रोमीहरू 1:11

अनलक शाब्दिक बाइबल

म तिमीहरूलाई भेट्ने इच्छा गर्छु, ताकि तिमीहरूलाई बलियो बनाउनको लागि म तिमीहरूलाई केही आत्मिक वरदानहरू दिन सकूँ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • रोमी 15:23 : 23 तर अब यी क्षेत्रहरूमा मेरो निम्ति कुनै पनि ठाउँ छैन, र धेरै वर्षदेखि म तिमीहरूकहाँ आउने चाह गरिरहेको छु ।
  • रोमी 15:29 : 29 म जान्दछु, कि जब म तिमीहरूकहाँ आउँछु, म ख्रीष्‍टको आशिष्‌को पूर्णतामा‌ आउनेछु ।
  • प्रेरि 8:15-19 : 15 तिनीहरू आएपछि तिनीहरूले उनीहरूले पवित्र आत्मा पाउन सकून् भनी उनीहरूका निम्ति प्रार्थना गरे । 16 किनकि त्यस बेलासम्म पवित्र आत्मा उनीहरूमध्ये कसैमाथि पनि आउनुभएको थिएन, प्रभु येशूको नाउँमा मात्र उनीहरूको बप्‍तिस्मा भएको थियो । 17 त्यसपछि पत्रुस र यूहन्‍नाले उनीहरूमाथि आफ्ना हात राखे र उनीहरूले पवित्र आत्मा पाए । 18 प्रेरितहरूले हात राख्दा पवित्र आत्मा पाईंदोरहेछ भनी जब सिमोनले देख्यो त्यसले तिनीहरूलाई रूपैयाँ-पैसा दिन लाग्यो । 19 त्यसले भन्यो, “मलाई पनि यो शक्ति दिनुहोस् ताकि मैले जो कसैमाथि हात राख्दा उसले पवित्र आत्मा पाउन सकोस् ।”
  • प्रेरि 19:6 : 6 त्यसपछि पावलले उनीहरूमाथि हात राखे र पवित्र आत्मा उनीहरूमाथि आउनुभयो अनि उनीहरूले अन्यभाषाहरूमा बोले र अगमवाणी गरे ।
  • रोमी 16:25 : 25 अब उहाँलाई जसले तिमीहरूलाई मेरो सुसमाचार र येशू ख्रीष्‍टको सन्देशअनुसार अर्थात् धेरै अगाडिदेखि गुप्‍त रहेको रहस्यको प्रकाशअनुसार जो तिमीहरूलाई खडा राख्‍न सक्षम हुनुहुन्छ,
  • १ कोरि 12:1-9 : 1 ¶ भाइहरू हो, आत्मिक वरदानहरूको बारेमा तिमीहरू अनभिज्ञ रहेको म चाहन्‍नँ । 2 तिमीहरूलाई थाहै छ कि कुनै बेला तिमीहरू मूर्तिपूजक थियौ । तिमीहरू कुनै न कुनै प्रकारले बोल्न नसक्‍ने मूर्तितिर बहकाइएका थियौ । 3 त्यसकारण, तिमीहरूले यो जान भन्‍ने म चाहन्छु कि परमेश्‍वरका आत्माद्वारा बोल्ने कसैले पनि “येशू श्रापित होस् भन्दैन ।” पवित्र आत्माद्वारा बाहेक कसैले पनि “येशू नै प्रभु हुनुहुन्छ” भन्‍न सक्दैन । 4 वरदानहरू फरक फरक भए तापनि प्रभु त एउटै हुनुहुन्छ । 5 सेवाका कार्यहरू फरक फरक छन्, तर प्रभु एउटै हुनुहुन्छ । 6 कामहरू विभिन्‍न किसिमका छन्, तर तिनीहरूलाई हरेकको जीवनमा सम्भव तुल्याउनुहुने परमेश्‍वर एउटै हुनुहुन्छ । 7 सबैको भलाइको निम्ति हरेकलाई आत्माको बाहिर देखिने चिह्न दिइएको छ । 8 किनभने एउटालाई आत्माद्वारा बुद्धिको कुरा बोल्ने वरदान दिइएको छ भने उही आत्माद्वारा अर्कोलाई ज्ञानको कुरा गर्ने वरदान दिइएको छ । 9 त्यसरी नै कसैलाई एउटै पवित्र आत्माद्वारा विश्‍वासको वरदान दिइएको छ भने अझ अर्कोलाई उही आत्माद्वारा निको पर्ने वरदान दिइएको छ । 10 एउटालाई शक्‍तिको काम गर्ने वरदान दिइएको छ भने अर्कोलाई अगमवाणीको । एउटालाई आत्माहरू छुट्‌ट्याउने वरदान दिइएको छ भने अर्कोलाई भाषाहरूमा बोल्ने अनि कसैलाई भाषाहरूको अर्थ खोल्ने वरदान दिइएको छ । 11 तर यिनीहरू सबैमा एउटै आत्माले काम गर्नुहुन्छ । उहाँको इच्छाबमोजिम उहाँले हरेकलाई व्यक्‍तिगत रूपमा वरदानहरू दिनुहुन्छ ।
