भजनसंग्रह 41:4

अनलक शाब्दिक बाइबल

मैले भनें, “हे परमप्रभु, ममाथि दया गर्नुहोस् । मलाई निको पार्नुहोस् किनकि मैले तपाईंको विरुद्धमा पाप गरेको छु ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • भजन 103:3 : 3 उहाँले तिम्रा सबै पाप क्षमा गर्नुहुन्छ । उहाँले तिम्रा सबै रोग निको पार्नुहुन्छ ।
  • भजन 147:3 : 3 तोडिएको हृदयलाई उहाँले निको पार्नुहुन्छ र तिनीहरूका घाउहरू बाँधिदिनुहुन्छ ।
  • हो 6:1 : 1 ¶ “आओ, हामी परमप्रभुतर्फ फर्कौं । किनकि उहाँले हामीलाई टुक्रा-टुक्रा पार्नुभएको छ, तर उहाँले हामीलाई निको पार्नुहुनेछ । उहाँले हामीलाई घाइते बनाउनुभएको छ, तर उहाँले हाम्रो घाउमा पट्‍टी लगाउनुहुनेछ ।
  • याक 5:15-16 : 15 विश्‍वासको प्रार्थनाले त्यस बिरामी मानिसलाई निको पार्नेछ, र प्रभुले उसलाई माथि उठाउनुहुनेछ । यदि उसले पाप गरेको छ भने, परमेश्‍वरले उसलाई क्षमा गर्नुहुनेछ । 16 त्यसकारण, एक अर्कामा आफ्ना पापहरू मानिलेओ, र एक अर्काका निम्ति प्रार्थना गर, ताकि तिमीहरू निको हुन सक । धर्मी मानिसको प्रार्थना आफ्नो काममा धेरै शक्‍तिशाली हुन्छ ।
  • २ इति 30:18-20 : 18 एफ्राइम, मनश्‍शे, इस्‍साखार र जबूलूनबाट आएकामध्‍ये धेरै जनाले आफैलाई शुद्ध पारेका थिएनन्, तापनि तिनीहरूले लेखिएको निर्देशनहरूको विरुद्ध निस्‍तार-चाडको भोज खाए । किनकि हिजकियाले यसो भनेर तिनीहरूका निम्‍ति प्रार्थना गरेका थिए, “भला हुनुहुने परमप्रभुले हरेक व्‍यक्तिलाई क्षमा गर्नुभएको होस् 19 जो पवित्र स्‍थानका शुद्धीकरणको मनकबमोजिम शुद्ध नभए तापनि परमप्रभु आफ्‍ना पुर्खाहरूका परमेश्‍वरको खोजी गर्ने सङ्कल्‍प गरेको छ ।” 20 यसैले परमप्रभुले हिजकियाको प्रार्थना सुन्‍नुभयो, र मानिसहरूलाई निको पार्नुभयो ।
  • भजन 6:2-4 : 2 हे परमप्रभु, ममाथि दया गर्नुहोस्, किनकि म कमजोर छु । हे परमप्रभु, मलाई निको पार्नुहोस्, किनकि मेरा हाडहरू काम्दैछन् । 3 मेरो प्राण पनि धेरै दुःखमा परेको छ । तर हे परमप्रभु, यो कहिलेसम्म निरन्‍तर रहन्‍छ? 4 हे परमप्रभु फर्कनुहोस्, मलाई बचाउनुहोस् । तपाईंको करारको विश्‍वस्‍तताको कारणले मलाई बचाउनुहोस् ।
  • भजन 32:5 : 5 तब मैले आफ्‍नो पाप तपाईंमा स्वीकार गरें र मैले फेरि मेरो अधर्म लुकाइनँ । मैले भनें, “म आफ्‍ना अपराधहरू परमप्रभुमा स्वीकार गर्नेछु,” र तपाईंले मेरो पापको दोष क्षमा गर्नुभयो । सेल
  • भजन 51:1-4 : 1 ¶ हे परमेश्‍वर, तपाईंको करारको विश्‍वस्‍तताको कारणले ममाथि दया गर्नुहोस् । तपाईंको असङ्‍ख्‍य दयापूर्ण कामहरूको खातिर मेरा अपराधहरू मेटिदिनुहोस् । 2 मलाई मेरो अधर्मबाट पूर्ण रूपले धुनुहोस् र मेरो पापबाट मलाई शुद्ध पार्नुहोस् । 3 किनकि म आफ्‍ना अपराधहरू जान्दछु र मेरो पाप सधैं मेरै सामु छ । 4 तपाईंको विरुद्धमा, केवल तपाईंको विरुद्धमा मैले पाप गरेको छु र तपाईंको दृष्‍टिमा जे खराब छ त्यही गरेको छु । तपाईं बोल्नुहुँदा तपाईं ठिक हुनुहुन्छ । तपाईंले न्याय गर्नुहुँदा तपाईं ठिक हुनुहुन्छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • भजन 6:1-4
    4 पदहरू
    81%

