भजनसंग्रह 108:9

अनलक शाब्दिक बाइबल

मोआब मेरो पानीको बाटा हो । एदोममाथि म आफ्‍नो जुत्ता फुकाल्नेछु । पलिश्‍तको कारणले म विजयसाथ कराउनेछु ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • रूत 4:7-8 : 7 छुट्कारा र मालसामानको सट्टापट्टा सम्बन्धि इस्राएलको पहिलेको समयमा यस्तो चलन थियो । यी सबै कुराहरूको पुष्‍टि गर्न एक जनाले आफ्नो जुत्ता फुकाल्थ्यो र त्यो आफ्नो छिमेकीलाई दिन्थ्यो; यो नै इस्राएलमा वैधानिक सम्झौता गर्ने शैली थियो । 8 त्यसैले नजिकको कुटुम्बले बोअजलाई भने, “यो तपाईं आफैले किन्‍नुहोस्,” र तिनले आफ्नो जुत्ता फुकाले ।
  • २ शमू 8:1-2 : 1 ¶ यसपछि यस्‍तो भयो, दाऊदले पलिश्‍तीहरूलाई आक्रमण गरे र तिनीहरूलाई परास्‍त गरे । त्यसैले दाऊदले मेथेग आमाहलाई पलिश्‍तीहरूको अधीनबाट लिए । 2 त्यसपछि तिनले मोआबलाई परास्‍त गरे र तिनीहरूका मानिसहरूलाई मैदानमा सुताएर एउटा डोरीले नापे । तिनले दुई नापभित्र पर्नेहरूलाई मारे र अर्को एक नापमा पर्नेहरूलाई जीवित राखे । त्यसैले मआबीहरू दाऊदका नोकरहरू भए र तिनलाई कर तिर्न थाले ।
  • २ शमू 21:15-22 : 15 त्यसपछि पलिश्‍तीहरू फेरि इस्राएलको विरुद्धमा युद्ध गर्न गए । त्यसैले दाऊद आफ्नो फौजका साथमा तल गए र पलिश्‍तीहरूको विरुद्ध लडे । दाऊद युद्धको थकानले लखतरान भएका थिए । 16 दैत्यका सन्तान इश्बी-बनिबले दाऊदलाई मार्न खोजे, जसको काँसाको भालाको तौल साँढे तीन किलो थियो र नयाँ तरवार भिरेको थियो । 17 तर सरूयाहका छोरा अबीशैले दाऊदलाई बचाए, त्यो पलिश्‍तीलाई आक्रमण गरे र त्‍यसलाई मारे । तब दाऊदका मानिसहरूले तिनीसँग यसो भनेर शपथ खाए, “तपाईं अबदेखि हामीसित लडाइँमा जानुहुने छैन, ताकि तपाईंले इस्राएलको बत्ती निबाउनुहन्‍न ।” 18 यसपछि फेरि पनि गोबमा पलिश्‍तीहरूसँग युद्ध भयो, त्यस बेला हूशाती सिब्‍बकैले सफलाई मारे जो रफाको सन्तानमध्ये एक थिए । 19 गोबमा फेरि पनि पलिश्‍तीहरूसँग लडाइँ भयो, त्यस बेला बेथलेहेमवासी यारे-ओरगिमका छोरा गोल्यातलाई मारे, जसको भालाको बिंड जुलाहाको डण्डाजस्तै थियो । 20 गातमा फेरि अर्को लडाइँ भयो, त्यहाँ हरेक हातमा छ-छ वटा औंला र हरेक खुट्टामा पनि छ-छ वटा औंला गरी चौबिस वटा औंला भएका निकै अग्लो मानिस थियो । त्यो पनि रफाको सन्तान नै थियो । 21 त्यसले इस्राएलको अपमान गर्दा दाऊदका दाजु शिमाहका छोरा जोनाथनले त्यसलाई मार्‍यो । 22 गातको रफाका सन्तानहरू यी नै थिए, र तिनीहरू दाऊदका हातद्वारा र तिनका सिपाहरूका हातद्वारा मारिए ।
  • भजन 60:8-9 : 8 मोआब मेरो बाटा हो । एदोममा म आफ्‍नो जुत्ता फुकाल्छु । पलिश्तीको कारणले म विजयमा कराउनेछु ।” 9 कसले मलाई बलियो सहरमा ल्याउनेछ? कसले मलाई एदोममा लानेछ? 10 तर हे परमेश्‍वर, के तपाईंले हामीलाई इन्कार गर्नुभएको छैन र? तपाईं हाम्रा फौजसँग युद्धमा जानुहुन्‍न ।
  • यशा 14:29-32 : 29 ए सारा पलिश्‍तीहरू हो, तिमीहरूलाई प्रहार गर्ने छडी भाँचिएको छ भनेर आनन्दित नहोओ । किनकि साँपको वंशबाट झन् विषलु सर्प बढ्‍नेछ, र त्यसको सन्तान डरलाग्‍दो उड्ने सर्प हुनेछ । 30 गरीबको जेठा छोरोले मेरो खर्कहरूमा आफ्‍ना भेडाहरू चराउनेछन्, र खाँचामा परेकाहरू सुरक्षासँग पल्टिनेछन् । तेरो वंशलाई म अनिकाले मार्नेछु जसले तेरा बाँचेका सबैलाई मृत्युमा पुर्‍याउनेछ । 31 ए ढोका करा । ए सहर चिच्या । हे पलिश्‍ती, तिमीहरू सबै पग्‍लेर हराउनेछौ । किनकि उत्तरबाट धूँवाको बादल आउँछ र त्यसको पङ्तिमा धरमराउने कोही छैन । 32 जातिका दूलहरूलाई तिनीहरूले कसरी जवाफ दिनेछन्? “परमप्रभुले सियोनलाई बसाल्नुभएको छ, त्यसमा कष्‍टमा परेका मानिसहरूले शरण लिनेछन् ।”
  • यूह 13:8 : 8 पत्रुसले उहाँलाई भने, “तपाईंले मेरा गोडा कहिल्यै पनि धुनुहुनेछैन ।” येशूले तिनलाई जवाफ दिनुभयो, “यदि मैले तिमीलाई धोइनँ भने तिम्रो मसित केही हिस्सा हुनेछैन ।”
  • यूह 13:14 : 14 तब म गुरु र प्रभुले तिमीहरूका गोडा धोएको छु भने तिमीहरूले पनि एक अर्काको गोडा धुनुपर्छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • भजन 60:7-9
    3 पदहरू
    97%

