नीतिवचन 15:23

अनलक शाब्दिक बाइबल

उचित जवाफ दिँदा मानिसले आनन्द पाउँछ । ठिक समयमा बोलिएको वचन कति असल हुन्छ!

थप स्रोतहरू

उल्लेखित पदहरू

  • नीति 12:14 : 14 जसरी आफ्नो हातको कामले मानिसलाई इनाम दिन्छ, त्यसै गरी आफ्नै वचनको फलबाट ऊ असल थोकहरूले भरिन्छ ।
  • यशा 50:4 : 4 परमप्रभु परमेश्‍वरले मलाई सिकाइएको व्यक्‍तिको जस्तो जिब्रो दिनुभएको छ, ताकि थकितलाई म सम्भाल्‍ने वचनहरू बोलूँ । उहाँले मलाई बिहान-बिहान जगाउनुहुन्छ । सिकाइएकाहरूका जस्‍ता कुरा सुन्‍न उहाँले मेरा कानलाई खोल्‍नुहुन्छ ।
  • एफिसी 4:29 : 29 तिम्रो मुखबाट कुनै अपशब्द ननिस्कोस् । तर यसको सट्टामा, आवश्यताहरू पूरा गर्ने र सुन्‍ने मानिसहरूलाई लाभ हुने शब्दहरू तिम्रा मुखबाट निस्कून् ।
  • नीति 16:13 : 13 ठिक बोल्ने ओठमा राजा आनन्दित हुन्छ, र सत्य बोल्ने व्यक्तिलाई तिनी प्रेम गर्छन् ।
  • नीति 25:11-12 : 11 ठिक अवस्थामा बोलिएको वचन चाँदीमा जडान गरिएको सुनका स्याउहरूजस्तै हुन्छन् । 12 सुनको औँठी वा निखुर सुनबाट बनेको गहना सुन्‍ने कानको लागि बुद्धिमान् हप्कीझैँ हो ।
  • उप 3:1 : 1 ¶ हरेक कुराको लागि तोकिएको समय छ, र आकाशमूनि हरेक उद्धेश्यको लागि बेलाछ ।
  • नीति 24:26 : 26 इमानदार जवाफ दिनेले ओठमा चुम्बन दिन्छ ।
  • १ शमू 25:32-33 : 32 दाऊदले अबीगेललाई भने, “इस्राएलका परमप्रभु परमेश्‍वरले तिमीलाई आशिष् देऊन्, जसले आज मलाई भेट्न तिमीलाई पठाउनुभयो । 33 तिम्रो बुद्धि धन्यको होस् र तिमी धन्यकी हौ, किनभने तिमीले आज मलाई रक्‍तपात र आफ्नो निम्ति आफ्नै हातले बद्‍ला लिनबाट बचाएकी छ्यौ!

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • नीति 12:14-15
    2 पदहरू
    77%

    14जसरी आफ्नो हातको कामले मानिसलाई इनाम दिन्छ, त्यसै गरी आफ्नै वचनको फलबाट ऊ असल थोकहरूले भरिन्छ ।

    15मूर्खको बाटो त्यसको आफ्नै दृष्‍टिमा ठिक हुन्छ, तर बुद्धिमान् मानिसले सरसल्लाह सुन्छ ।

  • नीति 15:21-22
    2 पदहरू
    76%

    21मूर्खताले बेसमझको मानिसलाई आनन्द दिन्छ, तर समझशक्ति भएको मानिस सिधा बाटोमा हिँड्छ ।

    22सरसल्लाह नहुँदा योजनाहरू गलत हुन्छन्, तर धेरै परामर्शदाताहरूद्वारा तिनीहरू सफल हुन्छन् ।

  • 25मानिसको हृदयमा भएको चिन्ताले उसलाई कमजोर तुल्याउँछ, तर असल वचनले उसलाई प्रसन्‍न पार्छ ।

  • 11ठिक अवस्थामा बोलिएको वचन चाँदीमा जडान गरिएको सुनका स्याउहरूजस्तै हुन्छन् ।

  • नीति 18:20-21
    2 पदहरू
    74%

    20आफ्नो मुखको फलले त्यसको पेट भरिएको हुन्छ । त्यसको ओठको फसलले त्यो सन्तुष्‍ट हुन्छ ।

