गिन्ती 6:7

अनलक शाब्दिक बाइबल

आफ्नै बुबा, आमा, दाजुभाइ, दिदीबहिनी मरे भने पनि त्यसले तिनीहरूका निम्ति पनि आफूलाई अशुद्ध पार्नुहुँदैन । सबैले त्यसको कपाल देख्‍न सक्‍नेजस्तै यो त्यसले आफूलाई परमेश्‍वरप्रति अलग गरेको कारणले हो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • गिन 9:6 : 6 मुर्दा छोएको कारण केही मानिसहरू अशुद्ध भएका थिए । तिनीहरूले त्यस दिन निस्तार-चाड मान्‍न सकेनन् । तिनीहरू त्यसै दिन मोशा र हारूनकहाँ गए ।
  • लैव्य 21:1-2 : 1 ¶ परमप्रभुले मोशालाई भन्‍नुभयो, “पुजारीहरू अर्थात् हारूनका छोराहरूलाई यसो भन्, ‘आफ्ना मानिसहरूका बिचमा मर्नेहरूका निम्ति तिमीहरूमध्ये कोहीले पनि आफूलाई अशुद्ध नबनाउनू, 2 तर त्यसका नजिकका नातेदारहरू अर्थात् त्यसकी आमा, त्यसको बुबा, छोरा, त्यसकी छोरी, त्यसको दाजु वा भाइ,
  • लैव्य 21:10-12 : 10 आफ्ना दाजुभाइहरूका बिचमा प्रधान पुजारी भएको मानिस जसको शिरमा अभिषेकको तेल खन्‍याइएको छ, र प्रधान पुजारीको विशेष पोशाक लगाउनको निम्ति अर्पण गरी पवित्र गरिएको छ, त्यसले आफ्नो केश खुला नछोडोस् वा आफ्ना लुगाहरू नच्यातोस् । 11 आफ्नो बुबा वा आफ्नी आमा जो भए तापनि लाश भएको ठाउँमा त्यो नजाओस् र आफैलाई अपवित्र नबनाओस् । 12 त्यो प्रधान पुजारी पवित्र स्थानबाट बाहिर ननिस्कोस् र त्यसले आफ्नो परमेश्‍वरको पवित्र स्थानलाई अशुद्ध नबनाओस्, किनभने त्यो आफ्नो परमेश्‍वरको अभिषेक गर्ने तेलद्वारा प्रधान पुजारीको रूपमा अर्पण गरिएको छ । म परमप्रभु हुँ ।
  • यहे 44:25 : 25 तिनीहरू अशुद्ध हुनलाई मरेको मानिसको अगाडि जानेछैनन्, तर आफ्‍ना बुबा, आमा, छोरो, छोरी, दाजुभाइ, वा कन्ये दिदीबहिनी भएमा तिनीहरू जान सक्छन् । नत्रता तिनीहरू अशुद्ध हुनेछन् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • गिन 6:8-9
    2 पदहरू
    86%

    8त्यो अलग रहेको पुरै समयभरि त्यो पवित्र अर्थात् परमप्रभुको निम्ति आरक्षित हुन्छ ।

    9यदि कोही त्यसको सामु अचानक मर्छ र त्यसले अर्पण गरेको शिरलाई अशुद्ध बनायो भने, त्यसपछि त्यसले शुद्धिकरणको दिनमा आफ्नो कपाल खौरनुपर्छ, त्यसले यसलाई सातौँ दिनमा खौरनुपर्छ ।

  • गिन 6:5-6
    2 पदहरू
    85%

    5अलग हुने त्यसको समय अवधिभर परमप्रभुप्रति अलग रहने त्यसको भाकल पुरा नभएसम्म त्यसको शिरमा कुनै किसिमको छुरा प्रयोग गर्नुहुँदैन । त्यो परमप्रभुको निम्ति अलग हुनुपर्छ । त्यसले कपाललाई आफ्नो शिरमा लामो हुन दिनुपर्छ ।

