नीतिवचन 24:26

अनलक शाब्दिक बाइबल

इमानदार जवाफ दिनेले ओठमा चुम्बन दिन्छ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • नीति 25:11-12 : 11 ठिक अवस्थामा बोलिएको वचन चाँदीमा जडान गरिएको सुनका स्याउहरूजस्तै हुन्छन् । 12 सुनको औँठी वा निखुर सुनबाट बनेको गहना सुन्‍ने कानको लागि बुद्धिमान् हप्कीझैँ हो ।
  • दानी 2:46-48 : 46 राजा नबूकदनेसर दानिएलको अगि घोप्टो परे र तिनको सम्मान गरे । तिनलाई भेटी चढाइयोस् र तिनको निम्ति धूप बालियोस् भनेर तिनले आज्ञा दिए । 47 राजाले दानिएललाई भने, “साँच्‍चै नै तिम्रा परमेश्‍वरचाहिं देवताहरूका परमेश्‍वर, राजाहरूका परमप्रभु हुनुहुन्छ, र उहाँले रहस्यहरू प्रकट गर्नुहुन्‍छ, किनकि तिमीले यो रहस्य प्रकट गर्न सफल भएका छौ ।” 48 अनि राजाले दानिएललाई उच्‍च सम्मान दिए र तिनलाई धेरै असल उपहारहरू दिए । तिनले उनलाई बेबिलोनको सम्‍पूर्ण प्रदेशमाथि शासक बनाए । बेबिलोनका सबैभन्दा ज्ञानी मानिसहरूमाथि दानिएल प्रमुख गभर्नर भए ।
  • मर 12:17-18 : 17 येशूले भन्‍नुभयो, “कैसरका चिजहरू कैसरलाई नै देओ र परमेश्‍वरका चिजहरू परमेश्‍वरलाई नै ।” तिनीहरू चकित भए । 18 त्यसपछि पुनरुत्थान हुँदैन भन्‍ने सदुकीहरू उहाँकहाँ आए । तिनीहरूले उहाँलाई यसो भनेर सोधे,
  • मर 12:32-34 : 32 शास्‍त्रीले भने, “हे असल गुरुज्यू! परमेश्‍वर एक मात्र हुनुहुन्छ र उहाँबाहेक अरू कोही पनि छैन भनी तपाईंले साँचो भन्‍नुभएको छ । 33 उहाँलाई सारा हृदय, सारा समझ र सारा शक्‍तिले प्रेम गर्नू अनि आफ्नो छिमेकीलाई आफूलाई झैँ प्रेम गर्नू होमबलि र बलिदानहरूभन्दा पनि महान् हो ।” 34 जब तिनले बुद्धिमत्तापूर्वक जवाफ दिएको येशूले देख्‍नुभयो, उहाँले तिनलाई भन्‍नुभयो, “तिमी परमेश्‍वरको राज्यबाट टाढा छैनौ ।” त्यसपछि कसैले पनि येशूलाई अरू प्रश्‍न गर्ने आँट गरेन ।
  • उत्प 41:38-57 : 38 फारोले आफ्ना कामदारहरूलाई भने, “यिनीजस्तै परमेश्‍वरको आत्मा भएको अर्को कुनचाहिँ मानिस हामी पाउन सक्छौँ र?” 39 त्यसैले फारोले योसेफलाई भने, “परमेश्‍वरले तिमीलाई यी सबै देखाउनुभएकोले तिमीजस्तै कुशल र बुद्धिमान् अरू कोही छैन । 40 तिमी नै मेरो घरको अधिकारी हुनेछौ र तिम्रो वचनअनुसार नै मेरा सबै मानिस चल्नेछन् । सिंहासनमा मात्रै म तिमीभन्दा ठुलो हुनेछु ।” 41 फारोले योसेफलाई भने, “हेर, मैले तिमीलाई मिश्र देशभरिको अधिकारी तुल्याएको छु ।” 42 फारोले आफ्नो औँलाबाट छाप-औँठी फुकाली योसेफको औँलामा लगाइदिए । तिनले योसेफलाई सुन्दर मलमलको लुगा पहिराइदिए र तिनको गलामा सुनको सिक्री लगाइदिए । 