भजनसंग्रह 78:17

अनलक शाब्दिक बाइबल

तापनि तिनीहरूले उजाड-स्थानमा सर्वोच्‍चको विरुद्धमा विद्रोह गरेर उहाँको विरुद्धमा पाप गरिरहे ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यशा 63:10 : 10 तर तिनीहरूले विद्रोह गरे र पवित्र आत्मालाई दुःखी तुल्याए । यसरी उहाँ तिनीहरूका शत्रु हुनुभयो र तिनीहरूका विरुद्धमा युद्ध गर्नुभयो ।
  • इब्रा 3:16-19 : 16 ती को थिए जसले परमेश्‍वरको आवाज सुने र उहाँको विरोध गरे? के ती सबै मोशाले मिश्र देशबाट निकालेर ल्याएकाहरू नै होइनन् र? 17 जोसँग उहाँ चालिस वर्षसम्म रिसाउनुभएको होइन र? के ती पाप गर्नेहरूसित होइन जसका मृत शरीरहरू उजाड-स्थानमा छरिएका थिएनन् र? 18 तिनीहरू उहाँको विश्राममा पस्‍न पाउनेछैनन् भनी कोसँग उहाँले शपथ खानुभएको थियो, के ती उहाँका आज्ञा नमान्‍नेहरू होइनन् र? 19 र अविश्‍वासको कारणले नै तिनीहरू उहाँको विश्राममा पस्‍न नसकेको हामी देख्दछौ ।
  • व्यव 9:8 : 8 साथै, हेब्रोनमा तिमीहरूले परमप्रभुलाई क्रोधित तुल्यायौ, र तिमीहरूलाई नाशै पार्ने गरी उहाँ क्रुद्ध हुनुभयो ।
  • व्यव 9:12-22 : 12 परमप्रभुले मलाई भन्‍नुभयो, 'उठेर छिटो गरी यहाँबाट तल जा किनकि तैँले मिश्रबाट ल्याएका तेरा मानिसहरूले आफैलाई भ्रष्‍ट पारेका छन् । मैले तिनीहरूलाई आज्ञा गरेको मार्गबाट तिनीहरू चाँडै नै तर्केर गएका छन् । तिनीहरूले आफ्नो निम्ति ढलौटे मूर्ति बनाएका छन् ।' 13 यसबाहेक, परमप्रभुले मलाई भन्‍नुभयो, 'मैले यी मानिसहरूलाई देखेको छु र तिनीहरू हठी छन् । 14 मलाई एक्लै छोडिदे ताकि मैले तिनीहरूलाई नष्‍ट गर्नू सकूँ र स्वर्गमूनिबाट तिनीहरूको नाउँ मेटाइदिन सकूँ र तँबाट नै तिनीहरूभन्दा महान् र शक्तिशाली जाति बनाउन सकूँ ।' 15 त्यसैले म फर्केर पर्वतबाट ओर्ली आएँ, अनि पर्वत जलिरहेको थियो । करारका दुईवटा शिला-पाटी मेरा हातमा थिए । 16 मैले हेरेँ र तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको विरुद्धमा पाप गरेका थियौ । तिमीहरूले आफ्नो निम्ति बाछाको ढलौटे मूर्ति बनाएका थियौ । परमप्रभुले तिमीहरूलाई आज्ञा गर्नुभएको मार्गबाट तिमीहरू चाँडै नै तर्केर गएका थियौ । 17 मैले ती दुईवटा शिला-पाटीलाई लिएर मेरा हातबाट फालिदिएँ । मैले तिमीहरूकै सामु तिनलाई टुक्रा-टुक्रा पारिदिएँ । 18 फेरि, मैले न रोटी खाएँ न पानी पिएँ । परमप्रभुको दृष्‍टिमा दुष्‍ट काम गरेर उहाँलाई चिढ्याई तिमीहरूका सबै पापको कारणले गर्दा चालिस दिन र चालिस रातसम्म म परमप्रभुको सामु लम्पसार परेँ । 19 किनकि तिमीहरूलाई नाशै पार्ने गरी तिमीहरूको विरुद्धमा भएको परमप्रभुको रिस र कडा बेखुसीको कारणले म भयभीत भएँ । तर त्यस बेला पनि परमप्रभुले मेरो कुरा सुन्‍नुभयो । 20 हारूनलाई नष्‍ट गर्ने गरी उहाँ तिनीसित ज्यादै रिसाउनुभयो । त्यस बेला मैले हारूनको लागि पनि प्रार्थना गरेँ । 21 मैले तिमीहरूको पाप अर्थात् तिमीहरूले बनाएको बाछो लिएर त्यसलाई जलाइदिएँ अनि त्यसलाई चकनाचुर पारेर धूलोपिठो पारिदिएँ । मैले त्यस धूलोलाई पर्वतबाट आउने खोलामा फालिदिएँ । 22 तबेरा, मस्साह र किब्रोथ-हत्तावामा तिमीहरूले परमप्रभुलाई क्रोधित तुल्यायौ ।
