै उत्तराधिकार हुनेछैन, न त मानिसहरूको सम्पत्तिमा कुनै हिस्सा हुने छ । इस्राएलका मानिसहरूमा म नै तेरो हिस्सा र उत्तराधिकार हुँ ।

  • यहे 47:22-23
    2 पदहरू
    67%

    22यसरी तिमीहरूले उत्तराधिकार आफूलाई र तिमीहरूका बिचमा भएका परदेशीहरूलाई विभाजन गर्नेछौ, जसले तिमीहरूका बिचमा बालक जन्माएका छन्, जो इस्राएलमा जन्मिएका मानिसहरूझैं तिमीहरूका बिचमा छन् । तिमीहरूले इस्राएलका कुलहरूका निम्ति उत्तराधिकार पाउन चिठ्ठा हाल्नुपर्छ ।

    23अनि त्यो परदेशी त्यही कुलको हुनेछ जसको बिचमा त्यो बसोबास गरिरहेको हुन्छ । तिमीहरूले त्यसलाई पनि उत्तराधिकार दिनुपर्छ, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।”

  • 14परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई निज सम्पत्तिको रूपमा अधिकार गर्न दिन लाग्‍नुभएको देशमा लामो समयदेखि राखिएको आफ्नो छिमेकीको सिमानाको ढुङ्गो नहटाओ ।

  • 20तिनले आफैलाई आफ्ना दाजुभाइहरूभन्दा श्रेष्‍ठ नठानून् र यी आज्ञाहरूबाट तर्केर दायाँ वा बायाँ नलागून् भनेर तिनले यसो गर्नुपर्छ किनकि आफ्नो राज्यमा तिनी र तिनका सन्तानहरूले इस्राएलमा लामो समयसम्म शासन गर्नुपर्ने हुन्छ ।

  • 14किनकि परमप्रभुले आफ्ना मानिसहरूलाई त्यग्‍नुहुन्‍न वा आफ्ना उत्तराधिकारलाई छोड्‍नुहुन्‍न ।

  • 12त्यसैले अब आफ्ना छोरीहरू तिनीहरूका छोराहरूलाई नदिनू । तिनीहरूका छोरीहरू आफ्‍ना छोराहरूका लागि नलिनू, र तिनीहरूका जारी शान्ति र भलाइको खोजी नगर्नू, जसको कारणले तिमीहरू बलिया हुनेछौ, र त्यस देशका असल थोकहरूको उपभोग गर्नेछौ अनि तिमीहरूले आफ्ना छोराछोरीका लागि सदाको लागि यो देश अधिकार गर्नेछौ ।”

  • 16समझशक्ति कमी भएको शासक क्रुर हुन्छ, तर बेइमानीलाई घृणा गर्नेचाहिँको आयु लामो हुन्छ ।

  • 24मेरो निम्ति योगदानको रूपमा तिनीहरूले चढाएका इस्राएलका मानिसहरूको दशांश मैले लेवीहरूलाई तिनीहरूको उत्तराधिकारको रूपमा दिएको छु । यसैले मैले तिनीहरूलाई यसो भनेँ, 'इस्राएलका मानिसहरूमाझ तिनीहरूको कुनै उत्तराधिकार हुनुहुँदैन ।”

  • 2बाहिरबाट ढोका र त्यसको दलान हुँदै शासक बाहिरी चोकमा आउनेछन्, र पुजारीहरूले होमबलि र मेलबलि चढाउँदा तिनी भित्री ढोकाको चौकोसको छेउमा खडा हुनेछन् । तब तिनले भित्री ढोकाको सँघारमा आराधना गर्नेछन् र बाहिर जानेछन्, तर त्यो ढोका भने साँझसम्म नै बन्द हुनेछैन ।

  • 19त्यसपछि ती मानिसले मलाई ढोकाबाट पुजारीहरूका पवित्र कोठाहरूमा लगे, जुन उत्तरतर्फ फर्केका थिए । पश्‍चिमतर्फ एउटा ठाउँ थियो ।

  • यहे 18:17-18
    2 पदहरू
    66%

    17त्‍यो छोरोले कसैलाई थिचोमिचो गर्दैन वा महंगो ब्याज लिंदैन वा लोनबाट धेरै मुनाफा कमाउँदैन, तर उसले मेरा नियमहरू मान्‍छ, र मेरा विधिहरूअनुसार हिंड्‍छ । त्‍यो छोरो आफ्‍नो बुबाका पापको कारण मर्नेछैनः ऊ निश्‍चय नै बाँच्‍नेछ ।

    18उसको बुबाले अरूबाट जबरदस्‍ती लिएर थिचोमिचो गरेको र आफ्‍नो भाइको डकैती गरेको, र आफ्ना मानिसहरूका माझमा जे असल छैन त्‍यही गरेको कारणले, हेर, ऊ आफ्‍नो अधर्ममा मर्नेछ ।

  • 9किनकि परमप्रभुको हिस्सा नै उहाँका जाति हुन् । याकूब उहाँको अलग गरिएको अंश हो ।

  • 18उहाँले भन्‍नुभयो “तेरो उत्तराधिकारको तेरो अंशको रूपमा, तँलाई म कनान देश दिनेछु ।”

  • 10यहूदाको हातबाट राजदण्‍ड हट्‌नेछैन, न त राज्‍य चलाउनेको लाठी त्‍यसका खुट्टाका बिचबाट हट्‌नेछ, जबसम्‍म त्‍यसका मालिक आउँदैनन्‌ । जातिहरूले उहाँको आज्ञा मान्‍नेछन् ।