नीतिवचन 31:12

अनलक शाब्दिक बाइबल

उनले तिनका लागि आफ्नो जीवनकालभरि खराब कुराहरू नभई असल कुराहरू गर्छिन्,

थप स्रोतहरू

उल्लेखित पदहरू

  • १ शमू 25:18-22 : 18 अनि अबीगेलले हतार गरिन् र दुई सय रोटी, दुई मशक दाखमद्य, पहिले नै तयार पाँच वटा भेडा, आठ पाथी सुकेको अन्‍न, एक सय झुप्‍पा किशमिश, दुई सय डल्ला सुकेको नेभारा लिए र तिनलाई गधामाथि राखिन् । 19 तिनले आफ्ना जवान मानिसहरूलाई भनिन्, “मेरो अगिअगि जाओ र म तिमीहरूको पछिपछि आउनेछु ।” तर तिनले आफ्नो पति नाबाललाई यो कुरा भनिनन् । 20 जसै तिनी आफ्‍नो गधामा चढिन् र पहाडको बिचतिर आइपुगिन्, दाऊद र तिनका मानिसहरू तिनीकहाँ तल आए र तिनले तिनीहरूलाई भेटिन् । 21 दाऊदले भनेका थिए, “निश्‍चय नै यो मानिसँग उजाड-स्‍थानमा भएका सबै थोकलाई मैले व्यार्थमा सुरक्षा दिएको रहेछु, ताकि उसँग भएका कुनै पनि कुरा हराएनन् र उसले मलाई असलको सट्टामा खराब फिर्ता दिएको छ । 22 भोलि बिहानसम्म यससँग भएका सबै पुरुषहरूमध्ये एक जनालाई पनि मैले छोडें भने म दाऊदलाई यस्‍तै र यो भन्दा बढ्ता होस् ।”
  • १ शमू 25:26-27 : 26 अब, हे मेरा मालिक, जस्तो परमप्रभु जीवित हुनुहुन्छ र हजूर जीवित हुनुहुन्छ, किनकि परमप्रभुले तपाईंलाई रक्‍तपात गर्न र आफ्नो शत्रुमाथि आफ्‍नै हातले बद्‍ला लिनबाट रोक्‍नुभएको छ, अब हे मेरा मालिक, तपाईंका सत्रुहरू र तपाईंको खराबी गर्न खोज्‍ने सबै नाबालजस्तै होऊन् । 27 अब तपाईंकी दासीले ल्याएकी यो उपहार मेरो मालिकका पछि हिंड्‍ने जवान मानिसहरूलाई दिइयोस् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • नीति 31:10-11
    2 पदहरू
    81%

    10कसले सुयोग्य पत्‍नी पाउन सक्छ? उनको मूल्य रत्‍नहरूभन्दा बहुमूल्य हुन्छ ।

    11उनका पतिको हृदयले उनीमाथि भरोसा गर्छन्, र तिनी कहिल्यै गरिब हुने छैनन् ।

  • नीति 31:13-31
    19 पदहरू
    79%

    13उनले ऊन र सनपाट रोज्छिन्, अनि आफ्ना हातले खुसी भएर काम गर्छिन् ।

    14उनी व्यापारी जहाजझैँ छिन् । उनले टाढाबाट आफ्नो भोजन ल्याउँछिन् ।

    15उनी राती नै उठ्छिन्, र आफ्नो परिवारलाई भोजन बाँड्छिन्, अनि आफ्ना चाकर्नीहरूलाई तिनीहरूका काम बाँडफाँड गरिदिन्छिन् ।

    16उनले सोचविचार गरेर एउटा खेत किन्छिन्, र आफ्नो हातको कमाइले दाखबारी लगाउँछिन् ।

    17उनी शक्तिले आभुषित हुन्छिन् र आफ्ना पाखुराहरूलाई बलियो बनाउँछिन् ।

    18उनको लागि केले मुनाफा ल्याउने छ भनी तिनी अनुमान गर्छिन् । रातैभरि उनको बत्ती निभ्दैन ।

    19उनले आफ्नो हात चर्खाको डन्डामा राख्छिन्, र आफ्नै औँलाले पिउरी समात्छिन् ।

    20उनले गरिब मानिसहरूप्रति आफ्नो मुट्ठी खोल्छिन् । उनले खाँचोमा परेकाहरूप्रति आफ्नो हात अगाडि बढाउँछिन् ।