43 फारोले तिनलाई आफूसित भएको दोस्रो दर्जाको रथमा सवार गराए । मानिसहरू यसो भन्दै तिनको सामु चिच्‍च्याए, “घुँडा टेकेर झुक ।” फारोले तिनलाई सारा मिश्रको अधिकारी तुल्याए । 44 फारोले योसेफलाई भने, “म फारो हुँ, र तिमीबाहेक अरू कसैले मिश्र देशमा आफ्नो इच्छाअनुसार कुनै काम गर्न पाउनेछैन ।” 45 फारोले योसेफको नाउँ “सापनत-पानेह” राखिदिए । तिनले योसेफलाई पुजारी पोतीपेराकी छोरी आसनतसित विवाह गराइदिए । योसेफ मिश्र देशभरि जान्थे । 46 मिश्रका राष्‍ट्रप्रमुख फारोको सामु उभिँदा योसेफ तिस वर्षका थिए । योसेफ फारोको उपस्थितिबाट गई सारा मिश्र देशभरि चाहार्थे । 47 सहकालका सात वर्षमा जमिनले प्रचुर मात्रामा उब्जनी गर्‍यो । 48 तिनले सात वर्षमा मिश्र देशका सबै अनाज सङ्कलन गरी त्यसलाई सहरहरूमा राखे । तिनले हरेक सहरमा वरिपरिका खेतहरूबाट अनाज थन्क्याएर राखे । 49 योसेफले अन्‍नको भण्डारण समुद्रको बालुवासरह गरे । अन्‍न यति धेरै थियो कि तिनले हिसाब राख्‍नै छाडिदिए । 50 अनिकालका वर्षहरू सुरु हुनुभन्दा अगि योसेफले ओनका पुजारी पोतीपेराकी छोरी आसनतबाट दुई जना छोरा जन्माइसकेका थिए । 51 योसेफले आफ्नो जेठो छोरोलाई मनश्शे नाउँ दिएका थिए किनकि तिनले भने, “परमेश्‍वरले मेरा र मेरा पिताका घरानाका सबै कष्‍ट बिर्सन लगाउनुभएको छ ।” 52 तिनले दोस्रो छोरोको नाउँ एफ्राइम राखे किनकि तिनले भने, “परमेश्‍वरले मेरो कष्‍टलको देशमा मेरो फलिफाप गराउनुभएको छ ।” 53 मिश्र देशको सात वर्षको सहकालको अन्त्य भयो । 54 योसेफले भनेजस्तै गरी सात वर्षको अनिकालको थालनी भयो । सबै देशहरूमा अनिकाल परेको थियो तर मिश्र देशमा भने अनाज थियो । 55 सारा मिश्र अनिकालले तडपिँदा जनताहरूले अनाजको लागि फारोलाई पुकारे । फारोले सबै मिश्रीहरूलाई भने, “योसेफकहाँ जाओ र तिनले भनेझैँ गर ।” 56 अनिकालले पुरै देशलाई ढाकेको थियो । योसेफले सबै भण्डारणहरू खुला गरी मिश्रीहरूलाई अनाज बेचे । मिश्र देशमा अनिकाल अति भयानक थियो । 57 सारा संसारमा भयानक अनिकाल परेकोले सबै देशका मानिसहरू योसेफबाट अनाज किन्‍न मिश्रमा आउँदै थिए ।
  • अय्यू 6:25 : 25 इमानदार वचन कति पीडादयक हुन्छन्! तर तपाईंका तर्कहरू, कसरी तिनले मलाई साँच्‍चै हप्काउँछन् र?
  • नीति 15:23 : 23 उचित जवाफ दिँदा मानिसले आनन्द पाउँछ । ठिक समयमा बोलिएको वचन कति असल हुन्छ!
  • नीति 16:1 : 1 ¶ हृदयका योजनाहरू मानिसका हुन्, तर जिब्रोको जवाफ परमप्रभुबाट नै आउँछ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 13ठिक बोल्ने ओठमा राजा आनन्दित हुन्छ, र सत्य बोल्ने व्यक्तिलाई तिनी प्रेम गर्छन् ।

