नीतिवचन 21:25
अल्छेको इच्छाले त्यसलाई मार्छ, किनकि त्यसको हातले काम गर्न इन्कार गर्छ ।
अल्छेको इच्छाले त्यसलाई मार्छ, किनकि त्यसको हातले काम गर्न इन्कार गर्छ ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
4अल्छे मानिसको भोकले लालस गर्छ, तर केही पाउँदैन, जब कि परिश्रमी मानिसको भोक पूर्ण रूपमा सन्तुष्ट हुने छ ।
15अल्छीपनले मानिसलाई घोर निद्रामा पुर्याउँछ, र काम गर्न अनिच्छुकचाहिँ भोकभोकै हुने छ ।
16आज्ञा पालन गर्नेले त्यसको जीवनको रखवाली गर्छ, तर आफ्ना मार्गहरूबारे नसोच्नेचाहिँ मर्ने छ ।
13अल्छे मानिसले भन्छ, “सडकमा सिंह छ । खुला ठाउँहरूका बिचमा सिंह छ ।”
14ढोका आफ्नो कब्जामा यताउता हल्लेझैँ अल्छे मानिस आफ्नो खाटमा पल्टन्छ ।
15अल्छे मानिसले आफ्नो हात थालमा गाड्छ, र त्यसलाई आफ्नो मुखसम्म पुर्याउन पनि त्योसित शक्ति हुँदैन ।
16सही न्यायसहित प्रतिक्रिया दिने सात जना मानिसभन्दा अल्छे मानिस त्यसको आफ्नै दृष्टिमा बुद्धिमान् हुन्छ ।
23परमप्रभुप्रतिको आदरले मानिसहरूलाई जीवनमा डोर्याउँछ । यो हुने कुनै पनि व्यक्ति सन्तुष्ट हुने छ, र त्यसलाई नोक्सानीले छुँदैन ।
24अल्छेले आफ्नो हात थालमा गाड्छ, र त्यसलाई आफ्नो मुखसम्म पनि ल्याउँदैन ।
26दिनभरि त्यसले केवल लालसा गर्छ, तर धर्मात्माले मुट्ठी खोलेर दिन्छ ।
27अल्छे मानिसले आफ्नो सिकार फेला पार्दैन, तर परिश्रमी मानिसले बहुमूल्य सम्पत्ति पाउने छ ।
24परिश्रमीको हातले शासन गर्ने छ, तर अल्छे मानिसलाई जबरजस्ती काम लगाइने छ ।
4अल्छेले शरद् ऋतुमा जोत्दैन । त्यसले कटनीको बेला फसल खोज्छ, तर केहीँ पाउने छैन ।
19अल्छेको बाटो काँढाको छेकबार भएको ठाउँझैँ हुन्छ, तर धर्मीको बाटो निर्मित लोकमार्ग हो ।
3परमप्रभुले धर्मी व्यक्तिको प्राणलाई भोकै रहन दिनुहुन्न, तर उहाँले दुष्टको इच्छालाई निराश तुल्याइदिनुहुन्छ ।
4अल्छे हातले मानिसलाई गरिब बनाउँछ, तर परिश्रमी मानिसको हातले धन-सम्पत्ति आर्जन गर्छ ।
9आफ्नो काम गराइमा मन्द हुने व्यक्ति सर्वनाश गर्नेको भाइजस्तै हो ।
26परिश्रमीको पेटले नै त्यसलाई काम गर्न लगाउँछ । त्यसको भोकले त्यसलाई अभिप्रेरित गर्छ ।
13अल्छे मानिसले भन्छ, “बाटोमा एउटा सिंह छ । मलाई खुला ठाउँहरूमा मारिने छ ।”
18अल्छेपनको कारण छाना भत्कन्छ, र निष्क्रिय हातको कारण घर चुहुने हुन्छ ।
9ए अल्छे मानिस, तँ कहिलेसम्म सुत्ने छस्? तेरो निद्राबाट तँ कहिले ब्युँझने छस्?
