भजनसंग्रह 41:5

अनलक शाब्दिक बाइबल

मेरा शत्रुहरूले मेरो विरुद्धमा यसो भनेर खराबी बोल्छन्,”त्यो कहिले मर्ला र त्यसको नाउँ नष्‍ट होला?”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • अय्यू 18:17 : 17 पृथ्वीबाट उसको सम्झना लुप्‍त हुनेछ । सडकमा उसको कुनै नाउँ हुनेछैन ।
  • अय्यू 20:7 : 7 त्‍यस्‍तो व्यक्ति आफ्नै मलमूत्रझैं स्थायी रूपमा नष्‍ट हुनेछ । उसलाई देखेकाहरूले सोध्‍नेछन्, 'ऊ कहाँ छ?'
  • भजन 22:6-8 : 6 म एउटा कीरा हुँ र मानिस होइन, मानिसहरूले अपमान गरेको र मानिसहरूद्वारा अवहेलित भएको छु । 7 मलाई देख्‍ने सबैले मलाई गिज्याउँछन् । तिनीहरूले मेरो खिसी गर्छन् । तिनीहरूले मलाई हरेर आफ्‍नो टाउको हल्लाउँछन् । 8 तिनीहरू भन्छन्, “त्यसले परमप्रभुमा भरोसा गर्छ । परमप्रभुले नै त्यसलाई बचाऊन्, किनकि त्यो उहाँमा नै खुसी हुन्‍छ ।”
  • भजन 38:12 : 12 मेरो ज्यान लिन खोज्‍नेहरूले मेरो निम्ति पासो थाप्छन् । मेरो हानि गर्न खोज्‍नेहरूले विनाशकारी कुरा गर्छन् र दिनभरि छलपूर्ण शब्दहरू भन्छन् ।
  • भजन 102:8 : 8 मेरा शत्रुहरूले दिनभरि मेरो खिसी गर्छन् । मेरो गिल्ला गर्नेहरूले मेरो नाउँ सरापको रूपमा प्रयोग गर्छन् ।
  • नीति 10:7 : 7 धर्मी व्यक्तिलाई सम्झनेहरूलाई उसले खुसी तुल्याउँछ, तर दुष्‍टहरूको नामचाहिँ सडेर जाने छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 10किनकि मेरा शत्रुहरूले मेरो बारेमा कुरा गर्दैछन् । मेरो ज्‍यान लिन खोज्‍नेहरूले एकसाथ षड्यान्त्र गर्दैछन् ।

  • भजन 41:6-9
    4 पदहरू
    80%

    6मेरो शत्रु मलाई हेर्न आउँछ भने, त्यसले व्‍यर्थ कुराहरू गर्छ । त्यसको हृदयले आफ्‍नो निम्‍ति मेरो विपत्ति बटुल्छ । त्यो मबाट टाढा जाँदा, यसबारे त्यसले अरूलाई भन्‍छ ।

    7मलाई घृणा गर्नेहरू सबै एकसाथ मिलेर मेरो विरुद्धमा कानेखुसी गर्छन् । मेरो विरुद्ध तिनीहरूले मलाई चोट पुर्‍याउने आसा गर्छन् ।

    8तिनीहरू भन्छन्, “खराब रोगले त्यसलाई सिकिस्‍त पारेको छ । त्यो ओछ्यान थला परेको छ । त्यो फेरि उठ्नेछैन ।”

    9वास्तवमा, मेरो रोटी खाएको मेरो आफ्नो घनिष्ठ मित्र जसमा मैले भरोसा गरें, त्यसैले मेरो विरुद्धमा आफ्‍नो लात उठाएको छ ।

  • 20तिनीहरूले तपाईंको विरुद्धमा विद्रोह गर्छन् र छलपूर्ण काम गर्छन् । तपाईंका शत्रुहरूले झुटा बोल्छन् ।

  • 20मलाई दोष लगाउने, अर्थात् मेरो बारेमा खरब कुराहरू भन्‍नेलाई परमप्रभुबाट यो इनाम होस् ।