  • भजन 78:32 : 32 यति हुँदा पनि, तिनीहरूले निरन्‍तर पाप गरे र उहाँका अचम्‍मका कामहरूमा विश्‍वास गरेनन् ।
  • भजन 95:8-9 : 8 “मेरीबामा वा उजाडस्‍थानको मस्साहका दिनमा झैं आफ्नो हृदयलाई कठोर नपार, 9 जहाँ तिमीहरूका पुर्खाहरूले मेरा कामहरू देखे तापनि तिनीहरूले मलाई जाँचे र मेरो परीक्षा गरे । 10 किनकि चालिस वर्षसम्म म त्यो पुस्‍तासित रिसाएँ र भनें, ‘यी मानिसहरूका हृदयहरू भड्किएका छन् । तिनीहरूले मेरा मार्गहरू जानेका छैनन् ।'
  • भजन 106:13-32 : 13 तर उहाँले जे गर्नुभएको थियो त्‍यो तिनीहरूले तुरुन्‍तै बिर्से । तिनीहरूले उहाँको सल्‍लाहको निम्ति पर्खेनन् । 14 उजाडस्थानमा तिनीहरूमा असन्‍तुष्‍ट इच्‍छाहरू थिए र तिनीहरूले मरुभूमिमा परमेश्‍वरलाई चुनौति दिए । 15 त्यसैले तिनीहरूले जे मागे उहाँले तिनीहरूलाई त्‍यही दिनुभयो, तर उहाँले तिनीहरूमाथि डरलाग्दो रोग पठाउनुभयो । 16 छाउनीमा तिनीहरू परमप्रभुका पवित्र पुजारी मोशा र हारूनप्रति डाही बने । 17 पृथ्वीले खुल्‍यो र दातानलाई निल्यो र अबीरामको पछि लाग्‍नेहरूलाई ढाकिदियो । 18 तिनीहरू माझमा आगो सल्कियो । त्‍यो आगोले दुष्‍टहरूलाई भष्‍म पार्‍यो । 19 तिनीहरूले होरेबा एउटा बाछो बनाए र धातुको मूर्तीको आकृति पुजे । 20 तिनीहरूले परमेश्‍वरको महिमालाई घाँस खाने साँढेको प्रतिमासँग साटे । 21 तिनीहरूले आफ्‍ना उद्धारकर्तालाई बिर्से जसले मिश्रदेशमा महान् कामहरू गर्नुभएको थियो । 22 उहाँले हामको देशमा अचम्‍मका कामहरू र लाल समुद्रमा शक्तिशाली कामहरू गर्नुभएको थियो । 23 त्यसैले उहाँले तिनीहरूलाई नाश गर्छु भन्‍नुहुँदा—तिनीहरूलाई नष्‍ट गर्ने उहाँको रिस हटाउनलाई उहाँको चुनिएको जन मोशा धाँदोमा खडा भए । 24 त्‍यसपछि तिनीहरूले फलवन्त देशलाई घृणा गरे । तिनीहरूले उहाँको प्रतिज्ञामा विश्‍वास गरेनन्, 25 तर आफ्‍ना पालहरूमा गनगन गरे र पमरप्रभुको आज्ञा पालन गरेनन् । 26 यसकारण उहाँले आफ्नो हात उठाउनुभयो र तिनीहरूसित शपथ खानुभयो, कि उहाँले तिनीहरूलाई मरुभूमिमा नै मर्न दिनुहुनेछ, 27 तिनीहरूका सन्तानहरूलाई जातिहरूका माझमा तितरबितर पार्नहुनेछ, र तिनीहरूलाई विदेशहरूमा छरपष्‍ट पार्नुहुनेछ । 28 तिनीहरूले पोरको बाललाई पुजा गरे र मृतकलाई चढाइएको बलिहरू खाए । 29 तिनीहरूले आफ्‍ना कामहरूले उहाँलाई रिस उठाए र तिनीहरू माझमा एउटा रुढी फैलियो । 30 तब मध्यस्थ गर्न पीनहास उठे र रूढी थामियो । 31 यो तिनको निम्ति सबै पुस्तासम्म सदाको निम्ति धार्मिकता गनियो । 32 तिनीहरूले मेरीबको पानीमा पनि परमप्रभुलाई रिस उठाए र तिनीहरूका कारणले मोशाले कष्‍ट भोगे ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • भजन 78:40-41
    2 पदहरू
    84%

