भजनसंग्रह 106:14

अनलक शाब्दिक बाइबल

उजाडस्थानमा तिनीहरूमा असन्‍तुष्‍ट इच्‍छाहरू थिए र तिनीहरूले मरुभूमिमा परमेश्‍वरलाई चुनौति दिए ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • १ कोरि 10:9 : 9 हामीले ख्रीष्‍टको परीक्षा गर्नुहुँदैन जसरी तिनीहरूले गरे र सर्पहरूद्वारा नष्‍ट भए ।
  • १ कोरि 10:6 : 6 तिनीहरूले जस्तै हामीले दुष्‍ट कुराहरूको इच्छा नगरौँ भनेर यी कुराहरू हाम्रा लागि उदाहरणहरू थिए ।
  • निर्ग 17:2 : 2 त्यसैले मानिसहरूले तिनीहरूको अवस्थाको निम्ति मोशालाई दोष लगाए र भने, “हामीलाई पिउन पानी दिनुहोस् ।” मोशाले भने, “तिमीहरू किन मसित झगडा गर्छौ? तिमीहरू किन परमप्रभुको जाँच गर्छौ?”
  • गिन 11:4 : 4 केही विदेशीहरू इस्राएलका सन्तानहरूसँग छाउनीमा बस्‍न थाले । तिनीहरूले मिठो खानेकुरा खाने इच्छा गरे । अनि इस्राएलका मानिसहरू रुन थाले र भने, “हामीलाई कसले मासु खान दिन्छ?”
  • गिन 11:33-34 : 33 मासु तिनीहरूको मुखमा हुँदा नै, तिनीहरूले यसलाई चपाइरहँदा नै, परमप्रभु तिनीहरूसँग क्रोधित हुनुभयो । उहाँले मानिसहरूलाई भयङ्कर रोगले प्रहार गर्नुभयो । 34 त्यस ठाउँको नाउँ किब्रोथ-हत्तावा राखियो, किनभने मासुको लालसा गर्ने मानिसहरूलाई तिनीहरूले त्यहाँ गाडे ।
  • गिन 14:22 : 22 शक्‍तिका चिन्हहरू देख्‍ने ती सबै मानिस जसलाई मैले मिश्र देश र मरुभूमिमा गरेँ, तिनीहरूले मलाई दस पटकसम्म परीक्षा गरेका छन् र मेरो आवाज सुनेका छैनन् ।
  • व्यव 9:22 : 22 तबेरा, मस्साह र किब्रोथ-हत्तावामा तिमीहरूले परमप्रभुलाई क्रोधित तुल्यायौ ।
  • भजन 78:18-20 : 18 आफ्‍नो भोक मेटाउनलाई खाना मागेर आफ्‍ना हृदयहरूले तिनीहरूले परमेश्‍वरलाई चुनौति दिए । 19 तिनीहरू परमेश्‍वरको विरुद्धमा बोले । तिनीहरूले भने, “परमेश्‍वरले हामीलाई उजाड-स्थानमा साँच्‍चै नै खाना खुवाउन सक्‍नुहुन्छ र? 20 हेर, उहाँले चट्टानलाई प्रहार गर्नुहुँदा, पानी निस्कियो र नदीहरू बगे । तर के उहाँले रोटी पनि दिन सक्‍नुहुन्छ? के उहाँले आफ्ना मानिसहरूलाई मासु दिनुहुनेछ?”
  • भजन 78:30 : 30 तर तिनीहरू अझै अघाएका थिएनन् । तिनीहरूको खाना अझै तिनीहरूको मुखमै थियो ।
  • भजन 78:40-41 : 40 उजाड-स्थानमा र बाँझो ठाउँहरूमा तिनीहरूले कति धेरै पल्‍ट उहाँको विरुद्धमा विद्रोह गरेर उहाँलाई दुःखी बनाए! 41 तिनीहरूले परमेश्‍वरलाई धेरै पल्‍ट चुनौति दिए र इस्राएलका परम पवित्रलाई चित्त दुखाए ।
  • भजन 95:8-9 : 8 “मेरीबामा वा उजाडस्‍थानको मस्साहका दिनमा झैं आफ्नो हृदयलाई कठोर नपार, 9 जहाँ तिमीहरूका पुर्खाहरूले मेरा कामहरू देखे तापनि तिनीहरूले मलाई जाँचे र मेरो परीक्षा गरे ।
  • इब्रा 3:8-9 : 8 उजाड-स्थानमा परीक्षाको समयमा विद्रोह गरेजस्तै तिमीहरूका हृदयलाई कठोर नपार । 9 चालिस वर्षसम्म मैले गरेको काम तिनीहरूले देखे र पनि तिम्रा पुर्खाहरूले विद्रोह गरेर मेरो परीक्षा गरे । 10 त्यसकारण म त्यस पुस्तासँग अप्रसन्‍न भए । मैले भनेँ, ‘तिनीहरू जहिले पनि आफ्ना हृदयबाट तर्किएर गएका छन् । अनि तिनीहरूलाई मेरो बाटो नै थाहा छैन ।’

