नीतिवचन 21:30

अनलक शाब्दिक बाइबल

यस्तो कुनै बुद्धि, समझशक्ति र सरसल्लाह छैन जुन परमप्रभुको विरुद्धमा खडा हुन सक्छ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • प्रेरि 5:39 : 39 तर यदि यो परमेश्‍वरको हो भने, तपाईंहरूले तिनीहरूलाई पतन गराउन सक्‍नुहुन्‍न र तपाईंहरूले आफैँलाई परमेश्‍वरको विरुद्धमा लडिरहेको पाउनु हुनेछ ।” यसरी तिनीहरूले तिनको कुरा माने ।
  • यिर्मि 9:23 : 23 परमप्रभु यसो भन्‍नुहुन्छ, “बुद्धिमान् मानिसले आफ्नो बुद्धिमा वा योद्धाले आफ्नो शक्तिमा घमण्ड गर्न नदेओ । धनी मानिसले आफ्ना धनमा घमण्ड गर्न नदेओ ।
  • नीति 19:21 : 21 मानिसको हृदयमा धेरै योजनाहरू हुन्छन्, तर परमप्रभुको उद्धेश्य नै स्थिर रहने छ ।
  • यशा 8:9-9 : 9 मानिसहरू टुक्रा-टुक्रा हुनेछन् । सुन, ए टाढाका देशहरूः युद्धको निम्ति आफूलाई हतियारले तयार गर र चकनाचूर होओ । आफूलाई हतियारले तयार गर र चकनाचूर होओ । 10 योजना बनाओ, तर यो पुरा हुनेछैन । आज्ञा गर, तर यो पालन गरिनेछैन, किनकि परमेश्‍वर हामीसँग हुनुहुन्छ ।
  • यशा 14:27 : 27 किनकि सर्वशक्तिमान् परमप्रभुले नै यो योजना गर्नुभएको छ । उहाँलाई कसले रोक्‍न सक्छ र? उहाँको हात उचालिएको छ र त्‍यसलाई कसले फर्काउने छ र?
  • यशा 46:10-11 : 10 सुरुदेखि नै म अन्तको बारेमा, अनि अझसम्‍म नघटेको कुराका बारेमा पहिलेदेखि नै म भन्‍न सक्‍छु । म भन्छु, “मेरो योजना पुरा हुनेछ र मलाई जस्‍तो इच्छा लाग्‍छ त्‍यस्‍तै म गर्नेछु ।” 11 शिकारी चरालाई म पुर्वबाट बोलाउँछु, मैले रोजेको मानिसलाई म टाढा देशबाट बोलाउँछु । हो, मैले बोलेको छु । मैले यसलाई पुरा पनि गर्नेर्छु । मैले उद्देश्य राखेको छु, म त्‍यो पुरा गर्नेछु ।
  • यशा 7:5-7 : 5 अराम, एफ्राइम र रमल्याहको छोराले तिम्रो विरुद्धमा खराब योजना गरेका छन् । तिनीहरूले भनेका छन्, 6 “हामी यहूदालाई आक्रमण गरौं र त्यसलाई त्रसित बनाऔं, र हामी त्यसभित्र पसौं र ताबेलका छोरालाई त्‍यहाँ हाम्रा राजा बनाऔं ।” 7 परमप्रभु परमेश्‍वर भन्‍नुहुन्छ, “त्‍यो कुरा हुन आउनेछैन । त्‍यस्‍तो हुनेछैन,
  • १ कोरि 3:19-20 : 19 किनकि संसारको ज्ञान परमेश्‍वरको निम्ति मूर्खता हो । किनकि यस्तो लेखिएको छ, “उहाँले ज्ञानी मानिसहरूलाई तिनीहरूकै चलाखीमा पक्रनुहुन्छ ।” 20 धर्मशास्‍त्रमा यस्तो पनि लेखिएको छ, “परमेश्‍वर जान्‍नुहुन्छ कि संसारमा भएका ज्ञानीहरूको तर्क व्‍यर्थ छ ।”
  • प्रेरि 4:27-28 : 27 वास्तवमा, गैरयहूदीहरू र इस्राएलका मानिसहरूसँगै हेरोद र पन्तियस पिलातस दुवै यो शहरमा तपाईंले अभिषेक गर्नुभएका तपाईंका पवित्र सेवक येशूको विरुद्धमा भेला भए । 28 तपाईंको बाहुली र इच्छाले यो हुनुभन्दा पहिले नै निर्णय गर्नुभएको सबै कुरा गर्नलाई तिनीहरू सँगसँगै भेला भए ।
  • १ पत्रु 2:8 : 8 र “एउटा ठक्‍कर लाग्‍ने ढुङ्गा र एउटा ठक्‍कर लाग्‍ने चट्टान ।” वचन उल्लङ्घन गरेको कारण तिनीहरू ठक्‍कर खान्छन् जसको निम्ति तिनीहरू नियुक्त गरिएका थिए ।
  • योना 1:13 : 13 तापनि, ती मानिसहरूले जहाजलाई जमिनमा लानलाई सकसपुर्वक खियाए, तर तिनीहरूले त्‍यसो गर्न सकेनन्, किनकि तिनीहरूको विरुद्ध समुद्र झन्-झन् धेरै प्रचण्ड हुँदै थियो ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 31घोडा युद्धको लागि तयार पारिन्छ, तर विजयचाहिँ परमप्रभुकै हो ।

