भजनसंग्रह 119:116

अनलक शाब्दिक बाइबल

मलाई तपाईंको वचनद्वारा सम्हाल्नुहोस् ताकि म जिउन सकूँ र मेरो आसामा लज्‍जित हुनु नपरोस् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • भजन 25:2 : 2 हे परमेश्‍वर, म तपाईंमा भरोसा गर्छु । मलाई अपमानित हुन नदिनुहोस् । मेरा शत्रुहरू ममाथि विजयसाथ आनन्‍दित हुन नदिनुहोस् ।
  • रोमी 5:5 : 5 यो भरोसाले निराश पार्दैन, किनभने हामीलाई दिइएको पवित्र आत्‍माद्वारा परमेश्‍वरको प्रेम हाम्रो हृदयमा खन्‍याइएको छ ।
  • भजन 37:17 : 17 किनकि दुष्‍ट मानिसहरूका पाखुराहरू भाँचिनेछन्, तर परमप्रभुले धर्मी मानिसहरूलाई सहायता गर्नुहुन्छ ।
  • भजन 37:24 : 24 त्‍यसले ठेस खान्‍छ, तापनि त्यो ढल्नेछैन, किनकि परमप्रभुले त्यसलाई आफ्नो बाहुलिले समात्‍नुहुन्‍छ ।
  • भजन 41:12 : 12 मेरो बारेमा, मेरो इमान्‍दारीतामा तपाईंले मलाई सहायता गर्नुहुनेछ र मलाई सधैंभरि तपाईंकै सामु राख्‍नुहुनेछ ।
  • भजन 54:4 : 4 हेर, परमेश्‍वर मेरो सहायक हुनुहुन्छ । मलाई उचाल्‍नुहुने परमप्रभु नै हुनुहुन्छ ।
  • भजन 63:8 : 8 तपाईंसँग म टाँसिन्‍छु । तपाईंको दाहिने हातले मलाई सहारा दिन्छ ।
  • भजन 94:18 : 18 जब मैले भनें, “मेरो खुट्टा चिप्‍लँदैछ,” हे परमप्रभु, तपाईंको करारको विश्‍वस्‍तताले मलाई माथि उचाल्‍यो ।
  • यशा 41:10 : 10 नडरा, किनकि म तँसँग छु । चिन्तित नहो, किनकि म नै तेरो परमेश्‍वर हुँ । म तँलाई बलियो बनाउनेछु, र म तँलाई सहायता गर्नेछु, अनि आफ्‍नो धर्मी दाहिने हातले म तँलाई थाम्‍नेछु ।
  • यशा 42:1 : 1 ¶ हेर, मेरो सेवक, जसलाई म समर्थन गर्छु । मेरो चुनिएको मानिस, जसमा म खुसी हुन्छु । मेरो आत्मा मैले तिनमा हालेको छु । तिनले जातिहरूका माझमा न्याय ल्याउनेछन् ।
  • यशा 45:17 : 17 तर परमप्रभुले इस्राएललाई अनन्त उद्धारसहित बचाउनुहुनेछ । तँ फेरि कहिल्यै लज्‍जित वा अपमानित हुनेछैनस् ।
  • रोमी 10:11 : 11 किनकि धर्मशास्‍त्रले भन्छ, “हरेक जसले उहाँमा विश्‍वास गर्छ, त्यो शर्ममा पारिनेछैन ।”
  • १ पत्रु 2:6 : 6 धर्मशास्‍त्रले भन्दछ, “हेर म सियोनमा एउटा कुने-ढुङ्गो बसाल्नेछु, जुन मुख्य, चुनिएको र बहुमूल्य हुनेछ । जसले उहाँमाथि विश्‍वास गर्छ, त्यो शर्ममा पर्नेछैन ।”
  • रोमी 9:32-33 : 32 किन पाएनन् त? किनकि तिनीहरूले विश्‍वासद्वारा खोजेनन्, तर कर्मद्वारा खोजे । तिनीहरू ठेस लाग्‍ने ढुङ्गामा ठेस खाए, 33 जस्‍तो लेखिएको छ, “हेर, मैले सियोनमा एउटा ठेस लाग्‍ने ढुङ्गा र चोट लाग्‍ने चट्टान राख्‍दै छु । जसले यसमा विश्‍वास गर्छ त्यो लज्‍जित हुनेछैन ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 117मलाई सहायता गर्नुहोस् र म सुरक्षित हुनेछु । म सधैं तपाईंका विधिहरूमा ध्‍यान गर्नेछु ।

