भजनसंग्रह 119:82

अनलक शाब्दिक बाइबल

तपाईंको प्रतिज्ञा हेर्नलाई मेरा आँखाले इच्छा गर्छन् । तपाईंले मलाई कहिले सान्त्वना दिनुहुनेछ?

थप स्रोतहरू

उल्लेखित पदहरू

  • भजन 69:3 : 3 म आफ्‍नो चित्‍कारले थाकेको छु । मेरो घाँटी सुकेको छ । मेरो परमेश्‍वरमा आसा गर्दा मेरा आँखाहरू धमिला हुन्छन् ।
  • भजन 119:123 : 123 तपाईंको उद्धारको निम्‍ति र तपाईंको धार्मिक वचनको निम्‍ति म पर्खिंदा मेरा आँखाहरू थकित हुन्‍छन् ।
  • नीति 13:12 : 12 आशालाई स्थगित गरिँदा यसले हृदय छिया-छिया पार्छ, तर पुरा भएको तृष्णा जीवनको रुख हो ।
  • यशा 38:11 : 11 मैले भनें परमप्रभुलाई म देख्‍नेछैन, जीवितहरूको देशमा म परमप्रभुलाई कदापि देख्‍नेछैन । मानवजाति वा संसारको बासिन्दालाई म फेरि देख्‍नेछैन ।
  • विलाप 2:11 : 11 तिनीहरूको आँसुले मेरा आँखा टट्टाइसक्यो । मेरो पेट हुँडल्छ । मेरा मानिसहरूकी छोरीको विनाशको कारण मेरा मेरो हृदय छियाछिया भयो । बालबच्‍चा र दुधे बालकहरू सहरका सडकहरूमा मुर्छा खान्छन् ।
  • भजन 86:17 : 17 मलाई तपाईंको कृपाको चिन्ह देखाउनुहोस् । तब मलाई घृणा गर्नेहरूले यो देख्‍नेछन् र लज्‍जित हुनेछन्, किनभने तपाईं परमप्रभुले नै मलाई सहायता गर्नुभएको र मलाई सान्त्वना दिनुभएको छ ।
  • भजन 90:13-15 : 13 हे परमप्रभु, फर्कनुहोस्! यो कहिलेसम्म हुनेछ? आफ्नो सेवकमाथि दया गर्नुहोस् । 14 बिहान हामीलाई तपाईंको करारको विश्‍वस्‍तताले सन्‍तुष्‍ट पार्नुहोस्, ताकि हाम्रो जीवनभरि हामी आनन्‍दित र खुसी हुन सकौं। 15 हामीलाई विपत्तिमा पार्नुभएका दिनहरू र हामीले कष्‍ट भोगेका वर्षहरू जति थिए त्यति नै हामीलाई खुसी पार्नुहोस् ।
  • व्यव 28:32 : 32 तिमीहरूका छोराछोरीहरू अरू जातिहरूलाई दिइने छन् । तिमीहरूले पुरै दिन तिनीहरूको बाटो हेर्ने छौ, तर तिनीहरूलाई देख्‍ने छैनौ । तिमीहरूका हातमा कुनै शक्ति हुने छैन ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 123तपाईंको उद्धारको निम्‍ति र तपाईंको धार्मिक वचनको निम्‍ति म पर्खिंदा मेरा आँखाहरू थकित हुन्‍छन् ।

  • 81तपाईंले मलाई बचाउने आसा गरेर म मूर्छित हुन्छु । तपाईंकै वचनमा म आसा गर्छु ।

  • भजन 38:9-10
    2 पदहरू
    79%

    9हे परमप्रभु, मेरो हृदयको भित्री चाहानलाई तपाईंले बुझ्‍नुहुन्छ र मेरा सुस्‍केराहरू तपाईंबाट लुकाइएका छैनन् ।

    10मेरो मुटु धड्किन्छ, मेरो बल घट्छ र मेरा आँखा धमिला हुन्छन् ।

  • 3म आफ्‍नो चित्‍कारले थाकेको छु । मेरो घाँटी सुकेको छ । मेरो परमेश्‍वरमा आसा गर्दा मेरा आँखाहरू धमिला हुन्छन् ।

  • भजन 31:9-10
    2 पदहरू
    77%

    9हे परमप्रभु, ममाथि दया गर्नुहोस्, किनकि म कष्‍टमा परेको छु । मेरो प्राण र मेरो शरीरको दुःखसँगै मेरा आँखाहरू थकित हुन्छ ।

    10किनकि मेरो जीवन कष्‍टले र मेरा वर्षहरू शोकले थकित छ । मेरो पापको कारणले मेरो बल सकिन्‍छ र मेरा हाडहरू खिइन्‍छन् ।