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • भजन 78:17-19
    3 पदहरू
    82%

    17तापनि तिनीहरूले उजाड-स्थानमा सर्वोच्‍चको विरुद्धमा विद्रोह गरेर उहाँको विरुद्धमा पाप गरिरहे ।

    18आफ्‍नो भोक मेटाउनलाई खाना मागेर आफ्‍ना हृदयहरूले तिनीहरूले परमेश्‍वरलाई चुनौति दिए ।

    19तिनीहरू परमेश्‍वरको विरुद्धमा बोले । तिनीहरूले भने, “परमेश्‍वरले हामीलाई उजाड-स्थानमा साँच्‍चै नै खाना खुवाउन सक्‍नुहुन्छ र?

  • भजन 78:40-41
    2 पदहरू
    80%

    40उजाड-स्थानमा र बाँझो ठाउँहरूमा तिनीहरूले कति धेरै पल्‍ट उहाँको विरुद्धमा विद्रोह गरेर उहाँलाई दुःखी बनाए!

    41तिनीहरूले परमेश्‍वरलाई धेरै पल्‍ट चुनौति दिए र इस्राएलका परम पवित्रलाई चित्त दुखाए ।

  • भजन 106:15-16
    2 पदहरू
    78%

    15त्यसैले तिनीहरूले जे मागे उहाँले तिनीहरूलाई त्‍यही दिनुभयो, तर उहाँले तिनीहरूमाथि डरलाग्दो रोग पठाउनुभयो ।

    16छाउनीमा तिनीहरू परमप्रभुका पवित्र पुजारी मोशा र हारूनप्रति डाही बने ।

  • 56तापनि तिनीहरूले सर्वोच्‍च परमेश्‍वरलाई चुनौति दिए र अवज्ञा गरे, अनि उहाँका गम्भीर आज्ञाहरू पालन गरेनन् ।

  • भजन 78:29-32
    4 पदहरू
    77%

    29त्यसैले तिनीहरूले खाए र अघाए । तिनीहरूले जे लालसा गरे सो उहाँले तिनीहरूलाई दिनुभयो ।

    30तर तिनीहरू अझै अघाएका थिएनन् । तिनीहरूको खाना अझै तिनीहरूको मुखमै थियो ।

    31तब परमेश्‍वरको क्रोध तिनीहरूमाथि पर्‍यो र तिमध्येका बलियाहरूलाई मार्‍यो । उहाँले इस्राएलका जवानहरूलाई तल झार्नुभयो ।

    32यति हुँदा पनि, तिनीहरूले निरन्‍तर पाप गरे र उहाँका अचम्‍मका कामहरूमा विश्‍वास गरेनन् ।

  • भजन 106:24-26
    3 पदहरू
    76%

    24त्‍यसपछि तिनीहरूले फलवन्त देशलाई घृणा गरे । तिनीहरूले उहाँको प्रतिज्ञामा विश्‍वास गरेनन्,

    25तर आफ्‍ना पालहरूमा गनगन गरे र पमरप्रभुको आज्ञा पालन गरेनन् ।

    26यसकारण उहाँले आफ्नो हात उठाउनुभयो र तिनीहरूसित शपथ खानुभयो, कि उहाँले तिनीहरूलाई मरुभूमिमा नै मर्न दिनुहुनेछ,

  • १ कोरि 10:5-6
    2 पदहरू
    76%

    5तर तिनीहरूमध्ये धेरै जनासित परमेश्‍वर प्रसन्‍न हुनुभएन, र तिनीहरूका लासहरू उजाड-स्थानभरि छरिएका थिए ।