  • २ कोरि 1:21 : 21 अब परमेश्‍वर जसले हामीलाई तिमीहरूसँग ख्रीष्‍टमा दरिला पार्नुहुन्छ, उहाँले हामीलाई नियुक्ति गर्नुभयो ।
  • २ कोरि 9:14 : 14 तिनीहरूले तिमीहरूको चाहना गरेका छन् र तिमीहरूको निम्ति प्रार्थना गरिरहेका छन् । परमेश्‍वरको महान् अनुग्रहको कारण तिनीहरू यसो गर्छन्, जुन अनुग्रह तिमीहरूमा पनि छ ।
  • २ कोरि 11:4 : 4 किनकि मानौँ, यदि कोही आएर हामीले प्रचार गरेको येशूभन्दा अर्को येशू छ भनेर प्रचार गर्छ, अथवा मानौँ, तिमीहरूले प्राप्‍त गरेको आत्माभन्दा छुट्टै आत्मा प्राप्‍त गर्‍यौ, अथवा मानौँ, तिमीहरूले प्राप्‍त गरेको सुसमाचारभन्दा फरक सुसमाचार तिमीहरूले ग्रहण गर्‍यौ भने तिमीहरूले यी कुराहरूलाई राम्ररी सहने गर्‍यौ!
  • गलाती 3:2-5 : 2 म तिमीहरूबाट यो कुरा मात्र बुझ्‍न चाहन्छु । के तिमीहरूले पवित्र आत्मालाई व्यवस्था अनुसारका कामहरू गरेर पाएका हौ कि तिमीहरूले सुनेका कुरामा विश्‍वास गरेर पाएका हौ? 3 के तिमीहरू यति धेरै मूर्ख भएका छौ? के अब केवल शरीरमा अन्त हुन तिमीहरूले आत्मामा सुरु गरेका थियौ? 4 यदि त्यो साँच्‍चै निरर्थक थियो भने के तिमीहरूले व्यर्थमा यति धेरै कुराहरूको अनुभव गर्‍यौ त? 5 त्यसो भए, जसले तिमीहरूलाई पवित्र आत्मा दिनुहुन्छ र तिमीहरूका बिचमा शक्‍तिशाली कार्यहरूद्वारा काम गर्नुहुन्छ, के उहाँले यो व्यवस्था अनुसारका कामहरूका कारण गर्नुभएको हो कि विश्‍वास गरेर सुनेका कारणले?
  • एफिसी 4:8-9 : 8 जसरी धर्मशास्‍त्रले भन्दछः “जब उहाँ उच्‍च स्थानमा जानुभयो, उहाँले कैदीहरूलाई दासत्वमा राख्‍नुभयो । उहाँले मानिसहरूलाई वरदानहरू दिनुभयो ।” 9 “उहाँ उच्‍च स्थानमा जानुभयो” भन्‍ने भनाइको अर्थ के हो त, यस बाहेक उहाँ पृथ्वीका गहिराइहरूमा पनि ओर्लनुभयो? 10 उहाँ जो तल ओर्लनुभयो, उहाँ नै सबै स्वर्गहरूभन्दा धेरै माथि उक्लनुभयो । उहाँले सबै कुराहरूलाई पूर्ण गर्नको निम्ति यो गर्नुभयो । 11 ख्रीष्‍टले यस्ता वरदानहरू दिनुभयोः प्रेरितहरू, अगमवक्ताहरू, प्रचारकहरू, पास्टरहरू र शिक्षकहरू । 12 ख्रीष्‍टको शरीरलाई निर्माण गर्ने सेवाको कार्यको निम्ति विश्‍वासीहरूलाई निपुण गर्नलाई उहाँले यो गर्नुभयो ।
  • फिलि 1:8 : 8 किनकि ख्रीष्‍ट येशूको प्रेमको गहिराइमा म तिमीहरूका निम्ति कति तृष्णा गर्दछु भन्‍ने कुरामा परमेश्‍वर मेरो साक्षी हुनुहुन्छ ।
  • फिलि 2:26 : 26 किनकि तिनी बिरामी भएको कुरा तिमीहरूले थाहा पाएकाले तिनी धेरै व्याकुल भएका थिए, र तिमीहरूसँग हुनको निम्ति तिनले तृष्णा गरेका थिए ।
  • फिलि 4:1 : 1 ¶ यसकारण मेरा प्रिय भाइहरू हो, जसको म चाहना गर्दछु, मेरो आनन्द र मुकुट, मेरा प्रिय साथीहरू, यस्तै गरी प्रभुमा स्थिर रहो ।
  • १ थेस 3:2 : 2 तिमीहरूको विश्‍वास दह्रिलो पार्न र तिमीहरूलाई सान्त्वना दिन हामीले हाम्रा भाइ तिमोथीलाई पठायौँ जो ख्रीष्‍टका सुसमाचार र परमेश्‍वरका सेवक हुन् ।
  • १ थेस 3:13 : 13 हाम्रा प्रभु येशू उहाँका पवित्र जनहरूसँग आउनुहुँदा उहाँले हाम्रा पिताका सामु तिमीहरूलाई पवित्रतामा निष्‍‍कलङ्क बनाऊन् ।
