भजनसंग्रह 131:2

अनलक शाब्दिक बाइबल

वास्तवमा मैले आफ्‍नो प्राणलाई स्थिर र शान्त बनाएको छु । दूध छोडाएको बालक आमासँग भएझैं, मभित्र मेरो प्राण दूध छोडेको बलकझैं छ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • १ कोरि 14:20 : 20 भाइहरू हो, आफ्नो सोचाइमा बालक नबन । खराबीको निम्ति बालक बन । तर आफ्नो सोचाइमा परिपक्‍व बन ।
  • यूह 14:1-2 : 1 ¶ “तिमीहरूको हृदय विचलित नहोस् । तिमीहरूले परमेश्‍वरमा विश्‍वास गर्छौ, ममा पनि विश्‍वास गर । 2 मेरा पिताको घरमा बस्‍ने धेरै कोठाहरू छन् । यदि त्यसो नहुँदो हो त, मैले तिमीहरूलाई भन्‍ने थिएँ त, किनकि म तिमीहरूका लागि ठाउँ तयार पार्न गइरहेको छु ।
  • यशा 30:15 : 15 किनकि परमप्रभु इस्राएलका परमपवित्र परमेश्‍वर यसो भन्‍नुहुन्छ, “फर्कनु र विश्राम गर्नुले तिमीहरू बचाइनेछौ । चुपचाप बस्‍नु र भरोसा गर्नुले तिमीहरूले बल पाउनेछौ । तर तिमीहरू तत्पर भएनौ ।
  • विलाप 3:26 : 26 मौन रूपमा परमप्रभुको उद्धारको प्रतीक्षा गर्नु राम्रो हुन्छ ।
  • मत्त 18:3-4 : 3 र भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्दछु, तिमीहरूले पश्‍चात्ताप गरेर यी बालकजस्तो नभएसम्म, तिमीहरू अरू कुनै रीतिले स्वर्गको राज्यमा प्रवेश गर्नेछैनौ । 4 त्यसैले, जसले यी सानो बालकले झैँ आफूलाई नम्र तुल्याउँछ, त्यो मानिस नै स्वर्गको राज्यमा सबैभन्दा महान् हुन्छ ।
  • मर 10:15 : 15 साँचो साँचो, म तिमीहरूलाई भन्दछु, जसले परमेश्‍वरको राज्यलाई यो सानो बालकको रूपमा ग्रहण गर्दैन, त्यो निश्‍चय नै यसभित्र प्रवेश गर्नेछैन ।”
  • लू 21:19 : 19 तिमीहरूको सहनशीलतामा तिमीहरूले प्राण प्राप्‍त गर्नेछौ ।
  • १ शमू 24:10 : 10 तपाईं गुफामा हुनुहुँदा परमप्रभुले तपाईंलाई मेरो हातमा सुम्पनुभएको कुरा आज तपाईंले आफ्नै आँखाले देख्‍नुभएको छ । तपाईंलाई मार्न कसैले मलाई भने, तर मैले तपाईंलाई बचाएँ । मैले भने, 'म मेरो मालिकको विरुद्धमा हात उठाउँदिनँ । किनकि उहाँ परमप्रभुको अभिषिक्‍त जन हुनुहुन्छ ।'
  • १ शमू 25:32-33 : 32 दाऊदले अबीगेललाई भने, “इस्राएलका परमप्रभु परमेश्‍वरले तिमीलाई आशिष् देऊन्, जसले आज मलाई भेट्न तिमीलाई पठाउनुभयो । 33 तिम्रो बुद्धि धन्यको होस् र तिमी धन्यकी हौ, किनभने तिमीले आज मलाई रक्‍तपात र आफ्नो निम्ति आफ्नै हातले बद्‍ला लिनबाट बचाएकी छ्यौ!
  • १ शमू 30:6 : 6 दाऊद साह्रै व्याकु भए, किनभने मानिसहरूले तिनलाई ढुङ्गाले हान्‍ने कुरा गरिरहेका थिए, किनकि सबै मानिसहरूको मन आ-आफ्नो छोराहरू र छोरीहरूका निम्ति तितो भएको थियो । तर दाऊदले परमप्रभु परमेश्‍वरमा आफूलाई शक्तिशाली बनाए ।
  • २ शमू 15:25-26 : 25 राजाले सादोकलाई भने, “परमेश्‍वरको सन्दुकलाई सहरमा नै फर्काएर लेजाऊ । मैले परमप्रभुको दृष्‍टिमा निगाह पाएँ भने, उहाँले मलाई यहाँ फर्काएर ल्याउनुहुने छ र सन्दुक र उहाँ बस्‍नुहुने ठाउँ मलाई फेरि देखाउनुहुने छ । 26 तर उहाँले यसो भन्‍नुहुन्छ भने, 'तँसँग म प्रशन्‍न छैन,' हेर, म यहाँ छु, उहाँलाई जे असल छ सो उहाँले मलाई गर्नुभएको होस् ।”
  • २ शमू 16:11-12 : 11 त्यसैले दाऊदले अबीशै र आफ्‍ना सबै सेवकलाई भने, “हेर, मेरो छोर, जो मेरो आफ्नै शरीरबाट जन्मेको हो, त्‍यसले नै मलाई मार्न खोज्‍छ । यो बेन्यामिनीले झन् मेरो विनाश भएको कति धेरै इच्छा गर्ला? त्यसलाई छोडिदेऊ र त्यसले सरापोस्, किनकि परमप्रभुले नै त्‍यसो गर्ने आज्ञा त्यसलाई दिनुभएको छ । 12 सायद ममाथि आइपरेको यो कष्‍ट परमप्रभुले हेर्नुहुने छ र आज त्यसले मलाई सरापेकोमा मलाई असल इनाम दिनुहुने छ ।”
  • भजन 42:5 : 5 ए मेरो प्राण, तँ किन निराश हुन्छस्? मभित्रै तँ किन उदाश हुन्छस्? परमेश्‍वरमा आसा राख्, किनकि म फेरि पनि उहाँको प्रशंसा गर्नेछु जो मेरो उद्धार हुनुहुन्छ ।
  • भजन 42:11 : 11 ए मेरो प्राण, तँ किन निराश हुन्छस्? मभित्रै तँ किन उदाश हुन्छस्? परमेश्‍वरमा आसा राख्, किनकि म फेरि पनि उहाँको प्रशंसा गर्नेछु जो मेरो उद्धार र मेरो परमेश्‍वर हुनुहुन्छ ।
  • भजन 43:5 : 5 ए मेरो प्राण, तँ किन निराश हुन्छस्? मभित्रै तँ किन उदाश हुन्छस्? परमेश्‍वरमा आसा राख्, किनकि म फेरि पनि उहाँको प्रशंसा गर्नेछु जो मेरो उद्धार र मेरो परमेश्‍वर हुनुहुन्छ ।
  • भजन 62:1 : 1 ¶ परमेश्‍वरमा मात्र म चूपचाप पर्खिन्‍छु । मेरो उद्धार उहाँबाट आउँछ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 1¶ हे परमप्रभु, मेरो हृदय घमण्डी छैन न त मेरा आँखा हठी छन् । आफ्‍नै निम्ति मसँग ठुला आसाहरू छैनन् न त मैले गर्न नसक्‍ने कुराहरूको वास्‍ता म गर्छु ।

