भजनसंग्रह 135:13

अनलक शाब्दिक बाइबल

हे परमप्रभु, तपाईंको नाउँ सदासर्वदा रहिरहन्छ । हे परमप्रभु, तपाईंको किर्ती सबै पुस्तामा रहन्छ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • निर्ग 3:15 : 15 परमेश्‍वरले मोशालाई यसो पनि भन्‍नुभयो, “तैँले इस्राएलीहरूलाई यसो भन्‍नैपर्छ, 'तिमीहरूका पिता-पुर्खाका परमेश्‍वर अर्थात् अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकूबका परमेश्‍वरले मलाई तिमीहरूकहाँ पठाउनुभएको हो । मेरो नाउँ सदासर्वादको लागि यही हो र यही नाउँद्वारा पुस्तौँसम्म मेरो सम्झना गरिनेछ ।'
  • भजन 102:12 : 12 तर हे परमप्रभु, तपाईं सदासर्वदा जीवित हुनुहुन्छ र तपाईंको ख्याति सबै पुस्तामा रहन्छ ।
  • भजन 102:21 : 21 तब मानिसहरूले सियोनमा परमप्रभुको नाउँ र यरूशलेममा उहाँको प्रशंसाको घोषणा गर्नेछन्,
  • हो 12:5 : 5 उहाँ सर्वशक्तिमान् परमप्रभु परमेश्‍वर हुनुहुन्छ । पुकारा गर्नुपर्ने उहाँको नाउँ “परमप्रभु” हो ।
  • मत्त 6:9 : 9 त्यसैले, यसरी प्रार्थना गरः ‘हे हाम्रा स्वर्गमा हुनुहुने पिता, तपाईंको नाउँ पवित्र गरियोस्,
  • निर्ग 34:5-7 : 5 गर्नुभएको थियो । मोशाले शिला-पाटीहरू आफ्ना हातमा लिएर गए । परमप्रभु बादलमा ओर्लनुभयो, र त्यहाँ मोशासित खडा हुनुभयो अनि उहाँले “परमप्रभु” नाउँको घोषणा गर्नुभयो । 6 परमप्रभु तिनको सामु भएर जानुभयो र घोषणा गर्नुभयो, “परमप्रभु, परमप्रभु, परमेश्‍वर करुणामय र अनुग्रही, रिस गर्नमा ढिलो अनि करारको विश्‍वसनीयतामा प्रचुर र भरोसायोग्य हुनुहुन्छ । 7 उहाँले हजारौँ पुस्तासम्म आफ्नो करार राख्‍नुहुन्छ, अधर्म, अपराध र पापको क्षमा दिनुहुन्छ । तर उहाँले दोषीलाई कुनै किसिमले छाड्नुहुनेछैन । उहाँले पिता-पुर्खाहरूका दण्ड तिनीहरूका छोराछोरीहरू र नातिनातिनाहरू अनि तेस्रो र चौथो पुस्तासम्म दिनुहुन्छ ।”
  • भजन 8:1 : 1 ¶ हे हाम्रा परमप्रभु परमेश्‍वर, तपाईंको नाउँ सारा पृथ्वीभरि कति महिमित छ, तपाईंले माथि स्वर्गमा आफ्नो महिमा प्रकट गर्नुहुन्छ ।
  • भजन 8:9 : 9 हे हाम्रा परमप्रभु परमेश्‍वर, तपाईंको नाउँ सारा पृथ्वीमा कति महिमित छ!
  • भजन 72:17 : 17 उनको नाउँ अमर रहोस् । सूर्य रहेसम्म उनको नाउँ निरन्तर रहोस् । मानिसहरू उनमा आशोषित् होऊन् । सबै जातिहरूले उनलाई धन्यको भनून् ।
  • भजन 89:1 : 1 ¶ म परमप्रभुको करारको विश्‍वस्‍तताका कामहरूका बारेमा सधैं गाउनेछु । म भावी पुस्ताहरूलाई तपाईंको सत्यता घोषणा गर्नेछु ।
  • मत्त 6:13 : 13 र हामीलाई परीक्षामा नडोर्‍याउनुहोस्, तर दुष्‍टबाट छुटकारा दिनुहोस् । किनकि राज्य र पराक्रम र महिमा सदासर्वदा तपाईंकै हुन् । आमेन ।’

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 12तर हे परमप्रभु, तपाईं सदासर्वदा जीवित हुनुहुन्छ र तपाईंको ख्याति सबै पुस्तामा रहन्छ ।

  • 13तपाईंको राज्य अनन्तको राज्य हो र तपाईंको प्रभुत्व सबै पुस्ताभरि रहन्छ ।

  • 17म तपाईंको नाउँलाई सबै पुस्ताले याद गर्ने बनाउनेछु । यसकारण मानिसहरूले तपाईंलाई सदासर्वदा धन्यावाद दिनेछन् ।