    21आफ्नो परिवारमा हिउँ पर्दा उनी डराउँदिनन्, किनकि उनको परिवारका सबै सदस्यले सिन्दूरे रङका लुगा लगाउँछन् ।

    22उनले आफ्नो ओछ्यानको लागि तन्‍ना बनाउँछिन्, र उनले मसिनो गरी बाटेको सुतीको कपडाको लुगा लगाउँछिन् ।

    23उनका पति सहरको मूल ढोकामा देशका पाका मानिसहरूसित बस्दा सम्मानित हुन्छन् ।

    24उनले सुती कपडाका वस्‍त्रहरू बनाएर बेच्छिन्, र व्यापारीहरूलाई पटुका उपलब्ध गराउँछिन् ।

    25उनी शक्ति र आदरले आभुषित छिन्, अनि आउने समयको लागि उनी हाँस्‍न सक्छिन् ।

    26उनले बुद्धिसित आफ्नो मुख खोल्छिन्, र दयाको व्यवस्था उनको जिब्रोमा छ ।

    27उनले आफ्नो परिवारका चालहरूको रेखदेख गर्छिन्, र आलस्यको रोटी खाँदिनन् ।

    28उनका छोरा-छोरीहरू खडा भएर उनलाई धन्यको भन्छन्, र उनका पतिले यसो भन्दै उनको तारिफ गर्छन्,

    29“धेरै स्‍त्रीहरूले राम्ररी काम गरेका छन्, तर तिमीले तिनीहरू सबैलाई जितेकी छ्यौ ।”

    30सुन्दरता भ्रामक हुन्छ; सौन्दर्य व्यर्थको हुन्छ, तर परमप्रभुको भय मान्‍ने स्‍त्रीको नै प्रशंसा गरिने छ ।

    31उनको हातको कमाइ उनलाई नै दिनू, र उनका कामहरूले मूल ढोकामा उनको प्रशंसा गरून् ।

  • नीति 3:15-18
    4 पदहरू
    73%

    15बुद्धि गरगहनाभन्दा बहुमूल्य हुन्छ, र तैँले इच्छा गरेको कुनै पनि थोक त्यससित तुलना गर्न सकिँदैन ।

    16बुद्धिको दाहिने हातमा दीर्घायु हुन्छ भने त्यसको देब्रे हातमा धन-सम्पत्ति र मान हुन्छन् ।

    17त्यसको मार्ग दयाको मार्ग हो, र त्यसका सबै बाटा शान्तिका छन् ।

    18बुद्धिलाई पक्रनेहरूका लागि त्यो जीवनको रुख हो, र त्यसलाई समात्‍नेहरू खुसी हुन्छन् ।

  • 4चरित्रवान् पत्‍नी आफ्नो पतिको मुकुट हो, तर लाज ल्याउने पत्‍नीचाहिँ आफ्नो हड्‍डी सडाउने रोगजस्तै हो ।

  • नीति 4:8-10
    3 पदहरू
    71%

    8बुद्धिलाई कदर गर्, र त्यसले तँलाई माथि उठाउने छ । तैँले त्यसलाई अङ्गाल्दा त्यसले तेरो इज्‍जत गर्ने छ ।

    9बुद्धिले तेरो शिरमा आदरको माला पहिराइदिने छ । त्यसले तँलाई सुन्दर मुकुट दिने छ ।”

    10हे मेरो छोरो, मेरा वचनहरू सुन्, र तिनलाई ध्यान दे, अनि तेरो जीवनको आयु लामो हुने छ ।

  • 27खराबीबाट फर्क र जे असल छ सो गर । तब तिमी सदासर्वदा सुरक्षित हुनेछौ ।

  • 6बुद्धिलाई नत्याग् र त्यसले तेरो निगरानी गर्ने छ । त्यसलाई प्रेम गर्, र त्यसले तँलाई सुरक्षा दिने छ ।

  • 22पत्‍नी पाउनेले असल कुरा पाउँछ, र परमप्रभुबाट निगाह प्राप्‍त गर्छ ।

  • भजन 128:2-3
    2 पदहरू
    69%

    2तिम्रो हातले जे दिन्‍छ, त्‍यसमा तिमी आनन्‍दित हुनेछौ । तिमी आशिषित् र सम्‍वृद्ध हुनेछौ ।

