उपदेशक 12:1
¶ तेरा कठिन दिनहरू आउनुअगि र “मलाई तिनमा रमाहट छैन” भन्ने तेरा वर्षहरू आउनुअगि तेरो युवावस्थामा नै तेरो सृष्टिकर्ताको सम्झना गर् ।
¶ तेरा कठिन दिनहरू आउनुअगि र “मलाई तिनमा रमाहट छैन” भन्ने तेरा वर्षहरू आउनुअगि तेरो युवावस्थामा नै तेरो सृष्टिकर्ताको सम्झना गर् ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
2सूर्य, चन्द्रमा र ताराहरूको ज्योति कम हुनुअगि र बादलहरू वर्षापछि फर्कनुअगि यसो उहाँको सम्झना गर् ।
7उज्यालो वास्तवमै रमणीय हुन्छ, र घामलाई देख्न पाउनु आँखाको लागि मनोहर कुरो हो ।
8कोही धेरै वर्षसम्म बाँच्यो भने त्यो ती सबै वर्ष प्रसन्न होस्, तर त्यसले आउनेवाला अन्धकार दिनहरूको बारेमा सोचोस्, किनकि त्यस्ता दिनहरू धेरै हुने छन् । हुन आउने हरेक कुरो बिलाएर जाने बाफ हुन् ।
9हे जवान मानिस, तेरो युवावस्थामा आनन्द मना, र तेरो युवावस्थाको बेलामा तेरो हृदय आनन्दित होस् । तेरो हृदय र तेरा आँखाले देख्न सक्ने असल इच्छाहरूको पछि लाग् । तथापि यी सबै कुराको लागि परमेश्वरले तँमाथि इन्साफ ल्याउनुहुने छ भनी जान् ।
10तेरो हृदयबाट रिसलाई हटा, र तेरो शरीरमा भएको कुनै पनि दर्दलाई बेवास्ता गर्, किनकि युवावस्था र यसको शक्ति व्यर्थ हुन् ।
5त्यो यस्तो समय हुने छ, जुन बेला मानिसहरू उचाइ र गल्लीका खतराहरूदेखि डराउँछन्, र जब बदामको फुल फक्रन्छ र जब फटेङ्ग्रो पेटको बलले घस्रँदै हिँड्छ र प्राकृतिक इच्छा असफल हुन्छ, तब मानिस आफ्नो अनन्त घरमा जान्छ, र शोक गर्नेहरू गल्लीहरूमा जान्छन् ।
6चाँदीको तार चुँडिनुअगि वा सुनको कचौरा कुच्च्याइनुअगि वा मूलमा माटोको भाँडो टुक्रा-टुक्रा हुनुअगि वा कुवामा पाङ्ग्रो भाँचिनअगि तेरो सृष्टिकर्ताको सम्झना राख् ।
7जमिनबाट आएको धूलो जमिनमा फर्कनुअगि र आत्मा दिनुहुने परमेश्वरकहाँ आत्मा जानुअगि उहाँको सम्झना गर् ।
8उपदेशक भन्छन्, “व्यर्थ, व्यर्थ, सबै थोक व्यर्थ हुन् ।”
12त्यसैले हाम्रो जीवनको विचार गर्न हामीलाई सिकाउनुहोस्, ताकि हामी बुद्धिमान् भएर जिउन सकौं।
