नीतिवचन 18:16

अनलक शाब्दिक बाइबल

मानिसको उपहारले बाटो खोली उसलाई महत्त्वपूर्ण मानिसको सामु ल्याउन सक्छ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • उत्प 32:20 : 20 तिमीहरूले यसो पनि भन्‍नू, 'तपाईंका दास याकूब हाम्रो पछिपछि आउँदै हुनुहुन्छ' ।” किनकि तिनले यस्तो सोचे, “मैले मेरो अगिअगि पठाएका उपहारहरूले म तिनलाई खुसी पार्नेछु । त्यसपछि मैले तिनलाई भेट्दा सायद तिनले मलाई स्वीकार गर्नेछन् ।”
  • १ शमू 25:27 : 27 अब तपाईंकी दासीले ल्याएकी यो उपहार मेरो मालिकका पछि हिंड्‍ने जवान मानिसहरूलाई दिइयोस् ।
  • नीति 17:8 : 8 घुस दिनेको लागि यो टुनाजस्तै हो । त्यो जहाँ गए तापनि सफल हुन्छ ।
  • उत्प 43:11 : 11 तिनीहरूका पिता इस्राएलले तिनीहरूलाई भने, “त्यसो हो भने, अब यसो गर । तिमीहरूका झोलाहरूमा यस देशमा सबैभन्दा उत्तम उब्जनीहरू हाल । ती मानिसलाई यी उपहारहरू लिएर जाओः सुगन्धित लेप, मह, मसला र मूर्र, पेस्ता र हाडे-बदाम ।
  • उत्प 33:10 : 10 याकूबले भने, “त्यसो होइन । मैले तपाईंको दृष्‍टिमा निगाह पाएको छु भने मेरो हातबाट उपहार ग्रहण गर्नुहोस् । किनभने मैले तपाईंको मुहार देखेको छु, र यो परमेश्‍वरको मुहार देखेजस्तै भएको छ र तपाईंले मलाई ग्रहण गर्नुभएको छ ।
  • नीति 19:6 : 6 धेरैले उदार मानिसबाट निगाहको लागि बिन्ति गर्ने छन्, र हरेक व्यक्ति उपहार दिनेको मित्र बन्छ ।
  • नीति 21:14 : 14 गुप्‍तमा दिइएको उपहारले रिस मारिदिन्छ, र लुकाएर दिइएको उपहारले बल्दो क्रोधलाई शान्त पारिदिन्छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 6धेरैले उदार मानिसबाट निगाहको लागि बिन्ति गर्ने छन्, र हरेक व्यक्ति उपहार दिनेको मित्र बन्छ ।

  • 15विवेकीको हृदयले ज्ञान प्राप्‍त गर्छ, र बुद्धिमान्‌को कानले यसको खोजी गरेर भेट्टाउँछ ।

  • 17प्रतिद्वन्दी अगाडि बढेर प्रश्‍नहरू नतेर्साएसम्म आफ्नो मुद्दाको पक्षमा वकालत गर्ने पहिलो व्यक्ति नै ठिक देखिन्छ ।

  • 8घुस दिनेको लागि यो टुनाजस्तै हो । त्यो जहाँ गए तापनि सफल हुन्छ ।

  • 29के आफ्नो काममा सिपालु कुनै मानिसलाई तँ देख्छस्? त्यो राजाहरूका सामु खडा हुने छ । त्यो सर्वसाधारणको सामु खडा हुने छैन ।

  • 8मानिसलाई त्यसको बुद्धिअनुसार प्रशंसा गरिन्छ, तर टेडो रोजाइ गर्नेचाहिँ तुच्छ ठानिन्छ ।

  • 4तब तैँले परमेश्‍वर र मानिसको दृष्‍टिमा निगाह पाउने छस्, र ख्याति कमाउने छस् ।

  • 23न्यायको मार्गलाई बङ्ग्याउन दुष्‍ट मानिसले गुप्‍त घुसलाई स्वीकार गर्छ ।

  • 14जसरी आफ्नो हातको कामले मानिसलाई इनाम दिन्छ, त्यसै गरी आफ्नै वचनको फलबाट ऊ असल थोकहरूले भरिन्छ ।