  • २ थेस 2:17 : 17 हरेक असल काम र वचनमा तिमीहरूका हृदयलाई सान्त्वना र स्थिर गराऊन् ।
  • २ थेस 3:3 : 3 तर हाम्रा प्रभु विश्‍वासयोग्य हुनुहुन्छ, जसले तिमीहरूलाई स्थापना गर्नुहुन्छ र दुष्‍टताबाट सुरक्षा प्रदान गर्नुहुन्छ ।
  • इब्रा 13:9 : 9 विभिन्‍न प्रकारका र अनौठा शिक्षाहरूले तिमीहरूलाई टाढा नलैजाओस् । तर भोजनसम्बन्धी विधिद्वारा जिउनेहरूलाई यसले केही सहायता गर्दैन, किनकि अनुग्रहद्वारा निर्माण भएको ह्रदय असल हुन्छ ।
  • १ पत्रु 5:10 : 10 तिमीहरूको केही समयको कष्‍टपछि तिमीहरूलाई ख्रीष्‍टमा उहाँको महिमामा बोलाउनुहुने सबै अनुग्रहका परमेश्‍वरले तिमीहरूलाई सिद्ध, स्थापित र बलियो बनाउनुहुनेछ ।
  • १ पत्रु 5:12 : 12 म सिलासलाई विश्‍वासयोग्य भाइको रूपमा लिन्छु र तिनीबाट मैले तिमीहरूलाई केही कुरा छोटकरीमा लेखेको छु । म तिमीहरूलाई आग्रह गर्छु र तिमीहरूलाई साक्षी दिन्छु कि मैले लेखेको कुरा परमेश्‍वरको साँचो अनुग्रह हो । त्यसमा खडा होओ ।
  • २ पत्रु 1:12 : 12 यसैले, तिमीहरूलाई यी कुराहरू थाहा भएर अहिले तिमीहरू यो सत्यतामा बलियो भए तापनि म तिमीहरूलाई यी कुराहरू सम्झाउन सधैँ तयार छु ।
  • २ पत्रु 3:17-18 : 17 त्यसकारण प्रिय हो, तिमीहरूले यी कुराहरू जानेको हुनाले आफैँलाई सुरक्षित राख ताकि व्‍यवस्थाहीन मानिसहरूको छलले तिमीहरूलाई टाढा नलैजाओस्, र तिमीहरूले आफ्नो विश्‍वासयोग्यतालाई नगुमाओ । 18 तर हाम्रा प्रभु र मुक्तिदाता येशूको अनुग्रह र ज्ञानमा बढेर जाओ । उहाँलाई अहिले र सदासर्वदा महिमा होस्! आमेन ।
  • प्रेरि 19:21 : 21 अब पावलले एफिससमा अफ्नो सेवा-कार्य पुरा गरिसकेपछि पवित्र आत्माको अगुवाइमा उनले माकेडोनिया र अखैया हुँदै यरूशलेमतर्फ जाने निर्णय गरे । उनले भने, “यरूशलेम पुगेपछि म रोममा पनि जानै पर्छ ।”
  • प्रेरि 16:5 : 5 यसरी मण्डलीहरू विश्‍वासमा बलियो हुँदै र दिन प्रतिदिन संख्यामा वृद्धि हुँदै गइरहे ।
  • २ शमू 13:39 : 39 दाऊद राजाको मनले अब्शालोमलाई भेट्न जाने तीव्र इच्‍छा गर्‍यो, किनकि तिनी अमनोन र उनको मृत्युको बारेमा सान्त्वना पाएका थिए ।
  • २ इति 20:20 : 20 तिनीहरू बिहान सबेरै उठे र निस्‍केर तकोको उजाड-स्‍थानमा गए । जब तिनीहरू निस्‍केर गए, तब यहोशापात खडा भए र भने, “हे यहूदा र यरूशलेमका बासिन्‍दा हो, मेरो कुरा सुन । परमप्रभु आफ्‍ना परमेश्‍वरमा भरोसा राख र तिमीहरूलाई सहायता मिल्ने छ । उहँका अगमवक्तामाथि भरोसा गर, र तिमीहरू सफल हुने छौ ।”
  • रोमी 15:32 : 32 प्रार्थना गर, कि म परमेश्‍वरको इच्छाद्वारा तिमीहरूकहाँ आनन्दसित आउन सकूँ र तिमीहरूसँगै विश्राम पाउन सकूँ ।
  • उत्प 31:30 : 30 अब तिमीले आफ्ना पिताको घरमा फर्कने चाहना गरेकाले तिमी आइसकेका छौ । तर तिमीले मेरा घर-देवताहरू किन चोरी गर्‍यौ?
  • २ शमू 23:15 : 15 दाऊदले पानी तृष्णा गरे र भने, “बेथलेहेमको ढोकाको छेउमा भएको इनारको पानी कसैले ल्याइदिएको भए मात्रै पनि हुन्थ्यो नि!”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • रोमी 1:9-10
    2 पदहरू
    83%