    6तिनीहरूले जस्तै हामीले दुष्‍ट कुराहरूको इच्छा नगरौँ भनेर यी कुराहरू हाम्रा लागि उदाहरणहरू थिए ।

  • 13तर उहाँले जे गर्नुभएको थियो त्‍यो तिनीहरूले तुरुन्‍तै बिर्से । तिनीहरूले उहाँको सल्‍लाहको निम्ति पर्खेनन् ।

  • 22शक्‍तिका चिन्हहरू देख्‍ने ती सबै मानिस जसलाई मैले मिश्र देश र मरुभूमिमा गरेँ, तिनीहरूले मलाई दस पटकसम्म परीक्षा गरेका छन् र मेरो आवाज सुनेका छैनन् ।

  • 16मस्साहमा परीक्षा गरेझैँ परमप्रभु तिमीहरूका परमेश्‍वरको परीक्षा नगर्नू ।

  • इब्रा 3:8-9
    2 पदहरू
    74%

    8उजाड-स्थानमा परीक्षाको समयमा विद्रोह गरेजस्तै तिमीहरूका हृदयलाई कठोर नपार ।

    9चालिस वर्षसम्म मैले गरेको काम तिनीहरूले देखे र पनि तिम्रा पुर्खाहरूले विद्रोह गरेर मेरो परीक्षा गरे ।

  • 29तिनीहरूले आफ्‍ना कामहरूले उहाँलाई रिस उठाए र तिनीहरू माझमा एउटा रुढी फैलियो ।

  • 5किनभने तिनीहरू भोकाएका र तिर्खाएका थिए, तिनीहरू थकाइले मूर्छित भए ।

  • भजन 106:32-33
    2 पदहरू
    73%

    32तिनीहरूले मेरीबको पानीमा पनि परमप्रभुलाई रिस उठाए र तिनीहरूका कारणले मोशाले कष्‍ट भोगे ।

    33तिनीहरूले मोशालाई तिक्‍त बनाए र तिनले हतारमा बोले ।

  • 22तबेरा, मस्साह र किब्रोथ-हत्तावामा तिमीहरूले परमप्रभुलाई क्रोधित तुल्यायौ ।

  • 17जोसँग उहाँ चालिस वर्षसम्म रिसाउनुभएको होइन र? के ती पाप गर्नेहरूसित होइन जसका मृत शरीरहरू उजाड-स्थानमा छरिएका थिएनन् र?

  • 9जहाँ तिमीहरूका पुर्खाहरूले मेरा कामहरू देखे तापनि तिनीहरूले मलाई जाँचे र मेरो परीक्षा गरे ।

  • 9हामीले ख्रीष्‍टको परीक्षा गर्नुहुँदैन जसरी तिनीहरूले गरे र सर्पहरूद्वारा नष्‍ट भए ।

  • 34त्यस ठाउँको नाउँ किब्रोथ-हत्तावा राखियो, किनभने मासुको लालसा गर्ने मानिसहरूलाई तिनीहरूले त्यहाँ गाडे ।

  • निर्ग 16:2-3
    2 पदहरू
    71%

    2उजाड-स्थानमा इस्राएलीहरूका सारा समुदायले मोशा र हारूनको विरुद्धमा गनगन गरे ।

    3इस्राएलीहरूले तिनीहरूलाई भने, “हामी मासुको भाँडानेर बसेर अघाउञ्‍जेल रोटी खाइरहँदा मिश्र देशमा नै परमप्रभुको हातद्वारा मरेको भए हुनेथियो । किनकि तपाईंहरूले हाम्रो पुरै समुदायलाई भोकले मार्न हामीलाई उजाड-स्थानमा ल्याउनुभएको छ ।”

  • 18तिनीहरूले ढलौटे बाछा बनाएर 'तिमीहरूलाई मिश्रबाट ल्याउने ईश्‍वर यही हो' भनी तिनीहरूले ठुलो ईश्‍वर-निन्दा गर्दा पनि

  • 14तिमीहरू दुवै जनाले सीनको मरुभूमिमा मेरो आज्ञा विरुद्ध विद्रोह गरेको हुनाले यस्तो हुने छ । त्यहाँ चट्टानबाट पानी बगेर निस्कँदा तिमीहरूका रिसमा तिमीहरूले सारा समुदायको नजरमा पवित्र जनको रूपमा मलाई आदर गर्न चुक्यौ ।” यो घटना सीनको मरूभूमिको कादेशको मेरीबाको पानीमा भएको थियो ।

