भजनसंग्रह 38:3

अनलक शाब्दिक बाइबल

तपाईंको रिसको कारणले मेरो सम्‍पूर्ण शरीर बिरामी छ । मेरो पापको कारणले मेरा हाडहरू स्वस्थ्य छैनन् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • भजन 6:2 : 2 हे परमप्रभु, ममाथि दया गर्नुहोस्, किनकि म कमजोर छु । हे परमप्रभु, मलाई निको पार्नुहोस्, किनकि मेरा हाडहरू काम्दैछन् ।
  • भजन 51:8 : 8 मलाई तपाईंको आनन्द र खुसी सुन्‍न दिनुहोस्, ताकि तपाईंले तोड्नुभएका हाडहरू आनन्‍दित होऊन् ।
  • भजन 90:7-8 : 7 साँच्‍चै, हामी तपाईंको रिसमा नष्‍ट भएका छौं र तपाईंको क्रोधमा हामी त्रसित छौं । 8 तपाईंले हाम्रा अधर्महरू आफ्‍नो सामु, हाम्रा लुकेका पापहरू आफ्‍नो उपस्थितिमा राख्‍नुभएको छ ।
  • भजन 102:3 : 3 किनकि मेरो दिनहरू धूवाँझैं बित्छन् र मेरा हाडहरू आगोझैं जल्छन् ।
  • भजन 102:5 : 5 मेरो निरन्‍तरको सुस्‍केराले म धेरै दुब्‍लो भएको छु ।
  • यशा 1:5-6 : 5 तिमीहरूलाई अझै पनि किन पिटाइ खाँदैछौ? तिमीहरू किन झन् विद्रोह गर्छौ? सम्‍पुर्ण टाउको नै बिरामी छ र सम्‍पुर्ण हृदय नै कमजोर छ । 6 शिरदेखि पाउसम्म हानि नभएको कुनै अंग छैन । घाउहरू, चोटपटक र भर्खरका खुल्ला घाउहरू मात्र छन् । ती बन्द गरिएका, सफा गरिएका, पट्टि लगाइएका छैनन्, न त तेलले उपचार गरिएका छन् ।
  • विलाप 3:40-42 : 40 हाम्रा मार्गको जाँच गरौँ, र तिनलाई जाँचेर परमप्रभुकहाँ फर्कौं । 41 हाम्रा हृदय र हाम्रा हात स्वर्गमा हुनुहुने परमेश्‍वमा उठाऔँ, र भनौँ: 42 “हामीले आज्ञा उल्लङ्घन गरेका छौँ, र विद्रोह गरेका छौँ, अनि तपाईंले बिर्सनुभएको छैन ।
  • भजन 31:9-9 : 9 हे परमप्रभु, ममाथि दया गर्नुहोस्, किनकि म कष्‍टमा परेको छु । मेरो प्राण र मेरो शरीरको दुःखसँगै मेरा आँखाहरू थकित हुन्छ । 10 किनकि मेरो जीवन कष्‍टले र मेरा वर्षहरू शोकले थकित छ । मेरो पापको कारणले मेरो बल सकिन्‍छ र मेरा हाडहरू खिइन्‍छन् ।
  • २ इति 26:19 : 19 तब उज्‍जियाह रिसाए । तिनले धूप बाल्‍नलाई हातमा धुपौरो समातेका थिए । तिनी पुजारीहरूसँग रिसाएको बेलामा, ती पुजारीहरूकै सामुन्‍ने परमप्रभुको मन्‍दिरभित्र धूप-वेदीको छेउमा तिनको निधारमा कुष्‍ठरोग निस्‍क्‍यो ।
  • अय्यू 2:7-8 : 7 तब शैतान परमप्रभुको उपस्थितिबाट तुरुन्‍तै गयो । त्यसले अय्यूबलाई तिनको पाउको कुर्कुच्‍चादेखि तिनको शिरसम्म पीडादायी खटिराले प्रहार गर्‍यो । 8 आफूलाई कन्याउन अय्यूबले फुटेको भाँडोको एक टुक्रा खपटा लिए, र तिनी खरानीको बिचमा बसे ।
  • अय्यू 33:19-22 : 19 मानिसलाई ओछ्यानमा हुने पीडा, उसका हड्‍डीहरूमा निरन्तर हुने वेदनाद्वारा पनि उसलाई दण्ड दिइन्छ, 20 जसको कारणले उसको जीवनले खानेकुरालाई घृणा गर्छ, र उसको प्राणले मिठो भोजनलाई घृणा गर्छ । 21 उसको शरीरको मासु नदेखियोस् भनेर त्यो नष्‍ट भएको हुन्छ । पहिले नदेखिने उसका हाडहरू लौरोझैं देखिन्छन् । 22 वास्तवमा उसको प्राण मृत्‍युको खाडल नजिक, उसको जीवन उसलाई नष्‍ट गर्न चाहनेहरूकहाँ पुग्छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • भजन 38:4-9
    6 पदहरू
    83%

