नीतिवचन 14:5

अनलक शाब्दिक बाइबल

विश्‍वासयोग्य साक्षीले झुट बोल्दैन, तर झुटो साक्षीले झुटा कुराहरू निकाल्छ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • नीति 6:19 : 19 झुट बोल्ने साक्षी र दाजुभाइहरूका बिचमा विवाद उत्पन्‍न गर्ने मानिस ।
  • नीति 12:17 : 17 सत्य बोल्नेले ठिक कुरा बोल्छ, तर झुटो साक्षीले झुटो कुरा बोल्छ ।
  • निर्ग 23:1 : 1 ¶ कसैको बारेमा झुटा गवाही नदेओ । बेइमानी गवाही दिने दुष्‍ट मानिससित नमिल ।
  • नीति 19:5 : 5 झुटो साक्षी दण्डविना उम्कने छैन, र झुटो कुरो बोल्ने फुत्कने छैन ।
  • नीति 19:9 : 9 झुटो साक्षी दण्डविना उम्कने छैन, तर झुटो कुरो बोल्नेचाहिँ नष्‍ट हुने छ ।
  • १ राजा 21:13 : 13 दुई जना बेइमान मानिस आए, र तिनीहरू नाबोतको सामु बसे । मानिसहरूको उपस्थितिमा तिनीहरूले नाबोतको विरुद्धमा यसो भनी गवाही दिए, “नाबोतले परमेश्वर र राजा दुवैलाई सराप दिए ।” त्यसपछि तिनीहरूले तिनलाई सहरबाहिर लगी ढुङ्गाले हानेर मारे ।
  • १ राजा 22:12-14 : 12 तब सबै अगमवक्ताले यसो भनी अगमवाणी बोले, “रामोत-गिलादमाथि आक्रमण गरी विजयी हुनुहोस् किनकि परमप्रभुले यो राजाको हातमा सुम्पिदिनुभएको छ ।” 13 मीकायालाई बोलाउन गएका सन्देशवाहकले तिनलाई भने, “अब हेर्नुहोस्, अगमवक्ताहरूका वचनहरूले एउटै मुखले राजालाई असल कुरा भन्छन् । तपाईंको वचन तिनीहरूको जस्तै होस् र असल कुराहरू भन्नुहोस् ।” 14 मीकायले जवाफ दिए, “परमप्रभुको नाउँमा शपथ खाएर म भन्दछु, कि परमप्रभुले मलाई जे भन्नुहुन्छ, म त्यही भन्ने छु ।”
  • नीति 13:5 : 5 धर्मात्माले झुटलाई घृणा गर्छ, तर दुष्‍टले आफैलाई घृणित तुल्याउँछ, र लज्‍जास्पद कुरो गर्छ ।
  • नीति 14:25 : 25 विश्‍वासयोग्य साक्षीले जीवन बचाउँछ, तर झुटो साक्षीले झुटा कुराहरू ओकल्छ ।
  • निर्ग 20:16 : 16 आफ्नो छिमेकीको विरुद्धमा झुटो गवाही नदिनू ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 25विश्‍वासयोग्य साक्षीले जीवन बचाउँछ, तर झुटो साक्षीले झुटा कुराहरू ओकल्छ ।

  • 5झुटो साक्षी दण्डविना उम्कने छैन, र झुटो कुरो बोल्ने फुत्कने छैन ।

  • 9झुटो साक्षी दण्डविना उम्कने छैन, तर झुटो कुरो बोल्नेचाहिँ नष्‍ट हुने छ ।

  • 17सत्य बोल्नेले ठिक कुरा बोल्छ, तर झुटो साक्षीले झुटो कुरा बोल्छ ।

  • व्यव 19:15-16
    2 पदहरू
    78%

    15कुनै पनि विषयमा कुनै पनि अपराध वा पापको लागि एउटै मात्र साक्षी खडा नहोस् । दुई वा तिन जनाको साक्षीको आधारमा त्यस विषयको पुष्‍टि होस् ।

