भजनसंग्रह 51:8

अनलक शाब्दिक बाइबल

मलाई तपाईंको आनन्द र खुसी सुन्‍न दिनुहोस्, ताकि तपाईंले तोड्नुभएका हाडहरू आनन्‍दित होऊन् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • अय्यू 5:17-18 : 17 हेर, त्यो मानिस धन्यको हो, जसलाई परमेश्‍वरले सुधार्नुहुन्छ । त्यसकारण सर्वशक्तिमान्‌को ताडनालाई इन्कार नगर । 18 किनकि उहाँले चोट पुर्‍याउनुहुन्छ, र पट्टी बाँध्‍नुहुन्छ । उहाँले चोट पुर्‍याउनुहुन्छ र आफ्‍नै हातले निको पार्नुहुन्‍छ ।
  • भजन 6:2-3 : 2 हे परमप्रभु, ममाथि दया गर्नुहोस्, किनकि म कमजोर छु । हे परमप्रभु, मलाई निको पार्नुहोस्, किनकि मेरा हाडहरू काम्दैछन् । 3 मेरो प्राण पनि धेरै दुःखमा परेको छ । तर हे परमप्रभु, यो कहिलेसम्म निरन्‍तर रहन्‍छ?
  • भजन 13:5 : 5 तर मैले तपाईंको करारको विश्‍वस्‍ततामा भरोसा गरेको छु । तपाईंको उद्धारमा मेरो हृदय आनन्‍दित हुन्‍छ ।
  • भजन 30:11 : 11 तपाईंले मेरो शोकलाई नाँचमा परिणत गर्नुभएको छ । तपाईंले मेरो भाङ्ग्रा हटाउनुभएको छ र मलाई खुसीको पोशाक लगाउनुभएको छ ।
  • भजन 35:10 : 10 मेरा सबै हाडहरूले भन्‍नेछन्, “हे परमप्रभु, तपाईंझैं को छ, जसले थिचोमिचोमा परेकाहरूलाई तिनीहरू भन्‍दा अति बलियाहरूबाट, र गरिब तथा दरिद्रहरूलाई तिनीहरूलाई लुट्न खोज्नेहरूबाट बचाउनुहुन्‍छ?”
  • भजन 38:3 : 3 तपाईंको रिसको कारणले मेरो सम्‍पूर्ण शरीर बिरामी छ । मेरो पापको कारणले मेरा हाडहरू स्वस्थ्य छैनन् ।
  • भजन 119:81-82 : 81 तपाईंले मलाई बचाउने आसा गरेर म मूर्छित हुन्छु । तपाईंकै वचनमा म आसा गर्छु । 82 तपाईंको प्रतिज्ञा हेर्नलाई मेरा आँखाले इच्छा गर्छन् । तपाईंले मलाई कहिले सान्त्वना दिनुहुनेछ?
  • भजन 126:5-6 : 5 आँशु झार्दै बीउ छर्नेहरूले आनन्दको गीत गाउँदै कटनी गर्नेछन् । 6 बीउ बोकेर छर्नलाई रुँदै जानेहरू अन्‍नका बिटाहरू लिएर आनन्दको गीत गाउँदै फेरि फर्किनेछ ।
  • यशा 35:10 : 10 परमप्रभुले मोल तिरेर छटकारा दिनुभएकाहरू फर्किनेछन् र गाउँदै सियोनमा आउनेछन्, अनि तिनीहरूको शिरमा अनन्तको आनन्द हुनेछ । खुसी र आनन्दले तिनीहरूमा वास गर्नेछ । कष्‍ट र सुस्‍केरा भाग्‍नेछ ।
  • यशा 57:15-18 : 15 उच्‍च र माथि उचालिले यसो भन्‍नुहुन्छ, जो अनन्तसम्म जिउनुहुने, जसको नाउँ पवित्र हो, “म उचालिएको र पवित्र स्थानमा बस्‍छु, साथै जसको तोडिएको र नम्र आत्मा हुन्‍छ, नम्रहरूका आत्मा जगाउन र पश्‍चात्तापीहरूका हृदयलाई जगाउन, तिनीहरूमा म पनि बस्‍छु । 16 किनकि म सधैं दोष लगाउँदिनँ, न त म सधैं रिसाउँछु, किनकि त्‍यसो गरें भने, मानिसको आत्मा मेरो सामु मूर्छित हुन्‍छ, जुन जीवनहरू मैले नै बनाएको हो । 17 हिंसाले लिएको फाइदाको कारणले, म रिसाएँ, र मैले त्यसलाई दण्ड दिएँ । मैले आफ्‍नो मुख लुकाएँ र रिसाएँ, तर ऊ आफ्नो हृदयको मार्गमा पछाडितिर गयो । 18 मैले उसका बाटोहरू देखेको छु, तर म उसलाई निको पार्नेछु । म उसलाई डोर्‍याउनेछु, र उसको निम्ति शोक गर्नेहरूलाई सान्त्वना र सहानुभूति दिनेछु,
