उपदेशक 4:13
चेताउनीहरूलाई कसरी सुन्ने भनी नजान्ने वृद्ध र मूर्ख राजा हुनुभन्दा गरिब तर बुद्धिमान् जवान मानिस हुनु उत्तम हो ।
चेताउनीहरूलाई कसरी सुन्ने भनी नजान्ने वृद्ध र मूर्ख राजा हुनुभन्दा गरिब तर बुद्धिमान् जवान मानिस हुनु उत्तम हो ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
14त्यो जवान मानिस झ्यालखानाबाट निस्केर राजा भए तापनि वा आफ्नै राज्यमा गरिब जन्मेको भए तापनि यो साँचो हुन्छ ।
15मैले देखेँ, कि सूर्यमूनि हरेक जिउँदो मानिस र यताउता हिँडडुल गर्नेहरू त्यही जवान मानिससित हिँड्दै थिए जसले आफ्नो ठाउँ लिनै लागेको थियो ।
15अब त्यस सहरमा एउटा गरिब मानिस फेला पारियो । त्यो बुद्धिमान् थियो, जसले आफ्नो बुद्धिले सहरलाई बचायो । तरै पनि पछि कसैले पनि त्यस गरिब मानिसलाई सम्झेन ।
16त्यसैले मैले निष्कर्ष निकालेँ, “शक्तिभन्दा बुद्धि उत्तम हो, तर त्यस गरिब मानिसको बुद्धिलाई तुच्छ ठानियो, र त्यसका वचनहरूलाई ध्यानै दिइएन ।”
17मूर्खहरूका बिचमा भएको शासकको चर्को सोरभन्दा नम्र भएर बोलिएका बुद्धिमान् मानिसका वचनहरूलाई राम्ररी ध्यान दिइन्छ ।
1¶ बोलीवचनमा कुटिल भई मूर्ख हुनुभन्दा आफ्नो सत्यनिष्ठामा हिँड्ने गरिब मानिस उत्तम हो ।
4बुद्धिमान्को हृदय शोकको घरमा हुन्छ, तर मूर्खहरूको हृदय भोजको घरमा हुन्छ ।
5मूर्खहरूको गीत सुन्नुभन्दा बुद्धिमान्को हप्की सुन्नु उत्तम हो ।
20बुद्धिमान् छोरोले आफ्नो बुबालाई आनन्द दिन्छ, तर मूर्ख व्यक्तिले आफ्नी आमालाई तुच्छ ठान्छ ।
21मूर्खताले बेसमझको मानिसलाई आनन्द दिन्छ, तर समझशक्ति भएको मानिस सिधा बाटोमा हिँड्छ ।
24समझशक्ति भएको व्यक्तिले बुद्धितिर आफ्नो मन लगाउँछ, तर मूर्खको आँखा पृथ्वीको कुनाकुनामा पुग्छ ।
25मूर्ख छोरो आफ्नो बुबाको लागि शोक हो, र त्यसलाई जन्माउने आमाको लागि तिक्तता हो ।
5मूर्खले आफ्नो बुबाको अर्तीलाई हेला गर्छ, तर सुधारबाट सिक्नेचाहिँ विवेकशील हो ।
1¶ सोलोमनको हितोपदेश । बुद्धिमान् छोरोले आफ्नो बुबालाई खुसी तुल्याउँछ, तर मूर्ख छोरोले आफ्नी आमामा शोक ल्याउँछ ।
15बच्चाको हृदयमा मूर्खता जेलिएको हुन्छ, तर अनुशासनको लट्ठीले त्यसलाई टाढा भगाउँछ ।
15लट्ठी र सुधारले बुद्धि दिन्छन्, तर अनुशासनविनाको बालकले आफ्नी आमालाई लाजमा पार्छ ।
6आफ्ना मार्गहरूमा टेडो हुने धनी मानिसभन्दा आफ्नो निष्ठामा हिँड्ने गरिब मानिस उत्तम हुन्छ ।
7व्यवस्था पालन गर्ने छोरो समझदार हुन्छ, तर घिचावाको सङ्गत गर्नेले चाहिँ आफ्नो बुबालाई लज्जित तुल्याउँछ ।
6नाति-नातिनाहरू पाकाहरूका मुकुट हुन्, र बुबाआमाले तिनीहरूमा आदर ल्याउँछन् ।
7सिपालु बोलीवचन मूर्खलाई सुहाउँदैन । शासकको लागि झुट बोल्ने ओठ झन कति असुहाउँदो हुन्छ!
1¶ बुद्धिमान् छोरोले आफ्नो बुबाको अर्ती सुन्छ, तर गिल्ला गर्नेले हप्कीलाई सुन्दैन ।
16त्यो देशलाई धिक्कार होस्, जुन देशको राजा जवान ठिटो छ, र त्यसका अगुवाहरूले बिहानैदेखि उपवास बस्न थाल्छन्!
