नीतिवचन 20:30
चोट लगाउने मुक्काले खराबीलाई साफ गर्छ, र पिटाइले भित्री भागहरूलाई शुद्ध पार्छ ।
चोट लगाउने मुक्काले खराबीलाई साफ गर्छ, र पिटाइले भित्री भागहरूलाई शुद्ध पार्छ ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
10मूर्खलाई सय कोर्रा प्रहार गर्नुभन्दा बरु समझशक्ति भएको व्यक्तिलाई एउटा हप्की काफी हुन्छ ।
25डामको सट्टा डाम, चोटको सट्टा चोट र कुटाइको सट्टा कुटाइ मिलोस् ।
5तिमीहरूलाई अझै पनि किन पिटाइ खाँदैछौ? तिमीहरू किन झन् विद्रोह गर्छौ? सम्पुर्ण टाउको नै बिरामी छ र सम्पुर्ण हृदय नै कमजोर छ ।
6शिरदेखि पाउसम्म हानि नभएको कुनै अंग छैन । घाउहरू, चोटपटक र भर्खरका खुल्ला घाउहरू मात्र छन् । ती बन्द गरिएका, सफा गरिएका, पट्टि लगाइएका छैनन्, न त तेलले उपचार गरिएका छन् ।
29युवाहरूको महिमा तिनीहरूको शक्ति हो, र पाकाहरूको शोभा तिनीहरूको फुलेको कपाल हो ।
17हेर, त्यो मानिस धन्यको हो, जसलाई परमेश्वरले सुधार्नुहुन्छ । त्यसकारण सर्वशक्तिमान्को ताडनालाई इन्कार नगर ।
18किनकि उहाँले चोट पुर्याउनुहुन्छ, र पट्टी बाँध्नुहुन्छ । उहाँले चोट पुर्याउनुहुन्छ र आफ्नै हातले निको पार्नुहुन्छ ।
8यो तेरो शरीरको लागि चङ्गाइ हुने छ, र तेरो देहको लागि ताजापन हुने छ ।
22कुरौटेका वचनहरू स्वादिष्ट गाँसजस्तै हुन्छन् । ती शरीरको भित्री भागसम्म प्रवेश गर्छन् ।
8कुरौटेका वचनहरू स्वादिष्ट गाँसझैँ हुन्छन्, र ती शरीरका भित्री भागसम्म पुग्छन् ।
29गिल्ला गर्नेहरूका लागि दण्डाज्ञा र मूर्खहरूको पिठिउँको लागि कोर्रा तयार छ ।
5तर हाम्रा विद्रोहपूर्ण कामहरूका कारणले उसलाई घोचिएको थियो । हाम्रा पापहरूका कारणले उसलाई पेलिएको थियो । हाम्रो शान्तिको निम्ति उसमाथि दण्ड पर्यो र उसका घाउहरूले हामी निको भएका छौं ।
22आनन्दित हृदय असल औषधी हो, तर टुटेको हृदयले हड्डीहरूलाई सुकाउँछ ।
24हामी पापको भागीदार नबनौँ र धार्मिकताको खातिर जिऔँ भनेर उहाँले हाम्रा सबै पाप आफ्नो शरीरमा बोकी क्रुसमा चढ्नुभयो । उहाँका चोटले तिमीहरू निको भएका छौ ।
24त्यो मानिस फलामको हतियारबाट भागे तापनि, काँसको धनुले उसलाई प्रहार गर्नेछ ।
25आफ्नो पिठिउँबाट उसले त्यो तान्नेछ, र चम्कने टुप्पो उसको कलेजोबाट बाहिर निस्कनेछ । उसमा त्रासहरू आउनेछन् ।
22उसले आफ्नो शरीरको दुखलाई अनुभव गर्छ, र उसले आफ्नै निम्ति शोक गर्छ ।
33जसरी दूध मथेर घिउ निस्कन्छ, र नाक ठोक्किँदा रगत निस्कन्छ, त्यसरी नै रिसमा गरिएको कामले द्वन्द्व उत्पन्न गराउँछ ।
13बुद्धि विवेकशील व्यक्तिको ओठमा पाइन्छ, तर लट्ठीचाहिँ समझ नभएको व्यक्तिको लागि हो ।
2दोषी मानिसले पिटाइ खानुपर्छ भने न्याकर्ताले त्यसलाई लम्पसार पर्न लगाएर न्यायकर्ताको उपस्थितिमा त्यसको अपराधअनुसार त्यसलाई कोर्रा हानोस् ।
3न्यायकर्ताले त्यसलाई चालिस कोर्रा लगाउन सक्छ, तर त्यसभन्दा बढीचाहिँ होइन । किनकि त्यसभन्दा बढी कोर्रा लगाए तिमीहरूको इस्राएली भाइ तिमीहरूको दृष्टिमा अपमानित हुने छ ।
6किनकि परमप्रभुले जसलाई प्रेम गर्नुहुन्छ ती हरेकलाई अनुशासनमा राख्नुहुन्छ । अनि उहाँले ग्रहण गर्ने हरेक छोरालाई उहाँले दण्ड दिनुहुन्छ ।”
18यदि कसैको छालामा कुनै फोका आयो र त्यो निको भयो,