  • हो 6:1-2 : 1 ¶ “आओ, हामी परमप्रभुतर्फ फर्कौं । किनकि उहाँले हामीलाई टुक्रा-टुक्रा पार्नुभएको छ, तर उहाँले हामीलाई निको पार्नुहुनेछ । उहाँले हामीलाई घाइते बनाउनुभएको छ, तर उहाँले हाम्रो घाउमा पट्‍टी लगाउनुहुनेछ । 2 दुई दिनपछि उहाँले हामीलाई पुनर्जीवित पार्नुहुनेछ । तेस्रो दिनमा उहाँले हामीलाई उठाउनुहुनेछ, र हामीहरू उहाँको सामु जिउनेछौं ।
  • मत्त 5:4 : 4 धन्य हुन् तिनीहरू जसले शोक गर्दछन्, किनभने तिनीहरूले सान्त्वना पाउनेछन् ।
  • लू 4:18 : 18 “परमप्रभुका आत्मा ममाथि छ, किनभने उहाँले मलाई गरिबहरूलाई सुसमाचार सुनाउनको निम्ति अभिषेक गर्नुभएको छ । उहाँले कैदीहरूलाई छुटकाराको घोषणा गर्न मलाई पठाउनुभएको छ र दृष्‍टिविहीनहरूलाई दृष्‍टि दिन, अन्यायमा परेकाहरूलाई स्वतन्‍त्रता प्रदान गर्न,
  • प्रेरि 2:37-41 : 37 जब तिनीहरूले यो सुने, तिनीहरूको हृदय छिया-छिया भयो र तिनीहरूले पत्रुस र अरू बाँकी प्रेरितहरूलाई भने, “भाइहरू हो, हामी के गरौँ?” 38 अनि पत्रुसले तिनीहरूलाई भने, “पश्‍चात्ताप गर र तिमीहरू हरेकले तिमीहरूका पाप क्षमाको निम्ति येशू ख्रीष्‍टको नाउँमा बप्‍तिस्मा लेओ र तिमीहरूले पवित्र आत्माको वरदान प्राप्‍त गर्नेछौ । 39 यो प्रतिज्ञा तिमीहरूका लागि, तिमीहरूका सन्तानहरूका लागि र टाढा-टाढा भएका सबैका लागि, र परमेश्‍वरले बोलाउनुहुने सबै मानिसहरूका लागि हो ।” 40 अरू धेरै वचनहरूद्वारा तिनले गवाही दिए र तिनीहरूलाई आग्रह गरे । तिनले भने, “यो दुष्‍ट पुस्ताबाट तिमीहरूले आफैँलाई बचाओ ।” 41 तब तिनीहरूले तिनको वचन ग्रहण गरे र बप्‍तिस्मा लिए र झन्डै तिन हजार प्राणहरू त्यस दिन थपिए ।
  • प्रेरि 16:29-34 : 29 झ्यालखानाका हाकिमले बत्ती बाल्न लगाए र दौडेर भित्र पसे अनि डराउँदै पावल र सिलासको सामु भुइँमा लम्पसार परे । 30 अनि उनीहरूलाई बाहिर निकाले र भने, “हजुर, उद्धार पाउनका निम्ति मैले के गर्नुपर्छ?” 31 उनीहरूले भने, “प्रभु येशूमा विश्‍वास गर्नुहोस् अनि तपाईंले उद्धार पाउनुहुने छ, तपाईं र तपाईंको परिवारले ।” 32 उनीहरूले प्रभुको वचन तिनलाई र तिनका घर-परिवारका सबैलाई सुनाए । 33 तब रातको त्यही घडी झ्यालखानाका हाकिमले उनीहरूलाई निकालेर लगे अनि उनीहरूका घाउचोटहरू सफा गरिदिए र झ्यालखानाका हाकिम र उनका सबै घरानालाई तुरुन्तै बप्‍तिस्‍मा दिइयो । 34 उनले पावल र सिलासलाई आफ्नो घरमा लिएर गए र तिनीहरूलाई खाना खुवाए । उनी उनका सबै घराना निकै रमाए किनभने उनीहरू सबैले परमेश्‍वरमा विश्‍वास गरेका थिए ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • भजन 51:6-7
    2 पदहरू
    78%