  • 11धनी मानिस आफ्नै दृष्‍टिमा बुद्धिमान् होला, तर समझशक्ति भएको गरिब मानिसले त्यसलाई पत्ता लगाउने छ ।

  • नीति 16:7-9
    3 पदहरू
    71%

    7जब मानिसका मार्गहरूले परमप्रभुलाई खुसी पार्छन्, तब उहाँले त्यसका शत्रुहरूलाई पनि त्यससित मिलापमा राख्‍नुहुने छ ।

    8अन्यायसित कमाएको धेरै धन-सम्पत्तिभन्दा बरु ठिकसित कमाएको थोरै नै उत्तम हुन्छ ।

    9मानिसले आफ्नो हृदयमा योजना बुन्छ, तर परमप्रभुले नै त्यसका कदमहरू निर्धारण गर्नुहुन्छ ।

  • 5बुद्धिमानी मानिसहरूले सुनून् र तिनीहरूको ज्ञान बढाऊन्, अनि विवेकशील मानिसहरूले मार्गदर्शन पाऊन्,

  • नीति 25:6-7
    2 पदहरू
    71%

    6राजाको उपस्थितिमा आफैलाई नउचाल्, र उच्‍च मानिसहरूलाई तोकिएको ठाउँमा नबस् ।

    7उच्‍च मानिसहरूको सामु तेरो अपमान हुनुभन्दा त बरु तँलाई “यहाँ माथि आऊ” भन्‍नु उत्तम हुन्छ ।

  • नीति 18:23-24
    2 पदहरू
    70%

    23गरिब मानिसले कृपाको लागि बिन्ती गर्छ, तर धनी मानिसले हतारमा जवाफ दिन्छ ।

    24धेरै साथीहरू भएको दाबी गर्ने मानिस तिनीहरूद्वारा नै विनाशमा लगिन्छ, तर कुनै मित्रचाहिँ भाइभन्दा पनि नजिक रहन्छ ।

  • 5अनुग्रहसाथ व्यवहार गर्ने र रुपियाँ ऋण दिने, अनि आफ्नो करोबार इमानदारसाथ गर्ने मानिसको भलो हुन्छ ।

  • 14गुप्‍तमा दिइएको उपहारले रिस मारिदिन्छ, र लुकाएर दिइएको उपहारले बल्दो क्रोधलाई शान्त पारिदिन्छ ।

  • 2परमप्रभुले असल मानिसलाई स्‍नेह देखाउनुहुन्छ, तर दुष्‍ट योजनाहरू रच्ने मानिसलाई उहाँले दोषी ठहराउनुहुन्छ ।

  • 1¶ आफैलाई अलग गर्ने मानिसले आफ्नै इच्छाको खोजी गर्छ, र त्यसले सबै पक्‍का न्यायको विरोध गर्छ ।

  • नीति 18:11-12
    2 पदहरू
    70%

    11धनीको सम्पत्ति त्यसको किल्लाबन्दी गरिएको सहर हो, र त्यसको कल्पनामा यो अग्लो पर्खालझैँ हुन्छ ।

    12आफ्नो पतनअगि मानिसको हृदयमा घमण्ड आउँछ, तर आदरअगि विनम्रता आउँछ ।

  • 23उचित जवाफ दिँदा मानिसले आनन्द पाउँछ । ठिक समयमा बोलिएको वचन कति असल हुन्छ!

  • नीति 29:4-5
    2 पदहरू
    70%

    4राजाले न्यायद्वारा देश सुदृढ बनाउँछ, तर घुस लिनले देशलाई तहसनहस पार्छ ।

    5आफ्नो छिमेकीलाई फुर्क्याउनेले त्यसका खुट्टाका लागि जाल फिजाइरहेको हुन्छ ।

  • 1¶ धेरै धन-सम्पत्तिभन्दा असल नाउँ रोज्नु अनि निगाह सुन र चाँदीभन्दा उत्तम हो ।

  • 18बेसमझको मानिसले वाचा बाँध्च, र आफ्नो छिमेकीको ऋणप्रति जिम्मेवार बन्छ ।

  • नीति 13:15-16
    2 पदहरू
    69%

    15असल अन्तर्दृष्‍टिले स्‍नेह प्राप्‍त गर्छ, तर विश्‍वासघातिको चाल कहिल्यै टुङ्गोमा आउँदैन ।

