भजनसंग्रह 3:7

अनलक शाब्दिक बाइबल

हे परमप्रभु, उठ्नुहोस्! हे परमेश्‍वर, मलाई बचाउनुहोस्! किनकि तपाईंले मेरा सबै शत्रुलाई बङ्गरामा हान्‍नुहुनेछ । तपाईंले दुष्‍टहरूका दाँतहरू भाँच्‍नुहुनेछ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • भजन 58:6 : 6 हे परमेश्‍वर, तिनीहरूका दाँतहरू भाँचिदिनुहोस् । हे परमप्रभु, जवान सिंहहरूका बङ्गराहरू झारिदिनुहोस् ।
  • अय्यू 16:10 : 10 मानिसहरूले मलाई हेर्दै मुख खोलेर टोलाएका छन् । निन्दाले भरिएर तिनीहरूले मलाई गालामा थप्‍पड हानेका छन् । तिनीहरू मेरो विरुद्धमा एकसाथ भेला भएका छन्।
  • अय्यू 29:17 : 17 मैले अधर्मी मानिसको बङ्गारा झारिदिएँ । मैले त्यसको दाँतको बिचबाट सिकारलाई बाहिर निकालें ।
  • भजन 7:6 : 6 हे परमप्रभु, आफ्नो रिसमा उठ्नुहोस् । मेरा शत्रुहरूका विरुद्ध खडा हुनुहोस् । मेरो खातिर जाग्‍नुहोस् र तपाईंले तिनीहरूलाई दिनुभएका धार्मिक आदेशहरू पुरा गर्नुहोस्
  • भजन 10:12 : 12 हे परमप्रभु, उठ्‍नुहोस्! हे परमेश्‍वर, आफ्नो हात उठाउनुहोस्! तिचिएकाहरूलाई नबिर्सनुहोस् ।
  • भजन 12:5 : 5 परमप्रभु भन्‍नुहुन्छ, “गरीबको विरुद्धमा हिंसा, दरिद्रको सुस्केराले गर्दा म उठ्‍नेछु, म सुरक्षा प्रदान गर्नेछु जसको इच्‍छा तिनीहरू गर्छन् ।”
  • भजन 35:23 : 23 आफैलाई जाग्‍नुहोस् र मेरो रक्षा गर्न जाग्‍नुहोस् । हे मेरो परमेश्‍वर, मेरा प्रभु, मेरो रक्षा गर्नुहोस् ।
  • भजन 44:23 : 23 हे परमप्रभु, जाग्‍नुहोस्, तपाईं किन सुत्‍नुहुन्छ? उठ्नुहोस्, हामीलाई स्थायी रूपमा नफाल्‍नुहोस् ।
  • भजन 59:5 : 5 हे सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्‍वर, तपाई जाग्‍नुहोस् र जातिहरूलाई दण्ड दिनुहहोस् । कुनै पनि दुष्‍ट अपराधीहरूप्रति दयालु नहुनुहोस् । सेला
  • भजन 74:11 : 11 आफ्‍नो बाहुली, तपाईंको दाहिने हात तपाईंले किन रोक्‍नुहुन्छ? आफ्‍नो दाहिने हात आफ्नो खल्‍तीबाट झिक्‍नुहोस् र तिनीहरूलाई नाश पार्नुहोस् ।
  • भजन 76:9 : 9 हे परमेश्‍वर, जति बेला तपाईं न्याय गर्न र पृथ्वीका सबै थिचोमिचोमा परेकाहरूलाई बचाउन उठ्नुभयो । सेला
  • यशा 51:9 : 9 ए परमप्रभुका बाहुली हो, जाग, जाग, आफूमा सामर्थ्य धारण गर । पुराना दिनहरू र प्राचीन समयका पुस्ताहरूमा झैं जगा होओ । राहाबलाई कुल्चने तपाईं नै हुनुहुन्‍न र, जसले राक्षसलाई छेड्यो?
  • विलाप 3:30 : 30 त्यसलाई हिर्काउनेलाई त्यसले आफ्नो गाला पनि देओस्, र त्यो निन्दाले भरियोस् ।
  • भजन 6:4 : 4 हे परमप्रभु फर्कनुहोस्, मलाई बचाउनुहोस् । तपाईंको करारको विश्‍वस्‍तताको कारणले मलाई बचाउनुहोस् ।
  • हब 2:19 : 19 ‘धिक्‍कार त्यसलाई जसले काठलाई उठ भन्छ, वा बोल्न नसक्‍ने ढुङ्गालाई जाग भन्छ ।’ के यी कुराहरूले सिकाउन सक्छन्? हेर्, त्यो सुन र चाँदीले मोहोरिएको छ, तर त्यसभित्र सास नै छैन ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 6हे परमप्रभु, आफ्नो रिसमा उठ्नुहोस् । मेरा शत्रुहरूका विरुद्ध खडा हुनुहोस् । मेरो खातिर जाग्‍नुहोस् र तपाईंले तिनीहरूलाई दिनुभएका धार्मिक आदेशहरू पुरा गर्नुहोस्