  • भजन 119:80-81
    2 पदहरू
    79%

    80तपाईंका विधिहरूप्रति मेरो हृदय निर्दोष होस् ताकि म लाजमा नपरूँ । काफ

    81तपाईंले मलाई बचाउने आसा गरेर म मूर्छित हुन्छु । तपाईंकै वचनमा म आसा गर्छु ।

  • 31तपाईंका करारका आदेशहरूमा म टाँसिन्छु । हे परमप्रभु, मलाई लाजमा नपार्नुहोस् ।

  • भजन 119:114-115
    2 पदहरू
    77%

    114तपाईं मेरो लुक्‍ने ठाउँ र ढाल हुनुहुन्छ । तपाईंको वचनमा म आसा गर्छु ।

    115हे दुष्‍ट काम गर्नेहरू हो, मबाट टाढा होओ, ताकि म आफ्‍नो परमेश्‍वरका आज्ञाहरू पालन गर्न सकूँ ।

  • भजन 25:20-21
    2 पदहरू
    77%

    20मेरो जीवनको रक्षा गर्नुहोस् र मलाई बचाउनुहोस् । मलाई अपमानित हुन नदिनुहोस् किनकि मैले तपाईंमा शरण लिन्छु ।

    21निष्ठा र इमानदारीले मलाई बचाओस्, किनकि म तपाईंमा आसा गर्छु ।

  • भजन 119:5-6
    2 पदहरू
    77%

    5तपाईंका विधिहरू पालन गर्न म दृढ हुन सके कति असल हुन्थ्यो

    6तब मैले तपाईंका सबै आज्ञालाई विचार गर्दा म लाजमा पर्नेथिइनँ ।

  • भजन 119:42-43
    2 पदहरू
    76%

    42तब मलाई गिल्ला गर्नेलाई म जवाफ दिनेछु, किनकि म तपाईंको वचनमा भरोसा गर्छु ।

    43मेरो मुखबाट सत्यको वचन नलानुहोस्, किनकि मेरो आसा तपाईंका धार्मिक आदेशहरूमा छन् ।

  • भजन 119:76-78
    3 पदहरू
    75%

    76आफ्नो सेवकसित तपाईंले प्रतिज्ञा गर्नुभएअनुसार तपाईंको करारको विश्‍वस्‍तताले मलाई सान्त्वना देओस् ।

    77मलाई दया देखाउनुहोस् ताकि म जीवित रहन सकूँ, किनकि तपाईंको व्यवस्था नै मेरो खुसी हो ।

    78घमण्डीहरू लाजमा परून् किनकि तिनीहरूले मेरो निन्दा गरेका छन् । तर म तपाईंका सुझावहरूमा ध्‍यान गर्नेछु ।

  • 8म तपाईंको विधिहरू पालन गर्नेछु । मलाई बेवास्‍ता नगर्नुहोस् । बेथ

  • 107म धेरै कष्‍टमा परेको छु । हे परमप्रभु, मलाई जीवित राख्‍नुहोस्, जस्‍तो तपाईंले आफ्नो वचनमा प्रतिज्ञा गर्नुभएको छ ।

  • 175म जिउन सकूँ र तपाईंको प्रशंसा गर्न सकूँ । अनि तपाईंका धार्मिक आदेशहरूले मलाई सहायता गरून् ।

  • 74तपाईंलाई आदर गर्नेहरूले मलाई देखेर खुसी हुनेछन् किनभने तपाईंको वचनमा म आसा पाउँछु ।

  • 170मेरा बिन्तीहरू तपाईंकै सामु आऊन् । तपाईंले वचनमा तपाईंले प्रतिज्ञा गर्नुभएझैं मलाई सहायता गर्नुहोस् ।

  • भजन 119:49-50
    2 पदहरू
    74%

    49तपाईंको सेवकसित तपाईंले गर्नुभएको प्रतिज्ञा सम्झनुहोस् किनभने तपाईंले मलाई आसा दिनुभएको छ ।

    50यो मेरो संकष्‍टमा मेरो सान्त्वना होः ताकि तपाईंको प्रतिज्ञाले मलाई जीवित राखेको छ ।

  • 1¶ हे परमप्रभु, तपाईंमा म शरण लिन्छु । मलाई कदापि अपमानित हुन नदिनुहोस् । तपाईंको धार्मिकतामा मलाई बचाउनुहोस् ।

  • 28शोकले म व्याकुल भएको छु । मलाई तपाईंको वचनले बलियो बनाउनुहोस् ।

  • 159हेर्नुहोस् म तपाईंका सुझावहरूलाई कति प्रेम गर्छु । हे परमप्रभु, तपाईंले आफ्नो करारको विश्‍वस्‍तताद्वारा प्रतिज्ञा गर्नुभएझैं मलाई जीवित राख्‍नुहोस् ।

  • भजन 119:38-40
    3 पदहरू
    74%

    38तपाईंको सेवकको निम्ति तपाईंका प्रतिज्ञा पुरा गर्नुहोस् जुन तपाईंलाई आदर गर्नेहरूको निम्ति तपाईंले गर्नुभयो ।