    1¶ हे परमप्रभु, तपाईंको रिसमा मलाई नहप्‍काउनुहोस् वा तपाईंको क्रोधमा मलाई ताडना नदिनुहोस् ।

    2हे परमप्रभु, ममाथि दया गर्नुहोस्, किनकि म कमजोर छु । हे परमप्रभु, मलाई निको पार्नुहोस्, किनकि मेरा हाडहरू काम्दैछन् ।

    3मेरो प्राण पनि धेरै दुःखमा परेको छ । तर हे परमप्रभु, यो कहिलेसम्म निरन्‍तर रहन्‍छ?

    4हे परमप्रभु फर्कनुहोस्, मलाई बचाउनुहोस् । तपाईंको करारको विश्‍वस्‍तताको कारणले मलाई बचाउनुहोस् ।

  • 2हे परमप्रभु मेरो परमेश्‍वर, मैले सहयताको निम्ति तपाईंमा पुकारा गरें र तपाईंले मलाई निको गर्नुभयो ।

  • भजन 51:1-4
    4 पदहरू
    78%

    1¶ हे परमेश्‍वर, तपाईंको करारको विश्‍वस्‍तताको कारणले ममाथि दया गर्नुहोस् । तपाईंको असङ्‍ख्‍य दयापूर्ण कामहरूको खातिर मेरा अपराधहरू मेटिदिनुहोस् ।

    2मलाई मेरो अधर्मबाट पूर्ण रूपले धुनुहोस् र मेरो पापबाट मलाई शुद्ध पार्नुहोस् ।

    3किनकि म आफ्‍ना अपराधहरू जान्दछु र मेरो पाप सधैं मेरै सामु छ ।

    4तपाईंको विरुद्धमा, केवल तपाईंको विरुद्धमा मैले पाप गरेको छु र तपाईंको दृष्‍टिमा जे खराब छ त्यही गरेको छु । तपाईं बोल्नुहुँदा तपाईं ठिक हुनुहुन्छ । तपाईंले न्याय गर्नुहुँदा तपाईं ठिक हुनुहुन्छ ।

  • भजन 31:9-10
    2 पदहरू
    77%

    9हे परमप्रभु, ममाथि दया गर्नुहोस्, किनकि म कष्‍टमा परेको छु । मेरो प्राण र मेरो शरीरको दुःखसँगै मेरा आँखाहरू थकित हुन्छ ।

    10किनकि मेरो जीवन कष्‍टले र मेरा वर्षहरू शोकले थकित छ । मेरो पापको कारणले मेरो बल सकिन्‍छ र मेरा हाडहरू खिइन्‍छन् ।

  • 3कष्‍टको शैय्यामा परमप्रभुले त्यसलाई सहायता गर्नुहुनेछ । तपाईंले त्यसको बिरामीको शैय्यालाई आरोग्यताको शैय्या बनाउनुहुनेछ ।

  • 5तब मैले आफ्‍नो पाप तपाईंमा स्वीकार गरें र मैले फेरि मेरो अधर्म लुकाइनँ । मैले भनें, “म आफ्‍ना अपराधहरू परमप्रभुमा स्वीकार गर्नेछु,” र तपाईंले मेरो पापको दोष क्षमा गर्नुभयो । सेल

  • भजन 116:4-5
    2 पदहरू
    77%

    4तब मैले परमप्रभुको नाउँको पुकारा गरें: “हे परमप्रभु, कृपया, मेरो जीवन बचाउनुहोस् ।”

