निर्गमन 20:16
आफ्नो छिमेकीको विरुद्धमा झुटो गवाही नदिनू ।
आफ्नो छिमेकीको विरुद्धमा झुटो गवाही नदिनू ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
17हत्या नगर्नू ।
18व्यभिचार नगर्नू ।
19चोरी नगर्नू ।
20आफ्नो छिमेकीको विरुद्धमा झुटो गवाही नदिनू ।
21आफ्नो छिमेकीकी पत्नीको लालच नगर्नू; आफ्नो छिमेकीको घरको लालच नगर्नू; त्यसको खेत, कमारा, कमारी, गोरु, गधा वा कुनै पनि थोकको लालच नगर्नू ।'
13कसैको हत्या नगर्नू ।
14कसैसित व्यभिचार नगर्नू ।
15कसैबाट केही नचोर्नू ।
17आफ्नो छिमेकीको घरको लालच नगर्नू; आफ्नो छिमेकीकी पत्नीको लालच नगर्नू; आफ्नो छिमेकीको कमारा, कमारी, गोरु, गधा वा कुनै पनि थोकको लालच नगर्नू ।”
11चोरी नगर्नू । झुटो नबोल्नू । एक-अर्कालाई धोका नदिनू ।
12मेरो नामको झुटो शपथ खाएर तिमीहरूका परमेश्वरको नाउँलाई अशुद्ध नतुल्याउनू । म परमप्रभु हुँ ।
13आफ्नो छिमेकीमाथि दमन नगर्नू वा उसलाई नलुट्नू । ज्यालामा काम गर्ने नोकरको पारिश्रमिक रातभर र बिहानसम्म तिमीहरूसँग नरहोस् ।
1¶ कसैको बारेमा झुटा गवाही नदेओ । बेइमानी गवाही दिने दुष्ट मानिससित नमिल ।
2खराबी गर्न भिडको पछि नलाग, न त न्यायलाई बङ्ग्याउन भिडको पक्ष लेओ ।
28विनाकारण तेरो छिमेकीको विरुद्धमा साक्षी नबन्, र तेरो ओठले छल्ने काम नगर् ।
15झुटो न्याय नगर्नू । कोही गरिब भएको कारण र कोही महत्त्वपूर्ण भएको कारण तिमीहरूले कसैप्रति पक्षपात नगर्नू । बरु, आफ्नो छिमेकीको सही न्याय गर्नू ।
16आफ्ना मानिसहरूका बिचमा निन्दा फैलाउँदै नहिँड्नू, तर आफ्नो छिमेकीको प्राण बचाउने कोसिस गर्नू । म परमप्रभु हुँ ।
17आफ्नो हृदयमा आफ्नो भाइको निम्ति घृणा नराख्नू । आफ्नो छिमेकीसँगै पाप नगर्नको निम्ति उसलाई इमानदार भएर हप्काउनू ।
18बदला नलिनू वा आफ्ना मानिसहरूका विरुद्धमा कुनै इख नराख्नू, बरु आफ्नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर्नू । म परमप्रभु हुँ ।
7परमप्रभु तिमीहरूका परमेश्वरको नाउँ व्यर्थमा नलिनू किनकि मेरो नाउँ व्यर्थमा लिने जोसुकैलाई पनि म निरपराध छोड्नेछैनँ ।
8मेरो लागि शबाथ अलग गर्नुपर्छ भनी याद राख्नू ।
9तिमीहरूले छ दिनसम्म परिश्रम गर्नुपर्छ र काम गर्नुपर्छ ।
18त्यो मानिसले उहाँलाई भन्यो, “कुन आज्ञाहरू?” येशूले भन्नुभयो, “हत्या नगर्नू, व्यभिचार नगर्नू, चोरी नगर्नू, झुटो गवाही नदिनू,
19आफ्ना बुबा र आमालाई आदर गर्नू, र आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू ।”
20आफ्नो छिमेकीकी पत्नीसँग नसुत् र यसरी आफैलाई अशुद्ध नबना ।
14परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई निज सम्पत्तिको रूपमा अधिकार गर्न दिन लाग्नुभएको देशमा लामो समयदेखि राखिएको आफ्नो छिमेकीको सिमानाको ढुङ्गो नहटाओ ।
15कुनै पनि विषयमा कुनै पनि अपराध वा पापको लागि एउटै मात्र साक्षी खडा नहोस् । दुई वा तिन जनाको साक्षीको आधारमा त्यस विषयको पुष्टि होस् ।