33त्यो चोट र लाजको हकदार बन्छ, र त्यसको अपमान मेटिने छैन ।
12किनकि परमप्रभु यसो भन्नुहुन्छ, 'तेरो घाउलाई निको पार्न सकिंदैन । तेरो चोट सङ्क्रमित भएको छ ।
17दयाले व्यक्तिले आफैमा लाभ ल्याउँछ, तर क्रुर व्यक्तिले आफैलाई चोट पुर्याउँछ ।
15बच्चाको हृदयमा मूर्खता जेलिएको हुन्छ, तर अनुशासनको लट्ठीले त्यसलाई टाढा भगाउँछ ।
30शान्त हृदय शरीरको लागि जीवन हो, तर ईर्ष्याले हड्डीहरूलाई सडाउँछ ।
18असावधानसाथ बोल्नेका वचनहरू तरवारको घोचाइझैँ हुन्छन्, तर बुद्धिमान्को बोलीले चङ्गाइ ल्याउँछ ।
10तेरो हृदयबाट रिसलाई हटा, र तेरो शरीरमा भएको कुनै पनि दर्दलाई बेवास्ता गर्, किनकि युवावस्था र यसको शक्ति व्यर्थ हुन् ।
35तैँले भन्ने छस्, “तिनीहरू मलाई हिर्काए, तर मलाई चोट लागेन ।” तिनीहरूले मलाई पिटे, तर मलाई यसको अनुभूति भएन । म कहिले ब्युँझने छु? म अर्को चुस्की खोज्ने छु ।”
6करारको विश्वसनियता र भरोसाद्वारा अधर्मको प्रायश्चित्त हुन्छ, र परमप्रभुको भयद्वारा मानिसहरू खराबीबाट तर्कने छन् ।
14मानिसको आत्मा बिरामी अवस्थामा बाँच्ने छ, तर टुटेको आत्माको पीडालाई कसले सहन सक्छ र?
18मानिसहरू एक-अर्कासित झगडा गर्दा एउटाले अर्कोलाई ढुङ्गाले वा मुक्काले हिर्कायो र त्यो व्यक्ति नमरी ओछ्यान पर्यो
19र त्यो फेरि उठेर आफ्नो लट्ठीको सहायताले यताउता हिँड्न सक्यो भने हिर्काउनेले त्यसको समयको हर्जाना तिर्नुपर्छ । त्यसले ऊ पूर्ण निको नभएसम्म सबै खर्च पनि दिनुपर्छ । तर त्यो मानिस हत्याको दोषी भने हुँदैन ।
22किनकि मेरा वचनहरू पाउनेका लागि ती जीवन हुन्, र तिनीहरूको पुरै शरीरको लागि स्वास्थ्य हो ।
19यदि कसैले आफ्नो छिमेकीलाई घाइते बनायो भने, त्यसले आफ्नो छिमेकीलाई जे गरेको थियो त्यसलाई पनि त्यही गरियोस्,
20चोटको साटो चोट, आँखाको साटो आँखा, दाँतको साटो दाँत । त्यसले अर्को मानिसलाई घाइते बनाएको कारण त्यसलाई पनि त्यस्तै गरियोस् ।
20तब बाँकी हुनेहरू यो सुनेर डराने छन्, अनि त्यसपछि कसैले पनि तिमीहरूका बिचमा यस्तो दुष्टता गर्ने छैन ।
25गिल्ला गर्नेलाई हिर्का, र निर्बुद्धि मानिस विवेकी बन्ने छ । समझदार मानिसलाई अनुशासनमा राख्, र त्यसले ज्ञान प्राप्त गर्ने छ ।
14त्यसलाई छडी लगाउने र पातालबाट त्यसको प्राण जोगाउने तँ नै होस् ।
19मानिसलाई ओछ्यानमा हुने पीडा, उसका हड्डीहरूमा निरन्तर हुने वेदनाद्वारा पनि उसलाई दण्ड दिइन्छ,
6मित्रले दिएको चोट पत्यारलाग्दो हुन्छ, तर शत्रुले तँलाई प्रचुर मात्रामा चुम्बन गर्न सक्छ ।
3हलो जोत्नेहरूले मेरो ढाडमा जोते । तिमीहरूले आफ्ना हलोको डोबलाई लामो बनाए ।
24आफ्नो छोरोलाई अनुशासनमा नराख्नेले उसलाई घृणा गर्छ, तर आफ्नो छोरोलाई प्रेम गर्नेले उसलाई होसियारीसाथ अर्ती दिन्छ ।
18र तेरा चाल र कामहरूले तँमाथि यी कुरा ल्याएका छन् । यो तेरो दण्ड हुनेछ । यो कति भयानक हुनेछ! यसले तेरो हृदयलाई नै प्रहार गर्नेछ ।
27मानिसको आत्मा परमप्रभुको बत्ती हो जसले त्यसका भित्री भागहरूको खोजी गर्छ ।
13आनन्दित हृदयले मुहारलाई हँसिलो बनाउँछ, तर हृदयको पिरले आत्मालाई चोट पुर्याउँछ ।
29तब तरवारदेखि डराउनुहोस्, किनकि क्रोधले तरवारको दण्ड ल्याउँछ, यसरी न्याय हुन्छ भनी तपाईंहरूले जान्नुहुनेछ ।”