फिलिप्पीहरू 2:19

अनलक शाब्दिक बाइबल

तर तिमोथीलाई तिमीहरूकहाँ छिट्टै पठाउनको निम्ति मैले प्रभु येशूमा आशा राख्दछु, ताकि तिनीबाट तिमीहरूका विषयमा जान्दा म प्रोत्साहित हुन सकूँ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • फिलि 1:1 : 1 ¶ ख्रीष्‍ट येशूका दासहरू पावल र तिमोथीबाट, फिलिप्‍पीमा भएका ख्रीष्‍ट येशूमा अलग गरिएकाहरू सबै, अनि बिशप र डिकनहरूलाई ।
  • १ थेस 3:2 : 2 तिमीहरूको विश्‍वास दह्रिलो पार्न र तिमीहरूलाई सान्त्वना दिन हामीले हाम्रा भाइ तिमोथीलाई पठायौँ जो ख्रीष्‍टका सुसमाचार र परमेश्‍वरका सेवक हुन् ।
  • १ कोरि 4:17 : 17 यसकारण, मैले तिमीहरूकहाँ मेरा प्रिय र प्रभुमा विश्‍वासयोग्य बालक तिमोथीलाई पठाएँ । मैले हरेक स्थान र हरेक मण्डलीमा सिकाएबमोजिम ख्रीष्‍टमा मेरो जीवन कस्तो छ सो उनले तिमीहरूलाई सम्झना गराउनेछन् ।
  • एफिसी 1:13 : 13 ख्रीष्‍टमा तिमीहरूले सत्य वचन, तिमीहरूको छुट्काराको सुसमाचार सुनिसकेपछि, उहाँमा नै तिमीहरूले विश्‍वास गरेका छौ र प्रतिज्ञा सहितको पवित्र आत्माको छाप लगाइएका थियौ ।
  • एफिसी 6:21-22 : 21 तर तिमीहरूलाई पनि मेरो अवस्थाको बारेमा र मलाई कस्तो छ भनी थाहा होस् भन्‍नको निम्ति, प्रभुमा प्रिय भाइ र विश्‍वासीलो चेला तुखिकसले तिमीहरूलाई सबैकुरा बुझाउनेछन् । 22 मैले उनलाई तिमीहरूकहाँ यही उद्धेश्यसाथ पठाएको छु, ताकि तिमीहरूले हाम्रो बारेमा जान्‍न सक र उनले तिमीहरूका हृदयलाई सान्त्वना दिन सकून् ।
  • १ थेस 3:6-8 : 6 जब तिमोथी तिमीहरू कहाँबाट विश्‍वास र प्रेमको सुसमाचार लिएर आए कि तिमीहरूसँग सधैँ हामीसँगका असल क्षणहरूको सम्झना छ र जसरी हामी तिमीहरूलाई भेट्न उत्कट इच्छा गर्छौं त्यसै गरी तिमीहरू पनि हामीलाई हेर्न उत्कट इच्छा गर्छौ । 7 यसैले गर्दा, भाइहरू हो, हाम्रा सबै निराश र कष्‍टकर अवस्थामा तिमीहरूको विश्‍वासद्वारा हामीलाई सान्त्वना मिलेको छ । 8 यदि तिमीहरू प्रभुमा स्थिर रह्‍यौ भने, अब हामी साँच्‍चै जिउदछौँ ।
  • २ थेस 1:3 : 3 भाइहरू हो, हामीले तिमीहरूका लागि परमेश्‍वरलाई सधैँ धन्यवाद दिनुपर्छ । किनभने यो उचित छ, किनभने तिमीहरूको विश्‍वास धेरै बढिरहेको छ र तिमीहरूमध्ये हरेकको प्रेम एक अर्काप्रति प्रशस्त छ ।
  • २ तिमो 1:12 : 12 यसको निम्ति म सतावटमा परेको छु, तरै पनि म शर्माऊँदिनँ । किनकि म उहाँलाई जान्दछु र विश्‍वास गर्दछु, साथै म विश्‍वस्त छु कि उहाँले मैले सुम्पेका सबै कुराहरूलाई अन्तिम दिनसम्म सुरक्षित राख्‍नुहुनेछ ।
