नीतिवचन 30:2

अनलक शाब्दिक बाइबल

निश्‍चय नै म कुनै पनि मानिसभन्दा पशुजस्तो छु, र मसित मानिसको समझशक्ति छैन ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • भजन 73:22 : 22 म मूर्ख थिएँ र अन्तरदृष्‍टिको कमी थियो । तपाईंको सामु म मूर्ख पशुजस्तै थिएँ ।
  • भजन 92:6 : 6 एक जना निर्दयी व्‍यक्‍तिले जान्दैन, न त मूर्खले यो बुझ्‍छः
  • नीति 5:12 : 12 तिमीहरूले भन्‍ने छौ, “हाय, मैले निर्देशनलाई कसरी घृणा गरेँ, र मेरो हृदयले सुधारलाई तुच्छ ठान्यो!
  • यशा 6:5 : 5 तब मैले भने, “मलाई धिक्‍कार होस्! किनभने म सर्वनाश भएँ, म त अशुद्ध ओठ भएको मानिस हुँ, र अशुद्ध मानिसहरूको बिचमा म बस्छु, किनभने सर्वशक्तिमान् परमप्रभु महाराजा परमप्रभुलाई नै मेरा आँखाले देखेका छन्!”
  • यिर्मि 10:14 : 14 हरेक मानिस ज्ञानविना अज्ञानी भएको छ । धातुको काम गर्ने हरेक आफ्ना मूर्तिहरूबाट नै लाजमा परेको छ । किनकि त्यसले बनाएका मूर्तिहरू झूटा हुन् । तिनमा जीवन छैन ।
  • रोमी 11:25 : 25 किनकि भाइहरू हो, तिमीहरू यो रहस्यबारे अन्जान रहो भन्‍ने म चाहन्‍नँ, ताकि तिमीहरू आफ्‍नै विचारमा बुद्धिमानी नहोऊ । यो रहस्यचाहिँ गैरयहूदीहरू आउने काम पुरा नभएसम्म इस्राएलमा आंशिक रूपमा कठोर पार्ने काम भएको छ ।
  • १ कोरि 3:18 : 18 कसैले आफैँलाई धोका नदेओस् । यदि तिमीहरूमध्ये कसैले आफूलाई यस युगमा बुद्धिमान् सम्झन्छ भने त्यसले आफूलाई “मूर्ख” सम्झोस्, र त्यो बुद्धिमान् हुनेछ ।
  • १ कोरि 8:2 : 2 यदि कसैले केही जान्दछु र म कोही हुँ भनी विचार गर्छ भने त्यो व्यक्‍तिले जति जान्‍नुपर्ने हो त्यति जानेको हुँदैन ।
  • याक 1:5 : 5 तर यदि तिमीहरूमध्ये कसैलाई बुद्धिको खाँचो छ भने, माग्‍ने जति सबैलाई उदारतासँग र नहप्काइकन दिनुहुने परमेश्‍वरसँग उसले मागोस् र उहाँले उसलाई त्यो दिनुहुनेछ ।
  • २ पत्रु 2:12-16 : 12 तर यी अज्ञानी पशुहरू स्वाभाविक रूपमा नाश र नियन्त्रणको निम्ति बनाइएका हुन् । तिनीहरूले जे कुराको निन्दा गर्छन् त्यो जान्दैनन् । तिनीहरू नष्‍ट पारिनेछन् । 13 आफैँले गरेका गलत कामहरूका परिणामले तिनीहरूलाई क्षति पुर्‍याउनेछ । तिनीहरू दिनमा आनन्दित रहन्छन् । तिनीहरू धब्बा र दागहरू हुन् । तिमीहरूसँग भोजमा बस्दा तिनीहरू आफ्ना छलमा आनन्द मनाउँछन् । 14 तिनीहरूका आँखा व्यभिचारले भरिएका हुन्छन्; तिनीहरू पाप गरेर कहिल्यै अघाउँदैनन् । तिनीहरूले अस्थिर मनलाई नराम्रो काममा लोभ्याउँछन्; तिनीहरूका मनले लोभमा तालिम पाएका हुन्छन् र तिनीहरू श्रापित सन्तान हुन् । 15 तिनीहरूले सही मार्गलाई त्यागेका छन् । तिनीहरू बरालिएर अधार्मिक कामको ज्याला लिन मन पराउने बोअरको छोरा बालामको पछि लाग्छन् । 16 तर त्यसले आफ्नै अपराधको निम्ति हप्की पायो । एउटा नबोल्ने गधाले मानिसको आवाजमा बोलेर अगमवक्ताको पागलपनलाई रोकिदियो ।
  • अय्यू 42:3-6 : 3 तपाईंले सोध्‍नुभयो, 'ज्ञानविना योजनाहरू लुकाउने को हो?' वास्तवमा मैले यस्ता कुराहरू बोलेको छु, जुन मैले बुझिनँ, जुन बुझ्न मलाई अत्यन्तै गार्‍हो थियो, जसको बारेमा मलाई थाहा थिएन । 4 तपाईंले मलाई भन्‍नुभयो, 'अब सुन्, र म बोल्नेछु । म तँलाई सोध्‍नेछु, र तैंले मलाई जवाफ दिनेछस् ।' 5 तपाईंको विषयमा मेरा कानले मात्र मैले सुनेको थिएँ, तर अहिले मेरा आँखाले नै तपाईंलाई देखेका छन् । 6 त्यसैले म आफैलाई हीन ठान्‍छु । धूलो र खरानीमा बसेर म पश्‍चात्ताप गर्छु ।”
  • भजन 49:10 : 10 किनकि त्यसले सडेको देख्‍नेछ । बुद्धिमान् मानिसहरू मर्छन् । मूर्ख र क्रूर त्‍यसरी नै नाश हुन्छन् र आफ्‍ना सम्पत्ति अरूलाई छोड्छन् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 1¶ याकेका छोरा आगूरका वचनहरू अर्थात् ईश्‍वरवाणीः यी मानिसले इथीएल र यूकाललाई घोषणा गरेका हुन्:

  • 3मैले बुद्धि प्राप्‍त गरेको छैनँ, न त मसित परमपवित्रको ज्ञान नै छ ।

  • 22म मूर्ख थिएँ र अन्तरदृष्‍टिको कमी थियो । तपाईंको सामु म मूर्ख पशुजस्तै थिएँ ।

  • 6एक जना निर्दयी व्‍यक्‍तिले जान्दैन, न त मूर्खले यो बुझ्‍छः

  • 3तर तपाईंहरूसित भएझैं मसित पनि समझशक्ति छ । म तपाईंहरूभन्दा कम छैनँ । वास्तवमा यस्ता कुराहरू कसले जान्दैन र?

  • 3तपाईंले सोध्‍नुभयो, 'ज्ञानविना योजनाहरू लुकाउने को हो?' वास्तवमा मैले यस्ता कुराहरू बोलेको छु, जुन मैले बुझिनँ, जुन बुझ्न मलाई अत्यन्तै गार्‍हो थियो, जसको बारेमा मलाई थाहा थिएन ।

  • 8ए बुद्धिहीन मानिसहरू हो, तिमीहरू बुझ । ए मूर्खहरू, तिमीहरू कहिले सिक्‍नेछौ?

  • 18तिनवटा कुरा छन्, जुन मेरा लागि ज्यादै उदेकका छन्, चारवटा छन्, जसलाई म बुझ्न सक्दिनँ:

  • 7मैले सोझा मानिसहरूलाई हेरेँ, र युवाहरूका बिचमा एक जना निर्बुद्धिलाई ख्याल गरेँ ।

  • भजन 38:13-14
    2 पदहरू
    69%

    13तर म बहिरो मानिसजस्तो भएको छु र केही सुन्‍दिन । म गुँगो मानिसजस्‍तो भएको छु जसले केही भन्‍दैन ।

    14म त्‍यो मानिसजस्‍तो भएको छु, जसले सुन्‍दैन, अनि जवाफ फर्काउँदैन ।

  • 9महान् मानिसहरू मात्र बुद्धिमान् हुँदैनन्, न त पाका मानिसहरूले मात्र न्यायलाई बुझ्छन् ।

  • 18मैले मेरो हृदयमा भनेँ, “मानिसहरू पशुहरूजस्तै हुन् भनी देखाउन परमेश्‍वरले तिनीहरूको जाँच गर्नुहुन्छ ।”

  • 13म आफैलाई मदत गर्न सक्‍दिन भन्‍ने कुरा सत्‍य होइन र, अनि बुद्धिलाई मबाट खेदिएको छैन र?