    16कसैले गलत काम गरेको छ भनी कुनै अधर्मी मानिस खडा हुन सक्छ ।

  • 28झुटो साक्षी नष्‍ट हुने छ, तर ध्यान दिएर सुन्‍नेले बोलिरहने छ ।

  • 19झुट बोल्ने साक्षी र दाजुभाइहरूका बिचमा विवाद उत्पन्‍न गर्ने मानिस ।

  • 1¶ कसैको बारेमा झुटा गवाही नदेओ । बेइमानी गवाही दिने दुष्‍ट मानिससित नमिल ।

  • 16आफ्नो छिमेकीको विरुद्धमा झुटो गवाही नदिनू ।

  • 5धर्मात्माले झुटलाई घृणा गर्छ, तर दुष्‍टले आफैलाई घृणित तुल्याउँछ, र लज्‍जास्पद कुरो गर्छ ।

  • 20आफ्नो छिमेकीको विरुद्धमा झुटो गवाही नदिनू ।

  • 18आफ्नो छिमेकीको विरुद्धमा झुटो साक्षी दिने मानिस युद्धमा प्रयोग गरिने लट्ठी, तरवार वा तिखो काँडजस्तै हो ।

  • 18न्यायकर्ताहरूले दत्तचित्तसाथ जाँचबुझ गरून् । हेर, साक्षी झुटो रहेछ र त्यसले आफ्नो भाइको विरुद्धमा झुटो गवाही दिएको रहेछ भने

  • 7छली मानिसहरू मेरो मन्‍दिरभित्र रहनेछैनन् । झुट बोल्नेहरूलाई मेरो सामु स्वागत गरिनेछैन ।

  • 28विनाकारण तेरो छिमेकीको विरुद्धमा साक्षी नबन्, र तेरो ओठले छल्ने काम नगर् ।

  • 4खराब काम गर्नेले दुष्‍टको ओठमा ध्यान दिन्छ । झुट बोल्नेले विनाशक जिब्रोमा कान लगाउँछ ।

  • 11अधर्मी साक्षीहरू खडा हुन्छन् । तिनीहरू मलाई झुटो दोष लगाउँछन् ।

  • 28भ्रष्‍ट साक्षीले न्यायको खिल्ली उडाउँछ, र दुष्‍टको मुखले अधर्मलाई निलिदिन्छ ।

  • मर 14:56-57
    2 पदहरू
    72%

    56किनभने धेरैले उहाँको विरुद्धमा झुटो गवाही ल्याए, तर तिनीहरूका गवाही मिलेन ।

    57कोही खडा भए र उहाँको विरुद्धमा झुटो गवाही ल्याए; तिनीहरूले भने,

  • 22परमप्रभुले झुट बोल्ने ओठलाई घृणा गर्नुहुन्छ, तर विश्‍वासयोग्यसाथ जिउनेहरू उहाँका आनन्द हुन् ।

  • 2तिनीहरू भन्‍छन्‍छन्, 'जीवित परमप्रभुको नाउँमा' तापनि तिनीहरूले झूटा शपथ खाँदैछन् ।”

  • 19सत्य बोल्ने ओठ सधैँभरि रहिरहन्छ, तर झुट बोल्ने जिब्रो केही क्षण मात्र टिक्छ ।

  • 6उहाँका वचनहरूमा नथप् नत्रता उहाँले तँलाई अनुशासनमा राख्‍नुहुने छ, र तँ झुटो ठहरिने छस् ।

  • 6तपाईंले झुट बोल्नेहरूलाई नष्‍ट पार्नुहुन्छ । हिंस्रक र छली मानिसहरूलाई परमप्रभुले घृणा गर्नुहुन्छ ।

  • 5हरेक मानिसले आफ्नो छिमेकीको ठट्टा गर्छ, र साँचो बोल्दैन । तिनीहरूका जिब्राले छली कुराहरू सिकाउँछन् । तिनीहरू अपराध गर्दा-गर्दा थाकेका छन् ।

  • 19दुई वा तीन जना साक्षीहरू बिना एउटा एल्डरको विरूद्ध लगाइएको आरोप स्वीकार नगर ।

  • भजन 15:2-4
    3 पदहरू
    70%

    2जो निर्दोष भएर हिंड्छ, जसले ठिक काम गर्छ र आफ्‍नो हृदयले सत्य बोल्छ ।

    3त्यसले आफ्नो जिब्रोले निन्दा गर्दैन, त्यसले अरूको हानि गर्दैन र त्यसले आफ्नो छिमेकीलाई होच्‍याउँदैन ।