  • 8मेरा शत्रुहरूले दिनभरि मेरो खिसी गर्छन् । मेरो गिल्ला गर्नेहरूले मेरो नाउँ सरापको रूपमा प्रयोग गर्छन् ।

  • 19मेरा शत्रुहरूलाई हेर्नुहोस्, किनकि तिनीहरू धेरै जना छन् । तिनीहरूले मलाई क्रूर घृणाले घृणा गर्छन् ।

  • 3मेरा शत्रुहरूका आवाजको कारणले, दुष्‍टहरूका थिचोमिचोका कारणले । किनकि तिनीहरूले ममाथि कष्‍ट ल्‍याउँछन् र रिसमा मलाई सताउँछन् ।

  • 4मेरो शत्रुलाई यसो भन्‍न नदिनुहोस्, “मैले त्यसलाई हराएको छु ।” ताकि मेरा शत्रुले यसो नभनोस्, “मेरो वैरीलाई मैले जितेको छु,” नत्र मलाई तल झार्दा मेरा शत्रुहरू आनन्‍दित हुनेछन् ।

  • भजन 38:19-20
    2 पदहरू
    76%

    19तर मेरा शत्रुहरू असंख्या छन् । मलाई गलत किसिमले घृणा गर्नेहरू धेरै जना छन् ।

    20तिनीहरूले मलाई असलको सट्टा खराबी गर्छन् । जे असल छ सो कुराको पछि म लागे तापनि, तिनीहरूले ममाथि दोष थुपार्छन् ।

  • 2कहिलेसम्म मैले चिन्‍ता गर्ने र दिनभरि मेरो हृदयमा शोक लिने? कहिलेसम्म मेरो शत्रुले ममाथि विजय पाउने?

  • विलाप 1:21-22
    2 पदहरू
    76%

    21तिनीहरूले मेरो सुस्केरा सुनेका छन्, तर मलाई सान्त्वना दिने कोही छैन । मेरा सबै शत्रुले मेरो कष्‍टको विषयमा सुनेका छन्, र तपाईंले यसो गर्नुभएकोमा तिनीहरू खुसी छन् । तपाईंले प्रतिज्ञा गर्नुभएको दिन तपाईंले ल्याउनुभएको छ । अब तिनीहरू मजस्तै होऊन् ।

    22तिनीहरूका सबै दुष्‍टता तपाईंको सामु आऊन् । मेरा सबै आज्ञा उल्लङ्घनको कारणले तपाईंले मलाई व्यवहार गर्नुभएझैँ तिनीहरूसित व्यवहार गर्नुहोस् । मेरा सुस्केरा धेरै छन्, र मेरो हृदय मुर्छा परेको छ ।

  • भजन 7:4-5
    2 पदहरू
    76%

    4मसँग मिलापमा हुनेलाई मैले खराबीको गरेको छु भने, वा बिनाकारण मैले आफ्‍ना शत्रुलाई हानि गरेको छु भने, मेरा शब्दहरू सुन्‍नुहोस् ।

    5तब मेरो शत्रुले मेरो जीवनलाई खेदोस् र मलाई नाश पारोस् । त्यसले मेरो जीवनलाई भूइँमा कुल्चोस् र मेरो आदर भूइँमा मिलाओस् । सेला

  • 12मेरो ज्यान लिन खोज्‍नेहरूले मेरो निम्ति पासो थाप्छन् । मेरो हानि गर्न खोज्‍नेहरूले विनाशकारी कुरा गर्छन् र दिनभरि छलपूर्ण शब्दहरू भन्छन् ।

  • 7मेरो शत्रु एक जना दुष्‍ट मानिसझैं होस् । जो मेरो विरुद्धमा खडा हुन्‍छ, ऊ एक जना अधर्मी मानिसझैं होस् ।

  • 10चारैतिर भएका धेरै जना मानिसबाट मैले त्रासको हल्ला सुनेको छु, 'खबर गर! हामीले यसबारे खबर गर्नुपर्छ!' मेरा नजिक हुनेहरू म पतन हुनेछु कि भनेर हेर्छन् । सायद त्‍यसलाई छल गर्न सकिन्‍छ । त्यसो भयो भने, हामीले त्यसलाई पराजित गर्न सक्छौं र त्यसमाथि हाम्रो बदला लिन सक्छौं ।'

