भजनसंग्रह 33:11

अनलक शाब्दिक बाइबल

परमप्रभुको योजना सदासर्वदा रहन्छ, उहाँको हृदयका योजनाहरू सबै पुस्ताका निम्‍ति रहन्छ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • नीति 19:21 : 21 मानिसको हृदयमा धेरै योजनाहरू हुन्छन्, तर परमप्रभुको उद्धेश्य नै स्थिर रहने छ ।
  • अय्यू 23:13 : 13 तर उहाँ बेग्‍लै किसिमको हुनुहुन्छ, कसले उहाँलाई फर्काउन सक्छ र? उहाँले जे इच्छा गर्नुहुन्छ, सो गर्नुहुन्छ ।
  • यशा 46:10 : 10 सुरुदेखि नै म अन्तको बारेमा, अनि अझसम्‍म नघटेको कुराका बारेमा पहिलेदेखि नै म भन्‍न सक्‍छु । म भन्छु, “मेरो योजना पुरा हुनेछ र मलाई जस्‍तो इच्छा लाग्‍छ त्‍यस्‍तै म गर्नेछु ।”
  • यशा 55:8-9 : 8 “किनभने मेरा विचारहरू तिमीहरूका विचारहरू होइनन्, न त तिमीहरूका उपायहरू मेरा उपायहरू हुन्— यो पमरप्रभुको घोषणा हो— 9 किनकि जसरी पृथ्वीभन्दा आकाश उच्‍च छ, त्यसरी नै तिमीहरूका उपायहरूभन्‍दा मेरा उपायहरू र तिमीहरू विचारहरूभन्‍दा मेरा विचारहरू उच्‍च छन् ।
  • यिर्मि 29:11 : 11 किनकि तिमीहरूका निम्ति मैले बनाएका योजनाहरू म जान्दछु, यो परमप्रभुको घोषणा हो, तिमीहरूलाई एउटा भविष्य र आशा दिनलाई ती शान्तिका योजनाहरू हुन्, विपत्तिका होइनन् ।
  • विलाप 3:37 : 37 परमप्रभुले उर्दी नगर्नुभएसम्म कसले बोलेको कुरा पुरा भएको छ?
  • प्रेरि 4:27-28 : 27 वास्तवमा, गैरयहूदीहरू र इस्राएलका मानिसहरूसँगै हेरोद र पन्तियस पिलातस दुवै यो शहरमा तपाईंले अभिषेक गर्नुभएका तपाईंका पवित्र सेवक येशूको विरुद्धमा भेला भए । 28 तपाईंको बाहुली र इच्छाले यो हुनुभन्दा पहिले नै निर्णय गर्नुभएको सबै कुरा गर्नलाई तिनीहरू सँगसँगै भेला भए ।
  • एफिसी 1:11 : 11 येशू ख्रीष्‍टमा हामी परमेश्‍वरका सन्तानको रूपमा चुनिएका थियौँ । सबै कुरा आफ्नो इच्छा अनुसार गर्नुहुनेको योजनामा हामी अगिबाटै चुनिएका थियौँ ।
  • यशा 14:27 : 27 किनकि सर्वशक्तिमान् परमप्रभुले नै यो योजना गर्नुभएको छ । उहाँलाई कसले रोक्‍न सक्छ र? उहाँको हात उचालिएको छ र त्‍यसलाई कसले फर्काउने छ र?
  • भजन 92:5 : 5 हे परमप्रभु, तपाईंका कामहरू कति महान् छन्! तपाईंका विचारहरू धेरै गहन छन् ।
  • यशा 14:24 : 24 सर्वशक्तिमान् परमप्रभुले शपथ खानुभएको छ, “निश्‍चय नै, जस्तो मैले इच्‍छा गरेको छु, त्यस्तै हुनेछ । अनि जे उद्देश्य मैले राखेको छु, त्‍यो पुरा हुनेछ ।
  • प्रेरि 15:18 : 18 , जसले यी प्राचीन समयदेखि थाहा कुराहरू गर्नुहुने प्रभुले यसरी भन्‍नुहुन्छ ।
  • दानी 4:37 : 37 अब म, नबूकदनेसर, स्वर्गका राजाको प्रशंसा, स्तुति, र महिमा गर्दछु, किनकि उहाँका सबै कामहरू ठिक हुन्छन् र उहाँका मार्गहरू धर्मी हुन्‍छन् । आफ्नै घमण्डमा हिंड्नेहरूलाई उहाँले नम्र बनाउन सक्‍नुहुन्छ ।
  • मीका 4:12 : 12 तिनीहरू परमप्रभुका विचार जान्दैनन्, नत तिनीहरू उहाँका योजनाहरू बुझ्‍छन्, किनभने उहाँले तिनीहरूलाई खलाको निम्ति तयार गरिएको अन्‍नका बिटाझैँ बटुल्नुभएको छ ।
