भजनसंग्रह 119:45
म सुरक्षित भएर हिंड्नेछु किनकि तपाईंका सुझावहरको खोजी म गर्छु ।
म सुरक्षित भएर हिंड्नेछु किनकि तपाईंका सुझावहरको खोजी म गर्छु ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
15म तपाईंको सुझावहरूमा ध्यान गर्नेछु र तपाईंका मार्गहरूलाई वास्ता गर्नेछु ।
16म तपाईंका विधिहरूमा खुसी हुन्छु । तपाईंको वचन म बिर्सनेछैन । गिमेल
42तब मलाई गिल्ला गर्नेलाई म जवाफ दिनेछु, किनकि म तपाईंको वचनमा भरोसा गर्छु ।
43मेरो मुखबाट सत्यको वचन नलानुहोस्, किनकि मेरो आसा तपाईंका धार्मिक आदेशहरूमा छन् ।
44तपाईंको वचन म सदासर्वदा निरन्तर पालन गर्नेछु ।
40हेर्नुहोस्, मैले तपाईंका सुझवहरूको उत्कट इच्छा गरेको छु । तपाईंको धार्मिकतामा मलाई पुनर्जीवित पार्नुहोस् । वाव
32तपाईंका आज्ञाहरूका मार्गमा म दौडिनेछु, किनकि त्यसो गर्न तपाईंले मेरो हृदयलाई ठुलो बनाउनुहुन्छ । हे
33हे परमप्रभु, तपाईंका विधिहरूका मार्ग मलाई सिकाउनुहोस् र तिनलाई म अन्त्यसम्म नै पालन गर्नेछु ।
34मलाई सुझबुझ दिनुहोस् र तपाईंको व्यवस्था म पालन गर्नेछु । आफ्नो सारा हृदयले यो म पालन गर्नेछु ।
35तपाईंका आज्ञाहरूका मर्गमा मलाई डोर्याउनुहोस्, किनकि त्यसमा हिंड्न म खुसी हुन्छु ।
10आफ्नो सारा हृदयले म तपाईंलाई खोज्दछु । मलाई तपाईंका आज्ञाहरूबाट टाढा जान नदिनुहोस् ।
11तपाईंको वचन मैले आफ्नो हृदयमा जम्मा गरेको छु ताकि तपाईंको विरुद्ध मैले पाप गर्नु नपरोस् ।
9म जीवितहरूको देशमा परमप्रभुको सेवा गर्नेछु ।
56यो मेरो प्रचलन भएको छ किनभने तपाईंका सुझावहरू मैले पालन गरेको छु । हेथ
46तपाईंका गहन आज्ञाहरू म राजाहरूको सामु भन्नेछु र म लाज मान्नेछैन ।
47तपाईंका आज्ञाहरूमा म खुसी हुन्छ, जसलाई म अति प्रेम गर्छु ।
5तपाईंका विधिहरू पालन गर्न म दृढ हुन सके कति असल हुन्थ्यो
6तब मैले तपाईंका सबै आज्ञालाई विचार गर्दा म लाजमा पर्नेथिइनँ ।
7मैले तपाईंको धार्मिक आदेशहरू सिकेपछि सोझो हृदयले म तपाईंलाई धन्यवाद दिनेछु ।
8म तपाईंको विधिहरू पालन गर्नेछु । मलाई बेवास्ता नगर्नुहोस् । बेथ
100मभन्दा पाकाहरूभन्दा धेरै म बुझ्छु । मैले तपाईंका सुझावहरू पालन गरेको हुनाले नै यसो भएको हो ।
101हरेक खराब मार्गबाट मैले आफ्ना खुट्टाहरूलाई पछि राखेको छु ताकि म तपाईंको वचन पालन गर्न सकूँ ।
93तपाईंका सुझावहरूलाई म कहिल्यै बिर्सनेछैन, किनकि तपाईंले मलाई तिद्वारा नै जीवित राख्नुभएको छ ।
94म तपाईंकै हुँ । मलाई बचाउनुहोस्, किनकि म तपाईंका सुझावहरूको खोजी गर्छु ।
95दुष्टहरूले मलाई नाश पार्ने तयारी गर्छन्, तर म तपाईंका करारका आदेशहरू बुझ्न खोज्नेछु ।