  • फिले 1:5-7 : 5 प्रभु येशूमा भएको तिम्रो विश्‍वास र प्रेम र अरू विश्‍वासीहरूप्रति भएको तिम्रो प्रेमको बारेमा मैले सुनेको छु । 6 म प्रार्थना गर्छु, कि ख्रीष्‍टमा हामीमा भएको हरेक असल कुराको ज्ञानको निम्ति तिम्रो विश्‍वासको सहभागिता प्रभावकारी हुन सकोस् । 7 किनकि तिम्रो प्रेमले मलाई ज्यादै आनन्द र सान्त्वना दिएको छ, किनभने भाइ, तिमीले विश्‍वासीहरूका हृदयलाई ताजा बनाएका छौ ।
  • याक 4:15 : 15 यसको साटो तिमीहरूले यस्तो भन्‍नुपर्ने हो, “यदि परमेश्‍वरले इच्छा गर्नुभयो भने, हामी जिउनेछौँ र यो वा त्यो गर्नेछौँ ।”
  • फिलि 2:23-25 : 23 यसकारण, मेरो निम्ति के हुनेछ भनेर मैले थाहा पाउनासाथ जति सक्दो चाँडो म तिमोथीलाई तिमीहरूकहाँ पठाउने आशा गर्दछु । 24 तर म आफैँ तिमीहरूका माझमा छिट्टै आउनेछु भन्‍ने कुरामा प्रभुमा निर्धक्‍क छु । 25 तर इपाफ्रोडिटसलाई तिमीहरूकहाँ फिर्ता पठाउन म आवश्यक ठान्दछु । तिनी मेरा भाइ र सहकर्मी र सङ्गी सिपाही, र तिमीहरूका सन्देशवाहक तथा मेरा आवश्यकताहरूका निम्ति सेवक हुन् ।
  • फिलि 2:28 : 28 यसकारण, अझै धेरै उत्सुकतासाथ म तिनलाई तिमीहरूकहाँ पठाउँदै छु, ताकि जब तिमीहरूलेतिनलाई फेरि देख्छौ, तिमीहरू आनन्दित हुन सक र म चिन्ताबाट मुक्‍त हुनेछु ।
  • कलस्सी 4:8-9 : 8 यही कार्यको निम्ति मैले तिनलाई तिमीहरूकहाँ पठाएँ, ताकि तिमीहरूले हामीहरूको विषयमा जान्‍न सक, र तिनले तिमीहरूका हृदयलाई प्रोत्साहित पार्न सकून् । 9 तिमीहरूमध्येका एक, विश्‍वासयोग्य र प्रिय भाइ ओनेसिमससँगै मैले तिनलाई तिमीहरूकहाँ पठाएँ । तिनीहरूले यहाँ भएका सबै कुराहरू तिमीहरूलाई बताउँनेछन् ।
  • यिर्मि 17:5 : 5 परमप्रभु भन्‍नुहुन्छ, “मानव-जातिमा भरोसा गर्ने व्यक्ति श्रापित होस् । त्यसले शरीरलाई आफ्नो शक्ति सम्झन्छ, तर आफ्नो हृदय परमप्रभुबाट टाढा लैजान्छ ।
  • मत्त 12:21 : 21 अनि उनको नाउँमा गैरयहूदीहरूले विश्‍वास गर्नेछन् ।”
  • रोमी 15:12 : 12 यशैया फेरि भन्छन्, “त्यहाँ यिशैको जरा हुनेछ र एक जना जसले गैरयहूदीहरूमाथि शासन गर्नुहुनेछ । गैरयहूदीहरूले उहाँमा भरोसा गर्नेछन् ।
  • रोमी 16:21 : 21 मेरा सहकर्मी तिमोथी र मेरा आफन्त लुकियस, यासोन र सोसिपात्रोसले तिमीहरूलाई अभिवादन पठाएका छन् ।
  • १ पत्रु 1:21 : 21 तिमीहरू उहाँद्वारा परमेश्‍वरमा विश्‍वास गर्छौ, जसलाई तिमीहरूका विश्‍वास र आशा परमेश्‍वरमा रहून् भनेर परमेश्‍वरले मृतकहरूबाट पुनर्जीवित पार्नुभयो र उहाँलाई महिमा दिनुभयो ।
  • ३ यूह 1:3-4 : 3 किनकी जसरी तिमी सत्यमा हिँड्छौ त्यस्तै जब भाइहरू आएर तिम्रो सत्यताप्रति गवाही दिए म अति आनन्दित भएँ । 4 योभन्दा अर्थात् मेरा छोराछोरीहरू सत्यतामा हिँड्छन् भनी सुन्‍नुभन्दा अरू कुनै ठूलो आनन्द मसँग हुँदैन ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 20किनकि तिनको जस्तै मन भएको, र तिनीजस्तै तिमीहरूका निम्ति साँचो रूपमा उत्सुक हुने मसँग अरू कोही पनि छैन ।