    6हेर्नुहोस्, तपाईंले मेरो अन्तस्करणमा विश्‍वासयोग्ता खोज्‍नुहुन्छ । अनि भित्रको गोप्य ठाउँमा तपाईंले मलाई बुद्धिका कुरा सिकाउनुहुन्छ ।

    7मलाई हिसपले शुद्ध पार्नुहोस् र म शुद्ध हुनेछु । मलाई धुनुहोस् र म हिउँभन्दा सेतो हुनेछु ।

  • भजन 51:9-10
    2 पदहरू
    76%

    9मेरा पापहरूबाट तपाईंको मुहार लुकाउनुहोस् र मेरा सबै अधर्महरू मेटाउनुहोस् ।

    10हे परमेश्‍वर, ममा शुद्ध हृदय सृजनुहोस् । र मभित्र ठिक आत्मालाई नयाँ तुल्‍याउनुहोस् ।

  • 12तपाईंको मुक्‍तिको आनन्दलाई ममा पुनर्जीवित पार्नुहोस्, र इच्छुक आत्माले मलाई सम्हाल्नुहोस् ।

  • 2हे परमप्रभु, ममाथि दया गर्नुहोस्, किनकि म कमजोर छु । हे परमप्रभु, मलाई निको पार्नुहोस्, किनकि मेरा हाडहरू काम्दैछन् ।

  • 4उहाँले मेरो मासु र छाला गलाइदिनुभएको छ । उहाँले मेरा हाडहरू भाँचिदिनुभयो ।

  • 22आनन्दित हृदय असल औषधी हो, तर टुटेको हृदयले हड्‍डीहरूलाई सुकाउँछ ।

  • भजन 30:10-11
    2 पदहरू
    73%

    10हे परमप्रभु, सुन्‍नुहोस् र मलाई दया गर्नुहोस् । हे परमप्रभु, मेरो सहायक हुनुहोस् ।

    11तपाईंले मेरो शोकलाई नाँचमा परिणत गर्नुभएको छ । तपाईंले मेरो भाङ्ग्रा हटाउनुभएको छ र मलाई खुसीको पोशाक लगाउनुभएको छ ।

  • भजन 51:1-2
    2 पदहरू
    73%

    1¶ हे परमेश्‍वर, तपाईंको करारको विश्‍वस्‍तताको कारणले ममाथि दया गर्नुहोस् । तपाईंको असङ्‍ख्‍य दयापूर्ण कामहरूको खातिर मेरा अपराधहरू मेटिदिनुहोस् ।

    2मलाई मेरो अधर्मबाट पूर्ण रूपले धुनुहोस् र मेरो पापबाट मलाई शुद्ध पार्नुहोस् ।

  • 5मेरो निरन्‍तरको सुस्‍केराले म धेरै दुब्‍लो भएको छु ।

  • 8म स्तब्ध र पूर्ण रूपमा चूर्ण छु । मेरो हृदयको वेदनाको कारणले म सुस्‍केरा हाल्‍छु ।