  • 13किनकि अहिले म चुप लागेर बसिरहेको हुन्‍थें । म सुतेको हुन्‍थें, र विश्राममा हुन्‍थें,

  • 7मेरो प्राण आफ्‍नो विश्रामको ठाउँमा फर्कन सक्छ, किनकि परमप्रभु मेरो निम्ति असल हुनुभएको छ ।

  • 2म शान्‍त बसें । कुनै असल कुरा भन्‍नलाई पनि मैले आफ्‍नो मुख खोलिनँ र मेरो दुःख झन् बढी भयो ।

  • भजन 130:5-6
    2 पदहरू
    72%

    5म परमप्रभुमा पर्खिन्‍छु, मेरो प्राणले पर्खिन्‍छु र उहाँको वचनमा म आसा गर्छु ।

    6रक्षकले बिहानको प्रतीक्षा गर्नेभन्दा धेरै मेरो प्राणले परमप्रभुको प्रतीक्षा गर्छ ।

  • 3ए इस्राएल, अहिले र सदासर्वदा परमप्रभुमा नै आसा गर् ।

  • 4मभित्र मेरो आत्मा व्याकुल भएको छ । मेरो हृदय निराश हुन्छ ।

  • 14म लामो समयसम्म चुपचाप बसेको छु । म मौन रहेको छु र आफैंलाई थामेको छु । अब म प्रसव वेदनामा परेको स्‍त्रझैं कराउँछु । म स्वाँ-स्वाँ गर्छु र छिटो-छिटो सास फेर्छु ।