    5परमप्रभु कृपालु र निष्‍पक्ष हुनुहुन्छ । हाम्रो परमेश्‍वर करुणामय हुनुहुन्छ ।

  • 14हे परमप्रभु, मलाई निको पार्नुहोस्, र म निको हुनेछु । मलाई छुटकारा दिनुहोस्, र मैले छुटकारा पाउनेछु । किनकि तपाईं नै मेरो प्रशंसाको गीत हुनुहुन्छ ।

  • 18म आफ्‍नो दोष स्वीकार गर्छु । मेरा पापको बारेमा म चिन्तित छु ।

  • 10हे परमप्रभु, सुन्‍नुहोस् र मलाई दया गर्नुहोस् । हे परमप्रभु, मेरो सहायक हुनुहोस् ।

  • 18मेरो कष्‍ट र मेरो परिश्रमहरू हेर्नुहोस् । मेरा सबै पाप क्षमा गर्नुहोस् ।

  • 8दाऊदले परमेश्‍वरलाई भने, “मैले यसो गरेर ठुलो पाप गरेको छु । अब आफ्‍नो दासको दोषलाई हटाउनुहोस्, किनकि मैले धेरै मूर्खतापूर्ण काम गरेको छु ।”

  • 10तर हे परमप्रभु, तपाईंले ममाथि दया गर्नुहोस् र मलाई उठाउनुहोस् ताकि मैले तिनीहरूलाई बदला लिन सकूँ ।

  • 9मेरा पापहरूबाट तपाईंको मुहार लुकाउनुहोस् र मेरा सबै अधर्महरू मेटाउनुहोस् ।

  • 13हे परमप्रभु, ममाथि कृपा गर्नुहोस् । मलाई घृणा गर्नेहरूद्वारा म कति थिचोमिचोमा परेको छु सो हेर्नुहोस्, तपाईंले मलाई मृत्युको ढोकाबाट तानेर निकाल्‍न सक्‍नुहुन्छ ।

  • 16मतिर फर्कनुहोस् र मलाई दया गर्नुहोस् । किनकि म एक्‍लो र कष्‍टमा परेको छु ।

  • 7तपाईंको करारको विश्‍वस्‍ततामा म खुसी र आनन्‍दित हुनेछु, किनकि तपाईंले मेरो कष्‍ट देख्‍नुभयो । मेरो प्राणको कष्‍ट तपाईंले थाहा पाउनुभयो ।

  • 11हे परमप्रभु, तपाईंको नाउँको खातिर मेरो पाप क्षमा गर्नुहोस्, किनकि यो महान् छ ।

  • 7मेरो प्राण आफ्‍नो विश्रामको ठाउँमा फर्कन सक्छ, किनकि परमप्रभु मेरो निम्ति असल हुनुभएको छ ।

  • 26हे परमप्रभु परमेश्‍वर, मलाई सहायता गर्नुहोस् । मलाई तपाईंको करारको विश्‍वस्‍तताद्वारा बचाउनुहोस् ।

  • अय्यू 7:20-21
    2 पदहरू
    74%

    20मैले पाप नै गरेको भए पनि, हे मानिसलाई हेर्नुहुने, त्‍यसले तपाईंलाइ के हुन्‍छ त? तपाईंले मलाई किन निसाना बनाउनुभएको छ जसको कारण म तपाईंको लागि बोझ छु?

    21किन मेरो अपराध तपाईंले क्षमा गर्नुहुन्‍न र मेरो अधर्म हटाउनुहुन्‍न? अब म धूलोमा पल्टनेछु । तपाईंले मलाई ध्‍यानपूर्वक खोज्नुहुनेछ, तर मेरो अस्‍तित्‍व रहनेछैन ।”

  • 20हे परमप्रभु, हेर्नुहोस्, किनकि म निराशामा छु । मेरो पेट हुँडल्छ । मेरो हृदय मभित्रै छटपटिन्छ, किनकि म ज्यादै विद्रोही भएको छु । बाहिर तरवारले आमालाई नष्‍ट पार्छ, घरभित्र केवल मृत्यु छ ।

  • 3अधर्महरूले हामीलाई जितेका छन् । हाम्रा अपराधहरूको बारेमा तपाईंले ती क्षमा गर्नुहुनेछ ।