    6त्यसले आफूलाई परमप्रभुको निम्ति अलग राखेको पुरै समयभरि त्यो मुर्दाको नजिक आउनुहुँदैन ।

  • लैव्य 21:10-12
    3 पदहरू
    84%

    10आफ्ना दाजुभाइहरूका बिचमा प्रधान पुजारी भएको मानिस जसको शिरमा अभिषेकको तेल खन्‍याइएको छ, र प्रधान पुजारीको विशेष पोशाक लगाउनको निम्ति अर्पण गरी पवित्र गरिएको छ, त्यसले आफ्नो केश खुला नछोडोस् वा आफ्ना लुगाहरू नच्यातोस् ।

    11आफ्नो बुबा वा आफ्नी आमा जो भए तापनि लाश भएको ठाउँमा त्यो नजाओस् र आफैलाई अपवित्र नबनाओस् ।

    12त्यो प्रधान पुजारी पवित्र स्थानबाट बाहिर ननिस्कोस् र त्यसले आफ्नो परमेश्‍वरको पवित्र स्थानलाई अशुद्ध नबनाओस्, किनभने त्यो आफ्नो परमेश्‍वरको अभिषेक गर्ने तेलद्वारा प्रधान पुजारीको रूपमा अर्पण गरिएको छ । म परमप्रभु हुँ ।

  • यहे 44:25-26
    2 पदहरू
    81%

    25तिनीहरू अशुद्ध हुनलाई मरेको मानिसको अगाडि जानेछैनन्, तर आफ्‍ना बुबा, आमा, छोरो, छोरी, दाजुभाइ, वा कन्ये दिदीबहिनी भएमा तिनीहरू जान सक्छन् । नत्रता तिनीहरू अशुद्ध हुनेछन् ।

    26कुनै पुजारी अधुद्ध भएपछि, तिनीहरूले त्यसको निम्ति सात दिन गन्‍नेछन् ।

  • लैव्य 21:1-8
    8 पदहरू
    80%

    1¶ परमप्रभुले मोशालाई भन्‍नुभयो, “पुजारीहरू अर्थात् हारूनका छोराहरूलाई यसो भन्, ‘आफ्ना मानिसहरूका बिचमा मर्नेहरूका निम्ति तिमीहरूमध्ये कोहीले पनि आफूलाई अशुद्ध नबनाउनू,

    2तर त्यसका नजिकका नातेदारहरू अर्थात् त्यसकी आमा, त्यसको बुबा, छोरा, त्यसकी छोरी, त्यसको दाजु वा भाइ,

    3वा त्यसमा आश्रित त्यसकी कन्या दिदी वा बहिनी जसको पति छैन, यी सबैका निम्ति त्यसले आफैलाई अशुद्ध बनाउन सक्‍छ ।

    4तर त्यसले आफ्ना अरू नातेदारहरूका निम्ति आफैलाई अशुद्ध नबनाओस् र आफैलाई अपवित्र नबनाओस् ।

    5पुजारीहरूले आफ्नो शिर नखौरून् वा तिनीहरूका दाह्रीका कुना-कुना नकाटून्, न त तिनीहरूले आफ्ना शरीरहरू काटून् ।

    6तिनीहरू आफ्ना परमेश्‍वरका निम्ति पवित्र रहून्, र तिनीहरूका परमेश्‍वरका नाउँको अपमान नगरून्, किनभने पुजारीहरूले परमप्रभुका भोजनको बलिदान अर्थात् तिनीहरूका परमेश्‍वरको भोजन अर्पण गर्दछन् । यसैकारण पुजारीहरू पवित्र रहून् ।

    7तिनीहरू आफ्ना परमेश्‍वरका निम्ति अलग गरिएका हुनाले तिनीहरूले त्यस्ती स्‍त्रीलाई विवाह नगरून् जो एउटी वेश्‍या हो र जो अपवित्र छे, र तिनीहरूले आफ्नो पतिबाट विच्‍छेद भएकी स्‍त्रीलाई विवाह नगरून् ।

