भजनसंग्रह 34:12
जीवन चाहने र असल कुरा हेर्नलाई धेरै दिन मन पराउने मानिस कस्तो हुन्छ?
जीवन चाहने र असल कुरा हेर्नलाई धेरै दिन मन पराउने मानिस कस्तो हुन्छ?
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
10“जसले आफ्नो जीवनलाई प्रेम गर्न चाहन्छ र असल दिनहरू देख्ने इच्छा गर्दछ उसले आफ्नो जिब्रोलाई खराबबाट र उसको ओठलाई छल कुरा गर्नबाट रोकोस् ।
11ऊ खराब कुराहरूबाट फर्की जे असल छ त्यही गरोस् । उसले शान्तिको खोजी गरोस् र त्यसैमा लागिरहोस् ।
13त्यसो हो भने, आफ्नो जिब्रोलाई खराबीदेखि र आफ्ना ओठहरूलाई झुट बोल्नदेखि जोगाओ ।
14खराबीबाट फर्क र असल गर । शान्ति खोज र त्यसको पछि लाग ।
22मानिसले भक्तिको चाह गर्छ, र झुटो बोल्नेभन्दा त गरिब मानिस उत्तम हो ।
23परमप्रभुप्रतिको आदरले मानिसहरूलाई जीवनमा डोर्याउँछ । यो हुने कुनै पनि व्यक्ति सन्तुष्ट हुने छ, र त्यसलाई नोक्सानीले छुँदैन ।
2किनकि तिनले तेरो आयु लामो बनाउने छन्, र शान्ति ल्याउने छन् ।
11जति धेरै वचन बोलिन्छ, त्यति नै धेरै व्यर्थताको वृद्धि हुन्छ । त्यसो भए, मानिसलाई के लाभ हुन्छ र?
12किनभने छायाझैँ बितिजाने मानिसको छोटो जीवनमा त्यसको व्यर्थताको बेलामा केचाहिँ असल हो भनी कसलाई थाहा हुन्छ र? सूर्यमूनि मानिसको मृत्यु भएपछि के हुन्छ भनी कसले भन्न सक्छ र?
12त्यसैले हाम्रो जीवनको विचार गर्न हामीलाई सिकाउनुहोस्, ताकि हामी बुद्धिमान् भएर जिउन सकौं।
8कोही धेरै वर्षसम्म बाँच्यो भने त्यो ती सबै वर्ष प्रसन्न होस्, तर त्यसले आउनेवाला अन्धकार दिनहरूको बारेमा सोचोस्, किनकि त्यस्ता दिनहरू धेरै हुने छन् । हुन आउने हरेक कुरो बिलाएर जाने बाफ हुन् ।
9हे जवान मानिस, तेरो युवावस्थामा आनन्द मना, र तेरो युवावस्थाको बेलामा तेरो हृदय आनन्दित होस् । तेरो हृदय र तेरा आँखाले देख्न सक्ने असल इच्छाहरूको पछि लाग् । तथापि यी सबै कुराको लागि परमेश्वरले तँमाथि इन्साफ ल्याउनुहुने छ भनी जान् ।
21असल काम गर्ने र दयालु मानिसले जीवन, धार्मिकता र इज्जत पाउँछ ।
12परमप्रभुको भय मान्ने मानिस को हो? त्यसले चुन्नुपर्ने मार्गमा परमप्रभुले त्यसलाई शिक्षा दिनुहुन्छ ।
3“ताकि यसो गर्नाले तिमीहरूलाई राम्रो होस् र तिमीहरू यस पृथ्वीमा धेरै समय बाच्न सक ।”
11किनकि मद्वारा तेरा दिनहरू धेरै हुने छन्, र तेरो आयु लामो हुने छ ।
10हे मेरो छोरो, मेरा वचनहरू सुन्, र तिनलाई ध्यान दे, अनि तेरो जीवनको आयु लामो हुने छ ।
34मेरो कुरा सुन्ने जन आशिषित् हुने छ । मेरा ढोकाहरूको चौकोसनेर प्रतीक्षा गर्दै उसले हरेक दिन मेरा ढोकाहरूमा हेर्ने छ ।
35किनकि मलाई भेट्ने जोसुकैले पनि जीवन पाउँछ, र उसले परमप्रभुको निगाह पाउने छ ।
9कोही पनि सदासर्वदा जीवित रहन सक्दैन, ताकि त्यसको शरीर सडेर नजाओस् ।
1¶ परमप्रभुको प्रशंसा गर । परमप्रभुको आज्ञा पालन गर्ने, अनि उहाँका आज्ञाहरूमा प्रशन्न हुने मानिस धन्यको हो ।
11ए छोराहरू हो, आओ, मेरो कुरा सुन । तिमीहरूलाई म परमप्रभुको भय मान्न सिकाउनेछु ।
13बुद्धि प्राप्त गर्ने धन्यको हो । त्यसले समझशक्ति पनि पाउँछ ।
48को जीवित रहनेछ र मर्दैन, वा आफ्नै जीवनलाई चिहानबाट बचाउन सक्छ र? सेला
17ज्यादै दुष्ट र मूर्ख नबन् । तेरो समय आउनुअगि नै तँ किन मर्छस्?
