नीतिवचन 17:22

अनलक शाब्दिक बाइबल

आनन्दित हृदय असल औषधी हो, तर टुटेको हृदयले हड्‍डीहरूलाई सुकाउँछ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • नीति 15:13 : 13 आनन्दित हृदयले मुहारलाई हँसिलो बनाउँछ, तर हृदयको पिरले आत्मालाई चोट पुर्‍याउँछ ।
  • नीति 12:25 : 25 मानिसको हृदयमा भएको चिन्ताले उसलाई कमजोर तुल्याउँछ, तर असल वचनले उसलाई प्रसन्‍न पार्छ ।
  • नीति 18:14 : 14 मानिसको आत्मा बिरामी अवस्थामा बाँच्ने छ, तर टुटेको आत्माको पीडालाई कसले सहन सक्छ र?
  • २ कोरि 7:10 : 10 किनकि ईश्‍वरीय शोकले पश्‍चात्ताप ल्याउँछ जसले पछुतोविना नै मुक्‍तिको काम पुरा गर्छ । तर सांसारिक शोकले मृत्यु ल्याउँछ ।
  • उप 9:7-9 : 7 आफ्नो बाटो लाग्; आनन्द भएर आफ्नो रोटी खा, र प्रसन्‍न हृदय लिएर आफ्नो दाखमद्य पि, किनकि असल कामहरूको उत्सवलाई परमेश्‍वरले अनुमोदन गर्नुहुन्छ । 8 तेरा लुगाहरू सधैँ सेता होऊन्, र तेरो शिर तेलले अभिषेक गरियोस् । 9 परमेश्‍वरले सूर्यमूनि दिनुभएको यस व्यर्थ जीवनकालभरि तेरी पत्‍नीसित खुसी भएर बस् । सूर्यमूनि तेरो कामको लागि त्यो नै तेरो इनाम हो ।
  • रोमी 5:2-5 : 2 हामीले उहाँप्रतिको विश्‍वासद्वारा यो अनुग्रहमा प्रवेश पाएका छौँ जसमा हामी खडा छौँ । हामी परमेश्‍वरले हामीलाई भविष्यको निम्ति दिनुहुने दृढता अर्थात् हामी परमेश्‍वरको महिमामा सहभागी हुनेछौँ भन्‍ने दृढतामा रमाउँछौँ । 3 यति मात्र होइन, तर हामी हाम्रो कष्‍टमा पनि रमाउँछौँ । हामी जान्दछौँ, कि कष्‍टले सहनशीलता उत्‍पन्‍न गराउँछ । 4 सहनशीलताले सहमति उत्पन्‍न गराउँछ र सहमतिले भविष्यको निम्ति भरोसा उत्पन्‍न गराउँछ । 5 यो भरोसाले निराश पार्दैन, किनभने हामीलाई दिइएको पवित्र आत्‍माद्वारा परमेश्‍वरको प्रेम हाम्रो हृदयमा खन्‍याइएको छ ।
  • भजन 102:3-5 : 3 किनकि मेरो दिनहरू धूवाँझैं बित्छन् र मेरा हाडहरू आगोझैं जल्छन् । 4 मेरो हृदय चूर्ण भएको छ र म ओइलिएको घाँसजस्तो छु । म कुनै पनि खानेकुरा खान बिर्सिन्छु । 5 मेरो निरन्‍तरको सुस्‍केराले म धेरै दुब्‍लो भएको छु ।
  • भजन 22:15 : 15 माटोको भाँडोको खपटोझैं मेरो बल सुकेको छ । मेरो जिब्रो मेरो तालुमा टाँसिन्छ । तपाईंले मलाई मृत्युको धूलोमा सुताउनुभएको छ ।
  • २ कोरि 2:7 : 7 त्यसैले, अब सजायको साटो उसलाई क्षमा र सान्त्वना देओ । उसले धेरै दुःखबाट हरेस नखाओस् भनेर यसो गर ।
  • भजन 32:3-4 : 3 जब म चूप लागें, तब दिनभरिको मेरो सुस्‍केराले मेरा हाडहरू खिइएर गए । 4 किनकि दिन र रात ममाथि तपाईंको हात गह्रौं भयो । ग्रीष्‍टमको सुख्‍खाझैं मेरो बल सुक्यो ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • नीति 15:13-16
    4 पदहरू
    89%

    13आनन्दित हृदयले मुहारलाई हँसिलो बनाउँछ, तर हृदयको पिरले आत्मालाई चोट पुर्‍याउँछ ।

    14विवेशकशीलहरूको हृदयले ज्ञानको खोजी गर्छ, तर मूर्खहरूको मुखले मूर्खता नै रुचाउँछ ।