  • 28शोकले म व्याकुल भएको छु । मलाई तपाईंको वचनले बलियो बनाउनुहोस् ।

  • भजन 119:49-50
    2 पदहरू
    76%

    49तपाईंको सेवकसित तपाईंले गर्नुभएको प्रतिज्ञा सम्झनुहोस् किनभने तपाईंले मलाई आसा दिनुभएको छ ।

    50यो मेरो संकष्‍टमा मेरो सान्त्वना होः ताकि तपाईंको प्रतिज्ञाले मलाई जीवित राखेको छ ।

  • भजन 119:147-148
    2 पदहरू
    76%

    147बिहान झिसमिसे हुनु अगाडि नै म उठ्छु र सहायताको निम्ति पुकारा गर्छु । तपाईंको वचनमा म आसा गर्छु ।

    148रातका पहरहरू बद्‍लिनुअगि नै मेरा आँखाहरू खुला हुन्‍छन् ताकि म तपाईंको वचनमा ध्‍यान गर्न सकूँ ।

  • 8हे परमप्रभु परमेश्‍वर, मेरा आँखाहरू निश्‍चय नै तपाईंमा हुन्‍छन् । तपाईंमा नै म शरण लिन्छु । मेरो प्राणलाई सुरक्षाहीन नछोड्नुहोस् ।

  • 18मेरो शोकको कुनै अन्त छैन, र मेरो हृदय व्याकुल भएको छ ।

  • 7मेरा आँखाहरू शोकले धमिला हुन्छन् । मेरा सारा वैरीहरूका कारणले ती कमजोर हुन्छन् ।

  • 136मेरा आँखाहरूबाट आँसुका बलिन्द्र धारा बग्छन् किनभने मानिसहरूले तपाईंको व्यवस्था पालन गर्दैनन् । साधे

  • 131म आफ्‍नो मुख खोल्छु र तिर्खाउँछु, किनकि तपाईंका आज्ञाहरूको उत्कट इच्छा म गर्छु ।

  • 16यिनै कुराहरूको लागि म रुन्छु; मेरा आँखा आँसुको धारा बहन्छ । किनकि मलाई सान्त्वना दिने र मेरो जीवनलाई पुनर्स्थापित गर्ने मबाट निकै टाढा छ । शत्रुले मलाई परास्त गरेकोले मेरा बालबच्‍चा बेसहारा छन् ।

  • 76आफ्नो सेवकसित तपाईंले प्रतिज्ञा गर्नुभएअनुसार तपाईंको करारको विश्‍वस्‍तताले मलाई सान्त्वना देओस् ।

  • 20हर समय तपाईंका धार्मिक आदेशहरू जान्‍ने उत्कट चाहनाले गर्दा मेरा इच्छाहरू चूर्ण भएका छन् ।

  • भजन 130:5-6
    2 पदहरू
    74%

    5म परमप्रभुमा पर्खिन्‍छु, मेरो प्राणले पर्खिन्‍छु र उहाँको वचनमा म आसा गर्छु ।

    6रक्षकले बिहानको प्रतीक्षा गर्नेभन्दा धेरै मेरो प्राणले परमप्रभुको प्रतीक्षा गर्छ ।

  • भजन 42:2-3
    2 पदहरू
    74%

    2परमेश्‍वरको, जीवित परमेश्‍वरको तृष्णा म गर्छु, म कहिले आऊँ र परमेश्‍वरको सामु देखा परू?

    3दिनरात मेरा आँशु मेरो खानेकुरा भएका छन्, मेरा शत्रुहरूले मलाई सधैं यसो भन्‍छन्, “तेरो परमेश्‍वर खोइ कहाँ छन्?”

  • विलाप 3:49-50
    2 पदहरू
    74%

    49मेरा आँखाबाट नरोकिकन, विश्राम नगरीकन आँसु बहन्छ,

    50जबसम्म परमप्रभुले स्वर्गबाट तल हेर्नुहुन्‍न ।

  • 4तपाईंले मेरा आँखा खुल्ला राख्‍नुभयो । म बोल्‍नै नसक्‍ने कष्‍टमा थिएँ ।

  • भजन 119:83-84
    2 पदहरू
    73%

    83किनकि म धूवाँमा राखेको मशकजस्तो भएको छु । तपाईंका विधिहरू म बिर्सिन्‍न ।

    84तपाईंको सेवकले यो कहिलेसम्म यो कुरा सहनु पर्ने हो? मेरो खेदो गर्नेहरूलाई तपाईंले कहिले न्याय गर्नुहुनेछ?

