भजनसंग्रह 102:14

अनलक शाब्दिक बाइबल

किनकि तपाईंको सेवकले त्यसका ढुङ्गाहरू प्रिय मान्छ र त्यसका भग्‍नावशेषका धूलोप्रति दयाको महसुस गर्छ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • नहे 4:2 : 2 तिनका दाजुभाइहरू र सामरियाका सेनाको उपस्थितिमा तिनले भने, “यी निर्बल यहूदीहरू के गर्दै छन्? के तिनीहरू आफैले सहरको पुनर्स्थापना गर्ने छन्? के तिनीहरूले बलिदानहरू चढाउने छन्? के तिनीहरूले एकै दिनमा काम सक्‍ने छन्? ती जलिसकेका कसिङ्गरको थुप्रोबाट के तिनीहरूले ढुङ्गाहरूलाई पुनर्जीवित पार्न सक्छन्?
  • नहे 4:6 : 6 यसरी हामीले आधा उचासम्म सबै पर्खाल निर्माण गर्‍यौँ, किनकि मानिसहरूमा काम गर्ने इच्छा थियो ।
  • नहे 4:10 : 10 तब यहूदाका मानिसहरूले भने, “भारी बोक्‍नेहरूको ताकत घट्दै छ । कसिङ्गरहरू थुप्रै छन्, र हामी पर्खाल पुनर्निर्माण गर्न सक्दैनौँ ।”
  • भजन 79:1 : 1 ¶ हे परमेश्‍वर, विदेशी जातिहरू तपाईंको उत्तराधिकारमा आएका छन् । तिनीहरूले तपाईंको पवित्र मन्दिरलाई अपवित्र तुल्याएका छन् । तिनीहरूले यरूशलेमलाई भग्‍नावशेषको थुप्रो बनाएका छन् ।
  • भजन 79:7-9 : 7 किनकि तिनीहरूले याकूबलाई निलेका र त्‍यसका गाउँहरूलाई नाश पारेका छन् । 8 हाम्रा पुर्खाहरूका पापहरू हाम्रा विरुद्धमा नलिनुहोस् । तपाईंका कृपापूर्ण कामहरू हामीकहाँ आऊन्, किनकि हामी धेरै निम्‍न छौं । 9 हे हाम्रा उद्धारका परमेश्‍वर, तपाईंको नाउँको महिमाको खातिर हामीलाई सहायता गर्नुहोस् । तपाईंको नाउँको खातिर हामीलाई बचाउनुहोस् र हाम्रा पापहरू क्षमा गर्नुहोस् । 10 जातिहरूले किन यसो भन्‍ने “तिनीहरूका परमेश्‍वर खोइ कहाँ छ?” तपाईंका सेवकहरूका रगत बगाइएको बदला जातिहरूमाथि हाम्रै सामु लिनुहोस् ।
  • भजन 137:5-6 : 5 हे यरूशलेम, मैले तेरो सम्‍झनालाई बेवास्‍ता गर्छु भने, मेरो दाहिने हातले आफ्‍नो सीप बिर्सोस् । 6 मैले तेरो बारेमा फेरि विचार गरिनँ भने, आफ्‍ना सबभन्दा ठुलो आनन्दभन्दा बढी मैले तेरो चाह गरिनँ भने, मेरो जिब्रो मेरै तालुमा टाँसियोस् ।