14समय राम्रो हुँदा त्यस राम्रो समयमा खुसी भएर बस्, तर समय नराम्रो हुँदा यो कुरा विचार गर्: परमेश्वरले दुवैलाई आमनेसामने रहने अनुमति दिनुभएको छ । यही कारणले गर्दा मानिसको पछि के हुँदै छ भनी कसैले पत्ता लगाउने छैन ।
20किनकि त्यसले आफ्नो जीवनका दिनहरूको प्रायः स्मरण गर्दैन, किनकि परमेश्वरले त्यसलाई यस्ता कुराहरूमा व्यस्त पारिदिनुहुन्छ जसमा त्यो काम गर्नमा रमाउँछ ।
10यसो नभन्, “यीभन्दा पाकाहरूका दिन किन उत्तम हुन्छ?” किनकि बुद्धिको कारण तैँले यो प्रश्न सोधेको होइन ।
7प्राचीन समयलाई सम्झ, धेरै पहिलेका वर्षहरूको बारेमा सोच । तिमीहरूका पितालाई बिन्ती चढाओ र उहाँले तिमीहरूलाई देखाउनुहुने छ, तिमीहरूका धर्म-गुरुहरूलाई उहाँले बताउनुहुने छ ।
9परमेश्वरले सूर्यमूनि दिनुभएको यस व्यर्थ जीवनकालभरि तेरी पत्नीसित खुसी भएर बस् । सूर्यमूनि तेरो कामको लागि त्यो नै तेरो इनाम हो ।
10तेरो हातले जे काम पाउँछ, त्यो शक्ति लगाएर गर्, किनकि तँ जान लागिरहेको पातलमा कुनै काम वा व्याख्या वा ज्ञान वा बुद्धि छैन ।
4ओहो, जस्तो मेरा खुशीका दिनहरूमा म थिएँ त्यस्तै म भए त, जति बेला परमेश्वरको मित्रता मेरो पालमाथि हुन्थ्यो,
11प्राचीन कालमा भएका कुराहरू कसैले सम्झन्छजस्तो छैन; धेरै पछि भएका कुराहरू र भविष्यमा हुने कुराहरू पनि कसैले सम्झने छजस्तो छैन ।”
12मानिस बाँचुञ्जेलसम्म त्यो आनन्दित रहनु र असल गर्नुभन्दा त्यसको लागि अर्को कुनै उत्तम कुरो छैन भनी मलाई थाहा छ ।
16तपाईंले आफ्नो दुःख बिर्सनुहुन्थ्यो । तपाईंले त्यसलाई बगेर गएको पानीलाई झैं मात्र सम्झनुहुन्थ्यो ।
17तपाईंको जीवन मध्यदिनको भन्दा चम्किलो हुन्थ्यो । त्यहाँ अँध्यारो भए पनि, त्यो बिहानजस्तै हुन्थ्यो ।
17ज्यादै दुष्ट र मूर्ख नबन् । तेरो समय आउनुअगि नै तँ किन मर्छस्?
12किनभने छायाझैँ बितिजाने मानिसको छोटो जीवनमा त्यसको व्यर्थताको बेलामा केचाहिँ असल हो भनी कसलाई थाहा हुन्छ र? सूर्यमूनि मानिसको मृत्यु भएपछि के हुन्छ भनी कसले भन्न सक्छ र?
1¶ मैले मेरो मनमा भनेँ, “अब आइज । म तँलाई खुसीले जाँच गर्ने छु । त्यसैले सुख-विलास गर ।” तर यो पनि अस्थायी मन्द बतासमात्र रहेछ ।
12जीवन चाहने र असल कुरा हेर्नलाई धेरै दिन मन पराउने मानिस कस्तो हुन्छ?