  • यहे 38:10-23 : 10 परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: त्यो दिन यसो हुनेछ, तेरो हृदयमा योजनाहरू बन्‍नेछन्, र तैंले दुष्‍ट युक्तिहरू रच्नेछस् ।’ 11 तब तैंले यसो भन्‍नेछस्, ‘म त्यो खुला मैदानसम्म जानेछु । सुरक्षित बसिरहेका शान्त मानिसहरूकहाँ म जानेछु । त्‍यहाँ तिनीहरू सबै कुनै पर्खाल वा बारहरूबिना नै, र मूल ढोकाहरू नभइकन पनि बसिरहेका छन् । 12 लूटका माल म कब्जा गर्नेछु र चोर्नेछु ताकि भर्खरै मात्र बसोबास गरिएका बाँझो जमिनका विरुद्धमा, र जातिहरूबाट भेला भएका मानिसहरू, गाईवस्तु र सम्पत्ति आर्जन गरिरहेका मानिसहरू र पृथ्वीको बिचमा बसोबास गरिरहेकाहरूका विरुद्ध म आफ्‍नो हात उठाउनेछु ।’ 13 शेबा र ददान, र तर्शीशका व्यापारीहरूले आफ्‍ना जवान योद्धाहरूसँगै तँलाई यसो भन्‍नेछन्, ‘के तँ लुट्न आएको होस्? के तैंले तेरो फौजलाई लुटको माल, चाँदी र सुन, तिनीहरूका गाईवस्तु र सम्पत्ति जफत गर्न र लैजान भेला गराएको होस्?’ 14 यसकारण, ए मानिसको छोरो, अगमवाणी गर् र गोगलाई यसो भन्, ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: त्यो दिन, जब मेरा मानिसहरू सुरक्षित बसेका हुन्‍छन्, के तैंले तिनीहरूका बारेमा जान्‍नेछैनस्? 15 तँ टाढा उत्तरको आफ्‍नो ठाउँबाट ठुलो फौजको साथमा, ती सबै जना घोडाहरूमा सवार हुने एउटा ठुलो दल, विशाल फौजसहित आउनेछस् । 16 जमिनलाई बादलले ढाकेझैं तैंले मेरा मानिस अर्थात् इस्राएललाई आक्रमण गर्नेछस् । पछिल्ला दिनहरूमा म तँलाई मेरो देशको विरुद्ध ल्याउनेछु, ताकि मैले तँ, गोगद्वारा जातिहरूका आँखा अगाडि मलाई पवित्र प्रकट गर्दा तिनीहरूले मलाई जान्‍न सकून् । 17 परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: के तँ त्यही होइनस् जसको बारेमा मैले पुराना दिनामा मेरा दास, इस्राएलका अगमवक्ताहरूद्वारा बोलें र मैले तँलाई तिनीहरूका विरुद्धमा ल्याउने समयको बारेमा तिनीहरूले आफ्नै समयमा अगमवाणी गरे? 18 यसैले यो परमप्रभु परमेश्‍वरको घोषणा हो, गोगले इस्राएल देशलाई आक्रमण गर्ने दिनमा मेरो रिसको क्रोध दन्किनेछ । 19 मेरो जोश र मेरो क्रोधको आगोमा, म यो घोषणा गर्छु, कि त्यस दिन इस्राएलमा एउटा ठुलो भूकम्प जानेछ । 20 तिनीहरू सबै अर्थात् समुद्रका माछाहरू, आकाशका चाराहरू, जमिनका पशुहरू, र जमिनका घस्रने सबै प्राणीहरू, र जमिनको सतहमा भएका हरेक मानिस मेरो अगि थरथर काँम्‍नेछन् । हरेक पर्खालहरू जमिनमा नढलेसम्म सबै पर्वतहरू तल खसालिनेछन् र चट्टानहरू ढल्नेछन् । 21 यो परमप्रभु परमेश्‍वरको घोषणा हो, मेरा सबै पर्वतहरूमा म त्यसको विरुद्ध एउटा तरवार पठाउनेछु । हरेक मानिसको तरवार त्यसको भाइको विरुद्ध हुनेछ । 22 तब त्यसलाई म रूढी र रगतले न्‍याय गर्नेछु । अनि त्यो र त्यसका फौज र त्योसँगै भएका धेरै जातिहरूमाथि म घनघोर वर्षा र असिना र जलिरहेको गन्धक बर्साउनेछु । 23 म आफ्नो महान्‌ता र आफ्‍नो पवित्रता देखाउनेछु र धेरै जातिहरूका दृष्‍टिमा म आफैंलाई चिनाउनेछु, र म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन् ।’”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • भजन 33:9-10
    2 पदहरू
    81%