10क्षणिक सुताइ, क्षणिक उँघाइ र आरामको लागि क्षणिक हात बाँध्ने कामले
5परिश्रमीका योजनाहरूले केवल उन्नतितिर लैजान्छन्, तर हतार काम गर्नेचाहिँ केवल दरिद्रतामा पुग्छ ।
6झुट बोलेर सम्पत्ति आर्जन गर्नु उडिजाने बाफ र मार्ने पासोजस्तै हो ।
7दुष्टहरूको हिंसाले तिनीहरूलाई तानेर लैजान्छ, किनकि ठिक काम गर्न तिनीहरू इन्कार गर्छन् ।
26दाँतमा सिर्का र आँखामा धुवाँजस्तै अल्छे आफूलाई पठाउनेहरूका निम्ति त्यस्तै हुन्छ ।
33क्षणिक सुताइ, क्षणिक उँघाइ र आरामको लागि क्षणिक हात बाँध्ने कामले
24घमण्डी र हठी मानिसको नाउँ “खिल्ली उडाउने” हो र त्यसले अभिमानीसाथ व्यवहार गर्छ ।
30म अल्छे मानिसको खेतनेरबाट गएँ, बेसमझ मानिसको दाखबारीबाट भएर गएँ ।
5मूर्खले आफ्ना हात बाँधेर बस्छ, र कुनै काम गर्दैन । त्यसैले त्यसको भोजन त्यसको आफ्नै शरीर हुन्छ ।
16धर्मी मानिसको ज्यालाले जीवनमा पुर्याउँछ, तर दुष्टहरूको लाभले पापमा पुर्याउँछ ।
19अन्यायद्वारा धन थुपार्ने हरेकका मार्गहरू पनि त्यस्तै हुन्छन् । अन्यायद्वारा कमाउनेहरूको जीवन त्यही धनले छिनेर लैजान्छ ।
21किनकि मतवाला र घिचुवाहरू गरिब बन्छन्, र यस्तो लट्ठ्याइले तिनीहरूलाई झुत्रे बनाउँछ ।
11बेइमानीसित कमाएको धनको महत्त्व घट्दै जान्छ, तर आफ्नो हातले परिश्रम गरेर कमाएको धन बढ्दै जान्छ ।
12आशालाई स्थगित गरिँदा यसले हृदय छिया-छिया पार्छ, तर पुरा भएको तृष्णा जीवनको रुख हो ।
2किनकि मूर्ख मानिसलाई रिसले मार्छ। सजिलै छलमा पर्नेलाई ईर्ष्याले मार्छ ।
13निद्रालाई प्रेम नगर्, नत्रता तँ दरिद्र हुने छस् । तेरा आँखा खोल्, र तँसित खानलाई प्रशस्त हुने छ ।
20ऊ आफैमा सन्तुष्ट नभएको हुनाले, आफूले मजा लिने कुनै कुरा पनि उसले बचाउन सक्नेछैन ।
7मानिसका सबै काम त्यसको मुखको लागि हो, तापनि त्यसको भोक सन्तुष्ट हुँदैन ।
24दुष्ट व्यक्तिको डरले त्यसलाई उछिन्ने छ, तर धर्मी व्यक्तिको इच्छा पुरा हुने छ ।
6ए अल्छे मानिस, कमिलालाई हेर् । त्यसका चालहरूलाई विचार गरेर बुद्धिमानी बन् ।
10दुष्ट व्यक्तिले यो देख्नेछ र क्रुद्ध हुनेछ । त्यसले रिसले दाह्रा किट्नेछ र त्यो बिलेर जाने छ । दुष्ट मानिसहरूका इच्छा नष्ट हुनेछ ।
17मोजमज्जालाई प्रेम गर्ने गरिब हुनेछ । दाखमद्य र तेललाई प्रेम गर्ने धनी हुने छैन ।
12धेरै खाए पनि थोरै खाए पनि काम गर्ने मानिसको निद्रा मिठो हुन्छ, तर धनी मानिसको धन-सम्पत्तिले त्यसलाई राम्ररी सुत्न दिँदैन ।
25अर्को मानिस मनको तिक्ततामा नै मर्छ, जसले कुनै असल कुराको अनुभव कदापि गरेको छैन ।
10दुष्टको भोकले खराबीको लालसा गर्छ । त्यसको छिमेकीले त्यसको आँखामा निगाह देख्दैन ।
23धर्मी मानिसहरूका इच्छाले असल नतिजामा पुर्याउँछ, तर दुष्ट मानिसहरूले केवल क्रोधको अपेक्षा गर्न सक्छन् ।
3किनकि दुष्ट व्यक्तिले आफ्ना गहिरा इच्छाहरूमा घमण्ड गर्छ । त्यसले लालचीलाई आशिष् दिन्छ र परमप्रभुको अपमान गर्छ ।
21जसले मृत्यु नै नआई त्यसको प्रतीक्षा गर्छ, जसले गाड्धनभन्दा धेरै मृत्यको लागि खाडल खन्छ ।
4धन-सम्पत्ति कमाउन धेरै नघोट्टी । कहिले बन्द गर्ने भनी थाहा पाउन बुद्धिमानी बन् ।