  • 21मानिसको हृदयमा धेरै योजनाहरू हुन्छन्, तर परमप्रभुको उद्धेश्य नै स्थिर रहने छ ।

  • 10योजना बनाओ, तर यो पुरा हुनेछैन । आज्ञा गर, तर यो पालन गरिनेछैन, किनकि परमेश्‍वर हामीसँग हुनुहुन्छ ।

  • 13परमेश्‍वरसित बुद्धि र शक्ति छन् । उहाँसित सल्लाह र समझशक्ति छन् ।

  • भजन 33:10-11
    2 पदहरू
    74%

    10परमप्रभुले जातिहरूका मित्रतालाई व्‍यर्थ तुल्‍याउनुहुन्छ । उहाँले मानिसहरूका योजनाहरूलाई रद्द गर्नुहुन्छ ।

    11परमप्रभुको योजना सदासर्वदा रहन्छ, उहाँको हृदयका योजनाहरू सबै पुस्ताका निम्‍ति रहन्छ ।

  • नीति 30:30-31
    2 पदहरू
    73%

    30सिंह पशुहरूमध्ये सबैभन्दा शक्तिशाली हुन्छ, जो कुनै प्राणीदेखि तर्कंदैन ।

    31शानसँग हिँड्ने कुखुराको भाले, बोका र आफ्नो छेउमा सिपाहीहरू राखेर हिँड्ने राजा ।

  • 29यो पनि सर्वशक्तिमान् परमप्रभुबाट नै आउँछ, जो शिक्षा दिनमा अति हसल र बुद्धिमा उत्कृष्‍ट हुनुहुन्छ । ‍

  • 28किनकि इस्राएल बुद्धि नभएको जाति हो, र तिनीहरूमा कुनै समझशक्ति छैन ।

  • भजन 33:16-17
    2 पदहरू
    73%

    16ठुलो फौजद्वारा कुनै पनि राजा बाँच्‍न सक्‍दैन । आफ्‍नो महाबलले कुनै पनि योद्धा बाँच्‍न सक्‍दैन ।

    17घोडाचाहिं विजयको निम्ति झुटो आसा हो । त्यसको महान् बल भए पनि त्‍यसले बचाउन सक्दैन ।

  • 22सरसल्लाह नहुँदा योजनाहरू गलत हुन्छन्, तर धेरै परामर्शदाताहरूद्वारा तिनीहरू सफल हुन्छन् ।