    9किनकि म तिमीहरूको नाउँ कत्तिको लिइरहन्छु भनी परमेश्‍वर मेरो साक्षी हुनुहुन्छ । उहाँका पुत्रको सुसमाचारमा म मेरो आत्माले (जोसका साथ) उहाँको सेवा गर्छु ।

    10परमेश्‍वरको इच्छाद्वारा जसरी भए पनि म तिमीहरूकहाँ आउन सफल हुन सकूँ भनी म सधैँ मेरो प्रार्थनामा अनुरोध गर्छु ।

  • रोमी 1:12-13
    2 पदहरू
    83%

    12अर्थात् तिमीहरू र मेरो एक-अर्काका विश्‍वासद्वारा म पारस्परिक रूपमा प्रोत्साहित हुने उत्कट इच्छा गर्छु ।

    13मैले प्रायः तिमीहरूकहाँ आउने इच्छा गरेँ भन्‍ने कुरामा तिमीहरू अनभिज्ञ होऊ भन्‍ने म चाहन्‍नँ, तर मलाई अहिलेसम्म रोकिएको छ । मैले बाँकी गैरयहूदीहरूका माझमा झैँ तिमीहरूका माझमा पनि केही फल पाउनको लागि यो चाहेको हुँ ।

  • 4तिम्रो आँसुको सम्झना गर्दै म तिमीलाई भेट्न चाहन्छु, ताकि म आनन्दले भरिन सकूँ ।

  • फिलि 1:25-27
    3 पदहरू
    77%

    25यस कुरामा म निश्‍चित भएको कारणले म जान्दछु, कि विश्‍वासमा तिमीहरूको प्रगति र आनन्दको निम्ति म तिमीहरू सँग-सँगै रहेर निरन्तरता दिनेछु ।

