भजनसंग्रह 119:117

अनलक शाब्दिक बाइबल

मलाई सहायता गर्नुहोस् र म सुरक्षित हुनेछु । म सधैं तपाईंका विधिहरूमा ध्‍यान गर्नेछु ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • भजन 119:6 : 6 तब मैले तपाईंका सबै आज्ञालाई विचार गर्दा म लाजमा पर्नेथिइनँ ।
  • भजन 119:48 : 48 तपाईंका आज्ञाहरूतिर म आफ्‍ना हातहरू उचाल्नेछु, जसलाई म प्रेम गर्छु । तपाईंका विधिहरूमा म ध्‍यान गर्नेछु । जाइन्
  • भजन 119:111-112 : 111 तपाईंका करारका आदेशहरूलाई सदासर्वदा म आफ्‍नो पैतृक अंशको रूपमा दाबी गर्छु, किनकि ति मेरो हृदयको आनन्द हुन् । 112 सदासर्वदा अन्त्यसम्म नै मेरो हृदय तपाईंका विधिहरू पालन गर्न समर्पित छ । समेख
  • भजन 139:10 : 10 त्यहाँ पनि तपाईंको बाहुलीले मलाई डोर्‍याउनेछ । तपाईंको दाहिने बाहुलीले मलाई समातेर राख्‍नेछ ।
  • यशा 41:13 : 13 किनकि म, परमप्रभु तेरो परमेश्‍वरले तेरो दाहिने हात समातेर यसो भन्‍नेछु, 'नडरा, म तँलाई सहायता गर्दैर्छु ।'
  • यूह 10:28-29 : 28 म तिनीहरूलाई अनन्‍त जीवन दिन्‍छु; तिनीहरू कहिल्‍यै मर्नेछैनन् र मेरो हातबाट तिनीहरूलाई कसैले खोसेर लैजान सक्‍नेछैन । 29 तिनीहरू मलाई दिनुहुने मेरा पिता अरूहरू सबैभन्‍दा महान् हुनुहुन्‍छ, र कोही पनि तिनीहरूलाई मेरा पिताको हातबाट खोसेर लैजान सक्षम छैन ।
  • रोमी 14:4 : 4 अरूको नोकरको न्याय गर्ने तिमी को हौ? यो त्यसको मालिकको सामु नै खडा हुन्छ वा पतन हुन्छ । तर त्यसलाई खडा गराइनेछ, किनकि प्रभु त्यसलाई खडा गराउन सक्षम हुनुहुन्छ ।
  • भजन 17:5 : 5 मेरा पाइलाहरू तपाईंका मार्गहरूमा दृढतासाथ अडिग छन् । मेरा पाइलाहरू चिप्‍लेका छैनन् ।
  • भजन 71:6 : 6 म गर्भमा हुँदादेखि नै तपाईंले मलाई सहारा दिनुभएको छ । मेरो आमाको गर्भदेखि मलाई बहिर निकाल्ने तपाईं नै हुनुहुन्छ । मेरो प्रशंसा सधैं तपाईंको बारेमा नै हुनेछ ।
  • भजन 73:23 : 23 तापनि म सधैं तपाईंसँगै छु । तपाईंले मेरो दाहिने हात समात्‍नुहुन्‍छ ।
  • यहू 1:24 : 24 अब तिमीहरूलाई लडखडाउनदेखि जोगाउन सक्‍नुहुने र उहाँको महिमामय उपस्थितिको सामु निष्कलङ्क बडो रमाहटसँग तिमीहरूलाई खडा हुन सक्षम बनाउनुहुने,
  • १ पत्रु 1:5 : 5 अन्तिम समयमा प्रकट हुने उद्धारको निम्ति तिमीहरू विश्‍वासद्वारा परमेश्‍वरको शक्‍तिले सुरक्षित राखिएका छौ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 116मलाई तपाईंको वचनद्वारा सम्हाल्नुहोस् ताकि म जिउन सकूँ र मेरो आसामा लज्‍जित हुनु नपरोस् ।

  • 8म तपाईंको विधिहरू पालन गर्नेछु । मलाई बेवास्‍ता नगर्नुहोस् । बेथ

  • भजन 119:144-146
    3 पदहरू
    77%

    144तपाईंको करारका आदेशहरू सदासर्वदा धार्मिक छन् । मलाई सुझबुझ दिनुहोस् ताकि म जीवित रहन सकूँ । कोफ