16कसैले गलत काम गरेको छ भनी कुनै अधर्मी मानिस खडा हुन सक्छ ।
18आफ्नो छिमेकीको विरुद्धमा झुटो साक्षी दिने मानिस युद्धमा प्रयोग गरिने लट्ठी, तरवार वा तिखो काँडजस्तै हो ।
5विश्वासयोग्य साक्षीले झुट बोल्दैन, तर झुटो साक्षीले झुटा कुराहरू निकाल्छ ।
20तिमीलाई आज्ञाहरू थाहा छ– तैँले व्यभिचार नगर्नू, हत्या नगर्नू, नचोर्नू, झुटो गवाही नदिनू, आफ्ना आमाबुबाको आदर गर्नू ।”
5झुटो साक्षी दण्डविना उम्कने छैन, र झुटो कुरो बोल्ने फुत्कने छैन ।
11परमप्रभु तिमीहरूका परमेश्वरको नाउँ व्यर्थमा नलिनू किनकि मेरो नाउँ व्यर्थमा लिने जोसुकैलाई पनि म निरपराध छोड्ने छैनँ ।
17आफ्नो हृदयमा एक अर्काको विरुद्धमा खराबी गर्ने योजना नबनाओ, र झुटा शपथलाई प्रेम नगर - किनभने यी कुराहरूलाई म घृणा गर्दछु! – परमप्रभु घोषणा गर्नुहुन्छ ।”
14तिमीहरूले आफ्नो छिमेकीलाई आफ्नो जग्गा बेच्दा वा आफ्नो छिमेकीबाट जग्गा किन्दा तिमीहरूले एक-अर्कालाई धोका नदिनू ।
19तिमी यी आज्ञाहरू जान्दछौः हत्या नगर्नू, व्यभिचार नगर्नू, चोरी नगर्नू, झुटो गवाही नदिनू, ठगी नगर्नू, आफ्ना बुबा र आमालाई आदर गर्नू ।”
3मेरो अगि अरू कुनै देवी-देवता नमान्नू ।
4आफ्नो निम्ति खोपेर माथि स्वर्गमा वा तल पृथ्वीमा वा पानीमुनि भएको कुनै पनि थोकको प्रतिमूर्ति नबनाउनू ।
3त्यसले आफ्नो जिब्रोले निन्दा गर्दैन, त्यसले अरूको हानि गर्दैन र त्यसले आफ्नो छिमेकीलाई होच्याउँदैन ।
9किनकि, “तिमीले व्यभिचार नगर, तिमीले हत्या नगर, तिमीले नचोर, तिमीले लालच नगर” र यदि अरू आज्ञाहरू पनि छन् भने यसलाई यही वाक्यमा सारांशमा ल्याउन सकिन्छ, “आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर ।”
18न्यायकर्ताहरूले दत्तचित्तसाथ जाँचबुझ गरून् । हेर, साक्षी झुटो रहेछ र त्यसले आफ्नो भाइको विरुद्धमा झुटो गवाही दिएको रहेछ भने
29तेरो नजिकै बस्ने र तँमाथि भर पर्ने आफ्नो छिमेकीको हानि गर्ने योजना नबना ।
7तिमीहरूले मेरो सामु अन्य कुनै देवी-देवता नमान्नू ।
33फेरि, तिमीहरूले प्राचीन समयमा भएकाहरूलाई यसो भनिएको सुनेका छौ, ‘झुटो शपथ नखा, तर परमप्रभुमा ती शपथहरू पुरा गर् ।’
10मालिकको सामु त्यसको नोकरको निन्दा नगर्, नत्रता त्यसले तँलाई सराप्ने छ, र तँ दोषी बन्ने छस् ।
7झुटा गवाही दिन अरूहरूसित नमिल, र निर्दोष वा धर्मीहरूलाई नमार किनकि म दुष्टहरूलाई कहिल्यै निर्दोष ठहराउनेछैनँ ।
2“यदि कसैले विश्वासमा कायम भएको कुनै कुरा, वा वास्ता गर्नका निम्ति भनेर उसलाई राख्न दिइएको वा चोरी भएको कुनै कुराको विषयमा परमप्रभुको विरुद्ध पाप गर्दछ र विश्वासहीन कार्य गर्दछ, वा आफ्नो छिमेकीमाथि त्यसले अत्याचार गर्दछ भने,
17सत्य बोल्नेले ठिक कुरा बोल्छ, तर झुटो साक्षीले झुटो कुरा बोल्छ ।
9झुटो साक्षी दण्डविना उम्कने छैन, तर झुटो कुरो बोल्नेचाहिँ नष्ट हुने छ ।
6उहाँका वचनहरूमा नथप् नत्रता उहाँले तँलाई अनुशासनमा राख्नुहुने छ, र तँ झुटो ठहरिने छस् ।