    21मृत्यु र जीवन जिब्रोद्वारा नियन्त्रित हुन्छ, र जिब्रोलाई प्रेम गर्नेहरूले यसको फल खाने छन् ।

  • नीति 16:23-24
    2 पदहरू
    74%

    23बुद्धिमान् व्यक्तिको हृदयले उसको मुखलाई अन्तर्दृष्‍टि प्रदान गर्छ, र उसको ओठमा विश्‍वसनीयता थप्छ ।

    24मिठा वचनहरू महका चाकाजस्ता हुन्, जुन प्राणको लागि मिठो हुन्छ, र हड्‍डीहरूका लागि चङ्गाइ हुन्छ ।

  • 1¶ हृदयका योजनाहरू मानिसका हुन्, तर जिब्रोको जवाफ परमप्रभुबाट नै आउँछ ।

  • नीति 15:1-2
    2 पदहरू
    73%

    1¶ विनम्र जवाफले क्रोधलाई हटाउँछ, तर कठोर वचनले रिस उठाउँछ ।

    2बुद्धिमान् मानिसहरूको जिब्रोले ज्ञानको तारिफ गर्छ, तर मूर्खहरूको मुखले मूर्खता खन्याउँछ ।

  • नीति 23:15-16
    2 पदहरू
    73%

    15हे मेरो छोरो, तेरो हृदय बुद्धिमानी छ भने मेरो हृदय पनि प्रसन्‍न हुने छ ।

    16तेरो ओठले जे ठिक छ, त्यही बोल्दा मेरो अन्तस्करण रमाउने छ ।

  • 13ठिक बोल्ने ओठमा राजा आनन्दित हुन्छ, र सत्य बोल्ने व्यक्तिलाई तिनी प्रेम गर्छन् ।

  • नीति 24:25-26
    2 पदहरू
    73%

    25तर दुष्‍टलाई अनुशासनमा राख्‍नेहरू आनन्दित हुने छन्, र तिनीहरूमा भलाइका उपहारहरू आउने छन् ।

    26इमानदार जवाफ दिनेले ओठमा चुम्बन दिन्छ ।

  • 13बुद्धि प्राप्‍त गर्ने धन्यको हो । त्यसले समझशक्ति पनि पाउँछ ।

  • 24जीवनको मार्गले विवेकशील मानिसहरूलाई उँभोतिर लैजान्छ । यसले तिनीहरूलाई उँधो पातालतिर जानदेखि फर्काउँछ ।

  • 2आफ्नो मुखको फलबाट मानिसले असल थोकहरूको भोग गर्दछ, तर विश्‍वासघातिको भोक हिंसाको लागि हुन्छ ।

  • 4मानिसको मुखका वचनहरू गहिरो पानी हुन् । बुद्धिको फुहारा बगिरहने खोला हो ।

  • नीति 16:20-21
    2 पदहरू
    72%

    20सिकाइएको शिक्षामा मनन गर्नेले असल कुरो पाउने छ, र परमप्रभुमाथि भरोसा गर्नेहरू आशिषित् हुने छन् ।

    21हृदयमा बुद्धिमान् हुनेलाई विवेकशील भनिन्छ, र मिठा बोलीवचनले सिकाउने क्षमताको विकास गर्छ ।

  • 18किनभने तिनलाई तँभित्र राखिस् भने र ती सबै तेरो ओठमा तयार भए भने यो तेरो लागि रमणीय हुने छ ।

  • 13आनन्दित हृदयले मुहारलाई हँसिलो बनाउँछ, तर हृदयको पिरले आत्मालाई चोट पुर्‍याउँछ ।

  • 4निको पार्ने जिब्रो जीवनको रुख हो, तर छलपूर्ण जिब्रोले आत्मालाई चोट पुर्‍याउँछ ।

  • 30धर्मी व्‍यक्‍तिको मुखले बुद्धिको कुरा बोल्छ र न्याय वृद्धि गर्छ ।

  • 23आफ्नो मुख र जिब्रोको रखवाली गर्नेले आफैलाई कष्‍टबाट बचाउँछ ।

  • 30आँखाको ज्योतिले हृदयमा आनन्द ल्याउँछ, र शुभ खबर शरीरको लागि स्वास्थ्य हो ।

  • 20किनकि त्यसले आफ्नो जीवनका दिनहरूको प्रायः स्मरण गर्दैन, किनकि परमेश्‍वरले त्यसलाई यस्ता कुराहरूमा व्यस्त पारिदिनुहुन्छ जसमा त्यो काम गर्नमा रमाउँछ ।