    7गिलाद मेरो हो, मनश्‍शे मेरो हो । एफ्राइम मेरो टोप हो । यहूदा मेरो राजदण्ड हो ।

    8मोआब मेरो बाटा हो । एदोममा म आफ्‍नो जुत्ता फुकाल्छु । पलिश्तीको कारणले म विजयमा कराउनेछु ।”

    9कसले मलाई बलियो सहरमा ल्याउनेछ? कसले मलाई एदोममा लानेछ?

  • 10कसले मलाई बलियो सहरभित्र ल्याउनेछ? कसले मलाई एदोममा लानेछ?”

  • भजन 108:7-8
    2 पदहरू
    79%

    7परमेश्‍वरले आफ्‍नो पवित्रतामा बल्नुभएको छ, “म आनन्‍दित हुनेछु । म शकेमलाई बाँड्नेछु र सुक्‍कोतको बेसीलाई भाग लगाउनेछु ।

    8गिलाद मेरो हो, र मनश्‍शे मेरो हो । एफ्राइम पनि मेरो टोप हो । यहूदा मेरो राजदण्ड हो ।

  • सप 2:8-10
    3 पदहरू
    73%

    8“मैले मोआबको उपहास र अम्मोनीहरूको तिरस्कारलाई सुनेको छु, जब तिनीहरूले मेरा मानिसलाई उपहास गरेका थिए र आफ्ना सिमानाहरू तोडेका थिए ।

    9यसैकारण सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्‍वर यो घोषणा गर्नुहुन्छ, म जीवित रहेझैँ, मोआब सदोमझैँ हुनेछ, र अम्मोनीहरू गमोराझैँ अर्थात् काँडाहरू र नुनको खाडल भएको ठाउँझैँ हुनेछन्, जो सधैँको निम्ति त्यागिएका छन् ।”