  • 20जससँग सम्पत्ति छ, तर समझ छैन, त्‍यो जङ्‍गली पशुहरूजस्तै हो, जो नाश हुन्छ ।

  • 2मूर्खलाई समझशक्तिमा कुनै रमाहट हुँदैन, तर त्यसको हृदयमा भएको कुरो प्रकट गर्न पाए त्यो प्रसन्‍न हुन्छ ।

  • 17किनकि परमेश्‍वरले त्यसलाई बुद्धिहीन तुल्याउनुभएको छ, र त्यसलाई कुनै समझशक्ति दिनुभएको छैन ।

  • 12के तैँले आफ्नै दृष्‍टिमा बुद्धिमान् भएको कुनै मानिसलाई देखेको छस्? त्यसको भन्दा त मूर्खको लागि बढी आशा हुन्छ ।

  • 12बुद्धि कहाँ पाइनेछ? सुझबुझको ठाउँ कहाँ छ?

  • 28किनकि इस्राएल बुद्धि नभएको जाति हो, र तिनीहरूमा कुनै समझशक्ति छैन ।

  • 20तब बुद्धि कहाँबाट आउँछ? सुझबुझको ठाउँ कहाँ छ?

  • 23मैले बुद्धिले यी सबै प्रमाणित गरेको छु । मैले भनेँ, “म बुद्धिमान् बन्‍ने छु,” तर यो मैले सक्‍नेभन्दा परको कुरो थियो ।

  • 16मैले यी कुराहरू बुझ्‍ने कोसिस गरे तापनि, मेरो निम्ति यो धेरै कठिन थियो ।

  • अय्यू 34:34-35
    2 पदहरू
    67%

    34सुझबुझ भएका मानिसहरूले मलाई भन्‍नेछन्— वास्तवमा मेरो कुरा सुन्‍ने हरेक बुद्धिमान् मानिसले भन्‍नेछ,

    35'अय्यूब ज्ञानविनै बोल्छन् । तिनका शब्‍दहरूमा बुद्धिका कुरा छैनन् ।'

  • 17हरेक मानिस ज्ञानविना अज्ञानी भएको छ । हरेक सुनार उसका मूर्तिहरूद्वारा लाजमा पारिएको छ । किनभने उसले ढालेर बनाएका प्रतिमूर्तिहरू झूटा हुन्, र तिनमा जीवन हुँदैन ।

  • 25बुद्धि र वास्तविकताको विषयमा सिक्‍न, जाँच गर्न र खोज्न अनि खराबी बेवकुफ हो र मूर्खताचाहिँ पागलपन हो भनी बुझ्न मैले मेरो मन लगाएँ ।

  • उप 1:16-17
    2 पदहरू
    67%

    16मैले मेरो मनलाई यसो भनेको छु, “हेर्, यरूशलेममा मभन्दा अगि भएका सबैले भन्दा मैले धेरै बुद्धि प्राप्‍त गरेको छु । मेरो मनले धेरै बुद्धि र ज्ञान देखेको छ ।”

    17त्यसैले बुद्धि, पागलपन र मूर्खता जान्‍न मेरो मन लगाएँ । यो पनि बतासको रेखदेख गर्ने कोसिस रहेछ भनी मैले बुझेँ ।

  • 15तब मैले मेरो मनमा भनेँ, “मूर्खलाई जे हुन्छ, मलाई पनि त्यही हुने छ । त्यसैले म ज्यादै बुद्धिमान् भएकोमा केचाहिँ फरक पर्छ त?” मैले मेरो मनमा निष्कर्ष निकालेँ, “यो पनि केवल बाफ हो ।”

  • 12तर मूर्ख मानिसहरूको समझशक्ति हुँदैन । जङ्गली गधाले मानिसलाई जन्म दिंदा तिनीहरूले यो प्राप्‍त गर्छन् ।