  • 13किनकि मैले धेरै जनाको कानेखुसी, तिनीहरूले एकसाथ मेरो विरुद्ध षड्यान्त्र गर्दा चारैतिरबाट डरलाग्‍दो खबर मैले सुनेको छु । मेरो ज्यान लिन तिनीहरूले षड्यान्त्र गर्छन् ।

  • 2मेरा शत्रुहरूले मलाई दिनभरि कुल्चन्छन् । किन मेरो विरुद्धमा अहङ्कारपूर्ण किसिमले युद्ध गर्नेहरू धेरै जना छन् ।

  • 10मेरा हाडहरूमा तरवार परेझैं, मेरा शत्रुहरूले मलाई हप्‍काउँछन्, तिनीहरू सधैं मलाई यसो भन्छन्, “तेरो परमेश्‍वर खोइ कहाँ छन्?”

  • अय्यू 16:9-10
    2 पदहरू
    74%

    9परमेश्‍वर क्रोधमा उहाँले मलाई टुक्रा पार्नुभएको, र मलाई सताउनुभएको छ । क्रोधमा उहाँले आफ्नो दाह्रा किट्नुहुन्छ । मेरो शत्रुले मलाई घुरेर हेर्नुहुन्छ ।

    10मानिसहरूले मलाई हेर्दै मुख खोलेर टोलाएका छन् । निन्दाले भरिएर तिनीहरूले मलाई गालामा थप्‍पड हानेका छन् । तिनीहरू मेरो विरुद्धमा एकसाथ भेला भएका छन्।

  • 13तिनीहरू लाजमा परून् र नाश होऊन्, जसले मेरो जीवनसँग शत्रुता गर्छन् । तिनीहरू हप्की र अनादरले ढाकिऊन्, जसले मलाई चोट पुर्‍याउन खोज्‍छन् ।

  • 19मेरा छली शत्रुहरूलाई ममाथि आनन्‍दित हुन नदिनुहोस् । तिनीहरूका दुष्‍ट योजनाहरू पुरा गर्न तिनीहरूलाई नदिनुहोस् ।

  • 2जब खराबी गर्नेहरू मेरो मासु खान नजिक आए, तब मेरा वैरीहरू र मेरा शत्रुहरूले ठेस खाए र ढले ।

  • 3शत्रुले मेरो ज्यान लिनलाई खेदेका छ । त्‍यसले मलाई जमिनमा कुल्चेको छ । त्‍यसले मलाई उहिले नै मरेकाहरूझैं अँध्यारोमा बस्‍न लगाएको छ ।

  • 10हे परमेश्‍वर, शत्रुहरूले कहिलेसम्म हामीलाई अपमान गर्छन्? के शत्रुहरूले सदासर्वदा तपाईंको निन्दा गर्नेछन्?

  • भजन 56:5-6
    2 पदहरू
    74%

    5दिनभरि तिनीहरू मेरा कुराहरू बङ्ग्याउँछन् । तिनीहरूका सबै विचार खराबीको निम्ति मेरो विरद्धमा हुन्‍छन् ।

    6तिनीहरू आफूलाई एकसाथ भेला गर्छन्, तिनीहरू आफूलाई लुकाउँछन् र तिनीहरूले मेरा पाइलाहरू पहिल्याउँछन्, जसरी तिनीहरूले मेरो ज्‍यान लिन ढुकिबसेका छन् ।

  • 3जब मेरा शत्रुहरू पछि हट्छन्, तब तिनीहरू तपाईंको सामु ठेस खान्छन् र विनाश हुन्छन् ।

  • 11मेरा सबै शत्रुका कारणले मानिसहरूले मलाई घृणा गर्छन् । मेरो स्‍थिति हेरेर मेरा छिमेकीहरू डराउँन् र मलाई चिन्‍नेहरू भयभीत हुन्छन् । मलाई बाटोमा देख्‍नेहरू मदेखि भाग्छन् ।