  • दानी 9:16 : 16 हे परमप्रभु, तपाईंका सबै धार्मिक कामहरूका कारणले, तपाईंको सहर यरूशलेम, तपाईंको पवित्र पर्वतबाट तपाईंको रिस र क्रोध हटोस् । हाम्रा पापहरू र हाम्रा पुर्खाहरूका अपराधहरूका कारणले, यरूशलेम र हाम्रा वरिपरि भएका तपाईंका मानिस सबै घृणाका पात्र भएका छन् ।
  • एज्रा 1:5 : 5 तब परमप्रभुको मन्दिर निर्माण गर्न परमेश्‍वरले उत्तेजित पार्नुभएका हरेक मानिस, यहूदा र बेन्यामीनका कुलाका प्रमुख अगुवाहरू र पुजारीहरू अनि लेवीहरू उठे ।
  • एज्रा 3:1-3 : 1 ¶ इस्राएलीहरू आ-आफ्ना सहरमा फर्केको सातौं महिनमा तिनीहरू एक जना मानिसझैं यरूशलेममा भेला भए । 2 योसादाकका छोरा येशूअ र तिनका पुजारी दाजुभाइहरू, शालतिएलका छोरा यरुबाबेल र तिनका दाजुभाइहरू उठे, र परमेश्‍वरका मानिस मोशाको व्यवस्थामा लेखिएझैं होमबलिहरू चढाउन इस्राएलका परमेश्‍वरको वेदी निर्माण गरे । 3 त्यसपछि तिनीहरूमा देशका मानिसहरूको डर परेको भए तापनि तिनीहरूले वेदीलाई त्‍यसको आधारमा स्थापित गरे । तिनीहरूले बिहान र बेलुका परमप्रभुका निम्ति होमबलिहरू चढाए ।
  • एज्रा 7:27 : 27 हाम्रा पुर्खाहरूका परमप्रभु परमेश्‍वरको स्तुति होस् जसले यरूशलेममा भएको परमप्रभुको मन्दिरको महिमा गर्न राजाको ह्रदयमा यी सबै कुरा हाल्‍नुभयो,
  • नहे 1:3 : 3 तिनीहरूले मलाई भने, “निर्वासनबाट बाँचेर आएकाहरू जो प्रान्तमा छन्, तिनीहरू ठुलो कष्‍ट र अपमानमा छन्, किनकि यरूशलेमको पर्खाल भत्काइएको छ, र यसका मुल ढोकाहरूमा आगो लगाइएका छन् ।”
  • नहे 2:3 : 3 मैले राजालाई भनेँ, “राजा सदासर्वदै अमर रहून्! मेरो अनुसार किन उदास नहुने त? मेरा पिता-पुर्खाहरूका चिहान भएको सहर भग्‍नावशेषमा परिणत भएको छ, र यसका मूल ढोकाहरू आगोले नष्‍ट पारेका छन् ।”
  • नहे 2:17 : 17 मैले तिनीहरूलाई भनेँ, “हामी कस्तो सङ्कष्‍टमा छौँ, यरूशलेम कसरी भग्‍नावशेषमा परिणत भएको छ र यसका मूल ढोकाहरू आगोले नष्‍ट पारिएको छ भनी तिमीहरूले देखेका छौ । आओ, हामी फेरि अपमानित नहोऔँ भनेर यरूशलेमको पर्खाल पुनर्निर्माण गरौँ ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 13तपाईं माथि उठ्नुहुनेछ र सियोनमाथि दया गर्नुहुनेछ । यो त्यसमाथि दया गर्ने समय हो । तोकिएको समय आएको छ ।