  • 15मैले के भन्‍न सक्‍छु र? उहाँ मसँग बोल्‍ने अनि त्‍यसलाई पुरा गर्ने दुवै गर्नुभएको छ । मेरा सबै वर्षहरूमा म बिस्तारै हिंड्नेछु किनभने म शोकले व्याकुल भएको छु ।

  • 14मेरो आफ्नै भाइलाई झैं मैले शोक गरें । मेरी आमाको निम्ति झैं मैले विलाप गरें ।

  • 2तपाईंका शत्रुहरूका कारणले बालकहरू र दूधे बालकहरूका मुखबाट तपाईंले प्रशंसा स्थापित गर्नुभएको छ, ताकि तपाईंले शत्रु र बदला लिने दुवैलाई शान्‍त गराउन सक्‍नुहुन्‍छ ।

  • 6किनकि शान्तिलाई घृणा गर्नेहरूसँग म धेरै लामो समय बसेको छु ।

  • 1¶ धैर्य भएर मैले परमप्रभुमा आसा गरें । उहाँले मलाई हेर्नुभयो र मेरो पुकारा सुन्‍नुभयो ।

  • 10शान्‍त होओ र म नै परमेश्‍वर हुँ भनी जान । जातिहरूका माझमा म उचालिनेछु । पृथ्वीमा म उचालिनेछु ।

  • 2उहाँले मेरो मुखलाई धारिलो तरवारजस्तो बनाउनुभएको छ । उहाँले मलाई आफ्‍नो हातको छायामा लुकाउनुभएको छ । उहाँले मलाई टल्काएको काँड बनाउनुभएको छ । उहाँले मलाई आफ्‍नो ठोक्रोमा लुकाउनुभएको छ ।

  • 1¶ परमेश्‍वरमा मात्र म चूपचाप पर्खिन्‍छु । मेरो उद्धार उहाँबाट आउँछ ।

  • 3जब म चूप लागें, तब दिनभरिको मेरो सुस्‍केराले मेरा हाडहरू खिइएर गए ।

  • 17परमप्रभु मेरो सहायता नहुनुभएको भए, म तुरुन्‍तै मौनताको ठाउँमा पल्टिरहेको हुनेथिएँ ।

  • 20म निरन्तर यसलाई सम्झन्छु, र म मभित्रै हताश भएको छु ।

  • 5ए मेरो प्राण, तँ किन निराश हुन्छस्? मभित्रै तँ किन उदाश हुन्छस्? परमेश्‍वरमा आसा राख्, किनकि म फेरि पनि उहाँको प्रशंसा गर्नेछु जो मेरो उद्धार हुनुहुन्छ ।

  • 18मेरा मानिसहरू शान्तिपुर्ण बासस्थानमा, सुरक्षित घरहरूमा र शान्तसित विश्राम गर्ने ठाउँहरूमा बास गर्नेछन् ।

  • 1¶ म परमप्रभुमा शरण लिन्छु । तिमीहरूले मलाई कसरी भन्‍न सक्छौ, “चराझैं पहाडतिर भाग्”?

  • 20हे परमप्रभु, हेर्नुहोस्, किनकि म निराशामा छु । मेरो पेट हुँडल्छ । मेरो हृदय मभित्रै छटपटिन्छ, किनकि म ज्यादै विद्रोही भएको छु । बाहिर तरवारले आमालाई नष्‍ट पार्छ, घरभित्र केवल मृत्यु छ ।

  • 18मेरो शोकको कुनै अन्त छैन, र मेरो हृदय व्याकुल भएको छ ।

  • भजन 130:1-2
    2 पदहरू
    69%

    1¶ हे परमप्रभु, गहिराइबाट तपाईंमा म पुकारा गर्छु ।

    2हे परमप्रभु, मेरो सोर सुन्‍नुहोस् । दयाको निम्ति मेरो बिन्‍ती सुन्‍नलाई तपाईंका कानहरू सचेत होऊन् ।

  • 6म गर्भमा हुँदादेखि नै तपाईंले मलाई सहारा दिनुभएको छ । मेरो आमाको गर्भदेखि मलाई बहिर निकाल्ने तपाईं नै हुनुहुन्छ । मेरो प्रशंसा सधैं तपाईंको बारेमा नै हुनेछ ।