    26परिणामस्वरूप, तिमीहरूकहाँ मेरो पुनः उपस्थितिको कारण तिमीहरूले ख्रीष्‍ट येशूलाई मेरो निम्ति महिमा दिने काम अझ धेरै प्रशस्त हुनेछ ।

    27ख्रीष्‍टको सुसमाचारको निम्ति योग्य हुने किसिमले मात्र आफ्नो जीवनयापन गर । चाहे म तिमीहरूलाई भेट्न आऊँ वा म उपस्थित नहोऊँ, यो गर, ताकि तिमीहरू एउटै आत्मामा दृढ भएर खडा भएका छौ भनेर तिमीहरूका विषयमा मैले सुन्‍न पाऊँ । सुसमाचारको विश्‍वासको निम्ति तिमीहरू मिलेर एउटै प्राणको भएर कडा परिश्रम गरिरहेका छौ भनेर सुन्‍ने मेरो चाहना छ ।

  • 32प्रार्थना गर, कि म परमेश्‍वरको इच्छाद्वारा तिमीहरूकहाँ आनन्दसित आउन सकूँ र तिमीहरूसँगै विश्राम पाउन सकूँ ।

  • 12मैले तिमीलाई धेरै कुराहरू लेख्‍नु छ, तर मैले ती कुराहरू कागज र मसीले लेख्‍ने इच्छा गरिन । तर पनि म तिमीकहाँ आउने आशा गर्छु, ताकि हाम्रो आनन्द पूर्ण होस् ।

  • २ कोरि 1:15-16
    2 पदहरू
    76%

    15यो कुरामा म निर्धक्‍क भएको कारण, तिमीहरूले दुईवटा भेटको लाभ उठाउन सक भनेर म तिमीहरूकहाँ अगाडि नै आउन चाहन्थेँ ।

    16माकेडोनिया जाँदा तिमीहरूकहाँ आएर भेटघाट गर्ने मैले योजना बनाउँदै थिएँ । माकेडोनियाको यात्रापछि म फेरि तिमीहरूलाई भेट्न चाहन्थेँ, र तिमीहरूले मलाई यहूदियाको बाटो हुँदै पठाएको चाहन्थेँ ।

  • फिले 1:5-8
    4 पदहरू
    76%

    5प्रभु येशूमा भएको तिम्रो विश्‍वास र प्रेम र अरू विश्‍वासीहरूप्रति भएको तिम्रो प्रेमको बारेमा मैले सुनेको छु ।

    6म प्रार्थना गर्छु, कि ख्रीष्‍टमा हामीमा भएको हरेक असल कुराको ज्ञानको निम्ति तिम्रो विश्‍वासको सहभागिता प्रभावकारी हुन सकोस् ।

    7किनकि तिम्रो प्रेमले मलाई ज्यादै आनन्द र सान्त्वना दिएको छ, किनभने भाइ, तिमीले विश्‍वासीहरूका हृदयलाई ताजा बनाएका छौ ।

    8यसकारण, तिमीले के गर्नुपर्छ, त्यो कुरा तिमीलाई आज्ञा दिनको निम्ति ख्रीष्‍टमा ममा साहस भए, तापनि

  • रोमी 15:23-24
    2 पदहरू
    75%

    23तर अब यी क्षेत्रहरूमा मेरो निम्ति कुनै पनि ठाउँ छैन, र धेरै वर्षदेखि म तिमीहरूकहाँ आउने चाह गरिरहेको छु ।

    24त्यसैले, जब म स्पेन जान्छु, त्यहाँ जाँदै गर्दा म तिमीहरूलाई भेट्ने र केही समयको निम्ति तिमीहरूसँग आनन्द मनाएपछि तिमीहरूद्वारा मलाई मेरो यात्रामा पठाइने आशा गर्छु ।

  • १ थेस 3:10-12
    3 पदहरू
    75%

    10तिमीहरूको मुहार हेर्न र तिमीहरूको विश्‍वासमा जुन कुराको कमी छ, सो दिन सकौँ भनेर दिनरात हामी कडा मेहनतसाथ प्रार्थना गर्दछौँ ।

    11हाम्रा परमेश्‍वर, र पिता आफैले र हाम्रा प्रभु येशूले, तिमीहरूकहाँ आउने ढोका खोलिदिऊन्,