  • फिलि 2:23-26
    4 पदहरू
    81%

    23यसकारण, मेरो निम्ति के हुनेछ भनेर मैले थाहा पाउनासाथ जति सक्दो चाँडो म तिमोथीलाई तिमीहरूकहाँ पठाउने आशा गर्दछु ।

    24तर म आफैँ तिमीहरूका माझमा छिट्टै आउनेछु भन्‍ने कुरामा प्रभुमा निर्धक्‍क छु ।

    25तर इपाफ्रोडिटसलाई तिमीहरूकहाँ फिर्ता पठाउन म आवश्यक ठान्दछु । तिनी मेरा भाइ र सहकर्मी र सङ्गी सिपाही, र तिमीहरूका सन्देशवाहक तथा मेरा आवश्यकताहरूका निम्ति सेवक हुन् ।

    26किनकि तिनी बिरामी भएको कुरा तिमीहरूले थाहा पाएकाले तिनी धेरै व्याकुल भएका थिए, र तिमीहरूसँग हुनको निम्ति तिनले तृष्णा गरेका थिए ।

  • १ थेस 3:1-2
    2 पदहरू
    79%

    1¶ यसकारण जब हामीले अरू धेरै सहन सकेनौँ, तब एथेन्समा एकलै रहन उचित ठान्यौँ ।

    2तिमीहरूको विश्‍वास दह्रिलो पार्न र तिमीहरूलाई सान्त्वना दिन हामीले हाम्रा भाइ तिमोथीलाई पठायौँ जो ख्रीष्‍टका सुसमाचार र परमेश्‍वरका सेवक हुन् ।

  • कलस्सी 4:7-8
    2 पदहरू
    77%

    7तुखिकसले मेरो बारेमा सबै कुराहरू तिमीहरूलाई बताउनेछन् । तिनीचाहिँ मेरा प्रिय भाइ, विश्‍वासयोग्य दास र प्रभुमा सङ्गी सेवक हुन् ।

    8यही कार्यको निम्ति मैले तिनलाई तिमीहरूकहाँ पठाएँ, ताकि तिमीहरूले हामीहरूको विषयमा जान्‍न सक, र तिनले तिमीहरूका हृदयलाई प्रोत्साहित पार्न सकून् ।

  • 18त्यसै गरी, तिमीहरू पनि आनन्दित होओ, र मसँगै आनन्दित होओ ।

  • एफिसी 6:21-22
    2 पदहरू
    77%

    21तर तिमीहरूलाई पनि मेरो अवस्थाको बारेमा र मलाई कस्तो छ भनी थाहा होस् भन्‍नको निम्ति, प्रभुमा प्रिय भाइ र विश्‍वासीलो चेला तुखिकसले तिमीहरूलाई सबैकुरा बुझाउनेछन् ।

    22मैले उनलाई तिमीहरूकहाँ यही उद्धेश्यसाथ पठाएको छु, ताकि तिमीहरूले हाम्रो बारेमा जान्‍न सक र उनले तिमीहरूका हृदयलाई सान्त्वना दिन सकून् ।

  • १ थेस 3:5-7
    3 पदहरू
    77%

    5यसैकारण, जब मैले सहनै सकिन तिमीहरूको विश्‍वासबारे जान्‍न र परीक्षा गर्नेवालाले तिमीहरूलाई परीक्षामा पारेर हाम्रो मेहनत व्यर्थमा जान्छ कि भनेर मैले उनलाई पठाएँ ।

    6जब तिमोथी तिमीहरू कहाँबाट विश्‍वास र प्रेमको सुसमाचार लिएर आए कि तिमीहरूसँग सधैँ हामीसँगका असल क्षणहरूको सम्झना छ र जसरी हामी तिमीहरूलाई भेट्न उत्कट इच्छा गर्छौं त्यसै गरी तिमीहरू पनि हामीलाई हेर्न उत्कट इच्छा गर्छौ ।

    7यसैले गर्दा, भाइहरू हो, हाम्रा सबै निराश र कष्‍टकर अवस्थामा तिमीहरूको विश्‍वासद्वारा हामीलाई सान्त्वना मिलेको छ ।

  • १ कोरि 16:10-11
    2 पदहरू
    76%

    10तिमोथी त्यहाँ आउँदा तिनलाई तिमीहरूसँग बिनाडर बस्‍न देओ, किनकि तिनी पनि मैले जस्तै परमेश्‍वरको सेवा गर्दछन् ।

    11कसैले पनि तिनको अवहेलना नगरोस् । शान्तिसँग तिनको यात्रामा सहायता गर, ताकि तिनी मकहाँ आउन सकून् । किनकि तिनी अरू भाइहरूसँगै आउनेछन् भनी मैले आशा गरिरहेको छु ।