  • 2तापनि उहाँ बुद्धिमान् हुनुहुन्छ, उहाँले विपत्ति ल्याउनुहुनेछ र आफ्‍नो वचनबाट उहाँ पछि हट्‍नुहुनेछैन । उहाँ दुष्‍ट घराना र पाप गर्न सहायता गर्नेहरूका विरुद्धमा उठ्नुहुनेछ ।

  • 29दुष्‍ट मानिस हठी हुन्छ, तर सोझो मानिस आफ्ना मार्गहरूबारे निश्‍चित हुन्छ ।

  • 14मसित असल सरसल्लाह र पक्‍का बुद्धि छ । म अन्तर्दृष्‍टि हुँ । मसित सामर्थ्य छ ।

  • 5तेरो सारा हृदयले परमप्रभुमाथि भरोसा राख्, र तेरो आफ्नै समझशक्तिमा भर नपर् ।

  • 10कोही पनि यति हिंस्रक छैन त्यसले लिव्यातन्‌लाई उत्तेजित पार्ने आँट गर्छ । त्यसो हो भने, मेरो सामु को खडा हुन सक्छ?

  • 16हेर्नुहोस्, तिनीहरूको समृद्धि तिनीहरूका आफ्‍नै हातमा छैन र? दुष्‍ट मानिसहरूको सल्लाहमा मेरो कुनै सरोकार छैन ।

  • 6किनकि परमप्रभुले नै बुद्धि दिनुहुन्छ, अनि उहाँको मुखबाट ज्ञान र समझशक्ति निस्कन्छन् ।

  • 4परमेश्‍वर हृदयमा बुद्धिमान् र बलमा शक्तिशाली हुनुहुन्छ । उहाँको विरुद्धमा कसले आफूलाई कहिलै कठोर पारेको अनि सफल भएको छ र?

  • 1¶ राजाको हृदय परमप्रभुको हातमा भएको खोलाजस्तो हो । उहाँलाई खुसी लागेअनुसार उहाँले त्यसलाई फर्काउनुहुन्छ ।

  • विलाप 3:36-37
    2 पदहरू
    70%

    36कुनै मानिसलाई न्यायबाट वञ्चित गर्नेजस्ता कुराहरू परमप्रभुले अनुमोदन गर्नुहुन्‍न ।

    37परमप्रभुले उर्दी नगर्नुभएसम्म कसले बोलेको कुरा पुरा भएको छ?

  • १ कोरि 3:19-20
    2 पदहरू
    70%

    19किनकि संसारको ज्ञान परमेश्‍वरको निम्ति मूर्खता हो । किनकि यस्तो लेखिएको छ, “उहाँले ज्ञानी मानिसहरूलाई तिनीहरूकै चलाखीमा पक्रनुहुन्छ ।”

    20धर्मशास्‍त्रमा यस्तो पनि लेखिएको छ, “परमेश्‍वर जान्‍नुहुन्छ कि संसारमा भएका ज्ञानीहरूको तर्क व्‍यर्थ छ ।”

  • 3मान्छेको मूर्खताले त्यसको जीवन बर्बाद पार्छ, र त्यसको हृदय परमप्रभुको विरुद्धमा क्रोधित हुन्छ ।

  • 6किनभने बुद्धिमानी निर्देशनद्वारा तैँले आफ्नो युद्ध लड्न सक्छस्, र धेरै परामर्शदाताहरूद्वारा विजय हासिल गरिन्छ ।

  • 33पृथ्वीमा त्यसको बराबरी कोही छैन, जसलाई बिनाडर बाँच्न बनाइएको छ ।

  • 33सप्कोमा चिट्ठा त हालिन्छ, तर निर्णयचाहिँ परमप्रभुबाट नै आउँछ ।

  • 15बाङ्गोलाई सोझो बनाउन सकिँदैन । हराएकोलाई गन्‍न सकिँदैन ।

  • 11बुझ्ने कोही पनि छैन । परमेश्‍वरलाई खोज्‍ने कोही पनि छैन ।

  • 20हे परमप्रभु, तपाईंजस्‍तो अरू कोही छैन । हामीले सधैंभरि सुनेका छौं कि तपाईंबाहेक अरू कोही परमेश्‍वर छैन ।

  • 24मानिसका कदमहरू परमप्रभुद्वारा निर्देशित हुन्छन् भने तब त्यसले कसरी आफ्नो मार्ग बुझ्न सक्ला त?