  • 25तर दुष्‍टलाई अनुशासनमा राख्‍नेहरू आनन्दित हुने छन्, र तिनीहरूमा भलाइका उपहारहरू आउने छन् ।

  • 21हृदयमा बुद्धिमान् हुनेलाई विवेकशील भनिन्छ, र मिठा बोलीवचनले सिकाउने क्षमताको विकास गर्छ ।

  • 16तेरो ओठले जे ठिक छ, त्यही बोल्दा मेरो अन्तस्करण रमाउने छ ।

  • 23उचित जवाफ दिँदा मानिसले आनन्द पाउँछ । ठिक समयमा बोलिएको वचन कति असल हुन्छ!

  • 14जसरी आफ्नो हातको कामले मानिसलाई इनाम दिन्छ, त्यसै गरी आफ्नै वचनको फलबाट ऊ असल थोकहरूले भरिन्छ ।

  • नीति 16:23-24
    2 पदहरू
    71%

    23बुद्धिमान् व्यक्तिको हृदयले उसको मुखलाई अन्तर्दृष्‍टि प्रदान गर्छ, र उसको ओठमा विश्‍वसनीयता थप्छ ।

    24मिठा वचनहरू महका चाकाजस्ता हुन्, जुन प्राणको लागि मिठो हुन्छ, र हड्‍डीहरूका लागि चङ्गाइ हुन्छ ।

  • नीति 5:2-3
    2 पदहरू
    71%

    2यसरी तैँले विवेकको विषयमा सिक्‍ने छस्, र तेरो ओठले ज्ञानको रक्षा गर्न सक्‍ने छ ।

    3किनकि व्यभिचारी स्‍त्रीको ओठबाट मह चुहन्छ, र त्यसको मुख तेलभन्दा पनि चिल्लो हुन्छ ।

  • 18किनभने तिनलाई तँभित्र राखिस् भने र ती सबै तेरो ओठमा तयार भए भने यो तेरो लागि रमणीय हुने छ ।

  • नीति 24:27-28
    2 पदहरू
    71%

    27तेरो बाहिरको काम तयार गर्, र खेतबारीमा गरिने हरेक काम तँ आफैले तयार राख् । त्यसपछि तेरो घर बना ।

    28विनाकारण तेरो छिमेकीको विरुद्धमा साक्षी नबन्, र तेरो ओठले छल्ने काम नगर् ।

  • 15सुन छ, र प्रशस्त महङ्गा मणिहरू छन्, तर ज्ञानको ओठ बहुमूल्य रत्‍न हो ।

  • 24कुवाक्यलाई तँबाट पर राख्, र भ्रष्‍ट कुराकानीलाई तँबाट टाढा राख् ।

  • 12बुद्धिमान् मानिसका वचनहरू अनुग्रहमय हुन्छन्, तर मूर्खको ओठले त्यो आफैलाई नष्‍ट पार्छ ।

  • 21धर्मी व्यक्तिको ओठले धेरैलाई तृप्‍त पार्छ, तर समझशक्तिको कमीको कारण मूर्खहरू मर्छन् ।

  • नीति 10:31-32
    2 पदहरू
    70%

    31धर्मात्माको मुखबाट बुद्धिको फल निस्कन्छ, तर भड्काउने जिब्रो काटिने छ ।

    32धर्मात्माको ओठले स्वीकारयोग्य कुरा जान्दछ, तर दुष्‍टको मुखले बाङ्गोटिङ्गो कुरा मात्र जान्दछ ।

  • 6मूर्खको ओठले आफैमाथि कलह ल्याउँछ, र त्यसको मुखले पिटाइ निम्त्याउँछ ।

  • 10राजाको ओठमा अन्तर्ज्ञानयुक्त निर्णयहरू हुन्छन् । तिनको मुखले न्यायलाई धोका दिनुहुँदैन ।

  • 23फुर्क्याउने जिब्रो भएकोले भन्दा अनुशासनमा राख्‍नेले नै पछि बढी निगाह पाउँछ ।

  • 6सुन, किनकि म आदरणीय कुराहरूको विषयमा बताउने छु, र मेरो ओठ खुला हुँदा मैले सिधा कुराहरू भन्‍ने छु ।

  • 1¶ हृदयका योजनाहरू मानिसका हुन्, तर जिब्रोको जवाफ परमप्रभुबाट नै आउँछ ।

  • 7बुद्धिमान् मानिसहरूको ओठले चारैतिर ज्ञान फैलाउँछ, तर मूर्खहरूको हृदय त्यस्तो हुँदैन ।

  • 20आफ्नो मुखको फलले त्यसको पेट भरिएको हुन्छ । त्यसको ओठको फसलले त्यो सन्तुष्‍ट हुन्छ ।

  • 11शुद्ध हृदयलाई प्रेम गर्ने र बोलीवचन अनुग्रहमय भएको मानिसको लागि राजा पनि मित्र हुने छ ।