    9किनकि उहाँले बोल्नुभयो र त्‍यो हुन आयो । उहाँले आज्ञा गर्नुभयो र यो ठाउँमा खडा भयो ।

    10परमप्रभुले जातिहरूका मित्रतालाई व्‍यर्थ तुल्‍याउनुहुन्छ । उहाँले मानिसहरूका योजनाहरूलाई रद्द गर्नुहुन्छ ।

  • 21मानिसको हृदयमा धेरै योजनाहरू हुन्छन्, तर परमप्रभुको उद्धेश्य नै स्थिर रहने छ ।

  • 7तर परमप्रभु सदासर्वदा रहनुहुन्छ । न्यायको निम्ति उहाँको आफ्‍नो सिंहासन स्थापित गर्नुभएको छ ।

  • 30यस्तो कुनै बुद्धि, समझशक्ति र सरसल्लाह छैन जुन परमप्रभुको विरुद्धमा खडा हुन सक्छ ।

  • 19तर हे परमप्रभु, तपाईंले सदासर्वदा शासन गर्नुहुन्छ, र तपाईं पुस्तादेखि पुस्तासम्म आफ्नो सिंहासनमा विराजमान हुनुहुने छ ।

  • 4सदासर्वदा परमप्रभु विश्‍वास गर । किनभने परमप्रभु, परमप्रभु नै अनन्त चट्टान हुनुहुन्छ ।

  • 12तर हे परमप्रभु, तपाईं सदासर्वदा जीवित हुनुहुन्छ र तपाईंको ख्याति सबै पुस्तामा रहन्छ ।

  • 16परमप्रभु सदासर्वदा राजा हुनुहुन्छ । जातिहरू उहाँको देशबाट लखेटिन्‍छन् ।

  • 12त्यो जाति धन्यको हो जसको परमेश्‍वर परमप्रभु हुनुहुन्छ, ती मानिसहरू जसलाई आफ्नै उत्तराधिकारको रूपमा उहाँले चुन्‍नुभएको छ ।

  • 18हे परमप्रभु, हाम्रा पुर्खा अब्राहाम, इसहाक र इस्राएलका परमेश्‍वर, यस्तो विचारको मन तपाईंका मानिसहरूमा सधैंभरि रहोस् । तिनीहरूका हृदयलाई तपाईंतिर लगाउनुहोस् ।

  • 13हे परमप्रभु, तपाईंको नाउँ सदासर्वदा रहिरहन्छ । हे परमप्रभु, तपाईंको किर्ती सबै पुस्तामा रहन्छ ।