    8तैँले त्यसलाई अलग राख्‍नू, किनभने परमप्रभुलाई रोटी चढाउने त्यो नै हो । त्यो तेरो निम्ति पवित्र हुनुपर्छ, किनभने, तँलाई पवित्र तुल्‍याउने म परमप्रभु पवित्र छु ।

  • गिन 6:11-12
    2 पदहरू
    75%

    11पुजारीले एउटा चरालाई पापबलिको रूपमा र अर्कोलाई होमबलिको रूपमा चढाउनुपर्छ । यिनीहरूले त्यसको पापको प्रायश्‍चित्त गर्ने छन्, किनभने मुर्दाको नजिक परेर त्यसले पाप गर्‍यो । त्यसले त्यस दिन आफ्नो शिर शुद्ध पार्नुपर्छ ।

    12त्यसले आफ्नो शुद्धिकरणको दिनको निम्ति परमप्रभुको निम्ति आफूलाई अलग गर्नुपर्छ । त्यसले एक वर्षे थुमालाई दोषबलिको रूपमा ल्याउनुपर्छ । त्यसले आफूलाई अशुद्ध पारेका दिनहरू गन्‍नुहुँदैन, किनभने त्यसले अशुद्ध पार्‍यो ।

  • लैव्य 21:15-16
    2 पदहरू
    74%

    15ताकि त्यसले आफ्ना मानिसहरूका बिचमा आफ्ना छोराछोरीहरूलाई अशुद्ध नबनाओस्, किनभने त्यसलाई पवित्र बनाउने परमप्रभु म नै हुँ’ ।”

    16परमप्रभुले मोशालाई भन्‍नुभयो,

  • गिन 19:11-14
    4 पदहरू
    73%

    11कुनै पनि मृत शरीर छुने व्यक्‍ति सात दिनसम्म अशुद्ध हुने छ ।

    12यस्तो व्यक्‍तिले तेस्रो र सातौँ दिनमा आफूलाई शुद्धिकरण गर्नुपर्छ । अनि त्यो शुद्ध हुने छ । तर यदि त्यसले आफैलाई तेस्रो दिनमा शुद्ध पार्दैन भने, त्यो सातौँ दिनमा शुद्ध हुनेछैन ।

    13जसले मरेको व्यक्‍ति छुन्‍छ अर्थात् मरेको मानिसको शरीर छुन्‍छ, र आफूलाई शुद्ध पार्दैन, त्यो व्यक्‍तिले परमप्रभुको पवित्र वासस्थान अवित्र तुल्याउँछ । त्यो व्यक्‍तिलाई इस्राएलबाट बहिष्कार गर्नुपर्छ, किनभने अशुद्धताको पानी त्यसमाथि छर्किएको थिएन । त्यो अशुद्ध रहेनछ; त्यसको अशुद्धता त्यसमाथि रहनेछ ।

    14यो मानिस पालमा मर्दाको निम्ति नियम हो । पालभित्र पस्‍ने सबै र पहिले नै पालभित्र रहेका सबै सात दिनसम्म अशुद्ध हुने छन् ।

  • लैव्य 22:2-4
    3 पदहरू
    72%

    2“हारून र त्यसका छोराहरूलाई भन् कि इस्राएलका मानिसहरूले मेरो निम्ति अलग गरेका पवित्र कुराहरूबाट तिनीहरू टाढा रहून् । तिनीहरूले मेरो पवित्र नामलाई अपवित्र नबनाऊन् । म परमप्रभु हुँ ।

    3तिनीहरूलाई भन्, ‘तिमीहरूका सारा वंशहरूभित्र तिमीहरूका कुनै उत्तराधिकारीहरूमध्ये कोही अशुद्ध भएको बेला परमप्रभुका निम्ति इस्राएलका मानिसहरूले अलग गरेका पवित्र कुराहरूको नजिक गयो भने, त्यो मेरो नजिकबाट बहिष्‍कृत होस् । म परमप्रभु हुँ ।