  • 15तर जब मैले ठेस खाएँ, तब तिनीहरू खुसी भए र एकसाथ भेला भए । तिनीहरू मेरो विरुद्धमा एकसाथ भेला भए र तिनीहरूले मलाई छक्‍क पारे । तिनीहरूले मलाई निरन्तर हप्‍काए ।

  • 10परमेश्‍वरले मलाई आक्रमण गर्ने मौकाहरू खोज्‍नुहुन्‍छ । उहाँले मलाई आफ्नो शत्रु ठान्‍नुहुन्छ ।

  • 7मेरा आँखाहरू शोकले धमिला हुन्छन् । मेरा सारा वैरीहरूका कारणले ती कमजोर हुन्छन् ।

  • 23तर हे परमप्रभु, मलाई मार्न तिनीहरूले मेरो विरुद्धमा बनाएका तिनीहरूका सबै योजना तपाईंलाई थाहा छ । तिनीहरूका अधर्म र पाप क्षमा नगर्नुहोस् । तिनीहरूका पाप तपाईंबाट नहटाउनुहोस् । बरु, तिनीहरू तपाईंकै सामु पराजित होऊन् । तपाईंको क्रोधको समयमा तिनीहरूको विरुद्धमा उत्रनुहोस् ।

  • 12किनकि मलाई हप्काउने शत्रु थिएन, तब म त्‍यो सहनेथिएँ । न त मेरो विरुद्ध उठ्ने मलाई घृणा गर्ने व्यक्‍ति नै थियो, तब म त्यसबाट लुक्‍नेथिएँ ।

  • 5उहाँले मेरा शत्रुहरूलाई खराबीको प्रतिफल दिनुहुनेछ । आफ्‍नो विश्‍वस्‍ततामा तिनीहरूको नाश गर्नुहोस्!

  • 11मेरा आँखाहरूले मेरा शत्रुहरूका पतन देखेका छन् । मेरा कानहरूले मेरा दुष्‍ट वैरीहरूका विनाश सुनेको छन् ।

  • 11उहाँले मेरो विरुद्धमा आफ्नो क्रोध पनि दन्काउनुभएको छ । उहाँले मलाई आफ्ना शत्रुहरूमध्ये एक ठान्‍नुहुन्छ ।

  • 14मेरो ज्यान लिन मलाई खेद्‍नेहरू लज्‍जित होऊन् र पूर्ण रूपमा निराश होऊन् । मलाई चोट पुर्‍याउन खुसी हुनेहरू, तिनीहरू फर्केर जाऊन् र अनादरमा परून् ।

  • 12मलाई मेरा शत्रुहरूको इच्छामा नछोड्नुहोस्, किनकि झुटो साक्षीहरू मेरो विरुद्धमा उठेका छन्, र तिनीहरूले हिंसाको सास फेर्छन् ।

  • 9मलाई घेर्नेहरूले आफ्‍ना शिर उठाउँछन् । आफ्‍नै ओठहरूका उपद्रवले तिनीहरूलाई ढाकोस् ।

  • 26मेरो कष्‍टमा आनन्‍दित हुनेहरू लज्‍जित होऊन् र तिनीहरू व्‍याकुल होऊन् । ममाथि आफैलाई उच्‍च पार्नेहरू लाज र अनादरले ढाकिन परोस् ।

  • 24आफ्नो अनुहार मबाट तपाईं किन लुकाउनुहुन्‍छ, अनि मलाई आफ्नो शत्रुजस्‍तो व्यवहार किन गर्नुहुन्छ?

  • 4मैले भनें, “हे परमप्रभु, ममाथि दया गर्नुहोस् । मलाई निको पार्नुहोस् किनकि मैले तपाईंको विरुद्धमा पाप गरेको छु ।”

  • 1¶ हे परमप्रभु, मेरा शत्रुहरू कति धैरै छन्! मेरो विरुद्ध धेरै जना खडा छन् ।