    15थिचोमिचोमा परेकाहरूका सबै दिन दुःखद हुन्छन्, तर आनन्दित हृदयको सुखको अन्त्य हुँदैन ।

    16भ्रमको साथ धेरै धन-सम्पत्ति हुनुभन्दा बरु परमप्रभुको भयको साथ थोरै हुनु उत्तम हो ।

  • 25मानिसको हृदयमा भएको चिन्ताले उसलाई कमजोर तुल्याउँछ, तर असल वचनले उसलाई प्रसन्‍न पार्छ ।

  • 30आँखाको ज्योतिले हृदयमा आनन्द ल्याउँछ, र शुभ खबर शरीरको लागि स्वास्थ्य हो ।

  • उप 7:2-4
    3 पदहरू
    77%

    2भोजको घरमा जानुभन्दा शोकको घरमा जानु उत्तम हुन्छ, किनकि जीवनको अन्त्यमा सबै मानिसका शोक आउँछ । जीवित मानिसहरूले यसलाई मनमा राख्‍नैपर्छ ।

    3हाँसोभन्दा अफसोस उत्तम हो, किनकि शोकित अनुहारपछि हृदयको प्रसन्‍नता आउँछ ।

    4बुद्धिमान्‌को हृदय शोकको घरमा हुन्छ, तर मूर्खहरूको हृदय भोजको घरमा हुन्छ ।

  • नीति 14:13-14
    2 पदहरू
    77%

    13हृदयमा हाँसो भए तापनि वेदना हुन सक्छ, र हर्षको अन्तचाहिँ शोकमा हुन सक्छ ।

    14विश्‍वासयोग्य नभएको व्यक्तिले आफ्ना चालहरूको प्रतिफल भोग्‍ने छ, तर असल व्यक्तिले आफ्नो इनाम पाउने छ ।

  • 30शान्त हृदय शरीरको लागि जीवन हो, तर ईर्ष्याले हड्‍डीहरूलाई सडाउँछ ।

  • 14मानिसको आत्मा बिरामी अवस्थामा बाँच्ने छ, तर टुटेको आत्माको पीडालाई कसले सहन सक्छ र?

  • 8यो तेरो शरीरको लागि चङ्गाइ हुने छ, र तेरो देहको लागि ताजापन हुने छ ।

  • 8मलाई तपाईंको आनन्द र खुसी सुन्‍न दिनुहोस्, ताकि तपाईंले तोड्नुभएका हाडहरू आनन्‍दित होऊन् ।

  • 24मिठा वचनहरू महका चाकाजस्ता हुन्, जुन प्राणको लागि मिठो हुन्छ, र हड्‍डीहरूका लागि चङ्गाइ हुन्छ ।

  • नीति 17:20-21
    2 पदहरू
    72%

    20कुटिल हृदय भएको मानिसले कुनै असल कुरो पाउँदैन । छली जिब्रो भएको मानिस विपत्तिमा पर्छ ।

    21जो मूर्खको बुबाआमा, तिनीहरूले आफैमा शोक ल्याउँछन्, र मूर्खको बुबामा कुनै आनन्द हुँदैन ।

  • 20जाडो मौसममा खास्टो खोसेर लैजाने मानिस वा सोडामा सिर्का खन्याएझैँ दुःखित हृदय भएकोलाई गीत गाउने मानिसझैँ हुन्छ ।

  • 15मानिसलाई खुसी राख्‍न दाखमद्य, त्यसको अनुहार चम्किलो पार्न तेल र त्यसको जीवन बचाउन खानेकुरा उहाँले बनाउनुहुन्छ ।

  • 21तर पनि उहाँले तपाईंको मुखमा हाँसो, र तपाईंको ओठमा आनन्‍दको सोरले भर्नुहुनेछ ।

  • उप 2:1-2
    2 पदहरू
    70%

    1¶ मैले मेरो मनमा भनेँ, “अब आइज । म तँलाई खुसीले जाँच गर्ने छु । त्यसैले सुख-विलास गर ।” तर यो पनि अस्थायी मन्द बतासमात्र रहेछ ।

    2मैले हाँसोको विषयमा भनेँ, “यो सन्काहा हो,” र सुख-विलासको विषयमा भनेँ, “यसको के फाइदा छ?”