  • 5मानिसहरू परमेश्‍वर र मोशा विरुद्ध बोले, “मरुभूमिमा मर्न तपाईंले हामीलाई मिश्रबाट किन ल्याउनुभयो? यहाँ रोटी छैन, पानी पनि छैन अनि यो घृणास्पद खाना हामी घृणा गर्छौं ।”

  • 18उहाँले झण्डै चालिस वर्षसम्म तिनीहरूलाई उजाड स्थानमा सहनुभयो।

  • 16तिनीहरूले आफ्ना अनौठा देवताहरूद्वारा परमप्रभुलाई डाही तुल्याए ।

  • व्यव 9:7-8
    2 पदहरू
    71%

    7उजाड-स्थानमा तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरलाई कसरी क्रोधित तुल्यायौ भनी याद राख । तिमीहरूले मिश्र देश छाडेदेखि तिमीहरू यस ठाउँमा नआउञ्‍जेलसम्म तिमीहरू परमप्रभुको विरुद्धमा विद्रोही बनेका छौ ।

    8साथै, हेब्रोनमा तिमीहरूले परमप्रभुलाई क्रोधित तुल्यायौ, र तिमीहरूलाई नाशै पार्ने गरी उहाँ क्रुद्ध हुनुभयो ।

  • 19तिनीहरूले होरेबा एउटा बाछो बनाए र धातुको मूर्तीको आकृति पुजे ।

  • 4केही विदेशीहरू इस्राएलका सन्तानहरूसँग छाउनीमा बस्‍न थाले । तिनीहरूले मिठो खानेकुरा खाने इच्छा गरे । अनि इस्राएलका मानिसहरू रुन थाले र भने, “हामीलाई कसले मासु खान दिन्छ?”

  • 43तिनीहरूलाई सहायता गर्न उहाँ धेरैपल्‍ट आउनुभयो, तर तिनीहरूले निरन्‍तर विद्रोह गरे र तिनीहरूका आफ्नै पापले तल पारिए ।

  • 16'परमप्रभुले तिनीहरूलाई दिन्छु भनी प्रतिज्ञा गर्नुभएको मुलुकमा यी मानिसहरूलाई लान नसक्‍नुभएको हुनाले उहाँले तिनीहरूलाई मरुभूमिमा नै मार्नुभयो ।'

  • 16तिमीहरूलाई नम्र बनाउन र तिमीहरूको जाँच गरी अन्त्यमा तिमीहरूको भलाइ गर्न उहाँले तिमीहरूलाई उजाड-स्थानमा तिमीहरूका पिता-पुर्खाहरूले कहिल्यै नजानेका मन्‍न खुवाउनुभयो ।

  • 7हाम्रा पुर्खाहरूले मिश्रदेशमा तपाईंका अचम्मका कामहरूको कदर गरेनन् । तिनीहरूले तपाईंका करारको विश्‍वस्‍तताका धेरै कामहरूलाई बवास्‍ता गरे । तिनीहरू लाल समुद्रमा विद्रोही भए ।

  • 39तिनीहरू आफ्‍ना कामहरूले अशुद्ध भए । तिनीहरूका कामहरूले तिनीहरू वेश्याजस्तै भए ।

  • 26तर तिमीहरूले आक्रमण गर्न इन्कार गरी परमप्रभु तिमीहरूका परमेश्‍वरको आज्ञाको विरुद्धमा गयौ ।

  • 6तिनीहरूले यसो भनेनन्, 'हामीलाई मिश्रदेशबाट ल्याउनुहुने परमप्रभु कहाँ हुनुहुन्छ? हामीलाई उजाड-स्थानमा, अराबाको देश र खाडलहरूमा, सुख्‍खा र घोर अन्धकारको देशमा, कोही नजाने र कोही नबस्‍ने देशमा अगुवाइ गर्नुहुने परमप्रभु कहाँ हुनुहुन्छ?

  • 15तपाईंले तिनीहरूलाई तिनीहरूको भोक तृप्‍त पार्न स्वर्गबाट रोटी दिनुभयो, र तिनीहरूको तिर्खा मेट्न चट्टानबाट पानी दिनुभयो । तिनीहरूलाई दिन्छु भनी तपाईंले प्रतिज्ञा गर्नुभएको देशमा गएर अधिकार गर्न तिनीहरूलाई आज्ञा दिनुभयो ।