  • फिलि 1:25-26
    2 पदहरू
    76%

    25यस कुरामा म निश्‍चित भएको कारणले म जान्दछु, कि विश्‍वासमा तिमीहरूको प्रगति र आनन्दको निम्ति म तिमीहरू सँग-सँगै रहेर निरन्तरता दिनेछु ।

    26परिणामस्वरूप, तिमीहरूकहाँ मेरो पुनः उपस्थितिको कारण तिमीहरूले ख्रीष्‍ट येशूलाई मेरो निम्ति महिमा दिने काम अझ धेरै प्रशस्त हुनेछ ।

  • 14म तिमीलाई यी कुराहरू लेख्छु र म तिमी कहाँ चाँडै आउने आशा गर्दछु ।

  • 23तिमीहरूलाई यो थाहा होस्, कि हाम्रा भाइ तिमोथी स्‍वतन्‍त्र पारिएका छन् । यदि उनी छिट्टै आए भने, म तिमीहरूलाई उनीसँगै देख्‍नेछु ।

  • रोमी 1:11-12
    2 पदहरू
    75%

    11म तिमीहरूलाई भेट्ने इच्छा गर्छु, ताकि तिमीहरूलाई बलियो बनाउनको लागि म तिमीहरूलाई केही आत्मिक वरदानहरू दिन सकूँ ।

    12अर्थात् तिमीहरू र मेरो एक-अर्काका विश्‍वासद्वारा म पारस्परिक रूपमा प्रोत्साहित हुने उत्कट इच्छा गर्छु ।

  • 16म रमाउँछु, किनकि तिमीहरूमाथि मेरो पूर्ण भरोसा छ ।

  • 19किनकि मलाई थाहा छ, कि परिणामस्वरूप यसले मेरो निम्ति छुटकारा ल्याउनेछ । तिमीहरूको प्रार्थना र येशू ख्रीष्‍टको आत्माको सहायताको कारण यो हुनेछ ।

  • 3मैले जे लेखेँ, त्यो यसकारण लेखेँ कि म तिमीहरूकहाँ आउँदा जुन व्यक्‍तिहरूद्वारा मैले आनन्द पाउनुपर्ने थियो तिनीहरूद्वारा म दुःखित नहोऊँ । मेरो आनन्द तिमीहरू सबैमा भएको जस्तै छ भन्‍ने कुरामा म निश्‍चित छु ।

  • 28यसकारण, अझै धेरै उत्सुकतासाथ म तिनलाई तिमीहरूकहाँ पठाउँदै छु, ताकि जब तिमीहरूलेतिनलाई फेरि देख्छौ, तिमीहरू आनन्दित हुन सक र म चिन्ताबाट मुक्‍त हुनेछु ।

  • फिले 1:21-22
    2 पदहरू
    74%

    21तिमीले मेरो आज्ञा पालन गर्छौ भन्‍ने निश्‍चयतासाथ म तिमीलाई यो पत्र लेख्दै छु । मलाई विश्‍वास छ, कि तिमीले मैले भनेको भन्दा पनि बढी गर्नेछौ ।

    22साथै, मेरो निम्ति एउटा कोठा तयार गर, किनकि म आशा गर्दछु, कि तिम्रो प्रार्थनाले गर्दा चाँडै नै म तिमीलाई भेट्न आउन सक्‍नेछु ।

  • 17यसकारण, मैले तिमीहरूकहाँ मेरा प्रिय र प्रभुमा विश्‍वासयोग्य बालक तिमोथीलाई पठाएँ । मैले हरेक स्थान र हरेक मण्डलीमा सिकाएबमोजिम ख्रीष्‍टमा मेरो जीवन कस्तो छ सो उनले तिमीहरूलाई सम्झना गराउनेछन् ।

  • 14तर तिमीलाई छिट्टै भेट्ने आशा गर्छु, र हामी आमने सामने कुरा गर्नेछौँ ।

  • 10म प्रभुमा अत्यन्तै आनन्दित छु किनकि अहिले अन्तमा तिमीहरूले म प्रतिको आफ्नो वास्तालाई नयाँ गरेका छौ । तिमीहरूले वास्तवमा पहिला पनि मेरो निम्ति वास्ता गरेका थियौ, तर त्यस समय तिमीहरूसँग मलाई सहायता गर्ने अवसर थिएन ।

  • १ कोरि 16:6-7
    2 पदहरू
    73%

    6सायद म तिमीहरूसँगै बस्‍नेछु अथवा पुरै हिउँद बिताउनेछु, ताकि तिमीहरूले मेरो यात्रामा म जहाँ जान्छु त्यहाँ सहायता गर्न सक ।