    4हारूनका उत्तराधिकारीहरूमध्ये जसलाई छालाको सरुवा रोग लागेको छ, वा जसको शरीरबाट कुनै सङ्क्रामक कुरा बगिरहेको छ भने, त्यो शुद्ध नभएसम्म त्यसले परमप्रभुकहाँ अर्पण गरिएको बलिदानबाट केही पनि खानुहुँदैन । मरेको मानिस, वा वीर्यपात भइरहेको मानिसजस्तो अशुद्ध कुरालाई छुने,

  • 9सातौँ दिनमा त्यसले आफ्नो शिरको कपाल, र आफ्‍नो दाह्री र आँखीभुइँ खौरोस् । त्यसले आफ्‍नो सबै कपाल खौरोस्, र आफ्‍ना लुगाहरू धोओस् र पानीले नुहाओस्, अनि त्यो शुद्ध हुने छ ।

  • 31यसरी तिमीहरूले इस्राएलका मानिसहरूलाई तिनीहरूका अशुद्धताबाट अलग गर्नू, ताकि म तिनीहरूका माझमा बस्‍ने पवित्र स्थानलाई तिनीहरूले अपवित्र गरेर तिनीहरू नमरून् ।

  • 1¶ तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरका मानिसहरू हौ । मृतकहरूका लागि तिमीहरूले आफ्नो शरीरमा चोट नपुर्‍याउनु न त आफ्नो शिरको अगाडिको भाग खौरनू ।

  • 16त्यसै गरी, पालबाहिर तरवारले मारिएको, कुनै अरू मृत शरीर, मानिसको हड्‍डी वा चिहान छुने मानिस सात दिनसम्म अशुद्ध हुने छ ।

  • 23तर, त्यो पर्दाभित्र प्रवेश नगरोस्, न त वेदीको नजिक आओस्, किनभने त्यसमा शारीरिक खोट छ, र त्यसले मेरो पवित्र स्थानलाई अशुद्ध नबनाओस्, किनभने तिनीहरूलाई पवित्र बनाउने परमप्रभु मै हुँ’ ।”

  • 19आफ्नो बुबा वा आमाकी दिदी-बहिनीसँग नसुत्, किनभने तैँले त्यसो गरेर आफ्नो नजिकको नाताको अपमान गर्ने छस् । तैँले आफ्नो दोष आफै बोक्‍ने छस् ।

  • 6र कुनै अशुद्ध कुरालाई छुने पुजारी साँझसम्म अशुद्ध हुन्छ । त्यसले आफ्नो शरीर पानीले ननुहाएसम्म कुनै पवित्र कुरा नखाओस् ।

  • 16तर यदि त्यसले आफ्ना लुगाहरू धुँदैन वा आफ्नो शरीर नुहाउँदैन भने, त्यसले आफ्नो दोष बोकिरहोस् ।’”

  • 9पुजारीहरूले मेरा निर्देशनहरू पालन गरून्, नत्रता तिनीहरू पापको दोषी हुने छन् र मलाई अपवित्र तुल्याएको कारण तिनीहरू मर्न सक्छन् । तिनीहरूलाई पवित्र बनाउने परमप्रभु म नै हुँ ।

  • 20तर आफूलाई शुद्धिकरण गर्न इन्कार गर्ने, अशुद्ध रहने व्यक्‍तिलाई समुदायबाट बहिस्कार गर्नुपर्छ, किनभने त्यसले परमप्रभुको पवित्र स्थानलाई अशुद्ध तुल्यायो । अशुद्धताको निम्ति पानी त्यसमाथि छर्किएको छैन; त्यो अशुद्ध रहनेछ ।

  • 17हारून महा-पवित्र स्थानमा प्रायश्‍चित्त गर्नको निम्ति प्रवेश गरेपछि त्यसले आफ्नो, आफ्नो परिवार र इस्राएलका सबै समुदायको निम्ति प्रायश्‍चित्त गर्न सकेर बाहिर नआएसम्म कोही पनि भेट हुने पालभित्र नपसोस् ।