  • भजन 102:15-16
    2 पदहरू
    75%

    15हे परमप्रभु, जातिहरूले तपाईंको नाउँको आदर गर्नेछन् र पृथ्वीका सबै राजाले तपाईंको महिमाको आदर गर्नेछन् ।

    16परमप्रभुले सियोनको पुनःनिर्माण गर्नुहुनेछ र आफ्‍नो महिमामा देखा पर्नुहुनेछ ।

  • भजन 132:13-14
    2 पदहरू
    73%

    13निश्‍चय नै परमप्रभुले सियोनलाई रोज्‍नुभएको छ । उहाँको आफ्‍नो आसनको निम्ति उहाँले त्यसको इच्‍छा गर्नुभएको छ ।

    14“यो सदासर्वदाको निम्ति मेरो विश्राम स्थल हो । म यहाँ बस्‍नेछु किनकि म यसलाई चाहन्छु ।

  • 18सियोनलाई तपाईंको सुभेच्छामा भलइ गर्नुहोस्, यरूशलेमको पर्खालहरू पनुःनिर्माण गर्नुहोस् ।

  • यशा 60:13-15
    3 पदहरू
    72%

    13लेबनानको महिमा तँकहा आउनेछ । सल्‍लो र धूपीका रूखहरू मेरो पवित्रस्थानलाई सुन्दर बनाउन आउनेछन् । अनि म मेरो पाउ राख्‍ने ठाउँलाई महिमित तुल्याउनेछु ।

    14तँलाई तुच्छ पार्नेहरूका छोराहरू तँलाई दण्डवत गर्न आउनेछन् । तिनीहरूले तेरा पाउ ढोग्‍नेछन् । तिनीहरूले तँलाई परमप्रभुको सहर अर्थात् इस्राएलको परमपवित्रको सियोन भन्‍नेछन् ।

    15तँबाट भएर कोही नहिंड्ने गरी त्यागिएको र घृणा गरिएको अवस्‍थामा रहनुको साटोमा, म तँलाई सदाको निम्ति गौरवको वस्तु, पुस्तादेखि पुस्‍तासम्‍मको निम्ति आनन्द बनाउनेछु ।

  • भजन 147:11-12
    2 पदहरू
    72%

    11परमप्रभुलाई आदर गर्नेहरूसँग उहाँ प्रशन्‍न हुनुहुन्छ, जसले उहाँको करारको विश्‍वस्‍ततामा आसा गर्छन् ।

    12हे यरूशलेम, परमप्रभुको प्रशंसा गर् । हे सियोन, तेरो परमेश्‍वरको प्रशंसा गर् ।

  • 8हे परमप्रभु, तपाईंको धार्मिक आदेशहरूका कारणले सियोनले सुन्यो र खुसी भयो, अनि यहूदाका नगरहरू आनन्‍दित भए ।

  • 10विदेशीहरूका छोराहरूले तेरा पर्खालहरू पुनःनिर्माण गर्नेछन् र तिनीहरूका राजाहरूले तेरो सेवा गर्नेछन् । मेरो क्रोधमा मैले तँलाई दण्ड दिए तापनि मेरो कृपामा म तँलाई दया देखाउनेछु ।

  • 12यसैकारण, तिमीहरूको कारण, सियोन जोतिएको खेतझैँ हुनेछ, यरूशलेम भग्‍नावशेषको थुप्रो हुनेछ, र मन्दिरको डाँडाचाहिँ घना जङ्गल हुनेछ ।

  • 35किनभने परमेश्‍वरले सियोनलाई बचाउनुहुनेछ र यहूदाका सहरहरू पुनःनिर्माण गर्नुहुनेछ । मानिसहरू त्यहाँ बसोवास गर्नेछन् र यसलाई सम्पत्तिको रूपमा लिनेछन् ।

  • यशा 54:11-12
    2 पदहरू
    70%

    11ए कष्‍टमा परेका, आँधी-बेहरीले बत्ताइएका र सान्त्वना नपाएकाहरू हो, हेर, तेरो बाटोमा म फिरोजा पत्‍थरले जोड्नेछु र तेरो जगहरू नीरले बसाल्‍नेछु ।

    12म तेरो गजुरहरू रूबीले र तेरा ढोकाहरू चम्कने पत्थरहरूले र तेरो बाहिरी पर्खाल सुन्दर ढुङ्गाहरूले बनाउनेछु ।

  • 6यसका ढुङ्गाहरूका ठाउँमा नीर पाइन्छ, र यसमा धूलोमा सुन मिसिएको छ ।

  • 32जातिका दूलहरूलाई तिनीहरूले कसरी जवाफ दिनेछन्? “परमप्रभुले सियोनलाई बसाल्नुभएको छ, त्यसमा कष्‍टमा परेका मानिसहरूले शरण लिनेछन् ।”