    4किनकि मेरा अधर्महरूले मलाई व्याकुल बनाउछन् । ती मेरो निम्ति ज्‍यादै गह्रौं भारी हुन् ।

    5मेरा मूर्खतापूर्ण पापहरूका कारणले मेरा घाउहरू सडेका र दुर्गन्धित भएका छन् ।

    6म कुप्रिन्‍छु र हरेक दिन अपमानित हुन्छु । म दिनभरि विलाप गरिरहन्‍छु ।

    7किनकि जलनले मलाई भरेको छ । मेरो शरीर स्वस्थ्य छैन ।

    8म स्तब्ध र पूर्ण रूपमा चूर्ण छु । मेरो हृदयको वेदनाको कारणले म सुस्‍केरा हाल्‍छु ।

    9हे परमप्रभु, मेरो हृदयको भित्री चाहानलाई तपाईंले बुझ्‍नुहुन्छ र मेरा सुस्‍केराहरू तपाईंबाट लुकाइएका छैनन् ।

  • भजन 38:1-2
    2 पदहरू
    81%

    1¶ हे परमप्रभु, तपाईंको रिसमा मलाई नहप्‍काउनुहोस् । तपाईंको क्रोधमा मलाई दण्ड नदिनुहोस् ।

    2किनकि तपाईंका काँडहरूले मलाई छेड्छन् र तपाईंका हातले मलाई भुइँमा पछार्छ ।

  • अय्यू 30:17-18
    2 पदहरू
    79%

    17रातमा मभित्र भएका हड्‍डीहरूले मलाई घोच्‍छन् । मलाई सताउने मेरा पीडाले आराम लिंदैनन् ।

    18परमेश्‍वरको महान् शक्तिले मेरो वस्‍त्र समातेको छ । मेरो कमीजको कठालोझैं यसले मेरो चारैतिर बेर्छ ।

  • 4उहाँले मेरो मासु र छाला गलाइदिनुभएको छ । उहाँले मेरा हाडहरू भाँचिदिनुभयो ।

  • 3जब म चूप लागें, तब दिनभरिको मेरो सुस्‍केराले मेरा हाडहरू खिइएर गए ।

  • 5मेरो निरन्‍तरको सुस्‍केराले म धेरै दुब्‍लो भएको छु ।

  • भजन 31:9-10
    2 पदहरू
    76%

    9हे परमप्रभु, ममाथि दया गर्नुहोस्, किनकि म कष्‍टमा परेको छु । मेरो प्राण र मेरो शरीरको दुःखसँगै मेरा आँखाहरू थकित हुन्छ ।

    10किनकि मेरो जीवन कष्‍टले र मेरा वर्षहरू शोकले थकित छ । मेरो पापको कारणले मेरो बल सकिन्‍छ र मेरा हाडहरू खिइन्‍छन् ।

  • भजन 6:1-3
    3 पदहरू
    76%

    1¶ हे परमप्रभु, तपाईंको रिसमा मलाई नहप्‍काउनुहोस् वा तपाईंको क्रोधमा मलाई ताडना नदिनुहोस् ।

    2हे परमप्रभु, ममाथि दया गर्नुहोस्, किनकि म कमजोर छु । हे परमप्रभु, मलाई निको पार्नुहोस्, किनकि मेरा हाडहरू काम्दैछन् ।

    3मेरो प्राण पनि धेरै दुःखमा परेको छ । तर हे परमप्रभु, यो कहिलेसम्म निरन्‍तर रहन्‍छ?