    3तिम्रो घरमा तिम्री पत्‍नी फल्‍दोफुल्‍दो दाखको बोटजस्तो हुनेछिन् । तिम्रा छोराछोरी टेबलको वरिपरि बस्दा तिनीहरू जैतूनका रूखहरूझैं हुनेछन् ।

  • 9परमेश्‍वरले सूर्यमूनि दिनुभएको यस व्यर्थ जीवनकालभरि तेरी पत्‍नीसित खुसी भएर बस् । सूर्यमूनि तेरो कामको लागि त्यो नै तेरो इनाम हो ।

  • 2किनकि तिनले तेरो आयु लामो बनाउने छन्, र शान्ति ल्याउने छन् ।

  • 14तर यदि त्यसले त्यसलाई दिन-दिनै केही भन्दैन भने, त्यसले गरेकी सबै भाकल र बाध्यात्मक प्रतिज्ञाहरूलाई त्यसले पक्‍का गर्छ । त्यसले तिनीहरूलाई पक्‍का गरेको छ, किनभने त्यसले तिनीहरूको बारेमा सुनेको समयमा त्यसले त्यसलाई केही पनि भनेन ।

  • 11र त्यसको पतिले यो सुन्यो, तर त्यसले त्यसलाई केही भन्दैन र त्यसको विरोध गर्दैन भने, त्यसका सबै भाकल रहनुपर्छ र त्यसका वाचाबन्धनहरू रहनुपर्छ ।

  • 7यदि त्यो भाकल गरेकै बेला त्यसले कुनै पुरुषसँग विवाह गर्छे वा त्यसले आफैलाई बाध्य पार्ने सोच-विचार नै नगरी प्रतिज्ञा गर्छे भने, ती भाकलहरू रहने छन् ।

  • 13जसले भलाइको साटो खराबी गर्छ, खराबीले त्यसको घर कहिल्यै छोड्ने छैन ।

  • निर्ग 21:10-11
    2 पदहरू
    68%

    10त्यसले आफ्नो लागि अर्की पत्‍नी ल्यायो भने त्यसले खानेकुरा, लुगाफाटा वा त्यसका वैवाहिक अधिकारहरू पुरा गर्नबाट नचुकोस् ।

    11तर त्यसले पत्‍नीलाई यी तिनवटा कुरा उपलब्ध गराएन भने दाम नतिरीकनै त्यो मुक्त भएर जान सक्छे ।

  • 56तिमीहरूको बिचमा भएकी कोमल र शिष्‍ट स्‍त्री जसले कोमलता र शिष्‍टताको कारणले भुइँमा आफ्नो पैतलाले टेक्‍न पनि चाहँदिन थिई, त्यस्ती स्‍त्रीले पनि आफ्ना पतिसाथै आफ्नै छोराछोरी,

  • 10“जसले आफ्नो जीवनलाई प्रेम गर्न चाहन्छ र असल दिनहरू देख्‍ने इच्छा गर्दछ उसले आफ्नो जिब्रोलाई खराबबाट र उसको ओठलाई छल कुरा गर्नबाट रोकोस् ।

  • 12जीवन चाहने र असल कुरा हेर्नलाई धेरै दिन मन पराउने मानिस कस्‍तो हुन्‍छ?

  • 23परमप्रभुप्रतिको आदरले मानिसहरूलाई जीवनमा डोर्‍याउँछ । यो हुने कुनै पनि व्यक्ति सन्तुष्‍ट हुने छ, र त्यसलाई नोक्सानीले छुँदैन ।

  • 20त्यसकारण असल मानिसहरूको बाटोमा हिँड्, र धर्मी मानिसहरूको मार्गको पछि लाग ।

  • 5परमप्रभुले तिमीलाई सियोनबाट आशिष्‌‌‌ देऊन् । आफ्नो जीवनभरि तिमीले यरूशलेमको सम्‍वृद्धि देख्‍न सक्‍नेछौ ।

  • 1¶ बुद्धिमान् स्‍त्रीले आफ्नो घर बनाउँछे, तर मूर्ख स्‍त्रीले आफ्नै हातले त्यो भत्काउँछे ।