    145मैले आफ्‍नो सम्‍पूर्ण हृदयले पुकारा गरें, “हे परमप्रभु, मलाई जवाफ दिनुहोस् । म तपाईंका विधिहरू पालन गर्नेछु ।

    146म तपाईंलाई पुकारा गर्छु । मलाई बचाउनुहोस् र म तपाईंका करारका आदेशहरू पालन गर्नेछु ।”

  • भजन 119:33-34
    2 पदहरू
    76%

    33हे परमप्रभु, तपाईंका विधिहरूका मार्ग मलाई सिकाउनुहोस् र तिनलाई म अन्त्यसम्म नै पालन गर्नेछु ।

    34मलाई सुझबुझ दिनुहोस् र तपाईंको व्यवस्था म पालन गर्नेछु । आफ्‍नो सारा हृदयले यो म पालन गर्नेछु ।

  • 159हेर्नुहोस् म तपाईंका सुझावहरूलाई कति प्रेम गर्छु । हे परमप्रभु, तपाईंले आफ्नो करारको विश्‍वस्‍तताद्वारा प्रतिज्ञा गर्नुभएझैं मलाई जीवित राख्‍नुहोस् ।

  • भजन 119:5-6
    2 पदहरू
    75%

    5तपाईंका विधिहरू पालन गर्न म दृढ हुन सके कति असल हुन्थ्यो

    6तब मैले तपाईंका सबै आज्ञालाई विचार गर्दा म लाजमा पर्नेथिइनँ ।

  • भजन 119:43-45
    3 पदहरू
    75%

    43मेरो मुखबाट सत्यको वचन नलानुहोस्, किनकि मेरो आसा तपाईंका धार्मिक आदेशहरूमा छन् ।

    44तपाईंको वचन म सदासर्वदा निरन्तर पालन गर्नेछु ।

    45म सुरक्षित भएर हिंड्नेछु किनकि तपाईंका सुझावहरको खोजी म गर्छु ।

  • 118तपाईंका विधिहरूबाट टाढा जानेहरू सबैलाई तपाईंले इन्कार गर्नुहुन्छ, किनकि ती मानिसहरू छली र अविश्‍वासनीय छन् ।

  • 40हेर्नुहोस्, मैले तपाईंका सुझवहरूको उत्कट इच्छा गरेको छु । तपाईंको धार्मिकतामा मलाई पुनर्जीवित पार्नुहोस् । वाव

  • 5मेरा पाइलाहरू तपाईंका मार्गहरूमा दृढतासाथ अडिग छन् । मेरा पाइलाहरू चिप्‍लेका छैनन् ।

  • भजन 119:167-168
    2 पदहरू
    74%

    167म तपाईंक गहन आज्ञाहरू पालन गर्छु र तिनलाई म अति प्रेम गर्छु ।

    168तपाईंका सुझावहरू र तपाईंका गहन आज्ञाहरू म पालन गर्छु, किनकि मैले गर्ने हरेक कुराको बारेमा तपाईंलाई जानकारी हुन्छ । ताव

  • 12हे परमप्रभु,तपाईं धन्यको हुनुहुन्छ । मलाई तपाईंका विधिहरू सिकाउनुहोस् ।

  • भजन 119:37-38
    2 पदहरू
    74%

    37व्‍यर्थका कुराहरू हेर्नबाट मेरा आँखाहरू फर्काउनुहोस् । तपाईंका मार्गहरूमा मलाई पुनर्जीवित पार्नुहोस् ।

    38तपाईंको सेवकको निम्ति तपाईंका प्रतिज्ञा पुरा गर्नुहोस् जुन तपाईंलाई आदर गर्नेहरूको निम्ति तपाईंले गर्नुभयो ।

  • भजन 119:93-94
    2 पदहरू
    74%

    93तपाईंका सुझावहरूलाई म कहिल्यै बिर्सनेछैन, किनकि तपाईंले मलाई तिद्वारा नै जीवित राख्‍नुभएको छ ।

    94म तपाईंकै हुँ । मलाई बचाउनुहोस्, किनकि म तपाईंका सुझावहरूको खोजी गर्छु ।

  • 31तपाईंका करारका आदेशहरूमा म टाँसिन्छु । हे परमप्रभु, मलाई लाजमा नपार्नुहोस् ।

  • 12मेरो बारेमा, मेरो इमान्‍दारीतामा तपाईंले मलाई सहायता गर्नुहुनेछ र मलाई सधैंभरि तपाईंकै सामु राख्‍नुहुनेछ ।