    7किनकि अब म छोटो समयको निम्ति मात्र तिमीहरूलाई भेट्न चाहन्‍नँ । यदि परमेश्‍वरले मलाई अनुमति दिनुभयो भने मैले तिमीहरूसँग केही समय बिताउने आशा राखेको छु ।

  • 13म सुसमाचारको निम्ति कारागारमा हुँदा उसले तिम्रो सट्टामा मेरो सेवा गर्न सक्‍ने थियो भनेर मैले उसलाई मसँगै राख्‍न चाहन्थेँ ।

  • फिले 1:7-8
    2 पदहरू
    73%

    7किनकि तिम्रो प्रेमले मलाई ज्यादै आनन्द र सान्त्वना दिएको छ, किनभने भाइ, तिमीले विश्‍वासीहरूका हृदयलाई ताजा बनाएका छौ ।

    8यसकारण, तिमीले के गर्नुपर्छ, त्यो कुरा तिमीलाई आज्ञा दिनको निम्ति ख्रीष्‍टमा ममा साहस भए, तापनि

  • २ कोरि 1:15-16
    2 पदहरू
    73%

    15यो कुरामा म निर्धक्‍क भएको कारण, तिमीहरूले दुईवटा भेटको लाभ उठाउन सक भनेर म तिमीहरूकहाँ अगाडि नै आउन चाहन्थेँ ।

    16माकेडोनिया जाँदा तिमीहरूकहाँ आएर भेटघाट गर्ने मैले योजना बनाउँदै थिएँ । माकेडोनियाको यात्रापछि म फेरि तिमीहरूलाई भेट्न चाहन्थेँ, र तिमीहरूले मलाई यहूदियाको बाटो हुँदै पठाएको चाहन्थेँ ।

  • 9जतिसक्दो छिटो मकहाँ आऊ ।

  • 7तिमीहरूको निम्ति हाम्रो आशा दृढ छ । तिमीहरू दुःखमा सहभागी हुँदा सान्त्वनामा पनि सहभागी हुन्छौ भन्‍ने हामीलाई थाहा छ ।

  • 19अझ धेरै काम गर भनेर म तिमीहरूलाई उत्साह दिन्छु । त्यसकारण, म तिमीहरूकहाँ चाँडै फर्केर आउनेछु ।

  • 5र म तिमीहरूसँग शरीरमा नभए तापनि, म तिमीहरूसँग आत्मामा छु । म तिमीहरूका सुव्यवस्था र ख्रीष्‍टमा तिमीहरूका विश्‍वासको शक्‍तिलाई देखेर आनन्दित हुन्छु ।

  • 24त्यसैले, जब म स्पेन जान्छु, त्यहाँ जाँदै गर्दा म तिमीहरूलाई भेट्ने र केही समयको निम्ति तिमीहरूसँग आनन्द मनाएपछि तिमीहरूद्वारा मलाई मेरो यात्रामा पठाइने आशा गर्छु ।

  • 32प्रार्थना गर, कि म परमेश्‍वरको इच्छाद्वारा तिमीहरूकहाँ आनन्दसित आउन सकूँ र तिमीहरूसँगै विश्राम पाउन सकूँ ।

  • 4हामी तिमीहरूप्रति प्रभुमा विश्‍वस्त छौँ कि तिमीहरू दुवैले हामीले आज्ञा गरेका कामहरू गर्नेछौ र निरन्तरता दिइरहनेछौ ।

  • 17हरेक असल काम र वचनमा तिमीहरूका हृदयलाई सान्त्वना र स्थिर गराऊन् ।

  • 12मैले तिमीलाई धेरै कुराहरू लेख्‍नु छ, तर मैले ती कुराहरू कागज र मसीले लेख्‍ने इच्छा गरिन । तर पनि म तिमीकहाँ आउने आशा गर्छु, ताकि हाम्रो आनन्द पूर्ण होस् ।

  • 19किनभने हाम्रा प्रभु येशूको आगमनमा उहाँको सामु हाम्रो भविष्यको निम्ति दृढ आनन्द वा महिमाको मुकुट अरूहरू जति नै तिमीहरू नै होइनौ र?

  • 7तिनको आगमनले मात्र हामीलाई परमेश्‍वरले सान्त्वना दिनुभएन । तर तीतसले तिमीहरूबाट प्राप्‍त गरेको सान्त्वनाबाट पनि हो । तिनले तिमीहरूको महान् प्रेम, दुःख र मेरो निम्ति तिमीहरूको गहिरो चिन्ताको बारेमा बताए । यसकारण, म अझ धेरै आनन्दित भएँ ।