  • 17मेरै भलाइको निम्ति मैले यस्तो शोकको अनुभव गरें । तपाईंले मलाई विनाशको खाडलबाट छुटकारा दिनुभएको छ । किनकि तपाईंले मेरा सबै पापहरूलाई आफ्‍नो पछाडि फाल्‍नुभएको छ ।

  • 13उहाँले उच्‍चबाट मेरा हड्‍डीमा आगो सल्काउनुभएको छ, र यसले तिनलाई जितेको छ । उहाँले मेरो खुट्टाको लागि जाल फिँजाउनुभएको छ, र मलाई फर्काउनुभएको छ । उहाँले मलाई निरन्तर रूपमा उजाड र कमजोर बनाउनुभएको छ ।

  • 20हे परमप्रभु, हेर्नुहोस्, किनकि म निराशामा छु । मेरो पेट हुँडल्छ । मेरो हृदय मभित्रै छटपटिन्छ, किनकि म ज्यादै विद्रोही भएको छु । बाहिर तरवारले आमालाई नष्‍ट पार्छ, घरभित्र केवल मृत्यु छ ।

  • भजन 38:17-18
    2 पदहरू
    73%

    17किन मैले ठेस खान लागेको छु र म निरन्‍तर पीडामा छु ।

    18म आफ्‍नो दोष स्वीकार गर्छु । मेरा पापको बारेमा म चिन्तित छु ।

  • 19मानिसलाई ओछ्यानमा हुने पीडा, उसका हड्‍डीहरूमा निरन्तर हुने वेदनाद्वारा पनि उसलाई दण्ड दिइन्छ,

  • भजन 22:14-15
    2 पदहरू
    73%

    14पानीलाई झैं मलाई खन्याइँदैछ र सबै मेरा हाडहरूले ठाउँ छोडेका छन् । मेरो हृदय मैनझैं भएको छ । मेरो अन्तरकरणमा त्‍यो पग्लिन्छ ।

    15माटोको भाँडोको खपटोझैं मेरो बल सुकेको छ । मेरो जिब्रो मेरो तालुमा टाँसिन्छ । तपाईंले मलाई मृत्युको धूलोमा सुताउनुभएको छ ।

  • 10मलाई चोट दिन छोड्नुहोस् । तपाईंको हातको मुक्‍काले म विह्‍वल भएको छु ।

  • 4मैले भनें, “हे परमप्रभु, ममाथि दया गर्नुहोस् । मलाई निको पार्नुहोस् किनकि मैले तपाईंको विरुद्धमा पाप गरेको छु ।”

  • भजन 55:3-4
    2 पदहरू
    72%

    3मेरा शत्रुहरूका आवाजको कारणले, दुष्‍टहरूका थिचोमिचोका कारणले । किनकि तिनीहरूले ममाथि कष्‍ट ल्‍याउँछन् र रिसमा मलाई सताउँछन् ।

    4मेरो हृदय मभित्र काम्छ र मृत्युका त्रासहरू ममाथि परेका छन् ।

  • 27मेरो हृदय कष्‍टमा छ र यसले विश्राम लिंदैन । कष्‍टका दिनहरू ममाथि आएका छन् ।

  • 21किनकि मेरो हृदय शोकमा परेको थियो र म गहिरो चोटमा परेको थिएँ ।

  • 19ए मेरो हृदय, मेरो हृदय! म आफ्‍नो हृदयको पीडामा छु । मेरो हृदय मभित्रै हल्लिएको छ । म चुप रहन सक्दिनँ किनकि मैले तुरहीको आवाज अर्थात् युद्धको ध्वनि सुनेको छु ।