  • 13हे परमप्रभु, उठ्नुहोस् । तिनीहरूलाई आक्रमण गर्नुहोस् । तिनीहरूकै सामु तिनीहरूलाई पछार्नुहोस् । तपाईंको तरवारले मेरो जीवनलाई दुष्‍टबाट बचाउनुहोस् ।

  • 6हे परमेश्‍वर, तिनीहरूका दाँतहरू भाँचिदिनुहोस् । हे परमप्रभु, जवान सिंहहरूका बङ्गराहरू झारिदिनुहोस् ।

  • 17मैले अधर्मी मानिसको बङ्गारा झारिदिएँ । मैले त्यसको दाँतको बिचबाट सिकारलाई बाहिर निकालें ।

  • 8उद्धार परमप्रभुबाट आउँछ । तपाईंका आशिष्‌हरू तपाईंका मानिसहरूमा रहोस् । सेला

  • २ शमू 22:40-41
    2 पदहरू
    75%

    40तपाईंले युद्धको निम्ति पेटीजस्तै गरी मलाई सामर्थ्‍य दिनुभयो । मेरो विरुद्ध उठ्नेहरूलाई तपाईंले मेरो अधीनमा राख्‍नुभयो ।

    41तपाईंले मलाई मेरा शत्रुहरूको पिठ्युँ दिनुभयो । मलाई घृणा गर्नेहरूलाई मैले सर्वनाश पारें ।

  • अय्यू 16:9-10
    2 पदहरू
    75%

    9परमेश्‍वर क्रोधमा उहाँले मलाई टुक्रा पार्नुभएको, र मलाई सताउनुभएको छ । क्रोधमा उहाँले आफ्नो दाह्रा किट्नुहुन्छ । मेरो शत्रुले मलाई घुरेर हेर्नुहुन्छ ।

    10मानिसहरूले मलाई हेर्दै मुख खोलेर टोलाएका छन् । निन्दाले भरिएर तिनीहरूले मलाई गालामा थप्‍पड हानेका छन् । तिनीहरू मेरो विरुद्धमा एकसाथ भेला भएका छन्।

  • 6मानिसहरूका भीडसँग म डराउनेछैन जो चारैतिर मेरो विरुद्धमा खडा भएका छन् ।

  • भजन 18:39-40
    2 पदहरू
    75%

    39किनकि युद्धको निम्‍ति कम्मर पेटीझैं तपाईंले मलाई बल दिनुभयो । मेरो विरुद्ध उठ्नेहरूलाई तपाईंले मेरो अधीनमा पार्नुभयो ।

    40मेरा शत्रुहरूका गर्दन तपाईंले मलाई दिनुभयो । मलाई घृणा गर्नेहरूलाई मैले निर्मूल पारें ।

  • 13तपाईं आफ्ना मानिसहरूको मुक्ति, आफ्नो अभिषिक्त जनको मुक्तिको निम्ति निस्कनुभयो । दुष्‍टको घरानाको मुखियालाई तपाईंले चकनाचुर पार्नुभयो र त्यसको खुट्टादेखि घाँटीसम्म त्यसलाई नाङ्गो पारिदिनुभयो । सेला

  • 26हे परमप्रभु परमेश्‍वर, मलाई सहायता गर्नुहोस् । मलाई तपाईंको करारको विश्‍वस्‍तताद्वारा बचाउनुहोस् ।

  • 10तर हे परमप्रभु, तपाईंले ममाथि दया गर्नुहोस् र मलाई उठाउनुहोस् ताकि मैले तिनीहरूलाई बदला लिन सकूँ ।