2बुद्धिमान् नोकरले लाजमर्दो गरी काम गर्ने छोरोमाथि शासन जमाउँछ, र दाजुभाइ सरह नै पैतृक-सम्पत्ति पाउने छ ।
3तथापि, ती दुवैभन्दा पनि अझै नजन्मेकोचाहिँ बढी भाग्यमानी हो । त्यसले सूर्यमूनि गरिएको कुनै पनी खराब कामहरू देख्नै पाएको हुँदैन ।
10मूर्खलाई भोग-विलासमा जिउनु सुहाउँदैन भने कमाराले राजकुमारहरूमाथि शासन चलाउनु झन् कति नराम्रो हो!
24बुद्धिमान् मानिसहरूको मुकुट तिनीहरूको सम्पत्ति हो, तर मूर्खहरूको मूर्खताले तिनीहरूमा झन् बढी मूर्खता ल्याउँछ ।
16सुनभन्दा बुद्धि प्राप्त गर्नु र चाँदीभन्दा समझशक्ति प्राप्त गर्नु उत्तम हुन्छ ।
21जो मूर्खको बुबाआमा, तिनीहरूले आफैमा शोक ल्याउँछन्, र मूर्खको बुबामा कुनै आनन्द हुँदैन ।
10यसो नभन्, “यीभन्दा पाकाहरूका दिन किन उत्तम हुन्छ?” किनकि बुद्धिको कारण तैँले यो प्रश्न सोधेको होइन ।
11पैतृक-सम्पत्तिजस्तै बुद्धि राम्रो कुरो हो । यसले सूर्य देख्नेहरूलाई लाभ दिन्छ ।
20के आफ्नो वचनमा हतारिएर बोल्ने मानिसलाई तँ देख्छस्? त्यसको लागि भन्दा त मूर्खको लागि बढी आशा हुन्छ ।
6बच्चालाई त्यो हिँड्नुपर्ने बाटोमा लाग्न सिका, र बुढेस्कालसम्म पनि त्यो त्यस अर्तीबाट तर्कने छैन ।
5बुद्धिमानी मानिसहरूले सुनून् र तिनीहरूको ज्ञान बढाऊन्, अनि विवेकशील मानिसहरूले मार्गदर्शन पाऊन्,
8वास्तवमा मूर्खलाई भन्दा बुद्धिमान् मानिसलाई केचाहिँ बढी फाइदा छ र? अरू मानिसहरूको सामुन्ने कसरी व्यवहार गर्ने भनी गरिब मानिसलाई थाहा भए तापनि त्यसलाई के लाभ हुन्छ र?
13बुद्धि प्राप्त गर्ने धन्यको हो । त्यसले समझशक्ति पनि पाउँछ ।
33बुद्धिले विवेकीको हृदयमा बास गर्छ, र मूर्खहरूका बिचमा समेत त्यसले आफूलाई चिनाउँछ ।
24धर्मात्माको बुबा अत्यन्तै आनन्दित हुने छ, र बुद्धिमान् छोरोलाई जन्म दिने मानिस त्यसमा प्रसन्न हुने छ ।
4“युवाहरूलाई मात्र म तिनीहरूका अगुवाहरूको बनाउनेछु र जवानहरूले तिनीहरूमाथि शासन गर्नेछन् ।
18बेसमझ मानिसले मूर्खता कमाउँछ, तर समझदार मानिसले ज्ञानको मुकुट पहिरिन्छ ।
11धनी मानिस आफ्नै दृष्टिमा बुद्धिमान् होला, तर समझशक्ति भएको गरिब मानिसले त्यसलाई पत्ता लगाउने छ ।
1¶ हे मेरा छोराहरू हो, बुबाको निर्देशन सुन, र ध्यान देओ ताकि समझशक्ति के रहेछ भनी तिमीहरूले जान्न सक ।
11हे मेरो छोरो, बुद्धिमान हो, र मेरो हृदयलाई आनन्दित तुल्या । तब मेरो खिल्ली उडाउनेलाई म जवाफ दिने छु ।
22राजा भएको नोकर, खानाले टन्न अघाएको मूर्ख,
10मूर्खलाई सय कोर्रा प्रहार गर्नुभन्दा बरु समझशक्ति भएको व्यक्तिलाई एउटा हप्की काफी हुन्छ ।
16बुद्धिको विषयमा सिक्न मूर्खले किन पैसा तिर्ने जब कि त्योसित यसलाई सिक्ने कुनै क्षमता नै छैन?
13जसरी अन्धकारभन्दा ज्योति उत्तम हो, त्यसै गरी मूर्खताभन्दा बुद्धिका फाइदाहरू रहेछन् भनी मैले बुझ्न थालेँ ।
9महान् मानिसहरू मात्र बुद्धिमान् हुँदैनन्, न त पाका मानिसहरूले मात्र न्यायलाई बुझ्छन् ।
16किनकि मूर्खलाई झैँ बुद्धिमान् मानिसलाई पनि धेरै लामो समयसम्म सम्झँदैन । आउँदा दिनहरूमा हरेक कुरा बिर्सिएको हुने छ । बुद्धिमान् मानिस मूर्खझैँ मर्छ ।
13मूर्ख छोरो त्यसको बुबाको लागि विनाश हो, र झगडा गर्ने पत्नीचाहिँ नित्य परिरहने तपतपे झरीजस्तै हो ।
18अर्तीलाई बेवास्ता गर्नेले गरिबी र लाज पाउने छ, तर सुधारबाट सिक्ने जनमा आदर आउने छ ।