  • 12अनगिन्‍ती कष्‍टहरूले मलाई घेर्छन् । मेरा अधर्महरूले मलाई गाँजेका छन्, ताकि म फेरि कुनै कुरा हेर्न सक्षम छैनँ । तिनीहरू मेरा शिरका कपालभन्दा धेरै छन् र मेरो हृदय मलाई निरास पारेको छ ।

  • 16तपाईंका क्रोधपूर्ण कामहरू ममाथि परेका छन् र तपाईंका डरलाग्‍दा कामहरूले मलाई नाश पारेका छन् ।

  • 6तपाईंले मेरो अधर्मको जाँचबूझ गर्नुहुन्छ, र मेरो पाप खोज्न गर्नुहुन्छ,

  • 22तिनीहरूका सबै दुष्‍टता तपाईंको सामु आऊन् । मेरा सबै आज्ञा उल्लङ्घनको कारणले तपाईंले मलाई व्यवहार गर्नुभएझैँ तिनीहरूसित व्यवहार गर्नुहोस् । मेरा सुस्केरा धेरै छन्, र मेरो हृदय मुर्छा परेको छ ।

  • 10तपाईंको दन्कँदो रिसको कारणले तपाईंले मलाई तल फाल्‍नलाई माथि उचाल्नुभएको छ ।

  • 17मेरो प्राण शान्तिबाट वञ्चित भएको छ । प्रसन्‍नता के हो भनी मैले बिर्सेको छु ।

  • 6शिरदेखि पाउसम्म हानि नभएको कुनै अंग छैन । घाउहरू, चोटपटक र भर्खरका खुल्ला घाउहरू मात्र छन् । ती बन्द गरिएका, सफा गरिएका, पट्टि लगाइएका छैनन्, न त तेलले उपचार गरिएका छन् ।

  • 4मभित्र मेरो आत्मा व्याकुल भएको छ । मेरो हृदय निराश हुन्छ ।

  • 7तपाईंको क्रोध मलाई गह्रौं भएको छ र तपाईंका सबै छालहरू ममाथि बजारिन्छन् । सेला

  • 8तपाईंले मलाई सुक्खा पार्नुभएको छ, जसले मेरो विरुद्धमा साक्षी दिन्‍छ । मेरो शरीरको दुब्लोपन मेरो विरुद्धमा खडा हुन्छ, र यसले मेरो अनुहारको विरुद्धमा साक्षी दिन्छ ।

  • 5मेरो शरीर किराहरू र धूलोको डल्‍लाहरूले ढाकिएको छ । मेरो जीउका खटिरा टन्‍किन्‍छन्, र फुट्‍छन् र पिप बग्‍छन् ।

  • 20मेरा हड्‍डीहरू मेरो छाला र मासुमा टाँसिन्छन् । म आफ्‍ना दाँतको छालाले मात्र बाँचेको छु ।

  • 3किनकि मेरो दिनहरू धूवाँझैं बित्छन् र मेरा हाडहरू आगोझैं जल्छन् ।

  • 3किनकि म आफ्‍ना अपराधहरू जान्दछु र मेरो पाप सधैं मेरै सामु छ ।

  • 13तेरो विषयमा निम्ति बिन्ति गरिदिने कोही छैन । तेरो चोटलाई निको पार्नलाई तेरो निम्‍ति कुनै उपचार छैन ।

  • 21उसको शरीरको मासु नदेखियोस् भनेर त्यो नष्‍ट भएको हुन्छ । पहिले नदेखिने उसका हाडहरू लौरोझैं देखिन्छन् ।

  • 15मैले के भन्‍न सक्‍छु र? उहाँ मसँग बोल्‍ने अनि त्‍यसलाई पुरा गर्ने दुवै गर्नुभएको छ । मेरा सबै वर्षहरूमा म बिस्तारै हिंड्नेछु किनभने म शोकले व्याकुल भएको छु ।