  • 15त्यसैले म प्रसन्‍नताको सिफारि गर्दछु, किनकि मानिसको लागि सूर्यमूनि खानु, पिउनु र खुसी हुनुभन्दा उत्तम कुरो छैन । सूर्यमूनि परमेश्‍वरले मानिसलाई दिनुभएको त्यसको जीवनकालभिर त्यसको परिश्रममा खुसी नै सँगसँगै जाने छ ।

  • 23उचित जवाफ दिँदा मानिसले आनन्द पाउँछ । ठिक समयमा बोलिएको वचन कति असल हुन्छ!

  • 3तोडिएको हृदयलाई उहाँले निको पार्नुहुन्छ र तिनीहरूका घाउहरू बाँधिदिनुहुन्छ ।

  • 4निको पार्ने जिब्रो जीवनको रुख हो, तर छलपूर्ण जिब्रोले आत्मालाई चोट पुर्‍याउँछ ।

  • 19मानिसहरूले हाँसोको लागि खाना तयार गर्छन्; दाखमद्यले जीवनमा आनन्द ल्याउँछ, र रुपियाँ-पैसाले दैनिक खाँचोलाई पुरा गर्छ ।

  • 10तेरो हृदयबाट रिसलाई हटा, र तेरो शरीरमा भएको कुनै पनि दर्दलाई बेवास्ता गर्, किनकि युवावस्था र यसको शक्ति व्यर्थ हुन् ।

  • 21मूर्खताले बेसमझको मानिसलाई आनन्द दिन्छ, तर समझशक्ति भएको मानिस सिधा बाटोमा हिँड्छ ।

  • 22किनकि मेरा वचनहरू पाउनेका लागि ती जीवन हुन्, र तिनीहरूको पुरै शरीरको लागि स्वास्थ्य हो ।

  • 6किनभने मूर्खहरूको हाँसो भाँडामुनि पड्कने काँढाको आगोझैँ हुन्छ । यो पनि बाफ हो ।

  • 23न्यायको मार्गलाई बङ्ग्याउन दुष्‍ट मानिसले गुप्‍त घुसलाई स्वीकार गर्छ ।

  • 12आशालाई स्थगित गरिँदा यसले हृदय छिया-छिया पार्छ, तर पुरा भएको तृष्णा जीवनको रुख हो ।

  • नीति 10:22-23
    2 पदहरू
    68%

    22परमप्रभुका असल वरदानहरूले धन-सम्पत्ति ल्याउँछन्, र उहाँले त्यसमा दुःखकष्‍ट थप्‍नुहुन्‍न ।

    23दुष्‍टता मूर्खले खेल्ने खेल हो, तर बुद्धि समझशक्ति भएको मानिसको लागि खुसी हो ।

  • 3मान्छेको मूर्खताले त्यसको जीवन बर्बाद पार्छ, र त्यसको हृदय परमप्रभुको विरुद्धमा क्रोधित हुन्छ ।

  • 6नष्‍ट भइरहेकाहरूलाई मदिरा दे, र विरहमा भएकाहरूलाई दाखमद्य दे ।

  • 17हेर, त्यो मानिस धन्यको हो, जसलाई परमेश्‍वरले सुधार्नुहुन्छ । त्यसकारण सर्वशक्तिमान्‌को ताडनालाई इन्कार नगर ।

  • 17दयाले व्यक्तिले आफैमा लाभ ल्याउँछ, तर क्रुर व्यक्तिले आफैलाई चोट पुर्‍याउँछ ।

  • 15हे मेरो छोरो, तेरो हृदय बुद्धिमानी छ भने मेरो हृदय पनि प्रसन्‍न हुने छ ।

  • 9अत्तर र धूपले हृदयलाई आनन्द दिन्छ, तर मित्रको मिठास उसको इमानदार सल्लाहबाट आउँछ ।

  • 7आफ्नो बाटो लाग्; आनन्द भएर आफ्नो रोटी खा, र प्रसन्‍न हृदय लिएर आफ्नो दाखमद्य पि, किनकि असल कामहरूको उत्सवलाई परमेश्‍वरले अनुमोदन गर्नुहुन्छ ।

  • 10हृदयले यसको आफ्नै तिक्तता जान्दछ, र कुनै पनि परदेशीले यसको आनन्द बाँडचुँड गर्दैन ।

  • 20किनकि त्यसले आफ्नो जीवनका दिनहरूको प्रायः स्मरण गर्दैन, किनकि परमेश्‍वरले त्यसलाई यस्ता कुराहरूमा व्यस्त पारिदिनुहुन्छ जसमा त्यो काम गर्नमा रमाउँछ ।

  • 12मानिस बाँचुञ्‍जेलसम्म त्यो आनन्दित रहनु र असल गर्नुभन्दा त्यसको लागि अर्को कुनै उत्तम कुरो छैन भनी मलाई थाहा छ ।