    12र प्रभुले तिमीहरूलाई एक अर्काप्रति र सबै मानिसहरूप्रति प्रेममा प्रशस्त गरी बढ्दै जान दिऊन् जसरी हामी तिमीहरूप्रति गर्दछौ ।

  • 15यसकारण प्रभु येशू ख्रीष्‍टमा भएको तिमीहरूको विश्‍वासको बारेमा र उहाँको लागि छुट्टयाइएकाहरूका लागि तिमीहरूको प्रेमको सम्बन्धमा मैले सुनेको समय देखि,

  • फिलि 1:7-9
    3 पदहरू
    75%

    7तिमीहरू सबैका निम्ति मैले यस्तो प्रकारले विचार गर्नु मेरो निम्ति उचित छ, किनकि मैले तिमीहरू सबैलाई मेरो हृदयमा राखेको छु । मेरो कैदमा र सुसमाचारको समर्थन एवम् निश्‍चयता दुवैमा तिमीहरू सबै अनुग्रहमा मेरा साझेदारहरू भएका छौ ।

    8किनकि ख्रीष्‍ट येशूको प्रेमको गहिराइमा म तिमीहरूका निम्ति कति तृष्णा गर्दछु भन्‍ने कुरामा परमेश्‍वर मेरो साक्षी हुनुहुन्छ ।

    9र मैले यस्तो भन्दै प्रार्थना गरिरहेको छु, कि ज्ञान र सम्पूर्ण समझमा तिमीहरूको प्रेम झनझन प्रशस्त हुँदै जाओस् ।

  • 11उहाँले यसो गर्नुहुनेछ जसरी तिमीहरूले पनि हामीलाई आफ्ना प्रार्थनाद्वारा मदत गर्छौ । त्यसपछि धेरैको प्रार्थनाद्वारा हामीलाई दिइएको अनुग्रही कृपाको लागि धेरैले हाम्रो तर्फबाट धन्यवाद दिनेछन् ।

  • 5पहिलो दिनदेखि अहिलेसम्म सुसमाचारमा तिमीहरूको सहभागिताको लागि म धन्यवाद दिन्छु ।

  • २ थेस 1:11-12
    2 पदहरू
    74%

    11यसको निम्ति हामी निरन्तर तिमीहरूका लागि प्रार्थना गर्दछौँ, कि हाम्रा परमेश्‍वरले तिमीहरूलाई तिमीहरूको बोलावटको योग्य ठानून्, र भलाइको निम्ति तिमीहरूको प्रत्येक चाहना र विश्‍वासको हरेक काम शक्‍तिद्वारा पुरा गरून् ।

    12हाम्रा परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टको अनुग्रहको कारणले हाम्रा प्रभु येशू ख्रीष्‍टको नाम तिमीहरूबाट महिमित पारियोस् र तिमीहरू उहाँद्वारा महिमित होओ ।

  • 7ताकि तिमीहरूले उत्सुकतासाथ हाम्रा प्रभु येशू ख्रीष्‍ट प्रकट हुने कुराको प्रतीक्षा गर्दा तिमीहरूमा आत्मिक वरदानहरूको अभाव नहोस् ।

  • 17भाइहरू हो, हामीहरू छोटो समयको निम्ति हृदयमा होइन, तर उपस्थितिमा छुट्‌ट्याइएका थियौँ र हामीले तिमीहरूलाई भेट गर्नलाई सक्दो तीव्र इच्छा गर्‍यौँ ।

  • 6जब तिमोथी तिमीहरू कहाँबाट विश्‍वास र प्रेमको सुसमाचार लिएर आए कि तिमीहरूसँग सधैँ हामीसँगका असल क्षणहरूको सम्झना छ र जसरी हामी तिमीहरूलाई भेट्न उत्कट इच्छा गर्छौं त्यसै गरी तिमीहरू पनि हामीलाई हेर्न उत्कट इच्छा गर्छौ ।

  • 19अझ धेरै काम गर भनेर म तिमीहरूलाई उत्साह दिन्छु । त्यसकारण, म तिमीहरूकहाँ चाँडै फर्केर आउनेछु ।