  • 19तर हे परमप्रभु, तपाईंले सदासर्वदा शासन गर्नुहुन्छ, र तपाईं पुस्तादेखि पुस्तासम्म आफ्नो सिंहासनमा विराजमान हुनुहुने छ ।

  • भजन 113:1-3
    3 पदहरू
    76%

    1¶ परमप्रभुको प्रशंसा गर । हे परमप्रभुका सेवकहरू हो, उहाँको प्रशंसा गर । परमप्रभुको नाउँको प्रशंसा गर ।

    2परमप्रभुको नाउँ अहिले र सदासर्वदा धन्यको होस् ।

    3सूर्य उदायदेखि त्‍यो नअस्‍ताएसम्म नै, परमप्रभुको नाउँको प्रशंसा हुनुपर्छ ।

  • 10परमप्रभुले सदासर्वदा, हे सियोन, तेरो परमेश्‍वरले सबै पुस्तामा राज्‍य गर्नुहुन्छ । परमप्रभुको प्रशंसा गर ।

  • भजन 136:21-23
    3 पदहरू
    76%

    21उहाँलाई धन्यवाद देओ, जसले तिनीहरूका देश उत्तराधिकारको रूपमा दिनुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।

    22उहाँको सेवक इस्राएलको उत्तराधिकारको रूपमा दिनुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।

    23उहाँलाई जसले हामीलाई सम्झनुभयो र हाम्रो अपमानमा हामीलाई सहायता गर्नुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।

  • 18परमप्रभुले सदासर्वदा शासन गर्नुहुनेछ ।”

  • 5उहाँ सर्वशक्तिमान् परमप्रभु परमेश्‍वर हुनुहुन्छ । पुकारा गर्नुपर्ने उहाँको नाउँ “परमप्रभु” हो ।

  • 8उहाँले आफ्नो करारलाई सदासर्वदा, आफूले आज्ञा गर्नुभएका वचनलाई हजार पुस्तासम्‍म सम्‍झनुहुन्छ ।

  • 3उहाँको काम ऐश्‍वर्यशाली र महिमित छ । उहाँको धार्मिकता सदासर्वदा रहन्छ ।

  • भजन 136:1-4
    4 पदहरू
    73%

    1¶ परमप्रभुलाई धन्यवाद देओ । किनकि उहाँ असल हुनुहुन्छ, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।

    2देवताहरूका परमेश्‍वरलाई धन्वाद देओ, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।

    3प्रभुहरूका प्रभुलाई धन्यवाद देओ किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।

    4उहाँलाई धन्यवाद चढाओ जसले मात्र महान् आश्‍चर्य कामहरू गर्नुहुन्‍छ, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।

  • 4बफादार भएर परमप्रभुको अनुसरण गर्नेहरूले भनून्, “उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्‍छ ।”

  • 7तर परमप्रभु सदासर्वदा रहनुहुन्छ । न्यायको निम्ति उहाँको आफ्‍नो सिंहासन स्थापित गर्नुभएको छ ।

  • 16परमप्रभु सदासर्वदा राजा हुनुहुन्छ । जातिहरू उहाँको देशबाट लखेटिन्‍छन् ।

  • भजन 119:89-90
    2 पदहरू
    73%

    89हे परमप्रभु, तपाईंको वचन सदासर्वदा रहन्छ । तपाईंको वचन स्वर्गमा दृढ रूपमा स्थपित छन् ।

    90तपाईंको विश्‍वसनीयता सबै पुस्तामा रहन्छ । तपाईंले पृथ्वीलाई स्थापित गर्नुभएको छ, र यो रहन्छ ।

  • 7तपाईं परमप्रभु हुनुहुन्छ । तपाईंले तिनीहरूलाई सुरक्षित राख्‍नुहुन्छ । तपाईंले धर्मी मानिसहरूलाई यो दुष्‍ट पुस्ताबाट र सदासर्वदा सुरक्षा दिनुहुन्छ ।

  • 5तपाईंका गम्‍भीर आज्ञाहरू धेरै भरोसायोग्‍य छन् । हे परमप्रभु, तपाईंको मन्‍दिरलाई सदासर्वदा पवित्रताले सुसज्‍जित पार्छ ।

  • 9उहाँले आफ्ना मानिसहरूलाई विजय दिनुभयो । उहाँले आफ्‍नो करार सदाको निम्ति स्‍थापित गर्नुभयो । उहाँको नाउँ पवित्र र भययोग्‍य छ ।

  • भजन 145:1-2
    2 पदहरू
    73%

    1¶ हे मेरो परमेश्‍वर, राजा, म तपाईंको प्रशंसा गर्नेछु । तपाईंको नाउँलाई म सदासर्वदा धन्‍यको भन्‍नेछु ।