18यो बुद्धिलाई पक्रेर राख्नु र धार्मिकतालाई जान नदिनु तेरो लागि राम्रो हुन्छ । किनकि परमेश्वरको भय मान्ने मानिसले त्यसका सबै कर्तव्य पुरा गर्ने छ ।
20किनकि त्यसले आफ्नो जीवनका दिनहरूको प्रायः स्मरण गर्दैन, किनकि परमेश्वरले त्यसलाई यस्ता कुराहरूमा व्यस्त पारिदिनुहुन्छ जसमा त्यो काम गर्नमा रमाउँछ ।
21जसले मृत्यु नै नआई त्यसको प्रतीक्षा गर्छ, जसले गाड्धनभन्दा धेरै मृत्यको लागि खाडल खन्छ ।
8बुद्धि प्राप्त गर्नेले आफ्नो जीवनलाई प्रेम गर्छ । समझशक्तिलाई जोगाउनेले जे असल छ, त्यो पाउने छ ।
12पापीले एक सय पटक खराबी गरी त्यो धेरै वर्षसम्म बाँचे तापनि परमेश्वरको आदर गर्ने, उहाँको सामु खडा हुने र उहाँलाई आदर दिनेहरूलाई असलै हुने छ भनी मलाई थाहा छ ।
24जीवनको मार्गले विवेकशील मानिसहरूलाई उँभोतिर लैजान्छ । यसले तिनीहरूलाई उँधो पातालतिर जानदेखि फर्काउँछ ।
27परमप्रभुले भयले जीवनको आयु लम्ब्याउँछ, तर दुष्टको आयु छोटिने छ ।
4हो, परमप्रभुलाई आदर गर्ने मानिस साँच्चै आशिषित् हुनेछ ।
12आशालाई स्थगित गरिँदा यसले हृदय छिया-छिया पार्छ, तर पुरा भएको तृष्णा जीवनको रुख हो ।
12मानिस बाँचुञ्जेलसम्म त्यो आनन्दित रहनु र असल गर्नुभन्दा त्यसको लागि अर्को कुनै उत्तम कुरो छैन भनी मलाई थाहा छ ।
5के तपाईंका दिनहरू मानव-जातिका दिनझैं, वा तपाईंका वर्ष मानिसका वर्षझैं छन्,
3कुनै मानिस एक सय जना छोराछोरीको बुबा बन्यो र त्यो धेरै वर्षसम्म बाँच्यो अनि त्यसका दिनहरू धेरै भएर पनि असल कुराहरूले त्यसको हृदय सन्तुष्ट भएन र त्यसलाई गाडिएन भने त्यो मानिसभन्दा जन्मँदै मरेको बच्चा उत्तम हो ।
1¶ तेरा कठिन दिनहरू आउनुअगि र “मलाई तिनमा रमाहट छैन” भन्ने तेरा वर्षहरू आउनुअगि तेरो युवावस्थामा नै तेरो सृष्टिकर्ताको सम्झना गर् ।
1¶ हे वीर मानिस, दुःख दिनमा तिमी किन घमण्ड गर्छौ? परमेश्वरको करारको विश्वस्तता हरेक दिन आउँछ ।
6तपाईंले राजालाई दिर्घायु बनाउनुहुन्छ । तिनको आयु धेरै पुस्ताहरूजस्तै हुनेछ ।
20अरूको विरुद्धमा पाप गर्नलाई रातको इच्छा नगर्नुहोस्, जति बेला मानिसहरू आ-आफ्ना ठाउँमा मारिन्छन् ।
15मेरा बेकम्मा दिनहरूमा मैले धेरै कुराहरू देखेको छु । धर्मात्माहरूको धार्मिकताको बाबजुत पनि तिनीहरू नष्ट हुन्छ, र दुष्टहरूको दुष्टताको बाबजुत पनि तिनीहरू धेरै वर्षसम्म बाँच्छन् ।
14तेरा पिता दाऊदझैँ मेरा विधिविधानहरू र मेरा आज्ञाहरू पालन गर्न तँ मेरो मार्गमा हिँडिस् भने म तेरो आयु लम्ब्याउने छु ।”
27खराबीबाट फर्क र जे असल छ सो गर । तब तिमी सदासर्वदा सुरक्षित हुनेछौ ।
32अब हे मेरा छोराहरू हो, मेरो कुरा सुन, किनकि मेरा मार्गहरूमा हिँड्ने आशिषित् हुने छन् ।
14एक जना मानिस मर्यो भने, के ऊ फेरि बाँच्नेछ र? त्यसो हो भने, मेरो छुटकारा नआएसम्म, मेरा सबै दुखको समयमा म त्यहाँ पर्खेर बिताउन चाहान्छु ।
6मानिस दुई हजार वर्षसम्म बाँचेर पनि असल थोकहरूको आनन्द लिन पाउँदैन भने त्यो मानिस पनि त्यहीँ जान्छ, जहाँ हरेक मानिस जान्छ ।
2परमप्रभुले असल मानिसलाई स्नेह देखाउनुहुन्छ, तर दुष्ट योजनाहरू रच्ने मानिसलाई उहाँले दोषी ठहराउनुहुन्छ ।
22किनकि मेरा वचनहरू पाउनेका लागि ती जीवन हुन्, र तिनीहरूको पुरै शरीरको लागि स्वास्थ्य हो ।
27हेर्नुहोस्, हामीले यस विषयलाई जाँच गरेका छौं । यो यस्तो छ । यसलाई सुन्नुहोस् र आफ्नै निम्ति यसलाई चिन्नुहोस् ।”