नीतिवचन 17:21

अनलक शाब्दिक बाइबल

जो मूर्खको बुबाआमा, तिनीहरूले आफैमा शोक ल्याउँछन्, र मूर्खको बुबामा कुनै आनन्द हुँदैन ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • नीति 10:1 : 1 ¶ सोलोमनको हितोपदेश । बुद्धिमान् छोरोले आफ्नो बुबालाई खुसी तुल्याउँछ, तर मूर्ख छोरोले आफ्नी आमामा शोक ल्याउँछ ।
  • नीति 19:13 : 13 मूर्ख छोरो त्यसको बुबाको लागि विनाश हो, र झगडा गर्ने पत्‍नीचाहिँ नित्य परिरहने तपतपे झरीजस्तै हो ।
  • नीति 17:25 : 25 मूर्ख छोरो आफ्नो बुबाको लागि शोक हो, र त्यसलाई जन्माउने आमाको लागि तिक्तता हो ।
  • नीति 15:20 : 20 बुद्धिमान् छोरोले आफ्नो बुबालाई आनन्द दिन्छ, तर मूर्ख व्यक्तिले आफ्नी आमालाई तुच्छ ठान्छ ।
  • नीति 23:15-16 : 15 हे मेरो छोरो, तेरो हृदय बुद्धिमानी छ भने मेरो हृदय पनि प्रसन्‍न हुने छ । 16 तेरो ओठले जे ठिक छ, त्यही बोल्दा मेरो अन्तस्करण रमाउने छ ।
  • उत्प 26:34 : 34 चालिस वर्षको हुँदा एसावले हित्ती बेरीकी छोरी यहूदीत र हित्ती एलोनकी छोरी बासमतलाई विवाह गरी ल्‍याए ।
  • १ शमू 2:32-35 : 32 मरो बासस्‍थानमा नै तैले संकष्‍ट देख्‍नेछस् । इस्राएललाई असल कुरा दिइए तापनि, तेरो घरानामा कोही वृद्ध मानिस हुनेछैन । 33 आफ्‍नो वेदीबाट मैले वञ्‍चित तेरा कुनै पनि व्‍यक्‍तिका आँखा धमिलिनेछन् र तेरो जीवनको निम्ति म कष्‍ट ल्याउनेछु । तेरो परिवारमा जन्मका सबै मानिसहरू मर्नेछन् । 34 तेरा दुई छोराहरू होप्‍नी र पीनहासमाथि आईपर्ने चिन्ह यो हुनेछः तिनीहरू दुवै एकै दिनमा मर्नेछन् । 35 म आफ्‍नो निम्ति एक जना विश्‍वासयोग्य पुजारी नियक्‍त गर्नेछु जसले मेरो हृदय र मेरो प्राणमा जे छ सो गर्नेछ । उसको घराना निर्माण गर्नेछु, अनि ऊ नै मेरो अभिषिक्‍त राजाको सामु सधैं हिंड्‍नेछ ।
  • १ शमू 8:3 : 3 तिनका छोराहरू तिनका मार्गहरूमा हिंडेनन्, तर बेइमानपूर्ण लाभको पछि लागे । तिनीहरूले घूस लिए र न्यायलाई भ्रष्‍ट बनाए ।
  • २ शमू 18:33 : 33 अनि राजा गहिरो शोकमा परे र तिनी ढोकामाथिको कोठामा गए र रोए । जसै तिनी हिंडे, तिनले विलाप गरे, “ए मेरो छोरा ए अब्शालोम, ए मेरो छोरा अब्शालोम! बरु म तिम्रो सट्टामा मरेको भए हुन्थ्यो नि, ए अब्शालोम, ए मेरो छोरा, ए मेरो छोरा!”
  • २ कोरि 2:3 : 3 मैले जे लेखेँ, त्यो यसकारण लेखेँ कि म तिमीहरूकहाँ आउँदा जुन व्यक्‍तिहरूद्वारा मैले आनन्द पाउनुपर्ने थियो तिनीहरूद्वारा म दुःखित नहोऊँ । मेरो आनन्द तिमीहरू सबैमा भएको जस्तै छ भन्‍ने कुरामा म निश्‍चित छु ।
  • फिले 1:19-20 : 19 म पावल, आफ्नै हातले यो कुरा लेख्‍दै छु, कि त्यो म तिमीलाई तिरिदिनेछु । म यो उल्‍लेख गर्दिनँ, कि तिमी आफ्नो जीवनको निम्ति मप्रति कति ऋणी छौ । 20 हो, भाइ, मेरो आनन्दको निम्ति प्रभुमा केही गरिदेऊ; ख्रीष्‍टमा मेरो हृदयलाई ताजा पारिदेऊ ।
  • ३ यूह 1:4 : 4 योभन्दा अर्थात् मेरा छोराछोरीहरू सत्यतामा हिँड्छन् भनी सुन्‍नुभन्दा अरू कुनै ठूलो आनन्द मसँग हुँदैन ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • नीति 17:24-25
    2 पदहरू
    87%