    40उजाड-स्थानमा र बाँझो ठाउँहरूमा तिनीहरूले कति धेरै पल्‍ट उहाँको विरुद्धमा विद्रोह गरेर उहाँलाई दुःखी बनाए!

    41तिनीहरूले परमेश्‍वरलाई धेरै पल्‍ट चुनौति दिए र इस्राएलका परम पवित्रलाई चित्त दुखाए ।

  • 56तापनि तिनीहरूले सर्वोच्‍च परमेश्‍वरलाई चुनौति दिए र अवज्ञा गरे, अनि उहाँका गम्भीर आज्ञाहरू पालन गरेनन् ।

  • भजन 78:18-20
    3 पदहरू
    81%

    18आफ्‍नो भोक मेटाउनलाई खाना मागेर आफ्‍ना हृदयहरूले तिनीहरूले परमेश्‍वरलाई चुनौति दिए ।

    19तिनीहरू परमेश्‍वरको विरुद्धमा बोले । तिनीहरूले भने, “परमेश्‍वरले हामीलाई उजाड-स्थानमा साँच्‍चै नै खाना खुवाउन सक्‍नुहुन्छ र?

    20हेर, उहाँले चट्टानलाई प्रहार गर्नुहुँदा, पानी निस्कियो र नदीहरू बगे । तर के उहाँले रोटी पनि दिन सक्‍नुहुन्छ? के उहाँले आफ्ना मानिसहरूलाई मासु दिनुहुनेछ?”

  • 14उजाडस्थानमा तिनीहरूमा असन्‍तुष्‍ट इच्‍छाहरू थिए र तिनीहरूले मरुभूमिमा परमेश्‍वरलाई चुनौति दिए ।

  • भजन 78:30-32
    3 पदहरू
    79%

    30तर तिनीहरू अझै अघाएका थिएनन् । तिनीहरूको खाना अझै तिनीहरूको मुखमै थियो ।

    31तब परमेश्‍वरको क्रोध तिनीहरूमाथि पर्‍यो र तिमध्येका बलियाहरूलाई मार्‍यो । उहाँले इस्राएलका जवानहरूलाई तल झार्नुभयो ।

    32यति हुँदा पनि, तिनीहरूले निरन्‍तर पाप गरे र उहाँका अचम्‍मका कामहरूमा विश्‍वास गरेनन् ।

  • भजन 78:15-16
    2 पदहरू
    75%

    15उहाँले उजाडस्थानको चट्टा चिर्नुभयो र समुद्रको गहिराइ भर्न प्रशस्‍त हुने पानी उहाँले तिनीहरूलाई दिनुभयो ।

    16चट्टानबाट उहाँले खोलाहरू बगाउनुभयो र पानीलाई नदीहरूझैं बगाउनुभयो ।

  • 58किनकि तिनीहरूले उहाँलाई आफ्‍ना अग्‍ला डाँडाहरूले क्रुद्ध बनाए र आफ्‍ना मूर्तीहरूले उहाँलाई डाहले रसाउने बनाए ।

  • इब्रा 3:16-17
    2 पदहरू
    75%

    16ती को थिए जसले परमेश्‍वरको आवाज सुने र उहाँको विरोध गरे? के ती सबै मोशाले मिश्र देशबाट निकालेर ल्याएकाहरू नै होइनन् र?

    17जोसँग उहाँ चालिस वर्षसम्म रिसाउनुभएको होइन र? के ती पाप गर्नेहरूसित होइन जसका मृत शरीरहरू उजाड-स्थानमा छरिएका थिएनन् र?