  • 22आनन्दित हृदय असल औषधी हो, तर टुटेको हृदयले हड्‍डीहरूलाई सुकाउँछ ।

  • 27ज्ञान भएको व्यक्तिले थोरै वचन बोल्दछ, र समझशक्ति भएको व्यक्तिचाहिँ ठन्डा मिजासको हुन्छ ।

  • 28जवाफ दिनुअगि धर्मात्माको हृदयले मनन गर्छ, तर दुष्‍ट मानिसको मुखले आफ्नो सबै खराबी ओकल्छ ।

  • 24धर्मात्माको बुबा अत्यन्तै आनन्दित हुने छ, र बुद्धिमान् छोरोलाई जन्म दिने मानिस त्यसमा प्रसन्‍न हुने छ ।

  • 19जसरी पानीले मानिसको अनुहार प्रतिबिम्बित गर्छ, त्यसै गरी मानिसको हृदयले उसको प्रतिबिम्बित गर्छ ।

  • 23सबै कडा परिश्रमले लाभ ल्याउँछ, तर कुरा मात्र गर्नाले गरिबीमा पुर्‍याउँछ ।

  • 5मानवीय हृदयमा भएको उद्धेश्य गहिरो पानीजस्तै हो, तर समझशक्ति भएको मानिसले यसलाई बाहिर निकाल्ने छ ।

  • 16मानिसको उपहारले बाटो खोली उसलाई महत्त्वपूर्ण मानिसको सामु ल्याउन सक्छ ।

  • 9अत्तर र धूपले हृदयलाई आनन्द दिन्छ, तर मित्रको मिठास उसको इमानदार सल्लाहबाट आउँछ ।

  • 31धर्मात्माको मुखबाट बुद्धिको फल निस्कन्छ, तर भड्काउने जिब्रो काटिने छ ।

  • 19जहाँ धेरै कुरा गरिन्छ, त्यहाँ अपराधको कमी हुँदैन, तर आफूले बोल्ने कुरामा सतर्क हुनेचाहिँ बुद्धिमानी हो ।

  • 20के आफ्नो वचनमा हतारिएर बोल्ने मानिसलाई तँ देख्छस्? त्यसको लागि भन्दा त मूर्खको लागि बढी आशा हुन्छ ।

  • 11हे मेरो छोरो, बुद्धिमान हो, र मेरो हृदयलाई आनन्दित तुल्या । तब मेरो खिल्ली उडाउनेलाई म जवाफ दिने छु ।

  • 12बुद्धिमान् मानिसका वचनहरू अनुग्रहमय हुन्छन्, तर मूर्खको ओठले त्यो आफैलाई नष्‍ट पार्छ ।

  • 5बुद्धिमानी मानिसहरूले सुनून् र तिनीहरूको ज्ञान बढाऊन्, अनि विवेकशील मानिसहरूले मार्गदर्शन पाऊन्,

  • 15सुन छ, र प्रशस्त महङ्गा मणिहरू छन्, तर ज्ञानको ओठ बहुमूल्य रत्‍न हो ।

  • 45असल मान्छेले आफ्नो हृदयको भण्डारबाट असल कुरा निकाल्छ र खराब मान्छेले आफ्नो हृदयको भण्डारबाट खराब कुरा नै निकाल्दछ । किनकि उसले आफ्नो हृदयको प्रशस्तबाट त्यही बोल्दछ र जे भण्डार गरी राखेको छ, त्यहीँ निकाल्छ ।

  • 5राजाको आज्ञा पालन गर्नेले नोक्सानी हटाउँछ । बुद्धिमान् मानिसको हृदयले समयको उचित मार्ग र तरिका जान्दछ ।

  • 11मूर्खले आफ्ना सबै रिस प्रकट गर्छ, तर बुद्धिमान् मानिसले त्यसलाई थामेर शान्त हुन्छ ।