  • 14बुद्धिमान् निर्देशन नहुँदा देशको पतन हुन्छ, तर धेरै परामर्शदाताहरूको कारण विजय आउँछ ।

  • 13'हामीले बुद्धि भेट्टाएका छौं,' नभन्‍नलाई होसियार हुनुहोस् । अय्यूबलाई परमेश्‍वरले नै हराउनुपर्छ । मानिसले यसो गर्न सक्दैन ।

  • 3यति धैरै घमण्ड गरेर अहंकारी नहो । तेरो मुखबाट अहंकारका कुनै कुरा ननिस्‍कोस् । किनकि परमप्रभु ज्ञानका परमेश्‍वर हुनुहुन्छ । उहाँद्वारा नै कामहरू जोखिन्‍छन् ।

  • 22बुद्धिमान् मानिसले शक्तिशाली योद्धाहरूको सहरको लेखाजोखा गर्छ, र तिनीहरूले भरोसा गरेको किल्लालाई भत्काइदिन्छ ।

  • 9तिमीहरूले परमप्रभुको विरुद्ध के षड्यन्त्र गर्दैछौ? उहाँले पूर्णरूपमा त्यो अन्त गर्नुहुनेछ । समस्या दोस्रो पटक आइपर्नेछैन ।

  • 33बुद्धिले विवेकीको हृदयमा बास गर्छ, र मूर्खहरूका बिचमा समेत त्यसले आफूलाई चिनाउँछ ।

  • 19कुनै सहरमा भएको दस जना शासकभन्दा बुद्धिमान् मानिससित भएको बुद्धि शक्तिशाली हुन्छ ।

  • 3बुद्धि नभएको मानिसलाई तपाईंले कसरी सल्लाह दिनुभएको छ, र उसलाई उचित ज्ञान सिकाउनुभएको छ!

  • 34“किनकि परमेश्‍वरको मनलाई कसले जानेको छ र? अथवा उहाँको सल्लाहकार को भएको छ र?

  • 6तिमीहरूका समयमा उहाँ स्थिरता, उद्धार, बुद्धि र ज्ञानको प्रचुरता हुनुहुनेछ । परमप्रभुको भय नै त्‍यसको भण्डार हो ।

  • 18सरसल्लाहद्वारा योजनाहरू स्थापित हुन्छन्, र बुद्धिमान् मार्ग-दर्शनद्वारा मात्र तैँले लडाइँ लड् ।

  • 5हाम्रा परमप्रभु महान्‌ र शक्तिमा भयङ्कर हुनुहुन्छ । उहाँको समझलाई नाप्‍न गर्न सकिंदैन ।

  • 23हे परमप्रभु, म जान्दछु, मानिसको चाल ऊ आफैबाट आउँदैन । हिंडिरहेको कुनै पनि व्यक्तिले आफ्ना कदमहरूलाई निर्देशन दिंदैन ।

  • 2पृथ्वीका राजाहरू एकसाथ मिलेर साँठगाँठ गर्छन् अनि परमप्रभु र उहाँको अभिषिक्‍त जनको विरुद्धमा शासकहरू यसो भनेर षड्यान्त्र रच्‍छन्,

  • 15परमप्रभुबाट आफ्‍ना योजनाहरूलाई गहन रूपमा लुकाउनेहरू र अन्धाकारमा काम गर्नेहरूलाई धिक्‍कार! तिनीहरू भन्छन्, “हामीलाई कसले देख्छ, र हामीलाई कसले चिन्छ?”

  • 28मैले हेर्दा त्यहाँ कोही पनि छैन, असल सल्लाह दिने तिनीहरूका माझमा कोही पनि छैन । मैले सोध्दा एक शब्द जवाफ दिने कोही छैन ।