  • 6यरूशलेमको शन्तिको निम्ति प्रार्थना गर । “तँलाई प्रेम गर्नेहरूलाई शान्ति मिलोस् ।

  • 12तेरा किल्लाहरूका अग्‍ला पर्खालहरूलाई उहाँले तल जमिनमा माटोमा ढाल्‍नुहुनेछ ।

  • 22जब मानिसहरू र राज्यहरू परमप्रभुको सेवा गर्न भेला हुन्छन् ।

  • 25किनकि हामी पग्‍लेर धूलोमा मिलेका छौं । हाम्रा शरीरहरू भूइँमा टाँसिन्छन् ।

  • 11अब धेरै जातिहरू तिमीहरूका विरुद्धमा एक भएका छन् । तिनीहरू भन्छन्, ‘त्यसलाई अपवित्र रहन देओ, हाम्रा आँखाले सियोनमाथि नजर लगाइरहून् ।’

  • 7हे परमप्रभु, यरूशलेमको पतन भएको दिनमा एदोमीहरूले के गरे सो स्मरण गर्नुहोस् । तिनीहरूले भने, “यसलाई भत्काओ, यसको तल जगैसमेत भत्काओ ।”

  • भजन 90:16-17
    2 पदहरू
    70%

    16तपाईंको सेवकले तपाईंको काम देखोस् र हाम्रा छोराछोरीले तपाईंको ऐश्‍वर्य देखून् ।

    17परमप्रभु परमेश्‍वरको कृपा हाम्रो होस् । हाम्रा हातका कामहरू फलिफाप होऊन् । वास्तवमा, हाम्रा हातका कामहरू फलिफाप गरिदिनुहोस् ।

  • 14तिमीहरूले यो देख्‍नेछौ र तिमीहरूको हृदय आनन्दित हुनेछ, तिमीहरूका हड्‍डीहरू कलिलो घाँसझैं पलाउनेछ । परमप्रभुको बाहुलीले आफ्‍ना सेवकहरूलाई प्रकट गर्नेछ, तर आफ्ना शत्रहरूका विरुद्धमा उहाँले आफ्‍नो रिस प्रकट गर्नुहुनेछ ।

  • 4किनकि परमप्रभु आफ्‍ना मानिसहरूसँग प्रशन्‍न हुनुहुन्छ । उहाँले नम्रहरूलाई उद्धारले महिमित पार्नुहुन्छ ।

  • 2याकूबका सबै पालभन्दा धेरै पमरप्रभुले सियोनको ढोकाहरूलाई नै मन पराउनुहुन्छ ।

  • 17तपाईं तिनीहरूका ऐश्‍वर्यको बल हुनुहुन्छ र तपाईंको कृपाले हामी विजयी भएका छौं ।

  • 2आफ्ना मानिसहरू जसलाई तपाईंले प्राचीन समयमा किन्‍नुभयो, तपाईंको आफ्नै उत्तराधिकार हुनलाई उद्धार गर्नुभएका कुलहरू र तपाईं वास गर्नुहुने सियोन पर्वतलाई सम्झनुहोस् ।

  • 8हे परमप्रभु, तपाईं बस्‍नुहुने मन्‍दिरलाई म प्रेम गर्छु, त्यो ठाउँ जहाँ तपाईंको महिमाले वास गर्छ ।

  • 6नदीको बेसीका चिल्ला थोकहरूमा तिमीहरूलाई दिइएका थोकहरू पनि पर्छन् । ती तिमीहरूले पुजा गर्ने वस्तुहरू हुन् । तिमीहरूले आफ्ना अर्घबलिहरू तिनीहरूमाथि खन्याउँछौ र अन्‍नबलिहरू चढाउँछौ । के यी कुराहरूमा म खुसी हुनू?