  • 3मान्छेको मूर्खताले त्यसको जीवन बर्बाद पार्छ, र त्यसको हृदय परमप्रभुको विरुद्धमा क्रोधित हुन्छ ।

  • 14हरेक मानिस ज्ञानविना अज्ञानी भएको छ । धातुको काम गर्ने हरेक आफ्ना मूर्तिहरूबाट नै लाजमा परेको छ । किनकि त्यसले बनाएका मूर्तिहरू झूटा हुन् । तिनमा जीवन छैन ।

  • 9तपाईंलाई के थाहा छ, जुन हामीलाई थाहा छैन? तपाईंले के बुझ्‍नुहुन्‍छ, जुन हामीमा पनि नभएको होस्?

  • 8तिनीहरू सबै उस्तै छन् । तिनीहरू बुद्धिहीन र मूर्ख छन् । तिनीहरू मूर्तीका चेलाहरू हुन् जुन काठबाहेक केही पनि होइन ।

  • 10तर तिमीहरू सबैले चाहिं फेरि कोसिस गर । तिमीहरूका बिचमा बुद्धिमान् मानिस मैले पाउनेछैनँ ।

  • 1¶ परमप्रभुको क्रोधको लाठोमुनि दुर्दशा देख्‍ने मानिस म नै हुँ ।

  • 24मलाई सिकाउनुहोस्, र म आफू शान्‍त रहनेछु । मैले कहाँ गल्ती गरें, मलाई प्रष्‍ट पार्नुहोस् ।

  • 6यस्तो ज्ञान मेरो निम्ति अति धेरै हुन्छ । यो अत्यन्त उच्‍च छ, म यसमा पुग्‍नै सक्दिनँ ।

  • 2तपाईंहरू जे जान्‍नुहुन्छ, म त्यो जान्दछु । म तपाईंहरूभन्दा कम छैनँ ।

  • 14मसित असल सरसल्लाह र पक्‍का बुद्धि छ । म अन्तर्दृष्‍टि हुँ । मसित सामर्थ्य छ ।

  • 28मानिसहरूलाई उहाँले भन्‍नुभयो, 'हेर्, परमप्रभुको भय— त्‍यो नै बुद्धि हो । दुष्‍ट्याइँबाट अलग रहनु नै सुझबुझ हो' ।”

  • 3तपाईंको दृष्‍टिमा हामीलाई किन जङ्गली पशुहरू जस्‍तै मूर्ख छौं?

  • 2“ज्ञानविनाका शब्‍दहरू बोलेर, योजनाहरूमा अन्धकार ल्याउने यो को हो?

  • 17म तपाईंलाई देखाउनेछु । मेरो कुरा सुन्‍नुहोस् । मैले देखेका कुराहरू म तपाईंलाई घोषणा गर्नेछु,

  • 18बेसमझको मानिसले वाचा बाँध्च, र आफ्नो छिमेकीको ऋणप्रति जिम्मेवार बन्छ ।

  • 20के आफ्नो वचनमा हतारिएर बोल्ने मानिसलाई तँ देख्छस्? त्यसको लागि भन्दा त मूर्खको लागि बढी आशा हुन्छ ।

  • 22मेरो जातिको मूर्खताको कारणले तिनीहरूले मलाई चिन्दैनन् । तिनीहरू निर्बुद्धी मानिसहरू हुन्, र तिनीहरूको समझशक्ति छैन । तिनीहरूमा दुष्‍ट्याइँको सिप छ, तर भलाइ गर्न जान्दैनन् ।

  • 4त्यसैले मैले भनें, “निश्‍चय नै यिनीहरू मात्र दुःखी मानिसहरू रहेछन् । तिनीहरू मूर्ख छन्, किनकि तिनीहरू परमप्रभुका मार्ग जान्दैनन्, न त तिनीहरूका परमेश्‍वरका आज्ञाहरू जान्दछन् ।

  • 1¶ मूर्खले आफ्नो मनमा भन्छ, “ईश्‍वर छँदैछैन ।” तिनीहरू भ्रष्‍ट छन् र घृणित अधर्म गरेका छन् । असल गर्ने कोही पनि छैन ।