    4उसको दृष्‍टिमा व्‍यर्थको व्‍यक्‍ति घृणित हुन्छ, तर परमप्रभुको भय मान्‍नेहरूलाई त्यसले आदर गर्छ । त्यसले आफ्नो हानि हुँदा पनि शपथ खान्छ र आफ्‍नो प्रतिज्ञाहरूबाट पछि हट्दैन ।

  • 6तपाईंको आफ्नै मुखले तपाईंलाई दोषी ठहराउँछ, मेरो होइन । वास्तवमा, तपाईंको आफ्नै ओठले तपाईंको विरुद्धमा बोल्‍छ ।

  • 7झुटा गवाही दिन अरूहरूसित नमिल, र निर्दोष वा धर्मीहरूलाई नमार किनकि म दुष्‍टहरूलाई कहिल्यै निर्दोष ठहराउनेछैनँ ।

  • 8हेर! तिमीहरूले छलपूर्ण वचनहरूमाथि भरोसा गर्दैछौ जसले तिमीहरूको मदत गर्दैनन् ।

  • 6गिल्ला गर्नेले बुद्धिको खोजी गर्छ, तर पाउँदैन, जब कि समझदार व्यक्तिलाई ज्ञान सजिलैसित आउँछ ।

  • 4गाईवस्तु नभएको ठाउँमा भकारी खाली हुन्छ, तर गोरुको बलद्वारा प्रशस्त फसलको कटनी हुन सक्छ ।

  • यूह 5:31-32
    2 पदहरू
    70%

    31यदि म आफैँले आफ्नै बारेमा गवाही दिने हो भने मेरो गवाही सत्य हुँदैनथ्यो ।

    32मेरो बारेमा गवाही दिनुहुने अर्को एक जना हुनुहुन्छ, र म जान्दछु, कि उहाँले मेरो विषयमा दिनुहुने गवाही सत्य हुन्छ ।

  • 11चोरी नगर्नू । झुटो नबोल्नू । एक-अर्कालाई धोका नदिनू ।

  • 7सिपालु बोलीवचन मूर्खलाई सुहाउँदैन । शासकको लागि झुट बोल्ने ओठ झन कति असुहाउँदो हुन्छ!

  • 4कसैले पनि धार्मिकतामा पुकारा गर्दैन र कसैले पनि आफ्नो मुद्दाको निम्‍ति सत्यतामा बिन्‍ति गर्दैन । तिनीहरू रित्ता शब्दहरूमा भर पर्छन् र झुट बोल्छन् । तिनीहरूले कष्‍ट गर्भधारण गर्छन् र पाप जन्माउँछन् ।

  • 1¶ बेठिक तराजुलाई परमप्रभु घृणा गर्नुहुन्छ, तर ठिक तौलमा उहाँ आनन्द मनाउनुहुन्छ ।

  • 14तर यदि तिमीहरूको हृदयमा तितो ईर्ष्‍या र अभिलाषा छ भने, सत्यको विरुद्धमा शेखी नगर र झुटो नबोल ।

  • 12शासकले झुटो कुरोलाई ध्यान दियो भने त्यसका सबै कर्मचारी दुष्‍ट हुने छन् ।

  • 18घृणालाई लुकाउने जोसुकैसित छली जिब्रो हुन्छ, र बदख्याइँ फैलाउनेचाहिँ मूर्ख हो ।

  • 4मेरो ओठले दुष्‍ट कुरा बोल्नेछैन, न त मेरो जिब्रोले छलको कुरा बोल्नेछ ।

  • 1¶ यदि कसैले आफूले देखेको वा सुनेको कुनै कुराको साक्षी भएर पनि त्यस कुराको गवाही दिनुपर्ने अवस्थामा गवाही नदिएको कारणले पाप गर्दछ भने, त्यो दोषी हुने छ ।

  • 28झुट बोल्ने जिब्रोले पीडामा परेकाहरूलाई घृणा गर्छ, र चापलुसी घस्‍ने मुखले विनाश ल्याउँछ ।

  • 6दुई वा तिन जना साक्षीको आधारमा त्यसलाई मारिने छ । तर एक जना मात्र साक्षीको आधारमा त्यसलाई मारिनुहुँदैन । तिनीहरूलाई मार्न

  • 9निष्‍ठामा हिँड्ने सुरक्षामा हिँड्छ, तर आफ्ना मार्गहरूलाई टेडो बनाउने पक्राउमा पर्ने छ ।