    39मलाई डर लाग्‍ने अपमानहरू हटाइदिनुहोस्, किनकि तपाईंका धार्मिक फैसलाहरू असल हुन्‍छन् ।

    40हेर्नुहोस्, मैले तपाईंका सुझवहरूको उत्कट इच्छा गरेको छु । तपाईंको धार्मिकतामा मलाई पुनर्जीवित पार्नुहोस् । वाव

  • 166हे परमप्रभु, म तपाईंको उद्धारको आसा गर्छु र तपाईंका आज्ञाहरू म पालन गर्छु ।

  • 154मेरो पक्षमा बोल्नुहोस् र मलाई उद्धार गर्नुहोस् । तपाईंले आफ्नो वचनमा प्रतिज्ञा गरेअनुसार मलाई सुरक्षित राख्‍नुहोस् ।

  • भजन 119:146-147
    2 पदहरू
    73%

    146म तपाईंलाई पुकारा गर्छु । मलाई बचाउनुहोस् र म तपाईंका करारका आदेशहरू पालन गर्नेछु ।”

    147बिहान झिसमिसे हुनु अगाडि नै म उठ्छु र सहायताको निम्ति पुकारा गर्छु । तपाईंको वचनमा म आसा गर्छु ।

  • 2हे परमेश्‍वर, म तपाईंमा भरोसा गर्छु । मलाई अपमानित हुन नदिनुहोस् । मेरा शत्रुहरू ममाथि विजयसाथ आनन्‍दित हुन नदिनुहोस् ।

  • 88तपाईंको अटल प्रमले मलाई जीवित राख्‍नुहोस्, ताकि तपाईंका आज्ञाहरू म पालन गर्न सकूँ । लामेध

  • 144तपाईंको करारका आदेशहरू सदासर्वदा धार्मिक छन् । मलाई सुझबुझ दिनुहोस् ताकि म जीवित रहन सकूँ । कोफ

  • 17मेरो लागि त्रास नबन्‍नुहोस् । सङ्कष्‍टको दिनमा तपाईं नै मेरो शरणस्थान हुनुहुन्छ ।

  • भजन 119:133-134
    2 पदहरू
    72%

    133तपाईंको वचनले मेरा पाइलाहरूलाई बाटो देखाउनुहोस् । कुनै पापले ममाथि राज्‍य गर्न नदिनुहोस् ।

    134मलाई मानिसको थिचोमिचोबाट बचाउनुहोस् ताकि तपाईंका सुझावहरू म पालन गर्न सकूँ ।

  • 25मेरो जीवन धूलोमा टाँसिएको छ । तपाईंको वचनद्वारा मलाई जीवन दिनुहोस् ।

  • 22अनादर र अपमानबाट मलाई बचाउनुहोस्, किनकि मैले तपाईंका करारका आदेशहरू पालन गरेको छु ।

  • 46तपाईंका गहन आज्ञाहरू म राजाहरूको सामु भन्‍नेछु र म लाज मान्‍नेछैन ।

  • 7हे परमप्रभु, म के पर्खिरहेको छु? मेरो एक मात्र आसा तपाईं हुनुहुन्छ ।

  • 1¶ हे परमेश्‍वर, मेरो रक्षा गर्नुहोस्, किनकि म तपाईंमा शरण लिन्छु ।

  • 149तपाईंको करारको विश्‍वस्‍ततामा मेरो सोर सुन्‍नुहोस् । हे परमप्रभु, मलाई जीवित राख्‍नुहोस्, जस्तो तपाईंले आफ्नो धार्मिक आदेशहरूमा प्रतिज्ञा गर्नुभएको छ ।

  • 122तपाईंको सेवकको भलाइ गर्ने जिम्मा लिनुहोस् । घमण्डीहरूले मलाई थिचोमिचो नगरून् ।

  • 1¶ हे परमप्रभु, म तपाईंमा शरण लिन्छु । मलाई कदापि लाजमा नपार्नुहोस् ।

  • 17आफ्‍नो सेवकप्रति कृपालु हुनुहोस् ताकि म बाँच्‍न र तपाईंको वचन पालन गर्न सकूँ ।

  • 12मेरो बारेमा, मेरो इमान्‍दारीतामा तपाईंले मलाई सहायता गर्नुहुनेछ र मलाई सधैंभरि तपाईंकै सामु राख्‍नुहुनेछ ।

  • 11तपाईंको वचन मैले आफ्‍नो हृदयमा जम्‍मा गरेको छु ताकि तपाईंको विरुद्ध मैले पाप गर्नु नपरोस् ।

  • 11हे परमप्रभु, मबाट तपाईंका दयाका कामहरू नहटाउनुहोस् । तपाईंको करारको विश्‍वस्‍तता वा तपाईंको भरोसाले मलाई सदासर्वदा सुरक्षित राखोस् ।