  • 22तिनीहरूका सबै दुष्‍टता तपाईंको सामु आऊन् । मेरा सबै आज्ञा उल्लङ्घनको कारणले तपाईंले मलाई व्यवहार गर्नुभएझैँ तिनीहरूसित व्यवहार गर्नुहोस् । मेरा सुस्केरा धेरै छन्, र मेरो हृदय मुर्छा परेको छ ।

  • 3उहाँले तिम्रा सबै पाप क्षमा गर्नुहुन्छ । उहाँले तिम्रा सबै रोग निको पार्नुहुन्छ ।

  • भजन 86:3-4
    2 पदहरू
    73%

    3हे परमप्रभु, मप्रति दयालु हुनुहोस्, किनकि म दिनभरि तपाईंलाई पुकारा गर्छु ।

    4तपाईंको सेवकलाई खुसी बनाउनुहोस्, किनकि हे परमप्रभु, म आफ्‍नो प्राण तपाईंमा उचाल्‍नेछु ।

  • 11हे परमप्रभु, तपाईंको नाउँको खातिर मलाई जीवित राख्‍नुहोस् । तपाईंको धार्मिकतामा मेरो प्राणलाई कष्‍टबाट बाहिर निकाल्‍नुहोस् ।

  • 7मेरा जवानीका पापहरू वा मेरा विद्रोहको बारेमा विचार नगर्नुहोस् । हे परमप्रभु, तपाईंको भलाइको कारणले करारको विश्‍वस्ततामा मलाई सम्झनुहोस् ।

  • 21तब शाऊलले भने, “मैले पाप गरेको छु । ए मेरा छोरा दाऊद फर्क । किनकि अब तिम्रो हानि गर्नेछैन, किनभने तिम्रो दृष्‍टिमा मेरो जीवन बहुमूल्य थियो । हेर, मैले मूर्खता गरेको छु र धेरै ठुलो गल्ती गरेको छु ।”

  • 22किनकि म थिचोमिचोमा परेको र दरिद्र भएको छु, र मेरो हृदय मभित्रै घायल छ ।

  • 2म परमप्रभुलाई भन्छु, “तपाईं मेरो परमप्रभु हुनुहुन्छ; तपाईंबाहेक मेरो असल कुरा केही छैन ।

  • 20हे परमप्रभु, हामी हाम्रा दोष, हाम्रा पुर्खाहरूका अपराध स्वीकार गर्छौं, किनकि हामीले तपाईंको विरुद्धमा पाप गरेका छौं ।

  • 1¶ हे परमेश्‍वर, मप्रति दयालु हुनुहोस्, मप्रति दयालु हुनुहोस्, किनकि यी कष्‍टहरू अन्त नभएसम्म म तपाईंमा शरण लिन्छु । यो विनाश अन्त नभएसम्म सुरक्षाको निम्ति म तपाईंका पखेटामुनि बस्‍छु ।

  • 13मबाट तपाईंको हेराइलाई हटाउनुहोस् ताकि म मर्नअघि म फेरि मुसुक्‍क हाँस्‍न सकौं।

  • 17मेरै भलाइको निम्ति मैले यस्तो शोकको अनुभव गरें । तपाईंले मलाई विनाशको खाडलबाट छुटकारा दिनुभएको छ । किनकि तपाईंले मेरा सबै पापहरूलाई आफ्‍नो पछाडि फाल्‍नुभएको छ ।

  • 8म स्तब्ध र पूर्ण रूपमा चूर्ण छु । मेरो हृदयको वेदनाको कारणले म सुस्‍केरा हाल्‍छु ।

  • 13किनकि मप्रति तपाईंको करारको विश्‍वस्‍तता महान् छ । तपाईंले मेरो जीवनलाई चिहानको गहिराइबाट बचाउनुभएको छ ।

  • 6मैले परमप्रभुलाई भनें, “तपाईं मेरो परमेश्‍वर हुनुहुन्छ । दयाको निम्ति मेरो पुकारा सुन्‍नुहोस् ।”

  • 8हे परमप्रभु, मैले तपाईंमा पुकारा गरें र मेरा परमप्रभुबाट कृपा खोजें ।

  • 15मैले के भन्‍न सक्‍छु र? उहाँ मसँग बोल्‍ने अनि त्‍यसलाई पुरा गर्ने दुवै गर्नुभएको छ । मेरा सबै वर्षहरूमा म बिस्तारै हिंड्नेछु किनभने म शोकले व्याकुल भएको छु ।