    24समझशक्ति भएको व्यक्तिले बुद्धितिर आफ्नो मन लगाउँछ, तर मूर्खको आँखा पृथ्वीको कुनाकुनामा पुग्छ ।

    25मूर्ख छोरो आफ्नो बुबाको लागि शोक हो, र त्यसलाई जन्माउने आमाको लागि तिक्तता हो ।

  • नीति 15:20-21
    2 पदहरू
    81%

    20बुद्धिमान् छोरोले आफ्नो बुबालाई आनन्द दिन्छ, तर मूर्ख व्यक्तिले आफ्नी आमालाई तुच्छ ठान्छ ।

    21मूर्खताले बेसमझको मानिसलाई आनन्द दिन्छ, तर समझशक्ति भएको मानिस सिधा बाटोमा हिँड्छ ।

  • 24धर्मात्माको बुबा अत्यन्तै आनन्दित हुने छ, र बुद्धिमान् छोरोलाई जन्म दिने मानिस त्यसमा प्रसन्‍न हुने छ ।

  • 1¶ सोलोमनको हितोपदेश । बुद्धिमान् छोरोले आफ्नो बुबालाई खुसी तुल्याउँछ, तर मूर्ख छोरोले आफ्नी आमामा शोक ल्याउँछ ।

  • 29आफ्नै घरानामाथि सङ्कष्‍ट ल्याउनेको भाग बतास हुने छ, र मूर्खचाहिँ बुद्धिमान्‌को नोकर हुने छ ।

  • 20कुटिल हृदय भएको मानिसले कुनै असल कुरो पाउँदैन । छली जिब्रो भएको मानिस विपत्तिमा पर्छ ।

  • 5मूर्खले आफ्नो बुबाको अर्तीलाई हेला गर्छ, तर सुधारबाट सिक्‍नेचाहिँ विवेकशील हो ।

  • 13मूर्ख छोरो त्यसको बुबाको लागि विनाश हो, र झगडा गर्ने पत्‍नीचाहिँ नित्य परिरहने तपतपे झरीजस्तै हो ।

  • 15बच्‍चाको हृदयमा मूर्खता जेलिएको हुन्छ, तर अनुशासनको लट्ठीले त्यसलाई टाढा भगाउँछ ।

  • 3मान्छेको मूर्खताले त्यसको जीवन बर्बाद पार्छ, र त्यसको हृदय परमप्रभुको विरुद्धमा क्रोधित हुन्छ ।

  • 16बुद्धिको विषयमा सिक्‍न मूर्खले किन पैसा तिर्ने जब कि त्योसित यसलाई सिक्‍ने कुनै क्षमता नै छैन?