  • 5र म तिमीहरूसँग शरीरमा नभए तापनि, म तिमीहरूसँग आत्मामा छु । म तिमीहरूका सुव्यवस्था र ख्रीष्‍टमा तिमीहरूका विश्‍वासको शक्‍तिलाई देखेर आनन्दित हुन्छु ।

  • १ कोरि 16:6-7
    2 पदहरू
    73%

    6सायद म तिमीहरूसँगै बस्‍नेछु अथवा पुरै हिउँद बिताउनेछु, ताकि तिमीहरूले मेरो यात्रामा म जहाँ जान्छु त्यहाँ सहायता गर्न सक ।

    7किनकि अब म छोटो समयको निम्ति मात्र तिमीहरूलाई भेट्न चाहन्‍नँ । यदि परमेश्‍वरले मलाई अनुमति दिनुभयो भने मैले तिमीहरूसँग केही समय बिताउने आशा राखेको छु ।

  • 13म सुसमाचारको निम्ति कारागारमा हुँदा उसले तिम्रो सट्टामा मेरो सेवा गर्न सक्‍ने थियो भनेर मैले उसलाई मसँगै राख्‍न चाहन्थेँ ।

  • 3हर समय तिमीहरूको सम्झना गर्दा, म मेरा परमेश्‍वरलाई धन्यवाद दिन्छु ।

  • 12तिमीहरूका निम्ति पनि यस्तै हो । तिमीहरू आत्माको प्रकटीकरणको लागि उत्सुक भएझैँ मण्डलीलाई निर्माण गर्ने कार्यमा जोसिलो बन ।

  • 15सायद अब तिमीले सदाको लागि उसलाई फिर्ता पाउन सकोस् भनेर नै ऊ केही समयको निम्ति तिमीबाट अलग भएको थियो ।

  • 14म तिमीलाई यी कुराहरू लेख्छु र म तिमी कहाँ चाँडै आउने आशा गर्दछु ।

  • 1¶ किनकि मैले तिमीहरू अर्थात् लाउडिकियामा भएकाहरू र शरीरमा मेरो अनुहार नदेखेकाहरू सबैका निम्ति गरेको धेरै ठुलो सङ्घर्षबारे तिमीहरूले जानेको म चाहन्छु ।

  • 14तर तिमीलाई छिट्टै भेट्ने आशा गर्छु, र हामी आमने सामने कुरा गर्नेछौँ ।

  • 22साथै, मेरो निम्ति एउटा कोठा तयार गर, किनकि म आशा गर्दछु, कि तिम्रो प्रार्थनाले गर्दा चाँडै नै म तिमीलाई भेट्न आउन सक्‍नेछु ।

  • २ कोरि 13:9-10
    2 पदहरू
    73%

    9किनकि हामी दुर्बल हुँदा र तिमीहरू सामर्थी हुँदा हामी रमाउँछौँ । तिमीहरू पूर्ण होओ भनी हामी प्रार्थना गर्छौं ।

    10म टाढा हुँदा यी कुराहरू तिमीहरूलाई लेख्दै छु, ताकि म तिमीहरूमा रहँदा निर्दयतासाथ व्यवहार गर्नु नपरोस् । मैले प्रभुबाट पाएको अधिकार तिमीहरूको निर्माण गर्नको निम्ति प्रयोग गर्न सकूँ, भत्काउन होइन ।

  • 11सबै सहनशीलता र धैर्यमा, उहाँको महिमाको शक्‍तिले प्रत्येक दक्षतामा तिमीहरू बलिया होओ भनी हामी प्रार्थना गर्छौं ।

  • 19तर तिमोथीलाई तिमीहरूकहाँ छिट्टै पठाउनको निम्ति मैले प्रभु येशूमा आशा राख्दछु, ताकि तिनीबाट तिमीहरूका विषयमा जान्दा म प्रोत्साहित हुन सकूँ ।

  • 19किनकि मलाई थाहा छ, कि परिणामस्वरूप यसले मेरो निम्ति छुटकारा ल्याउनेछ । तिमीहरूको प्रार्थना र येशू ख्रीष्‍टको आत्माको सहायताको कारण यो हुनेछ ।

  • 4येशू ख्रीष्‍टमा भएको तिमीहरूको विश्‍वास तथा परमेश्‍वरको निम्ति अलग गरिएकाहरू सबैका लागि तिमीहरूको प्रेमको बारेमा हामीले सुनेका छौँ ।