  • 3उहाँको काम ऐश्‍वर्यशाली र महिमित छ । उहाँको धार्मिकता सदासर्वदा रहन्छ ।

  • 8उहाँले आफ्नो करारलाई सदासर्वदा, आफूले आज्ञा गर्नुभएका वचनलाई हजार पुस्तासम्‍म सम्‍झनुहुन्छ ।

  • भजन 111:7-8
    2 पदहरू
    72%

    7उहाँका हातहरूका कामहरू भरपर्दा र निष्‍पक्ष छन् । उहाँका सबै सुझावहरू विश्‍वासयोग्‍य छन् ।

    8विश्‍वासयोग्‍य र उचित किसिमले पालन गर्न ती सदाको निम्ति स्थापित गरिएका छन् ।

  • 3आफ्ना कामहरू परमप्रभुमा सुम्प, र तिम्रा योजनाहरू सफल हुने छन् ।

  • 18परमप्रभुले नोष्खोटमाथि दिनदिनै हे्र्नुहुन्छ र तिनीहरू उत्तराधिकार सदाको निम्ति हुनेछ ।

  • 13तपाईंको राज्य अनन्तको राज्य हो र तपाईंको प्रभुत्व सबै पुस्ताभरि रहन्छ ।

  • 10योजना बनाओ, तर यो पुरा हुनेछैन । आज्ञा गर, तर यो पालन गरिनेछैन, किनकि परमेश्‍वर हामीसँग हुनुहुन्छ ।

  • 18परमप्रभुले सदासर्वदा शासन गर्नुहुनेछ ।”

  • 8घाँस ओइलाउँछ, फुल सुक्छ, तर हाम्रा परमेश्‍वरको वचन सदासर्वदा रहन्छ ।”

  • 17उहाँले नै तिनीहरूका ठाउँहरूका निम्ति चिट्ठा हाल्नुभएको छ र उहाँकै हातले तिनीहरूको निम्ति डोरीले नाप लिनुभएको छ । तिनीहरूले सदासर्वदा त्‍यसको अधिकार गर्नेछन् । पुस्तादेखि पुस्‍तासम्म तिनीहरू त्यहाँ बस्‍नेछन् ।

  • 89हे परमप्रभु, तपाईंको वचन सदासर्वदा रहन्छ । तपाईंको वचन स्वर्गमा दृढ रूपमा स्थपित छन् ।

  • 7तपाईं परमप्रभु हुनुहुन्छ । तपाईंले तिनीहरूलाई सुरक्षित राख्‍नुहुन्छ । तपाईंले धर्मी मानिसहरूलाई यो दुष्‍ट पुस्ताबाट र सदासर्वदा सुरक्षा दिनुहुन्छ ।

  • 15आफ्‍नो करारलाई उहाँले सदासर्वदा स्‍मरण गर्नुहुन्‍छ, हजार पुस्‍तालाई उहाँले आज्ञा गर्नभएका वचन सम्‍झनुहुन्‍छ।

  • 5किनकि परमप्रभु असल हुनुहुन्छ । उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा र उहाँको सत्यता सबै पुस्तामा रहन्छ ।

  • 17तर परमप्रभुलाई आदर गर्नेहरूमाथि उहाँको करारको विश्‍वस्‍तता अनादिदेखि अनन्तसम्म रहन्छ । उहाँको धार्मिकता तिनीहरूका सन्तानहरूमा रहन्छ ।

  • 2प्राचीन समयदेखि सिंहासन स्‍थापित छ । तपाईं अनादिदेखि नै हुनुहुन्छ ।

  • 31किनकि परमप्रभुले हामीलाई सदासर्वदा त्याग्‍नुहुने छैन,

  • भजन 125:1-2
    2 पदहरू
    70%

    1¶ परमप्रभुमा भरोसा गर्नेहरू सियोन पर्वतजस्तै अटल र सदासर्वदा रहिरहन्छन् ।

    2जसरी पहाडहरूले यरूशलेमलाई घरेको छ त्यसरी नै परमप्रभुले आफ्ना मानिसहरूलाई अहिले र सदार्वदा घेर्नहुन्छ ।