  • विलाप 1:21-22
    2 पदहरू
    72%

    21तिनीहरूले मेरो सुस्केरा सुनेका छन्, तर मलाई सान्त्वना दिने कोही छैन । मेरा सबै शत्रुले मेरो कष्‍टको विषयमा सुनेका छन्, र तपाईंले यसो गर्नुभएकोमा तिनीहरू खुसी छन् । तपाईंले प्रतिज्ञा गर्नुभएको दिन तपाईंले ल्याउनुभएको छ । अब तिनीहरू मजस्तै होऊन् ।

    22तिनीहरूका सबै दुष्‍टता तपाईंको सामु आऊन् । मेरा सबै आज्ञा उल्लङ्घनको कारणले तपाईंले मलाई व्यवहार गर्नुभएझैँ तिनीहरूसित व्यवहार गर्नुहोस् । मेरा सुस्केरा धेरै छन्, र मेरो हृदय मुर्छा परेको छ ।

  • भजन 51:17-18
    2 पदहरू
    72%

    17परमेश्‍वरका बलिदानहरू तोडिएको आत्मा हो । हे परमेश्‍वर, तपाईंले तोडिएको र पश्‍चतापी हृदयलाई घृणा गर्नुहुनेछैन ।

    18सियोनलाई तपाईंको सुभेच्छामा भलइ गर्नुहोस्, यरूशलेमको पर्खालहरू पनुःनिर्माण गर्नुहोस् ।

  • 18मेरो शोकको कुनै अन्त छैन, र मेरो हृदय व्याकुल भएको छ ।

  • 28तपाईंले मलाई जीवनका मार्गहरू प्रकट गर्नुभयो । तपाईंले आफ्नो मुहारले मलाई खुसीले भरिपूर्ण बनाउनुहुनेछ ।

  • 2हे परमप्रभु मेरो परमेश्‍वर, मैले सहयताको निम्ति तपाईंमा पुकारा गरें र तपाईंले मलाई निको गर्नुभयो ।

  • 11ए धर्मीहरू हो, परमप्रभुमा खुसी होओ र आनन्‍दित होओ । सोझो हृदय हुनेहरू सबै जना आनन्दले कराओ ।

  • 7तपाईंको करारको विश्‍वस्‍ततामा म खुसी र आनन्‍दित हुनेछु, किनकि तपाईंले मेरो कष्‍ट देख्‍नुभयो । मेरो प्राणको कष्‍ट तपाईंले थाहा पाउनुभयो ।

  • 22मैले यी कुराहरू गरेको छु भने, मेरो काँधको पाता काँधबाट खुस्कोस् र मेरो पाखुरा त्‍यसको जोर्नीबाट खुस्कोस् ।

  • 20त्यसका सबै हाडलाई उहाँले सुरक्षित राख्‍नुहुन्छ, तिमध्‍ये एउटा पनि भाँचिनेछैन ।

  • 14हे परमप्रभु, मलाई निको पार्नुहोस्, र म निको हुनेछु । मलाई छुटकारा दिनुहोस्, र मैले छुटकारा पाउनेछु । किनकि तपाईं नै मेरो प्रशंसाको गीत हुनुहुन्छ ।

  • 16उहाँले रोडाले मेरा दाँत पिँध्‍नुभयो, र खरानीमा कुल्चिमिल्ची पारिदिनुभयो ।

  • 30आँखाको ज्योतिले हृदयमा आनन्द ल्याउँछ, र शुभ खबर शरीरको लागि स्वास्थ्य हो ।

  • भजन 51:14-15
    2 पदहरू
    70%

    14हे मेरा उद्धारका परमेश्‍वर, रक्‍तपातको निम्ति मलाई क्षमा गर्नुहोस्, र तपाईंको धार्मिकताको आनन्दको निम्‍ति म काराउनेछु ।

    15हे परमप्रभु, मेरा ओठहरू खोल्नुहोस्, र मेरो मुखले तपाईंको प्रशंसा गाउनेछ ।

  • 9तर म परमप्रभुमा आनन्दित हुनेछु र उहाँको उद्धारमा रमाउनेछु ।

  • 1¶ हे परमप्रभु, तपाईंको बलमा राजा आनन्‍दित हुन्‍छन् । तपाईंले दिनुहुने उद्धारमा तिनी कति धेरै आनन्‍दित हुन्‍छन्!