  • नीति 19:26-27
    2 पदहरू
    75%

    26आफ्नो बुबालाई लुट्ने र आफ्नी आमालाई लखेट्ने छोरोले लाज र बेइज्‍जत ल्याउँछ ।

    27हे मेरो छोरो, तैँले अर्ती सुन्‍न छाडिस् भने तँ ज्ञानका वचनहरूबाट बहकिने छस् ।

  • 17झट्ट रिसाउनेले मूर्ख कुराहरू गर्छ, र दुष्‍ट योजनाहरू रच्नेलाई घृणा गरिन्छ ।

  • 2मूर्खलाई समझशक्तिमा कुनै रमाहट हुँदैन, तर त्यसको हृदयमा भएको कुरो प्रकट गर्न पाए त्यो प्रसन्‍न हुन्छ ।

  • 12मूर्खलाई त्यसको मूर्खतामा भेट्नुभन्दा बरु बच्‍चा खोसिएको भालुसित भेट गर्नु उत्तम हुन्छ ।

  • 20के आफ्नो वचनमा हतारिएर बोल्ने मानिसलाई तँ देख्छस्? त्यसको लागि भन्दा त मूर्खको लागि बढी आशा हुन्छ ।

  • नीति 26:4-6
    3 पदहरू
    73%

    4मूर्खलाई त्यसको मूर्खताअनुसार जवाफ नदे, नत्रता तँ त्योजस्तै हुने छस् ।

    5मूर्खलाई जवाफ दे र त्यसको मूर्खतामा मिल् ताकि त्यो त्यसको आफ्नै दृष्‍टिमा बुद्धिमान् नहोस् ।

    6मूर्खको हातमा सन्देश पठाउने मानिसले आफ्नै खुट्टामा बन्चरो हानेर हिंसा पिउँछ ।

  • 23दुष्‍टता मूर्खले खेल्ने खेल हो, तर बुद्धि समझशक्ति भएको मानिसको लागि खुसी हो ।

  • नीति 17:5-6
    2 पदहरू
    73%

    5गरिबलाई गिल्ला गर्नेले आफ्नो सृष्‍टिकर्ताको अपमान गर्छ, र अर्काको विपत्तिमा रमाउनेचाहिँ दण्डविना उम्कने छैन ।

    6नाति-नातिनाहरू पाकाहरूका मुकुट हुन्, र बुबाआमाले तिनीहरूमा आदर ल्याउँछन् ।

  • नीति 26:10-11
    2 पदहरू
    73%

    10मूर्ख वा बटुवालाई ज्यालामा काम लगाउनु धनुर्धारीले त्यसको वरिपरि भएका सबैलाई काँड हानी चोट पुर्‍याउनुजस्तै हो ।

    11जसरी कुकुर आफ्नै बान्तामा फर्केर आउँछ, त्यसै गरी मूर्खले आफ्नो मूर्खता दोहोर्‍याउँछ ।

  • 18कुनै मानिसको हठी र विर्दोही छोरो छ जसले आफ्ना बुबा वा आमाको कुरा मान्दैन वा र तिनीहरूले त्यसलाई सुधार्दा पनि त्यो सुध्रदैन भने

  • 17आफ्नो छोरोलाई अनुशासनमा राख्, र त्यसले तैलाई चैन दिने छ; त्यसले तेरो जीवनमा आनन्द ल्याउने छ ।

  • 7व्यवस्था पालन गर्ने छोरो समझदार हुन्छ, तर घिचावाको सङ्गत गर्नेले चाहिँ आफ्नो बुबालाई लज्‍जित तुल्याउँछ ।

  • 10मूर्खलाई भोग-विलासमा जिउनु सुहाउँदैन भने कमाराले राजकुमारहरूमाथि शासन चलाउनु झन् कति नराम्रो हो!