  • 18तिनीहरूले ढलौटे बाछा बनाएर 'तिमीहरूलाई मिश्रबाट ल्याउने ईश्‍वर यही हो' भनी तिनीहरूले ठुलो ईश्‍वर-निन्दा गर्दा पनि

  • 22तबेरा, मस्साह र किब्रोथ-हत्तावामा तिमीहरूले परमप्रभुलाई क्रोधित तुल्यायौ ।

  • 26तब तिनीहरू अनाज्ञाकारी बने, र तिनीहरूले तपाईंको विरुद्धमा विद्रोह गरे । तिनीहरूले तपाईंको व्यवस्थालाई पिठिउँ फर्काए । तिनीहरूले तपाईंका अगमवक्ताहरूलाई मारे जसले तिनीहरूलाई तपाईंकहाँ फर्कन चेताउनी दिएका थिए । तिनीहरूले ठुलो ईश्‍वर-निन्दा गरे ।

  • 11तिनीहरूले परमेश्‍वरको वचन विरुद्धमा विद्रोह गरेको र सर्वोच्‍चको सल्‍लाहलाई इन्कार गरेको हुनाले यसो भएको थियो ।

  • भजन 106:32-33
    2 पदहरू
    74%

    32तिनीहरूले मेरीबको पानीमा पनि परमप्रभुलाई रिस उठाए र तिनीहरूका कारणले मोशाले कष्‍ट भोगे ।

    33तिनीहरूले मोशालाई तिक्‍त बनाए र तिनले हतारमा बोले ।

  • भजन 106:24-26
    3 पदहरू
    73%

    24त्‍यसपछि तिनीहरूले फलवन्त देशलाई घृणा गरे । तिनीहरूले उहाँको प्रतिज्ञामा विश्‍वास गरेनन्,

    25तर आफ्‍ना पालहरूमा गनगन गरे र पमरप्रभुको आज्ञा पालन गरेनन् ।

    26यसकारण उहाँले आफ्नो हात उठाउनुभयो र तिनीहरूसित शपथ खानुभयो, कि उहाँले तिनीहरूलाई मरुभूमिमा नै मर्न दिनुहुनेछ,

  • 29तिनीहरूले आफ्‍ना कामहरूले उहाँलाई रिस उठाए र तिनीहरू माझमा एउटा रुढी फैलियो ।

  • व्यव 9:7-8
    2 पदहरू
    73%

    7उजाड-स्थानमा तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरलाई कसरी क्रोधित तुल्यायौ भनी याद राख । तिमीहरूले मिश्र देश छाडेदेखि तिमीहरू यस ठाउँमा नआउञ्‍जेलसम्म तिमीहरू परमप्रभुको विरुद्धमा विद्रोही बनेका छौ ।

    8साथै, हेब्रोनमा तिमीहरूले परमप्रभुलाई क्रोधित तुल्यायौ, र तिमीहरूलाई नाशै पार्ने गरी उहाँ क्रुद्ध हुनुभयो ।

  • 16तिनीहरूले आफ्ना अनौठा देवताहरूद्वारा परमप्रभुलाई डाही तुल्याए ।

  • 16तर तिनीहरू र हाम्रा पिता-पुर्खाहरू अटेरी र हठी भए, र तपाईंका आज्ञाहरू सुनेनन् ।

  • इब्रा 3:8-10
    3 पदहरू
    72%

    8उजाड-स्थानमा परीक्षाको समयमा विद्रोह गरेजस्तै तिमीहरूका हृदयलाई कठोर नपार ।

    9चालिस वर्षसम्म मैले गरेको काम तिनीहरूले देखे र पनि तिम्रा पुर्खाहरूले विद्रोह गरेर मेरो परीक्षा गरे ।

    10त्यसकारण म त्यस पुस्तासँग अप्रसन्‍न भए । मैले भनेँ, ‘तिनीहरू जहिले पनि आफ्ना हृदयबाट तर्किएर गएका छन् । अनि तिनीहरूलाई मेरो बाटो नै थाहा छैन ।’

  • 11तिनीहरूका सामुबाट परमप्रभुले धपाउनुभएका जातिहरूले गरेजस्तै तिनीहरूले उच्‍च थानहरूमा धूप बाले । परमप्रभुलाई रिस उठाउनलाई इस्राएलीहरूले दुष्‍ट कुराहरू गरे,

  • 43तिनीहरूलाई सहायता गर्न उहाँ धेरैपल्‍ट आउनुभयो, तर तिनीहरूले निरन्‍तर विद्रोह गरे र तिनीहरूका आफ्नै पापले तल पारिए ।