  • 10परमप्रभु बाढीमाथि राजाको रूपमा विराजमान हुनुहुन्छ । परमप्रभु सदासर्वदा राजाको रूपमा विराजमान हुनुहुन्छ ।

  • 1¶ राजाको हृदय परमप्रभुको हातमा भएको खोलाजस्तो हो । उहाँलाई खुसी लागेअनुसार उहाँले त्यसलाई फर्काउनुहुन्छ ।

  • 31परमप्रभुको महिमा सदासर्वदा रहिरहोस् । परमप्रभु आफ्‍नो सृष्‍टिमा आनन्दित हुनुभएको होस् ।

  • 10परमप्रभुले सदासर्वदा, हे सियोन, तेरो परमेश्‍वरले सबै पुस्तामा राज्‍य गर्नुहुन्छ । परमप्रभुको प्रशंसा गर ।

  • 11परमप्रभुले मानिसहरूका विचारहरू जान्‍नुहुन्‍छ, ती वाफ हुन् ।

  • 6किनकि त्यो कहिल्यै डग्‍नेछैन । धर्मी व्यक्‍तिको सम्झना सधैं हुनेछ ।

  • 36त्यसका सन्तानहरू सधैं निरन्‍तर रहनेछन् र मेरो सामु सूर्य रहेसम्म त्यसको सिंहासन रहनेछ ।

  • 23यसैले अब हे परमप्रभु, आफ्‍नो दास र उसको घरानाको निम्‍ति तपाईंले गर्नुभएको प्रतिज्ञा सदाको लागि स्थापित होस् । तपाईंले जस्‍तो भन्‍नुभएको छ त्‍यस्‍तै गर्नुहोस् ।

  • भजन 89:28-29
    2 पदहरू
    69%

    28म आफ्‍नो करारको विश्‍वस्‍तता सदासर्वदा त्यसलाई दिनेछु । अनि त्यससँगको मेरो करार सुरक्षित हुनेछ ।

    29त्यसका सन्तानहरूलाई सदासर्वदासम्म रहने र त्यसको सिंहासन माथिको आकाश जत्तिकै रहिरहने म बनाउनेछु ।

  • 33सप्कोमा चिट्ठा त हालिन्छ, तर निर्णयचाहिँ परमप्रभुबाट नै आउँछ ।

  • 8“किनभने मेरा विचारहरू तिमीहरूका विचारहरू होइनन्, न त तिमीहरूका उपायहरू मेरा उपायहरू हुन्— यो पमरप्रभुको घोषणा हो—

  • 29धर्मीले देशको उत्तराधिकार गर्नेछन् र त्‍यहाँ सदासर्वदा बास गर्नेछन् ।

  • 29यो पनि सर्वशक्तिमान् परमप्रभुबाट नै आउँछ, जो शिक्षा दिनमा अति हसल र बुद्धिमा उत्कृष्‍ट हुनुहुन्छ । ‍

  • 17किनकि परमप्रभु यसो भन्‍नुहुन्छ, 'इस्राएलको घरानाको सिंहासनमाथि बस्‍न दाऊदको वंशबाट कुनै मानिसको अभाव कदापि हुनेछैन,

  • 27किनकि सर्वशक्तिमान् परमप्रभुले नै यो योजना गर्नुभएको छ । उहाँलाई कसले रोक्‍न सक्छ र? उहाँको हात उचालिएको छ र त्‍यसलाई कसले फर्काउने छ र?

  • 10परमप्रभुको आदर गर्नु बुद्धिको सुरु हो । उहाँका सुझावहरू पालन गर्नेहरूसँग सुझबुझ हुन्छ । उहाँको प्रशंसा सदासर्वदा रहन्छ ।

  • 15तिनीहरू सबैका हृदयहरू बनाउनुहुनेले तिनीहरूका सबै कामहरू हेर्नुहुन्छ ।