  • 13चेताउनीहरूलाई कसरी सुन्‍ने भनी नजान्‍ने वृद्ध र मूर्ख राजा हुनुभन्दा गरिब तर बुद्धिमान् जवान मानिस हुनु उत्तम हो ।

  • नीति 18:6-7
    2 पदहरू
    72%

    6मूर्खको ओठले आफैमाथि कलह ल्याउँछ, र त्यसको मुखले पिटाइ निम्त्याउँछ ।

    7मूर्खको मुख त्यसको विनाश हो, र त्यसले आफ्नै ओठले आफैलाई पासोमा पार्छ ।

  • 16समझदार मानिसले आफ्नो ज्ञानअनुसार हरेक निर्णय गर्छ, तर मूर्खले आफ्नो मूर्खताको तमाशा देखाउँछ ।

  • 20इच्छा गरिएको खजाना र तेल बुद्धिमान्‌को बासस्थानमा हुन्छन्, तर मूर्खले यी सबै निलिदिन्छन् ।

  • 2बुद्धिमान् नोकरले लाजमर्दो गरी काम गर्ने छोरोमाथि शासन जमाउँछ, र दाजुभाइ सरह नै पैतृक-सम्पत्ति पाउने छ ।

  • 11हे मेरो छोरो, बुद्धिमान हो, र मेरो हृदयलाई आनन्दित तुल्या । तब मेरो खिल्ली उडाउनेलाई म जवाफ दिने छु ।

  • 13जसरी मूर्खको मुखबाट वचनहरू प्रवाह हुन थाल्छन्, त्यसै गरी मूर्खता बाहिर आउँछ, र अन्त्यमा त्यसको मुखबाट दुष्‍ट पागलपना बाहिर निस्कन्छ ।

  • 15मूर्खको बाटो त्यसको आफ्नै दृष्‍टिमा ठिक हुन्छ, तर बुद्धिमान् मानिसले सरसल्लाह सुन्छ ।

  • 11मूर्खले आफ्ना सबै रिस प्रकट गर्छ, तर बुद्धिमान् मानिसले त्यसलाई थामेर शान्त हुन्छ ।

  • 11तित्रोले आफूले नपारेको अण्डा ओथ्रने काम गर्छ । कोही मानिस अन्यायपूर्वक धनी बन्‍न सक्छ, तर त्‍यसका आधा उमेर सकिन्‍छन् तब ती धनले त्यसलाई छाड्नेछन्, र अन्त्यमा त्यो मूर्ख हुनेछ ।”

  • 14विवेशकशीलहरूको हृदयले ज्ञानको खोजी गर्छ, तर मूर्खहरूको मुखले मूर्खता नै रुचाउँछ ।

  • 10द्वेषपूर्ण आँखा झिम्क्याउनेले शोक निम्त्याउँछ, तर बकबके मूर्ख फ्याँकिने छ ।

  • 22आनन्दित हृदय असल औषधी हो, तर टुटेको हृदयले हड्‍डीहरूलाई सुकाउँछ ।

  • 21सुरुमा झट्टै प्राप्‍त गरेको पैतृक-सम्पत्तिले अन्त्यमा थोरै भलाइ गर्ने छ ।

  • 17आफ्‍ना विद्रोही मार्गहरूमा तिनीहरू मूर्ख थिए र आफ्‍ना पापहरूका कारणले कष्‍टमा परे ।

  • 24आफ्नो छोरोलाई अनुशासनमा नराख्‍नेले उसलाई घृणा गर्छ, तर आफ्नो छोरोलाई प्रेम गर्नेले उसलाई होसियारीसाथ अर्ती दिन्छ ।

  • 8संवेदनशील हुनेहरूले आज्ञालाई स्वीकार गर्छन्, तर बकबके मूर्ख नष्‍ट हुने छ ।

  • 1¶ बुद्धिमान् छोरोले आफ्नो बुबाको अर्ती सुन्छ, तर गिल्ला गर्नेले हप्कीलाई सुन्दैन ।