  • भजन 119:40-42
    3 पदहरू
    73%

    40हेर्नुहोस्, मैले तपाईंका सुझवहरूको उत्कट इच्छा गरेको छु । तपाईंको धार्मिकतामा मलाई पुनर्जीवित पार्नुहोस् । वाव

    41हे परमप्रभु, तपाईंको अचूक प्रेम, तपाईंको प्रतिज्ञाअनुसार तपाईंको उद्धार मलाई दिनुहोस् ।

    42तब मलाई गिल्ला गर्नेलाई म जवाफ दिनेछु, किनकि म तपाईंको वचनमा भरोसा गर्छु ।

  • 9मेरा आँखाहरू कष्‍टले कमजोर हुन्छन् । हे परमप्रभु, दिनभरि म तपाईंमा पुकारा गर्छु । म आफ्‍ना हातहरू तपाईंतिर फैलाउँछु ।

  • 7शोकको कारण मेरो आँखा पनि धमिलो भएको छ । मेरो शरीरका सम्पूर्ण भाग छायाजत्तिकै सुकेका छन् ।

  • भजन 25:15-16
    2 पदहरू
    73%

    15मेरा आँखाहरू सदासर्वदा परमप्रभुमाथि हुन्छन्, किनकि उहाँले मेरा खुट्टाहरूलाई जालबाट मुक्‍त गर्नुहुनेछ ।

    16मतिर फर्कनुहोस् र मलाई दया गर्नुहोस् । किनकि म एक्‍लो र कष्‍टमा परेको छु ।

  • 2परमप्रभुको चोकको निम्‍ति म उत्कट इच्‍छा गर्छु । यसको निम्ति मेरो इच्छाले मलाई थकित बनाएको छ । मेरो हृदय र मेरो सारा प्राणले जीवित परमेश्‍वरमा पुकारा गर्छ ।

  • 22तिनीहरूका सबै दुष्‍टता तपाईंको सामु आऊन् । मेरा सबै आज्ञा उल्लङ्घनको कारणले तपाईंले मलाई व्यवहार गर्नुभएझैँ तिनीहरूसित व्यवहार गर्नुहोस् । मेरा सुस्केरा धेरै छन्, र मेरो हृदय मुर्छा परेको छ ।

  • 18मेरा आँखाहरू खोल्नुहोस् ताकि तपाईंको व्यवस्थाका अचम्मका कुराहरू म देख्‍न सकूँ ।

  • 18त्यसैले म भन्छु, “मेरो धैर्य नष्‍ट भएको छ, र मेरो भरोसा परमप्रभुमा नै छ ।”

  • 74तपाईंलाई आदर गर्नेहरूले मलाई देखेर खुसी हुनेछन् किनभने तपाईंको वचनमा म आसा पाउँछु ।

  • 17हाम्रो यो हृदय दुर्बल भएको छ, र यिनै कुराको कारण हाम्रो आँखा धमिलिएका छन् ।

  • 25मेरो जीवन धूलोमा टाँसिएको छ । तपाईंको वचनद्वारा मलाई जीवन दिनुहोस् ।

  • 17किन मैले ठेस खान लागेको छु र म निरन्‍तर पीडामा छु ।

  • 20हप्कीले मेरो हृदय तोडिएको छ । म गह्रौं बोझले दबिएको छु । कोही दया गर्ने मानिस मैले खोजें, तर कोही थिएन । मैले सान्त्वना दिनेहरू खोजें, तर मैले कोही भेटिनँ ।

  • 17सहायताको लागि प्रतीक्षा गर्दा-गर्दा हाम्रा आँखा व्यर्थमा टट्टाइसके । हाम्रा धरहराहरूबाट हामीले एउटा जातिको बाटो हेर्‍यौँ, जसले हामीलाई बचाउन सकेन ।

  • 4मभित्र मेरो आत्मा व्याकुल भएको छ । मेरो हृदय निराश हुन्छ ।

  • 11तिनीहरूको आँसुले मेरा आँखा टट्टाइसक्यो । मेरो पेट हुँडल्छ । मेरा मानिसहरूकी छोरीको विनाशको कारण मेरा मेरो हृदय छियाछिया भयो । बालबच्‍चा र दुधे बालकहरू सहरका सडकहरूमा मुर्छा खान्छन् ।

  • 1¶ तपाईंतिर म आफ्‍ना आँखा उचल्छु, तपाईं जो स्वर्गमा विराजमान हुनुहुन्छ ।

  • 37व्‍यर्थका कुराहरू हेर्नबाट मेरा आँखाहरू फर्काउनुहोस् । तपाईंका मार्गहरूमा मलाई पुनर्जीवित पार्नुहोस् ।