  • 20मेरा हड्‍डीहरू मेरो छाला र मासुमा टाँसिन्छन् । म आफ्‍ना दाँतको छालाले मात्र बाँचेको छु ।

  • 2जब खराबी गर्नेहरू मेरो मासु खान नजिक आए, तब मेरा वैरीहरू र मेरा शत्रुहरूले ठेस खाए र ढले ।

  • 7हे परमप्रभु मेरा परमेश्‍वर, मलाई बचाउन तपाईं शक्तिसाली किसिमले सक्षम हुनुहुन्छ । युद्धको दिनमा तपाईंले मेरो शिरलाई छेक्‍नुहुन्छ ।

  • 49मेरो शत्रुहरूबाट उहाँले मलाई स्वतन्त्र पार्नुहुन्छ । वास्तवमा, तपाईंले मलाई मेरो विरुद्ध उठ्नेहरूभन्दा माथि उचाल्नुभयो । तपाईंले मलाई हिंस्रक मानिसहरूबाट बचाउनुहुन्छ ।

  • 13तिनीहरूले मलाई गिराउनलाई आक्रमण गरे, तर परमप्रभुले मलाई सहायता गर्नुभयो ।

  • 1¶ हे परमप्रभु मेरा परमेश्‍वर, म तपाईंमा शरण लिन्छु । मलाई खेद्‍ने सबैबाट मलाई बचाउनुहोस् र मलाई छुटाउनुहोस् ।

  • 1¶ हे मेरा परमेश्‍वर, मलाई मेरा शत्रुहरूबाट बचाउनुहोस् । मेरो विरुद्धमा उठ्नेहरूदेखि मलाई उच्‍चमा राख्‍नुहोस् ।

  • 48मेरा शत्रहरूबाट म मुक्‍त पारिएको छु । वास्तवमा, मेरो विरुद्ध उठ्नेहरूभन्दा माथि तपाईंले मलाई उठाउनुभयो । हिंस्रक मानिसहरूबाट तपाईंले मलाई बचाउनुभयो ।

  • 10मेरा सबै हाडहरूले भन्‍नेछन्, “हे परमप्रभु, तपाईंझैं को छ, जसले थिचोमिचोमा परेकाहरूलाई तिनीहरू भन्‍दा अति बलियाहरूबाट, र गरिब तथा दरिद्रहरूलाई तिनीहरूलाई लुट्न खोज्नेहरूबाट बचाउनुहुन्‍छ?”

  • 1¶ हे परमप्रभु, मेरा शत्रुहरू कति धैरै छन्! मेरो विरुद्ध धेरै जना खडा छन् ।

  • 19हे परमप्रभु, उठ्नुहोस् । मानिसले तपाईंलाई जित्‍न नपाऊन् । तपाईंको दृष्‍टिमा जातिहरूको न्याय गरियोस् ।

  • भजन 30:1-2
    2 पदहरू
    73%

    1¶ हे परमप्रभु, म तपाईंलाई उचाल्छु, किनकि तपाईंले मलाई उठाउनुभएको छ र मेरा शत्रुहरूलाई ममाथि आनन्‍दित हुन दिनुभएको छैन ।

    2हे परमप्रभु मेरो परमेश्‍वर, मैले सहयताको निम्ति तपाईंमा पुकारा गरें र तपाईंले मलाई निको गर्नुभयो ।

  • 7आफ्‍ना शत्रुहरूबाट तपाईंमा शरण लिनेहरूलाई तपाईं जसले आफ्नो दाहिने बाहुलिले बचाउनुहुन्छ, आफ्‍नो करारको विश्‍वस्‍तता अचम्‍म किसिमले देखाउनुहोस् ।

  • 3जब मेरा शत्रुहरू पछि हट्छन्, तब तिनीहरू तपाईंको सामु ठेस खान्छन् र विनाश हुन्छन् ।

  • 12दुष्‍ट मानिसले धर्मीको विरुद्धमा षड्यन्त्र गर्छ र त्यसले उनको विरुद्ध दाह्रा किट्छ ।

  • 4मेरो शत्रुलाई यसो भन्‍न नदिनुहोस्, “मैले त्यसलाई हराएको छु ।” ताकि मेरा शत्रुले यसो नभनोस्, “मेरो वैरीलाई मैले जितेको छु,” नत्र मलाई तल झार्दा मेरा शत्रुहरू आनन्‍दित हुनेछन् ।