  • 33त्यो रोग लागेको ठाउँलाई छोडेर त्यसको रौँ खौरियोस्, र त्यो चिलाउने रोग लागेको मानिसलाई पुजारीले अर्को सात दिनसम्‍म अलग्‍गै राखोस् ।

  • 33तिमीहरूको अर्पणको काम पुरा नभएसम्म अर्थात् सात दिनसम्म भेट हुने पालको प्रवेशद्वारभन्दा बाहिर नजानू । किनभने परमप्रभुले तिमीहरूलाई सात दिनसम्म अभिषेक गर्नुहुने छ ।

  • 32यदि तिमीहरूले प्राप्‍‍त गरेका थोकहरूबाट यसको उत्तम हिस्सा परमप्रभुलाई चढाएका छौ भने, यो खाएर र पिएर तिमीहरूमाथि कुनै दोष आइपर्नेछैन । तर तिमीहरूले इस्राएलका मानिसहरूका पवित्र बलिहरूलाई अपवित्र तुल्याउनुहुँदैन नत्रता तिमीहरू मर्नेछौ' ।”

  • 20तिनीहरू आगोद्वारा चढाइने बलि लिएर मेरो सेवा गर्न भेट हुने पालमा जाँदा वा वेदीको नजिक जाँदा तिनीहरू नमरून् भनेर तिनीहरूले पानीले धुनुपर्छ ।

  • 21कोही मानिसले आफ्नो दाजु वा भाइ जीवितै हुँदा त्यसकी पत्‍नीलाई बिहे गर्‍यो भने, त्यो अपमानजनक हो । त्यसले आफ्नो दाजु वा भाइलाई अनादर गर्दछ, र तिनीहरूले आफ्ना आमाबुबाबाट उत्तराधिकारको रूपमा प्राप्‍त गरेका सबै सम्पत्ति तिनीहरूका छोराछोरीबाट म खोसिदिने छु ।

  • 6उसले डाँडाहरूमा खाँदैन, वा इस्राएलका घरानाका मूर्तिहरूतिर हेर्दैन, र उसले आफ्‍नो छिमेकीकी पत्‍नीलाई अपवित्र पार्दैन, न त महिनावारीको समयमा कुनै स्‍त्रीकहाँ जान्‍छ । के ऊ धर्मी मानिस हो?

  • 30हारूनपछि त्यसका छोराहरूमध्ये पुजारी हुनेचाहिँ पवित्रस्थानमा मेरो सेवा गर्न भेट हुने पालमा आउँदा त्यसले सात दिनसम्म ती पोशाकहरू लगाओस् ।

  • 35यसरी मैले तँलाई आज्ञा गरेका सबै कुराबमोजिम हारून र त्यसका छोराहरूलाई गर्नू । तैँले सात दिन लगाएर तिनीहरूलाई तयार पार्नू ।

  • 20तिनीहरू पवित्र स्थान हेर्न एक क्षणको निम्ति पनि जानुहुँदैन नत्रता तिनीहरू मारिनेछन् । हारून र तिनका छोराहरूले हरेक कहातीलाई त्यसको काम अर्थात् त्यसको विशेष कामहरू तोक्‍नुपर्छ ।”

  • 7मृत्युको कारणले तिनीहरूलाई सान्त्वना दिन शोकमा कसैले पनि खानेकुरा नबाँडोस्, र तिनीहरूलाई सान्त्वना दिन कसैले पनि त्यसका बाबु वा त्यसकी आमालाई सान्त्वनाको कचौरा नदेओस् ।

  • 9आफ्नी कुनै दिदी-बहिनीसँग नसुत्, चाहे त्यो तेरो बुबाकी छोरी वा आमाकी छोरी होस्, चाहे त्यो तेरो घरमा वा घरबाट टाढा हुर्काइएकी होस् । आफ्नी दिदी-बहिनीसँग नसुत् ।