  • 21किनकि मेरो हृदय शोकमा परेको थियो र म गहिरो चोटमा परेको थिएँ ।

  • 26यसकारण मेरो हृदय आनन्दित थियो र मेरो जिब्रोले आनन्द मनायो । मेरो शरीरले पनि दृढतामा वास गर्नेछ ।

  • 8किनकि मेरो जीवनलाई मृत्‍युबाट, मेरा आँखाहरूबाट आँशु झर्नबाट र मेरा खुट्टाहरूलाई ठेस खानबाट तपाईंले बचाउनुभयो ।

  • 3तपाईंको रिसको कारणले मेरो सम्‍पूर्ण शरीर बिरामी छ । मेरो पापको कारणले मेरा हाडहरू स्वस्थ्य छैनन् ।

  • 15हामीलाई विपत्तिमा पार्नुभएका दिनहरू र हामीले कष्‍ट भोगेका वर्षहरू जति थिए त्यति नै हामीलाई खुसी पार्नुहोस् ।

  • 3तोडिएको हृदयलाई उहाँले निको पार्नुहुन्छ र तिनीहरूका घाउहरू बाँधिदिनुहुन्छ ।

  • 7हे परमप्रभु, उठ्नुहोस्! हे परमेश्‍वर, मलाई बचाउनुहोस्! किनकि तपाईंले मेरा सबै शत्रुलाई बङ्गरामा हान्‍नुहुनेछ । तपाईंले दुष्‍टहरूका दाँतहरू भाँच्‍नुहुनेछ ।

  • 13आनन्दित हृदयले मुहारलाई हँसिलो बनाउँछ, तर हृदयको पिरले आत्मालाई चोट पुर्‍याउँछ ।

  • 9यसकारण मेरो हृदय खुसी छ । मेरो महिमा आनन्‍दित छ । निश्‍चय नै म सुरक्षामा जिउनेछु ।

  • 4किनकि, हे परमप्रभु, तपाईंका कामहरूले तपाईंले मलाई खुसी बनाउनुभएको छ । तपाईंको हातका कामहरूको कारणले म आनन्दले गाउनेछु ।

  • 21तपाईंले मेरो इज्‍जत वृद्धि गर्नुहोस् । फेरि फर्कनुहोस् र मलाई सान्त्वना दिनुहोस् ।

  • 17मेरै भलाइको निम्ति मैले यस्तो शोकको अनुभव गरें । तपाईंले मलाई विनाशको खाडलबाट छुटकारा दिनुभएको छ । किनकि तपाईंले मेरा सबै पापहरूलाई आफ्‍नो पछाडि फाल्‍नुभएको छ ।

  • 13उहाँले उच्‍चबाट मेरा हड्‍डीमा आगो सल्काउनुभएको छ, र यसले तिनलाई जितेको छ । उहाँले मेरो खुट्टाको लागि जाल फिँजाउनुभएको छ, र मलाई फर्काउनुभएको छ । उहाँले मलाई निरन्तर रूपमा उजाड र कमजोर बनाउनुभएको छ ।

  • 3जब म चूप लागें, तब दिनभरिको मेरो सुस्‍केराले मेरा हाडहरू खिइएर गए ।

  • 21तर पनि उहाँले तपाईंको मुखमा हाँसो, र तपाईंको ओठमा आनन्‍दको सोरले भर्नुहुनेछ ।

  • 8यो तेरो शरीरको लागि चङ्गाइ हुने छ, र तेरो देहको लागि ताजापन हुने छ ।

  • 4मैले भनें, “हे परमप्रभु, ममाथि दया गर्नुहोस् । मलाई निको पार्नुहोस् किनकि मैले तपाईंको विरुद्धमा पाप गरेको छु ।”

  • 6के तपाईंले हामीलाई फेरि पुनर्जीवित पार्नुहुन्‍न र? तब तपाईंका मानिसहरू तपाईंमा आनन्‍दित हुनेछन् ।