  • 14तिमीहरू दुवै जनाले सीनको मरुभूमिमा मेरो आज्ञा विरुद्ध विद्रोह गरेको हुनाले यस्तो हुने छ । त्यहाँ चट्टानबाट पानी बगेर निस्कँदा तिमीहरूका रिसमा तिमीहरूले सारा समुदायको नजरमा पवित्र जनको रूपमा मलाई आदर गर्न चुक्यौ ।” यो घटना सीनको मरूभूमिको कादेशको मेरीबाको पानीमा भएको थियो ।

  • 5तर तिनीहरूमध्ये धेरै जनासित परमेश्‍वर प्रसन्‍न हुनुभएन, र तिनीहरूका लासहरू उजाड-स्थानभरि छरिएका थिए ।

  • भजन 78:10-11
    2 पदहरू
    71%

    10तिनीहरूले परमेश्‍वरसँगको करार पालन गरेनन् र तिनीहरूले उहाँको व्यवस्था पालन गर्न इन्कार गरे ।

    11तिनीहरूले उहाँका कामहरू, उहाँले तिनीहरूलाई प्रकट गर्नुभएको अचम्‍मका कुराहरूलाई बिर्से ।

  • 2उजाड-स्थानमा इस्राएलीहरूका सारा समुदायले मोशा र हारूनको विरुद्धमा गनगन गरे ।

  • 7पुजारीहरूका सङ्ख्या जति धैरै वृद्धि भयो,त्‍यति नै धेरै तिनीहरूले मेरो विरूद्धमा पाप गरे । आफ्नो आदरलाई तिनीहरूले लाजसँग साटे ।

  • 22शक्‍तिका चिन्हहरू देख्‍ने ती सबै मानिस जसलाई मैले मिश्र देश र मरुभूमिमा गरेँ, तिनीहरूले मलाई दस पटकसम्म परीक्षा गरेका छन् र मेरो आवाज सुनेका छैनन् ।

  • 40तिनीहरू बिहान सबेरै उठे र पहाडको चुचुरोमा गए, र भने, “हेर, हामी यहाँ छौँ, र हामी परमप्रभुले प्रतिज्ञा गर्नुभएको ठाउँतिर जानेछौँ, किनभने हामीले पाप गरेका छौँ ।”

  • निर्ग 17:2-3
    2 पदहरू
    71%

    2त्यसैले मानिसहरूले तिनीहरूको अवस्थाको निम्ति मोशालाई दोष लगाए र भने, “हामीलाई पिउन पानी दिनुहोस् ।” मोशाले भने, “तिमीहरू किन मसित झगडा गर्छौ? तिमीहरू किन परमप्रभुको जाँच गर्छौ?”

    3मानिसहरू तिर्खाएका थिए । त्यसैले तिनीहरूले मोशाको विरुद्धमा गनगन गरे । तिनीहरूले भने, “तपाईंले हामीलाई मिश्रबाट किन निकालेर ल्याउनुभएको? हामी, हाम्रा छोराछोरी र हाम्रा गाईवस्तुलाई तिर्खाले मार्नलाई?”

  • भजन 95:8-9
    2 पदहरू
    70%

    8“मेरीबामा वा उजाडस्‍थानको मस्साहका दिनमा झैं आफ्नो हृदयलाई कठोर नपार,

    9जहाँ तिमीहरूका पुर्खाहरूले मेरा कामहरू देखे तापनि तिनीहरूले मलाई जाँचे र मेरो परीक्षा गरे ।

  • 18उहाँले झण्डै चालिस वर्षसम्म तिनीहरूलाई उजाड स्थानमा सहनुभयो।

  • 22यहूदाले परमप्रभुको दृष्टिमा जे खराब छ त्यही गरे । तिनीहरूका पिता-पुर्खाहरूले गरेका पापभन्दा बढी पाप गरेर तिनीहरूले उहाँलाई डाही तुल्याए ।

  • 11परमप्रभुले मोशालाई भन्‍नुभयो, “यी मानिसहरूले मलाई कहिलेसम्म तिरस्कार गर्ने? मैले तिनीहरूका माझ गरेका मेरो शक्‍तिका चिन्हहरूका बाबजुद पनि तिनीहरू कहिलेसम्म ममा भरोसा गर्न चुक्छन्?

  • 26तर तिमीहरूले आक्रमण गर्न इन्कार गरी परमप्रभु तिमीहरूका परमेश्‍वरको आज्ञाको विरुद्धमा गयौ ।