    10तिनीहरूको घमण्डको कारण मोआब र अम्मोनलाई यस्तो हुनेछ, किनभने तिनीहरूले सेनाहरूका परमप्रभुका मानिसहरूको उपहास र खिल्ली गरे ।

  • यशा 25:10-11
    2 पदहरू
    72%

    10किनकि यो पर्वतमा परमप्रभुको हातले विश्रमा लिनेछ, अनि गोबरले भरिएको खाल्डोमा पराललाई कुल्चेझैं मोआबलाई त्यसकै ठाउँमा कुल्चिइनेछ

    11पौडी खेल्‍नेले पौडनलाई आफ्नो हात फैलाएझैं तिनीहरूले त्‍यसको माझमा आफ्‍ना हातहरू फैलाउनेछन् । तर तिनीहरूका हातहरूका सीपहरूको बाबजुत पनि परमप्रभुले तिनीहरूका घमण्डलाई तल झार्नुहुनेछ ।

  • 71%

    25मोआबको सिङ टुक्रा-टुक्रा पारिएको छ । यसको पाखुरा भाँचिएको छ, यो परमप्रभुको घोषणा हो ।

    26त्यसलाई मत्त्याओ, किनकि त्यो परमप्रभुको विरुद्धमा अहङ्कारी भयो । मोआब आफ्नै बान्तामा लडीबडी खेलोस्, र त्यो हाँसोको पात्र बनोस् ।

    27किनकि के इस्राएल तेरो लागि हाँसोको पात्र बनेको थिएन र? के त्यसलाई चोरहरूका बिचमा पाइएको थियो ताकि तैंले त्यससित प्रायः कुरा गर्दा तैंले तेरो शिर हल्लाइस्?

  • यहे 25:8-9
    2 पदहरू
    71%

    8परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः 'किनभने मोआब र सेइरले यसो भन्छन्, “हेर, यहूदाको घरानाचाहिं अरू हरेक जातिजस्‍तै छ ।”

    9यसकारण, हेर्, सिमानामा भएका सहरहरूदेखि सुरु गरेर— बेथ-यशीमोत, बाल-मोन र किर्यातैमका गौरव— मोआबको भिरालो भागलाई म खुलस्‍त पार्नेछु—

  • 24मैले इनारहरू खनेको छु, र विदेशी पानी पिएको छु । मैले आफ्‍ना खुट्टाका पैतलामुनि मिश्रदेशका सबै नदी सुकाएँ ।'

  • 14मेरो मानिस इस्राएलकै हातद्वारा म एदोममाथि बदला लिनेछु, र यिनीहरूले मेरो रिस र मेरो क्रोधअनुसार एदोममाथि व्‍यवहार गर्नेछन्‌, र तिनीहरूले मेरो बदला कस्‍तो रहेछ भनी जान्‍नेछन्— यो परमप्रभु परमेश्‍वरको घोषणा हो' ।

  • 43मैले तिनीहरूलाई मैदानको धुलोझैं धुजा-धुजा हुने गरी कुटें, मैले तिनीहरूलाई बाटोको हिलोझैं कुल्‍चमिल्‍ची बनाएँ ।

  • 42त्यसैले मोआब पूर्ण रूपमा नष्‍ट पारिनेछ, र यो फेरि एउटा जाति रहनेछैन, किनकि परमप्रभुको विरुद्धमा यसले आफैलाई ठुलो बनायो ।

  • 20मोआब लाजमा परेको छ, किनकि यसलाई चूरचूर पारिएको छ । रोओ र विलाप गर! मदतको लागि गुहार! मोआब सर्वनाश पारिएको छ भनी अर्नोन नदीको किनारमा बस्‍ने मानिसहरूलाई बताओ ।

  • 12ताकि तिनीहरूले एदोमको बाँकी रहेकाहरू, र मेरो नाउँद्वारा बोलाइएका सबै जातिहरूमाथि अधिकार गरून्, यो परमप्रभुको घोषणा हो, उहाँले यसो गर्नुहुन्‍छ ।