  • 3हे परमप्रभु, चाप्लुसी सबै ओठ, ठुला कुरा गर्ने हरेक जिब्रोलाई काट्नुहोस् ।

  • 13हे मेरो छोरो, मह खा, किनकि यो गुलियो हुन्छ, किनकि महको चाकाबाटको महको स्वाद तँलाई गुलियो हुन्छ ।

  • नीति 15:1-2
    2 पदहरू
    68%

    1¶ विनम्र जवाफले क्रोधलाई हटाउँछ, तर कठोर वचनले रिस उठाउँछ ।

    2बुद्धिमान् मानिसहरूको जिब्रोले ज्ञानको तारिफ गर्छ, तर मूर्खहरूको मुखले मूर्खता खन्याउँछ ।

  • 28जवाफ दिनुअगि धर्मात्माको हृदयले मनन गर्छ, तर दुष्‍ट मानिसको मुखले आफ्नो सबै खराबी ओकल्छ ।

  • 27अनि मेरो हृदय गुप्‍तमा आकर्षित भएको छ भने, जसको कारणले तिनको पुजा गर्न मेरो मुखले मेरो हातलाई चुम्बन गरेको भए—

  • 32आफैलाई उचालेर तँ मूर्ख भएको छस् भने वा तैँले खराबीको योजना रचेको छस् भने हातले तेरो मुख थुनिहाल् ।

  • 23आफ्नो मुख र जिब्रोको रखवाली गर्नेले आफैलाई कष्‍टबाट बचाउँछ ।

  • 3मूर्खको मुखबाट त्यसको मूर्खताको हाँगा निस्कन्छ, तर बुद्धिमान्‌को ओठले त्यसको रक्षा गर्छ ।

  • 30धर्मी व्‍यक्‍तिको मुखले बुद्धिको कुरा बोल्छ र न्याय वृद्धि गर्छ ।

  • 4खराब काम गर्नेले दुष्‍टको ओठमा ध्यान दिन्छ । झुट बोल्नेले विनाशक जिब्रोमा कान लगाउँछ ।

  • 24अरूहरूलाई घृणा गर्नेले आफ्नो ओठले आफ्ना भावना लुकाउँछ, तर भित्रपट्टि भने त्यसले छलछामलाई आश्रय दिन्छ ।

  • 6मित्रले दिएको चोट पत्यारलाग्दो हुन्छ, तर शत्रुले तँलाई प्रचुर मात्रामा चुम्बन गर्न सक्छ ।

  • 23सबै कडा परिश्रमले लाभ ल्याउँछ, तर कुरा मात्र गर्नाले गरिबीमा पुर्‍याउँछ ।

  • 2कसैले तेरो प्रशंसा गरोस्, तेरै आफ्नै मुखले होइन; परदेशीले गरोस्, तेरो ओठले होइन ।

  • 19जसरी पानीले मानिसको अनुहार प्रतिबिम्बित गर्छ, त्यसै गरी मानिसको हृदयले उसको प्रतिबिम्बित गर्छ ।

  • 13त्‍यसो हो भने, आफ्नो जिब्रोलाई खराबीदेखि र आफ्ना ओठहरूलाई झुट बोल्नदेखि जोगाओ ।

  • 19जहाँ धेरै कुरा गरिन्छ, त्यहाँ अपराधको कमी हुँदैन, तर आफूले बोल्ने कुरामा सतर्क हुनेचाहिँ बुद्धिमानी हो ।

  • 2आफ्नो मुखको फलबाट मानिसले असल थोकहरूको भोग गर्दछ, तर विश्‍वासघातिको भोक हिंसाको लागि हुन्छ ।

  • 16त्यसलाई नियन्त्रण गर्नु बतासलाई नियन्त्रण गर्नुझैँ हो वा दाहिने हातमा तेललाई समात्‍नुझैँ हो ।

  • 26सबै भाइहरूलाई पवित्र चुम्बनले अभिवादन गर ।

  • 22परमप्रभुले झुट बोल्ने ओठलाई घृणा गर्नुहुन्छ, तर विश्‍वासयोग्यसाथ जिउनेहरू उहाँका आनन्द हुन् ।

  • 19कुरौटेले गुप्‍त कुराहरू बाहिर ल्याउँछ । त्यसैले धेरै कुरा गर्ने मानिसहरूसित सङ्गत नगर् ।