  • 21पृथ्वीलाई त्रासमा पार्न जब परमप्रभु खडा हुनुहुन्छ, तब मानिसहरू उहाँको त्रास र उहाँको वैभवको महिमाबाट लुक्‍न चट्टानहरूका प्वालहरू र कडा चट्टानहरूका कन्दराहरूमा पस्‍नेछन् ।

  • 2ए यरूशलेम, हाम्रा खुट्टाहरू तेरा ढोकाहरूभित्र खडा छन् ।

  • 1¶ सुनको चमक हराएको छ । कसरी निखुर सुन बद्लेको छ! पवित्र पत्थरहरू हरेक सडकको कुनामा छरपष्‍ट छन् ।

  • 14किनकि परमप्रभुले आफ्ना मानिसहरूलाई रक्षा गर्नुहुन्छ र आफ्‍ना सेवकहरूमाथि दया देखाउनुहुन्छ ।

  • 11हाम्रा पुर्खाहरूले तपाईंको प्रशंसा गरेको हाम्रो पवित्र र सुन्दर मन्दिर आगोले नष्‍ट भएको छ र ज्‍यादै प्रिय कुराहरू सबै भग्‍नावशेष भएका छन् ।

  • 21सियोनमा परमप्रभुलाई प्रशंसा होस्, जो यरूशलेममा बसोबास गर्नुहुन्छ । परमप्रभुको प्रशंसा गर ।

  • 9उजाडस्‍थानमा बस्‍नेहरू उनको सामु घोप्‍टो परेर दण्डवत गरून् । उनका शत्रुहरूले धूलो चाटून् ।

  • 11तपाईंका धार्मिक आदेशहरूका कारणले सियोन पर्वत खुसी होस्, यहूदाका छोरीहरू आनन्‍दित होऊन् ।

  • 1¶ परमप्रभुले सियोनकी छोरीलाई आफ्नो रिसको बादलमुनि ढाक्‍नुभएको छ । उहाँले इस्राएलको गौरवलाई स्वर्गबाट तल पृथ्वीमा फ्याँकिदिनुभएको छ । आफ्नो रिसको दिनमा उहाँले आफ्नो पाउदानको सम्झना गर्नुभएको छैन ।

  • 25प्राचीन समयमा पृथ्वीलाई तपाईंले यसको ठाउँमा बसाल्नुभयो । आकाश तपाईंकै हातका काम हुन् ।

  • 52तपाईंका दास र तपाईंको जाति इस्राएलले जुनसुकै बेला तपाईंलाई पुकारा गर्दा तिनीहरूको कुरा सुन्न तपाईंका आँखा खुला रहून् ।

  • 15साथै, प्राचीन पर्वतहरूका उत्तम कुराहरू, र अनन्तका पर्वतहरूका अनमोल कुराहरूले आशिषित् होस् ।

  • 3हो, परमप्रभुले सियोनलाई सान्त्वना दिनुहुनेछ । उहाँले त्यसका सबै उजाड ठाउँहरूलाई सान्त्वना दिनुहुनेछ । त्यसको उजाड-स्‍थानलाई अदनझैं, अनि यर्दन नदी नजिकैको त्यसका मरुभूमिका मैदानहरूलाई परमप्रभुको बगैंचाझैं उहाँले बनाउनुभयो । त्यसमा खुसी र आनन्द, धन्यवाद र गीतको सोर हुनेछ ।

  • 3पृथ्वीमा भएका पवित्र मानिसहरूका बारेमा, तिनीहरू सज्‍जन मानिसहरू हुन् । मेरा सबै खुसी तिनीहरूमा नै छ ।

  • 27मेरो निर्दोषताको इच्छा गर्नेहरू आनन्दले कराऊन् र खुसी होऊन् । तिनीहरूले निरन्‍तर यसो भनून्, “परमप्रभुको प्रशंसा होस्, जो आफ्नो सेवकको भलो हुँदा खुसी हुनुहुन्छ ।”

  • 3यसकारण बलिया मानिसहरूले तपाईंको महिमा गर्नेछन् । निर्दयी सहरका जातिहरूले तपाईंको डर मान्‍नेछन् ।