  • 11यसैले मोआबको विरुद्धमा न्‍याय गर्नेछु,र तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌' ।

  • 1¶ सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर मोआबलाई यसो भन्‍नुहुन्छः “नेबोलाई धिक्‍कार! किनकि यसलाई सर्वनाश पारिएको छ । कर्यातैमलाई अपमानित गरिएको छ र कब्जा गरिएको छ । त्यसका किल्लाहरू लाजमा पारिएका छन्, र भत्काइएका छन् ।

  • 4मोआबबाट आएका शरणार्थीहरू तिमीहरूको माझमा बसोवास गरून् । विनाश गर्नेबाट तिनीहरूका निम्ति लुक्‍ने ठाउँ होओ ।” किनकि अत्याचार रोकिनेछ, र विनाश अन्त हुनेछ, कुल्चनेहरू देशबाट लोप भएर जानेछन् ।

  • 6आफ्‍नो क्रोधमा मैले मानिसहरूलाई कुल्चें र तिनीहरूलाई मेरो क्रोधमा पिउन लगाएँ । अनि तिनीहरूका रगतलाई मैले पृथ्वीमा खन्याएँ ।

  • 42हावाको सामु धूलोझैं मैले तिनीहरूलाई चकनाचूर पारें । गल्‍लीमा हिलोझैं मैले तिनीहरूलाई फालें ।

  • 10अनि मेरो शत्रुले त्यो देख्‍नेछ, र “परमप्रभु तेरो परमेश्‍वर कहाँ छ?” भनेर भन्‍नेलाई शर्मले ढाक्‍नेछ । मेरा आँखाले त्यसलाई हेर्नेछन् । सडकहरूका माटोझैँ त्यो कुल्चिनेछे ।

  • 18यो परमप्रभुको दृष्‍टिमा मामुली कुरो हो । उहाँले तिमीहरूलाई मोआबीहरूमाथि विजयी पनि तुल्याउनुहुनेछ ।

  • 10सबै जातिले मलाई घेरा हाले । परमप्रभुको नाउँमा मैले तिनीहरूलाई नष्‍ट पारें ।

  • 6किनकि परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः इस्राएल देशको विरुद्धमा तिमीहरूभित्रै सारा अपमान हुँदा पनि तिमीहरूले आफ्‍ना ताली बजाएका र आफ्‍ना खुट्टा बजारेका र आनन्‍दित बनेका छौ ।

  • 36त्यसैले मेरो हृदयले मोआबको लागि बाँसुरीझैं विलाप गर्दैछ । कीर-हरेशेतका मानिसहरूका लागि मेरो हृदयले बाँसुरीझैं विलाप गर्दैछ । तिनीहरूले कमाएका धन-सम्पत्ति नष्‍ट भएका छन् ।

  • 14बरु, तिनीहरूले पश्‍चिमका पलिश्‍तीहरूका पर्वतहरूमाथि झम्टनेछन् र तिनीहरू एकसाथ मिलेर पुर्वका मानिसहरूलाई लूट्नेछन् । तिनीहरूले एदोम र मोआबलाई आक्रमण गर्नेछन् र अम्‍मोनका मानिसहरूले तिनीहरूको आज्ञा पालन गर्नेछन् ।

  • 13तब जसरी आफूले भरोसा गरेको बेथेलदेखि इस्राएलको घराना लाजमा परेको थियो, त्यसै गरी मोआब कमोशदेखि लाजमा पारिनेछ ।

  • 25मैले इनारहरू खनेको छु र पानी पिएको छु । मिश्रदेशका सबै नदीहरूलाई मेरा गोडाको पैतालमुनि मैले सुकाएको छु ।

  • 38मैले तिनीहरूलाई टुक्रा-टुक्रा पारें ताकि तिनीहरू उठ्न सकेनन् । तिनीहरू मेरा खुट्टाहरूमुनि ढलेका छन् ।

  • 21एदोम, मोआब र अम्मोनका मानिसहरू,

  • 9एदोमका नदीहरू अकत्रामा, त्यसको माटो गन्धकमा परिणत हुनेछ र त्यसको देश जलिरहने अलकत्रा हुनेछ ।