  • 17मेरो प्राण शान्तिबाट वञ्चित भएको छ । प्रसन्‍नता के हो भनी मैले बिर्सेको छु ।

  • 16मेरो बारेमा, म तपाईंको अनुसरण गरेर गोठालो हुनदेखि भागेर म गइन । मैले विपत्तिको समयको प्रतीक्षा गरिनँ । मेरो जिब्रोबाट निस्केको घोषणाहरू तपाईं जान्‍नुहुन्छ । ती तपाईंकै उपस्थितिमा गरिएका थिए ।

  • 9तपाईंले मलाई गर्भबाट ल्याउनुभयो । मैले आमाको दूध खाँदा नै तपाईंले मलाई तपाईंमा भरोसा गर्ने बनाउनुभयो ।

  • 8म स्तब्ध र पूर्ण रूपमा चूर्ण छु । मेरो हृदयको वेदनाको कारणले म सुस्‍केरा हाल्‍छु ।

  • 21किनकि मेरो हृदय शोकमा परेको थियो र म गहिरो चोटमा परेको थिएँ ।

  • 3मेरो प्राण पनि धेरै दुःखमा परेको छ । तर हे परमप्रभु, यो कहिलेसम्म निरन्‍तर रहन्‍छ?

  • 2मेरो कष्‍टको दिनमा मैले परमप्रभुलाई खोजें । राति मैले आफ्‍नो हात फैलाएँ र तिनीहरू थाकेनन् । मेरो प्राणले सान्त्वना पाउन इन्‍कार गर्‍यो ।

  • 11ए मेरो प्राण, तँ किन निराश हुन्छस्? मभित्रै तँ किन उदाश हुन्छस्? परमेश्‍वरमा आसा राख्, किनकि म फेरि पनि उहाँको प्रशंसा गर्नेछु जो मेरो उद्धार र मेरो परमेश्‍वर हुनुहुन्छ ।

  • 3म मेरो बुबाको छोरो हुँदा, मेरी आमाको कोमल र एक मात्र सन्तान हुँदा,

  • 18किनकि मेरो युवावस्थादेखि मसित अनाथ बुबासितझैं हुर्केको छ, अनि मैले उसकी विधवा आमालाई मेरी आमाको गर्भदेखि नै डोर्‍याएको छु ।

  • 13आमाले आफ्‍नो बालकलाई सान्त्वना दिएझैं म तिमीहरूलाई सान्त्वना दिनेछु, र यरूशलेममा तिमीहरूले सान्त्वना पाउनेछौ ।”

  • 1¶ हे परमप्रभु, म आफ्‍नो जीवन तपाईंमा उचाल्छु ।

  • 14“यो सदासर्वदाको निम्ति मेरो विश्राम स्थल हो । म यहाँ बस्‍नेछु किनकि म यसलाई चाहन्छु ।

  • 5परमेश्‍वरमा मात्र म चूपचाप पर्खिन्‍छु । किनकि मेरो आसा उहाँमा राखिएको छ ।

  • 14तर हे परमप्रभु, म तपाईंमा भरोसा गर्छु । म भन्छु, “तपाईं मेरो परमेश्‍वर हुनुहुन्छ ।”

  • 5म ढल्किन्छु र सुत्छु । म ब्युँझिन्छु, किनकि परमप्रभुले मलाई सुरक्षा दिनुभयो ।

  • 7सम्‍पूर्ण पृथ्वी नै विश्राममा छ र शान्त छ । तिनीहरूले गीत गाउँदै उत्सव मनाउन सुरु गर्छन् ।

  • 11जब म बालक थिएँ बालकले जस्तै बोलेँ र बालकले जस्तै सोचेँ अनि बालकले जस्‍तै तर्कहरू गरेँ । जब वयस्क भएँ बालकका चालहरू छोडी दिएँ ।

  • 25किनकि थाकेकाहरूलाई म पिउन लयाउनेछु, र मूर्छा खाएकाहरूलाई म सन्तुष्‍ट पार्नेछु ।”

  • 24मैले भनेँ, “परमप्रभु मेरो उत्तराधिकार हुनुहुन्छ ।” त्यसैले म उहाँमा नै आशा गर्दछु ।

  • 8शान्तिमा ढल्किनेछु र निदाउनेछु, किनकि, हे परमप्रभु, तपाईंले मात्र मलाई सुरक्षित बनाउनुहुन्छ ।

  • 16अर्थात् सायद म तुहेर जन्‍मने थिएँ, कदापि उज्‍यालो नदेख्‍ने शिशुहरूझैं हुन्‍थें ।