    2हरेक दिन म तपाईंलाई धन्‍यको भन्‍नेछु । तपाईंको नाउँको सदासर्वदा म प्रशंसा गर्नेछु ।

  • 26तपाईंको नाउँ सदासर्वदा महान् होस्, ताकि मानिसहरूले भनुन्, 'सर्वशक्तिमान् परमप्रभु नै इस्राएलका परमेश्‍वर हुनुहुन्छ' जति बेला तपाईंको सेकम म, दाऊदको घराना तपाईंको सामु स्थापित हुन्छ ।

  • 5किनकि परमप्रभु असल हुनुहुन्छ । उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा र उहाँको सत्यता सबै पुस्तामा रहन्छ ।

  • 11परमप्रभुको योजना सदासर्वदा रहन्छ, उहाँको हृदयका योजनाहरू सबै पुस्ताका निम्‍ति रहन्छ ।

  • 4सदासर्वदा परमप्रभु विश्‍वास गर । किनभने परमप्रभु, परमप्रभु नै अनन्त चट्टान हुनुहुन्छ ।

  • 13हे परमप्रभु, हाम्रा परमेश्‍वर, तपाईं बाहेक अरू मालिकहरूले हामीमाथि शासन गरेका छन् । तर तपाईंको नाउँको मात्र प्रशंसा हामी गर्नेछौं ।

  • 15आफ्‍नो करारलाई उहाँले सदासर्वदा स्‍मरण गर्नुहुन्‍छ, हजार पुस्‍तालाई उहाँले आज्ञा गर्नभएका वचन सम्‍झनुहुन्‍छ।

  • 13यसरी हामी तपाईंका मानिसहरू र तपाईंका खर्कका भेडाहरूले तपाईंलाई सदासर्वदा धन्यवाद चढाउनेछौं । तपाईंको प्रशंसा सबै पुस्तालाई हामी बताउनेछौं ।

  • 27तर तपाईं समान हुनुहुन्छ, र तपाईंका वर्षहरूका अन्त हुनेछैन ।

  • 2इस्राएलले भनोस्, “उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्‍छ ।”

  • 14किनकि परमप्रभुले आफ्ना मानिसहरूलाई रक्षा गर्नुहुन्छ र आफ्‍ना सेवकहरूमाथि दया देखाउनुहुन्छ ।

  • 24तपाईंको नाम सदासर्वदाको निम्‍ति स्थापित होस् र महान् होस्, ताकि म तपाईंको दास दाऊदको घराना तपाईंको सामु स्‍थापित हुँदा मानिसहरूले यसो भनून्, ‘सर्वशक्तिमान् परमप्रभु नै इस्राएलका परमेश्‍वर हुनुहुन्छ ।,’

  • 4एउटा पुस्ताले तपाईंका कामहरूको प्रशंसा अर्को पुस्तालाई गर्नेछ र तपाईंका शक्तिशाली कामहरू घोषणा गर्नेछ ।

  • 17उनको नाउँ अमर रहोस् । सूर्य रहेसम्म उनको नाउँ निरन्तर रहोस् । मानिसहरू उनमा आशोषित् होऊन् । सबै जातिहरूले उनलाई धन्यको भनून् ।

  • 29परमप्रभुलाई धन्यवाद चढाओ । किनकि उहाँ भलो हुनुहुन्छ । किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।

  • 13अनन्‍तदेखि अनन्‍तसम्‍म नै परमप्रभु इस्राएलका परमेश्‍वरको प्रशंसा होस् । आमेन र आमेन ।

  • 31परमप्रभुको महिमा सदासर्वदा रहिरहोस् । परमप्रभु आफ्‍नो सृष्‍टिमा आनन्दित हुनुभएको होस् ।

  • 2प्राचीन समयदेखि सिंहासन स्‍थापित छ । तपाईं अनादिदेखि नै हुनुहुन्छ ।

  • 17तर परमप्रभुलाई आदर गर्नेहरूमाथि उहाँको करारको विश्‍वस्‍तता अनादिदेखि अनन्तसम्म रहन्छ । उहाँको धार्मिकता तिनीहरूका सन्तानहरूमा रहन्छ ।

  • 12तिनीहरूका देश उहाँले हामीलाई उत्तराधिकार, उहाँका मानिस इस्राएलका उत्तराधिकारको रूपमा दिनुभयो ।

  • 21मेरो मुखले परमप्रभुको प्रशंसा गर्नेछ । सबै मानवजातिले उहाँको पवित्र नाउँलाई सदासर्वदा धन्‍यको भनून् ।

  • 16उहाँलाई धन्यवाद देओ, जसले आफ्ना मानिसहरूलाई उजाडस्‍थानमा डोर्‍याउनुभयो, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।