  • 8चित्‍कार मोआबको इलाकभरि नै गएको छ । विलापचाहिं एग्लेम र बेअर-एलीससम्म पुगेको छ ।

  • 17एदोमबाट भएर जाने हरेकको लागि यो त्रासको पात्र बन्‍नेछ । यसका सबै विपत्तिको कारण हरेक व्यक्ति तर्सनेछ र गिल्ला गर्नेछ ।

  • 15मोआब सर्वनाश पारिनेछ, र यसका सहरहरू आक्रमणमा पर्नेछन् । किनकि यसका सबैभन्दा उत्तम युवाहरू हत्याको स्थानमा गएका छन् । यो महाराजको घोषणा हो । सर्वशक्तिमान् परमप्रभु उहाँको नाउँ हो ।

  • 18त्यसपछि एदोम इस्राएलको सम्पत्ति बन्‍ने छ र सेइर इस्राएलको अधीनमा हुने छ इस्राएलका शत्रुहरू जसलाई इस्राएलले बलले जित्‍नेछ ।

  • आमो 2:1-2
    2 पदहरू
    68%

    1¶ परमप्रभु यस्तो भन्‍नुहुन्छः “मोआबका तिन वा चारवटा पापका निम्‍ति समेत, दण्ड दिनबाट म पछि हट्‍नेछैनँ, किनभने त्यसले एदोमका राजालाई जलाएर चून बनायो ।

    2मोआबमा म आगो पठाउनेछु, र त्यसले किर्योतका किल्लाहरूलाई भस्म पार्नेछ । चिच्‍याहट र तुरहीको आवाजमा, ठुलो गर्जनसहित मोआबचाहिं मर्नेछ ।

  • 31त्यसैले म मोआबको निम्ति विलाप गर्नेछु, र म सारा मोआबको लागि शोकमा काराउनेछु । म कीर-हरेशेतका मानिसहरूका लागि विलाप गर्नेछु ।

  • 25अश्शूरलाई म आफ्‍नो देशमा चकनाचूर पार्नेछु र मेरो पर्वतमा म त्‍यसलाई खुट्टामुनि कुल्चिनेछु । तिनीहरूका काँधबाट त्यसको जुवा हटाइनेछ र तिनीहरूका पिठ्यूबाट त्यसको भारी निकालिनेछ ।”

  • 39त्यो कस्तो चूरचूर पारिएको छ! आफ्‍नो विलापमा तिनीहरू कसरी रुन्छन्! मोआबले लाजमा आफ्नो पिठिउँ फर्काउँछ । त्यसैले आफ्नो वरिपरि भएका सबैका लागि मोआब हाँसो र त्रासको पात्र बन्‍नेछ ।”

  • 4“हामीहरू कुल्चिएकाछौँ, तर हामी हाम्रा भग्‍नावशेषहरूलाई पुनर्निर्माण गर्नेछौँ,” भनेर एदोमले भनेमा, परमप्रभुले भन्‍नुहुनेछ, “तिनीहरूले पुनर्निर्माण गर्लान्, तर म फेरि तल झारिदिनेछु । अरूहरूले तिनीहरूलाई ‘दुष्‍टताको देश’ र ‘परमप्रभुले सदाको निम्ति श्रापित गर्नुभएको जाति’ भनेर भन्‍नेछन् ।

  • 29। जसरी सेइरमा बस्‍ने एसावका सन्तानहरू र आर सहरमा बस्‍ने मोआबीहरूले मेरो निम्ति गरेथे त्यसै गरी मैले यर्दन पार गरी परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई दिनुहुने देशमा नपुगेसम्म त्यसै गर्नुहोस् ।'

  • 9परमप्रभुले मलाई भन्‍नुभयो, 'मोआबलाई दुःख नदे, र तिनीहरूसित लडाइँ नगर् । म त्यसको देश तिमीहरूको आफ्नो अधिकार हुनलाई दिन्‍नँ किनभने मैले आर सहरलाई लोतका सन्तानहरूको अधिकार हुनलाई दिएको छु ।'