  • 80तपाईंका विधिहरूप्रति मेरो हृदय निर्दोष होस् ताकि म लाजमा नपरूँ । काफ

  • भजन 119:15-16
    2 पदहरू
    73%

    15म तपाईंको सुझावहरूमा ध्‍यान गर्नेछु र तपाईंका मार्गहरूलाई वास्‍ता गर्नेछु ।

    16म तपाईंका विधिहरूमा खुसी हुन्छु । तपाईंको वचन म बिर्सनेछैन । गिमेल

  • 173तपाईंको हातले मलाई सहायता गरोस्, किनकि तपाईंका सुझावहरूलाई मैले रोजेको छु ।

  • 18जब मैले भनें, “मेरो खुट्टा चिप्‍लँदैछ,” हे परमप्रभु, तपाईंको करारको विश्‍वस्‍तताले मलाई माथि उचाल्‍यो ।

  • 88तपाईंको अटल प्रमले मलाई जीवित राख्‍नुहोस्, ताकि तपाईंका आज्ञाहरू म पालन गर्न सकूँ । लामेध

  • 175म जिउन सकूँ र तपाईंको प्रशंसा गर्न सकूँ । अनि तपाईंका धार्मिक आदेशहरूले मलाई सहायता गरून् ।

  • 77मलाई दया देखाउनुहोस् ताकि म जीवित रहन सकूँ, किनकि तपाईंको व्यवस्था नै मेरो खुसी हो ।

  • 112सदासर्वदा अन्त्यसम्म नै मेरो हृदय तपाईंका विधिहरू पालन गर्न समर्पित छ । समेख

  • 22अनादर र अपमानबाट मलाई बचाउनुहोस्, किनकि मैले तपाईंका करारका आदेशहरू पालन गरेको छु ।

  • 11हे परमप्रभु, मबाट तपाईंका दयाका कामहरू नहटाउनुहोस् । तपाईंको करारको विश्‍वस्‍तता वा तपाईंको भरोसाले मलाई सदासर्वदा सुरक्षित राखोस् ।

  • 21निष्ठा र इमानदारीले मलाई बचाओस्, किनकि म तपाईंमा आसा गर्छु ।

  • 23तापनि म सधैं तपाईंसँगै छु । तपाईंले मेरो दाहिने हात समात्‍नुहुन्‍छ ।

  • 129तपाईंका नियमहरू अचम्मका छन् । त्यसैले म तिनलाई पालन गर्छु ।

  • 66मलाई ठिक विवेक र सुझबुझ सिकाउनुहोस्, किनकि मैले तपाईंका आज्ञाहरूमा विश्‍वास गरेको छु ।

  • भजन 119:26-28
    3 पदहरू
    72%

    26तपाईंलाई मैले आफ्‍ना मार्गहरू भनें र तपाईंले मलाई जवाफ दिनुभयो । मलाई तपाईंका विधिहरू सिकाउनुहोस् ।

    27तपाईंका सुझावहरूका मार्गहरू बुझ्‍ने मलाई बनाउनुहोस्, ताकि तपाईंका आचम्‍मका शिक्षाहरूमा म ध्‍यान गर्न सकूँ ।

    28शोकले म व्याकुल भएको छु । मलाई तपाईंको वचनले बलियो बनाउनुहोस् ।

  • 109मेरो जीवन सधैं मेरो हातमा छ, तापनि म तपाईंको व्यवस्था बिर्सिन्‍न ।

  • भजन 119:68-69
    2 पदहरू
    72%

    68तपाईं असल हुनुहुन्छ र असल गर्ने तपाईं नै हुनुहुन्छ । मलाई तपाईंका विधिहरू सिकाउनुहोस् ।

    69अहङ्कारीहरूले झुटा बोलेर मेरो बदनाम गरेका छन्, तर आफ्‍नो सारा हृदयले तपाईंका सुझावहरू म पालन गर्छु ।

  • 1¶ हे परमेश्‍वर, मेरो रक्षा गर्नुहोस्, किनकि म तपाईंमा शरण लिन्छु ।

  • 48तपाईंका आज्ञाहरूतिर म आफ्‍ना हातहरू उचाल्नेछु, जसलाई म प्रेम गर्छु । तपाईंका विधिहरूमा म ध्‍यान गर्नेछु । जाइन्

  • 10आफ्‍नो सारा हृदयले म तपाईंलाई खोज्‍दछु । मलाई तपाईंका आज्ञाहरूबाट टाढा जान नदिनुहोस् ।

  • 56यो मेरो प्रचलन भएको छ किनभने तपाईंका सुझावहरू मैले पालन गरेको छु । हेथ