  • 3तर हे परमप्रभु, तपाईं मेरो वरिपरिको ढाल, मेरो महिमा हुनुहुन्छ, र जसले मेरो शिर उच्‍च पार्नुहुन्छ ।

  • 14हे परमेश्‍वर, अहङ्कारीहरू मेरो विरुद्ध उठेका छन् । हिंसात्‍मक मानिसहरूका एक हुलले मेरो ज्यान मार्न खोज्छन् । तिनीहरूले तपाईंको वास्‍तै गर्दैनन् ।

  • 16उहाँले रोडाले मेरा दाँत पिँध्‍नुभयो, र खरानीमा कुल्चिमिल्ची पारिदिनुभयो ।

  • 3म परमप्रभुलाई पुकारा गर्छु जो प्रशंसायोग्य हुनुहुन्छ र म आफ्‍ना शत्रुहरूबाट बाँच्‍नेछु ।

  • 16कत्ति पनि आदर नगरी तिनीहरूले मेरो गिल्‍ला गरे । तिनीहरूले क्रोधमा ममाथि आफ्‍ना दाँत किटे ।

  • 10मेरो परमेश्‍वरले मलाई उहाँको करारको विश्‍वस्‍ततासहित भेट्नुहुनेछ । परमेश्‍वरले मेरा शत्रुहरूमाथि मेरो इच्छा देख्‍न मलाई दिनुहुनेछ ।

  • 14हे मेरा उद्धारका परमेश्‍वर, रक्‍तपातको निम्ति मलाई क्षमा गर्नुहोस्, र तपाईंको धार्मिकताको आनन्दको निम्‍ति म काराउनेछु ।

  • 10जसले राजाहरूलाई उद्धार दिनुहुन्छ, जसले आफ्‍नो सेवक दाऊदलाई दुष्‍ट तरवारबाट बचाउनुभयो ।

  • 7तर हाम्रो शत्रहरूबाट तपाईंले हामीलाई बाचउनुभएको छ र हामीलाई घृणा गर्नेहरूलाई लाजमा पार्नुभएको छ ।

  • 3उहाँ स्वर्गबाट सहायता पठाउनुहुनेछ र मलाई बचाउनुहुनेछ । मलाई कुल्चनेहरूसँग उहाँ क्रुद्ध हुनुहुन्छ । सेला परमेश्‍वरले मलाई उहाँको दया र विश्‍वस्‍तता पठाउनुहुनेछ ।

  • 10हे परमप्रभु, सुन्‍नुहोस् र मलाई दया गर्नुहोस् । हे परमप्रभु, मेरो सहायक हुनुहोस् ।

  • भजन 35:23-24
    2 पदहरू
    72%

    23आफैलाई जाग्‍नुहोस् र मेरो रक्षा गर्न जाग्‍नुहोस् । हे मेरो परमेश्‍वर, मेरा प्रभु, मेरो रक्षा गर्नुहोस् ।

    24हे परमप्रभु मेरा परमेश्‍वर, तपाईंको धार्मिकताको कारणले मेरो रक्षा गर्नुहोस् । तिनीहरूलाई ममाथि आनन्‍दित हुन नदिनुहोस् ।

  • 8हे परमप्रभु, मेरा शत्रुहरूका कारणले मलाई तपाईंको धार्मिकतामा डोर्‍याउनुहोस् । मेरो समु तपाईंको बाटो सोझो बनाउनुहोस् ।

  • 6किनकि मेरो देशमा एउटा जाति आएको छ, बलियो र अनगिन्ती छ । त्यसका दाँत सिंहका दाँतझैं छन्, र त्यसका दाह्रा सिंहनीका झैं छन् ।

  • 4हे परमेश्‍वर, दुष्‍टहरूका हातबाट, अधर्मी र निर्दयीहरूका हातबाट मलाई बचाउनुहोस् ।

  • 2मेरा शत्रुहरूले मलाई दिनभरि कुल्चन्छन् । किन मेरो विरुद्धमा अहङ्कारपूर्ण किसिमले युद्ध गर्नेहरू धेरै जना छन् ।

  • 7परमप्रभु मेरो सहायकको रूपमा मेरो पक्षमा हुनुहुन्छ । मलाई घृणा गर्नेहरूलाई म विजयको दृष्‍टिले हे्र्नेछु ।