    16समझदार मानिसले आफ्नो ज्ञानअनुसार हरेक निर्णय गर्छ, तर मूर्खले आफ्नो मूर्खताको तमाशा देखाउँछ ।

  • 23मानिसले घमण्डले त्यसलाई तल खसाल्छ, तर विनम्र आत्मा भएको मानिसलाई आदर दिइने छ ।

  • नीति 24:4-5
    2 पदहरू
    69%

    4ज्ञानद्वारा सारा बहुमूल्य र उत्कृष्‍ट थोकहरूले कोठाहरू भरिन्छन् ।

    5बुद्धिमान् योद्धा बलियो हुन्छ, र ज्ञानी मानिसले आफ्नो शक्ति बढाउँछ ।

  • 4धनले धेरै मित्रहरू बनाउँछ, तर गरिब मानिसचाहिँ आफ्ना मित्रहरूबाट त्यागिन्छ ।

  • 4मानिसको मुखका वचनहरू गहिरो पानी हुन् । बुद्धिको फुहारा बगिरहने खोला हो ।

  • 1¶ हृदयका योजनाहरू मानिसका हुन्, तर जिब्रोको जवाफ परमप्रभुबाट नै आउँछ ।

  • नीति 16:20-21
    2 पदहरू
    68%

    20सिकाइएको शिक्षामा मनन गर्नेले असल कुरो पाउने छ, र परमप्रभुमाथि भरोसा गर्नेहरू आशिषित् हुने छन् ।

    21हृदयमा बुद्धिमान् हुनेलाई विवेकशील भनिन्छ, र मिठा बोलीवचनले सिकाउने क्षमताको विकास गर्छ ।

  • 13बुद्धि प्राप्‍त गर्ने धन्यको हो । त्यसले समझशक्ति पनि पाउँछ ।

  • 16अनुग्रही स्‍त्रीले आदर पाउँछे, तर निर्दयी मानिसहरूले धन-सम्पत्ति कमाउँछन् ।

  • नीति 20:5-6
    2 पदहरू
    68%

    5मानवीय हृदयमा भएको उद्धेश्य गहिरो पानीजस्तै हो, तर समझशक्ति भएको मानिसले यसलाई बाहिर निकाल्ने छ ।

    6धैरेले आफू भक्त भएको घोषणा गर्छन्, तर कसले विश्‍वासयोग्य जन पाउन सक्छ?

  • 22मानिसले भक्तिको चाह गर्छ, र झुटो बोल्नेभन्दा त गरिब मानिस उत्तम हो ।

  • 8बुद्धि प्राप्‍त गर्नेले आफ्नो जीवनलाई प्रेम गर्छ । समझशक्तिलाई जोगाउनेले जे असल छ, त्यो पाउने छ ।

  • 18विनाशअगि घमण्ड आउँछ, र पतनअगि हठी आत्मा आउँछ ।

  • 12अब म तँलाई बुद्धि र ज्ञान दिनेछु । म तँलाई यस्‍तो समृद्धि, धन-सम्‍पत्ति, र आदर पनि दिनेछु, जो तँभन्‍दा अघिका कुनै राजाले पाएका थिएनन्, र तँभन्‍दा पछिका कुनैले पनि पाउनेछैनन्‌ ।”

  • 18अर्तीलाई बेवास्ता गर्नेले गरिबी र लाज पाउने छ, तर सुधारबाट सिक्‍ने जनमा आदर आउने छ ।

  • 17आफ्नो कान थाप् र बुद्धिमान्‌का वचनहरू सुन् अनि मेरो ज्ञानमा तेरो हृदय लगा ।

  • 16त्यसैले मैले निष्कर्ष निकालेँ, “शक्तिभन्दा बुद्धि उत्तम हो, तर त्यस गरिब मानिसको बुद्धिलाई तुच्छ ठानियो, र त्यसका वचनहरूलाई ध्यानै दिइएन ।”