15हामीलाई विपत्तिमा पार्नुभएका दिनहरू र हामीले कष्ट भोगेका वर्षहरू जति थिए त्यति नै हामीलाई खुसी पार्नुहोस् ।
11तिमीहरूका मासु र छाला गलिसक्दा तिमीहरूको जीवनको अन्त्यमा तिमीहरूले विलाप गर्ने छौ ।
47मेरो आयु कति छोटो छ र तपाईंले मानवजातिका सबै सन्तानलाई कति बेकामको सृष्टि गर्नुभएको छ भनी विचार गर्नुहोस् ।
5के तपाईंका दिनहरू मानव-जातिका दिनझैं, वा तपाईंका वर्ष मानिसका वर्षझैं छन्,
7मेरा जवानीका पापहरू वा मेरा विद्रोहको बारेमा विचार नगर्नुहोस् । हे परमप्रभु, तपाईंको भलाइको कारणले करारको विश्वस्ततामा मलाई सम्झनुहोस् ।
27हेर्नुहोस्, हामीले यस विषयलाई जाँच गरेका छौं । यो यस्तो छ । यसलाई सुन्नुहोस् र आफ्नै निम्ति यसलाई चिन्नुहोस् ।”
1¶ हे मेरो छोरो, मेरा आज्ञाहरू नभुल्, र मेरा शिक्षाहरूलाई तेरो हृदयमा राख् ।
11आज मैले तिमीहरूलाई दिएका उहाँका आज्ञाहरू, उहाँका विधिविधानहरूलाई बेवास्ता नगर्न र परमप्रभु तिमीहरूका परमेश्वरलाई नभुल्न होसियार होओ ।
12नत्रता तिमीहरूले अघाउञ्जेल खाँदा र तिमीहरूले घरहरू बनाई तिनमा बस्दा तिमीहरूको हृदय घमण्डले फुल्ने छ ।
5मैले पुराना दिनहरू, धेरै पहिलेको समयको बारेमा विचार गरें ।
24मैले भनें, “हे मेरो परमेश्वर, मेरो जीवनको बिचैमा मलाई नलानुहोस् । तपाईं सबै पुस्ताभरि यहाँ हुनुहुन्छ ।
43तैंले आफ्नो युवावस्थाका दिनलाई सम्झेको छैनस्, र यी सबै कुराले मलाई रिसले थरथर काम्ने बनाएको छस् । यसैकारण हेर्, तैंले गरेका कामको दण्ड म आफैं तेरो आफ्नै शिरमा खन्याइदिनेछु, यो परमप्रभु परमेश्वरको घोषणा हो । के तेरा अरू सबै घिनलाग्दा व्यवहारहरूमा वेश्यवृति पनि थपेको छैनस् र?
5सूर्य उदाउँछ, र अस्ताउँछ, अनि आफू उदाएको ठाउँमा चाँडै फर्केर जान्छ ।
12पाका मानिसहरूसित बुद्धि हुन्छ । लामो आयुमा समझशक्ति हुन्छ ।
18तेरो फुहाराले आशिष् पाओस्, र तेरो युवावस्थाकी पत्नीसित तँ आनन्दित भएको होस् ।
11किनकि मद्वारा तेरा दिनहरू धेरै हुने छन्, र तेरो आयु लामो हुने छ ।
17त्यसले आफ्नो युवावस्थाको मित्रलाई त्याग्छे, र आफ्ना परमेश्वरको करारलाई भुल्छे ।
3तपाईंले मानिसलाई धूलोमा फर्काउनुहुन्छ, र तपाईं भन्नुहुन्छ, “ए मानवजातिका सन्तानहरू हो, फर्क ।”
3तथापि, ती दुवैभन्दा पनि अझै नजन्मेकोचाहिँ बढी भाग्यमानी हो । त्यसले सूर्यमूनि गरिएको कुनै पनी खराब कामहरू देख्नै पाएको हुँदैन ।
15त्यसैले म प्रसन्नताको सिफारि गर्दछु, किनकि मानिसको लागि सूर्यमूनि खानु, पिउनु र खुसी हुनुभन्दा उत्तम कुरो छैन । सूर्यमूनि परमेश्वरले मानिसलाई दिनुभएको त्यसको जीवनकालभिर त्यसको परिश्रममा खुसी नै सँगसँगै जाने छ ।
27आफ्नो युवावस्थामा जुवा बोक्नु मानिसको लागि राम्रो हुन्छ ।
5पुराना दिनहरूलाई म सम्झिन्छु । तपाईंका सबै कामहरू म ध्यान गर्छु । तपाईंका उपव्धीहरूमा म चिन्तन गर्छु ।
1¶ हरेक कुराको लागि तोकिएको समय छ, र आकाशमूनि हरेक उद्धेश्यको लागि बेलाछ ।
2भोजको घरमा जानुभन्दा शोकको घरमा जानु उत्तम हुन्छ, किनकि जीवनको अन्त्यमा सबै मानिसका शोक आउँछ । जीवित मानिसहरूले यसलाई मनमा राख्नैपर्छ ।
11मेरा दिन बितिसके । मेरा योजनाहरू चकनाचूर भए, अनि मेरो हृदयको इच्छा पनि त्यस्तै भयो ।