133तपाईंको वचनले मेरा पाइलाहरूलाई बाटो देखाउनुहोस् । कुनै पापले ममाथि राज्य गर्न नदिनुहोस् ।
134मलाई मानिसको थिचोमिचोबाट बचाउनुहोस् ताकि तपाईंका सुझावहरू म पालन गर्न सकूँ ।
168तपाईंका सुझावहरू र तपाईंका गहन आज्ञाहरू म पालन गर्छु, किनकि मैले गर्ने हरेक कुराको बारेमा तपाईंलाई जानकारी हुन्छ । ताव
69अहङ्कारीहरूले झुटा बोलेर मेरो बदनाम गरेका छन्, तर आफ्नो सारा हृदयले तपाईंका सुझावहरू म पालन गर्छु ।
27तपाईंका सुझावहरूका मार्गहरू बुझ्ने मलाई बनाउनुहोस्, ताकि तपाईंका आचम्मका शिक्षाहरूमा म ध्यान गर्न सकूँ ।
159हेर्नुहोस् म तपाईंका सुझावहरूलाई कति प्रेम गर्छु । हे परमप्रभु, तपाईंले आफ्नो करारको विश्वस्तताद्वारा प्रतिज्ञा गर्नुभएझैं मलाई जीवित राख्नुहोस् ।
143संकष्ट र क्लेशले मलाई भेट्टाएको भए पनि, तपाईंका आज्ञाहरू अझै मेरो आनन्द नै हुन् ।
144तपाईंको करारका आदेशहरू सदासर्वदा धार्मिक छन् । मलाई सुझबुझ दिनुहोस् ताकि म जीवित रहन सकूँ । कोफ
145मैले आफ्नो सम्पूर्ण हृदयले पुकारा गरें, “हे परमप्रभु, मलाई जवाफ दिनुहोस् । म तपाईंका विधिहरू पालन गर्नेछु ।
110दुष्टहरूले मेरो निम्ति पासो थापेका छन्, तर म तपाईंका सुझावहरूबाट टाढा गएको छैन ।
173तपाईंको हातले मलाई सहायता गरोस्, किनकि तपाईंका सुझावहरूलाई मैले रोजेको छु ।
174हे परमप्रभु, म तपाईंको उद्धारको इच्छा हेर्छु र तपाईंको व्यवस्था नै मेरो आनन्द हो ।
3किनकि तपाईंको करारको विश्वस्तता मेरो आँखाका सामु छ, र म तपाईंको विश्वस्ततामा हिंड्छु ।
117मलाई सहायता गर्नुहोस् र म सुरक्षित हुनेछु । म सधैं तपाईंका विधिहरूमा ध्यान गर्नेछु ।
77मलाई दया देखाउनुहोस् ताकि म जीवित रहन सकूँ, किनकि तपाईंको व्यवस्था नै मेरो खुसी हो ।
11तर मेरो बारेमा, म निष्ठामा चल्छु । मलाई उद्धार गर्नुहोस् र ममाथि दया गर्नुहोस् ।
59मैले आफ्ना मार्गहरू जाँच गरें र मेरा खुट्टाहरूलाई तपाईंका आदेशहरूतिर फर्काएँ ।
1¶ तिनीहरू धन्य हुन् जसको मार्गहरू निर्दोष छन्, जो परमप्रभुको व्यवस्थामा हिंड्छन् ।
131म आफ्नो मुख खोल्छु र तिर्खाउँछु, किनकि तपाईंका आज्ञाहरूको उत्कट इच्छा म गर्छु ।
5मेरा पाइलाहरू तपाईंका मार्गहरूमा दृढतासाथ अडिग छन् । मेरा पाइलाहरू चिप्लेका छैनन् ।
63तपाईंको आदर गर्ने सबै जना, तपाईंका सुझावहरू पालन गर्ने सबै जानको म एक जना मित्र हुँ ।
105तपाईंका वचन मेरा पाउको निम्ति बत्ती र मेरो बाटोको निम्ति उज्यालो हो ।
66मलाई ठिक विवेक र सुझबुझ सिकाउनुहोस्, किनकि मैले तपाईंका आज्ञाहरूमा विश्वास गरेको छु ।
67संकष्टमा पर्नअगि म बरालिएर गएको थिएँ, तर अहिले तपाईंको वचन म पालन गर्छु ।
141म तुच्छ र घृणित छु, तापनि तपाईंको सुझावहरूलाई म बिर्सिन्न ।